यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




योना- जागृतिका अगमवक्ता!

JONAH – THE PROPHET OF REVIVAL!
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर,
अवकाशप्राप्त पास्टर
by Dr. R. L. Hymers, Jr.,
Pastor Emeritus

१४ जुन, २०२०, आइतबार दिउँसो लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Afternoon, June 14, 2020

‘परमप्रभुको यो वचन अमित्तैका छोरा योनाकहाँ आयोः ‘त्यस ठूलो सहर निनवेमा जा, र त्यसको विरुद्धमा प्रचार गर, किनभने त्यसको दुष्ट्याइँ मेरो सामु आएको छ।’( योना १:१,२)


योनाको पुस्तक अगमवक्ता योना आफैले लेख्नु परेको थियो। म त्यसो भन्छु, किनकि यसले योनाका विचार र प्रार्थनाहरू प्रकट गर्दछ, जुन योनाबाहेक अरू कसैले जान्न सक्दैनथ्यो। योना इतिहासका एक व्यक्ति थिए भन्ने तथ्य दोस्रो राजा १४:२५-२५ मा दिइएको छ, जुन बेला वृद्ध रब्बीहरूले तिनलाई ‘गात-हेपेरका अमित्तैका छोरा योना अगमवक्ता’(२ राजा १४:२५) भनेका छन्। प्रभु येशू ख्रीष्ट आफैले एक वास्तविक, ऐतिहासिक अगमवक्ताको रूपमा योनाको बारेमा बताउनुभयो। कृपया, मत्ती १२:३९-४१. येशूले योनाको बारेमा भन्नुभएको यो कुरा मैले पढ्दा कृपया खडा हुनुहोस्,

“उहाँले तिनीहरूलाई जबाफ दिनुभयो, ‘दुष्ट र व्यभिचारी पुस्ताले चिह्न खोज्दछ। तर यस पुस्तालाई योना अगमवक्ताको चिन्हबाहेक अरू चिह्न दिइनेछैन। किनकि जसरी योना ठूलो माछाको पेटभित्र तीन दिन र तीन रात थिए, उसरी नै मानिसको पुत्र पनि पृथ्वीको गर्भमा तीन दिन र तीन रात रहनेछ। निनवेका मानिसहरू न्यायको दिनमा यस पुस्ताको साथ खडा हुनेछन्, र यसलाई दोषी ठहराउनेछन्, किनकि तिनीहरूले योनाको प्रचारमा पश्चात्ताप गरेथे, तर हेर, योनाभन्दा महान् यहाँ कोही छ।’ (मत्ती १२:३९-४१)

कृपया, खडा नै रहनुहोस् र लूका ११:२९-३० खोल्नुहोस्।

“भीड्हरू थुप्रँदैजाँदा उहाँले भन्नुभयो, ‘यो दुष्ट पुस्ता हो। यसले चिह्न खोज्दछ, तर योनाको चिह्नबाहेक यसलाई अरू कुनै चिह्न दिइनेछैन। किनकि जुन रीतिले योना निनवेका मानिसहरूका निम्ति चिह्न भएथे, त्यही रीतिले मानिसको पुत्र पनि यस पुस्ताका निम्ति चिह्न हुनेछ।’ (लूका ११:२९-३०)

अब तपाईंहरू बस्न सक्नुहुन्छ।

यसरी दोस्रो राजा १४:२५ ले योनाको बारेमा ऐतिहासिक जानकारी दिँदछ। अनि लूका ११:२९-३० ले येशू ख्रीष्टले योनालाई एउटा चिह्नको रूपमा उल्लेख गर्नुभएको बारेमा बताउँछ। अनि मत्ती १२:३९-४१ ले योनाको पुनरुत्थान उहाँको आफ्नै गडाइ र गाडिनुभएको तीन दिनपछि हुने उहाँको पुनरुत्थानको चिह्न हो भनी बताउँछ। यसरी पुरानो करारले योना एक वास्तविक व्यक्ति हुन् भनी उल्लेख गर्छ अनि ख्रीष्ट आफैले हामीलाई बताउनुहुन्छ, कि योनाको मृत्यु र पुनरुत्थान ख्रीष्टको आफ्नै मृत्यु र पुनरुत्थानको अगमवाणी हो।

सर विन्सटन चर्चिलले ठिकै भनेका छन्, ‘हामी प्रोफेसर ग्राडग्रिन्ड र डा. ड्राइएस्डस्टका (उदारवादी) ग्रन्थहरू पढेर पनि विश्वास गर्न सक्दैनौं। यी सबै कुराहरू पवित्र शास्त्र (बाइबल) मा जस्तो लेखिएका छन् त्यस्तै प्रकारले भएका थिए भनी हामी निश्चित हुन सक्छौं’ (डा. जे. भर्नोन मेकजीद्वारा उदधृत, थ्रू द बाइबल, भाग III, योनामाथि टिप्पणी, परिचय, पृष्ठ, ७३८)।

+ + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + +
हाम्रा प्रवचनहरू अब तपाईंको सेलफोनमा पनि उपलब्ध छन्।
WWW.SERMONSFORTHEWORLD.COM.
मा जानुहोस्, ‘APP’ लेखिएको हरियो बटनमा क्लिक गर्नुहोस्।
त्यसपछि आउने निर्देशनहरू पालन गर्नुहोस्।

+ + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + +

I. पहिलो, योनाको बोलावट

“परमप्रभुको यो वचन अमित्तैका छोरा योनाकहाँ आयोः ‘त्यस ठूलो सहर निनवेमा जा, र त्यसको विरुद्धमा प्रचार गर, किनभने त्यसको दुष्ट्याइँ मेरो सामु आएको छ।’ ( योना १:१,२)

पद ३,

‘तर योना परमप्रभुको सामुबाट तर्शीशतिर भाग्नलाई उठे।’ (योना १:३)

म यो व्यक्ति योनालाई बुझ्छु। त्यसैकारण पुरानो करारको यो सानो पुस्तक योना मेरो सबैभन्दा मनपर्ने पुस्तक हो। योना परमप्रभुको सामुबाट भागे। मैले त्यसो गरिनँ। म एक मिसनरी बन्न बोलाइएको थिएँ र म त्यो जान्दथें। तर म एक ठिकैको विद्यार्थी थिएँ कि म कलेजबाट ग्रेजुएट हुन सक्छु जस्तो लाग्दैनथियो। साउदर्न ब्याप्टिस्ट मिसनरी बन्नका निम्ति म कलेज र सेमिनरीको ग्रेजुएट हुनैपर्थ्यो। तर मैले योनाले जस्तै अनुभव गरें। म बोलाइएको छु भनी म जान्दथें, तर कलेजमा फेल हुँला भन्ने डरले म परमेश्वरको उपस्थितिबाट भागिरहेको थिएँ। परमेश्वरले मलाई त्यो काम गर्नु भनिरहनुभएको थियो, जुन असम्भव थियो।

सेमिनरीको एक जना जवानले मलाई भन्यो, ‘म सेवकाइमा जान सक्दिनँ, किनकि म जान्दछु, म पूर्ण रूपमा असफल हुनेछु।’ उ सेवकाइमा असफल हुँला भनी डराइरहेको थियो। मैले त्यस विषयमा सोचें। अनि मैले भनें, ‘म पहिलेबाटै धेरैचोटि असफल भएको छु, अब त मलाई त्यसको डर लाग्न छोडिसक्यो।’

परमेश्वरद्वारा बोलाइएको व्यक्तिलाई डरले नै सेवकाइमा जानबाट रोक्दछ। त्यो कुनै न कुनै प्रकारको डर हुन्छ। त्यो विशेष जवान व्यक्ति उसले जे गरे पनि विजय पाउँथ्यो- तर ऊ सेवकाइसँग डराएको थियो। उसको भाइले उसको बारेमा यसो भन्थ्यो, ‘मेरा दाइले जे पनि गर्नु सक्छ।’ तर उ भने ‘पूर्ण रूपमा असफल’ हुँला भनी डराइरहेको थियो। ऊ छ फीट अग्लो थियो, ‘प्रथम’ स्तरको विद्यार्थी थियो, र वरदानप्राप्त प्रचारक थियो। तर ऊ परमप्रभुको उपस्थितिबाट भाग्यो, किनकि ऊ डराएको थियो।

अब, जवान हो, मैले आफ्नो जीवनको सिकेको कुरा तपाईंहरूलाई बताउँछु, ‘परमेश्वरले तपाईंहरूलाई जे गर्न बोलाउनुहुन्छ त्यो जे पनि गर्न सक्नुहुन्छ, जे पनि।’ बाइबलले भन्छ, ‘ख्रीष्टले मलाई शक्ति दिनुहुन्छ, उहाँमा नै म सब कुरा गर्न सक्छु’ (फिलिप्पी ४:१३)। मैले त्यो पदलाई प्रमाणित गरेकोले यो सत्य हो भनी म जान्दछु। अहिले म मेरो जीवनको असिऔं वर्षमा छु, केन्सरबाट निको भएर बचेको छु, मेरा घुँडाहरू दुःख्ने रोग छ, दुइ जना दुष्ट व्यक्तिले हाम्रो मण्डली फुटाएर हाम्रा तीन चौथाई मानिसहरू लगिदिए पनि तर म डराउँदिनँ। म आमाको अंगालोको शान्त बालकजस्तो छु। के म डराएको छु? साँच्चै भन्छु, म अलिकति पनि डराएको छैनँ। मेरी बज्यूले भन्ने गर्थिन्, ‘तिमी स्वयम् डरबाहेक अरू कुनै कुरासित डराउनुपर्दैन,’ यो कुरा उनले राष्ट्रपति फ्रेन्कलिन डी. रूसभेल्टले ठूलो हताशाको समयमा भनेका सुनेकी थिइन्। मेरी बज्युले भनेकी कुरा अहिले म सत्य पाउँछु।

मैले यो पनि थाहा पाएँ, कि तपाईं ‘परमप्रभुको सामुबाट’ कहिल्यै पनि भाग्न सक्नुहुन्न। तपाईं जहाँ हुनुहुन्छ त्यहाँ परमेश्वर पुग्नुहुन्छ- त्यसैले भाग्न सक्नुहुन्न। तपाईं योना तर्शीशतिर भागजस्तो भाग्न सक्नुहुन्न। परमेश्वर जस्तो घऱमा हुनुहुन्छ त्यहाँ पनि त्यस्तै हुनुहुन्छ। अनि परमेश्वरले एक प्रचारकलाई ठूलो संघर्षमा नपारी त्यसै जान दिनुहुन्न।

एकचोटि म एक जना व्यक्तिलाई चिन्दथें, उ मतवाला थियो। पछिबाट मैले थाहा पाएँ, उसले त परमेश्वरले उसलाई बोलाउनुभएको कुरा मनमा आउन नदिनका निम्ति रक्सी पिएको रहेछ, उ परमेश्वरको बोलावटलाई स्वीकार गर्न धेरै डराएको थियो। यसैले डर हटाउन उसके हरेक रात रक्सी पिउँथ्यो। उसको नाउँ जोन बिर्च थियो (ठट्टा गरेको होइन) अनि ऊ मसँग सेमिनरीमा थियो, मातेकोले गर्दा उ सुत्ने कोठाबाट गुप्त रूपले बाहिर निस्कन्थ्यो र फेरि भित्र पस्थ्यो।

म अर्को एलेन नाउँको व्यक्तिलाई चिन्दथें। मैले एलेनलाई ख्रीष्टमा ल्याएको थिएँ, तर निकै गाह्रो परेको थियो। एलेनचाहिँ उसले उद्धार पायो भने स्वर्ग जानुपर्नेछ भनी डराउँथ्यो। ऊ स्वर्ग जान किन डराउँथ्यो? एक दिन उसले मलाई भन्यो, ‘मैले त्यहाँ मेरा पितालाई फेरि भेट्नु पर्नेछ, म सेमिनरीमा पढ्न नगएकोमा र उनीजस्तै प्रेस्बिटेरियन प्रचारक नबनेकोमा उनी मसँग धेरै रिसाएका थिए।’ एलेन करिब साठी वर्ष पुगेको थियो। एक आइतबार ऊ प्रेस्बिटेरियन चर्चमा बस्यो, माथि स्वर्गमा गएको उसका पिता रिसाउला भनी ऊ उद्धार प्राप्त गर्न डरायो। त्यो विचारले गर्दा उसले करिब ४० वर्षसम्म यातना भोगेको थियो। तर मैले उसलाई यो विश्वास दिलाउन सकें, कि उसका पिता (रेभ. श्रीमान् ब्ल्याक) पनि त्यस हराएको छोरा घर फर्केर आउँदा त्यसका बुबाजस्तै मुस्कुराउनेछ र उसलाई अंगाल्नेछ भनी भनें। एलेन मैले ख्रीष्टमा ल्याएका व्यक्तिहरूमध्ये पहिलो थियो।

म सेमिनरीमा हुँदा कलेज पढ्ने उमेरकी एउटी केटीले हाम्रो एउटा सेवामा उद्धार पाई। उ धेरै लजाउँथी, तर मैले थाहा पाएँ उ कुनै समस्यामा थिई, यसकारण म उसँग बातचित गर्न गएँ। उसले भनी, ‘मैले उद्धार पाएकी कुरा मेरी आमालाई भन्नु मलाई डर लाग्छ।’ मैले भनें, ‘जाऊ र उनलाई भन। उनी रिसाउने छैनन्।’ तर म गलत थिएँ। उसले उद्धार पाएकी थाहा पाएपछि उसकी आमाले उसलाई घरबाट निकालिदिइन्। मैले त्यो केटी रोइरहेकी देखें। यसकारण मैले भनें, ‘म गएर तिम्री आमासँग कुरा गर्छु।’ मैले टाईसुट लगाएँ, र त्यस स्त्रीलाई भेट्न गएँ। म को हुँ भन्ने उनले थाहा पाएपछि मसँग कराउन थालिन्। अन्त्यमा, म त्यस स्त्रीको बैठक कोठामा पस्न सकें। मैले भनें, ‘के तपाईं आफ्नी छोरीलाई घरमा आउन दिनुहुन्न?’ उनले भनिन्, ‘उसले यौन सम्बन्धहरू राख्दा र लागु औषधीहरू खाँदा मैले सहें। तर अहिले उ ख्रीष्टियन भइछ! म उसलाई फेरिफेरि मेरो घरमा कहिल्यै आउन दिन्नँ।

बिचरी त्यो केटी मण्डलीकै कुनै व्यक्तिको घरमा बस्न थाली, उसले काम पाई र कलेजको आफ्नो अध्ययन पनि पूरा गरी। त्यसपछि उसले एक जना असल ख्रीष्टियन जवानसित विवाह गरी। म बुझ्छु, उसकी आमा विवाह कार्यक्रममा आइन। ती दम्पत्ति युरोपको कुनै देशमा मिसनरी बनेर गयो। उनीहरूलाई सहायता गर्न हरेक महिना हामी उनीहरूलाई पैसा पठाउँछौं।

अनि एक दिन मैले त्यस केटीकी आमाको घरको ढोकामा धेरै दिनदेखि समाचार पत्रहरू थाक लागेर रहेको सुनें। पुलिसले घरको ढोका तोड्यो र उसकी आमा मरेर जमिन लडिरहेकी भेट्टायो, उसको एउटा हातले भोडका रक्सीको रित्तो शिशी जोरले समातेको थियो।

अहो, त्यस केटी एक ख्रीष्टियन र मिसनरी बन्नका निम्ति कति धेरै आँसु र पीडाहरूबाट भएर जान परेको थियो। तर आफ्नो डरमाथि विजय पाउन उसले येशूलाई प्रेम गरी र मिसन क्षेत्रमा प्रभुको पछि लागी। उ आत्मिक थिई र येशूले भन्नुभएको कुरा सुनी र उहाँले भन्नुभएको कुरा मानी।

कृपया, खडा हुनुहोस्. तपाईंको बाइबलमा मत्ती १०:३४-३९ खोल्नुहोस्।

“म पृथ्वीमा शान्ति ल्याउन आएको हुँ भनी नठान। शान्ति ल्याउन होइन, तर तरवार चलाउनलाई म आएको हुँ। किनकि म मानिसलाई उसका बाबुको विरुद्ध, र छोरीलाई उसकी आमाको विरुद्ध, र बुहारीलाई उसकी सासूको विरुद्ध गराउन आएँ। मानिसका शत्रु उसको आफ्नो परिवार भित्रकैहरू हुनेछन्। जसले मलाई भन्दा बढी आफ्ना बाबु वा आमालाई प्रेम गर्दछ, त्यो मेरो योग्यको हुँदैन। जसले मलाई भन्दा बढी आफ्ना छोरा वा छोरीलाई प्रेम गर्दछ, त्यो मेरो योग्यको हुँदैन। जो आफ्नो क्रूस उठाएर मेरो पछि लाग्दैन, त्यो मेरो योग्यको हुँदैन। जसले आफ्नो प्राण जोगाउँछ, त्यसले त्यो गुमाउनेछ, र आफ्नो प्राण मेरो निम्ति गुमाउनेले त्यो बचाउनेछ।“ (मत्ती १०:३४-३९)

अब तपाईंहरू बस्न सक्नुहुन्छ।

म जान्दछु, तपाईंहरू कतिजनाका आमाबुबाले तपाईंहरूलाई मण्डली छोड्न लगाउने सक्दो कोसिस गर्छ। कृपया, यस केटीको साहस सम्झनुहोस् र उसको उदाहरण पछ्याउनुहोस्। यदि त्यसो गर्नुभयो भने उनीहरू तपाईंसँग धेरै रिसाउनेछन्- केही समयसम्म! तर जब उनीहरूले तपाईंको असल जीवन देख्छन्, अन्त्यमा- भविष्यमा उनीहरू पनि तपाईंको साथमा मण्डलीमा आउनेछन्। तर उनीहरूले तपाईंलाई अहिले स्वीकार नगरे पनि तपाईंमा ख्रीष्टको पछि लाग्ने विश्वास हुनुपर्छ। योनाजस्तो बन्दै परमप्रभुको सामुबाट भाग्ने कोसिस नगर्नुहोस्।

चिनियाँ मण्डलीमा मेरा दुई जना घनिष्ठ मित्रहरू थिए- बेन र ज्याक। बेन डा. लीमको विरोध गर्थ्यो। अन्त्यमा उ आफ्नी प्रेमिकालाई टिपेर भाग्यो। मैले फेरि उसलाई कहिल्यै देखिनँ। तर ज्याकले फर्मसिस्टको तालीम लियो। उसलाई मन नपरे पनि ई टलबोट सेमिनरीमा पढ्न गयो र प्रचारक बन्यो। तिनी मेरा नजिकका मित्र थिए। उसको विवाहमा लोकन्त म नै थिएँ। उसले हाम्रो एउटा सेवामा येशूमा विश्वास गरेको थियो। विश्वास गरेपछि उसले लेख्यो, ‘वर्षौंपछि यसले मेरा आमा र बुबाको मुक्तिको फल फलायो।... मैले मेरा पिताले सन्डे स्कुलका शिक्षकको रूपमा तालीम दिएका र सेवा गरेका देखें, जसले धेरैको जीवनमा प्रभाव पारेको थियो र मण्डलीको वृद्धिमा सहायता पुऱ्याएको थियो।’

II. दोस्रो, योनाको कष्ट

“तर योना परमप्रभुको सामुबाट तर्शीशतिर भाग्नलाई उठे। तिनी तल योप्पा सहर गए, र त्यहाँ तिनले तर्शीशमा जाने एउटा जहाज भेट्टाए। परमप्रभुबाट भाग्न तर्शीश जानलाई जहाजमा भाडा दिएर तिनी चढे। तब परमप्रभुले समुद्रमा एउटा ठूलो बतास चलाउनुभयो, र यस्तो प्रचण्ड आँधी चल्यो कि त्यसले जहाजलाई नष्ट गर्लाजस्तै भयो।“ (योना १:३-४)

हेर्नुहोस्। योनाले त्यो आँधी परमेश्वरले चलाउनुभएको हो भनी जान्दथे।

“तिनले जबाफ दिए, ‘मलाई उचालेर समुद्रमा फालिदेओ, र समुद्र शान्त हुनेछ। किनकि मैरै कारणले गर्दा तिमीहरूमाथि यो प्रचण्ड आँधी चलेको हो भन्ने म जान्दछु।“ (योना १:१२)

अन्त्यमा, नाविकहरूले योनालाई उठाएर समुद्रमा फालिदिए, अनि उर्लेको समुद्र शान्त भइहाल्यो।

“तर योनालाई निल्न परमप्रभुले एउटा ठूलो माछा जुटाउनुभयो, र तीन दिन र तीन रातसम्म योना त्यस माछाको पेटभित्र रहे। योनाले माछाको पेटभित्रबाट परमप्रभु आफ्ना परमेश्वरलाई प्रार्थना गरे।’\ (योना १:१७-२:१)

मलाई सुरुमा यो कुरामा विश्वास गर्न गाह्रो परेको थियो। तर पछिबाट यो घटना येशूको नमूना रहेछ भनी मैले बुझें, जो क्रूसमा मर्नुभयो, गाडिनुभयो र मृतकबाट फेरि जीवित हुनुभयो।

पछिबाट मैले डा. आर. डीहानले योना र त्यो ठूलो माछाको विषयमा भनेका कुरा पढें। डा. डीहानले योना त्यो ठूलो माछाको पेटभित्र मरेका थिए भनी भने। डा. जे. भर्नोन मेकजीले भने,

वास्तवमा यो पुस्तक पुनरुत्थानको अगमवाणी हो। प्रभु येशू आफैले पनि योना निनवेवासीहरूका निम्ति एउटा चिह्न हो भन्नुभयो, उहाँचाहिँ मृतकबाट बौरी उठेर उहाँको पुस्ताका निम्ति एउटा चिह्न बन्नुहुनेछ।... योनाको छोटो पुस्तकले प्रभु येशूको पुनरुत्थानको उदाहरण र शिक्षा दिँदछ (डा. जे. भर्नोन मेकजीद्वारा उदधृत, थ्रू द बाइबल, भाग III, मृतकबाट योनाको पुनरुत्थानमाथि टिप्पणी, परिचय, पृष्ठ, ७३९)।

योना १:१७ हेर्नुहोस्,

“‘तर योनालाई निल्न परमप्रभुले एउटा ठूलो माछा जुटाउनुभयो, र तीन दिन र तीन रातसम्म योना त्यस माछाको पेटभित्र रहे।“ (योना १:१७-२:१)

अब योनाको पुस्तकको सबैभन्दा वचन, अन्तिम तीनवटा शब्द हेर्नुहोस्,

“उद्धार परमप्रभुबाटै हुन्छ।“ (योना २:९ख)

म यही रोकिन्छु र त्यस ठूलो माछाको पेटभित्र योनाले भोगेका कष्टबारे आफ्ना विचारहरू बताउँछु।

हिजो राति मैले योनाको पुस्तक पढिरहँदा एउटा कुराले म अचम्मित बनें, जुन विषयमा मैले अघि कहिल्यै पनि सोचेको थिइनँ। सामान्य रूपमा, बाहिरका परिस्थितिहरूद्वारा जागृतिहरूको ‘झिल्का’ निस्कन्छ भनी विचार गरिन्छ। केही प्रसिद्ध प्रचारकहरू कोरोना भाइरसले एउटा जागृति ‘सुरु’ गर्नेछ भनिरहेका छन्। त्यस कुरामा पटक्कै विश्वास गर्दिनँ!!! त्यस्तो त फिन्नीको विचार हुन्छ, र यो पटक्कै सत्य होइन।

तर जागृतिको वास्तविक कुरा यस्तो छ- यसको ‘झिल्का निस्किएको’ छ (आजका इभान्जलिकलहरूले यो शब्द प्रयोग गरेको मलाई मन पर्दैन)- जागृतिको झिल्का परमेश्वर आफैले सुरु गर्नुहुन्छ, ‘उद्धार परमप्रभुबाटै हुन्छ।’ (योना २:९ख)

हिजो राति मैले एउटा कुरा स्पष्ट बुझें- इतिहासमा भएका महान् जागृतिहरूको बारेमा पढ्दा हामी यो थाहा पाउँछौं कि सबै ठूल्ठूला जागृतिहरू अगुवाहरू दुःख-कष्टहरूबाट भएर जाँदा सुरु भएका थिए। मेरो मनमा आएका ती केही अगुवाहरूको नाउँ लिन्छु।

जोन वेस्ली- म पहिलो महान् जागरणभन्दा अघि तिनले भोगेका केही कष्टहरूको चर्चा गर्छु। जर्जियामा एक मिसनरीको रूपमा तिनी असफल भएका थिए। तिनले भूतात्माहरूसँग लडाइँको अनुभव गरे। तिनलाई पुत्लामा जलाइएको थियो। तिनी झन्डै मरेका थिए। तिनका मित्र जर्ज व्हाइटफिल्डले तिनीसँग सम्बन्ध तोडे। तिनको आफ्नै सम्प्रदायले तिनको निन्दा गऱ्यो। तिनका पिताको मण्डलीमा तिनको निन्दा गरियो र पास्टरले तिनलाई प्रभु-भोज दिन इन्कार गरे। तिनले एउटी झगडालु स्त्रीसँग विवाह गरे, जसले तिनलाई छोडेर गई। त्यसपछि वेस्लीले आफ्नै पेन्तिकोसको अनुभव गरे। तब मात्र तिनले आफ्नै पेन्तिकोसको अनुभव गरे। कठ्याङ्ग्रिने जाडोमा पनि हजारौं मानिसले खडा भएर तिनको प्रचार सुने। तिनको जीवन र कामको बारेमा राजाका अधिवक्ताले भने, ‘एकै जना व्यक्तिले पनि त्यत्ति धेरै मनलाई प्रभावित गरेको छैन। एउटै पनि आवाजले त्यत्ति धेरै हृदयलाई छोएको छैन। इंगल्याण्डका निम्ति त्यस्तो जीवनको काम अरू कसैले गरेको छैन।’ एउटा प्रकाशन संस्थाले हालैमा जोन वेस्लीको बारेमा यसो भनेको थियो, ‘तिनी प्रेरितहरूको समयपछिको एक जना सबैभन्दा शक्तिशाली प्रचारक हुन्।’

मारिया मोनसेन- तिनले चीन देशमा जागृति आओस् भनी उपवास र प्रार्थना गर्न थालिन्। शैतानले तिनलाई जमिनमा पछाऱ्यो र तिनको शरीर सर्पको जस्तो बटारियो। तिनले कसैको सहायता वा सहयोग लिइन, एकलो रही, तिनी अविवाहित मिसनरी महिला थिई, जसले महान् जागृतिका निम्ति प्रार्थना गरी जुन चीन देशको घरेलु संगतिहरूमा आजसम्म यथावत छ।

जोनाथन गोफोर्थ- तिनी र तिनकी पत्नी चीन देश गए, जहाँ तिनीहरूले धेरै दुःख पाए। तिनीहरूका चारवटा बच्चाको मृत्यु भयो। श्री गोफोर्थ आफै दुईचोटि झन्डै मरेका थिए। तिनीहरूका मृत बच्चाहरूको ख्रीष्टियन अन्त्येष्टि सेवा गर्न तिनले गोरुगाडामा १२ घन्टा यात्रा गर्न परेको थियो। मसँग समय हुन्थ्यो भने म तपाईंहरूलाई श्रीमती गोफोर्थ र तिनका छोराछोरीले भोगेका दुःखको बारेमा बताउने थिएँ। तिनीहरूका बच्चा कन्सटेन्सको मृत्यु हुँदा यस्तो लेखियो, ‘हाम्रो सानो कन्सटेन्सको लाश उसकी दिदीको जन्म दिन १३ अक्टुबर, १९०२ को दिन उसकै चिहानको छेउमा राखियो।’
     त्यसपछि मात्र गोफोर्थका सेवाहरूमा परमेश्वरको जागृतिको आगो आउन थाल्यो। प्रार्थना गर्ने एउटा मौका दिइयो। श्रीमती गोफोर्थले भनी, ‘यो अचानक र आकाश गर्जनको हिंसासहित आयो।... यसैले यो आँधीको प्रार्थनासहित यहाँ आएको छ। त्यसमा कुनै नियन्त्रण थिएन, त्यसो गर्ने कोसिस पनि गरिएन।... पुरुष र स्त्रीहरू परमेश्वरको शक्तिको अधीनमा परे।... कोही-कोही त परमेश्वरदेखि भागेर टाढा गएका थिए, अहिले फर्केर आए, र सबैको अगि आफ्ना पापहरू स्वीकार गरे। त्यहाँ कुनै अन्योलता थिएन। सम्पूर्ण मण्डली प्रार्थनामा एक भएको थियो। हामी घुँडाबाटै सोझै हाम्रा सेवाहरूमा जान्थ्यौं, अनि अहो, त्यसको आनन्द र महिमा पाउँथ्यौं।... हामी आफ्ना शिरहरू निहुराएर हामीलाई यसो भन्ने परमेश्वरको आवाज मात्र सुन्न सक्थ्यौं, ‘शान्त रहो, र म नै परमेश्वर हुँ भनी जान।’ अहिले हामीले सिकेका छौं, कि ‘न बलले, न शक्तिले तर मेरो आत्माले, सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ।’
     ठूल्ठूला भीड्हरू, ७०० भन्दा अधिक मानिसहरू तिनीहरूका पाप स्वीकार गर्न अगि भीड् लाग्थे।... सेवा समाप्त गर्नु नै कठिन पर्थ्यो। प्रत्येक सेवा करिब तीन घन्टासम्म हुन्थ्यो। साँच्चै प्रत्येक सेवा दिनभरि हुन्थ्यो। सुरुमा गोफोर्थले छोटो सन्देश दिन्थे अनि प्रत्येकको जीवनमा कुनै राम्रो कुराको अनुभव गराउनेतिर अगि बढ्थे। तिनीहरू कट्टाक प्रेस्बिटेरियनहरू थिए, सामान्य नियन्त्रण हुन्थ्यो, कृपा पाउनका निम्ति परमेश्वरलाई पुकार्थे।... पछिबाट एक जना बलिया प्रेस्बिटेरियन प्रचारकलाई उसको कोठामा एकलै प्राणको ठूलो वेदनामा सुँक्सुकाइरहेको पाइयो।’ श्रीमती गोफोर्थले भनी, ‘त्यस्तो प्रार्थना- सोझो र र सरलतामा, आश्वासनमा! त्यस्तो वातावरणमा हुन पाउनु एउटा प्रेरणा थियो।’
      गोरा मिसनरीहरूले तिनीहरूका चिनियाँ दाजुभाइहरूसँग मिलेर आफ्ना दोष, पापहरू र कमजोरीहरू स्वीकार गरे। त्यो सबैलाई एकसाथ ल्याउने समय थियो- चिनियाँहरूदेखि चिनियाँ, चिनियाँहरूका निम्ति मिसनरी, तिनीहरू सबै ख्रीष्टमा एक भएकोले त्यस्तो भएको थियो। अनि ख्रीष्टले हामी सबैलाई यसो भनिरहनुभएको छ, ‘कि तिनीहरू सबै एक होऊन्,...म तिनीहरूमा, अनि तपाईं ममा, र तिनीहरू पूर्ण रूपले एक होऊन्।’

हाम्रा केही सेवाहरू हाम्रो पहिलेको मण्डलीमा भए, बाहिरबाट हेर्दा ती चीनमा डा. गोफोर्थले गरेका सेवाहरू जस्तै देखिए। मैले भनें, ‘उद्देश्यमा ‘बाहिरी।’ तर हाम्रा मण्डलीका धेरै जना अगुवाले आफ्ना पाप स्वीकार गर्दा परमेश्वरसित झुटो बोले। यसैले, डा. टोजरले भनेका छन्, कि तिनीहरूले दुईवटा पाप गरे- झुटो बोल्ने पाप, र परमेश्वरको नाउँमा झुटो बोल्ने पाप!’ क्रेगटनले ‘सन्तुष्ट’ हुनका निम्ति उसले ‘प्रचार’ गर्नु आवश्यक छैन भन्दै डा. केगनसँग झुटो बोल्यो। यसरी यस दुःखी सानो मानिस इमानदारीसाथ पश्चात्ताप गर्ने पत्रुसजस्तो नभएर बरु यहूदाजस्तै बन्यो, जसले ख्रीष्टलाई धोखा दिएको थियो।

जोनाथन गोफोर्थको नेतृत्वमा भएको वास्तविक जागृति जस्तै सन् १९६० को दसकको अन्त्यतिर पहिलो चिनियाँ ब्याप्टिस्ट चर्चमा डा. तिमोथी लीनको नेतृत्वमा भएको म आफैले देखेको छु, जहाँ ‘आत्माका वरदानहरूमा कुनै जोड्’ थिएन- तर इमानदार पश्चात्ताप र प्रार्थनामा मात्र जोड् दिइएको थियो। दुःखको कुरा, मलाई यस्तो लाग्छ, ‘दोषी ठहरिनु र पश्चात्ताप गर्नु’ एउटा भावनात्मक कुरा मात्र थियो, इमानदारी थिएन। म अझै पनि छक्क पर्छु, कि क्रेगटन र ग्रिफिथ जस्ता मानिसहरूले परमेश्वरलाई मूर्ख बनाउन सकिन्छ भनी सोचेकाजस्तो देखिन्छ। कस्तो अन्धोपन!!!

केही रात अघि हाम्रो नुहाउने कोठामा मैले यो प्रवचन लेखिरहँदा म हाम्रो नुहाउने टबको किनारमा बसेको थिएँ। म अचानक उत्तानो भएर टबलाई लडें, टबको फेदमा मेरो टाउको बजारियो। त्यहाँ मेरा खुट्टाहरू उँभो सिधा पारेर बसें, म खुट्टा हल्लाउन चाहन्थें, तर सकिनँ। म त्यही टबमा फसेर रहें, सायद मेरो घाँटीमा चोट लाग्यो होला भनी सोचें। तर मैले मेरा खुट्टाका औंलाहरू हल्लाउन सकें, यसरी मेरो मेरुदण्डको हड्डी भाँचिएनछ भनी मैले थाहा पाएँ।

त्यहाँ कष्टपूर्ण अवस्थामा बसिरहँदा शैतानले मलाई हामीले वास्तविक जागृति कहिल्यै पनि प्राप्त गरेका छैनौं भनी भन्यो। त्यसैबेला परमेश्वरले मलाई इतिहासका महान् जागृतिहरू वेस्ली, मारिया मोनसेन र जोनाथन गोफोर्थ, अनि अरू जोन सङजस्ता मानिसहरूपछि आएको हो, र परमेश्वरले उनीहरूलाई जागृतिका निम्ति भरोसा गर्नुभन्दा पहिले ठूलो माछाको पेटमा पुगेका योनाजस्तै उनीहरू ठूलाठूला जाँचहरूबाट भएर गए भनी देखाउनुभयो। के अहिले हामी वास्तविक जागृति प्राप्त गर्न सक्छौं? सायद पाउन सक्छौं। तर हामी धेरै इमानदार र सत्यवादी हुनुपर्छ, नत्र भने हामीमध्ये कसै-कसैले वर्षौंदेखि प्रार्थना गर्दैआएका त्यो जागृति परमेश्वरले हुनेछैन।

योनाजस्तै पास्टर रिचर्ड वर्मब्रान्ड पनि चौध वर्षसम्म कम्युनिस्टहरूको झ्यालखानमा माछाको पेटमा थिए। ती चौध वर्षमध्ये तीन वर्ष तिनले एकलै कालकोठरीमा बिताए, तिनले आफूलाई यातना दिने कम्युनिस्टहरू बाहेक अरू कसैलाई देख्न सक्दैनथिए। परमेश्वरले वर्मब्रान्डलाई किन ती सबैबाट भएर जान दिनुभयो? यदि तपाईंले तिनको पुस्तक पढ्नुभयो भने परमेश्वरले तिनलाई प्रेमिलो र इमानदार हन्नका निम्ति झ्यालखानको त्यो कोठा प्रयोग गर्नुभएको पाउनुहुनेछ। मैले रिचर्ड वर्मब्रान्डजस्तो मानिस कहिल्यै पनि भेटेको छैनँ। तिनले झ्यालखानबाट छुटेपछि सारा संसारको अगि इमानदारीसाथ बोल्नुपर्छ भनी त्यस झ्यालखानको एकान्तमा सिके। क्रेगटन र ग्रिफिथजस्तो तुच्छ मानिसहरू कहिल्यै पनि इमानदार थिएनन्। तिनीहरूले परमेश्वरसित झुट बोले। तिनीहरूले पाप ‘स्वीकार’ गरे पनि तिनीहरूलाई त्यसको कुनै महत्त्व थिएन।

हामी सजिलै देख्न सक्छौं, कि जोन वेस्ली, मारिया मोनसेन र जोनाथन गोफोर्थ गम्भीर मानिसहरू थिए, खेलाँची गर्दैनथे। योना पनि त्यस्तै थिए।

डा. ए. जे. टोजरले भने, ‘यदि हामी मूर्ख बनेर त्यसो गर्छौं भने हामी परमेश्वरसित जागृति पठाउनुहोस् भनी व्यर्थमा बिन्ती गर्दै वर्ष बिताउँछौं, अनि हामी अन्धो बनेर उहाँले माग गर्नुभएको कुरालाई बेवास्ता गर्छौं र उहाँको व्यवस्था भङ्ग गरिनै रहन्छौं। अहिले हामी आज्ञापालन गर्न र आज्ञापालन गर्नु कति धन्यको कुरा छ सो सिक्न थाल्न सक्छौं। परमेश्वरको वचन हाम्रो अगाडि छ। हामी त्यो पढ्नु र त्यसमा लेखिएका कुराहरू गर्नु मात्र पर्छ, अनि जसरी बिउ छराइ र रोपाइपछि फसल आउँछ त्यसरी नै स्वाभाविक रूपले जागृति आउँछ’ (‘अहो, कस्तो जागृति?- भाग १’)। परमेश्वरले खोज्नुभएको इमानदारिता नै हो!


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।


रूपरेखा

योना- जागृतिका अगमवक्ता!

JONAH –THE PROPHET OF REVIVAL!

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
अवकाशप्राप्त पास्टर
by Dr. R. L. Hymers, Jr.,
Pastor Emeritus

‘परमप्रभुको यो वचन अमित्तैका छोरा योनाकहाँ आयोः ‘त्यस ठूलो सहर निनवेमा जा, र त्यसको विरुद्धमा प्रचार गर, किनभने त्यसको दुष्ट्याइँ मेरो सामु आएको छ।’( योना १:१,२)

(२ राजा १४:२५; मत्ती १२:३९-४१; लूका ११:२९-३०)

I.    पहिलो, योनाको बोलावट; योना १:१,२; फिलिप्पी ४:१३; मत्ती १०:३४-३९

II.   दोस्रो, योनाको कष्ट, योना १:३-४,१२; १:१७-२:१; १:१७; २:९ख