Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




आउनेवाला कुराहरू- नयाँ वर्षको सन्देश

THINGS TO COME – A NEW YEAR’S SERMON
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

५ जनवरी, २०२०, आइतबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Evening, January 5, 2020

‘आउनेवाला कुराहरू सबै तिमीहरूकै हुन्, तिमीहरू ख्रीष्टका हौ अनि ख्रीष्टचाहिँ परमेश्वरका हुनुहुन्छ’ (१ कोरिन्थी ३:२२-२३; पृष्ठ १२१५ स्कोफिल्ड)।


‘आउनेवाला कुराहरू।’ ख्रीष्टलाई नचिन्नेहरूका निम्ति यी शब्दहरू डरलाग्दा हुन्छन्। ‘आउनेवाला कुराहरू।’ हाम्रो वरिपरिका मानिसहरूले डर र कम्पनसहित भविष्यको सामना गर्छन्। उनीहरू गहिरो रूपमा निराशा र आशारहितताको अनुभव गर्छन्।

टेलिभिजन, इन्टरनेटको चलन आएकोले हामी हरेक दिन घरमै बसेर सारा संसारमा भइरहेका दुःखका घटनाहरू, लडाइँहरू, आतंकवाद, मृत्यु र विनाशहरू हेर्दछौं। हामी हत्या भएका घटनाहरू देख्छौं। हामी बम खसालिएको देख्छौं। हामी आतंकवादको रक्तपातपूर्ण कार्यहरू हेर्दछौं। बलात्कार, ठगी, लुटपाट, भोकमरी र सतावट बारम्बार हाम्रा आँखाहरूको अगाडि आउँछन्। पहिलेका कुनै पनि पुस्ताले संसारको यस्ता डरलाग्दा कुराहरू सजिलै हेर्न पाएका थिएनन्। तिनीहरूले जुन कुराहरूको विषयमा पढे ती हामी आफ्नो आँखाले देख्छौं। समाचारहरूमा हामी दिनहुँ संसारव्यापी विनाशहरू देख्छौं, जसले वातावरणमा तनाउ, चिन्ता र डर भर्दछ। मलाई लाग्छ, ख्रीष्टले अहिलेको विद्युत संचार-सम्पर्कको बारेमा पहिलेबाटै जान्नुभएको थियो। उहाँले सारा संसारमा ‘दुःख’ र ‘व्याकुलता’ हुनेछ भन्नुभयो (लूका २१:२५), साथै यसो पनि भन्नुभयो,

‘संसारमा हुनआउने घटनाहरूको आशङ्काले मानिसहरू मूर्च्छा पर्नेछन्...’ (लूका २१:२६)

विमानहरू अपहरण भए। अल्गाअल्गा भवनहरू बमले उडाइए। अणु बमहरू हिंस्रक मानिसहरूका हातमा पुगिरहेका छन्, जसले ती राम्ररी प्रयोग गर्न सक्छन्। प्रसिद्ध वैज्ञानिकहरू र प्रमुख राजनैतिक व्यक्तित्वहरूले हामीलाई ताप बढिरहेको संसारको विषयमा चेताउनी दिइरहेका छन्। यो कुरा सुनेर नहाँस्नुहोस्। साँच्चै ‘आउनेवाला कुराहरू’ करोडौं मानिसहरूका निम्ति अति डरलाग्दो हुनेछ। ख्रीष्टले भविष्यवाणी गर्नुभएजस्तै ‘संसारमा हुनआउने घटनाहरूको अनुमान गरेर मानिसहरू मूर्च्छा पर्नेछन्।’

+++++++++++++++++++++++++++++++++++++++++++++++++

हाम्रा प्रवचनहरू अब तपाईंको सेलफोनमा पनि उपलब्ध छन्।
WWW.SERMONSFORTHEWORLD.COM.
मा जानुहोस्, ‘APP’ लेखिएको हरियो बटनमा क्लिक गर्नुहोस्।
त्यसपछि आउने निर्देशनहरू पालन गर्नुहोस्।

+++++++++++++++++++++++++++++++++++++++++++++++++

टेलिभिजनमा आउने यी डरलाग्दा तस्वीरहरूबाहेक मैले अघि कहिल्यै नदेखेको अति नराम्रो अवस्था वसिङटनमा हामीले सामना गरिरहेका छौं। धेरै जना राजनीतिज्ञहरूले तिनीहरूको होश गुमाएकाजस्तो देखिन्छ। विशेष गरी डेमोक्रेटहरूले!

यी सबैमाथि थपिएको अर्को कुरा छ, हाम्रा परिवारहरू टुक्रिएका छन्, चारैतिर सम्बन्धविच्छेद भइरहेको छ, हाम्रा छोराछोरीहरू छरपष्ट भएका छन्, अलमल्ल परेका छन् अनि तिनीहरू त्यो समाजको ढाँचाद्वारा गलत बाटोमा लगाइएको छ, जुन समाज नराम्रोघतले टुक्रिरहेको छ। जवान मानिसहरूको जनसंख्यामध्ये एक-तिहाइलाई- करिब छ करोडलाई गर्भमा नै हत्या गरिन्छ। प्रत्येक सात अफ्रिकी-अमेरिकन केटाकेटीहरूमध्ये चार जनाले आफ्नो जीवनलाई अमेरिकामा ‘वैध’ ठहराइएको गर्भपतनको रगत र नरसंहारबाट आफ्नो प्राण गुमाउँछन्। यसरी आतंकवादका तन्तुहरूले करोडौं महिलाहरूको गर्भमा प्रवेश गरेका छन्। कुनै पनि ठाउँमा सुरक्षा छैन। कुनै लुक्ने ठाउँ पनि छैन। प्रसिद्ध आइरिस कवि विलियम बटलर यिट्सले आफ्नो कविता ‘दोस्रो आगमन’ मा यसो भनेका छन्ः

सबथोक टुक्रिएर झर्नेछन्, केन्द्रले समातेर राख्न सक्दैन;
संसारमा मात्र अव्यवस्था फैलिएको हुन्छ।
रगतको धमिलो छाल छोडिएको हुन्छ, अनि सबतिर
निर्दोषताको संस्कार डुबेको हुन्छ;
सर्वोत्तमहरूमा हुन्छ दृढताको कमी, अनि सबैभन्दा तुच्छहरू
जोशको तीव्रताले भरिएका हुन्छन्...।

बिल्ली ग्राहामले कङग्रेसनल गोल्ट मेडल प्राप्त गर्दा यसो भने, ‘हामी त्यो समाज हौं, जुन आफ्नै विनाश गर्ने स्थितिको संघारमा पुगेको छ’(लस एन्जलस टाइम्स, ३ मई, १९९६, पृष्ठ क-१०)। मानिसहरू कुनै पनि ठाउँ सुरक्षित नभएको महसुस गर्छन्। हामीले दिनदिनै टेलिभिजन र इन्टरनेटमा देख्ने गरेका डरलाग्दा विपत्तिहरूदेखि लुक्ने कुनै ठाउँ नभएको उनीहरू महसुस गर्छन्। यो कुनै अचम्मको कुरा होइन, कि ‘आउनेवाला कुराहरू’ भन्ने शब्दहरूले तिनीहरूका हृदयहरू भयभीत हुन्छन् र काँप्छन्।

तर हाम्रो आजको बाइबल पद तिनीहरूलाई दिइएको थिएन, जो हराएका छन्। यो तिनीहरूलाई लेखिएको थियो जुनहरूले पहिलेबाटै विश्वास गरेका थिए। पद २१ प्रेरित भन्छन्, ‘सबै कुराहरू तिमीहरूकै हुन्।’ पद २२ मा तिनले ती कुराहरू बताएका छन्, जुन साँचो ख्रीष्टियनहरूका हुन्। त्यो सूचीको अन्त्यमा तिनी भन्छन्, ‘‘आउनेवाला कुराहरू सबै तिमीहरूकै हुन्’ (१ कोरिन्थी ३:२२)। यदि तपाईं एक साँचो ख्रीष्टियन हुनुहुन्छ भने भविष्य तपाईंकै निम्ति हो।

‘आउनेवाला कुराहरू सबै तिमीहरूकै हुन्’ (१ कोरिन्थी ३:२३)

१. पहिलो, ख्रीष्टिय मतको विजय तपाईंको विजय हो!

येशूले भन्नुभयो,

‘म मेरो मण्डली यस चट्टानमाथि स्थापित गर्नेछु, र नरकका ढोकाहरू त्यसमाथि विजयी हुनेछैनन्’ (मत्ती १६:१८)।

प्रचारकहरूका राजकुमार सी. एच. स्पर्जनले भने,

‘हामी जब राजनैतिक अवस्थालाई हेर्छौं तब त्यो अन्धकार र भयभीत पार्ने किसिमको छ भनी हामी सोच्छौं। बादलहरू यहाँ त्यहाँ थुप्रिरहेका छन्; सिंहासनहरू पतन भइरहेको समयमा मण्डलीको सुरक्षा खतरामा परेको देखेर हामी परमेश्वरको मण्डलीकै निम्ति काँप्दछौं। तर कुनै पनि वंश परिवर्तनले मण्डलीको विनाशलाई प्रभावित गर्न सक्दैन। इतिहासको प्रत्येक संकटकालमा, राज्यको प्रत्येक उतारचढाउमा, संसारमाथि आउने हरेक विपत्तिमा मण्डली सधैं विजयी हुनुपर्छ, जातिजातिहरू कङ्गाल हुँदा ख्रीष्टको मण्डलीले त्यसबाट धन थुपार्छ’(सी. एच. स्पर्जन, ‘थिङस् टु कम! अ हेरिटेज अफ द सेन्टस्,’ स्पर्जन्स् सर्मन्स् वियोन्ड, भाग ६३, डे वान पब्लिकेसन्स, २००९, पृष्ठ ३४१-३४२)।

बृटिस साम्राज्य ढल्यो र पतन भयो, तर ख्रीष्टिय मत यसको पहिलेका उपनिवेशहरूमा बढदैजान्छ। परमेश्वरले पठाउनुभएको जागृतिको छालले लाखौं मानिसलाई मण्डलीमा ल्याइरहेको छ। जसरी अमेरिकी ‘साम्राज्य’ अस्थिर भएर ढल्ने अवस्थामा पुगेको बेला तेस्रो संसारका देशहरूमा हजारौंहजार मानिसहरू परमेश्वरको महान् शक्तिद्वारा ख्रीष्टको अंगालोमा ल्याइँदैछ। अनि आज राति म बोलिरहँदा, येशूको अगमवाणी पूरा हुनका निम्ति जोडदार रूपमा अगाडि बढिरहेको छ,

‘राज्यको यो सुसमाचार सारा संसारमा सबै जातिहरूका लागि गवाहीका निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त्य आउनेछ’ (मत्ती २४:१४)

‘मुकुट र सिंहासनहरू नाश हुन सक्छन्।’ यो गाउनुहोस्!

मुकुटहरू र सिंहासनहरू नाश हुन सक्छन्, राज्यहरू उत्थान र पतन हुन्छन्,
तर येशूको मण्डली निरन्तर रहिरहन्छ;
नरकका ढोकाहरू मण्डलीमाथि विजयी बन्दैनन्,
हामीसँग छ ख्रीष्टको प्रतिज्ञा,र त्यो टल्दैन।
अगि बढ ख्रीष्टिय जवान हो, लडाइँमा बढेजस्तै
येशूको क्रूस अगिअगि बोकेर!
(‘अनवर्ड क्रिश्चियन सोल्जर्स,’ सबिन बेपिङ-गाउल्ड, १८३४-१९२४, द्वारा रचित)

त्यो मण्डली जुन अहिले लडाकू हो, त्यो चाँडै विजयी बन्नेछ! चाँडै स्वर्गदूतको आवाजले भन्नेछ,

‘संसारको राज्य हाम्रा प्रभुको र उहाँका ख्रीष्टको राज्य भएको छ, अनि उहाँले सदासर्वदा राज्य गर्नुहुनेछ’ (प्रकाश ११:१५)।

‘आउनेवाला कुराहरू सबै तिमीहरूकै हुन्’ (१ कोरिन्थी ३:२३)

२. दोस्रो, आउनेवाला ख्रीष्टको राज्य तपाईंको हो!

येशूले भन्नुभयो,

‘धन्य नम्रहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्’ (मत्ती ५:५)।

अनि येशूले भन्नुभयो,

‘सानो बगाल नडराओ! किनभने तिमीहरूलाई राज्य दिन तिमीहरूका पिता प्रसन्न हुनुहुन्छ’ (लूका १२:३२)।

ख्रीष्टियनहरूलाई यहाँ अमेरिकामा र सारा संसारभरि गिल्ला गरिन्छ अनि तुच्छ ठानिन्छ। तेस्रो संसारमा ख्रीष्टियनहरूलाई तिनीहरूका विश्वासका निम्ति सताइन्छ, झ्यालखानमा हालिन्छ र प्रायः हत्या गरिन्छ। हाम्रो समयका शंका गर्ने मानिसहरू र मानवतावादीहरू हामी असफल हुन्छौं भनी सोच्छन्। तर तिनीहरू पूर्ण गलत छन्। बाइबलले भन्छ,

‘हामीले सह्यौं भने, हामी पनि उहाँसँगै राज्य गर्नेछौं’ (२ तिमोथी २:१२)।

संसारमा उहाँको राज्यको शासन हुँदा हामी ख्रीष्टका निम्ति यसरी गाउनेछौं,

‘तपाईं मारिनुभयो र आफ्नो रगतद्वारा तपाईंले परमेश्वरका निम्ति हरेक कुल, भाषा, मानिस र जातिबाट मानिसहरूलाई छुटकारा दिनुभयो, र तिनीहरूलाई राज्य र हाम्रा परमेश्वरका पूजाहारी बनाउनुभएको छ, र तिनीहरूले पृथ्वीमा राज्य गर्नेछन्’ (प्रकाश ५:९-१०)।

तपाईंको भजनको पन्नाको नम्बर २ भजन गाउनुहोस्, ‘रात कालो थियो।’ यो गाउनुहोस्!

रात कालो थियो, पापले हामीसँग लडाइँ गर्छ,
बोक्छौं हामी दु-खको गह्रौ भारी,
तर देख्छौं हामी उहाँको आगमनको चिन्ह
हामीभित्र हाम्रो हृदय चम्कन्छ,
आनन्दको कचौरा भरिएर पोखिन्छ!
आउँदैछन् उहाँ फेरि, आउँदैछन् उहाँ फेरि,
मानिसहरूले इन्कार गरेका उही येशू ख्रीष्ट,
आउँदैछन् उहाँ फेरि, आउँदैछन् उहाँ फेरि,
शक्ति र ठूलो महिमामा, आउँदैछन् उहाँ फेरि!
(‘आउँदैछन् उहाँ फेरि,’ माबेल जोन्सटन क्याम्पद्वारा रचित, १८७१-१९३७)

यो फेरि गाउनुहोस्!

रात कालो थियो, पापले हामीसँग लडाइँ गर्छ,
बोक्छौं हामी दु-खको गह्रौ भारी,
तर देख्छौं हामी उहाँको आगमनको चिन्ह
हामीभित्र हाम्रो हृदय चम्कन्छ,
आनन्दको कचौरा भरिएर पोखिन्छ!
आउँदैछन् उहाँ फेरि, आउँदैछन् उहाँ फेरि,
मानिसहरूले इन्कार गरेका उही येशू ख्रीष्ट,
आउँदैछन् उहाँ फेरि, आउँदैछन् उहाँ फेरि,
शक्ति र ठूलो महिमामा, आउँदैछन् उहाँ फेरि!

यदि तपाईं विश्वासी हुनुहुन्छ भने आउनेवाला ख्रीष्टको राज्य तपाईंकै निम्ति हो!

‘आउनेवाला कुराहरू सबै तिमीहरूकै हुन्’ (१ कोरिन्थी ३:२३)

३. तेस्रो, नयाँ आकाश र नयाँ पृथ्वी तपाईंका हुन्!

यो संसार बितेर जानेछ। ख्रीष्टले पृथ्वीमा एक हजार वर्ष शासन गरिसक्नुभएपछि शैतानलाई कैदमुक्त गरिनेछ र त्यसले विश्वास नगर्ने संसारका विद्रोहीहरूलाई उहाँको विरुद्धमा नेतृत्त्व गर्नेछ (प्रकाश २०:७-९)। तब आकाशबाट परमेश्वरको आगो बर्सिनेछ (प्रकाश २०:९),

‘आकाशचाहिँ ठूलो आवजसाथ बितिजानेछ, तत्त्वहरू आगोको रापले पग्लिनेछन्, र पृथ्वी र त्यसमा भएका सबै थोक भस्म हुनेछन्।...तिमीहरू परमेश्वरको दिन प्रतीक्षा गर्दछौ, र त्यस दिनलाई नजिक ल्याउन चाहन्छौ, जुन दिन आकाशहरू जलेर भस्म हुनेछन्, र तत्त्वहरू आगोको रापले पग्लनेछन्’ (२ पत्रुस ३:१०,१२)।

तर कहिल्यै निराश नहुनुहोस्, किनकि प्रेरित यूहन्नाले तिनको दर्शनमा यसो भनेका छन्,

‘तब मैले नयाँ र नयाँ पृथ्वी देखें, किनकि पहिलो आकाश र पहिलो पृथ्वी बितिगएका थिए. समुद्र त अब छँदैथिएन। अनि मैले परमेश्वरबाट दुलहाका निम्ति दुलहीजस्तै गरी सिङ्गारिएर तयार पारिराखेकी, अर्थात् पवित्र शहर नयाँ यरूशलेम स्वर्गबाट तलतिर झरिरहेको देखें’(प्रकाश २१:१-२)।

जब परमेश्वरले नयाँ आकाश र नयाँ पृथ्वी सृष्टि गर्नुहुन्छ, यदि तपाईं साँचो ख्रीष्टियन हुनुहुन्छ भने तपाईं त्यो नयाँ यरूशलेममा हुनुहुनेछ! हो, तपाईं सदाका निम्ति परमेश्वरको त्यो स्वर्गलोकमा, नयाँ पृथ्वीमा र नयाँ यरूशलेममा हुनुहुनेछ।

आउनेवाला कुराहरू सबै तिमीहरूकै हुन्’ (१ कोरिन्थी ३:२३)

‘आउनेवाला कुराहरू सबै तिमीहरूकै हुन्’ (१ कोरिन्थी ३:२३)

तर एकचोटि फेरि म हामीले सुरुमा पढेको बाइबल पदमा फर्केर आउनुपर्छ,

‘आउनेवाला कुराहरू सबै तिमीहरूकै हुन्, तिमीहरू ख्रीष्टका हौ अनि ख्रीष्टचाहिँ परमेश्वरका हुनुहुन्छ’ (१ कोरिन्थी ३:२२-२३)

जुन मानिसहरू ख्रीष्टका हुन् तिनीहरूका निम्ति ‘आउनेवाला सुन्दर कुराहरू’ हामीले हेरेका छौं। तर के तपाईं तिनीहरूमध्ये एक जना हुनुहुन्छ के? के ‘तपाईं ख्रीष्टको हुनुहुन्छ’ भनी निश्चयतासाथ भन्न सक्नुहुन्छ? यदि सक्नुहुन्न भने, प्रसन्नता दिने ती प्रतिज्ञाहरू कुनै पनि तपाईंका होइनन् स्पर्जनले भनेका छन्,, ‘यदि तपाईंमा विश्वास छैन भने, भविष्यमा तपाईंको निम्ति केही पनि छैन, तर डर मात्र छ।...यदि तपाईं ख्रीष्टको हुनुहुन्न भने, तपाईंलाई आनन्दित बनाउन हामी केही पनि भन्न सक्दैनौं’ (ऐजन, पृष्ठ ३४७)।

यो जीवनमा धेरै पैसा कमाएर, धेरै आनन्द र सुखविलासमा जिएर जीवनको अन्त्यमा ती सबै गुमाउनुपर्छ र ख्रीष्टलाई नपाई मर्नुपर्छ भने के फाइदा हुन्छ र? यदि तपाईं ख्रीष्टप्रति साँचो हुनुहुन्न भने ‘आउनेवाला कुराहरू’ तपाईंका निम्ति एउटा ठूलो डर बन्नेछ। म आग्रह गर्छु, तपाईंको आत्माको मुक्तिको बारेमा गहिरिएर विचार गर्नुहोस्। तपाईंका पापहरू र तपाईंको पापी हृदयको बारेमा विचार गर्नुहोस्। मेरो बिन्ती छ, यो विचार गर्नुहोस्, कि तपाईंको पापले तपाईंका सबै आशाहरू खोस्नेछ, अनि तपाईंलाई नरकको आगोमा पठाउनेछ। मेरो प्रार्थना छ, तपाईं यो संसारको अन्धकार र पापदेखि फर्कनुहोस्। मेरो प्रार्थना छ, तपाईं सोझै र झट्टै येशू ख्रीष्टकहाँ आउनुहोस्। मेरो प्रार्थना छ, तपाईंले विश्वासद्वारा उहाँलाई देख्नुहोस् र उहाँको अनन्त रगतद्वारा तपाईंका पापहरूबाट पखालिनुहोस्। उहाँकहाँ आउनुहोस्। आफैलाई परमेश्वरका पुत्रमा अर्पण गर्नुहोस्, जो एकपल्ट क्रूसमा टाँगिनुभयो र अहिले महिमित हुनुभएको छ। उहाँले तपाईंलाई बचाउनुहुनेछ! उहाँले तपाईंलाई बचाउनुहुनेछ! अनि मैले बताएको खुशी र आशाका ‘आउनेवाला कुराहरू’ तपाईंको साथै हाम्रो हुनेछ।

यदि तपाईं एक साँचो ख्रीष्टियन बन्नेबारे हाम्रा पास्टरसँग कुराकानी गर्न चाहनुहुन्छ भने तपाईंको ठाउँबाट उठेर पछिल्तिरको कोठामा जानुहोस्, जहाँ उनले तपाईंको पाप र ख्रीष्ट येशूमा पाइने उद्धारको बारेमा तपाईंसँग कुराकानी गर्नेछन्।

अझै एउटा कुरा भन्न चाहन्छु, ख्रीष्टमा यस्तो आशा हुने हामीले के यो सुसमाचार चारैतिर फैलाउनु पर्दैन र? ख्रीष्टले हामीलाई दिनुभएको महान् आज्ञा (मत्ती २८:१९-२०) मा हाम्रो जीवन फेरि समर्पण गर्दै यो नयाँ वर्ष सुरु गर्नु के उचित हुँदैन र?

हामी यसो भनौं, हाम्रा सारा हृदय र मनले हामी व्यक्तिगत रूपले सुसमाचार प्रचार गर्दै, हाम्रो मण्डलीका सुसमाचारीय अभियानहरूमा सहभागी हुँदै, साथै परिवार र मित्रहरूलाई येशूमा उद्धारको सुसमाचार सुन्न ल्याउँदै येशूको आज्ञापालन गर्नेछौं। सन् २०२० मा परमेश्वरले हामीलाई सुसमाचार प्रचार गर्दै ख्रीष्टको आज्ञापालन गर्न सहायता गरून्। कृपया, खडा भएर भजनको पन्नामा भएको अन्तिम भजन गाउनुहोस्।

दिनोस् हामीलाई समयको मूलनारा, आनन्द र शक्तिको शब्द,
लडाइँको पुकार, ज्वालामय सास विजय वा मृत्यु ल्याउने।
मण्डलीलाई विश्रामबाट जगाउने, सुन्न प्रभुको महान् बिन्ती।
बोलाइएको छ, उठ फौज हाम्रा नारा सुसमाचार प्रचार!

आनन्दित प्रचारक गर घोषणा सारा संसारमा येशूको नाउँ,
झन्किरहेछ यो शब्द आकाशमा, प्रचार गर! प्रचार गर!
मरिरहेको मानिस, पतित जाति, जनाओ अनुग्रहको सुसमाचारको दान,
छ संसार अहिले अन्धकारमा, प्रचार गर! प्रचार गर!
(‘इभान्जलाइज! इभान्जलाइज!’ डा. असवल्ड जे. स्मिथद्वारा रचित- १८८९-१९८६,
डा. हिमर्सद्वारा केही फेरबदल गरिएको, ‘एन्ड केन इट बी?’ को लयमा, चार्ल्स वेस्लीद्वारा रचित, १७०७-१७८८)

आमिन!


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।


रूपरेखा

आउनेवाला कुराहरू- नयाँ वर्षको सन्देश

THINGS TO COME – A NEW YEAR’S SERMON

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

‘आउनेवाला कुराहरू सबै तिमीहरूकै हुन्, तिमीहरू ख्रीष्टका हौ अनि ख्रीष्टचाहिँ परमेश्वरका हुनुहुन्छ’ (१ कोरिन्थी ३:२२-२३)।

(लूका २१:२५,२६; १ कोरिन्थी ३:२१,२२)

१. पहिलो, ख्रीष्टिय मतको विजय तपाईंको विजय हो। मत्ती १६:१८;
मत्ती २४:१४; प्रकाश ११:१५

२. दोस्रो, आउनेवाला ख्रीष्टको राज्य तपाईंको हो! मत्ती ५:५;
लूका १२:३२; २ तिमोथी २:१२; प्रकाश ५:९-१०

३. तेस्रो, नयाँ आकाश र नयाँ पृथ्वी तपाईंका हुन्!
प्रकाश २०:७-९; २ पत्रुस ३:१०, १२; प्रकाश २१:१-२; मत्ती २८:१९-२०