Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




जागृतिको विषयमा ए. डब्लु. टोजर

A. W. TOZER ON REVIVAL
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
अवकाशप्राप्त पास्टर
by Dr. R. L. Hymers, Jr.

९ मई, २०२१, आइतबार दिउँसो लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
सिकाइएको पाठ
A lesson taught at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Afternoon, May 9, 2021

पाठभन्दा अगाडि: ''मेरो दर्शन भर्नुहोस्'' भजन गाउने
(एभिस बर्जिसन क्रिस्टियनसेन, १८९५-१९८५, द्वारा रचित)


कृपया मेरो साथमा यहोशू ७:१२ खोल्नुहोस्। मैले यो पढदा कृपया खडा हुनुहोस्।

'यसैकारण इस्राएलीहरू आफ्ना शत्रुको सामु अब खडा हुन सक्दैनन्। तिनीहरू श्रापित भएका हुनाले तिनीहरूले आफ्ना शत्रुहरूको सामुन्ने पीठ फर्काउनेछन्। तिमीहरूले आफ्ना बीचबाट सो नाशका निम्ति अलग गरिएको माललाई नष्ट नपारुञ्जेल म अब उप्रान्त तिमीहरूसँग रहनेछैन'(यहोशू ७:१२)।

तपाईंहरू बस्न सक्नुहुन्छ। इस्राएलीहरू अहिलेसम्म अविश्वासीहरू माथि विजय पाउन धेरै सफल भएर आएका थिए। तिनीहरूको बीचमा एक जना व्यक्तिले तिनीहरूले जितेका थोकहरूबाट केही चोरेको थियो। अब परमेश्वर उजाडस्थानमा त्यो समुदायसित रिसाउनुभयो। आकान नाउँ गरेको एक जना व्यक्तिले विगतमा जस्तै तिनीहरूलाई सहायता गर्नबाट परमेश्वरलाई रोकेको थियो। डा. स्कोफिल्डले ठिकै भनेका छन्,

'एक जना व्यक्तिको पाप, लापरवाही वा अनात्मिकताद्वारा ख्रीष्टको सम्पूर्ण उद्देश्यमा चोट लाग्यो' (पाद-टिप्पणी, पृष्ठ २२६)।

हामी परमेश्वरसित जागृति पठाइदिनुहोस् भनी बिन्ती गर्दै घन्टौं बिताउन सक्छौं, तापनि हामी निरन्तर उहाँका व्यवस्थाहरू उल्लङ्घन गर्दछौं, अन्धो बनेर परमेश्वरका सर्तहरूलाई बेवास्ता गर्दछौं। परमेश्वरले यहोशूलाई भन्नुभयो,

तिमीहरूले आफ्ना बीचबाट सो नाशका निम्ति अलग गरिएको माललाई नष्ट नपारुञ्जेल म अब उप्रान्त तिमीहरूसँग रहनेछैन'(यहोशू ७:१२)।

जब क्याथोलिक पृष्ठभूमिको एक व्यक्तिले पापको निम्ति दोषी महसुस गर्छ, उसले त्यो स्वीकार गर्न चाहन्छ। तर त्यस्तो पाप-स्वीकार दोबर नराम्रो हुन्छ। हितोपदेश २८:१३ खोल्नुहोस्। मैले यो ठूलो सोरमा पढदा खडा हुनुहोस्।

'आफ्ना पापहरू लुकाउनेको उन्नति हुँदैन, तर जसले ती स्वीकार गर्छ र त्याग्छ, त्यसले कृपा पाउँछ'(हितोपदेश २८:१३)।

तपाईंहरू बस्न सक्नुहुन्छ। पाप नत्यागी पाप-स्वीकार गर्नु पाप स्वीकार नै नगर्नुभन्दा अझ नराम्रो हो। किन? किनकि त्यसले विद्रोही मानिसलाई अलिकति पनि सहायता गर्दैन!

यूहन्ना १४:२१ खोल्नुहोस्।

'मलाई प्रेम गर्ने त्यही हो जससँग मेरा आज्ञा छन् र ती पालन गर्दछ। अनि मलाई प्रेम गर्नेलाई मेरा पिताले प्रेम गर्नुहुन्छ। म त्यसलाई प्रेम गर्नेछु, र म आफैलाई त्यसकहाँ प्रकट गर्नेछु'(यूहन्ना १४:२१)।

अब यूहन्ना १४:१५ खोल्नुहोस्,

'तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ।'

जागृतिका निम्ति डा. टोजरका चरणहरू

(१) आफैसँग असन्तुष्ट हुनुहोस्। तपाईंको मुहार तपाईंको जीवनको रूपान्तरणतिर लगाउनुहोस्।

(२) आफैलाई आशिषको बाटोमा राख्नुहोस्। जागृतिको चाहना गर्नु त्यसको साथसाथै व्यक्तिगत प्रार्थनालाई बेवास्ता गर्नु भनेको एउटा बाटोको चाहना राखेर अर्को बाटोमा हिँड्नु हो।

(३) पूर्ण रूपमा पश्चात्ताप गर्नुहोस्। त्यो गरिहाल्ने हतार नगर्नुहोस्।

(४) सम्भवसम्म क्षतिपूर्ति गर्नुहोस्।

(५) गम्भीर मनको हुनुहोस्। तपाईंको टेलिभिजन बन्द गर्नुहोस्। तपाईंका बानीहरूमा आमूल परिवर्तन हुनुपर्छ नत्र तपाईंको आत्मिक जीवनमा कुनै सुधार हुनेछैन।

(६) तपाईंको रुचिहरू घटाउनु होस्। तपाईंको हृदय संसार र पापको निम्ति बन्द अनि ख्रीष्टका निम्ति खुल्ला भयो भने तपाईंको हृदय जागृत हुनेछ।

(७) 'चाँडै उम्कन' इन्कार गर्नुहोस्। तपाईंका पास्टरका निम्ति आफैलाई उपलब्ध बनाउनुहोस् र उनले अह्राएका कुनै पनि काम गर्नुहोस्। आज्ञापालन गर्न सिक्नुहोस्।

(८) साक्षी दिन थाल्नुहोस्। आइतबारको साप्ताहिक सेवामा तपाईंको साथमा कसैलाई लैजानुहोस्।

(९) बाइबल बिस्तारै पढनुहोस्। जब महान् विद्वान् डा. समुएल जनसन इंगल्याण्डका राजालाई भेट्न गए, ती दुई केही क्षणसम्म चुपचाप बसे। अन्त्यमा राजाले डा. जनसनलाई भने, 'मेरो विचारमा तपाईं धेरै पढनुहुन्छ।' ड. जनसनले भने, 'हो महाराज, तर म अझ बढी सोचविचार गर्दछु।'

(१०) परमेश्वरमा विश्वास राख्नुहोस्। आशा गर्न थाल्नुहोस्। नजर उठाएर परमेश्वरलाई हेर्नुहोस्। उहाँ तपाईंको पक्षमा हुनुहन्छ। उहाँले तपाईंलाई निराश पार्नुहुन्न।


तपाईंको मण्डलीलाई जागृतिको कति ठूलो खाँचो छ भनी परमेश्वरले जान्नुहुन्छ। अनि त्यो तपाईं जस्तो जागृत मानिसहरूद्वारा मात्र आउन सक्छ।

म चाहन्छु, तपाईं यो शिक्षा लिएर घर जानुहोस्। डा. टोजरले जागृतिको विषयमा भनेका कुराहरू गर्नुहोस्। आफैलाई जागृत बनाउनुहोस् र परमेश्वरले अरूलाई साँचो जागृति महसुस गराउन सहायता गर्नका निम्ति तपाईंलाई प्रयोग गर्नुहुनेछ। कृपया, खडा हुनुहोस् र हाम्रो भजन गाउनुहोस्।

मेरो दर्शन भर्नुहोस्, उद्धारकर्ता, गर्छु प्रार्थना, आज म देखूँ येशूलाई मात्र,
घाटीहरूबाट भएर मलाई डोऱ्याउनुहोस्, तपाईंको नओइलाउने महिमाले घेर्छ मलाई।
मेरो दर्शन भर्नुहोस्, उद्धारकर्ता दिव्य, नचम्कूञ्जेल मेरो आत्मा तपाईंको महिमासित,
मेरो दर्शन भर्नुहोस्, सबले देखून्, तपाईंको पवित्र रूप ममा झल्केको।

मेरो दर्शन भर्नुहोस्, तपाईंको महिमा गर्ने, मेरो प्राण प्रेरित हुन्छ,
तपाईंको सिद्धताले, तपाईंको पवित्र प्रेम, मेरो बाटोमा माथिको ज्योतिद्वारा भरिन्छ।
मेरो दर्शन भर्नुहोस्,उद्धारकर्ता दिव्य, नचम्कूञ्जेल मेरो आत्मा तपाईंको महिमासित,
मेरो दर्शन भर्नुहोस्, सबले देखून्, तपाईंको पवित्र रूप ममा झल्केको।

मेरो दर्शन भर्नुहोस्, पाप एउटै नहोस्,भित्रको चमकको छायाँ दिनुहोस्,
म देखूँ तपाईं महिमित अनुहार मात्र, तपाईंको असीमित अनुग्रहमा मेरो प्राण रमाउँदै।
मेरो दर्शन भर्नुहोस्, उद्धारकर्ता दिव्य, नचम्कूञ्जेल मेरो आत्मा तपाईंको महिमासित,
मेरो दर्शन भर्नुहोस्, सबले देखून्,तपाईंको पवित्र रूप ममा झल्केको।
   ('फिल अल माई भिजन' एभिस बर्जिसन क्रिस्टियनसेन, १८९५-१९८५, द्वारा रचित)


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।