Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




बाइबलीय डिकनहरू

BIBLICAL DEACONS
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
अवकाशप्राप्त पास्टर
by Dr. R. L. Hymers, Jr.,
Pastor Emeritus

१० जनवरी, २०२१, आइतबार दिउँसो लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार सिकाइएको पाठ
A lesson taught at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Afternoon, January 10, 2021

पाठभन्दा अघि भजन गाउनुः‘पवित्र हुने समय लेऊ’
(विलियम डी. लङस्टाफ,१८२२-१८९४- द्वारा खण्ड १,२ र ४)


आज दिउँसो म चाहन्छु, परमेश्वरले डिकनहरूको बारेमा के भन्नुहुन्छ त्यो तपाईंहरू हेर्नुहोस्। कृपया, प्रेरित ६:१-७ खोल्नुहोस्)।

‘ती दिनमा जब चेलाहरूको संख्या बढदैगएको थियो, तब हिब्रूहरूका विरुद्धमा ग्रीक-यहूदीहरूले गनगन गरे, किनभने दैनिक खाद्य वितरणमा तिनीहरूका विधवाहरूले चाहिँदो भोजन पाउँदैनथे। तब बाह्रैले चेलाहरूको समूहलाई बोलाएर भने,‘परमेश्वरको वचन प्रचार गर्न छोडेर खुवाउने-पियाउने सेवा गर्न हामीलाई उचित हुँदैन। यसकारण भाई हो, तिमीहरूबाट पवित्र आत्मा र बुद्धिले भरिएका र सबैको आदर पाएका सात जना मानिस छान जसलाई हामी यस काममा नियुक्त गरौं। तर हामीचाहिं प्रार्थना र वचनको सेवकाइमा सम्पूर्ण समय दिनेछौं।’ यो कुरा समूहका सबैलाई मन पऱ्यो र भेला भएका जम्मैलाई असल लाग्यो, र तिनीहरूले पवित्र आत्मा र विश्वासले भरिपूर्ण भएका स्तिफनस, फिलिप, प्रखरस, निकनोर, तीमोन, पर्मिनास, र एन्टिओखियाका यहूदी मत मान्ने निकोलाउसलाई छाने। तिनीहरूले यी मानिसहरूलाई प्रेरितहरूका सामुन्ने ल्याए र प्रेरितहरूले प्रार्थना गरे, र यिनीहरूमाथि आफ्ना हात राखे। परमेश्वरको वचन बढदैगयो, र चेलाहरूको संख्या यरूशलेममा अत्यन्तै बढ्यो। पूजाहारीहरूमध्ये धेरै जनाले यस विश्वासलाई ग्रहण गरे’ (प्रेरित ६:१-७)।

तपाईंहरू बस्न सक्नुहुन्छ।

लस एन्जलसको पहिलो चिनियाँ ब्याप्टिस्ट चर्चका मेरो लामो समयका पास्टर, डा. तिमोथी लिनले डिकन बन्न लागेका सबै व्यक्तिहरूबाट दसवटा सर्तमा प्रतिबद्ध हुने माग गर्थे।

‘मण्डलीमा डिकन बन्ने व्यक्तिहरूले ‘गर्नैपर्ने’ दसवटा कुराहरू’

(१) डिकनको रूपमा प्रभुको सेवा गर्ने इच्छा हुनुपर्छ र एकअर्कालाई आदर गर्न तत्पर हुनुपर्छ।

(२) पहिलो तिमोथी ३:१-१० मा बताइएका सर्तहरूको पछि लाग्नुपर्छ।

(३) प्रत्येक दिन बाइबल अध्ययन र प्रार्थना गर्नुपर्छ र खुसीसाथ नियमित रूपमा दसांश दिनुपर्छ।

(४) विवाहित हुनुपर्छ, उसकी पत्नीले आफ्ना पतिलाई डिकनको रूपमा सहायता गर्न सक्दो कोसिस गर्नुपर्छ।

(५) सन्डे स्कुलमा शिक्षा दिन सक्ने हुनुपर्छ।

(६) कुनै पनि क्षमतामा सेवा गर्न, विशेष गरी घरघरमा भेटन जान इच्छुक हुनुपर्छ।

(७) सबै मुख्य सेवाहरूमा भाग लिनुपर्छ, जस्तै आराधना सेवाहरू, सन्डे स्कुल, प्रार्थना सेवाहरू, अगुवाहरूका सेवाहरू र कार्यसम्बन्धी सभाहरू, र सबै चर्चका संस्थाहरू र परियोजनाहरूमा सहायता गर्नु।

(८) तालीमका मौकाहरूमा अनि मण्डलीको तालीम कार्यक्रम वा अन्य कार्यक्रमद्वारा अरूलाई तालीम दिन सहभागी हुनुपर्छ।

(९) नयाँ ख्रीष्टियनहरूको अगि असल उदाहरण देखाउनुपर्छ। तालीम दिने उद्देश्यबाहेक तिनीहरूसँग कहिल्यै बहस गर्नुहुँदैन वा रिसाउनु हुँदैन।

(१०) पास्टरसित मिलेर काम गर्नुपर्छ।
   (डा. तिमोथी लिन,द सिक्रेट अफ चर्च ग्रोथ, पृष्ठ ४५,४६)


डा. लिनले ठिकै भनेका थिए। यदि डिकनहरूले डा. लिनले भनेका कुरा मान्छन् भने तिनीहरूले मण्डली फुटाउँदैनन्। तर आज त्यस्तो भइरहेको छैन।

हाम्रो जस्तो स्वतन्त्र मण्डलीमा डिकनहरूले नै प्रायः मण्डली फुटाउने सम्भावना हुन्छ। हाम्रा मण्डलीहरूमा डिकनहरूद्वारा नै ९२ प्रतिशत मण्डली फुटाउने कार्य हुँदछ। साउदर्न ब्याप्टिस्ट चर्चहरूमा मण्डली फुटाउने ९३ प्रतिशत कार्य डिकनहरूद्वारा हुँदछ। यी संख्याहरू डा. रोय एल. ब्रान्सनद्वारा लिखित चर्च स्प्लिट बाट लिइएको हो। डा. डब्लु. ए. क्रिसवेलले डा. ब्रान्सनको पुस्तक चर्च स्प्लिट को बारेमा यसो भनेका छन्,

यो वर्ष तपाईं कुनै अर्को पुस्तक पढनुभएन भने पनि यो चर्च स्प्लिट पुस्तक नछुटाउनुहोस्। यो प्रत्येक पास्टरले पढनै पर्ने पुस्तक हो।

− डा. डब्लु.ए. क्रिसवेल
   डलास,टेक्सासको पहिलो
   ब्याप्टिस्ट चर्चका लामो
   समयका पास्टर


टेन्नेस्सी टेम्पल युनिभर्सिटीका कुलपति डा. लि रोबर्सनले डा. ब्रान्सनको पुस्तकको बारेमा भने,

पास्टरहरू र अगुवाहरूले यो पुस्तक पढे भने फाइदा हुनेछ।

डा. ब्रान्सनले भने,‘धेरै जना डिकनहरू खतरनाक हुन्छन्, किनकि तिनीहरूले त्यो काम गर्ने कोसिस गरिरहेका हुन्छन्, जुन काम गर्न तिनीहरू योग्य हुँदैनन्’ (ब्रान्सन, पृष्ठ ५१)।

हामी भविष्यमा मण्डली फुटने कार्यलाई कसरी रोक्न सक्छौं? डा. ब्रान्सन भन्छन्, हामी पहिलो सिद्धान्तमा फर्कनुपर्छ। डा. ब्रान्सन भन्छन्, कि

अ. तिनीहरूका कार्यक्रम प्रचार गर्नु, प्रार्थना गर्नु, शिक्षा दिनु र सुसमाचार प्रचार गर्नु थियो।

आ. तिनीहरू आफ्ना पास्टरहरूद्वारा संचालित हुन्छन्।

‘आफ्‍ना अगुवाहरूको सम्‍झना राख, जसले परमेश्‍वरको वचन तिमीहरूलाई सुनाए। तिनीहरूका जीवनको परिणामलाई ध्‍यान देओ, र तिनीहरूका विश्‍वासको अनुकरण गर।’ (हिब्रू १३:७)।

‘तिमीहरूका अगुवाहरूको आज्ञापालन गर, र तिनीहरूका अधीनमा बस। किनकि लेखा दिनुपर्छ भन्‍ने कुरा जानेर नै तिनीहरूले तिमीहरूका प्राणको हेरचाह गर्छन्‌। यो काम तिनीहरूले आनन्‍दसाथ गरून्‌। दुःख मानेर होइन, नत्रता त्‍यसबाट तिमीहरूलाई कुनै लाभ हुँदैन।’ (हिब्रू १३:१७)

इ. हराएकोलाई जित्नु र उनीहरूलाई शिक्षा दिनु तिनीहरूको मुख्य चाहना थियो।

ई. सबै कुरालाई सरल बनाउनु!

प्रचार, प्रार्थना र सुसमाचार प्रचारबाहेक सबै कुराबाट मुक्त हुनु।


१. मासिक कार्यहरूका सभाहरूबाट मुक्त हुनु।

२. डिकनहरूका सेवाहरूबाट मुक्त हुनु।

३. अन्य इत्यादि (पृष्ठ २२८, २२९, २३०, ब्रान्सन)

४. सभाहरू र सबै समिति र परिषदहरूबाट मुक्त।


डा. ब्रान्सनले भने, ‘बाइबलमा एकमात्र कामका सभाहरू ती थिए, जब पास्टरहरू/अगमवक्ताहरूले मानिसहरूलाई भेला गर्दथे र सारांशमा यसो भन्थे, ‘हामी यही मात्र गर्नेछौं’ र मानिसहरूले जबाफ दिन्थे, ‘अति राम्रो, हामी त्यो गर्नेछौं।’

डा. ब्रान्सनले भन्छन्, ‘धेरै जना डिकनहरू खतरनाक हुन्छन्, किनकि उनीहरू त्यो काम गर्ने कोसिस गर्छन् जुन गर्ने योग्यता तिनीहरूमा हुँदैन’(पृष्ठ ५१)।

डिकनहरू संचालन समिति होइनन्, बाइबलमा उनीहरूलाई कुनै प्रकारको निर्णय लिने अधिकार दिइएको छैन। मण्डलीमा शासन गर्ने अधिकार विशेष गरी पास्टरलाई मात्र दिइएको छ। परमेश्वर भन्नुहुन्छ,

‘तिमीहरूका अगुवाहरूको आज्ञापालन गर, र तिनीहरूका अधीनमा बस। किनकि लेखा दिनुपर्छ भन्‍ने कुरा जानेर नै तिनीहरूले तिमीहरूका प्राणको हेरचाह गर्छन्‌। यो काम तिनीहरूले आनन्‍दसाथ गरून्‌। दुःख मानेर होइन, नत्रता त्‍यसबाट तिमीहरूलाई कुनै लाभ हुँदैन।’ (हिब्रू १३:१७)

एक जना डिकनले सोधे, ‘तपाईंको विचारमा डिकनहरूले के गर्नुपर्छ?’

पास्टरले प्रेरित ६:१-६ खण्ड खोले। अनि पास्टरले भने, ‘बाइबलमा तिनीहरूले गर्नुपर्ने काम यहाँ विशेष रूपले दिइएको छ।’ डिकनले भने,‘बाइबलले डिकनहरूलाई त्योभन्दा धेरै अधिकार दिएको छ!’

अनि अर्को डिकनले भने, ‘मलाई थाहा छ, बाइबलले डिकनहरूलाई त्योभन्दा धेरै कुराहरू दिएको छ।’

पास्टरले भने, ‘त्यस विषयमा हामीले सुनेको अन्तिम कुरा त्यही हो। किन? किनकि बाइबलमा अरू केही पाइँदैन।’


डिकनहरूलाई अभिषेक गरिंदैन र उनीहरूले पास्टरलाई के-के गर्नुपर्छ भनी बताउनुहुँदैन, यसैले म यो मण्डलीको संस्थापक र अवकाशप्राप्त पास्टरको हैसियतमा अहिले म तीन जनालाई एक वर्षको लागि अनि डा. केगनलाई दुई वर्षका लागि डिकनको रूपमा नियुक्त गर्नेछु।

प्रत्येक जनवरीमा हाम्रो कामसम्बन्धी एउटा सभा हुनेछ, जुन बेला मलाई उचित लाग्यो भने म अर्को एक वर्षका निम्ति डिकनहरू नियुक्त वा पुनर्नियुक्त गर्नेछु।

अहिले म सुरुको खण्ड फेरि पढनेछु। मेरो साथमा बाइबलबाट प्रेरित ६:१-७

‘ती दिनमा जब चेलाहरूको संख्या बढदैगएको थियो, तब हिब्रूहरूका विरुद्धमा ग्रीक-यहूदीहरूले गनगन गरे, किनभने दैनिक खाद्य वितरणमा तिनीहरूका विधवाहरूले चाहिँदो भोजन पाउँदैनथे। तब बाह्रैले चेलाहरूको समूहलाई बोलाएर भने,‘परमेश्वरको वचन प्रचार गर्न छोडेर खुवाउने-पियाउने सेवा गर्न हामीलाई उचित हुँदैन। यसकारण भाई हो, तिमीहरूबाट पवित्र आत्मा र बुद्धिले भरिएका र सबैको आदर पाएका सात जना मानिस छान जसलाई हामी यस काममा नियुक्त गरौं। तर हामीचाहिं प्रार्थना र वचनको सेवकाइमा सम्पूर्ण समय दिनेछौं।’ यो कुरा समूहका सबैलाई मन पऱ्यो र भेला भएका जम्मैलाई असल लाग्यो, र तिनीहरूले पवित्र आत्मा र विश्वासले भरिपूर्ण भएका स्तिफनस, फिलिप, प्रखरस, निकनोर, तीमोन, पर्मिनास, र एन्टिओखियाका यहूदी मत मान्ने निकोलाउसलाई छाने। तिनीहरूले यी मानिसहरूलाई प्रेरितहरूका सामुन्ने ल्याए र प्रेरितहरूले प्रार्थना गरे, र यिनीहरूमाथि आफ्ना हात राखे। परमेश्वरको वचन बढदैगयो, र चेलाहरूको संख्या यरूशलेममा अत्यन्तै बढ्यो। पूजाहारीहरूमध्ये धेरै जनाले यस विश्वासलाई ग्रहण गरे’ (प्रेरित ६:१-७)।

कृपया खडा हुनुहोस् र आजको हाम्रो भजन गाउनुहोस्,

‘पवित्र हुने समय लेऊ, तिम्रा प्रभुसँग अक्सर बोल,
सधैं उहाँमा रह, र उहाँको वचन खाऊ,
परमेश्वरको सन्तानलाई मित्र बनाऊ,कमजोरलाई सहायता गर,
कुनै कुरामा उहाँको आशिष् खोज्न नभुल।

‘पवित्र हुने समय लेऊ, संसार बढछ अगि,
गुप्तमा धेरै समय येशूसँग मात्र एकलो बिताऊ,
येशूलाई हेर्दै, तिमी उहाँजस्तै बन्नेछौ,
तिम्रो व्यवहारमा तिम्रा मित्रहरू उहाँको स्वरूप देख्नेछन्।

‘पवित्र हुने समय लेऊ, प्राणमा शान्त होऊ,
प्रत्येक विचार, प्रत्येक उद्देश्य छ उहाँको नियन्त्रणमा।
उहाँका आत्माद्वारा डोऱ्याइ प्रेमको मुहानतिर,
तिमी चाँडै माथिको सेवाहेतु योग्य हुन्छौ।
(‘पवित्र हुने समय लेऊ,’ विलियम डी. लङस्टाफ,१८२२-१८९४- द्वारा खण्ड १,२ र ४)


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।