Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




मिसनरीहरू बन्नुपर्ने हाम्रो बोलावट

OUR CALL TO BE MISSIONARIES!
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर, पास्टर इमिरिटस
by Dr. R. L. Hymers, Jr.

८ मार्च, २०२०, आइतबार दिउँसो लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Afternoon, March 8, 2020


मलाई यस्तो लाग्छ, यशैया सबैभन्दा महान् अगमवक्ता हुन्। तर यशैया परमेश्वरको त्यस्तो मानिस कसरी बने? यशैया ६ अध्यायमा हामी यसको उत्तर पाउँछौं।

‘उज्जियाह राजा मरेका वर्षमा मैले परमप्रभुलाई अग्लो र उच्च सिंहासनमा विराजमान हुनुभएको देखें। उहाँको वस्त्रको छेउले मन्दिरै ढाकेको थियो।’ (यशैया ६:१; स्कोफिल्ड, पृष्ठ ७१८)

यशैयाले सराफहरू यसो भन्दै कराएको सुने, ‘सर्वशक्तिमान् परमप्रभु, पवित्र, पवित्र, पवित्र हुनुहुन्छ, सारा पृथ्वी उहाँको महिमाले भरिपूर्ण छ।’ (यशैया ६:३)

जवान यशैयाले असल र सम्मानीय राजा उज्जियाहलाई प्रेम गरेका थिए। तर ती असल राजा मरिसकेका थिए। ती असल राजाको मृत्यु भएपछि अब यशैयालाई के हुन्छ? म सोच्छु, यो जवान मानिसले तपाईंहरूमध्ये कसै-कसैले जस्तै सोच्यो होला। तपाईंहरू हाम्रो चर्च समाप्त भयो भन्ने सोचेर हताश बन्नुहुन्छ। तर परमेश्वरले यशैयालाई सबै कुरा प्रकट गरिसक्नुभएको थिएन।

परमेश्वरको यो दर्शनले तिनको प्राणलाई नै समात्यो। यशैया आशारहित भई हताश बनेनन्। बरु, परमेश्वरको दर्शनले तिनलाई भिन्नै प्रकारले समात्यो। तिनले भने,

‘धिक्कार म नष्ट भएँ, किनभने म अशुद्ध ओठ भएको मानिस हुँ, र अशुद्ध ओठ भएका मानिसहरूका बीचमा म बस्तछु, र मैले मेरा आँखाले सर्वशक्तिमान् परमप्रभु महाराजाधिराजलाई देखेको छु।’ (यशैया ६:५)

+++++++++++++++++++++++++++++++++++++++++++++++++

हाम्रा प्रवचनहरू अब तपाईंको सेलफोनमा पनि उपलब्ध छन्।
WWW.SERMONSFORTHEWORLD.COM.
मा जानुहोस्, ‘APP’ लेखिएको हरियो बटनमा क्लिक गर्नुहोस्।
त्यसपछि आउने निर्देशनहरू पालन गर्नुहोस्।

+++++++++++++++++++++++++++++++++++++++++++++++++

यो जवान यशैयाका निम्ति एउटा आत्मिक नयाँ सुरुआत थियो। यस्तो नयाँ सुरुआत तपाईं पनि अनुभव गर्न सक्नुहुन्छ। तर तपाईंले अरू कुनै पनि कुराभन्दा बढी परमेश्वरको चाहना गर्नुपर्छ। डा. ए. जे. टोजरले भने, ‘तिनीहरूले परमेश्वरलाई नचाहेका कारण चर्चबाट निस्केर गएका होइनन्- तर तिनीहरू परमेश्वरभन्दा बढी जुन कुरा चाहन्छन् त्यो पाएका कारण गएका हुन्, जुन बेला तिनीहरूका पुरानो स्वभाव जाग्यो तिनीहरूले परमेश्वरलाई पिठिउँ फर्काएर चर्चबाट निस्केर गए। तिनीहरू परमेश्वरविहीन जवान पुरुष र स्त्रीहरूको सम्बन्धमा गए। तिनीहरू सांसारिक सम्बन्धमा गए। तिनीहरूले यस्तो काम अङ्गाले जसमा जहाँ परमेश्वरलाई प्रसन्न पार्ने र उहाँको महिमा गर्ने कुनै मौका थिएन। तिनीहरू फर्केर संसारमा गए। तिनीहरू आफूले धेरै चाहना गरेको कुरामा दृढ भएर लागे। तपाईं यो वर्तमान संसारलाई प्रेम गर्दै ख्रीष्टियन बन्न सक्नुहुन्छ भन्ने शिक्षा दिँदै तिनीहरूका धोखा दिन र दण्डको भागी बनाउन इन्कार गर्छु, किनकि तपाईं त्यसो गर्न सक्नुहुन्न। हो तपाईं पाखण्डी हुन र संसारलाई प्रेम गर्न सक्नुहुन्छ। तपाईं छलमा परेको पास्टर भएर संसारलाई प्रेम गर्न सक्नुहुन्छ। तर तपाईं संसारलाई प्रेम गर्दै वास्तविक बाइबल पालन गर्ने ख्रीष्टियन बन्न सक्नुहुन्न। यो सिद्धान्तमा एकलै खडा हुँदा म दुःखी बन्छु, तर यस विषयमा म तपाईंसँग झुटो बोल्नेछैनँ।’ (द टोजर पुल्पिट)

फेरि डा. टोजरले भने, ‘मेरो विचारमा, आजको एक मात्र सबैभन्दा ठूलो खाँचो भनेको अगम्भीर, बनावटी सुसमाचारवादीहरूलाई परमेश्वरको उच्च दर्शनले लडाउनु र मन्दिरलाई ढाक्ने उहाँको वस्त्रले उठाउनु हो।’ परमेश्वरको त्यस प्रकारको दर्शनबिना ‘हामी आफ्नै युक्तिहरूमा छाडिन्छौं, अनि चर्चका मानिसहरूको ध्यान खिँच्न सस्ता र घटिया कार्यहरू गर्ने करमा पर्छौं।’ हामी संकुचित हुन यति डराउँछौं कि हामीले सांसारिकताको लागि ढोका खोलिदिएका छौं। यसले आत्मिक दुःखमा पुऱ्याउँछ। सुसमाचार प्रचारको काम परमेश्वरप्रति, संसारप्रतिको र पापप्रतिको त्यसको व्यवहारमा ह्रास भएको छ।’ (लर्निङ इनटु द विन्ड)

पद ५ मा ध्यान दिनुहोस्,

‘धिक्कार म नष्ट भएँ, किनभने म अशुद्ध ओठ भएको मानिस हुँ, र अशुद्ध ओठ भएका मानिसहरूका बीचमा म बस्तछु, र मैले मेरा आँखाले सर्वशक्तिमान् परमप्रभु महाराजाधिराजलाई देखेको छु।’ (यशैया ६:५)

यस बेला मात्र जवान यशैया परमेश्वरको आगोद्वारा शुद्ध पारिए, ‘हेर, अह तिम्रो अधर्म मेटियो, र तिम्रो पापको प्रायश्चित भयो।’ (यशैया ६:७)

अब पद ८ हेर्नुहोस्। ‘तब मैले परमप्रभुको यो आवाज सुनें, ‘म कसलाई पठाऊँ, र हाम्रा निम्ति को जाने?’ अनि मैले भनें, ‘म हाजिर छु। मलाई पठाउनुहोस्।’ (यशैया ६:८)

जब हाम्रो चर्च फुट्यो, मलाई लागेको थियो कि अब ममा सुसमाचार प्रचार गर्ने जोश रहनेछैन। यसकारण मैले प्रत्येक रात ती मानिससँग बिताउन थालें,जसले ख्रीष्टका निम्ति सब थोक त्यागेका थिए- पास्टर रिचार्ड वर्मब्राण्ड, जोन वेस्ली र चीन देश जाने सुरुका मिसनरी जोनाथन गोफोर्थ। मैले त्यसो गर्नु बुद्धिमानी निर्णय थियो। मैले हाम्रो सुत्ने कोठा, मैले प्रार्थना गर्ने र परमेश्वरका ती महान् व्यक्तिहरूसँग संगति गर्ने ठाउँको छेउमा एउटा शौचालय बनाएँ। वर्मब्राण्ड बाट मैले स्थिर हुन सिकें। वेस्लीबाट मैले एकपछि अर्को कठिनाइमा पनि आगाडि बढिरहनु सिकें। तर गोफोर्थ र तिनकी पत्नी रोजालिन्डबाट मैले घुँडा टेकेर प्रार्थना गर्नुपर्छ भन्ने सिकें। हडसन टेलरले लेखेका एउटा पत्रले गोफोर्थ र तिनकी पत्नीलाई प्रेरणा दिएको थियो। हडसन टेलरले भने, ‘हामीले मिसनरीको रूपमा होनान प्रान्त (चीनको)मा पस्ने दुइ वर्षसम्म कोसिस गऱ्यौं, अनि भर्खरै मात्र सफलता पाएका छौं। भाइ, यदि तपाईं त्यो प्रान्तमा प्रवेश गर्नुहुन्छ भने तपाईँ घुँडामा अगाडि बढनुपर्छ।’ हडसन टेलरको ती वचन गोफोर्थ नर्थ होनान मिसनको नारा बने।

अनि तिनीहरूका नानी मरी। गोफोर्थले लेखे, ‘गेरटुड मऱ्यो। हाम्रो ठूलो हानि भयो। दुइ हप्ता अघिसम्म उ ठिकै थिई, तर २४ जुलाईको दिन छ दिनको झाडापखालाको बिमारीले उ मरी। मैले उसको लाश गोरुगाडामा राखेर पचास माइल टाढा लैजानुपऱ्यो। त्यहाँ साँझमा हामीले हाम्री प्रिय छोरीलाई गाढ्यौं।’ दुइटी चिनियाँ बालिकाहरू प्रत्येक बिहान हाम्री प्रिय छोरीको चिहानमा फूल चढाउन आउँथे।

गेरटुडको मृत्युपछि श्रीमती गोफोर्थले एउटा सुन्दर छोरो जन्माई। तिनीहरूले त्यसको नाउँ वी डोनाल्ड राखे। त्यो लड्यो र त्यसको कोमल टाउकोमा चोट लाग्यो। विस्तारै त्यसका हात-खुट्टा चल्न छोड्यो। २५ जुलाईको ग्रीष्मको चर्को गर्मीमा, उन्नाईस महिनाको मात्र हुँदा वी डोनाल्डको मृत्यु भयो। दोस्रोचोटि गोफोर्थले आफ्नो छोराको लाश गोरुगाडामा राखेर पचास माइल पर लगे। वी डोनाल्डलाई त्यसकै दिदी गेरटुडको चिहानको छेउमा गाडियो। त्यहाँबाट फर्कनेसाथ गोफोर्थ र तिनकी पत्नीले उत्तरी होनानमा तिनीहरूको नयाँ घरमा सर्ने तयारी गरे। तिनीहरूका पाँच महिनाका छोरा पल पनि तिनीहरूको साथमा थियो।

त्यसपछि जोनाथन गोफोर्थ टाइफाइड ज्वरोले सिकिस्त बिरामी बने। तिनी जीवन र मृत्युको बीचमा झुन्डिए। ३ जनवरीका दिन तिनीहरूका छोरी फ्लोरेन्स जन्मी। त्यो ग्रीष्ममा औधी गरम थियो, गर्मीले गर्दा पलको झन्डै मृत्यु भएको थियो, तर गर्मी घटेपछि ऊ बाँचेको थियो।

त्यसपछि धेरैवटा कठिनाइ र परीक्षाहरू आए। तिनीहरूका पहिलो सन्तान वसन्त ऋतुमा मरेको थियो। पछि अरू सन्तान कालो ज्वरो र दिमागी ज्वरोले गर्दा मरे। त्यसपछि गोफोर्थ र तिनकी पत्नी बक्सर विद्रोहबाट भाग्न पऱ्यो। एउचा आश्चर्यकर्मद्वारा मात्र तिनीहरू मृत्युबाट जोगिएका थिए।

श्रीमती रोजालिन्डले कान सुन्न छाडी। पतिले नै उसको निम्ति सुनिदिनुपर्थ्यो। गोफोर्थ आफै पूर्ण अन्धो भएपछि पत्नीले तिनलाई डोराउँथी। तिनी सुतेकै अवस्थमा मरे, त्यसबेला तिनकी पत्नी शौचालय गएकी थिई। तिनको मृत्युहुँदा तिनका छोरा पलले भने, ‘मेरो निम्ति मेरा पिता एक महान् व्यक्ति हुनुहुन्थ्यो।’ तिनकी छोरी रूथ भियतनाममा सिमनरी बनेर गई। रूथले आफ्नी आमालाई पत्रमा लेखी, ‘म पिता जानुभएको महिमाको भागलाई मात्र देख्न सक्छु। परमेश्वरले उनलाई अझ ठूलो सेवा दिएर उचाल्नुभएको छ।’

‘गोफोर्थ अफ चाइना’ पुस्तकले गोफोर्थ मरिसकेपछि लेखेकी थिई। अहो, रोजालिन्ड गोफोर्थ साँच्चै कस्तो अचम्मको सिमनरी थिई।

रोजालिन्डले गोफोर्छको बाइबल हेरेपछि तिनलाई भेटेकी थिई। ‘मैले उनका बाइबल झुत्राझुत्रा भएको देखें, सुरुदेखि अन्त्यसम्म दागैदाग लगाइएको थियो।’ रोजालिन्डले भनी, ‘म यही व्यक्तिसँग बिहे गर्न चाहन्छु।’ त्यो ग्रीष्म याममा तिनले उसलाई भने, ‘के तिमी चीन देशका निम्ति आफ्नो जीवन मेरो जीवनसँग जोड्न चाहन्छ्यौ?’ ‘चाहन्छु’ भन्ने जवाफ दिई। केही दिनपछि तिनले उसलाई भने, ‘के तिमी मलाई प्रभु र उहाँको कामलाई अरू सबै कुराभन्दा पहिले, यहाँसम्म कि तिमीभन्दा पहिले राख्ने अनुमति दिन्छ्यौ?’ उसले जवाफ दिई ‘ज्यू, सधैं दिनेछु।’ त्यो वचनको निम्ति उसले ठूलो मूल्य चुकाउनुपर्छ भन्ने उसलाई त्यत्ति थाहा थिएन।

‘तब मैले परमप्रभुको यो आवाज सुनें, ‘म कसलाई पठाऊँ, र हाम्रा निम्ति को जाने?’ अनि मैले भनें, ‘म हाजिर छु। मलाई पठाउनुहोस्’ (यशैया ६:८)

हाम्रो चर्चले ती मानिसहरू गुमायो, जुनहरू मिसनरी बन्न चाहँदैनथे। मेरो प्रार्थना छ, आज दिउँसो यहाँ हुनेहरू सबै मिसनरी बनेको होस्। हामीलाई हाम्रो इन्टरनेट मिसन चालु राख्नलाई पैसा संग्रह गर्न गाह्रो पर्नेछ। तपाईं र म (१) आत्माहरू जितेर, (२) संसारभरिका मिसन कार्यका निम्ति प्रार्थना गरेर, (३) प्रत्येक महिना इन्टरनेट मिसनलाई सनन्देशहरू पठाउनलाई, साथै यसको साथै तेस्रो विश्वमा सुसमाचार प्रचार गर्ने मिसनरीहरूलाई सहायता गर्न पुग्दो पैसा दिएर सारा संसारका निम्ति मिसनरीहरू बन्न सक्छौं। एक जना मिसनरी पास्टरले आजको समयका मौकाहरूको बारेमा यसो भनेका छन्, ‘हामी विश्वव्यापी मिसनको साथमा विश्वव्यापी ख्रीष्टियनहरू हुनुपर्छ, किनकि हाम्रा परमेश्वर विश्वव्यापी हुनुहुन्छ।’ के तपाईं रोजालिन्ड गोफोर्थलेजस्तै, ‘ज्यू, सधैं दिनेछु’ भन्नुहुनेछ?

मेरो दर्शन भर्नुहोस्, उद्धारकर्ता, गर्छु प्रार्थना, आज म देखूँ येशूलाई मात्र,
घाटीहरूबाट भएर मलाई डोऱ्याउनुहोस्,तपाईंको नओइलाउने महिमाले घेर्छ मलाई।
मेरो दर्शन भर्नुहोस्, उद्धारकर्ता दिव्य, नचम्कूञ्जेल मेरो आत्मा तपाईंको महिमासित,
मेरो दर्शन भर्नुहोस्, सबले देखून्, तपाईंको पवित्र रूप ममा झल्केको।

मेरो दर्शन भर्नुहोस्, पाप एउटै नहोस्, भित्रको चमकको छायाँ दिनुहोस्,
म देखूँ तपाईं महिमित अनुहार मात्र, तपाईंको असीमित अनुग्रहमा मेरो प्राण रमाउँदै।
मेरो दर्शन भर्नुहोस्, उद्धारकर्ता दिव्य, नचम्कूञ्जेल मेरो आत्मा तपाईंको महिमासित,
मेरो दर्शन भर्नुहोस्, सबले देखून्, तपाईंको पवित्र रूप ममा झल्केको।

मेरो दर्शन भर्नुहोस्, पाप एउटै नहोस्, भित्रको चमकको छायाँ दिनुहोस्,
म देखूँ तपाईं महिमित अनुहार मात्र, तपाईंको असीमित अनुग्रहमा मेरो प्राण रमाउँदै।
मेरो दर्शन भर्नुहोस्, उद्धारकर्ता दिव्य, नचम्कूञ्जेल मेरो आत्मा तपाईंको महिमासित,
मेरो दर्शन भर्नुहोस्, सबले देखून्, तपाईंको पवित्र रूप ममा झल्केको।
('फिल अल माई भिजन' एभिस बर्जिसन क्रिस्टियनसेन, १८९५-१९८५, द्वारा रचित)


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।