Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




बाइबल अगमवाणीको त्यो हराएको भाग जुन आज हाम्रो निम्ति प्रकट गरिएको छ

A MISSING PIECE OF BIBLE PROPHECY
ILLUMINATED FOR US TODAY
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

२२ सेप्टेम्बर, २०१९, आइतबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Evening, September 22, 2019

‘तर तिमीचाहिँ, हे दानिएल, यस चर्मपत्रका मुट्ठाका वचनहरू अन्त्यको समयसम्म बन्द गरी मोहोर लगाएर राख।’ (दानिएल १२:४; पृष्ठ ९१९ स्कोफिल्ड)।

‘मैले सुन्न त सुनेँ, तर बुझिनँ। यसकारण मैले सोधेँ, ‘मेरा प्रभु यी सबै कुराको परिणाम के हुनेछ?’ तिनले जवाफ दिए, ‘हे दानिएल, तिम्रो आफ्नो बाटो लाग, किनभने यी वचनहरू अन्त्यको समयसम्मका लागि बन्द गरी मोहोर लगाइएका छन्’ (दानिएल १२:८,९, पृष्ठ ९२०)।


अगमवक्ता दानिएलले ‘अन्त्यको समयका कुराहरू’ बुझेनन्। ८ पदमा हामीलाई स्पष्ट बताइएको छ, ‘मैले सुन्न तँ सुनेँ, तर बुझिनँ।’ अनि परमेश्वरले दानिएललाई भन्नुभयो, ‘यी वचनहरू अन्त्यको समयसम्मका लागि बन्द गरी मोहोर लगाइएका छन्।’(दानिएल १२:९)

दानिएलले अगमवाणीका वचनहरू बुझ्थे। तर अन्त्यको समयका घटनाहरू कसरी घटनेछन् भनी तिनले बुझ्न सकेनन्। ‘किनकि यी वचनहरू अन्त्यको समयसम्मका लागि बन्द गरी मोहोर लगाइएका छन्’(दानिएल १२:९)। तिनलाई आत्माको प्रेरणाद्वारा वचनहरू दिइयो। तर तिनलाई ती वचनहरूका अर्थको प्रकाश दिइएन। ‘अन्त्यको समयसम्म’ ती वचनहरूको प्रकाश दिइनेछैन। हामी यो युगको अन्त्यतिर बढदैजाँदा हामीमा अगमवाणीको ज्ञान बढदैजानेछ।

मलाई स्पष्ट सम्झना छ, जब मैले ‘ऱ्याप्चर’ शब्द पहिलोपल्ट सुनेको थिएँ। मेरा शिक्षकले मलाई त्यो ऱ्याप्चर सात वर्षे महासंकष्टभन्दा पहिले हुनेछ भनी बताएका थिए। मैले मेरो शिक्षकलाई बाइबलमा त्यो ऱ्याप्चर महासंकष्टभन्दा पहिले हुनेछ भनी कहाँ लेखिएको छ भनी सोधेँ। उनले मलाई जवाफ दिन सकेनन्। यसैले, मैले सात वर्षे महा संकष्ट कालभन्दा अघि ‘कुनै पनि क्षण’ ऱ्याप्चर हुनेछ भन्ने कुरामा धेरै दशकसम्म शंका गरेँ। त्यसपछि मैले थाहा पाएँ, महासंकष्टभन्दा पहिले ऱ्याप्चर हुने कुरा सबैभन्दा पहिले जे. एन. डर्बीले फैलाएका थिए, अनि डर्बीले त्यो कुरा पन्ध्र वर्षे केटी, मार्गरेट मेक डोनाल्डबाट प्राप्त गरेका थिए, त्यो केटी केरेस्मेटिक थिई, जसले त्यस विषयमा ‘सपना’ देखेकी थिई। कुनै कारणले जे. एन. डर्बीले यस कुराको प्रचार गर्न थाले। पछिबाट सी. आइ. स्कोफिल्डले स्कोफिल्ड स्टडी बाइबलमा यसको घोषणा गरे। अहिले यो अधिकांश नव-इभान्जलिकल्सहरूको धारणा बनेको छ।

सपछि मार्भिन जे. रोसन्थलले द प्रि-ऱ्याथ ऱ्याप्चर अफ द चर्च (थोमस नेलसन्, १९९०)। रोसन्थलले लेखेका सबै कुरासँग म सहमत नभए पनि मेरो विचारमा ‘ऱ्याप्चर’ कहिले हुनेछ भनी बुझ्ने ढोका खेलेका थिए। तपाईंले रोसन्थलको विचारको निन्दा गर्नुभन्दा अघि त्यो पुस्तक खोजेर ध्यान लगाएर पढनुहोस्। तिनले ‘ऱ्याप्चर’ महा संकष्टकालको अन्त्यतिर, प्रकाश १६ अध्यायको परमेश्वरको ‘क्रोधको कचौरा’ खनिनुभन्दा अघि हुनेछ भनी शिक्षा दिन्छन्। त्यो कुरा म बुझ्न सक्छु- त्यो केटीले देखेकी सपनाभन्दा धेरै अर्थपूर्ण छ।

यो किन महत्त्वपूर्ण छ? यो म तपाईंलाई बताउँछु। यदि ऱ्याप्चर सात वर्षे महासंकष्टभन्दा अघि भयो भने ख्रीष्टियनहरूले केही पनि गर्नुपर्दैन। आइतबार बिहान एक घण्टा भीडको पछि जानु मात्र पर्छ। तपाईंले आत्मा जित्नु पर्दैन। तपाईं अधर्मीहरूबाट अलग बस्नुपर्दैन। यसले विधिवाद उत्पन्न गराउने गर्छ (यस विषयमा पढन यहाँ क्लिक गर्नुहोस्)।

यो सन्देशको शीर्षक हो, ‘बाइबल अगमवाणीको त्यो हराएको भाग जुन आज हाम्रो निम्ति प्रकट गरिएको छ’ भन्ने हो। त्यो ‘हराएको भाग’ के हो? यो ‘धर्मत्याग’ हो। मैले ५० वर्षभन्दा बढी समयदेखि बाइबलका अगमवाणीको अध्ययन गर्दैआएको छु। मलाई अनौठो लाग्छ, हाम्रो समयमा ‘धर्मत्याग’ जस्तो महत्त्वपूर्ण विषयलाई बेवास्ता गरिएको छ। मेरो टेबिलमा बाइबल अगमवाणीका तीनवटा मुख्य पुस्तकहरू छन्- जसमा यस विषयको मुख्य बुँदाहरू समेटिएको छ। ती पुस्तकहरू असल र धार्मिक मानिसहरूद्वारा लेखिएका थिए, जुन व्यक्तिहरूलाई यस महत्त्वपूर्ण विषयका निम्ति भरोसा गर्न सकिन्छ। तर ती कुनै पनि पुस्तकमा ‘धर्मत्याग’ को चर्चा छैन। अनि ‘धर्मत्याग’ आज हाम्रो निम्ति मुख्य कुरा हो।

+++++++++++++++++++++++++++++++++++++++++++++++++

हाम्रा प्रवचनहरू अब तपाईंको सेलफोनमा पनि उपलब्ध छन्।
WWW.SERMONSFORTHEWORLD.COM.
मा जानुहोस्, ‘APP’ लेखिएको हरियो बटनमा क्लिक गर्नुहोस्।
त्यसपछि आउने निर्देशनहरू पालन गर्नुहोस्।

+++++++++++++++++++++++++++++++++++++++++++++++++

कृपया, २ थेसलोनिकी २:३ खोल्नुहोस्। किङ जेम्स बाइबलमा यस्तो लेखिएको छ,

‘कसैले कुनै किसिमले तिमीहरूलाई धोखा नदिओस्। किनकि पहिले विद्रोह नभएसम्म पापको मानिस, अर्थात् सर्वनाशको छोरो प्रकट नभएसम्म त्यो दिन आउनेछैन’ (२ थेस. २:३; पृष्ठ १२२७ स्कोफिल्ड)

न्यू अमेरिकन स्टान्डर्ड बाइबलमा यो पद यस्तो छ,

‘कसैले तिमीहरूलाई धोखा नदिओस्, किनकि पहिले धर्मत्याग नभई, पापको मानिस अर्थात् सर्वनाशको छोरो प्रकट नभई यो (परमप्रभुको दिन)’ आउनेछैन।’ (२ थेस. २:३, NASB)

‘धर्मत्याग’ ‘ही एपोस्टासिया’ बाट अनुवाद गरिएको हो। किङ जेम्समा यसलाई ‘पतन भएर जानु’ भनेर पनि अनुवाद गरिएको छ।

डा. डब्लु. ए. क्रिसवेलले लुइसभिल्ला, केन्टकीको साउदर्न ब्याप्टिस्ट थिअलजिकल सेमिनरी ग्रीक व्याख्यामा पीएचडी गरेका छन्। डा. क्रिसवेलले सधैँ नयाँ करारको ग्रीक शब्दहरूमा पूर्ण ध्यान दिए। डा. क्रिसवेलले भने, ‘प्रभुको दिन आउनुभन्दा अघि ख्रीष्टियन भनिनेहरू धेरै विश्वासीहरू ठूलो संख्यामा पतन भएर जानेछन्।’ यहाँ प्रयोग गरिएको सर्वनाम शब्द (त्यो) ले पावलको मनमा विशेष धर्मत्यागको कुरा थियो भन्ने संकेत गर्दछ। यो कुरा जानेपछि २ थेस. २:३ बाट दुइवटा महत्त्वपूर्ण कुरा सिक्छौं,


१. प्रभुको दिन आउनुभन्दा अघि यो धर्मत्याग हुनेछ।

२. प्रभुको दिन आउनुभन्दा अघि ख्रीष्ट विरोधी ‘प्रकट’ हुनेछ।


युगको अन्त्यमा यी दुवै कुरा प्रभुको दिन आउनुभन्दा अघि हुनेछन्, जुन महासंकष्ट र परमेश्वरको क्रोधको समय हो। महासंकष्टभन्दा अघि ऱ्याप्चर हुन्छ भन्ने सिद्धान्त सबै ख्रीष्टियनहरूले अघिबाटै जानिसकेका छन्। त्यसैकारण आज इभान्जलिकल ख्रीष्टियनहरूको बीचमा ‘धर्मत्याग’ को बारेमा त्यत्ति प्रचार गरिँदैन, अनि त्यसैकारण आज प्रायः बाइबलीय अगमवाणीका पुस्तकहरूमा ‘धर्मत्याग’ को चर्चा हुँदैन।

तर मार्भिन रोसन्थलले सही भनेका छन्, हामी अहिले ‘धर्मत्याग’ को सुरुमा छौं, भनी तिनलेठीकै भनेका छन्। यस कुराले आज ख्रीष्टियनहरूलाई कसरी प्रभाव पार्दछ? ‘तेस्रो विश्व’ मा अहिले विश्वासीहरू पहिलेको कुनै पनि समयमा भन्दा बढी सताइँदैछ। अनि ‘पश्चिमी विश्व’ मा शैतान र त्यसका भूतात्माहरूको ठूलो आक्रमणमा परेका छौं। अगमवक्ता दानिएललाई यी कुराहरू बताइएको थियो, तर तिनले भने, ‘मैले बुझिनँ।’ परमेश्वरले दानिएललाई भन्नुभयो, ‘यी वचनहरू अन्त्यको समयसम्मका लागि बन्द गरी मोहोर लगाइएका छन्।’ (दानिएल १२:८,९)

जोन एस. डिकर्सनले एउटा सुन्दर पुस्तक लेखेका छन्, द ग्रेट इभान्जलिकल रिसेसन् (बेकर बुक्स्, २०१३)। डिकर्सनले गेब लिअन्सको भनाइ उदधृत गरेका छन्, जसले भनेका छन्,

‘यो समय इतिहासको अरू कुनै पनि समयजस्तो होइन। यसको अद्वितीयताले मूल जवाफको माग गर्दछ। यदि हामीले अगाडि बढने भिन्नै बाटो दिन सकेनौं भने हाम्रा सम्पूर्ण पुस्ताहरू निराश र कटुतातिर लाग्नेछन्,...हाम्रा मित्रहरू निरन्तर अन्य अन्य प्रकारका आराधनाहीनतातिर लाग्नेछन्, तर त्यो धेरै आकर्षक हुनेछ (द नेक्स्ट क्रिश्चियन्स्, डबलडे २०१०, पृष्ठ ११, मैले जोड दिएको)।

डिकर्सनको पुस्तकको जिल्दमा यस्तो लेखिएको छ,

‘अमेरिकी चर्च खुम्चिरहेको छ। जवान ख्रीष्टियनहरू भागिरहेका छन्। हाम्रा अनुदानहरू घटदैछन्। संयुक्त राष्ट्रको संस्कृति चाँडै विरोधी र विपरीत हुँदैछ। यस्तो विनाशकारी गिरावटबाट हामी कसरी उम्कन सक्छौं?’

मलाई जोन डिकर्सनको पुस्तकको पहिलो आधा भाग मन पर्छ, तर तयारी गर्ने सम्बन्धमा अन्तिम भागको धेरै भागसँग म सहमत छैनँ।

तयारी गर्नका निम्ति हामीले यो बुझ्नुपर्छ कि अहिले हामी ‘धर्मत्याग’ सुरु भइरहेको समयमा छौं। यदि हामी कष्ट आउनुभन्दा अघि ऱ्याप्चर हुनेछौं भनी सोच्छौं भने भविष्यमा आउने कुराहरूका निम्ति हामी तयार भएका हुँदैनौं।

पास्टर रिचर्ड वर्मब्राण्ड एक इभान्जलिकल प्रचारक थिए, जसले रोमनियाको कम्युनिष्ट जेलमा ख्रीष्टको निम्ति यातना भोग्दै १४ वर्ष बिताएका थिए। जेलमा तिनका अनुभवहरू अमेरिकामा दुःख भोगिरहेको कुनै पनि ख्रीष्टियनको भन्दा धेरै बढी थियो। जेलको कोठामा मुसाहरूले तिनको खुट्टा टोक्थे। तिनलाई पिटियो। आगोमा रन्केको लोहाको राताराता सुइरोहरूले तिनका घाँटी र शरीरमा गहिरा घाउहरू बनाएका थिए। तिनी भोकले मर्ने अवस्थामा पुगेका थिए। अनि यो भयानक यातना १४ वर्षसम्म चल्यो। यस कुराले गर्दा पास्टर वर्मब्राण्डले ‘कष्ट-विज्ञान,’ अर्थात् दुःख-कष्टको सिद्धान्त तयार गरे। अमेरिकामा आएपछि (आश्चर्यकर्मद्वारा) तिनले हाम्रो चर्चलगायत, धेरैवटा चर्चहरूमा दुःख-कष्टका निम्ति तयार हुनुपर्नेबारे शिक्षा दिए। पास्टर वर्मब्राण्डले अमेरिकाका ख्रीष्टियनहरूले आफैलाई दुःख-कष्टको निम्ति तयार पार्नुपर्छ भनी भने। तिनले भने, ‘हामी जेलमा पर्नुभन्दा अघि, अहिल्यै नै तयारी गर्नुपर्छ। जेलमा तपाईं सबै कुरा गुमाउनुहुन्छ, जीवनलाई आनन्दपूर्ण बनाउने केही पनि बाँकी रहँदैन। पहिलेबाटै जीवनका सुखविलास नत्यागेका व्यक्तिको कसैले पनि विरोध गर्दैन’ (जोन पाइपरले लेट द नेसन्स् बी ग्लाड मा उल्लेख गरेका, बेकर बुक्स्, २०२०, पृष्ठ १०)।

डा. पल निकिइस्टले भने, ‘तयार हुनुहोस्। हाम्रो देशमा सांस्कृतिक परिवर्तन भइरहेको बेला सतावटको सामना गर्दै बाइबलले भनेको जस्तो प्रकारले जिउन हाम्रो निम्ति चुनौती हुन्छ’ (जे. पल निकिइस्ट, प्रिपेरः लिभिङ योर फेथ इन एन इन्क्रिजिङली हस्टाइल कलचर, मुडी पब्लिसर्स, २०१५, पृष्ठ १४)।

नोआका दिनहरू धर्मत्यागका दिनहरू हुन्

येशूले भन्नुभयो,

‘मानिसको पुत्रको आगमन नोआका दिनहरूजस्तै हुनेछ। किनकि जसरी जलप्रलयभन्दा अगाडि नोआ जहाजभित्र पस्ने दिनसम्म, मानिसहरू खाइरहेका, पिइरहेका र विवाहबारी गरिरहेका थिए, अनि जलप्रलय आएर तिनीहरू सबैलाई स्वात्तै बगाइ नलगेसम्म तिनीहरूले थाहा पाएनन्। मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ’ (मत्ती २४:३७-३९, पृष्ठ १०३४)।

धेरै जना इभान्जलिकलहरू नोआका दिनहरू ठूलो कष्टको समय थिए भनी सोच्छन्। तर कुरा त्योभन्दा धेरै कुराहरू छन्। नोआको समयका मानिसहरू नोआ जहाजभित्र पस्ने दिनसम्म ‘खाइरहेका, पिइरहेका अनि विवाहबारी गरिरहेका थिए।’ (मत्ती २४:३८)

आज अमेरिका र पश्चिमी मुलुकहरूमा यस्तै भइरहेको छ। ‘तेस्रो विश्व’ मा धेरै सतावट छ। चीनजस्ता ठाउँहरूमा साँचो जागृति छ। तर अमेरिका र पश्चिमी मुलुकमा त्यस्तो छैन। यहाँका मानिसहरू भौतिक कुराहरूमा चासो राख्छन्। तिनीहरू खाइरहेका र पिइरहेका छन् विवाह गर्दैछन् र विवाह दिइरहेका छन्। यसो गर्नु सामान्य कुरा जस्तो लाग्छ। तर त्यसमा धेरै कुराहरू छन्। ‘खानु र पिउनु, विवाह गर्नु र विवाह दिनु’ नै तिनीहरूका जीवनको मुख्य कुरा हो। तिनीहरू जिउनका निम्ति तिनै कुराहरू चाहिन्छ भनी सोच्थे। तिनीहरूका निम्ति जीवनका भौतिक कुराहरू नै सबैभन्दा महत्त्वपूर्ण थिए।

लाउडिकियाको चर्च अमेरिका र पश्चिमी
मुलुकका चर्चहरूको तस्वीर हो

येशूले भन्नुभयो,

‘अनि लाउडिकियाका मण्डलीका दूतलाई यो लेख, यी कुरा आमिन, विश्वासयोग्य र साँचो साक्षी र परमेश्वरका सृष्टिको शासकले भन्दछ। मलाई तिम्रा कामहरू थाहा छ। तिमी चिसो पनि छैनौ, तातो पनि छैनौ, चिसो कि तातो भए त हुनेथियो। किनकि तिमी मनतातो छौ, न चिसो न तातो, यसकारण म तिमीलाई मेरो मुखबाट उकेलिदिनेछु। ‘म धनी छु, र मसित धन-सम्पत्ति छ, र मलाई केही कुराको खाँचो छैन’ भनी तिमी भन्दछौ, तर तिमीलाई थाहै छैन कि तिमी दुःखी, दयनीय, दरिद्र, अन्धा र नाङ्गा छौ। यसकारण धनी हुनलाई आगोले खारेको सुन र आफ्नो नग्नताको शर्म ढाक्नलाई सेतो वस्त्र र तिमीले देख्न सक भनी तिम्रा आँखामा लाउनलाई मलहम, यी सबै मबाट किन्ने म तिमीलाई सल्लाह दिन्छु। जत्तिलाई म माया गर्छु, म तिनीहरूलाई हप्काउँछु, र ताडना दिन्छु। यसकारण उत्साहित होओ। पश्चात्ताप गर (प्रकाश ३:१४-१९ पृष्ठ १३३४)

यो विश्वासबाट पतित चर्चको तस्वीर हो। यो त्यस्तो चर्च हो जुन मनतातो छ, न चिसो न त तातो (प्रकाश ३:१६)। यो हृदय परिवर्तन नभएका मानिसहरूले भरिएको चर्च हो (प्रकाश ३:१७)। यो पश्चात्ताप गर्न नचाहने चर्च हो (प्रकाश ३:१९)।

हामीले विगत ४० वर्षमा हाम्रो मण्डली दुइपल्ट ठूलो रूपमा विभाजन भएको देखेका छौं। दुवै पल्ट हामीलाई छोडेर जानेहरू तिनीहरू थिए, जो ‘मनतातो’ हुन चाहन्थे। तिनीहरू दुवै आत्मा जित्ने विषयमा मनतातो बने। तिनीहरू दुवैले गम्भीर ख्रीष्टिय मतलाई इन्कार गरे। मानिसहरूलाई, तिनीहरूलाई हामीबाट टाढा लैजाने कुरा यो थियो कि हामी धेरै ‘अनुशासित’ थियौं, अनि हामीलाई छोडेर जाँदा तिनीहरूलाई धेरै ‘आनन्द; हुनेथियो। दुवैपल्ट तिनीहरू ‘जोशिलो’ चर्च बन्न असफल बने। तिनीहरूले आफ्नै मानिसहरूलाई मनतातो वातावरणमा राख्न सकिँदैन भनी बुझे (ढिलो गरेर)। अन्त्यमा तिनीहरू दुवै असफल बने। येशूले भन्नुभयो, ‘म तिमीलाई मेरो मुखबाट उकेलिदिनेछु’ (प्रकाश ३:१६)। तिनीहरू संसार, शरीर र शैतानबाट अलग हुन चाहँदैन थिए। तिनीहरू जोशिला कट्टरवादीहरू बन्न चाहँदैन थिए, यसैले तिनीहरू चाँडै मनतातो नव इभान्जलिकलहरू बने। आत्मिक रूपमा तिनीहरू चाँडै आधा जीवित वा त्योभन्दा नराम्रो बने।

आफैलाई सोध्नुहोस्। यदि चानको साथमा जाने मानिसहरू चीन देशमा हुन्थ्यो भने के तिनीहरू भूमिगत चर्च रहन्थे होलान् कि तिनीहरू कम्युनिष्टहरूद्वारा समर्थित ‘तीनवटा स्वयम् चर्च’ मा जानेथिए? त्यसको उत्तर तपाईं जान्नुहुन्छ। तिनीहरू साँच्चै कम्युनिस्ट चर्चमा जानेथिए। किन? किनकि तिनीहरू साँचो ख्रीष्टिय मत चाहँदैन थिए। तिनीहरूका मुखहरू कोमल, नव इभान्जलिकल ‘चर्च’का निम्ति भोका हुन्छन्। अनि धर्मत्याग गरेका चानले तिनीहरूलाई त्यही कुरा दिएका छन्। कोमल, नव इभान्जलिकल ‘चर्च’। त्यो तपाईं जान्नुहुन्छ। तपाईंले अघिबाटै त्यो जान्नुभएको छ। मैले तपाईंहरूलाई कुनै नयाँ कुरा भनिरहेको छैनँ।

म हाम्रो समयको नव इभान्जलिकल चर्चहरूको धर्मत्यागको वर्णन गरेर यो सन्देशलाई अन्त्य गर्दछु।

‘तर यो बुझिराख, कि आखिरी दिनहरूमा डरलाग्दा समयहरू आउनेछन्। किनभने मानिसहरू आफैलाई मात्र माया गर्ने, रुपियाँपैसाको मोह गर्ने, घमण्डी, हठी, अरूको बदनाम गर्ने, आमा-बाबुको आज्ञा पालन नगर्ने, बैगुनी र अपवित्र, स्वाभाविक प्रेमरहितका, खुसी पार्न नसकिने, अरूको बदख्वाइँ गर्ने, विश्वासघाती, उत्ताउला, अहङ्कारले फुलेका, परमेश्वरलाई भन्दा सुख-विलासलाई प्रेम गर्ने, भक्तिको भेषचाहिँ लिने, तर त्यसको शक्तिलाई इन्कार गर्ने हुनेछन्। यस्ता मानिसहरूबाट अलग्ग बस।’ (२ तिमोथी ३:१-५, पृष्ठ १२८०, १२८१)

‘सधैँ सिक्छन्, तर सत्यको ज्ञानमा कहिल्यै आउन सक्दैनन्।’ (२ तिमोथी ३:७, पृष्ठ १२८१)

‘ख्रीष्ट येशूमा भक्तिसाथ जीवन बिताउन इच्छा गर्नेहरू सबै जना सतावटमा पर्ने नै छन्’ (२ तिमोथी ३:१२, पृष्ठ १२८१)

‘वचन प्रचार गर, समय र बेसमयमा तत्पर बस, अर्ती देऊ, हप्काऊ, उत्साह देऊ र धैर्यमा र शिक्षा दिने कुरामा नचुक। किनकि यस्तो समयमा आउँदैछ, जब तिनीहरू ठीक शिक्षालाई नसहने हुनेछन्, तर आफूलाई मन परेका कुरा मात्र सुन्न चाहनेछन् र आफ्नो रुचिअनुसार शिक्षकहरू थुपार्नेछन्, र सत्य कुरा सुन्नदेखि तर्किजानेछन्, दन्त्यकथाहरूतिर बरालिनेछन्। तिमीचाहिँ दह्रिला होऊ। कष्ट भोग, प्रचारकको काम गर, र तिम्रो सेवाको काम पूरा गर।’(२ तिमोथी ४:२-५, पृष्ठ १२८१)

‘डेमास यस वर्तमान संसारलाई प्रेम गरी मलाई त्यागेर ऊ थेसलोनिकेमा गएको छ।’ (२ तिमोथी ४:१०, पृष्ठ १२८१)

‘भाइ हो, म तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछु, कि तिमीहरूलाई सिकाइएको धर्म-सिद्धान्त विरुद्धमा फूट र बाधा-बिघ्न सृष्टि गर्नेहरूलाई नजर राख, र तिनीहरूबाट अलग्गै बस। किनभने यस्ताहरूले ख्रीष्ट हाम्रा प्रभुको निम्ति होइन, तर आफ्नै पेटका निम्ति सेवा गर्दछन्, र तिनीहरूका मिठा-मिठा बोली र कुराले सीधासाधाहरूका हृदयलाई धोखा दिन्छन्।’ (रोमी १६:१७,१८, पृष्ठ १२१०)

मेर प्रिय दाजुभाइ, दिदी-बहिनी हो, मैले आज बेलुकी तपाईंहरूलाई प्रचार गरेको कुरा महान् अगमवक्ता दानिएलले पूर्ण रूपमा बुझ्न सकेनन्। तर परमेश्वरलाई धन्यवाद होस्, उहाँले ऱ्याप्चरको विषयमा बोल्न त्यसको बारेमा नयाँ ज्ञान दिन मार्भिन रोसन्थलजस्ता मिसनरी खडा गर्नुभयो। महासंकष्ट र येशू ख्रीष्टको दोस्रो आगमन (जिल्द, द प्रि-ऱ्याथ ऱ्याप्चर अफ द चर्च; थोमस नेलसन्, १९९०)

हामी त्यस महान् धर्मत्यागको सुरुको चरणमा छौं। हो, हामीले सतावटहरू सहनुपर्छ, जस्तो चीनका मानिसहरूले सहेका छन्, रिचर्ड वर्मब्राण्डले सहे, जसरी ‘तेस्रो विश्व’ भरिका मानिसहरूले सहेका छन्। तर जस-जसले ख्रीष्टलाई प्रेम गर्छन् तिनीहरूले अन्त्यमा जित्नेछन्, किनकि येशूले भन्नुभएको छ,

‘तिमीले धैर्यको मेरो वचन पालन गरेका हुनाले, तिमीलाई परीक्षाको त्यस बेलादेखि म बचाउनेछु, जो पृथ्वीमा वास गर्ने मानिसहरूलाई जाँच गर्न सारा संसारमा आउनेवाला छ। म चाँडै आइरहेछु। तिमीसँग जे छ, त्यसलाई पक्रिराख र तिम्रो मुकुट कसैले लिनेछैन। जसले जित्छ, त्यसलाई म मेरा परमेश्वरका मन्दिरको एउटा स्तम्भ बनाउनेछु, र ऊ त्यहाँबाट कहिल्यै बाहिर निस्कनेछैन। म त्यसमा मेरा परमेश्वरको नाउँ लेख्नेछु, र मेरा परमेश्वरको शहरको नाउँ, अर्थात् यरूशलेम लेख्नेछु, जो मेरा परमेश्वरबाट स्वर्गदेखि तल आउँदछ। आफ्नै नयाँ नाउँ पनि म त्यसमा लेख्नेछु। जसको कान छ, त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ।’(प्रकाश ३:१०-१३, पृष्ठ १३३४)

कृपया, खडा हुनुहोस् र ‘के हुँ म क्रूसको सिपाही?’ भजनको पहिलो, दोस्रो र चौथो खण्ड गाउनुहोस्।

हुँ के म क्रूसको सिपाही, थुमाको चेला,
डराउँछु कि उहाँको उद्देश्यका निम्ति वा शर्माउँछु कि लिन उहाँको नाउँ?

लगिन्छु कि म आकाशमा आरामदायी फूलको ओछ्यानमा,
अरूहरू लड्छन् इनाम जित्न, रगतको नदीमा डुङ्गा चलाउँछन्?

निश्चय लड्नुछ मैले राज गर्नलाई मेरो साहस बढाउनोस् प्रभु,
परिश्रम गर्छु, कष्ट सहन्छु, तपाईंको वचनको सहायतामा?
(‘एम आइ अ सोल्जर अफ द क्रस?’ डा. आइजक वाट्सद्वारा रचित, १६७४-१७४८)


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।