Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




झूटो ख्रीष्टियनको पर्दाफास

THE FALSE CHRISTIAN DISCOVERED!
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

७ जुलाई, २०१९, आइतबार बिहान लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Morning, July 7, 2019

‘मलाई प्रभु, प्रभु भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन्। स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिसले मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ। त्यो दिन धेरैले मलाई भन्नेछन्, ‘प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेनौं? तपाईंको नाउँमा भूतहरू धपाएनौं, र तपाईंको नाउँमा अनेक शक्तिशाली काम गरेनौं र?’ अनि म तिनीहरूलाई सफासँग भन्नेछु, ‘मैले तिमीहरूलाई कहिल्यै चिनेको छैनँ। ए अधर्म काम गर्नेहरू हो, मबाट दूर होओ।’ (मत्ती ७:२१-२३)


यहाँ म २१ पदलाई लिन्छु,

‘मलाई प्रभु, प्रभु भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन्। स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिसले मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ।’ (मत्ती ७:२१)

यो सन्देश मेरा आफ्नै विचारहरूमा आधारित छैन। यो स्वयम् ख्रीष्टका वचनहरूमा र महान् विशुद्धवादी टिप्पणीकार मेथ्यू मेड (१६२९-१६९९) का टिप्पणीहरूमा आधारित छ। बाइबल टिप्पणीकार जोन मेक अर्थर ले मेडको पुस्तक द अलमोस्ट क्रिश्चियन डिस्कभर्ड लाई सही प्रकारले समर्थन गरेका छन्। म पनि त्यसलाई समर्थन गर्दछु।

‘मलाई प्रभु, प्रभु भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन्। स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिसले मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ।’ (मत्ती ७:२१)

एक जना व्यक्तिसँग ख्रीष्टको बारेमा धेरै ज्ञान हुन सक्छ, तापनि हराएको हुन सक्छ। फरिसीहरूसँग धेरै ज्ञान थियो, तापनि तिनीहरू पाखण्डीहरूको पुस्ता थियो। दुःखको कुरा, धेरै जना मानिस धेरै ज्ञान बोकेर नरक गएका छन्। जानका निम्ति मात्र धेरै जान्ने कुरा उत्सुकतामा आधारित हुन्छ। तपाईंले जानेको कुरा देखाउन खोज्नु व्यर्थको अहंकार मात्र हो। तपाईं जे जान्नुहुन्छ त्यो व्यवहारमा अप्नाउनु नै साँचो ख्रीष्टिय मत हो!

+++++++++++++++++++++++++++++++++++++++++++++++++

हाम्रा प्रवचनहरू अब तपाईंको सेलफोनमा पनि उपलब्ध छन्।
WWW.SERMONSFORTHEWORLD.COM.
मा जानुहोस्, ‘APP’ लेखिएको हरियो बटनमा क्लिक गर्नुहोस्।
त्यसपछि आउने निर्देशनहरू पालन गर्नुहोस्।

+++++++++++++++++++++++++++++++++++++++++++++++++

एक व्यक्तिमा ठूलो आत्मिक वरदानहरू हुन सक्छ, तापनि ऊ हराएको हुन सक्छ। प्रार्थनाको वरदान आत्मिक वरदान हो। एक व्यक्तिले अति राम्ररी प्रार्थना गर्न सक्ने भए पनि ऊ हराएको हुन सक्छ। एक व्यक्तिमा प्रचार गर्ने वरदान हुन सक्छ, तर उद्धार नपाएको हुन सक्छ। यहूदा महान् प्रचारक थिए। यहूदाले भने, ‘प्रभु, प्रभु, हामीले तपाईंको नाउँमा प्रचार गऱ्यौं, तपाईंको नाउँमा भूतहरू धपायौं।’ उसले खुल्लमखुल्ला प्रार्थना गर्न सक्छ, साँचो ख्रीष्टियनले जस्तो प्रचार गर्ला, तर ऊ साँचो प्रचारक नहुन सक्छ। एक व्यक्तिले आफ्नो प्रार्थना र प्रचारद्वारा अरूहरूलाई सहायता गर्न सक्छ, तापनि आफैलाई सहायता गर्न नसक्ने हुन सक्छ।

प्रचार र प्रार्थनाको शक्ति प्रचारकको अधिकारमा निर्भर हुँदैन, तर त्यो सन्देशलाई आशिष दिनुहुने परमेश्वरमा निर्भर हुन्छ। उसले प्रचारद्वारा कसैले प्रभुमा विश्वास गर्ला तापनि त्यो प्रचारक आफैचाहिँ नरकमा फालिन सक्छ। श्री पेन्डलटनले क्वीन्स मेरी दिवसमा सेन्डर्सलाई प्रचार गरे अनि सुसमाचारमा विश्वास गर्न खडा हुन लगाए, तर पछिबाट विश्वास त्यागे अनि नरक गए। म एक जना जवान मानिसलाई चिन्छु, जो प्रभावशाली प्रचारक थिए, तर पछिबाट तिनी एक पाखण्डी रहेछ भन्ने प्रमाणित भयो। एक व्यक्तिले प्रेरितहरूले जस्तै प्रचार गर्न अनि स्वर्गदूतहरूले जस्तै प्रार्थना गर्न सक्छ तापनि ऊभित्र भूतात्माको हृदय हुन सक्छ। एक व्यक्तिमा सबैभन्दा महान् वरदानहरू हुन सक्छ, तापनि आफै हराएको मानिस हुन सक्छ। एक महान् बिशपले भनेका छन्, ‘गरिब, अनपढ मानिसहरू स्वर्गमा जानेछन्, तापनि हामी आफ्नो ज्ञानसँगै नरकमा जानेछौं।’ एक व्यक्तिमा महान् वरदान भए पनि ऊ हराएको हुन सक्छ। थोरैभन्दा थोरै अनुग्रह धेरैभन्दा धेरै वरदानहरूभन्दा मूल्यवान् हुन्छ। यहूदा ख्रीष्टको पछि लाग्यो। उसले ख्रीष्टको सुसमाचार प्रचार गऱ्यो ख्रीष्टको नाउँमा भूतात्माहरू निकाल्यो, उसले ख्रीष्टसँगै टेबलमा बसेर खायो र पियो, तापनि यहूदा एक पाखण्डी मात्र थियो, जो ‘आफ्नै ठाउँ नरकमा’ गयो। जसले पवित्र बन्ने स्वाङ पार्छ, र भक्तिको अभ्यास गर्दैन ‘उसले भक्तिको भेष धारण गर्छ, तर त्यसको शक्तिलाई इन्कार गर्छ।’

एक व्यक्तिले आफू ख्रीष्टियन हुँ भनी भन्न सक्छ, तर उसको हृदय कहिल्यै परिवर्तन नभएको हुन सक्छ। त्यो व्यक्ति पाखण्डी हो, जो असल ख्रीष्टियन जस्तो देखिन्छ, तर अंहकार र विद्रोहले भरिएको हुन्छ। धेरै जना धार्मिक देखिन्छन्, तर तिनीहरूले धार्मिकताको मुकुण्डो ओडेका हुन्छन्, र त्यसरी तिनीहरूका अहंकारले भरिएको हृदय लुकाउँछन्। यो त्यस्तो व्यक्ति हो, जो सेमिनरीमा पढछ र अभिषेक पनि गरिन्छ। तर उसको हृदय परिवर्तन भएको हुँदैन। यसैले ऊ सुन्दरी हराएकी केटीको पछि लाग्न हाम्रो चर्च छोडेर गयो। डेमासले यस वर्तमान संसारलाई प्रेम गरी मलाई त्यागेको छ(२ तिमोथी ४:१०)। यसले डा. क्रेग्टन एल. चानको वर्णन गर्दछ, जसको अहंकार र विद्रोह प्रकट भएपछि तिनी एक पाखण्डी प्रमाणित भए, तिनको मुकुण्डो खोलिँदा हामीले तिनलाई एक पाखण्डीजस्तो देख्यौं।

‘त्यो दिन धेरैले मलाई भन्नेछन्, ‘प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा प्रचार गरेको छैन र? अनि म तिनीहरूलाई सफासँग भन्नेछु, ‘ए अधर्म काम गर्नेहरू हो, मबाट दूर होओ।’

ठूलो मुसा र सानो मुसा एउटा घरमा सँगै बस्न सक्छन्। तर जब घर भत्किन थालेको देखिन्छ तिनीहरू भाग्छन्, तिनीहरूले अर्को सुरक्षाको ठाउँ खोज्छन्। चर्चको राम्रो समयमा त्यसभित्र धेरैजना पाखण्डीहरू भित्र पस्छन्। तर चर्च हल्लिँदा तिनीहरू भाग्छन्- जसले तिनीहरूले अघिबाट जे भन्ने गरेका भए पनि तिनीहरू साँचो ख्रीष्टियन होइनन् भन्ने प्रमाण दिन्छन्। त्यस्ता भनाइहरूमध्ये केही यी हुन्ः

एक व्यक्तिले भनेको थियो, ‘उहाँले मलाई जता डोऱ्याउनुहुन्छ म जानेछु। मैले समस्या वा कठिनाइहरू भोग्न परे पनि येशूले मलाई जीवन दिनुभएको छ। येशूको प्रिय नाउँको प्रशंसा होस्।’ तापनि हाम्रो चर्च विभाजन हुन थाल्दा यसबाट भागेर जाने व्यक्ति ऊ नै थियो।

एउटी चिनियाँ केटीले भनेकी थिई, ‘म चाहन्छु, परमेश्वरले मेरो जीवनमा गर्नुभएका महान् कार्यहरूको बारेमा अरूहरूले जानून्। परमेश्वरले मेरो जीवन उहाँको साक्षी बन्नका निम्ति प्रयोग गरून्।’ तर चर्च विभाजन हुन थाल्नुभन्दा अघि नै उ चर्चबाट भागेर गई।

अर्को जवान चिनियाँ पुरुषले भनेको थियो, ‘येशूद्वारा उद्धार पाउनु कति महान् कुरा छ त्यो म बताउन सक्दिनँ। परमेश्वरले मेरो निम्ति के गर्नुभएको छ, त्यो अरू मानिसहरूले जानून् भन्ने म चाहन्छु।’ तर केही समय नै चानको पछि लाग्न उसले चर्च छोडेर गयो, अनि उसले भनेका कुराहरू व्यर्थका हुन् भन्ने देखायो। ऊ अहिले पनि हराएको पाखण्डी हो, जो नरकतिर गइरहेछ।

भियतनामको एक जवानले भनेको थियो, ‘येशूले मलाई जति धेरै प्रेम गर्नुभएको छ, त्यत्तिको प्रेम म उहाँलाई गर्न सक्दिनँ। म मेरो जीवन येशू, मेरा उद्धारकर्तालाई दिन्छु।’ एक वर्षपछि उसले उद्धारकर्तालाई धोका दियो, अनि विश्वासबाट पछि हटेका चानको पछि लागेर गयो।

अर्की जवान कलेजकी विद्यार्थीले भनेकी थिई, ‘परमेश्वरले मलाई येशू ख्रीष्टको रगतद्वारा शुद्ध पार्नुभएका निम्ति म उहाँलाई धन्यवाद दिन्छु। परमेश्वरको प्रशंसा होस्।’ यो कुरा राम्रो सुनिन्छ हैन त? तर उसले त्यसो भनेकी लगत्तै ऊ संसारको पापमा फर्केर गई अनि हाम्रो चर्च छोडी।

एउटी जापानी/अमेरिकी केटीले भन्थी, ‘मेरो जीवन गवाही साधारण छ। मैले येशूमा विश्वास गरेँ, अनि उहाँले मलाई बचाउनुभयो’- अनि त्यसको साटो चर्चलाई छोडी उहाँलाई त्यागी अनि विश्वासबाट पछि हटेको चानको पछि लागी।

एक मेक्सिकन पुरुष भन्थे, ‘प्रेमिलो उद्धारकर्ताले मलाई दया देखाउनुभयो र यो कुरा म कहिल्यै भुल्नेछैनँ’- तर केही समयपछि नै आफूले भनेको कुरा उसले भुल्यो, अनि विश्वास त्याग गर्ने चानको पछि लाग्यो। मसँग उसले धार्मिक पाखण्डी, विश्वासबाट पछि हटेको चानको नजिक उभेर खिँचेको फोटो छ।

चीनकी एउटी जवान केटी भन्थी, ‘येशूले मलाई प्रेम गर्नुहुन्छ।’ अब म मेरा उद्धारकर्ता, येशू ख्रीष्टका निम्ति गाउन चाहन्छु।’ यो भनाइ राम्रो लाग्छ, हैन त? तर उसले चाँडै हाम्रो चर्चलाई धोखा दियो, अनि विश्वासबाट पछि हटेको चानको साथमा लाग्यो।

कसैले मलाई भन्थ्यो, ‘डा. हिमर्स, धेरै चिनियाँहरूलाई चर्चमा नल्याआउनु होस्। तिनीहरू सबैका दुइवटा अनुहारका पाखण्डीहरू हुन्छन्।’ यो साँचो हुन गयो, जबसम्म तिनीहरूले साँचो हृदय परिवर्तनको अनुभव गर्दैनन् तिनीहरू मैले यहाँ बताएका मानिसहरू जस्तै हराएका हुन्छन्। येशूले भन्नुभयो, ‘तिमी नयाँ गरी जन्मनुपर्छ।’ (यूहन्ना ३:७)

‘सस्तो अनुग्रह’ र ‘सजिलै विश्वास गर्नु’ नयाँ शब्दहरू हुन्, तर ‘एन्टिनोमिअनिज्म’ त्यस्तो शब्द होइन। मार्टिन लुथर (१४८३-१५४६) हामीलाई एउटा वाक्यांश दिएका छन्। यसले ती मानिसहरूलाई बुझाउँछ, जुनहरू उद्धारका सबै फाइदाहरू पाउन चाहन्छन्, तर त्यसका कर्तव्यहरू पालन गर्न चाहँदैनन् (सोलि डिओ ग्लोरिया पब्लिकेसन्स्, बाहिरको जिल्द मेथ्यू मेडको दि अलमोस्ट क्रिश्चियन डिस्कभर्ड, जोन मेक अर्थरद्वारा प्रस्तावित)

विश्वास त्याग गर्ने चानको पछि लाग्ने एक व्यक्तिले भन्यो, ‘डा. हिमर्स उनको चर्चमा नआउने कसैले पनि उद्धार पाउन सक्दैन भनी सोच्छन्।’ विश्वास त्याग गर्ने ऊ जस्तै मानिसहरूले आफ्नो हराएको अवस्था र दुष्ट पापहरू छोप्नका निम्ति जस्तै पनि झूटो कुरा बोल्न सक्छ। मलाई अचम्म लाग्दैन, यो व्यक्तिले पनि त्यस्तै झूटो बोले, किनकि मैले त्यसो भनेका छैनँ भनी उसले राम्ररी जान्दछ- त्यस्तो कुरामा म आफै पनि विश्वास गर्दिनँ।

तर म विश्वास गर्छु, चर्च ‘चर्च खीष्टको देह हो’ (एफिसी ४:१२)। चर्च छोडेर जानेहरूले उहाँको शरीरलाई कमजोर बनाउँछ। जसले उहाँको चर्चमा विभाजन ल्याउँछ, तिनीहरूले उहाँको शरीरलाई आक्रमण गर्छन्। जुन मानिसहरू उहाँको चर्चका सदस्य होइनन्, तिनीहरू उहाँको शरीरका अंग होइनन्। धेरै जना नव सुसमाचारवादीहरूले पवित्र-शास्त्रको वचनलाई गम्भीरतासाथ दिँदैनन्। त्यसैकारण तिनीहरू ख्रीष्टको शरीरलाई त्यागेर जान्छन्।

केही मानिसहरू त्यसलाई ‘महत्त्वपूर्ण घटना’ भन्छन्, तपाईं यसलाई के भन्नुहुन्छ मलाई त्यसको केही वास्ता छैन, यो बाइबलीय धारणा हो। चर्च ‘ख्रीष्टको शरीर’ हो।

आज बिहान तपाईंहरूलाई म येशूमा आउनुहोस् भनी सल्लाह दिन्छु। उहाँ मरेकोबाट जीवित हुनुभयो। उहाँ माथि स्वर्गमा परमेश्वरको दाहिने हातपट्टि बस्नुभएको छ। येशूमा आउनुहोस्। सांसारिकता र पापबाट फर्कनुहोस्। येशूमा भरोसा गर्नुहोस्, उहाँले आफ्नो रगतले तपाईंका सबै पापहरूबाट तपाईंलाई शुद्ध पार्नुहुनेछ। येशूमा विश्वास गर्नुहोस्, र तपाईं उहाँको शरीरको अंग बन्नुहुनेछ, जुन चर्च हो। आमिन।

यदि तपाईं येशूमा विश्वास गर्नेबारे हामीसँग कुराकानी गर्न चाहनुहुन्छ भने कृपया अहिले नै यहाँ अघिल्लो पंक्तिमा आएर खडा हुनुहोस्। हामीले भजन संख्या ५ (ख्रीष्टिय भजन ३३७) ‘जस्तै म छु,’ गाउँदै गर्दा तपाईंहरू आउनुहोस्।

जस्तै म छु, हो तपाईंको जीवनका मीत प्यार गर्छन्
जो तपाईंलाई, म अर्पण गर्छु, हे प्रभु येशू आउँदैछु।

जस्तै म छु, सदा ज्योतिमा बस्न, भलाइ काम गर्न पाऊँ
सेवामा पूरा बल लगाऊँ, यसकारण येशू आउँदैछु।

जस्तै म छु, जीवन स्वतन्त्र म हुँदा शुद्ध हुन चाहन्छु तपाईंमा
सोझो र भक्त, धर्मात्मा, हे जीवन स्वामी आउँदैछु।
(‘जस्तै म छु,’ चारलोट ईल्लियट- १७८९-१८७१ पास्टरद्वारा फेरबदल गरिएको)


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।