Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




एक ख्रीष्टियन चेला बन्नका निम्ति कस्तो मूल्य चुकाउनुपर्छ

WHAT IT COSTS TO BECOME A CHRISTIAN DISCIPLE
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

१७ फरवरी, २०१९, आइतबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Evening, February 17, 2019

‘तिमीहरूमध्ये कसैले एउटा धरहरा बनाउने इच्छा गर्छ भने, त्यो धरहरा बनाई सिद्ध्याउने खर्च आफूसित छ कि छैन भनी के त्यसले पहिले नै बसेर हिसाब लाउँदैन र?’ (लूका १४:२८)


अब मेरो साथमा मत्ती १६ अध्यायको २४ पद खोल्नुहोस्।

‘कोही मेरो पछि आउने इच्छा गर्दछ भने, उसले आफूलाई इन्कार गरोस् र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्।’ (मत्ती १६:२४)

आजका अधिकांश जवान मानिसहरूसँग कुनै कारण छैन र तिनीहरूका जीवनमा कुनै उद्देश्य छैन। तपाईं एउटा दिनदेखि अर्को दिनको निम्ति मात्र जिउनुहुन्छ। वास्तवमा, आजका जवानहरू एक-एक मिनेट गर्दै जिएका जस्तो लाग्छ। तपाईं जीवनलाई टेलिभिजनमा च्यानलहरू खोजेको जस्तो गर्नुहुन्छ- तपाईं एउटा कार्यक्रम पूरै नहेरी अर्को च्यानलतिर जानुहुन्छ।

अब त्यसमा खतरा छ। तपाईं सम्पूर्ण कुरा कहिल्यै पनि बुझ्नुहुन्न। धेरै जना जवान मानिसले यो मण्डलीसँग त्यस्तै व्यवहार गर्छन्। तपाईं ‘च्यानल खोज्दै’ भित्र र बाहिर गर्नुहुन्छ। एक हप्ता लस भेगास जाने अनि अर्को हप्ता मण्डलीको सेवामा जाने। तर त्यसरी तपाईं सम्पूर्ण कुरा बुझ्नुहुन्न। तपाईं भागहरू र टुक्राहरू मात्र पाउनुहुन्छ। उदाहरणका निम्ति, तपाईं विकासवादको विषयमा सुन्नुहुन्छ, तर युगको अन्त्यमा घटने घटनाहरू, मुक्तिको शिक्षा, शैतानको विषयमा शिक्षा र अन्य धेरैवटा विषयहरू सुन्नुहुँदैन।

एक साँचो ख्रीष्टियन हुनका निम्ति तपाईंले आफैलाई पूर्ण रूपले येशू ख्रीष्टमा अर्पण गर्नुपर्छ।

‘कोही मेरो पछि आउने इच्छा गर्दछ भने, उसले आफूलाई इन्कार गरोस् र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्।’ (मत्ती १६:२४)

अब, उद्धार अनुग्रहद्वारा पाइन्छ। हृदय परिवर्तन नभएको व्यक्तिले येशूले भन्नुभएको कुरा कहिल्यै पनि गर्दैन, ‘कोही मेरो पछि आउने इच्छा गर्दछ भने, आफूलाई इन्कार गरोस् र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्।’ तर परमेश्वरले तपाईंलाई सुसमाचार सुन्नका निम्ति यो मण्डलीमा ल्याउनुभएको छ। अनि विशुद्धवादी थोमस वाटसनले ठिकै भनेका छन्, ‘जब परमेश्वरले हामीलाई खिँच्न थाल्नुहुन्छ तब हामीले पछ्याउनुपर्छ।’ वा, तपाईंले नपछ्याउने निर्णय गर्न सक्नुहुन्छ, तर पनि मनभित्र भने तपाईंले पछ्याउनु पर्थ्यो भनी जान्नुहुन्छ।

हृदय परिवर्तन नभएको मानिस धेरैवटा विरोधभासले भरिएको हुन्छ। तपाईं मण्डलीको सेवामा आउनुहुन्छ र मनभित्र प्रचारक र बाइबलसित तर्क गर्नुहुन्छ। तपाईं आफ्नो मनमा ‘म बाइबलमा विश्वास गर्दिनँ’ भन्नुहुन्छ। तर तपाईं सोच्नुहुन्छ, ‘म जीवनमा असफल भएँ। मजस्तो छु त्यसमा कुनै आशा छैन।’ तपाईं अगाडि र पछाडि हुत्तिनुहुन्छ। तपाईंको केही भागले परमेश्वरको विरुद्ध विद्रोह गर्छ अनि केही भागले परमेश्वरमा आशा छ भनी विश्वास गर्न चाहन्छ। तपाईंभित्र संघर्ष हुन्छ। अनि आज साँझ यहाँ हुने प्रत्येक व्यक्तिले यस्तो संघर्षको सामना गरेको छ।

आज म यो मण्डलीको पंक्तिहरूमा तल र माथि जान सक्छु र यहाँ भएका एक-एक जना जवान मानिसको कथा भन्न सक्छु। तिनीहरू प्रत्येकसँग भित्रिय संघर्ष छ। त्यो तपाईंको जस्तै संघर्ष नहुन सक्छ, तर त्यसमा सधैं समानताहरू हुन्छन्। तपाईंको केही भाग मण्डलीको सेवामा आउन अनि परमेश्वरमा आशा र मुक्ति छ भनी विश्वास गर्न चाहन्छ, अनि तपाईंको अर्को भागले परमेश्वर, प्रचारक र विद्रोहको विरुद्ध विद्रोह गर्दछ।

पहिलो, तपाईंभित्रको यस्तो संघर्षको स्रोत के-के हुन्? पहिलो, त्यहाँ संसार छ (आमाबुबाहरू, मित्रहरू, रमाइलो)। त्यसपछि शरीर वा पाप-स्वभाव छ (तपाईं मण्डलीको सेवा छुटाउन, स्वतन्त्र रूपमा यौन सम्बन्ध गर्न, आफ्नै इच्छामा चल्न चाहनुहुन्छ)। त्यसपछि शैतान छ। अर्कोतिर, पवित्र आत्मा हुनुहुन्छ। उहाँ तपाईंको अन्तर्रात्मामा बोल्ने मधुरो आवाज हुनुहुन्छ। उहाँले तपाईंलाई येशू ख्रीष्टमा र यो स्थानीय मण्डलीमा आउनका निम्ति बोलाउनुहुन्छ। यसैले तपाईंको प्राणका निम्ति एउटा संघर्ष छ। एकतिर परमेश्वरले तपाईंलाई बोलाइरहनुभएको छ- अनि अर्कोतिर पाप र सांसारिक सुखविलासले तपाईंलाई बोलाइरहेको छ।

बाइबलले भन्छ, ‘कसको सेवा गर्ने तिमीहरूले आजै रोज, तिम्रा पितापुर्खाले...पुजेका देवताहरू कि तिमीहरू अहिले बसेको देशका एमोरीहरूका देवताहरू। तर म र मेरो घरानाले परमप्रभुकै सेवा गर्नेछौं’ (यहोशू २४:१५)। तपाईंहरूले रोज्नै पर्छ। खेदको कुरा, तपाईंहरूमध्ये धेरैले गलत कुरा रोज्नुहुनेछ। सेवकाइमा मेरो साठी वर्षको अनुभवले मलाई भन्छ कि तपाईंले सायद गलत कुरा रोज्नुहुनेछ। बाइबलले भन्छ,

‘जीवनभन्दा मृत्यु नै रुचाउनेछन्।’ (यर्मिया ८:३)

+ + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + +

हाम्रा प्रवचनहरू अब तपाईंको मोबाएल फोनमा पनि उपलब्ध छन्।
यो वेबसाइट खोल्नुहोस्ः WWW.SERMONSFORTHEWORLD.COM
‘APP’ लेखिएको शब्दसहितको हरियो बटनमा क्लिक गर्नुहोस्।
त्यसपछिका निर्देशनअनुसार गर्दैजानुहोस्।

+ + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + +

तपाईंको अवस्था कस्तो छ?

दोस्रो, तपाईंले किन सही कुरा रोज्नुपर्छ? तपाईं किन यो स्थानीय मण्डलीमा र हरेक आइतबार यहाँ आउनुपर्छ? तपाईं किन ख्रीष्टमा आउनुपर्छ र तपाईंले विश्वास गर्नुपर्छ?

१. किनकि यसले तपाईंलाई जिउने एउटा कारण दिन्छ।

२. किनकि यसले तपाईंको असफलतालाई विपरीत दिशातिर घुमाउँछ। ख्रीष्टलाई पाउने कोही पनि असफल हुँदैन।

३. किनकि यसले तपाईंलाई भविष्यका निम्ति आशा दिन्छ।

४. यसले तपाईंको दोष हटाउँछ र तपाईंलाई प्रशस्तता र शान्तमय जीवनतिर डोऱ्याउँछ।

सबिना उम्ब्राण्डनले जीवनमा हरप्रकारका परीक्षाहरूको सामना गरे पनि तिनी सधैँ आनन्दित र हँसिली महिमा थिइन्, किनकि तिनले ये ख्रीष्टलाई व्यक्तिगत रूपमा चिनेकी थिइन्। हामी स्वतन्त्र ब्याप्टिस्ट मण्डलीको रूपमा चिनिनुभन्दा अघि सबिना धेरैचोटि हाम्रो मण्डलीमा आएकी थिइन्। मेरी पत्नी र मैले पास्टर र श्रीमती उम्ब्राण्डनसँग तिनीहरूकै घरमा रातिको भोजन खाएका थियौं। तिनले ख्रीष्टका निम्ति सबै कुरा बलिदान गरेकी थिइन्। तर तिनी मैले चिनेको सबैभन्दा प्रसन्न महिला थिइन्।

यहाँ केही वर्ष आएको कसैलाई पनि यो कुरा सोध्नुहोस्। सबिना उम्ब्राण्डनलाई सोध्नुहोस्, जो अहिले स्वर्गमा छिन्। तिनीहरूले यो कुरा सत्य हो भन्नेछन्! तपाईंले यो स्थानीय मण्डलीमा आउने र विश्वास गर्ने निर्णय गर्नुपर्छ, किनकि यही नै सही निर्णय हो। यसैकारण तपाईंको हृदयमा त्यो मधुरो आवाज छ जसले भन्छ, ‘तिमी जान्दछौ, उहाँ सही हुनुहुन्छ।’

अनि तेस्रो कुरा, मैले तपाईंलाई भन्नै पर्छ, कि त्यस्ता कुराहरू हुन्छन्, जुन तपाईंले त्याग्नुपर्छ र यस्ता कुराहरू छन् जुन ख्रीष्टियन जीवन जिउनका निम्ति तपाईंले गर्न थाल्नुपर्छ।

येशूले भन्नुभयो,

‘कोही मेरो पछि आउने इच्छा गर्दछ भने, उसले आफूलाई इन्कार गरोस् र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्।’ (मत्ती १६:२४)

जब तपाईं बाइबल हेर्नुहुन्छ तब परमेश्वरले पूर्ण समर्पणको माग गर्नुभएको पाउनुहुन्छ।

हेर्नुहोस्, परमेश्वरले अब्राहामसँग के माग गर्नुभयो। एक दिन परमेश्वरले भन्नुभयो, ‘अब्राहाम म चाहन्छु, तँ मोरीयाह पर्वतमा छ र तेरो छोरालाई पनि आफ्नो साथमा लैजा, जुन छोरा पाउन तैंले धेरै वर्ष पर्खिस, जुन छोरालाई तँ संसारको कुनै पनि थोकभन्दा धेरै प्रेम गर्छस्, म चाहन्छु त्यसलाई एउटा वेदीमा बलिदान चढा।’

अब्राहामले परमेश्वरको आज्ञापालन गरे अनि गए, आफ्नो छोरालाई वेदीमा राखे, एउटा धारिलो छुरी निकाले अनि परमेश्वरको आज्ञापालन गर्दै आफ्नो छोराको छात्तीमा हान्न तयार भए। तर परमेश्वरले बीचैमा तिनको हात रोक्नुभयो। परमेश्वरले भन्नुभयो, ‘त्यत्ति भए पुग्छ। मैले थाहा पाएँ, तँ मेरो साथमा सधैं हिँडन सक्छस्।’

वा मोशालाई हेर्नुहोस्। मोशा फारोकी छोरीको धर्मपुत्र थिए। तिनी मिश्रको सिंहासनको उत्तराधिकारी थिए। तिनी आफ्नो समयको संसारको सबैभन्दा महान् साम्राज्यको सम्राट बन्न सक्थे। तिनले सारा सम्पत्ति प्राप्त गर्न सक्थे र मानिसले प्राप्त गर्न सक्ने सारा शक्ति र गौरव प्राप्त गर्न सक्थे। तर मोशाले परमेश्वरका मानिसहरूका निम्ति दुःख भोग्नका निम्ति ती सबै कुरालाई त्यागिदिए। मोशा यदि उहाँद्वारा प्रयोग हुनु हो भने उसले सबै कुरा त्याग्नुपर्छ भनी परमेश्वरले माग गर्नुभयो। अनि तिनले अध्ययन, प्रार्थना गरोस् र सिकोस् भनी उहाँले तिनलाई मरुभूमिको पछिल्तिर राख्नुभयो।

वा योसेफलाई हेर्नुहोस्। योसेफलाई तिनका दाजुहरूले दासको रूपमा बेचिदिएका थिए। तिनी मिश्रमा पोतीफरको घरमा काम गर्न जान पऱ्यो। तिनी आफ्नो परिवार र मित्रहरूबाट टाढा भए। तिनी केटौले उमेरका थिए। तिनले सम्झौता गर्न सक्थे। त्यो कुरा परमेश्वरबाहेक अरू कसैले पनि थाहा पाउने थिएनन्। अनि पोतीफरकी पत्नी अति सुन्दरी थिइन्। उनले तिनलाई व्यभिचारमा फसाउन खोजिन्। पोतीफरकी पत्नीको सहायताद्वारा त्यो राज्यमा तिनको ठूलो उन्नति हुनेछ भनी तिनले जान्दथे- तर तिनले उनको प्रस्ताव अस्वीकार गरे। उनले तिनलाई पक्रँदा तिनले आफ्नो खास्टो छोडेर भागे। त्यस घटनाको कारण तिनी झ्यालखानमा परे अनि तिनलाई मृत्युदण्डको सजाय सुनाइयो। तिनी भित्रैबाट साँचो छ के भनी परमेश्वरले यस जवान व्यक्तिलाई जाँचिरहनुभएको थियो। पछि तिनी झ्यालखानबाट छुटे र मिश्रदेशको दोस्रो उच्च पदमा पुगे।

‘कोही मेरो पछि आउने इच्छा गर्दछ भने, उसले आफूलाई इन्कार गरोस् र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्।’ (मत्ती १६:२४)

वा दानिएललाई हेर्नुहोस्। तिनीहरूले भने, ‘दानिएल, बेबिलोनमा प्रार्थना गर्न पाइँदैन। यदि तिमीले प्रार्थना गऱ्यौ भने तिमी सिंहहरूको खोरमा फालिनेछौ।’

तर दानिएलले झ्याल खुल्ला राखेर प्रत्येक दिन तीनचोटि प्रार्थना गरे। तिनी देशका प्रधानमन्त्री भए पनि उनीहरूले तिनलाई सिंहहरूको खोरमा हाले। अनि परमेश्वरले सिंहहरूका मुखहरू बन्द गरिदिनुहुनेछ भनी दानिएललाई थाहा थिएन। परमेश्वरले तिनलाई मूल्य चुकाउने आह्वान गरिरहनुभएको थियो र तिनी मूल्य चुकाउन तयार थिए।

अनि आज साँझ येशूले तपाईंलाई यसो भनिरहनुभएको छ,

‘कोही मेरो पछि आउने इच्छा गर्दछ भने, उसले आफूलाई इन्कार गरोस् र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्।’ (मत्ती १६:२४)

यसको अर्थ तपाईं अरू मानिसहरूभन्दा भिन्न हुनुहुनेछ भन्ने हो। आजका अधिकांश जवान मानिसहरू एकै प्रकारका पहिरन लगाउँछन्। तिनीहरू एउटै देखिन्छन्। तिनीहरूले एउटै प्रकारको काम गर्छन्। तिनीहरू भिन्न व्यक्ति बन्न डराउँछन्। यदि तपाईंका कोही मित्रहरू छन् जसले कपाल खौरिन्छ, नाकमा बुलाकी लाउँछन् भने तपाईं पनि कपाल खौरिन र नाकमा बुलाकी लगाउन चाहनुहुन्छ- यसैले तपाईं भिन्न व्यक्ति देखिनुहुन्न- तपाईं तिनीहरूजस्तै बन्नुहुन्छ। तर बाइबलले तपाईंलाई केही भिन्न बन्न- भीडहरूबाट निस्केर दिमागी र आत्मिक रूपमा सम्झौता नगर्ने व्यक्ति बन्न बोलाइरहेको छ भने।

जब अरूहरूले परमेश्वर छैनन् भनिरहेका हुन्छन् वा परमेश्वरको कुनै महत्व छैन भनिरहेको हुन्छन् तब तपाईंले त्यसको विरुद्धमा खडा भएर परमेश्वरको महत्त्व छ, परमेश्वर अहिले पनि प्रासंगिक र मेरो जीवनको केन्द्र हुनुहुन्छ भन्न सक्नुपर्छ। सबिना उम्ब्राण्डनले त्यसै गर्थिन्, दोस्रो विश्व युद्धको बेला यहूदीहरूलाई लुकाएर भगाएकोमा तिनका दुइ दाजुहरू र एउटी बहिनी, तिनका आमाबुबा दुवै हिटलरको यातना केन्द्रमा मारिएका भए पनि तिनी परमेश्वरको निम्ति खडा भइन्।

जब अरूहरूले ‘ब्याप्टिस्ट मण्डलीमा फर्केर नजाओ। हाम्रो साथमा आओ। हामी अरू कुनै मण्डलीमा जाऔं’ भनिरहेका हुन्छन्, त्यसबेला तपाईंले भन्नुहोस्, ‘हुँदैन, म त्यहीँ जानेछु। म परमेश्वरलाई चाहन्छु। जस्तै मूल्य चुकाउन परे पनि म येशू ख्रीष्टलाई चाहन्छु। म त्यस उग्र प्रचारकलाई फेरि सुन्न चाहन्छु। म त्यो ब्याप्टिस्ट टेबरनेकलका मानिसहरूसँग जे छ त्यो चाहन्छु।’


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री ज्याक गानद्वारा एकल गीत प्रस्तुत गरियो।
('द मास्टर ह्याथ कम,' सारा डाउडनेद्वारा रचित, १८४१-१९२६)