Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




प्रार्थनामा आँसु

TEARS IN PRAYER
(Nepali)

द्वारा डा. क्रिस्टोफर एल. केगन
by Dr. Christopher L. Cagan

२ जून, २०१९, आइतबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Evening, June 2, 2019

‘येशू आफ्नो शारीरिक जीवनमा हुनुहुँदा उहाँलाई मृत्युबाट बचाउन सक्नुहुनेलाई उहाँले बडो क्रन्दन र आँसुसहित प्रार्थना चढाउनुभयो, अनि आफ्नो भक्तिपूर्ण समर्पणको कारणले उहाँले प्रार्थना र नम्र निवेदन सुनियो।’ (हिब्रू ५:७)


हाम्रो आजको बाइबल खण्डले येशूले उहाँ क्रूसमा टाँगिनुभन्दा एक रात अघि गेतसमनीको बगैंचामा प्रार्थना गर्नुभएको बारेमा बताउँछ। हाम्रो पाप उहाँलाई बोकाइएको कारण उहाँ ठूलो दबाबमा हुनुहुन्थ्यो, जुन पाप बोकेर भोलिपल्ट उहाँ क्रूसमा टाँगिनु परेको थियो। लूकाको सुसमाचारले भन्छ,

‘अत्यन्त संकष्टमा परेर आग्रहपूर्वक उहाँ प्रार्थना गर्न लाग्नुभयो, र उहाँका पसीना रगतका ठूला-ठूला थोप्लाजस्तै जमिनमा खसिरहेका थिए।’ (लूका २२:४४)

त्यो रात ख्रीष्टले ‘वेदनामा’ प्रार्थना गर्नुभयो। हाम्रो आजको खण्डले भन्छ ‘उहाँले बडो क्रन्दन र आँसुसहित प्रार्थना चढाउनुभयो।’ येशूको प्रार्थना आवेग र भावनाले भरिएको थियो, उहाँले रुँदै आँसुसहित प्रार्थना गर्नुभएको थियो।

+++++++++++++++++++++++++++++++++++++++++++++++++

हाम्रा प्रवचनहरू अब तपाईंको सेलफोनमा पनि उपलब्ध छन्।
WWW.SERMONSFORTHEWORLD.COM.
मा जानुहोस्, ‘APP’ लेखिएको हरियो बटनमा क्लिक गर्नुहोस्।
त्यसपछि आउने निर्देशनहरू पालन गर्नुहोस्।

+++++++++++++++++++++++++++++++++++++++++++++++++

१. पहिलो, भावनाहरूसहितको झूटो प्रार्थना

धेरै जना पेन्टिकोस्टल र केरेस्मेटिकहरू कराउनु र रुनु, आवेग र भावना प्रार्थनाका आवश्यक भागहरू हुन् भनी सोच्छन्। तिनीहरू कराउनु र रुनुलाई प्रार्थनामा पवित्र आत्मा हुनु हो अनि यदि काँप्ने र कराउने भएन भने त्यसमा पवित्र आत्मा हुनुहुन्न भनी सोच्छन्। तिनीहरू प्रार्थऎना गर्दा मात्र होइन, तर भजन गाउँदा अभिनय गर्दा, प्रवचन सुन्दा, र मण्डलीमा हुने सबै कुराहरूमा यस्तै हुनुपर्छ भनी सोच्छन्। तर तिनीहरूको विचार गलत हो। आवेगको आफैमा कुनै अर्थ हुँदैन। त्यो प्रार्थनाबाट हटाउन सक्छ। यो शैतानिक पनि हुन सक्छ।

म बाइबलबाट तपाईंलाई प्रार्थनामा झूटो आवेग भएको एउटा उदाहरण दिन चाहन्छु। एलियाले बालका अगमवक्ताहरूको सामना गरे। तिनले उनीहरूले दिनभरि बाललाई पुकार्न लगाए अनि तिनी आफैले चाहिँ इस्राएलका परमेश्वरलाई पुकारे। आगोले जवाफ दिनुहुने परमेश्वरले उहाँ नै साँचो परमेश्वर हुनुहुन्छ भनी प्रकट गर्नुभयो। बालका अगमवक्ताहरू प्रार्थनामा अनियन्त्रित र भावुक बने। तिनीहरूले ‘बालको नाउँ लिएर तिनीहरूले बिहानदेखि मध्यान्हसम्म यसो भनेर पुकारे, ‘हे बाल, हामीलाई जवाफ दिनुहोस्’ (१ राजा १८:२६)। मध्य दिनमा ‘तिनीहरू अझ जोरसित कराए, र तिनीहरूको दस्तूरअनुसार तरवार र भालाले रगत नबगुञ्जेल आफैलाई चोट पारे’ (१ राजा १८:२८)। तर ‘कुनै प्रत्युत्तर आएन, कसैले जवाफ दिएन’ (१ राजा १८:२९)। अनि एलियाले परमेश्वरसँग सरल प्रार्थना गरे अनि परमेश्वरले स्वर्गबाट आगो बर्साउनुभयो। त्यो शैतानिक आवेग, त्यो उफ्रिपाप्री, त्यो चिच्च्याई र रुवाइ, अनि अरू सबै कुराहरूले ती झूटा अगमवक्ताहरूको कुनै फाइदा गरेन। भावना आफैमा कुनै अर्थ हुँदैन।

मैले धेरैचोटि भावना त्यसै पनि निस्केको देखेको छु। त्यसले कहिल्यै पनि भलो गरेको छैन। एकचोटि मैले सोधपुछ गर्ने कोठामा एउटी केटीलाई ख्रीष्टमा ल्याउने कोसिस गर्दै परामर्श दिइरहेको थिएँ। उ रोइरही र काँपिरही। मैले प्रश्न गर्दा पनि उ रोकिइन। उसले आफ्ना पापहरूका निम्ति रोइरहेकी छु भनी, तर उ रोइ मात्र रही, येशूकहाँ आइन। उसले आफ्नो ध्यान येशूमा लगाइन। उसले उद्धार पाइन। पछिबाट उ चर्च आउन छोडी र अझ गहिरो पापको जीवनमा डुबी।

कति जना मानिसहरू धेरै भावुक हुन्छन्। तिनीहरू जुनै पनि कुरामा धुरुधुरु रुन्छन्। मलाई एउटीको सम्झना छ, जसले ठीक त्यसै गरेकी थिई। उ प्रवचन प्रचार गरेपछि होइन, वा उसलाई ख्रीष्टमा विश्वास गर्ने सल्लाह दिएपछि पनि होइन। कुनै पनि बेला उसले त्यसो गर्थी। उ आँसु झार्दै रोइहाल्थी। उसले ख्रीष्टमा, वा चर्चमा, वा बाइबलमा मन लगाउन सकिन। एक दिन उसले दुःखी महसुस गरी। उ आफ्नो भावनाहरूको पछि लागी र चर्च छोडी। मैले उसलाई फेरिफेरि कहिल्यै देखिनँ।

रुने र कराउने गर्दा त्यसले कुनै कुरालाई ‘वास्तविक’ बनाउँछ। त्यसले प्रार्थनालाई वास्तविक बनाउँदैन। तपाईं आफै रुँदा वा कराउँदा त्यसद्वारा केही पनि हुँदैन। जब तपाईं प्रार्थना गर्नुहुन्छ, त्यसबेला केका निम्ति प्रार्थना गर्दै हुनुहुन्छ त्यो विचार गर्नुहोस्। तपाईंले आँसुसहित प्रार्थना गर्नुहुन्छ होला वा गर्नुहुन्न होला। येशूले गेतसमनीको बगैंचामा येशूले आवेग देखाउनुभयो। उहाँले ‘रुँदै र आँसु बगाउँदै’ प्रार्थना गर्नुभयो। तर उहाँको त्यो रुवाइ आफ्नै निम्ति थिएन। उहाँका आशुँहरूले त्यो प्रार्थनालाई राम्रो बनाएन। उहाँका आँसुहरू उहाँको प्रार्थनाबाट निस्केको थियो। उहाँ प्रार्थना गरेर उठनुभयो। उहाँले आफ्नो दुःखमा, उहाँको दबाब र पीडामा रुनुभयो, किनकि मानव जातिको पाप उहाँलाई बोकाइएको थियो। उहाँको रुवाइ उहाँको गम्भीरता, उहाँको चासो, उहाँको खाँचो, उहाँको बोझ, उहाँको दुःखबाट निस्केको थियो। अनि तपाईंसँग पनि यस्तै हुन्छ। रुने कोसिस नगर्नुहोस्। रुने योजना वा रुने तयारी नगर्नुहोस्। प्रार्थना मात्र गर्नुहोस्। परमेश्वरले तपाईंलाई अगुवाइ गर्नुहुन्छ वा गर्नुहुन्न होला, तर जसरी भए पनि त्यो एक वास्तविक प्रार्थना हुनुहुन्छ।

२. दोस्रो, भावनाहरूबिनाको झूटो प्रार्थना

आज जुन कुरालाई ‘प्रार्थना’ भनिन्छ त्यो वास्तवमा प्रार्थना हुँदैहोइन। त्यो मानिसले भनेको कुरा मात्र हो, परमेश्वरसित गरिएको साँचो प्रार्थना होइन। त्यो राम्रो र धार्मिक सुनिने शब्दहरू मात्र हुन्, ती अर्थबिनाका औपचारिकताहरू मात्र हुन्, परमेश्वर तिर नफर्की उहाँसँग केही माग्नु मात्र हो।

म धेरैवटा दीक्षान्त समारोहहरूमा गएको छु। त्यस्तो समारोहको शुरुमा ‘पुकार गर्नु’ भनिने केही कुरा हुन्छ। त्यो वास्तवमा शुरुको प्रार्थना हुनुपर्ने, तर त्यो त्यस्तो हुँदैन। त्यो व्यक्तिले त्यस दीक्षान्त समारोह राम्रो होस्, विद्यार्थीहरूको जीवन राम्रो होस् भन्दै केही वाक्यहरू भन्छ। तर परमेश्वरको उत्तरको कसैले पनि आशा गर्दैन अनि वास्तवमा केही गर्दैन वा केही परिवर्तन पनि गर्दैन- त्यहाँ सबै मानिसले ‘प्रार्थना गरिरहेको’ हुँदैन। त्यस्तो पुकारमा हृदयको कुनै भावना वा शब्द हुँदैन।

म एकचोटि हाम्रो राष्ट्रको राजधानी वासिङटन गएको थिएँ। त्यहाँ म राष्ट्रिय केथ्रिडलमा गएँ। राष्ट्रपति रेगनको भर्खरै देहान्त भएको थियो, अनि त्यहाँ उनको मृत्यु सेवाको तयारी गरिँदैथियो। त्यहाँ मैले एक जना एपिस्कोपल पादरीले गरेका ‘प्रार्थना’ का शब्दहरू सुनेँ। तर उनले प्रार्थना गरिरहेका थिएनन्। उनले पुस्तकमा लेखिएका शब्दहरू पढदै थिए। बस त्यत्ति मात्र गरिरहेका थिए। उनले परमेश्वरसँग केही गरिदिनका निम्ति बिन्ती गरिरहेका थिएनन्। उनले उत्तरको आशा पनि गरेका थिएनन्। उनले शब्दहरू मात्र भनिरहेका थिए, किनकि तिनले त्यसै गर्नुपर्ने थियो। त्यहाँ हृदयको कुनै भावना थिएन।

येशूले एक जना फरिसीको बारेमा बताउनुभयो, जो प्रार्थना गर्न मन्दिरमा गयो। त्य मानिसले भन्यो, ‘हे परमेश्वर, म तपाईंलाई धन्यवाद दिन्छु, म अरू मानिसहरूजस्तो धुताहा, अन्यायी, व्यभिचारी, अथवा यही कर उठाउनेजस्तो पनि छैनँ। म हप्तामा दुइ पल्ट उपवास बस्तछु। मैले पाएका सबै थोकको दशांश म दिन्छु’ (लूका १८:११,१२)। उसले त्यो प्रार्थना गरेको थिएन। उसले परमेश्वरसँग केही पनि मागेन। बरु उसले परमेश्वरलाई ऊ कति असल छ भनिरहेको थियो। ख्रीष्टले भन्नुभयो, उसले ‘मनमनै’ प्रार्थना गर्दैथियो (लूका १८:११)। उसले कुनै भावना देखाएन। उसले आफ्नो हृदयबाट प्रार्थना गरिरहेको थिएन।

ख्रीष्टले फरिसीहरूलाई तिनीहरूका झूटो प्रार्थनाका निम्ति हप्काउनु भयो। उहाँले भन्नुभयो, ‘धिक्कार तिमीहरूलाई, शास्त्री र फरिसी हो पाखण्डीहरू! किनकि तिमीहरू विधवाहरूका घर खाइदिन्छौ, र लामो-लामो प्रार्थना गर्ने भान पार्दछौ’ (मत्ती २३:१४)। तिनीहरू आफूलाई पवित्र देखाउन लामा-लामा प्रार्थना गर्दथे। तर तिनीहरू वास्तवमा वृद्धा स्त्रीहरूबाट तिनीहरूका घरहरू र सम्पत्ति प्राप्त गर्न चाहन्थे। कुरा त्यस्तो सजिलो थियो। तिनीहरूले जुन भावना देखाउँथे, त्यो आफूलाई असल देखाउने बाहिरी नकली थिए। तिनीहरू हृदयबाट प्रार्थना गर्दैनथे। तिनीहरूका हृदय ठीक थिएन।

तपाईं ‘म तिनीहरूजस्तो छैनँ’ भन्नुहुन्छ होला। तर के तपाईंले झूटो प्रार्थना गर्नुभयो, के शब्दहरू मात्र निकाल्नु भयो? मैले पनि त्यसो गरेको छु। के तपाईंको निजी प्रार्थनाको समयमा तपाईं मानिसहरूको बारेमा विचार नगरी, साँच्चै परमेश्वरबाट उत्तरको माग नगरी तिनीहरूका नाउँ मात्र लिनुहुन्छ र परिस्थितिका निम्ति प्रार्थना मात्र गर्नुहुन्छ? के मण्डलीको प्रार्थनाको सेवामा त्यसो गर्नुभएको छ? मैले त्यसो गरेको छु? के तपाईंले प्रार्थना गर्नै पर्छ भन्ने सोचेर- वा प्रार्थना गर्ने तपाईंको पालो आएकोले प्रार्थना गर्नुभएको छ? त्यो सेवा समाप्त हुँदा तपाईंलाई खुशी लाग्छ किनकि अब तपाईंले फेरि प्रार्थना गर्नुपर्दैन। त्यो वास्तविक प्रार्थना होइन। त्यो तपाईंले गर्नुभएको केही कुरा मात्र हो। के तपाईंले अरूहरूलाई प्रभावित गर्न ‘राम्रो प्रार्थना गर्ने’ कोसिस गर्नुभएको छ? म एक जना व्यक्तिलाई चिन्छु, जसले प्रार्थना अघिबाटै तयार गर्छ। त्यो वास्तवमा प्रार्थना हुँदैन, त्यो त वक्तव्य वा भाषण मात्र हुन्छ। म भन्छु, ‘तपाईंको प्रार्थनाको योजना नबनाउनुहोस्, तिनीहरूका निम्ति प्रार्थना गर्नुहोस्।’ प्रार्थना सेवाभन्दा अघि, केही मिनेट परमेश्वरसँग प्रार्थना गर्न सहायता माग्दै प्रार्थना गर्नुहोस्। जब तपाईं सेवामा वा एकलै हुँदा प्रार्थना गर्नुहुन्छ, त्यस बेला तपाईंले कुन विषयमा प्रार्थना गर्दै हुनुहुन्छ सो विचार गर्नुहोस्। परमेश्वरले सहायता गर्नुभएन भने स्थिति कति नराम्रो हुन्छ सो विचार गर्नुहोस्। तपाईंलाई परमेश्वरको उत्तरको कति खाँचो छ त्यो विचार गर्नुहोस्। उपवासले तपाईंका प्रार्थनाहरूमा सहायता पुऱ्याउँछ, किनकि त्यसले तपाईंको ध्यान केन्द्रित गर्छ र तपाईं गम्भीर हुनुहुन्छ भन्ने परमेश्वरलाई देखाउँछ। प्रार्थनामा परमेश्वरतिर फर्कनुहोस् अनि तपाईंले उहाँसँग माग्नुभएको कुरा उहाँले देऊन् भनी बिन्ती गर्नुहोस्। तपाईं भावुक बनेर रुनुहुन्छ होला। आफैलाई नरोक्नुहोस्। परमेश्वरले तपाईंलाई छुनु भएको हुन्छ। कहिलेकहीं तपाईं रुनुहुन्न होला। जबरजस्ती नरुनु होस्। रोयो भन्दैमा प्रार्थना राम्रो हुँदैन- नरोई गरिएको प्रार्थना राम्रो भन्ने हुँदैन। प्रार्थना त्यस बेला राम्रो हुन्छ, जब परमेश्वर त्यसमा हुनुहुन्छ।

३. तेस्रो, भावनासहितको र भावनाबिनाको साँचो प्रार्थना

हाम्रो आजको बाइबल खण्डले ख्रीष्टले त्यो बगैंचामा ‘बडो क्रन्दन र आँसुसहित’ प्रार्थना गर्नुभयो भनी भन्दछ। तर कहिलेकहीं भावना थोरै हुँदा वा एउटै नहुँदा पनि साँचो प्रार्थनाको उत्तर पाइन्छ। बालका झूटा अगमवक्ताहरूले तिनीहरूका झूटो देवतासँग कसरी प्रार्थना गरे भन्ने कुरा मैले तपाईंलाई बताइसकेको छु। एलियाले कसरी प्रार्थना गरे त्यो म तपाईंलाई बताउँछु। तिनले भने,

‘हे परमप्रभु, अब्राहाम, इसहाक र इस्राएलका परमेश्वर, इस्राएलमा तपाईं परमेश्वर हुनुहुन्छ, र मचाहिँ तपाईंको दास हुँ, र यी सबै काम तपाईंको आज्ञाअनुसार मैले गरेको छु भनी आज थाहा होस्। मलाई जवाफ दिनुहोस्, हे परमप्रभु, जवाफ दिनुहोस्, र यी मानिसहरूले जानून्, कि तपाईं परमप्रभु नै परमेश्वर हुनुहुन्छ।’ (१ राजा १८:३६,३७)

एलिया त्यो बेला रोए भनी लेखिएको छैन। तिनी बुरुकबुरुक उफ्रे भनी लेखिएको छैन। निश्चय तिनले आफ्नो शरीरमा चोट पारेनन्। तिनले परमेश्वरसँग एउटा गम्भीर प्रार्थना मात्र गरे। परमेश्वरले उहाँ नै साँचो परमेश्वर हुनुहुन्छ भनी मानिसहरूलाई देखाऊन् भनी तिनले बिन्ती गरे। अनि परमेश्वरले त्यो प्रार्थनाको उत्तर दिनुभयो अनि स्वर्गबाट आगो बर्साएर एलियाको बलि भस्म पार्नुभयो। मानिसहरूले भने, ‘परमप्रभु उहाँ नै परमेश्वर हुनुहुँदोरहेछ, परमप्रभु उहाँ नै परमेश्वर हुनुहुँदोरहेछ’ (१ राजा १८:३९)। कुनै आवेग नभएको एलियाको गम्भीर प्रार्थना बालका अगमवक्ताहरूको बेठीक प्रार्थनाभन्दा ठीक विपरीत छ। साँचो प्रार्थनामा भावना हुनै पर्छ भन्ने हुँदैन। त्यसमा परमेश्वर हुनुपर्छ।

धेरैचोटि साँचो प्रार्थनामा पनि भावना र आँसुहरू हुन्छन्। यदि तपाईंले आफ्नो खाँचो महसुस गर्नुभयो भने तपाईंमा भावना उत्पन्न हुनु स्वाभाविक हुन्छ। तपाईं जोशसहित, अति आवश्यक ठानेर र पुकारा गर्दै परमेश्वरसँग बिन्ती गर्नुहुन्छ। तपाईं धुरुधुरु रुनुहुन्छ र आँसुहरू खसाल्नुहुन्छ। बाइबलले बारम्बार आशुँहरू र प्रार्थनालाई एकसाथ जोड्दछ। भजनकारले यसो भन्दा प्रार्थना गरे, ‘हे परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस्, मदतका लागि मैले गरेको क्रन्दन सुनिदिनुहोस्, मेरो आँसु नटारिदिनुहोस्’ (भजन ३९:१२)।

राजा हिजकिया बिरामी भएर मर्नै लागेका थिए। हिजकियाले परमेश्वरसँग प्रार्थना गरे। तिनले कसरी प्रार्थना गरे? बाइबलले भन्छ, ‘हिजकिया धुरुधुरु रोए’ (२ राजा २०:३)। निश्चय तिनी रोए। तिनी मर्न लागेका थिए। तिनी गहिरो रूपले रोए। तिनी आफ्ना प्रार्थनाहरूमा रोए। अनि परमप्रभुको वचन यशैया अगमवक्ताकहाँ आयो। यशैयाले भने, ‘फर्केर मेरो प्रजाको अगुवालाई भन्, ‘तेरो पुर्खा दाऊदका परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः मैले तेरो प्रार्थना सुनेँ र तेरो आँसु देखेँ। म तँलाई निको पार्नेछु’ (२ राजा २०:५)। ‘मैले तेरो आँसु देखेँ।’ परमेश्वरले हिजकियाको असहाय, बिन्ती गर्ने प्रार्थनाको आँसु देख्नुभयो र महसुस गर्नुभयो। अनि परमेश्वरले उत्तर दिनुभयो र राजाको प्राण बचाउनुभयो।

नयाँ करारमा एक जना व्यक्ति येशूकहाँ आयो। उसको छोरा भूतात्माले ग्रस्त थियो। ख्रीष्टले उसलाई उसको छोरा निको हुनेछ भनी उसले विश्वास गर्छ कि भनी सोध्नुभयो। अनि ‘केटाको बाबुले कराएर भने, ‘म विश्वास गर्दछु। मेरो अविश्वासमा मलाई सहायता गर्नुहोस्’ (मर्कूस ९:२४)। येशूले त्यो केटोबाट भूतात्मा निकाल्नुभयो। धेरैचोटि यो पद विश्वासमा कमजोर मानिसले पनि उत्तर पाउन सक्छ भनी बताउनका निम्ति प्रयोग गरिन्छ। ‘मेरो अविश्वासमा मलाई सहायता गर्नुहोस्।’ तर यो खण्डमा त्यस बाबुचाहिँले ‘कराएर भन्यो’ अनि ‘आँसुसहित’ ख्रीष्टलाई पुकाऱ्यो पनि भनिएको छ। त्यो व्यक्ति चेलाहरूमध्येको एक जना थिएन। ऊ ‘भीडको एक जना व्यक्ति,’ भीडमा भएको व्यक्ति थियो (मर्कूस ९:१७)। तर उसले आफ्नो छोरालाई येशूकहाँ ल्यायो र आँसुसहित उहाँलाई पुकारा गऱ्यो।

त्यो व्यक्तिले किन आँसुसहित येशूलाई पुकाऱ्यो? ऊ प्रार्थनाको योद्धा थिएन। उसले उद्धार पनि पाएको थिएन। ऊ ख्रीष्टसँग त्यसरी बोल्नु स्वाभाविक थियो, किनकि उसले आफ्नो जरूरी खाँचोलाई बुझेको थियो। उसको छोरा भूतात्माले ग्रस्त थियो र त्यसलाई छुटकारा दिन येशूबिना अर्को उपाय थिएन। त्यो मानिस आपै जबरजस्ती रोएको थिएन। उसको खाँचो, उसको निराशाले आँसुहरू ल्याएको थियो। महसुस गरिएको खाँचो, निराशा र असहायपनको ज्ञानले धेरैचोटि रुवाउँछ र आँसु झर्छ। ऊ भावनासहित साँचो प्रार्थना गर्दै बोल्यो।

अनि त्यसले हामीलाई फेरि हाम्रो आजको बाइबल खण्डमा फर्काउँछ। ख्रीष्टले त्यो बगैंचामा ‘बडो क्रन्दन र आँसुसहित’ प्रार्थना गर्नुभयो। उहाँ रुन्चे बालक हुनुहुन्नथ्यो। उहाँ सबै कुरामा रुने त्यस भावुक केटीजस्तो हुनुहुन्थ्यो। उहाँ उमेर पुगेको, करिब तीस वर्ष पुग्नुभएको व्यक्ति हुनुहुन्थ्यो। उहाँ किन रुनुभयो? किनकि उहाँको हृदय छोएको थियो। उहाँमाथि राखिएको हरेक पुरुष र स्त्रीको पाप उहाँले महसुस गर्नुभयो। भोलिपल्ट उहाँले भोग्नुपर्ने क्रूसको डरलाग्दो मृत्युको बारेमा उहाँले सोच्नुभयो, त्यसो नगर्नुभएको भए कोही पनि बाँच्ने थिएन। तापनि मानिसको पापको बोझले उहाँलाई झन्डै माऱ्यो। परमेश्वरको अनुग्रह हुँदैनथ्यो भने त्यो रात उहाँ त्यस बगैंचामा मर्नुहुनेथियो र क्रूसमा टाँगिन पाउनुहुनेथिएन। ख्रीष्ट उहाँको हृदयमा विचलित हुनुहुन्थ्यो। यसैले उहाँले ‘बडो क्रन्दन र आँसुसहित’ प्रार्थना गर्नुभयो। त्यस परिस्थितिमा त्यो कुरा सामान्य र स्वाभाविक थियो। यदि उहाँले भावनासहित प्रार्थना नगर्नुहुन्थ्यो भने त्यो अचम्मको कुरा हुनेथियो। येशूले ‘बडो क्रन्दन र आँसुसहित’ प्रार्थना गर्नुभयो। हाम्रो बाइबल खण्डले भन्छ, उहाँको प्रार्थना ‘सुनियो।’ परमेश्वरले उहाँको प्रार्थना सुन्नुभयो र भोलिको दिनमा क्रूसमा टाँगिनका निम्ति उहाँलाई जीवित राख्नुभयो। परमेश्वरले उहाँको ‘बडो क्रन्दन र आँशिसहितको’ प्रार्थनाको उत्तर दिनुभयो।

ख्रीष्टियन हो, म तपाईंहरूलाई सोध्न चाहन्छु, ‘के तपाईं रुँदै आँसुसहित प्रार्थना गर्नुहुन्छ?’ मैले तपाईंले गर्ने हरेक प्रार्थनाको कुरा गरेको होइन। तर फेरि सोध्छु, ‘के तपाईंले कुनै बेला रुँदै र आँसुसहित प्रार्थना गर्नुभेको छ?’ मैले गरेको छु, तर सधैं होइन। के तपाईं कहिलेकहीं खाँचो बोझसहित परमेश्वरसँग उत्तर माग्दै- कहिलेकहीं रुँदै र आँसुसहित प्रार्थना गर्नुहुन्छ? यदि कहिल्यै पनि गर्नुभएको छैन भने तपाईंसँग प्रार्थनाको राम्रो जीवन छैन। यदि तपाईं त्यस्तो हुनुहुन्छ भने प्रार्थना गर्न नछाड्नुहोस्, तपाईंको प्रार्थना अझ राम्रो नहुञ्जेल पर्खनुहोस्। तर परमेश्वरले चाहनुभएको त्यो होइन। तर परमेश्वरले तपाईंको खाँचोको विषयमा तपाईंलाई निश्चयता देऊन् भनी प्रार्थना गर्नुहोस्, तब तपाईं भावनासहित प्रार्थना गर्नुहुनेछ। यदि तपाईं उपवास बस्नुहुन्छ भने जब-जब तपाईंलाई भोक लाग्छ तपाईंले कुन कुराका निम्ति प्रार्थना गर्दै हुनुहुन्छ त्यो सोच्नुहोस्। परमेश्वरतिर फर्कनुहोस् र प्रार्थना गर्नुहोस्।

तपाईंहरूमध्ये कोही-कोही हराउनुभएको छ। तपाईंहरूले येशूमा विश्वास गर्नुभएको छैन। म सोध्छु, ‘तपाईंको रुवाइ र आँसुहरूमा- कहिलेकहीं भए पनि- के तपाईंको पाप महसुस गर्नुहुन्छ?’ के तपाईंमा आफ्नो पापको दोष छ? रुनु नै लक्ष्य होइन- लक्ष्य येशू हुनुहुन्छ। तपाईँ रुनु हुन्छ वा रुनु हुन्न भने पनि उहाँमाथि विश्वास गर्नुहोस्। तर म भन्छु, ‘के तपाईं आफ्नो हृदयको पापका निम्ति दुःखी बन्नुहुन्छ?’ तपाईं दुःखी बन्नुपर्छ किनकि तपाईंको हृदय ‘अति नै दुष्ट’ छ (यर्मिया १७:९)। परमेश्वरले तपाईंको हृदयको डरलाग्दो पाप प्रकट गरिदेऊन् भनी प्रार्थना गर्नुहोस्। अनि त्यसपछि परमेश्वरले तपाईंलाई ख्रीष्टतिर खिँचून् भनी बिन्ती गर्नुहोस्।

येशू तपाईंको खाँचोको उत्तर हुनुहुन्छ। उहाँ तपाईंको पापको समाधान र मूल्य हुनुहुन्छ। उहाँ तपाईंको हृदयको पापलगायत हरेक पापको मूल्य तिर्न क्रूसमा मर्नुभयो। तपाईंको पाप ढाक्न र त्यसलाई सधैंका निम्ति पखाल्न उहाँले आफ्नो रगत बगाउनुभयो। उहाँ मृत्युलाई जीवनले जित्नका निम्ति मरेकोबाट फेरि जीवित हुनुभयो, उहाँको आफ्नै निम्ति मात्र होइन, तर तपाईंको निम्ति पनि। यदि तपाईंले येशूमा विश्वास गर्नुभयो भने तपाईंले सधैंभरिका निम्ति उद्धार पाउनुहुनेछ। यदि तपाईं येशूमा विश्वास गर्ने विषयमा हामीसँग कुराकानी गर्न चाहनुहुन्छ भने कृपया यहाँ अघिल्लो पंक्तिमा आएर बस्नुहोस्। आमिन।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री ज्याक गानद्वारा एकल गीत प्रस्तुत गरियो।
('टीच मी टु प्रे,' अल्बर्ट एस. रिजद्वारा रचित, १८७९-१९६६)


रूपरेखा

प्रार्थनामा आँसु

TEARS IN PRAYER

द्वारा डा. क्रिस्टोफर एल. केगन
by Dr. Christopher L. Cagan

‘येशू आफ्नो शारीरिक जीवनमा हुनुहुँदा उहाँलाई मृत्युबाट बचाउन सक्नुहुनेलाई उहाँले बडो क्रन्दन र आँसुसहित प्रार्थना चढाउनुभयो, अनि आफ्नो भक्तिपूर्ण समर्पणको कारणले उहाँले प्रार्थना र नम्र निवेदन सुनियो।’ (हिब्रू ५:७)

(लूका २२:४४)

१. पहिलो, भावनाहरूसहितको झूटो प्रार्थना, १ राजा १८:२६, २८, २९

२. दोस्रो, भावनाहरूबिनाको झूटो प्रार्थना, लूका १८:११,१२; मत्ती २३:१४

३. तेस्रो, भावनासहितको र भावनाबिनाको साँचो प्रार्थना, १ राजा १८:३६,३७,३९;
भजन ३९:१२; २ राजा २०:३,५; मर्कूस ९:२४, १७; यर्मिया १७:९