Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net



(प्रवचन अघि स्तुति-भजनः ‘हुँ म क्रूसको एक सिपाही?’ (डा. आइजक वाट्स, १६७४-१७४८)


ख्रीष्टसँग क्रूसमा टाँगिएको

CRUCIFIED WITH CHRIST!
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर,
अवकाशप्राप्त पास्टर
by Dr. R. L. Hymers, Jr.
Pastor Emeritus

१७ मई, २०२०, आइतबार दिउँसो लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Afternoon, May 17, 2020

‘म ख्रीष्टसँग क्रूसमा टाँगिएको छु, अब उप्रान्त जिउने म होइनँ, तर ख्रीष्ट ममा जिउनुहुन्छ। जुन जीवन शरीरमा म अहिले जिउँछु, त्यो परमेश्वरको पुत्रमा विश्वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो, र मेरो निम्ति आफूलाई अर्पण गर्नुभयो।’ (गलाती २:२०)


‘ख्रीष्टसँग क्रूसमा टाँगिनु’ भनेको अर्थ के हो? म विश्वास गर्छु, यसको अर्थ हामी प्राणको कालो रातबाट भएर जानुपर्छ। हामीले आफ्नो पापको अनुभव गर्नुपर्छ, हामीले व्यवस्थाको मारको अनुभव गर्नुपर्छ, हामीले त्यो काँटीको पीडा अनुभव गर्नुपर्छ, ख्रीष्टसित मर्नुपर्छ- ख्रीष्टसित उहाँको मृत्युमा साथै उहाँको पुनरुत्थानमा पनि एक हुनुपर्छ।

पास्टर रिचर्ड वर्मब्राण्डले आफू दुइ वर्षसम्म झ्यालखानको एकलो अवस्थामा पर्दा ख्रीष्टसँग क्रूसमा टाँगिएको अनुभव गरे। तिनले आफ्नो पुस्तक इन गड्स अन्डरग्राउन्ड मा तिनी कसरी ख्रीष्टसँग क्रूसमा टाँगिए त्यो वर्मन गरेका छन्। वर्मब्राण्डले भने,

     मलाई दुइ वर्षसम्म एकलै कालकोठरीमा राखियो। मसँग कुनै पढने पुस्तक वा लेख्ने सामग्रीहरू थिएन। मेरो साथी भनेको मेरा विचारहरू मात्र थिए, म त्यत्ति गहिरिएर विचार गर्ने मानिस थिइनँ, तर प्रायः एकान्त नजानेको प्राण थियो।
     के मैले परमेश्वरमा विश्वास गर्थें? अब जाँच आएको थियो। म एकलो थिएँ। कुनै आम्दानी पनि थिएन, विचार गर्नुपर्ने सुनौला विचारहरू पनि थिएन। परमेश्वरले मलाई दुःख मात्र दिइरहनुभएको थियो- के मैले उहाँलाई प्रेम गरिरहें?
     विस्तारै मैले यो सिकें, कि मौनताको रूखमा शान्तिका फलहरू झुन्डिएका हुन्छन्।...मैले त्यहाँ (त्यसरी एकलो अवस्थामा) मेरा विचार र भावनाहरू परमेश्वरतर्फ लागेका थिए, अनि एकपछि अर्को रात प्रार्थना, आत्मिक व्यायाम र प्रशंसामा बिताउन सक्थें। अहिले म बुझ्छु, मैले अभिनय गरिरहेको थिइनँ। मैले विश्वास गरें। (इन गड्स अन्डरग्राउन्ड, पृष्ठ १२०)

+++++++++++++++++++++++++++++++++++++++++++++++++

हाम्रा प्रवचनहरू अब तपाईंको सेलफोनमा पनि उपलब्ध छन्।
WWW.SERMONSFORTHEWORLD.COM.
मा जानुहोस्, ‘APP’ लेखिएको हरियो बटनमा क्लिक गर्नुहोस्।
त्यसपछि आउने निर्देशनहरू पालन गर्नुहोस्।

+++++++++++++++++++++++++++++++++++++++++++++++++

‘ख्रीष्टसँग क्रूसमा टाँगिनु’ भनेको अर्थ के हो? यसको अर्थ तपाईं प्राणको अन्धकार रातबाट भएर जानुपर्छ भन्ने हो। तपाईंले आफ्नो पाप महसुस गर्नुपर्छ, व्यवस्थाको मारको अनुभव गर्नुपर्छ, ती काँटीहरूको अनुभव गर्नुपर्छ, ख्रीष्टसँग मर्नुपर्छ- ख्रीष्टको मृत्यु र पुनरुत्थानमा उहाँसँग एक हुनुपर्छ।

धेरैचोटि म जस्तो हठी मानिसले आत्मसमर्पण गरी ‘ख्रीष्टसित क्रूसमा टाँगिनु’ भन्दा अघि धेरैचोटि यसबाट भएर जानुपर्छ। म आफ्नो जीवनको असिऔं वर्षमा छु र पनि अझ पनि यो प्रक्रिया सिक्ने क्रममा छु।

मैले सुरुमा एउटा चिनियाँ मण्डलीमा रहेर यो कुरा सिक्न थालें, जहाँ म धेरै दसकसम्म ‘बाहिरको व्यक्ति’ को रूपमा रहेको थिएँ। म त्यो मण्डली छोड्न चाहन्थें, तर परमेश्वरले मलाई छोड्न दिनुभएन। उहाँले मलाई हिब्रू १०:२५ मा र बाइबलको अरू ठाउँमा स्पष्ट रूपमा नछोड्नू भन्नुभयो। यसैले म ‘ख्रीष्टसित क्रूसमा टाँगिन’ थालें

अर्कोचोटि मरिन काउन्टीको साउदर्न ब्याप्टिस्ट सेमिरनीमा मेरो जाँच भयो। म त्यो ठाउँलाई घृणा गर्थें, किनकि त्यहाँका सबै प्राध्यापकहरू हृदय परिवर्तन नभएका उदारवादीहरू थिए, जसले बाइबललाई हरेक क्लास कोठामा प्रायः टुक्राटुक्रा पारेका थिए। मलाई त्यहाँ रहनु मन परेको थिएन, तर मलाई जस्तो अनुभव भए पनि फेरि परमेश्वरले बस्नू भन्नुभयो। त्यो सेमिरनीमा मेरो कोठामा एक मध्यरातपछि परमेश्वरले मलाई राति बाहिर बोलाउनुभयो। एउटा ‘झिनो आवाजमा’ परमेश्वरले भन्नुभयो, ‘अबको धेरै वर्षपछि तिमीले यो रातको बारेमा सोच्नेछौ, मैले जसरी तिम्रो काम तिम्रो बुढेसकालमा मात्र सुरु हुनेछ भनी भनेको छु त्यो कुरा तिमी सम्झनेछौ। अहिले तिमी नडराउन सिक्नेछौ। म तिम्रो साथमा हुनेछु। यदि तिमी यो कुरा भन्दैनौ भने अरू कसैले भन्नेछैन, यसैले यो भन्नु जरूरी छ- अनि अरू यो कुरा भन्न डराउँछन्, यसैले तिमीले भनेनौ भने कसैले पनि भन्नेछैन, वा तिनीहरूले भने पनि राम्ररी भन्ने छैनन्।’

अनि त्यहाँ मेरो व्याख्याविज्ञानका प्राध्यापक थिए, डा. गोर्डन ग्रीन, जसले मलाई भने, ‘हिमर्स, तिमी एक असल, सबैभन्दा उत्तम प्रचारक हौ। तर यदि समस्याहरू उत्पन्न गर्न छोड्दैनौ भने साउदर्न ब्याप्टिस्टले तिमीलाई कहिल्यै पनि पास्टर बनाउँदैन।’ मैले उनको आँखामा हेर्दै भनें, ‘यति त्यस्तो हो भने म हुन पनि चाहदिनँ।’ मैले गुमाउनुपर्ने केही पनि थिएन।(अगेन्स्ट अल फियर्स, पृष्ठ ८६)।

त्यसपछि म लसेन्जलस आएँ र यो मण्डली सुरु गरें। पछिबाट क्रेगटनले यो मण्डली फुटायो, किन उ मसित ‘सहमत थिएन’। ऊ कुन कुरामा सहमत थिएन? ऊ धेरैवटा विषयमा साहसी बनेर अडान लिने कुरामा मसित सहमत थिएन, त्यही कुरामा सहमत थिएन! ऊ एक ‘छुद्र’ सानो व्यक्ति हो, जो परमेश्वरको सत्यताका निम्ति अडान लिनु डराउँछ! जाऊ सानो मुसो!

अहिले म ८० वर्षको भएँ, म जान्दछु, यो धर्मत्यागको अन्तिम समयमा (१ थेसलोनिकी २:३) उहाँले मलाई उहाँको निम्ति एउटा अगमवाणीय आवाज बन्न तयार पारिरहनुभएको छ।

अरूले तपाईंको ऱ्याप्चर हुन्छ भनिरहेका बेला म भनिरहेको छु, तपाईं महासंकष्टको धेरै समयबाट भएर जानुपर्छ, मार्भिन जे. रोसेन्थलले द प्रि ऱ्याथ ऱ्याप्चर अफ द चर्च पुस्तकमा यो कुरा भनेका छन्। तर क्रेगटनजस्ता अरू मानिसहरू तपाईंलाई न्यु इभान्जलिकलभित्र लैजान खोज्छन्, म भनिरहेको छु, ‘चाहे जे सुकै भए पनि ख्रीष्टमा दह्रो भई खडा हुनुहोस्।’

म जोन शमूएललाई घृणा गर्दिनँ। मैले थाहा पाएको छु, ऊ आखिरी दिनहरूमा अगमवाणीको एउटा आवाज बन्नका निम्ति बलिया छन्। ऊचाहिँ मेरो साथमा रहँदा ‘दुर्घटना र थकित’ होला भनी डरायो। किनकि जोन शमूएल अझसम्म ‘ख्रीष्टसँग क्रूसमा टाँगिएको’ छैन। म धेरैचोटि ‘दुर्घटनामा परेको र थकित भएको’ छु, तापनि त्यस कुराले म अलिकति पनि डराउँदिनँ।

डा. केगन मलाई भनिरहनुहुन्छ, कि मैले आखिरी दिनहरूको विषयमा गरेको प्रचार उनलाई मन पर्छ। मेरो लागि त्यत्ति उत्साह नै पर्याप्त छ। यदि तपाईं ख्रीष्टसँग क्रूसमा टाँगिनुभएको छ भने धर्मत्याग (२ थेसलोनिकी २:३) का यी दिनहरूमा तपाईं म र डा. केगनको साथमा रहिरहन सक्नुहुनेछ, अनि तपाईं एक महिमित सहिद बन्नुहुनेछ, वा कम्तीमा पास्टर रिचर्ड वर्मब्राण्ड जस्तो एक महिमित पाप स्वीकार गर्ने व्यक्ति बन्नुहुनेछ।

‘म ख्रीष्टसँग क्रूसमा टाँगिएको छु, अब उप्रान्त जिउने म होइनँ, तर ख्रीष्ट ममा जिउनुहुन्छ। जुन जीवन शरीरमा म अहिले जिउँछु, त्यो परमेश्वरको पुत्रमा विश्वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो, र मेरो निम्ति आफूलाई अर्पण गर्नुभयो।’ (गलाती २:२०)

डा.तिमोथी लिन ले उनको पुस्तक द किङडम अफ गड् मा भने, ‘आज धेरै जना मण्डलीका सदस्यहरू परमेश्वरको आवाज सुन्न सक्दैनन्, किनकि तिनीहरू सबैभन्दा बढी आफैलाई प्रेम गर्छन्। तिनीहरूका हृदय कठोर भएका छन्, जति धेरै तिनीहरू सिक्छन् त्यत्ति कम सुन्छन्। धेरै जना मानिस आफूले सबै कुरा जानेका छन् भनी सोच्छन्, तर वास्तवमा तिनीहरूलाई धेरैवटा मुख्य कुराहरू थाहै हुँदैन। तिनीहरूमध्ये धेरै जनाले आफ्नो जीवनको उद्देश्य तपाईंलाई बताउन सक्दैनन्।’ डा. ए.जे. टोजरले यो उदाहरण दिएका छन्।

     विश्वविद्यालयको विद्यार्थीलाई सोध्नुहोस्, ‘बब, तिमी यस संसारमा किन छौ?’
     ‘म बिहे गर्न चाहन्छु, पैसा कमाउन चाहन्छु, म घुमफिर गर्न चाहन्छु।’
     ‘तर बब, यी त अदूरदर्शी कुरा भए। तिनी ती कुराहरू गर्छौ र बुढा हुन्छौ र मर्छौ। तिम्रो जीवनको सबैभन्दा ठूलो उद्देश्य के हो?’
     बबले यसो भन्न सक्छ, ‘खै, मेरो जीवनमा कुनै उद्देश्य छ कि छैन त्यो मलाई थाहा छैन।’
     धेरै जना मानिस आफ्नो जीवनको उद्देश्य जान्दैनन्। (‘द पर्पोज अफ म्यान’ पृष्ठ २७)

एक जना ख्रीष्टियनले जीवनमा उसको उद्देश्यस्वर्ग जानु हो भन्न सक्छ। तर डा. लिनले बारम्बार यो भने कि पवित्रशास्त्रमा तपाईंको जीवनको उद्देश्य स्वर्ग जानु हो भनी कहीं पनि भनिएको छैन।

तपाईंको जीवनको उद्देश्य के हो भनी बुझ्न कृपया २ तिमोथी २:१२ हेर्नुहोस्। १२ पदको पहिलो खण्ड पढनुहोस्,

‘यदि हामीले सह्यौं भने, हामी पनि उहाँसँगै राज्य गर्नेछौं।...’

‘सहनु’ को अर्थ ‘दृढ रहनु’ हो। प्रकाश २०:६ ले भन्छ, ‘तिनीहरू परमेश्वर र ख्रीष्टका पूजाहारी भएर उहाँसँग एक हजार वर्षसम्म राज्य गर्नेछन्।’ ‘सहनु’ शब्दको अर्थ ‘दृढ रहनु’ हो। २ तिमोथी २:१२ को सन्दर्भ २ तिमोथी २:१-११ मा दिइएको छ। स्कोफिल्ड बाइबलको पद १ को टिप्पणीले, ‘धर्मत्यागको समयमा असल सिपाहीको बाटो’ भनी सही भनेको छ। ख्रीष्टसँग मिलेर राज्य गर्ने कुरा लूका १९:११-२७ मा सुनको सिक्काको दृष्टान्तमा स्पष्ट बताइएको छ। ख्रीष्टसँग राज्य गर्न तयार हुनेहरूलाई ‘दस सहरमाथि’ (पद १७) वा ‘पाँचवटा सहरमाथि’ (पद १९) अधिकार दिइनेछ। डा. लिनले भने, यो साँच्चै हुनेछ। यो जीवनमा सहनेहरूले उहाँको आउने राज्यमा उहाँको साथमा राज्य गर्नेछन्। ‘सहनु’ शब्दको अर्थ ‘दृढ रहनु’ हो।

हामीले के सहनुपर्छ त? हामी संसारलाई प्रेम नगर्दै सहन्छौं,

‘संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्यसमा हुँदैन। किनकि संसारमा भएका सबै थोक, अर्थात् शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी पिताबाट आएका होइनन्, तर संसारबाट आएका हुन्। संसार बितिजान्छ, र त्यसको अभिलाषा पनि बितिजान्छ, तर परमेश्वरको इच्छा पूरा गर्नेचाहिँ सधैंका निम्ति रहन्छ।’ (१ यूहन्ना २:१५-१७)

हामी मण्डलीको विभाजनमा नरहेर सहन्छौं,

‘तिनीहरू हामीबाट निस्केर गए, किनकि तिनीहरू हाम्रा थिएनन्। यदि ती हाम्रा हुँदा हुन् त तिनीहरू हामीसँगै रहिरहनेथिए, तर तिनीहरू सबै हाम्रा होइन रहेछन् भन्ने कुरा प्रकट गराउनलाई तिनीहरू निस्केर गएका हुन्।’ (१ यूहन्ना २:१९)

हामी झुटा शिक्षकहरूको पछि लाग्न इन्कार गरेर सहन्छौं,

‘प्रिय हो, जुनसुकै आत्मालाई विश्वास नगर, तर आत्माहरू परमेश्वरबाट आएका हुन् कि होइनन् भनेर तिनको जाँच गर। किनकि धेरै झुटा अगमवक्ताहरू यस संसारमा निस्केर आएका छन्।’ (१ यूहन्ना ४:१)

हामी परमेश्वरलाई मन पर्ने कामहरू गर्दै सहन्छौं,

‘हामी जे माग्छौं, सो उहाँबाट पाउँछौं, किनभने हामी उहाँका आज्ञापालन गर्छौं, र उहाँलाई मन पर्ने कामहरू गर्छौं।’ (१ यूहन्ना ३:२२)

हामी परमेश्वरको आज्ञापालन गर्दै सहन्छौं,

‘हामी जे माग्छौं, सो उहाँबाट पाउँछौं, किनभने हामी उहाँका आज्ञापालन गर्छौं, र उहाँलाई मन पर्ने कामहरू गर्छौं। उहाँको आज्ञा यही हो, कि हामीले उहाँका पुत्र येशू ख्रीष्टको नाउँमा विश्वास गर्नुपर्छ, र उहाँले हामीलाई आज्ञा दिनुभएबमोजिम एउटाले अर्कालाई प्रेम गर्नुपर्छ।’ (१ यूहन्ना ३:२२,२३)

हामी आफ्ना शिक्षकहरूको अधीनमा बसेर सहन्छौं,

‘आफ्ना अगुवाहरूको सम्झना राख, जसले परमेश्वरको वचन तिमीहरूलाई सुनाए। तिनीहरूका जीवनको परिणामलाई ध्यान देओ, र तिनीहरूका विश्वासको अनुकरण गर।... तिमीहरूका अगुवाहरूको आज्ञापालन गर, र तिनीहरूका अधीनमा बस। किनकि लेखा दिनुपर्छ भन्ने कुरा जानेर नै तिनीहरूले तिमीहरूका प्राणको हेरचाह गर्छन्। यो काम तिनीहरूले आनन्दसात गरून्। दुःख मानेर होइन, नत्रता त्यसबाट तिमीहरूलाई कुनै लाभ हुँदैन।’ (हिब्रू १३:७,१७)

हामी ‘सधैं प्रभुको काममा प्रशस्त हुँदै सहन्छौं’- स्थिर!

‘यसकारण मेरा प्रिय भाइ हो, स्थिर र अटल रहो। प्रभुको काममा सधैं बढदैजाओ। किनकि तिमीहरू जान्दछौ, कि प्रभुमा तिमीहरूको परिश्रम व्यर्थ हुँदैन।’ (१ कोरिन्थी १५:५८)

यी कुराहरू सहँदा परमेश्वरले हामीलाई चेला बन्ने तालीम दिनुहुन्छ, जुन चेलाहरूले आउने परमेश्वरको राज्यमा ख्रीष्टको साथमा राज्य गर्नेछन्।

‘जसले जित्छ, त्यसलाई म मेरो सिंहासनमा मसित बस्न दिनेछु, जसरी म आफैले पनि जितें, र मेरा पितासँग उहाँको सिंहासनमा बसेको छु। जसको कान छ, त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ।’ (प्रकाश ३:२१,२२)

वङ मिङ डाओ (१९००-१९९१) ले आफ्नो विश्वासको खातिर कम्युनिस्ट चीनको झ्यालखानमा २२ वर्ष बिताए, तिनले भने,

‘कसै-कसैले मलाई आज मण्डलीले कुन बाटो पहिल्याउनुपर्छ भनी सोध्ने गर्छन्। म कुनै शङ्का नगरी जबाफ दिन्छु, प्रेरितहरूको बाटो...मृत्युसम्म विश्वासयोग्य हुने।’ तिनले डा. जोन सङको मृत्यु सेवामा प्रचार गरेका थिए। झ्यालखानमा बस्दा तिनका दाँत सबै झरेका थिए, सुन्न र देख्न पनि नसक्ने भएका थिए। झ्यालखानबाट छुटेपछि तिनी र तिनकी पत्नीले सन् १९९१ मा तिनको मृत्यु नहुञ्जेल ख्रीष्टियनहरूको एउटा झुन्डलाई आफ्नै घरमा शिक्षा दिन्थे।

कृपया खडा हुनुहोस् र हाम्रो यो भजन गाउनुहोस्,

हुँ म क्रूसको एक सिपाही, थुमापछि लाग्ने,
के डराउँला उहाँको उद्देश्यका निम्ति, न लजाउँला उहाँको नाउँ लिन?

आरामको फूलको ओछ्यानमा के म आकाशतिर लगिउँला,
अरूले इनाम जित्न लड्दा, र रगतको समुद्रबाट भएर जाँदा?

के मैले सामना गर्ने छैन कोही शत्रु? के म बाडी नरोकूँ?
के घृणित संसार अनुग्रहको हो मित्र, मलाई परमेश्वरमा सहायता गर्ने?

निश्चय म लड्नुपर्छ, शासन गर्न, बढाउनोस् प्रभु साहस मेरो!
गर्छु परिश्रम सहन्छु पीडा तपाईंको वचनको सहयोगले।
   (‘हुँ म क्रूसको एक सिपाही?’ डा. आइजक वाट्स, १६७४-१७४८)


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।