Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net



प्रवचन अघि स्तुति-भजनः ‘उच्च भूमि’ (जोनसन ओटमन,जुनियर १८५६-१९२६)


के कोरोना भाइरसले हामीलाई रोक्नेछ?

SHALL THE CORONAVIRUS STOP US?
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर,
अवकाशप्राप्त पास्टर
by Dr. R. L. Hymers, Jr.
Pastor Emeritus

१० मई, २०२०, आइतबार दिउँसो लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Afternoon, May 10, 2020


कृपया, लूका २१:८-११ खोल्नुहोस्।

‘उहाँले भन्नुभयो, होशियार रहो, तिमीहरूलाई कसैले नबहकाओस्। मेरो नाउँमा धेरै जना ‘ म उही हुँ’ र ‘बेला नजिक आएको छ,’ भनेर भन्छन्। तिनीहरूका पछि तिमीहरू नलाग। तिमीहरूले जब युद्धहरू र खैलाबैलाका कुराहरू सुन्नेछौ तब भयभीत नहोओ, किनभने पहिले यी घटनाहरू हुनैपर्छ, तर अन्त्यचाहिँ तुरुन्तै हुनेछैन।’ तब उहाँले तिनीहरूलाई भन्नुभयो, ‘राष्ट्र, राष्ट्रका विरुद्धमा, र राज्य राज्यको विरुद्धमा उठनेछ। भयङ्कर भूकम्पहरू हुनेछन्। विभिन्न ठाउँहरूमा अनिकाल र महामारी हुनेछन्, भयङ्कर आतङ्क हुनेछन्, अनि आकाशबाट ठूला-ठूला चिन्हहरू हुनेछन्।’ (लूका २१:८-११)

अब मत्ती २४:४-८ खोल्नुहोस्।

“तब येशूले तिनीहरूलाई जवाफ दिनुभयो, ‘होशियार रहो, कसैले तिमीहरूलाई भ्रममा नपारोस्। किनभने धेरै जना मेरो नाउँमा ‘म ख्रीष्ट हुँ’ भन्दै आउनेछन्, र धेरैलाई बहकाउनेछन्। तिमीहरूले युद्धहरू र युद्धहरूका हल्ला सुन्नेछौ। नघबराओ, किनकि यी हुनु आवश्यक नै छन्, तर अन्त्य त त्यत्ति नै बेला हुँदैन। किनभने जातिको विरुद्धमा जाति, र राज्यको विरुद्धमा राज्य उठनेछ, र ठाउँ-ठाउँमा अनिकाल, महामारी र भूकम्प हुनेछन्। तर यी सब त प्रसववेदनाको सुरु मात्र हो।’(मत्ती २४:४-८)

तपाईंले यो खण्डमा एउटा शब्दमा ध्यान दिनुहोस् भन्ने म चाहन्छु। त्यो शब्द हो ‘महामारी।’ त्यसपछि मत्ती २४:८ को ‘यी सब त प्रसववेदनाको सुरु मात्र हो’ भन्ने वचनमा ध्यान दिनुहोस्।

+++++++++++++++++++++++++++++++++++++++++++++++++

हाम्रा प्रवचनहरू अब तपाईंको सेलफोनमा पनि उपलब्ध छन्।
WWW.SERMONSFORTHEWORLD.COM.
मा जानुहोस्, ‘APP’ लेखिएको हरियो बटनमा क्लिक गर्नुहोस्।
त्यसपछि आउने निर्देशनहरू पालन गर्नुहोस्।

+++++++++++++++++++++++++++++++++++++++++++++++++

अब यहाँ ‘महामारी’ शब्द महत्त्वपूर्ण छ, यसलाई ग्रीकमा लोइमोइ (बहुवचन) भनिन्छ। अङ्गर बाइबल कमेन्टेरी ले यो शब्द ‘महामारीका निम्ति प्रयोग गरिएको हो’ भन्छ। येशूले एड्सको महामारीको भविष्यवाणी गर्नुभयो। यो शब्दले विश्वव्यापी महामारी कोरोना भाइरसको बारेमा पनि बताउँछ। ख्रीष्टले ८ पदमा महामारीहरूको बारेमा भन्नुभएको कुरामा ध्यान दिनुहोस्, ‘तर यी सब त प्रसववेदनाको सुरु मात्र हो।’ यसको ग्रीक शब्दको अर्थ ‘सुत्केरी हुनलाग्दाको असह्य पीडा’ हो (मेक अर्थर)।

श्री जे. एन. डर्बीले हाम्रो समयको बारेमा बोल्दै भने, ‘त्यस बेला झुटो मण्डली हुनेछः त्यहाँ अनिकाल, महामारी, भूकम्पहरू हुनेछन्।’ भाइन्स एक्स्पोजिटरी डिक्सनेरीले महामारीलाई ‘लूका २१:११ मा बहुवचन रूपमा प्रयोग गरिएको कुनै पनि घातक संक्रमक रोग’ भन्दछ।

अब विचार गर्नुहोस्, कोभिड महामारीपछि मानिसहरूले ‘मण्डली’ कसरी चलाउँछन्। २४ अप्रेल, २०२० को onenewsnow.com मा ‘कोभिड सङ्कष्टपछि मानिसहरूले ‘मण्डली’ कसरी चलाउँछन्?’ भन्ने शीर्षकमा एउटा रिपोट थियो। त्यसले भन्छ, ‘धेरै जना मानिस अनलाइन सेवामा भाग लिन्छन्।’ यसले भन्छ, ‘विश्वमहामारी पछि मण्डलीको जीवन उल्लेखनीय रूपमा पहिलेको भन्दा फरक हुनेछ।’ ‘४२% ले भन्छन्, दिने कार्य महामारी अघिको भन्दा झन् नराम्रो हुनेछ।’ ‘मण्डलीका अगुवाहरूमा यो बन्दाबन्दी समाप्त भएपछि कस्तो कुराको सामना गर्नुपर्ला भन्ने कुराको केही हदसम्म चिन्ता पाइयो।’ ‘मण्डली जानेहरू धेरै जना ठुल्ठूला मण्डलीमा जाने भएकाले अमेरिकाभरिको मण्डलीका अगुवाहरू माझ केही हदसम्म चिन्ता पाइन्छ।’ ‘व्यवहारको अध्ययन गर्ने वैज्ञानिकहरूको रूपमा हामी विश्वास गर्छौं ‘को साटोमा’ भन्ने कुरा हुने धेरै सम्भावना छ- अनि त्यही कुरामा धेरै जना पास्टर चिन्तित छन्।’ ‘संस्कृतिले मानिसहरूलाई कुनै कुरा माग्नेसाथ पाइहाल्ने आशा राख्ने शिक्षा दिएको छ।’

विगत ६२ वर्ष सेवकाइमा बिताएपछि म विश्वास गर्छु यी चिन्ताहरू सही कुरामा आधारित छन्। मलाई लाग्छ, यो २ थेसलोनिकी २:३ मा गरिएको अन्तिम समयबारे भविष्यवाणी हुन सक्छ, ‘कसैले कुनै किसिमले तिमीहरूलाई धोखा नदिओस्। किनकि पहिले विद्रोह (धर्मत्याग) नभएसम्म त्यो दिन आउनेछैन’ (ही अपोस्टासिया- धर्मत्याग)। डा. मेरिल एफ. अङ्गरले भने, ‘थोरथोरै धर्मत्यागले पूर्ण धर्मत्याग गराउनेछ- अनि यसरी ख्रीष्टियन जगतले सबै विश्वास त्याग्नेछ’ (बिब्लिकल डिमोनोलजी, पृष्ठ २०७)। धर्मशास्त्रको यो महत्त्वपूर्ण पदको भनाइ मान्न नसक्दा के हामी साँचो ख्रीष्टियन बन्न सक्छौं?

‘कति जनाको संगतिमा नजाने बानी हुन्छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं। तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन् प्रोत्साहन देओ।’ (हिब्रू १०:२५)

डा. डब्लु.ए. क्रिसवेलले यो पदको विषयमा यसो भनेका छन्, ‘हिब्रूको पुस्तकका लेखकले एकसाथ भेला हुने कार्य बढनुपर्ने कुरामा जोड् दिएका छन्, किनकि ख्रीष्टको दिन नजिक आइरहेको छ, यो एउटा स्थानीय मण्डलीका निम्ति अति महत्त्वपूर्ण कुरा हो, प्रत्येक ख्रीष्टियन सन्तहरूको स्थानीय समुदायप्रति विश्वासयोग्य हुनु आवश्यक हुन्छ’ (द क्रिसवेल स्टडी बाइबल; हिब्रू १०:२५ माथिको टिप्पणी)।

म विश्वास गर्छु, यी वचनहरूको अर्थ आज झन् धेरै छ, किनकि हामीले ख्रीष्टको दोस्रो आगमन नजिक आइरहेको देखिरहेका छौं। न्यु इभान्जलिकलहरू यो पदले भनेको कुरामा विश्वास गर्दैनन्। हामी महासङ्कष्टतिर बढदा यसलाई इन्कार गर्ने कार्य अझ बढनेछ। साँचो ख्रीष्टियनहरूलाई अझ कमजोर बनाउन तिनीहरूलाई आफ्ना स्थानीय मण्डलीहरूबाट अलग राख्नुपर्छर यसरी अन्त्यमा तिनीहरू ख्रीष्ट-विरोधीको अधीनमा आउनेछन् भनी शैतानले राम्ररी जान्दछ।

मलाई दुःख लाग्छ, डा. डेभिड जेरेमिया जस्ता व्यक्तिहरूले स्थानीय मण्डलीमा नियमित जाने कुरामा त्यत्ति जोड् दिँदैनन्। डा. जेरेमिया आफ्ना श्रोताहरूलाई महान सङ्कष्टको निम्ति आफूलाई कसरी तयार पार्ने भनी शिक्षा दिन चुकेका छन्।

अब मत्ती २४:६-८ खोल्नुहोस्।

‘तिमीहरूले युद्धहरू र युद्धहरूका हल्ला सुन्नेछौ। नघबराओ, किनकि यी हुनु आवश्यक नै छन्, तर अन्त्य त त्यत्ति नै बेला हुँदैन। किनभने जातिको विरुद्धमा जाति, र राज्यको विरुद्धमा राज्य उठनेछ, र ठाउँ-ठाउँमा अनिकाल र भूकम्प हुनेछन्। तर यी सब त प्रसववेदनाको सुरु मात्र हो।’ (मत्ती २४:६,७,८)

‘तर अन्त्य त त्यत्ति नै बेला हुँदैन।’ (२४:६)

‘किनभने जातिको विरुद्धमा जाति, र राज्यको विरुद्धमा राज्य उठनेछ, र ठाउँ-ठाउँमा अनिकाल र भूकम्प हुनेछन्। तर यी सब त प्रसववेदनाको सुरु मात्र हो।’ (मत्ती २४:७,८)

‘तर यी सबै त प्रसववेदनाको सुरु मात्र हो’ (२४:८)

यो २४:९ पद महासङ्कष्टको सुरुआत हो भन्ने कुरामा अहिले म डा. जे. भर्नोन मेकजीसँग सहमत छु। डा. ए.जे. टोजरले भने,

‘निश्चय दिनहरू खराब छन् र समय सुस्त गतिमा बढदैछ, तर एक साँचा ख्रीष्टियन अन्जान छैन। उसलाई यस्तो समयको विषयमा अघिबाटै चेताउनी दिइएको छ र उसले ती आने आशा गरिरहेको हुन्छ’ (‘अफ गड् एन्ड मेन,’ पृष्ठ १३१) ।

मैले मत्ती २४:७-१४ पढदा कृपया, खडा हुनुहोस्, नेपाली करार बाइबल पृष्ठ १३७० मा छ।

‘किनभने जातिको विरुद्धमा जाति, र राज्यको विरुद्धमा राज्य उठनेछ, र ठाउँ-ठाउँमा अनिकाल र भूकम्प हुनेछन्। तर यी सब त प्रसववेदनाको सुरु मात्र हो। तिनीहरूले तिमीहरूलाई सङ्कष्टका लागि सुम्पिदिनेछन्, र तिमीहरूलाई मार्नेछन्, र मेरो नाउँको खातिर सबै जातिहरूले तिमीहरूलाई घृणा गर्नेछन्। तब धेरै जना भड्केर जानेछन्, र ठेस खानेछन्, र एउटाले अर्कालाई विश्वासघात गरेर सुम्पिदिनेछन् र घृणा गर्नेछन्। धेरै झुटा अगमवक्ताहरू खडा हुनेछन्, र धेरैलाई बहकाउनेछन्। दुष्टता बढेको हुनाले धेरैको प्रेम सेलाएर जानेछ। तर आखिरसम्म स्थिर रहनेचाहिँ बचाइनेछ। अनि राज्यको यो सुसमाचार सारा संसारमा सबै जातिहरूका लागि गवाहीका निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त्य आउनेछ।’(मत्ती २४:७-१४)

अब मैले तपाईंलाई यो भन्नैपर्छ, कि म महासङ्कष्टभन्दा अघि ऱ्याप्चर हुने कुरामा विश्वास गर्दिनँ। म विश्वास गर्छु कि ऱ्याप्चरचाहिँ परमेश्वरको क्रोध खनाइनुभन्दा अघि हुनेछ। यसैले, सामान्य रूपमा श्री मार्भिन जे. रोसेन्थलले आफ्नो पुस्तक द प्री ऱ्याथ ऱ्याप्चर अफ द चर्चमा मा भनेजस्तै मण्डलीको ऱ्याप्चर क्रोध खनाइनुभन्दा अघि हुने कुरामा विश्वास गर्छु (थोमस नेल्सन पब्लिकेसन्स्,१९९०)। कृपया, पहिले रोसेन्थलको त्यो पुस्तक नपढी तिनलाई दोष नलगाउनुहोस्।

मजस्तै श्री मार्भिन जे. रोसेन्थल पनि मण्डलीको ऱ्याप्चर महासङ्कष्टभन्दा अघि हुने कुरामा विश्वास गर्ने व्यक्ति थिए। श्री रोसेन्थलले आफ्नो पुस्तकमा प्रकाश 16 अध्यायको क्रोधको कचौरा खन्याउनुभन्दा अघि आउनेछैन भनी शिक्षा दिएका छन्। यसैले म ऱ्याप्चरमा विश्वास गर्छु, तर यो प्रकाश 16 को क्रोधको कचौराभन्दा अघि हुनेछ भनी म विश्वास गर्दिनँ। यो एउटा झुटो शिक्षा होइन, तर यो बाइबलले भविष्यवाणी गरेको कुरा हो। महान् चिनियाँ प्रचारक जोन सङले यसमा विश्वास गर्थे। मेरा सल्लाहकार र चौबिस वर्षसम्म मेरा पास्टर रहेका डा. तिमोथी लिनले पनि यही विश्वास गर्थे। डा. क्रिस्टोफर एल. केगनले पनि यस कुरामा विश्वास गर्छन्। ।

के श्री रोसेन्थलले भनेका कुरा सही हो? मलाई लाग्छ, तिनी सत्यको धेरै नजिक छन्। श्री रोसेन्थललाई इन्कार गर्नुभन्दा अघि तपाईंले तिनको पुस्तकको साह्रौं अध्याय ‘आगमन र अन्त्य’ पढनुपर्छ।

यो सन्देशमा मेरो उद्देश्य यो देखाउनु हो, कि यदि हामी ‘ख्रीष्टियनहरू’ महासङ्कष्टभन्दा अघिको ‘महामारी’मा खडा हुन सक्दैनौं भने त्यो महासङ्कष्टको त झन् कसरी सामना गर्न सकौंला?

‘किनकि त्यस बेला यस्तो महासङ्कष्ट हुनेछ, जो जगतको सुरुदेखि अहिलेसम्म भएको छैन, न ता फेरि कहिल्यै हुनेछ। ती दिन नघटाइएको भए कोही मानिस बाँच्न सक्ने थिएन। तर चुनिएकाहरूका निम्ति ती दिन घटाइनेछन्।’ (मत्ती २४:२१-२२)

यी पदहरूले ‘महासङ्कष्ट’ बारे बताउँछन्। डा. जे. भर्नोन मेकजीले भने, ‘प्रकाशको पुस्तकमा हामी पढछौं, कि त्यो महासङ्कष्टको दिन पृथ्वीको एक-तिहाइ जनसंख्या नाश पारिनेछ...ती दिनहरू घटाइनेछ। यस्तो समय थियो, जब यो कुरा बढाइचढाइ भनिएको जस्तो लाग्थ्यो। तापनि अहिले संसारका धेरैवटा देशसँग अणु बम छ, जसले संसारको जनसंख्यालाई नाश पार्न सक्छ, अहिले त्यो कुरा बढाइचढाइ भनिएको जस्तो लाग्दैन।’ (थ्रु द बाइबल; मत्ती 24:22 को टिप्पणी)

येशूले भन्नुभयो, ‘यसकारण जब तिमीहरूले दानिएल अगमवक्ताबाट बोलिएको विनाशकारी घृणित थोक पवित्रस्थानमा खडा भएको देखौला (पाठकले बुझोस्)’ (मत्ती २५:१५)। डा. मेकजीले भने, ‘हाम्रा प्रभुले निस्सन्देह ख्रीष्ट विरोधीको मूर्तिलाई संकेत गरिरहनुभएको थियो (हेर्नुहोस्, दानिएल १२:११) जुन मन्दिरमा (पुनर्निर्माण गरिएको) राखिनेछ।’

‘किनकि त्यस बेला यस्तो महासङ्कष्ट हुनेछ, जो जगतको सुरुदेखि अहिलेसम्म भएको छैन, न ता फेरि कहिल्यै हुनेछ। ती दिन नघटाइएको भए कोही मानिस बाँच्न सक्ने थिएन। तर चुनिएकाहरूका निम्ति ती दिन घटाइनेछन्।’ (मत्ती २४:२१-२२)

डा. मेकजीले भने, ‘परमेश्वरले मानव जातिलाई आत्महत्या गर्न दिनुहुन्न। त्यसैकारण त्यो अवधि छोटो हुनेछ’ (मेकजी, ऐजन, मत्ती २४:२२ को टिप्पणी)। ध्यान दिनुहोस्, ‘चुनिएका’ ख्रीष्टियनहरू अझै पनि त्यहाँ हुनेछन्, यो कुरा मार्भिन जे रोसेन्थलले आफ्नो पुस्तक, द प्री ऱ्याथ ऱअयाप्चर अफ द चर्चमा भनेका छन्।

अब कृपया, दोस्रो थेलसोनिकी २:३ खोल्नुहोस्,

‘कसैले कुनै किसिमले तिमीहरूलाई धोखा नदिओस्। किनकि पहिले विद्रोह नभएसम्म पापको मानिस, अर्थात् सर्वनाशको छोरो प्रकट नभएसम्म त्यो दिन आउनेछैन।’(२ थेसलोनिकी २:३)

‘पहिले विद्रोह नभएसम्म’(आधुनिक अनुवाद)।

धर्मत्याग (विद्रोह)का यी दिनहरूमा क्रेगटन र वल्ड्रिपजस्ता धेरै जना प्रचारकहरूले १ तिमोथी ४:१,२ मा दिइएको चेताउनी भुल्छन्। पहिलो तिमोथी ४:१,२ खोल्नुहोस्)।

‘पवित्र आत्मा प्रष्टै भन्नुहुन्छ, कि पछि आउने समयमा छली आत्मा र भूतप्रेतका सिद्धान्ततिर मन लाएर कोही विश्वासबाट तर्किजानेछन्। झुट बोल्ने मानिसहरूका छलद्वारा नै यो हुनेछ, जुनहरूका विवेक तातो फलामले डामेको जस्तो हुन्छ।’ (१ तिमोथी ४:१,२)

तिनीहरूले यो अगमवाणी पूरै भुलेकाले गर्दा तिनीहरू ‘छली आत्मा र भूतप्रेत (शैतान)को सिद्धान्त मन लाउँछन्, छल गर्दै झुटा बोल्छन्, तिनीहरूका विवेक तातो फलामले डामेको जस्तो हुन्छ।’ त्यस्तै प्रकारका मानिसहरूले मण्डली फुटाउँछन्। किन? किनकि तिनीहरू अन्धो बनेक ‘शैतानका सिद्धान्ततिर मन लाउँछन्,’ यही नै मूल कारण हो।

मण्डली फुटाउने अगुवाहरूका धेरैवटा दुर्गुणहरू हुन्छन्। डा. रोय ब्रान्सनले आफ्नो पुस्तक चर्च स्प्लिट मा ती कुराहरू बताएका छन् (पृष्ठ २९-३१)।


१. तिनीहरू अहंकारी हुन्छन्। तिनीहरू कुनै पनि मानिस, यहाँसम्म कि तिनीहरूका आफ्नै पास्टर पनि तिनीहरूभन्दा ज्ञानी छन् भनी स्वीकार गर्न चाहँदैनन्।

२. तिनीहरू स्वार्थी हुन्छन्। तिनीहरू जसलाई, जुनै पनि प्रकारको दुःख भए पनि आफ्नै चालमा चल्छन्।

३. तिनीहरू आफूले गल्ती गर्दा पनि त्यो स्वीकार गर्दैनन्। त्यो अहंकारी व्यक्तिको अर्को चिन्ह हो।

४. तिनीहरू व्यक्तिगत मान्यता र सम्मानको भोका हुन्छन्।

५. तिनीहरू अधीनमा नबस्ने हुन्छन्। बाइबलमा पास्टरको अधिकार साथै उनको आज्ञापालन र अनुकरण गर्नेबारे स्पष्ट शिक्षा दिइएको छ।

६. तिनीहरू धोखेबाज हुन्छन्। तिनीहरू मण्डलीको वास्ता गरेजस्तो गर्छन्। तप तिनीहरूको चासो आफ्नै अधिकार र पदमा हुन्छ।

७. तिनीहरू वचनको दुरुपयोग गर्छन्, ‘म पास्टरलाई प्रेम गर्छु, तर...।’ त्यसपछि तिनीहरू पास्टरलाई आक्रमण गर्छन्।

८. तिनीहरू पास्टरको भनाइलाई बङ्ग्याउँछन् वा उनले भनेका वचनहरूको गलत उद्देश्य निकाल्छन्।

९. तिनीहरू पास्टरले गर्ने हरेक कार्यको गलत उद्देश्य निकाल्छन्।

१०. तिनीहरू शिक्षा ग्रहण गर्दैनन्। बाइबलले भनेको वचन सुन्न छोड्छन्।

११. तिनीहरू अरूको कुरालाई लिएर पास्टरसँग गुनासो गर्छन्। यसैले तिनीहरू मण्डली फुटाउन साथीहरू जुटाउँछन्।


यी सबै दुर्गुणहरू क्रेगटन र वल्टड्रिपले मण्डली फुटाउँदा देखापरेका थिए।

म प्रचार गर्दा उभिनँ सक्दिनँ थिए। यही कुराले क्रेगटनलाई साहस दियो। बरु ऊ एक कायर व्यक्ति हो, तर मैले उसलाई मुख्य प्रचारक हुन नदिएकोमा ऊ मसँग रिसाएको थियो। उसले घरीघरी मलाई ऊ दुःखी छैन भन्थ्यो। उसले डा. केगनलाई ऊ आफू ‘सन्तुष्ट हुन’ का निम्ति प्रचार गर्नुछैन भनी पत्र लेखेका थिए। मैले उसलाई प्रचार गर्नु दिइनँ, किनकि उसित त्यो वरदान थिएन। ऊ मसँग सहमत छ भनी उसले भन्थ्यो। तर त्यसो भनेर उसले झुटो बोलेको थियो। उसको उमेरका धेरै जना जवान मानिसहरूको जस्तै उसको आफ्ना पितासित राम्रो सम्बन्ध थिएन। यसैले जब म बिरामी भएँ, उसका पितासित भएको दुर्भावनाको बदला उसले मसित लियो। तर उसले त्यो गुप्त रूपले लियो। मसँग सिधै कुरा नगरेर उसले अर्को प्रचारक जोन वल्ड्रिपसँग गुप्तमा सभा राख्यो। उसले वल्ड्रिपसँग भेट गर्दैछ भन्ने मलाई थाहा थिएन। ती ‘गुप्त’ सभाहरूमा वल्ड्रिप उसको मित्र बन्यो।

त्यसपछि क्रेगटनले मण्डलीका अरूलाई ऊ मसित असहमत छ भनी बताउन थाल्यो। तर उसले आफ्नो असहमतिहरू मलाई एकचोटि पनि भनेन। मैले क्रेगटनको विद्रोहको बारेमा थाहा पाउँदा धेरै ढिलो भइसकेको थियो। उसले हाम्रा दुइ-तिहाइ जवानहरूलाई लग्यो र तिनीहरूलाई लिएर आफ्नै ‘चर्च’ सुरु गऱ्यो। हामीसँग पैंतिस जना व्यक्ति मात्र हामीप्रति बफादार रहे।

मण्डली त्यसरी फुटेर जाँदा म करिब असी वर्ष पुगेको थिएँ, र म बिरामी थिएँ। पहिले पनि यस्तो अनुभव गरेकोले परमेश्वर मेरो साथमा हुनुहुन्छ भनी म जान्दथें, त्यसैले मैले त्यसको धेरै चिन्ता गरिनँ।

एक जना डिकनले मसँग शारीरिक लडाइँ गर्न खोज्यो। अर्को डिकनले ऊ आफै र एउटी महिलाको अश्लील तस्बीरहरू वेबसाइटमा राख्यो। अर्को अगुवाले म अश्वेत मानिसहरूको कट्टर विरोधी हुँ भन्यो। अर्को अगुवाले भन्यो, कि समलिङ्गीहरूले आक्रमण गरेका कारण मैले सड्कमा प्रचार गर्न छोडेको छु, उनीहरूलाई कुनै सहायता गरिएको छैन।

यी सबै कुरा हुँदा मैले पास्टरको पदबाट राजीनामा दिएँ र डा. केगन पास्टर नियुक्त हुनुभयो। उनका आफ्नै छोरा, जसलाई मैले हाम्रो भावी पास्टरको रूपमा तयार गर्दैथिएँ उसले पनि छोडेर गयो, तापनि मैले मेरो घनिष्ठ मित्र ठानें।

त्यसपछि कोरोना भाइरसको महामारी आयो। यसकारण हामीले पुरानो मण्डली भवन छोड्यौं र घरेलु सेवाहरू सुरु गऱ्यौं, म अवकाशप्राप्त पास्टर बनें, मैले हरेक आइतबार टेलिभिजनद्वारा ती घरहरूमा प्रचार गर्न थालें।

हामीले लस एन्जलसदेखि बाहिरको उफनगरमा एउटा भवन किनेका छौं। मैले एक जना चिनियाँ जवानलाई तयार गर्नेछु, जसले म प्रचार गर्न असमर्थ भएपछि मेरो स्थानमा प्रचार गर्नेछ।

मैले भूतात्माहरू र मण्डली विभाजनको विषयमा प्रचार गरेकोमा मलाई दोष लगाउने गर्छन्, तर मेरो श्रोताको रूपमा ‘तेस्रो विश्व’ का प्रचारकहरूको ठूलो जमात छ, जुनहरूले सारा संसारभरि ४३ वटा भाषामा मेरा प्रवचनहरू पढछन्। अहिले अमेरिकामा जस्तै ‘तेस्रो विश्व’ मा पनि मण्डलीहरू फुटिरहेकोले गर्दा मलाई लाग्छ, यो प्रवचनले उनीहरूलाई साथै हामीलाई पनि सहायता गर्नेछ। मलाई यस्तो लाग्छ, कि हामीले एउटा नयाँ चिनियाँ मण्डली सुरु गरिरहँदा परमेश्वर मैले यस विषयमा बोलेको चाहनुहुन्छ।

म परमेश्वरप्रति धन्यवादी छु, कि म १९ वर्षको हुँदा नै उहाँले मलाई चिनियाँहरूको मिसनरी बन्न बोलाउनुभयो। परमेश्वरले धेरै वर्ष अघि मलाई जे गर्न बोलाउनुभयो आज ६० वर्ष पनि त्यही गरिरहेको छु। परमेश्वरको कृपाद्वारा आज पनि मएक मिसनरी हुँ। अरू केही बन्ने कुरा मैले धेरै अघि नै त्यागिदिएको थिएँ। यहाँ एउटा कविता छ, जुन महान् जोन वेस्लीले आफ्नो पत्रिकामा उल्लेख गरेका छन्,

केही सजधज, केही झुलाई,
हिउँदको दिनको सूर्य किरण,
सबै महान् र शक्तिशालीसँग
कोक्रो र चिहानको बीचमा हुन्छ!

मेरो ६२ वर्षको प्रचारमा मैले ‘सुरुदेखि नै’ धेरैवटा मण्डलीहरू सुरु गरेको छु। म निश्चय छु, परमेश्वरले डा. केगन र मलाई फेरि सुरु गर्न सहायता गर्नुहुनेछ।

तापनि यो काम गर्नु सजिलो छैन। परमेश्वरको अनुग्रहद्वारा हामी आखिरी दिनको नव इभान्जलिकलहरूको ख्रीष्टियन नैतिकता नमान्ने मानिसहरू बीच एउटा नयाँ मण्डली सुरु गर्न गइरहेका छौं। यसको निम्ति कोही पनि पूरा कट्टरवादी हुनुपर्छ। तपाईं यति कठोर हुनुपर्छ, कि तपाईं येशू ख्रीष्टका निम्ति जे बन्नुपर्छ त्यस्तो बन्नका निम्ति कोरोना भाइरसले पनि तपाईंलाई रोक्नेछैन। डा. तिमोथी लिन र पास्टर रिचर्ड वर्मब्राण्ड त्यस्तै व्यक्ति बने। यो याद गर्नुहोस्, ‘धेरै कष्ट सहेर हामी परमेश्वरको राज्यमा प्रवेश गर्नुपर्छ’ (प्रेरित १४:२२)।

म उकालो बढदैछु, हर दिन पाँउदैछु नयाँ उँचाइ,
   अगि बढदै प्रार्थना गर्दैछु, ‘प्रभु, टेकाउनुहोस् मेरो खुट्टा उच्चभूमिमा,’
प्रभु, उठाउनोस्, खडा गर्नुहोस् विश्वासद्वारा स्वर्गको पठारमा,
   उच्च विमान पाएको छु, प्रभु, टेकाउनुहोस् मेरो खुट्टा उच्चभूमिमा।

मेरो हृदयको इच्छा छैन रहनु जहाँ शंका उठछ र निराश उत्पन्न हुन्छ;
   तैपनि कोही बस्न त्यहीं जहाँ यो छ प्रशस्त, मेरो प्रार्थना, मेरो उद्देश्य, उच्च मैदान हो।
प्रभु, उठाउनोस्, खडा गर्नुहोस् विश्वासद्वारा स्वर्गको पठारमा,
   उच्च विमान पाएको छु, प्रभु, टेकाउनुहोस् मेरो खुट्टा उच्चभूमिमा।

जिउन चाहन्छु संसारभन्दा माथि, शैतानले वाण मतिर हाने पनि,
   विश्वासले पक्रेको छ आनन्दको सोर, सन्तहरूको गीत उच्च भूमिमा
प्रभु, उठाउनोस्, खडा गर्नुहोस् विश्वासद्वारा स्वर्गको पठारमा,
   उच्च विमान पाएको छु, प्रभु, टेकाउनुहोस् मेरो खुट्टा उच्चभूमिमा।

चाहन्छु अत्यधिक उँचाइमा चढेर चहकिलो महिमाको प्रकाश समात्न,
   तर प्रार्थना छ, स्वर्ग प्राप्त नभेसम्म, ‘प्रभु लग्नुहोस् मलाई उच्च भूमितिर।’
प्रभु, उठाउनोस्, खडा गर्नुहोस् विश्वासद्वारा स्वर्गको पठारमा,
   उच्च विमान पाएको छु, प्रभु, टेकाउनुहोस् मेरो खुट्टा उच्चभूमिमा।
       (‘हायर ग्राउण्ड’ जोनसन ओटमन, १८५६-१९२६,द्वारा रचित)।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।