Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




कसरी एक विजेता बन्ने!

HOW TO BE AN OVERCOMER!
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर,
अवकाशप्राप्त पास्टर
२४ वर्षसम्म मेरा पास्टर रहनुभएका तिमोथी लिन,पी.एच.डी., को
जीवन परिवर्तनकारी प्रवचनबाट लिइएको
by Dr. R. L. Hymers, Jr.,
Pastor Emeritus
Adapted from a life-changing sermon by Timothy Lin, Ph.D., my pastor for 24 years.

२६ जुलाई, २०२०, आइतबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Afternoon, July 26, 2020

प्रवचन अघि भजन गायनः
‘हुँ के म क्रूसको सिपाही,’ (डा. इसहाक वाट्सद्वारा रचित-१६७४-१७४८)

‘हे उत्तरको बतास, जाग्, हे दक्षिणको बतास आइजा! मेरो बगैंचाबाट हुँदै बही, यसको बास्ना टाढासम्म पुगोस्। मेरी प्रेमी आफ्ना बगैंचामा आऊन्, र यसका उत्तम फलहरू चाखून्’ (श्रेष्ठगीत ४:१६)।


यो मैले मेरो जीवनमा सुनेको सबैभन्दा महत्त्वपूर्ण प्रवचन हो। यदि तपाईंहरूले मेरो आत्म-कथा पढ्नुभयो भने यो प्रवचनले मेरो जीवन किन परिवर्तन गऱ्यो सो थाहा पाउनुहुनेछ। डा. रोबर्ट एल. सुम्नेरले भने, ‘म त्यस मानिसको सम्मान र प्रशंसा गर्छु जो सबै कुरा उसको विरुद्धमा हुँदा पनि सत्यका निम्ति खडा रहन्छ। आर. एल. हिमर्स जुनियर त्यस्तै प्रकारको व्यक्ति हुन्’(दि अनर वज अल माइनः जाइन्टस् अफ फेथ हुस पाथस् क्रस्ट माइन, बिब्लिकल इभान्जलिज्म प्रेस, २०१५, पृष्ठ १०३-१०५)। इन्दोनेसियाका हाम्रा एक जना मिसनरीले भने, ‘डा. हिमर्स हिरो हुन्, जो धेरैवटा घातक लडाइँहरूबाट बच्नुभएको छ।’ यो डा. तिमोथी लिनको प्रवचन हो, यसले मलाई एक विजयी बन्नका निम्ति काम गर्ने प्रेरणा दिएको थियो। आशा गर्छु, यो सन्देशले तपाईंको जीवन पनि परिवर्तन गर्नेछ।

<

+ + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + +
हाम्रा प्रवचनहरू अब तपाईंको सेलफोनमा पनि उपलब्ध छन्।
WWW.SERMONSFORTHEWORLD.COM.
मा जानुहोस्, ‘APP’ लेखिएको हरियो बटनमा क्लिक गर्नुहोस्।
त्यसपछि आउने निर्देशनहरू पालन गर्नुहोस्।

+ + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + +

डा. तिमोथी लिनले भन्नुभयो, ‘मानिस संयोगले सृष्टि गरिएको थिएन, उसलाई विशेष गरी सारा सृष्टिमाथि अधिकार गर्न सृष्टि गरिएको थियो योसेफको जीवनले विश्वासीहरूले भविष्यको अधिकारका [आउने ख्रीष्टको राज्यमा] निम्ति गर्नुपर्ने कुरा प्रकट गर्दछ।’

योसेफ मिश्रका शासक बन्नुभन्दा अघि परमेश्वरले तिनलाई तयार पार्न, एक विजेता बन्न र तिनको जीवनको आखिरी घडीसम्म उहाँको वचन पालन गर्ने बनाउनका निम्ति तिनलाई कठोर मार्गबाट लग्नुभयो। योसेफले गरेका महान् कामहरू मिश्रसित मात्र सम्बन्धित थिएनन्, तर इस्राएल र सबै युगमा हुने परमेश्वरको मण्डलीसित पनि सम्बन्धित थियो। योसेफ शासन हुँदैनथ्यो भने मिश्रीहरू मात्र भोकले नमरेर इस्राएली जाति नै नाश हुनेथियो, अनि परमेशवरले उत्पत्तिको पुस्तकमा दिनुभएको छुटकाराको प्रकाश पूरा हुनेथिएन।

योसेफको आत्मिक जीवन निर्माण गर्न परमेश्वरले जुन कदमहरू चाल्नुभयो त्यसलाई श्रेष्ठगीत ४:१६ को प्रकाशमा विचार गर्न सकिन्छ।

‘हे उत्तरको बतास, जाग्, हे दक्षिणको बतास आइजा! मेरो बगैंचाबाट हुँदै बही, यसको बास्ना टाढासम्म पुगोस्।’ (श्रेष्ठगीत ४:१६)।

योसेफको जीवनलाई ध्यान लाएर अध्ययन गर्दा कसैले पनि यो देख्न सक्छ कि तिनको चरित्रको सुगन्धित बास्ना ननिस्कुञ्जेल परमेश्वरले तिनीमाथि पालैपालो गरी उत्तरी बतास र दक्षिणी बतास चलाउनुभयो। परमेश्वरले दुःख-कष्टद्वारा तिनको चरित्र तयार पार्नुभयो, परिश्रमद्वारा तिनलाई व्यायाम गराउनुभयो, तिनलाई बदनाम र अवहेलना हुन दिनुभयो, अनि अन्याय र कृतघ्नताद्वारा तिनलाई निराश पार्नुभयो, ताकि तिनको मन तयार होस्, तिनको संवेदना स्थिर होस्, तिनको स्वेच्छा बलियो होस्, र परमप्रभुमा तिनको विश्वास बढोस्। योसेफको जीवनमा उत्तरी बतास र दक्षिणी बतासले काम गरेको स्पष्ट देखिन्छ।

दक्षिणी बतास- आमाबुबाका स्नेहको आनन्द पाउनु

कृपया, उत्पत्ति ३७:१-४ खोल्नुहोस्।

‘याकूब आफ्ना बाबुले बसोवास गरेको कनान देशमा बस्थे। याकूबको वृत्तान्त यही हो। योसेफ सत्र वर्षका हुँदा तिनका दाजुहरूसँग भेडाबाख्राहरूका बगाल चराउँथे। एक दिन तिनले आफ्ना पिताका पत्नीहरू बिल्हा र जिल्पाका छोराहरूको खराब व्यवहारको कुरा आफ्ना बाबुकहाँ ल्याए। आफ्नो बुढेसकालका छोरा भएकोले इस्राएलले अरू छोराहरूलाई भन्दा योसेफलाई बझी माया गर्थे, र तिनले योसेफका निम्ति राम्रा बुट्टाहरू भएको एउटा लामो लबेदा बनाइदिए। तर तिनका बाबुले अरू दाजुभाइहरूलाई भन्दा तिनलाई बढी माया गरेका देखी तिनका दाजुहरूले तिनीसित दुश्मनी राखे र तिनीसँघ राम्ररी बोल्दैनथे।’ (उत्पत्ति ३७:१-४)।

डा. लिनले भन्नुभयो, ‘’आमाबुबाको प्रेमको बालकको भविष्यको चरित्रका गुणहरूसित धेरै ठूलो सम्बन्ध हुन्छ...।’

‘योसेफले प्रेम र खराबीका भिन्नताहरू जान्दथे.... प्रेम र सत्यता दुइवटा परस्पर सक्रिय विषयहरू हुन्, तर प्रेम र खराबीको सम्बन्धमा यो साँचो हुँदैन, जुन दुइवटा फरक वर्गहरू हुन्। खराबी प्रकट गर्नबाट बच्नु प्रेम होइन, तर कायरता हो। जबसम्म एक व्यक्तिको उद्देश्य निःस्वार्थ हुन्छ, खराबी प्रकट गर्नु उसको महान् कार्य हुन्छ, अनि त्यो गर्ने उत्साह दिनुपर्छ। योसेफका दुइवटा सपनाहरूको वर्णन गर्दा त्यस कुराले तिनका दाजुहरूका स्वाभिमानमा चोट पुऱ्यायो र उनीहरूमा डाह उत्पन्न भयो; तैपनि येसोफले अझै आफ्ना दाजुहरूलाई प्रेम गरे अनि आफ्ना पिताको आज्ञाकारी छोरा बनिरहे।’

म आफैले चाहिँ बुबाको प्रेम कहिल्यै पाइनँ, तर मेरी आमाको प्रेम र स्वीकृतिले मलाई मेरा बुबाप्रति तीतो भावना राख्ने बनाएन। मेरी आमा सिद्ध नै त थिइनन्, तर उनी मेरो जवान अवस्थामा मैले चिनेको अति दयालु, प्रिय, बुद्धिमानी महिला थिइन्। उनले मलाई पुस्तकहरूलाई प्रेम गर्न, मोटर गाडी हाँक्न अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, एकलै हुन परे पनि भन्नुपर्ने कुरा भन्न सिकाइन् (पृष्ठ १६, मेरो आत्म-कथा)। यसरी मेरी आमा सधैं मेरो पक्षधर र मेरो पक्षमा बोल्ने व्यक्ति थिइन्। मेरी आमाले मलाई भनेकी अन्तिम कुरा यो थियो, ‘रोबर्ट, म तिमीलाई प्रेम गर्छु’ (पृष्ठ १८१)। अन्त्यमा मेरी आमाले ८० वर्षको उमेरमा उद्धार पाउँदा त्यो मेरो जीवनमा घटेको सबैभन्दा ठूलो घटना थियो।

उत्तरी बतास- दासत्वमा बेचिएको
उत्पत्ति ३७:१८-३६

कृपया, उत्पत्ति ३७:२३-२८ खोल्नुहोस् र मैले यो पढ्दा खडा हुनुहोस्।

‘यसैले जब योसेफ आफ्ना दाजुहरूकहाँ आइपुगे तब तिनले लाएका राम्रा बुट्टाहरू भएको त्यो लामो लबेदा उनीहरूले फुकालेर खोसे। अनि उनीहरूले तिनलाई समातेर एउटा गहिरो खाल्डोमा फालिदिए। त्यो पानी नभएको सुक्खा खाल्डो थियो। जसै उनीहरू खान बसे, उनीहरूले यसो मास्तिर हेरे र मिश्रतिर सुगन्धित मसला, लेप र मूर्र ऊँटहरूमा लादेर लगिरहेका गिलादबाट आएको एक इश्माएली यात्री दललाई देखे। तब यहूदाले आफ्ना दाजुभाइहरूलाई भने, ‘हामीले आफ्नो भाइलाई मारेर त्यसको रगत लुकाएर हामीलाई के फाइदा हुन्छ र?’ आओ, अब त्यसलाई इश्माएलीहरूका हातमा बेचिदिऔं। हामी त्यसमाथि हातचाहिँ नउठाऔं। किनकि त्यो हाम्रै भाइ हो, हाम्रै जीउजस्तै हो।’ उनका दाजुभाइहरूले उनका कुरा माने। यसकारण जब मिद्यानी व्यापारीहरू त्यही बाटो भएर आए, तब योसेफका दाजुहरूले तिनलाई खाल्डोबाट तानी निकालेर ती इश्माएलीहरूका हातमा चाँदीका बिस सिक्कामा बेचिदिए। अनि तिनीहरूले योसेफलाई मिश्रमा लगे’ (उत्पत्ति ३७:२३-२८)।

तपाईंहरू बस्न सक्नुहुन्छ।

डा. लिनले भन्नुभयो, ‘इमानदारिता, आज्ञापालन, धैर्य, विश्वासयोग्यता, परिश्रम, विचारशिलता र बुद्धि सहज जीवनद्वारा प्राप्त हुँदैन, तर कठिनाइ र बाधाहरू सहेर प्राप्त हुन्छ। यदि योसेफ घरमा नै बसिरहेका भए तिनी [एक विजेता बन्न] पूर्ण रूपमा तयार हुने थिएनन्। तिनको प्राण २० वटा चाँदीमा बेचिएको कुराले धेरैलाई घातक बिरामी बनाएको हुन सक्छ। तर योसेफले आफ्ना दाजुहरूलाई दोष लगाएनन् र सरापेनन्, तापनि परमेश्वरले ती परिस्थितिहरूद्वारा तिनका दुइवटा सपना कसरी पूरा गर्नुहोला भनी सोचेर तिनी छक्क परेका हुन सक्छन्।

दक्षिणी बतास- भरोसा र मान प्राप्त गर्नु
उत्पत्ति ३९:१-६

कृपया, मैले उत्पत्ति ३९:१-६ पढ्दा त्यो खोल्नुहोस्।

‘अब योसेफ मिश्रमा लगिए, र फारोका एउटा अधिकृत, अङ्गरक्षकका कप्तान पोतीफर भन्ने एक जना मिश्रीले तिनलाई त्यहाँ ल्याउने इश्माएलीहरूका हातबाट किने। परमप्रभु योसेफको साथमा हुनुहुन्थ्यो, र त्यहाँ तिनको उन्नति भयो। तिनी आफ्नो मिश्री मालिकको घरमा बस्थे। तिनका मालिकले परमप्रभु तिनको साथमा हुनुभएको र तिनले गरेका सबै काममा परमप्रभुले उन्नति गराउनुभएको देखे। यसैले उनको निगाह योसेफमाथि रह्यो। योसेफले उनको सेवा-शुश्रुषा गर्थे। उनले तिनलाई आफ्नो घरको मुख्य कारिन्दा तुल्याएर उनीसँग भएका सबै थोकको जिम्मा तिनलाई दिए। उनले तिनलाई आफ्नो घरको र आफूसँग भएका सबै कुराको मुख्य कारिन्दा तुल्याएको समयदेखि परमप्रभुले योसेफको खातिर त्यस मिश्रीको घरमा आशिष् दिनुभयो। परमप्रभुको आशिष् उनको घरबार, अन्न-खेत र सबै कुरामाथि थियो। यसैले आफूसँग भएका सबै उनले योसेफको जिम्मामा छोडिदिए। आफूले खाने भोजनबाहेक आफूसँग भएको अरू कुनै कुराको विषयमा उनी वास्ता राख्दैनथिए’ (उत्पत्ति ३९:१-६)।

हेर्नुहोस्।

योसेफ फारोका अङ्गरक्षक पोतीफर नाउँका कप्तानको हातमा बेचिएका थिए। योसेफले गुनासोको गर्नुको साटो काम गर्नतिर लागे र तिनको अगि राखिएका कर्तव्यहरू पूरा गरे। तिनले आफ्ना मालिकको विश्वास जिते, र सफल हुने विशेषता भएको व्यक्ति बने। तर योसेफलाई अझ अरू तालीमको आवश्यकता थियो। यसैकारण परमेश्वरले तिनलाई अपमानित हुन दिनुभयो।

उत्तरी बतास- परीक्षा र अन्यायको सामना-
उत्पत्ति ३९:७-२०

अब मैले उत्पत्ति ३९:१-१८ पढदा कृपया खडा हुनुहोस्। डा. लिनले भन्नुभयो, ‘जब तिनीहरूका जीवनमा उत्तरी बतास चल्दछ त्यस बेला धेरै जना जवान मानिसहरू यो त दुःखद छ भनी सोच्छन्। तर त्यस्ता कठिनाइ धेरैचोटि परमेश्वरको अनुग्रहको प्रकटीकरण हुँदछ। यर्मियाले भने, ‘आफ्नो युवावस्थामा नै जुवा बोक्नु मानिसलाई असल हुन्छ’ (विलाप ३:२७)।’ संघर्षबिनाको सहज जीवनले जवान मानिसलाई नाश पार्दछ। तर युवावस्थामा बोकेको जुवा उसलाई उच्च स्थानमा पुऱ्याउने खुड्किलो हो।

‘अब योसेफ मिश्रमा लगिए, र फारोका एउटा अधिकृत, अङ्गरक्षकका कप्तान पोतीफर भन्ने एक जना मिश्रीले तिनलाई त्यहाँ ल्याउने इश्माएलीहरूका हातबाट किने। परमप्रभु योसेफको साथमा हुनुहुन्थ्यो, र त्यहाँ तिनको उन्नति भयो। तिनी आफ्नो मिश्री मालिकको घरमा बस्थे। तिनका मालिकले परमप्रभु तिनको साथमा हुनुभएको र तिनले गरेका सबै काममा परमप्रभुले उन्नति गराउनुभएको देखे। यसैले उनको निगाह योसेफमाथि रह्यो। योसेफले उनको सेवा-शुश्रुषा गर्थे। उनले तिनलाई आफ्नो घरको मुख्य कारिन्दा तुल्याएर उनीसँग भएका सबै थोकको जिम्मा तिनलाई दिए। उनले तिनलाई आफ्नो घरको र आफूसँग भएका सबै कुराको मुख्य कारिन्दा तुल्याएको समयदेखि परमप्रभुले योसेफको खातिर त्यस मिश्रीको घरमा आशिष् दिनुभयो। परमप्रभुको आशिष् उनको घरबार, अन्न-खेत र सबै कुरामाथि थियो। यसैले आफूसँग भएका सबै उनले योसेफको जिम्मामा छोडिदिए। आफूले खाने भोजनबाहेक आफूसँग भएको अरू कुनै कुराको विषयमा उनी वास्ता राख्दैनथिए। योसेफ सुन्दर र हेर्नमा राम्रा थिए। केही समयपछि तिनका मालिककी पत्नीले योसेफमाथि नजर लगाएर भनिन्, ‘मसँस सुत्।’ तर तिनले अस्वीकार गरेर आफ्ना मालिककी पत्नीलाई भने, ‘हेर्नुहोस्, म यस घरमा भएकोले गर्दा मेरा मालिकलाई यस घरमा भएको कुनै पनि कुराको फिक्री छैन, र उहाँसँग भएका सबै कुरा उहाँले मेरै जिम्मामा दिनुभएको छ। यस घरमा मभन्दा ठूलो कोही छैन। उहाँले तपाईंबाहेक सबै कुरा मलाई दिनुभएको छ, किनभने तपाईं उहाँकी पत्नी हुनुहुन्छ। तब कसरी यस्तो घोर दुष्ट काम गरेर परमेश्वरको विरुद्धमा मैले पाप गर्नु?’ अनि तिनले दिनदिनै योसेफसँग कुरा गरे तापनि तिनीसित सुत्न अथवा तिनीसित बस्न योसेफ मानेनन्। एक दिन योसेफ आफ्नो काम गर्न घरभित्र गएका थिए। घरमा अरू कोही काम गर्ने मानिस थिएन। तिनले योसेफको लुगा समातेर भनिन्, ‘मसित सुत्।’ तर आफ्नो लुगा तिनकै हातमा छोडेर योसेफ भागे, र घरबाट बाहिर निस्के। योसेफले आफ्नो लुगा तिनकै हातमा छोडेर घरबाट निस्केका देखेर तिनले आफ्ना घरका नोकरहरूलाई बोलाएर भनिन्, ‘हेर, मेरा स्वामीले त एक हिब्रू हाम्रो बेइज्जत गर्न ल्याउनुभएको रहेछ। त्यो मसित सुत्नलाई यहाँभित्र आयो, र म चिच्याएर कराएँ। म चिच्याएर कराएकी सुनी त्यसले आफ्नो लुगा मसँग छोडेर भाग्यो। र घरबाट बाहिर निस्क्यो।’ तिनका पति घर नआउञ्जेल तिनले त्यो लुगा आफ्नै साथमा राखिन्, र उनी आएपछि तिनले यसो भनेर उनी कुरा उनलाई पनि सुनाइन्, ‘हामीकहाँ तपाईंले ल्याउनुभएको त्यो हिब्रू नोकर मेरो बेइज्जत गर्नलाई यहाँ भित्र आयो। तर म कराएर चिच्याउने बित्तिकै त्यसले आफ्नो त्यो लुगा मकहाँ छोडी भागेर घऱबाट निस्क्यो।’ (उत्पत्ति ३९:१-१८)।

तपाईंहरू बस्न सक्नुहुन्छ।

एक दिन योसेफले पोतीफरको घरमा काम गरिरहेका थिए, उनकी पत्नीले योसेफलाई समातिन् र उनीसित सुताउने कोसिस गरिन्। तर योसेफले आफैलाई उसको पकड्देखि फुत्काए, अनि आफ्नो लुगा उनकै हातमा छोडेर भागे।

त्यस्तो परीक्षा अन्य जवान मानिसहरूका निम्ति सायद रोक्नै नसकिने किसिमको थियो, तर योसेफले त्यसमाथि विजय पाए। तिनले त्यसबाट फुत्केर तुरुन्तै त्यसमाथि विजय पाए। कुनै-कुनै परीक्षाको सामना गरेर त्यसमाथि विजाय पाउन सकिन्छ, तर यौन र कामवासनासित सम्बन्धित परीक्षा आउँदा भागेर मात्र त्यसमाथि विजय पाउन सकिन्छ (२ तिमोथी २:२२ ले भन्छ, ‘जवानीका अभिलाषाहरू त्याग’)। योसेफको विजय- परमेश्वरप्रतिको तिनको विश्वासयोग्यता- पोतीफरप्रति, जसले तिनीमाथि त्यत्ति धेरै भरोसा गरेका थिए, यसरी तिनको शुद्धतालाई अपवित्र हुनबाट बचायो। त्यस दुष्ट स्त्रीको इच्छाको सामु झुक्नुभन्दा बरु तिनी परमेश्वरको खातिर झ्यालखान जान चाहन्थे। पोतीफरको खातिर तिनले आफ्नै बचाउ गरेनन्, तिनी आफ्नी मालिककी पत्नीको बदनाम भएको चाहँदैनथिए। यसैले तिनी चुप लागे। पोतीफर घर फर्केर आउँदा आफ्नी पत्नीले लगाएकी दोषहरू तिनले माने र योसेफ झ्यालखानमा हालिए।

दक्षिणी बतास- पदोन्नति र मित्रता
उत्पत्ति ३९:२१-४०:२२

उत्पत्ति ३९:१९-२२ खोल्नुहोस्। मैले यो पढ्दा खडा हुनुहोस्।

‘तपाईंको नोकरले मसँग यस्तो व्यवहार गऱ्यो’ भन्ने कुरा जब योसेफका मालिकले आफ्नी पत्नीको मुखबाट सुने तब उनी रीसले राँकिए। उनले योसेफलाई राजाका कैदीहरू थुनिने झ्यालखानमा लगेर हालिदिए। योसेफ त्यसरी झ्यालखानमा परे। तर परमप्रभु योसेफको साथमा हुनुहुन्थ्यो, र उहाँले तिनीमाथि टिठ्याउनुभयो, अनि तिनलाई झ्यालखानका हाकिमको निगाह-पात्र बनाउनुभयो। यसकारण झ्यालखानका हाकिमले त्यस झ्यालखानमा भएका सबै कैदीहरू योसेफको जिम्मामा राखिदिए। त्यहाँ जे-जे काम हुन्थ्यो ती सबै योसेफकै खटनमा हुन्थ्यो’ (उत्पत्ति ३९:१९-२२)।

तपाईंहरू बस्न सक्नुहुन्छ।

योसेफको शारीरिक अवस्था बदलेर नराम्रो भए पनि तिनको आत्मिक दृढ विश्वास बदलिएन। अनि झ्यालखानमा परमेश्वरको उपस्थिति तिनको निम्ति आशिष् बनिरह्यो।

योसेफ झ्यालखानभित्र मित्रतापूर्ण वातावरण बनाउन सक्षम थिए। फारोका मुख्य पियाउने र मुख्य पकाउने व्यक्तिहरू झ्यालखानमा थिए, तिनीहरू आफूले देखेका सपनाहरूद्वारा चिन्तित थिए। तिनीहरूका सपनाको अर्थ कसैले पनि बताउन सकेन। योसेफको मनमा परमेश्वरले जे पनि गर्न सक्नुहुन्थ्यो। तिनले त्यस पियाउने र खाना पकाउने व्यक्तिका सपनाहरूको अर्थ बताइदिए थिए। तिनले जुन अर्थ खोलेका थिए त्यो तीन दिनपछि पूरा भए। पियाउने व्यक्तिलाई उसको काममा बहाल गरियो र मुख्य पकाउने व्यक्तिलाई झुन्ड्याएर मारियो। यो योसेफका निम्ति झ्यालखानमा दक्षिणबाट बगेको बतास थियो।

उत्तरी बतास- अकृतघ्नता र ढिलाइ
उत्पत्ति ४०:२३

लूका ४०:२३ हेर्नुहोस्।

‘तापनि मुख्य पियाउनेले योसेफलाई सम्झेनन्, तर तिनलाई बिर्सिहाले’ (उत्पत्ति ४०:२३)।

योसेफको दुइ वर्षभन्दा लामो समयको झ्यालखानमा बसाइ तिनको निम्ति निश्चय कठोर उत्तरी बतास भएको हुनुपर्छ। ‘तापनि मुख्य पियाउनेले योसेफलाई सम्झेनन्, तर तिनलाई बिर्सिहाले’(उत्पत्ति ४०:२३)। यसले त्यस पियाउने व्यक्तिको कृतघ्न चरित्र देखाउँछ। यस्तो स्थितिले एक व्यक्तिलाई संसारको त्यस्तो कृतघ्नताको निम्ति त्यसलाई घृणा गर्ने बनाउँछ, तर योसेफलाई त्यस्तो बनाउन सक्दैन। तिनले परमेश्वरको कामलाई पर्खने सदगुण सिकेका थिए। परमेश्वरको कामको निम्ति पर्खने योसेफको धैर्य बढाउन र परमेश्वरको विश्वासयोग्यतामा तिनको भरोसालाई गहिरो बनाउन परमेश्वरले तिनको झ्यालखान बसाइ लम्बाइदिनुभयो। परमेश्वरको ढिलाइ उहाँको विजेताप्रति उहाँको अतिरिक्त अनुग्रहको प्रमाण थियो। पछिबाट दाऊदले भने, ‘परमप्रभुको प्रतीक्षा गर। बलिया होऊ, र तिम्रो हृदय सहासिलो होस्, र परमप्रभुकै प्रतीक्षा गर’ (भजन २७:१४)

दक्षिणी बतास- एक राजाको रूपमा शासन गर्नु
उत्पत्ति ४७:१२-३१

मैले उत्पत्ति ४७:१२-१७ पढदा कृपया खडा हुनुहोस्।

‘योसेफले आफ्ना बाबु, दाजुभाइहरू र आफ्ना बाबुका परिवारका सबैलाई उनीहरूका बालबच्चाको सङ्ख्याअनुसार खानेकुरा दिएर उनीहरूको पालनपोषण गरे। घोर अनिकालले देश ग्रस्त भएकोले गर्दा देशमा खानेकुरा केही थिएन। अनिकालद्वारा मिश्र र कनान दुवै देश ग्रसित थिए। मिश्र र कनान देशका मानिसहरूले अन्न किनेका सबै रुपियाँ योसेफले जम्मा गरेर फारोकै महलमा राखे। जब मिश्र र कनानमा भएका मानिसहरूले आफ्ना रुपियाँपैसा खर्च गरिसके, तब सबै मिश्रीहरूले आएर योसेफलाई भने, ‘हामीलाई अन्न दिनुहोस्। तपाईंको आँखाको सामुन्ने हामी किन मरौं? हामीसित भएका रुपियाँपैसा सबै सिद्धिए।’ योसेफले तिनीहरूलाई भने, ‘तिमीहरूका रुपियाँपैसा सिद्धिए भने गाईबस्तु ल्याओ। तिमीहरूका गाईबस्तुका सट्टामा म तिमीहरूलाई अन्न दिउँला।’ यसकारण तिनीहरूले आफ्ना गाईबस्तुहरू योसेफकहाँ ल्याए, र योसेफले तिनीहरूका घोडा, भेडा, गाई, गधा, आदिका सट्टामा तिनीहरूलाई खानेकुरा दिएर तिनीहरूको हेरचाह गरे। त्यस साल गाईबस्तुका सट्टामा तिनीहरूलाई तिनले अन्न दिए (उत्पत्ति ४७:१२-१७)।

तपाईंहरू बस्न सक्नुहुन्छ।

डा. लिनले भन्नुभयो, ‘ताड्ना पाउँदा त्यो सुखद हुँदैन; यो सधैं पिडादायक र अप्रिय हुन्छ। तर त्यसद्वारा तालीम पाउनेहरूमा त्यसले धार्मिकताको फल फलाउँछ।’ हिब्रू १२:११ हेर्नुहोस्,

‘सबै ताड्ना सुरुमा सुखद हुँदैन तर दुःखदायी हुन्छ, तर ताड्नाद्वारा तालीम पाएकाहरूका लागि यसले पछि धार्मिकताको शान्तिपूर्ण फल उत्पन्न गराउँछ’ (हिब्रू १२:११)।

माथि हेर्नुहोस्।

ती लामो दुइ वर्षको अन्त्यमा परमेश्वरले फारोलाई एउटा सपना दिनुभयो, त्यसबेला त्यस मुख्य पियाउने व्यक्तिलाई योसेफले उसको सपनाको अर्थ खोलिदिएका सम्झना भयो। त्यस पियाउने व्यक्तिले फारोसँग योसेफलाई उनको सपनाको अर्थ खोल्न लगाउनुहोस् भनी सल्लाह दिए। त्यो सपनाको अर्थ सात वर्ष सहकाल र सात वर्ष अनिकाल हुनेछ भन्ने थियो। फारोले योसेफलाई त्यसको योजना बनाउन र आउने अनिकालको सात वर्षको निम्ति तयारी गर्न नियुक्त गरे। यसरी योसेफ सारा मिश्रभरिका शासक बनाइए (उत्पत्ति ४१:३८-४३)। योसेफले बुद्धि र सहानुभूतिसाथ मिश्रीहरूमाथि शासन गरे- अनि तिनले आफ्ना दाजुभाइमाथि अनुशासन र प्रेमसाथ शासन गरे। अन्त्यमा, तिनका दाजुहरूको भन्दा योसेफको ठूलो सम्मान भयो (४९:२६)।

डा. लिनले भन्नुभयो, ‘जसरी परमेश्वरले योसेफलाई संसारको राज्य संचालन गर्ने तालीम दिनुभयो त्यसरी नै उहाँले आफ्ना विजेताहरूलाई उहाँको आउने राज्यमा अधिकार गर्ने तालीम दिनुहुन्छ। मुक्ति शर्तरहित छ, यसको निम्ति कुनै काम गर्नुपर्दैन। तर आउने ख्रीष्टको राज्यमा उहाँसित मिलेर राज्य गर्ने कुरा शर्तमा आधारित छ।’ बाइबलले भन्छ,

‘हामीले सह्यौं भने, हामी पनि उहाँसँगै राज्य गर्नेछौं, ’(२ तिमोथी २:१२)

पास्टर रिचर्ड वर्मब्राण्डले कम्युनिस्टहरूको झ्यालखानमा १४ वर्षसम्म कष्ट भोगे। पास्टर वर्मब्राण्डले भने, ‘म त्यस्तो कुनै ख्रीष्टियन चिन्दिनँ जसले विरोधहरू र भित्रिय संघर्षहरू झेलेर अन्त्यमा आशिष् पाएको छैन।’ (‘इफ प्रिजन वल्स् कुड स्पिक’ को प्रस्तावना)।

फेरि पास्टर वर्मब्राण्डले भने, ‘मेरा दाजुभाइ, दिदी-बहिनीहरू, तपाईंहरूले यो विश्वास गर्नुपर्छ कि तपाईंहरूको जीवन परमेश्वरको हातको गिलो माटो हो। उहाँले कहिल्यै पनि गल्ती गर्नुहुन्न। यदि कुनै बेला उहाँले तपाईंसँग कठोर व्यवहार गर्नुभयो भने पनि उहाँमाथि भरोसा राख्नुहोस्। उहाँले तपाईंलाई जुन आकार दिँदैहुनुहुन्छ त्यो सन्देश थाहा पाउनुहोस्। आमिन’ (पृष्ठ १६)।

यदि तपाईं योसेफजस्तै विजेता बन्नुभयो भने तपाईंसित परमेश्वरको प्रतिज्ञा छ। प्रकाश २:२६ पढ्नुहोस्।

‘जसले जित्छ र मेरा कामहरूलाई आखिरीसम्मै कायम राख्छ, त्यसलाई म जाति-जातिमाथि अधिकार दिनेछु’ (प्रकाश २:२६)।

डा. तिमोथी लिन, तपाईंको महान् प्रवचनमा हामीले सुनेका कुराबाट मलाई जे सिकाउनुभयो त्यसका निम्ति तपाईंलाई धन्यवाद। प्रिय पास्टर, त्यसले मेरो जीवन परिवर्तन गरिदियो। यो शिक्षामा निम्ति मेरो जीवन ऋणी छ!

कृपया, खडा भएर आजको स्तुति-भजन गाउनुहोस्, ‘हुँ के म क्रूसको सिपाही?’

‘हुँ के म क्रूसको सिपाही,’ थुमाका चेला
डराउँछु के उहाँको उद्देश्यका निम्ति, कि मान्छु संकोच उहाँको नाउँ लिन?

किन नलगिऊँ म आकाशमा फूलको ओछ्यानमा सजिलो,
अरू लड्दा इनाम जित्न, र रगतको समुद्रबाट जाँदा?

के छैन मेरो कोही शत्रु? के मैले नरोक्ने भल पहिरो?
के यो दुष्ट संसार अनुग्रहको शत्रु, मलाई सहायता गर्न परमेश्वरमा?

निश्चय म लड्नैपर्छ, यदि मैले राज्य गर्नुपर्छ, बढाउनोस् साहस मेरो
सहन्छु परिश्रम, सहन्छु पीडा, तपाईंको वचनले सहायता गरेको।
('एम आइ अ सोल्जर अफ द क्रस,' डा. इसहाक वाट्सद्वारा रचित, १६७४-१७४८)

+ + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + +

यदि तपाईंले अझसम्म उद्धार पाउनुभएको छैन भने, म चाहन्छु, तपाईंले येशू ख्रीष्टमा विश्वास गर्नुहोस्। उहाँ तपाईंको पापको मूल्य चुकाउन क्रूसमा मर्नका निम्ति स्वर्गबाट आउनुभयो। जुन क्षण तपाईं येशूमा भरोसा राख्नुहुन्छ, उहाँको रगतले तपाईंलाई सबै पापबाट शुद्ध पार्नुहुन्छ। मेरो प्रार्थना छ, तपाईंले येशूमा भरोसा राख्नुहोस्।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।