Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




पत्रुस कसरी चेला बने

HOW PETER BECAME A DISCIPLE
(Nepali)

डा. क्रिस्टोफर एल. केगनद्वारा लेखिएको पाठद्वारा डा. आर. एल. हिमर्स, जुनियरद्वारा १ सेप्टेम्बर, २०१९, आइतबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा प्रचार गरिएको प्रवचन
Text by Dr. Christopher L. Cagan;
preached by Dr. R. L. Hymers, Jr.
at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Evening, September 1, 2019

‘यूहन्नाले भनेका कुरा सुन्ने र येशूलाई पछ्याउने ती दुइ जनामध्ये एक जना सिमोन पत्रुसका भाइ अन्द्रियास थिए। तिनले पहिले आफ्ना भाइ सिमोनलाई भेट्टाए, र उनलाई भने ‘हामीले मसीहलाई (जसको अर्थ हो, ख्रीष्ट) भेट्टाएका छौं।’ तिनले सिमोनलाई येशूकहाँ ल्याए। येशूले उनलाई हेर्नुभयो र भन्नुभयो, ‘तिमी योआनेसका छोरा सिमोन हौ, तिमी केफास (जसको अर्थ हो, चट्टान) भनिनेछौ।’ (यूहन्ना १:४०-४२, स्कोफिल्ड बाइबल, पृष्ठ १११६)


यो पत्रुसले येशूलाई भेटेका पहिलोचोटि थियो। तिनको खास नाउँ सिमोन थियो। येशूले तिनलाई ‘पत्रुस’ भन्ने नाउँ दिनुभयो, जसको अर्थ ‘चट्टान’ हो। तिनको दाजु अन्द्रियास हो। पत्रुस एक मछुवा थिए। अन्द्रियास र पत्रुस एउटा गाउँमा बस्थे जुन गालीलको समुद्रदेखि त्यत्ति टाढो थिएन, तिनीहरूले त्यही समुद्रमा माछा मार्थे। तिनीहरूका जीवन कठिन थियो, किनकि माछा मार्नका निम्ति शरीरिक रूपमा बलियो हुनुपर्छ र कठोर परिश्रम गर्नुपर्छ। पत्रुस विवाहित थिए, येशूले तिनकी सासूलाई निको पार्नुभएको थियो। येशूले पत्रुसलाई भेट्दा तिनी ३० वर्ष पुगेका थिए। तिनी चेलाहरूमध्ये सबैभन्दा पुरानो थिए।

गालील समुद्रका मछुवाहरू कठोर मानिस हुन्थे। माछा मार्नका निम्ति धेरै शारीरिक बल चाहिन्छ। तिनीहरूले डरको सामना गर्नुपर्छ, किनकि गालीलको समुद्रमा अचानक डरलाग्दो आँधीबेहरी चल्थ्यो। ती आँधीबेहरीले सजिलै तिनीहरूका साना डुङ्गाहरूलाई छोप्न सक्थे र मानिसहरूलाई डुबाउन सक्थे।

पत्रुस एक फरिसी थिएनन्। तिनी एक यहूदी थिए, र कहिलेकहीं सभाघरमा पनि जान्थे। तिनी फरिसीहरूजस्तो धर्ममा कट्टर थिएनन्। तर पत्रुस अरू मछुवाहरूजस्तो नभएर तिनले आफ्नो हृदयमा आफू पापी भएको महसुस गर्थे। पछिबाट तिनले येशूलाई भने, ‘हे प्रभु, मबाट जाइजानुहोस्, किनभने म एक पापी मानिस हुँ’। (लूका ५:८; पृष्ठ १०७८)

यसैले पत्रुस सुरुमा एक धार्मिक व्यक्ति वा एक असल ख्रीष्टियन जस्तो थिएनन्। तिनको चरित्र कठोर थियो। तिनी एक कठोर मछुवा हुनुपर्थ्यो। तिनी पूरा तालीम पाएको ‘मण्डलीको व्यक्ति’ जस्तो थिएनन्। तिनी नराम्रो भाषा बोल्थे र झनक्क रिसाउँथे। तिनी पापी थिए, र धेरैवटा गल्तीहरू गर्थे।

+++++++++++++++++++++++++++++++++++++++++++++++++

हाम्रा प्रवचनहरू अब तपाईंको सेलफोनमा पनि उपलब्ध छन्।
WWW.SERMONSFORTHEWORLD.COM.
मा जानुहोस्, ‘APP’ लेखिएको हरियो बटनमा क्लिक गर्नुहोस्।
त्यसपछि आउने निर्देशनहरू पालन गर्नुहोस्।

+++++++++++++++++++++++++++++++++++++++++++++++++

अब त्यो व्यक्तिको बारेमा विचार गर्नुहोस्, जसलाई ख्रीष्टमा जित्ने तपाईंले विचार गरिरहनुभएको छ। पत्रुसजस्तै त्यो व्यक्ति पूर्ण रूपले सुसज्जित र तालीमप्राप्त ‘मण्डलीको व्यक्ति’ को व्यक्ति होइन। ऊ किन मण्डलीका सेवाहरूमा आउनुपर्छ भनी उसले बुझ्दैन। उसले घन्टौंसम्म भिडियो गेम खेल्नु वा हराएका मित्रहरूको साथमा घुमिहिँड्नु राम्रो मान्छ। उसले चिनेका सबै मानिस ऊजस्तै छन्। उसको जीवनमा पाप छ। उसका विचारहरू गलत छन्। उसका आफ्नै समस्याहरू छन्। ऊसँग तर्क गरेर तपाईं उसलाई ख्रीष्टमा ल्याउन सक्नुहुन्न। बरु उसलाई येशूको बारेमा बताउनुहोस्। उसको मित्र बन्नुहोस्। उसलाई तपाईंको साथमा मण्डलीमा ल्याउनका निम्ति तपाईं विचारशील हुनुपर्छ। पत्रुसले तालीम पाएको थिएन, अनि संसारमा हराएको व्यक्तिले पनि तालीम पाएको हुँदैन।

पत्रुसलाई तिनका दाजु अन्द्रियासले येशूको बारेमा बताए। ‘तिनले पहिले आफ्ना भाइ सिमोनलाई भेट्टाए, र उनलाई भने, ‘हामीले मसीह (जसको अर्थ हो, ख्रीष्ट)लाई भेट्टाएका छौं।’ पत्रुसले पहिलोचोटि येशूको बारेमा सुन्दा तिनी येशूका चेला बनेनन्।

यो कुरा महत्त्वपूर्ण छ। डा. ए. डब्लु. टोजरले ‘निर्णयवाद’ नाउँको निबन्धमा स्पष्ट भनेका छन्, कि मानिसहरूलाई जबरजस्ती ‘पापीले गर्ने प्रार्थना’ गर्न लगाउँदा त्यसले तिनीहरूलाई साँचो ख्रीष्टियन, साँचो चेला बनाउँदैन। पत्रुसले पहिलोचोटि येशूको बारेमा सुन्दा ‘निर्णय’ लिएनन्। हो, पत्रुस उत्सुक थिए। तिनी अझ अरू कुराहरू सुन्न चाहन्थे। तर बप्तिस्मा दिने यूहन्ना पक्राउ पर्नुभन्दा अघिसम्म पत्रुसले येशूको चेला बन्ने निर्णय गरेका थिएनन्।

‘अब यूहन्ना पक्राउ परेपछि परमेश्वरको सुसमाचार प्रचार गर्दै येशू गालीलमा आउनुभयो। उहाँले भन्नुभयो, समय पूरा भएको छ, र परमेश्वरको राज्य नजिक आइपुगेको छ। पश्चात्ताप गर र सुसमाचारमा विश्वास गर। गालील समुद्रको किनार-किनारै जाँदैहुनुहुँदा उहाँले सिमोन र तिनका भाइ अन्द्रियासलाई समुद्रमा जाल हानिरहेका देख्नुभयो। किनकि तिनीहरू जालहारी थिए। येशूले तिनीहरूलाई भन्नुभयो, ‘मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका जालहारी बनाउनेछु।’ तिनीहरूले तुरुन्तै आफ्नै जालहरू छोडे र उहाँको पछि लागे।’ (मर्कूस १:१४-१८, पृष्ठ १०४६)

तपाईंले ख्रीष्टमा ल्याउन चाहनुहुने प्रत्येक व्यक्तिले कुनै न कुनै बेला ख्रीष्टको चेला बन्ने कि नबन्ने भनी निर्णय गर्नुपर्छ। संघर्ष यही नै हो। लडाइँ यही नै हो। ऊ तपाईंको साथमा केही हप्ता वा केही महिना मण्डलीमा आउनेछ कि छैन भन्ने कुरा महत्त्वपूर्ण हुँदैन। यो चलिरहने लडाइँ हो, जुन महिनौ वा वर्षौंसम्म चलिरहन सक्छ।

यही कुरा नजान्नाले क्रेग्टन चानलाई कुन कुराले सुसमाचार प्रचारमा निष्प्रभाव बनाउँछ। अरू धेरै जना निर्णयवादीहरू जस्तै तिनी पनि सुसमाचारका केही ‘सत्यताहरू’ बुझेपछि आफूहरू ‘भित्र’ हुने कुरा सोच्छन्। चान र वल्डरिपजस्ता निर्णयवादीहरू मानिसहरूलाई चाँडै धेरै अगाडि बढाउने गर्छन्। तिनीहरू बुझ्दैनन्, साँचो रूपले आत्माहरू जित्नका निम्ति निरन्तर लडाइँ गर्नुपर्छः ‘जसले मानिसहरू उद्धारमा ल्याउँछ, त्यो बुद्धिमान् हो’ (हितोपदेश ११:३०, पृष्ठ ६८०)। डा. ए. डब्लु. टोजरले बुद्धिमानीसाथ भनेका छन्ः

‘उद्धारका सबै कुरालाई दुइ जनाको एउटा अनुभवमा खाँदने कोसिस गर्नेहरूले तत्काले ख्रीष्टियन बन्ने कुराको वकालत गरेर विकासको त्यो नियमलाई पन्साउँछन् जसअनुसार प्रकृति चल्दछ। तिनीहरू दुःख, क्रूस बोक्ने र व्यावहारिक रूपमा आज्ञापालन गर्ने कुराको पवित्र पार्ने प्रभावलाई बेवास्ता गर्छन्। तिनीहरू आत्मिक तालीमको आवश्यकता, सही प्रकारको धार्मिक आनीबानी साथै संसार, शैतान र शरीरको विरुद्ध लडाइँ गर्नुपर्ने आवश्यकतालाई त्यसै छोडिदिन्छन्। (दि इनएडुकेसी अफ इन्स्टेन्ट क्रिष्चियनिटी)

मण्डलीको ‘महान् विभाजन’ हुँदा पत्रुसको जाँच भएको थियो। अरूहरू छोडेर गए। पत्रुसले छोडेर नजाने निर्णय गरे। तिनले अरूहरूको साथमा नजाने निर्णय गरे।

‘उहाँका चेलाहरूमध्ये धेरै जना पछि हटे, र उहाँसँग हिँड्न छोडे। येशूले बाह्रैलाई भन्नुभयो, ‘के तिमीहरू पनि मलाई त्यागेर जाने? सिमोन पत्रुसले जवाफ दिए, ‘हे प्रभु, हामी कसकहाँ जाऔं? तपाईसित अनन्त जीवनका वचन छन्, र हामीले विश्वास गरेका छौं र जानेका छौं, तपाईं परमेश्वरका पवित्र जन हुनुहुन्छ।’ (यूहन्ना ६:६६-६९, पृष्ठ ११२४)

येशूले बाह्र जनालाई भन्नुभयो, ‘के तिमीहरू पनि मलाई छोडेर जाने?’ अनि सिमोन पत्रुसले उहाँलाई जवाफ दिँदै भने, प्रभु हामी कसकहाँ जाने, तपाईंसित अनन्त जीवनका वचन छन्’ (यूहन्ना ६:६७,६८)। यो खण्डमा दुइवटा कुरा महत्त्वपूर्ण छन्।

१. उहाँलाई छोडेर जानेहरूले फेरि कहिल्यै उहाँको वचन सुन्न पाएनन्। मैले मेरो ६१ वर्षको सेवकाइमा यो थाहा पाएको छु, मण्डलीलाई विभाजन गरी छोडेर जानेहरू कहिल्यै पनि बलिया चेलाहरू बन्दैनन्। मैले त्यसो गर्ने बलियो चेला कहिल्यै देखेको छैन।

२. यदि ती ‘छोडेर जानेहरूको’ साथमा गएका भए तिनको जीवन कहिल्यै परिवर्तन हुनेथिएन।

‘तिनीहरू हामीबाट निस्केर गए, किनकि तिनीहरू हाम्रा थिएनन्। यदि तिनीहरू हाम्रा हुँदा हुन् त तिनीहरू हामीसँगै रहिरहनेथिए, तर तिनीहरू हाम्रा होइन रहेछन् भन्ने कुरा प्रकट गराउनलाई तिनीहरू निस्केर गएका हुन्’ (१ यूहन्ना २:१९, पृष्ठ १३२२)

‘तिनीहरूले भनेका थिए, ‘आखिरी समयमा आफ्नै भक्तिहीन वासनाको पछि लागेर गिल्ला गर्नेहरू हुनेछन्।’ फूट हाल्नेहरू, सांसारिक मानिसहरू र पवित्र आत्मा नभएका मानिसहरू यिनै हुन्।(यहूदा १८,१८, पृष्ठ १३२९)

जसले छोडेर जान्छन् तिनीहरूले ख्रीष्टियन चेलापनको साँचो वास्तविकतालाई बुझेका छैनन् भन्ने कुरा देखाउँछ। एक चेला हुनु, साँचो हृदय परिवर्तन हुनु केही बाइबल पदहरू कण्ठ गर्नु वा केही सिद्धान्तहरूमा विश्वास गर्नुभन्दा धेरै कुरा हो। चेलापनमा रहिरहने निर्णय हुन्छ, त्यहाँ छोड्ने विचार हुँदैन, किनकि त्यहाँभन्दा ‘बाहिर’ केही पनि फाइदाजनक हुँदैन। पत्रुसले यो कुरा बुझेका थिए- तापनि तिनको हृदय अझसम्म परिवर्तन भएको थिएन।

म सोच्छु, आत्मा जित्नु एउटा ठूलो कार्य हो भनी तपाईं बुझ्नुहुन्छ होला। त्यो नाउँ प्राप्त गर्नु वा कसैलाई प्रार्थना गर्न लगाउनु मात्र होइन। यो एक जीवित व्यक्तिको आत्माका निम्ति जिउँदो संघर्ष हो।

हृदय परिवर्तन र चेलापन भनेको येशू को हुनुहुन्छ भन्ने ज्ञान प्राप्त गर्नुभन्दा अझ बढी कुरा हो।

‘तिमीहरू के भन्छौ, म को हुँ?’ सिमोन पत्रुसले जवाफ दिए, ‘तपाईं परमेश्वरका पुत्र ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरका पुत्र।’ येशूले तिनलाई भन्नुभयो, ‘योनाको छोरो सिमोन, तिमी धन्य हौ। किनभने मानिसबाट तिमीलाई यो प्रकट भएको होइन, तर स्वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो।’ (मत्ती १६:१५-१७; पृष्ठ १०२१)

पिता परमेश्वरले पत्रुसलाई येशू को हुनुहुन्छ भनी देखाउनु (प्रकट गर्नु)भयो। तर त्यसबेला पनि पत्रुसको जीवन परिवर्तन भएको थिएन। धेरै जना मानिसहरू त्यस बेला तिनको हृदय परिवर्तन भएको थियो भनी सोच्छन्। तर तिनीहरू गलत छन्।

यूहन्नाले पत्रुसलाई येशू वास्तवमा को हुनुहुन्छ भनी देखाएपछि पत्रुसले सुसमाचारलाई इन्कार गर्न थाले!

‘उहाँ कसरी यरूशलेममा जानुपर्छ, र धर्म-गुरु र मुख्य पूजाहारीहरू र शास्त्रीहरूबाट धेरै कष्ट भोग्नुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा जीवित भइउठ्नुपर्छ भनी उहाँले त्यस बेलादेखि आफ्ना चेलाहरूलाई बचाउन थाल्नुभयो। पत्रुसले उहाँलाई एकातिर लगेर हप्काउन लागे, ‘परमेश्वरले यसो नगरून्, प्रभु, तपाईंमाथि यस्तो कहिल्यै हुनेछैन।’ तर फर्केर उहाँले पत्रुसलाई भन्नुभयो, ‘ए शैतान, मेरो सामुन्नेबाट हटिजा, तँ मेरो निम्ति बाधा होस्। किनभने तँ परमेश्वरका कुरामा होइन, तर मानिसहरूका कुराहरूमा ध्यान दिन्छस्’’ (मत्ती १६:२१-२३, पृष्ठ १०२२)

पत्रुसले सुसमाचारको विरोध गरे। येशूले उहाँ क्रूसमा टाँगिनुहुनेछ र मरेकोबाट बिउँतनुहुनेछ भन्नुहुँदा तिनले उहाँलाई हप्काए। तिनले सुसमाचारलाई इन्कार गरे। यसैले कुनै व्यक्ति वर्षौंदेखि येशूको चेला भएर पनि संघर्ष गरिरहेको हुन सक्छ। यो पूर्ण रूपमा सत्य हो!

पत्रुसले आफू एक बलियो ख्रीष्टियन भएकोमा घमण्ड गरे। ख्रीष्ट क्रूसमा टाँगिनुभन्दा एक रात अघि पत्रुसले उहाँलाई यसो भनेको थियो, ‘मैले तपाईंसँग मर्नुपरे तापनि म तपाईंलाई इन्कार गर्नेछैनँ’ (मत्ती २६:३५; पृष्ठ १०३८)। तापनि केही घन्टापछि नै पत्रुसले येशूलाई तीन पल्ट इन्कार गरे।

पत्रुस अझै प्रभुमा जितिएको थिएन। येशू गेतसमनीमा पक्राउ पर्नुहुँदा तिनी शारीरिक रूपमा येशूदेखि भागे। तिनले ठूलो सोरमा तीनचोटि येशूलाई इन्कार गरे। पत्रुस अरूहरूसँगै एक चेला थिए- तर तिनको संघर्ष अझै समाप्त भएको थिएन। तिनी अझै जितिएको थिएन। तिनी अझै ‘भित्र’ पसेको थिएन।

येशू मरेकोबाट जीवित भइ उठ्नुभएपछि मात्र आखिरीमा पत्रुसको हृदय परिवर्तन भएको थियो। यो कुरा यूहन्ना २०:२२ मा लेखिएको छ,

‘अनि यति भनेर उहाँ (येशू) ले तिनीहरूमाथि श्वास फुकेर भन्नुभयो, ‘पवित्र आत्मा लेओ।’’ (यूहन्ना २०:१९-२२; पृष्ठ ११४४)

बाइबल टिप्पणीकार जोन इल्लिकटले भनेका छन्, कि प्रेरित यूहन्नाले ‘त्यस क्षणको तिनीहरूका जीवनमा यति ठूलो प्रभाव परेको थियो, जसको कारण तिनीहरू आत्मिक प्राणी बनेका थिए, त्यसैद्वारा तिनीहरूलाई मृत्युबाट जीवनमा बोलाइएको थियो’ (इल्लिकट कमेन्टेरी अन होल बाइबल)। अनि अवश्य, डा. जे. भर्नोन मेकजीले भनेका छन्, कि यही बेला, अर्थात् येशू मरेकोबाट बौरी उठनुभएको बेला पत्रुसको पुनर्जन्म, नयाँ जन्म भएको थियो। (हेर्नुहोस्, यूहन्ना २०:२२ माथि थ्रु द बाइबल)।

त्यही बेला पत्रुसले येशूमा पूर्ण विश्वास गरेका थिए। तिनी चाँडै एक साहसी प्रेरित बने, जसले पेन्तिकोसको दिन प्रचार गरे, अनि तीन हजार मानिसले उद्धार पाएका थिए। पछिबाट ख्रीष्टलाई इन्कार गर्नुभन्दा बरु उहाँको निम्ति आफ्नो प्राण दिए। तर ती सबैभन्दा अघि पत्रुसमा झूटो सुरुआत र असफलताहरू, संघर्षहरू र जानकारीहरू मात्र थिए।

आत्मा जित्नु गम्भीर कुरा, ठूलो संघर्ष हो भनी के तपाईं बुझ्नुहुन्छ? यो फोन गरेर वा प्रार्थना गरेर गर्न सकिन्छ। यो पुरुष वा महिलाको जीवनका निम्ति जीवनको संघर्ष हो। यसका निम्ति तपाईंले प्रार्थनाहरू गर्नुपर्छ। यसको निम्ति बुद्धि चाहिन्छ। यसको निम्ति मिहिनेत गर्नुपर्छ। यसको निम्ति समय लाग्छ। यदि तपाईंले आफ्नो सम्पूर्ण जीवनकालमा एउटा आत्मा जित्नुभयो भने तपाईं आशिषित हुनुहुन्छ। तपाईंले ठूलो काम गर्नुभएको हुन्छ। तपाईंले राम्रो काम गर्नुभएको हुन्छ। मेरो प्रार्थना छ तपाईं यो गर्न सक्षम बन्नुहोस्।

के यो हिँड्न पर्ने लामो बाटो जस्तो लाग्छ? के यो कठिन र लामोजस्तो लाग्छ? येशूले भन्नुभयो, ‘किनभने जीवनमा पुऱ्याउने बाटो साँघुरो हुन्छ, त्यो भेट्टाउने थोरै नै हुन्छन्।’(मत्ती ७:१४; पृष्ठ १००४)

तर यो सन्देशमा हामी पत्रुसलाई नै अन्तिम कुरा भन्न दिऔं। यो पत्रुस क्रूसमा झुण्ड्याइएर मारिनुभन्दा अघि तिनले भनेका अन्तिम शब्दहरू हुन्,

‘तर हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको ज्ञानमा बढदैजाओ। उहाँलाई अहिले र सदासर्वदा महिमा होस्। आमिन।’ (२ पत्रुस ३:१८; पृष्ठ १३२०)


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।