Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




ख्रीष्टले उहाँको सांसारिक राज्य कसरी स्थापित गर्नुहुनेछ

HOW CHRIST WILL SET UP HIS EARTHLY KINGDOM
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

१३ जनवरी, २०१९, आइतबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Evening, January 13, 2019

‘त्‍यस दिन उहाँका खुट्टाले यरूशलेमको सामु पूर्वतिर भएको जैतून डाँड़ामा टेक्‍नेछन्‌, अनि पूर्वदेखि पश्‍चिमसम्‍म जैतून डाँड़ाको बीचमा धाँदो फाट्‌नेछ, र त्‍यहाँ एउटा ठूलो खोल्‍सा बनिनेछ। आधा पर्वत उत्तरतिर र आधा पर्वत दक्षिणतिर छुट्टिनेछ। तिमीहरू मेरो पर्वतको खोल्‍साबाट भएर भाग्‍नेछौ, किनकि त्‍यो आसेलसम्‍म फैलिनेछ। यहूदाका राजा उज्‍जियाहको पालोमा आएको भूकम्‍पमा मानिसहरू भागेझैँ तिमीहरू भाग्‍नेछौ। तब परमप्रभु मेरा परमेश्‍वर उहाँका सबै पवित्र जनहरूसँग आउनुहुनेछ। परमप्रभु समस्‍त पृथ्‍वीका राजा हुनुहुनेछ। त्‍यस दिन एकमात्र परमप्रभु हुनुहुनेछ र उहाँकै नाउँ मात्र हुनेछ।’ (जकरिया १४:४-५, ९)


संसारमा जिउने प्रायः प्रत्येक व्यक्तिले नै ख्रीष्टको पहिलो आगमनको बारेमा, उहाँ परमेश्वरबाट कन्ये मरियमको गर्भमा पठाइनुभएको, अनि बेथलेहेमको गाईको गोठमा जन्मनुभएको बारेमा सुनेको छ। हो, तपाईंहरू सबैले ख्रीष्टको पहिलो आगमनको बारेमा सुन्नुभएको छ। तापनि बाइबलमा उहाँको दोस्रो आगमनसम्बन्धी पदहरू उहाँको पहिलो आगमनसम्बन्धी पदहरूभन्दा धेरै छन्, आठ-एकको अनुपातमा छ। डा. डेभिड जर्मायाले भनेका छन्,

विद्वानहरूले दोस्रो आगमन सम्बन्धी १,८४५ बाइबल पदहरू भेट्टाएका छन्, तीमध्ये ३१८ वटा नयाँ करारमा छन्। उहाँको पुनरागमनको बारेमा पुरानो करारका करिब सत्रवटा पुस्तकमा र नयाँ करारमा प्रत्येक दश अध्यायमध्ये सातवटामा जोड दिइएको छ। ख्रीष्ट आफैले उहाँको दोस्रो आमगनको बारेमा एक्काईस पल्ट उल्लेख गर्नुभयो। नयाँ करारको पुस्तकको प्रमुख विषयमध्ये विश्वासबाहेक उहाँको दोस्रो आगमन दोस्रो विषय हो. (डेभिड जर्माया, डी. डी., व्हाट इऩ द वर्ल्ड इज गोइङ अन?, थोमस नेलसन् पब्लिसर्स, २००८, पृष्ठ २१७)।

ख्रीष्टको दोस्रो आगमन सम्बन्धी एउटा स्पष्ट खण्ड आजको हाम्रो बाइबल खण्ड, जकरिया १४:४-५,९ हो। यो खण्डबाट हामी तीनवटा महान् पाठहरू सिक्छौं।

१. पहिलो, ख्रीष्ट जैतून पहाडमा फर्केर आउनुहुनेछ।

मलाई पूरा विश्वास छ स्कोफिल्डको निम्न टिप्पणी सही छ।

जकरिया १४ मा त्यो सम्पूर्ण घटना दोहोऱ्याइएको छ। त्यसको (घटनाहरूको) क्रम यस्तो छः (१) जाति-जातिहरू भेला हुने, पद २, (हेर्नुहोस्, आर-मागेड्डोन, प्रकाश १६:१६, १९:११, टिप्पणी); (२) छुटकारा, पद ३; (३) जैतून पहाडमा ख्रीष्टको दोस्रो आगमन, र दृश्यको भौतिक परिवर्तन, पद ४-८; (४) राज्यको स्थापना, पूर्ण सांसारिक आशिष्, पद ९-२१ (द स्कोफिल्ड स्टडी बाइबल, १९१७, संस्करण, पृष्ठ ९७८, जकरिया १३:८ को टिप्पणी)।

ख्रीष्ट विरोधीको नेतृत्त्वमा अन्यजाति संसारका शक्तिहरूले इस्राएलको विरुद्ध आर-मागेड्डोन भनिने मगिड्डोको भञ्ज्याङमा तिनीहरूका सेना पठाउनेछन्। ख्रीष्ट विरोधीका सेनाहरू यरुशलेमको नजिक आउनेछन्, तर ख्रीष्ट आकाशबाट अचानक आउनुहुनेछ र तिनीहरूलाई पराजित गर्नुहुनेछ। कृपया, खडा भएर जकरिया १४:३-४ पढनुहोस्।

तब युद्धको दिनमा लड़ाइँ गरेझैँ परमप्रभु निस्‍केर ती जाति-जातिहरूसित लड़ाइँ गर्नुहुनेछ। त्‍यस दिन उहाँका खुट्टाले यरूशलेमको सामु पूर्वतिर भएको जैतून डाँड़ामा टेक्‍नेछन्‌, अनि पूर्वदेखि पश्‍चिमसम्‍म जैतून डाँड़ाको बीचमा धाँदो फाट्‌नेछ, र त्‍यहाँ एउटा ठूलो खोल्‍सा बनिनेछ। आधा पर्वत उत्तरतिर र आधा पर्वत दक्षिणतिर छुट्टिनेछ। (जकरिया १३:३-४)

तपाईंहरू बस्न सक्नुहुन्छ।

‘त्‍यस दिन उहाँका खुट्टाले यरूशलेमको सामु पूर्वतिर भएको जैतून डाँड़ामा टेक्‍नेछन्‌’ (जकरिया १४:४)। जैतून पहाड यरूशलेमको पूर्वपट्टि छ। यो त्यही जैतून पहाड हो, जहाँ येशू उहाँ पक्राउ पर्नुभएको रात प्रार्थना गर्न जानुभएको थियो। यो त्यही जैतून पहाड हो, जहाँबाट येशू स्वर्गतिर उक्लिनुभएको थियो, जुन घटनाको वर्णन प्रेरित १:९-१२।

‘उहाँले यो कुरा भन्‍नुभएपछि, तिनीहरूले हेर्दाहेर्दै उहाँ उँभो उचालिनुभयो, र बादलमा उहाँ तिनीहरूका दृष्‍टिबाट लोप हुनुभयो। जब तिनीहरूले उहाँ जाँदैगर्नुभएको एकटक आकाशतिर हेरिरहेका थिए, तब अचानक सेतो पोशाक लाएका दुई जना मानिस तिनीहरूका नजिक खड़ा भए। तिनीहरूले भने, “गालीलका मानिस हो, तिमीहरू किन आकाशतिर हेर्दै उभिरहेका छौ? यही येशू, जो तिमीहरूबाट स्‍वर्गमा लगिनुभयो, अहिले जसरी तिमीहरूले उहाँलाई स्‍वर्गमा जानुभएको देख्‍यौ, त्‍यसरी नै उहाँ फेरि आउनुहुनेछ।” तब तिनीहरू जैतून भनिने पहाड़बाट यरूशलेम फर्के। यरूशलेमदेखि यो पहाड प्राय: एक किलोमिटर जति टाढ़ा पर्छ।’ (प्रेरित १:९-१२)

‘त्‍यस दिन उहाँका खुट्टाले यरूशलेमको सामु पूर्वतिर भएको जैतून डाँड़ामा टेक्‍नेछन्‌’ (जकरिया १४:४)। जुन खुट्टाहरूमा क्रूसमा कीलाहरू ठोकिएका थिए, ती खुट्टाहरूले त्यही पहाडमा टेक्नेछन् जहाँबाट प्रेरित १:९ मा उहाँ स्वर्गतिर जानुभएको थियो।

‘अनि पूर्वदेखि पश्‍चिमसम्‍म जैतून डाँड़ाको बीचमा धाँदो फाट्‌नेछ, र त्‍यहाँ एउटा ठूलो खोल्‍सा बनिनेछ। आधा पर्वत उत्तरतिर र आधा पर्वत दक्षिणतिर छुट्टिनेछ’ (जकरिया १४:४)। डा. मेकजीले भने,

जुन ठूलो भौतिक परिवर्तनहरू हुनेछन् ती यहाँ उल्लेख गरिएका छन्। त्यसबेला ठूलो भैंचालो जानेछ, अनि जैतून पहाड बीचैमा चिरा पर्नेछ। त्यसको आधा भाग उत्तरतिर र आधा भाग दक्षिणतिर हुनेछ। ‘अनि त्यहाँ एउटा ठूलो खोंच हुनेछ’ (जे. भर्नोन मेकजी, टी.एचडी., थ्रू द बाइबल, थोमस नेलसन पब्लिसर्स, १९८२, भाग ३, पृष्ठ ९८६)।

+ + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + +

हाम्रा प्रवचनहरू अब तपाईंको मोबाएल फोनमा पनि उपलब्ध छन्।
यो वेबसाइट खोल्नुहोस्ः WWW.SERMONSFORTHEWORLD.COM
‘APP’ लेखिएको शब्दसहितको हरियो बटनमा क्लिक गर्नुहोस्।
त्यसपछिका निर्देशनअनुसार गर्दैजानुहोस्।

+ + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + +

यसैले, पहिलो बुँदा हो- ख्रीष्ट आकाशबाट जैतून पहाडमा फर्केर आउनुहुनेछ।

२. दोस्रो, ख्रीष्ट उहाँका सन्तहरूको साथमा फर्केर आउनुहुनेछ।

पाँचौं पदको अन्त्यमा हेर्नुहोस्।

‘तब परमप्रभु मेरा परमेश्‍वर उहाँका सबै पवित्र जनहरूसँग आउनुहुनेछ।’ (जकरिया १४:५)

यसको अर्थ, अघिबाटै उठाइएका ख्रीष्टियनहरू ख्रीष्टको पछिपछि आकाशबाट जैतून पहाडमा आउनेछन्। यो घटनाको अगमवाणी सबैभन्दा पहिले हनोकद्वारा गरिएको थियो।

‘आदमदेखि सातौँ पुस्‍ताका हनोकले पनि यी मानिसहरूका विषयमा यस्‍तो अगमवाणी बोलेका थिए, “हेर, परमप्रभु आफ्‍ना असंख्‍य पवित्र जनहरूसँग आउनुभयो।’ (यहूदा १४)

अनि प्रेरित यूहन्नाले प्रकाश १९:१४ मा यस विषयमा कुरा गरेका छन्, ‘स्वर्गका सेनाहरू...उहाँको पछिपछि लागे,’ उहाँ ख्रीष्ट विरोधीको सेनालाई नाश पार्न जैतून पहाडमा आउनुहुनेछ। डा. जर्मायाले भने,

ख्रीष्टको दोस्रो आगमनमा उहाँको साथमा आउने स्वर्गका सेनाहरू सन्तहरू र स्वर्गदूतहरू मिलेर बनेको हुन्छ- तपाईं र मझैं मानिसहरू असीमित शक्ति भएका स्वर्गका प्राणीहरू सँगसँगै उभिनेछौं...तिनीहरूले लडाइँ गर्नेछैनन्। येशू आफैले विद्रोहीहरूलाई नाश पार्नुहुनेछ (डेभिड जर्माया, ऐजन, पृष्ठ २२४)।

‘तब परमप्रभु मेरा परमेश्‍वर उहाँका सबै पवित्र जनहरूसँग आउनुहुनेछ।’ (जकरिया १४:५)

डा. मेकजीले भने,

यो पवित्र बाइबलको अति चाखलाग्दो खण्ड हो। यो प्रभु येशू ख्रीष्ट संसारमा फर्केर आउनुहुने कुराको तस्वीर हो। हामी प्रकाश १९ मा पनि यो कुरा पाउँछौं, जहाँ स्वर्गका सेनाहरू उहाँको पछिपछि आउनेछ भनिएको छ (जे. भर्नोन मेकजी, ऐजन)।

यो जकरियाको अगमवाणीको दोस्रो मुख्य कुरा हो- ख्रीष्ट उहाँका सन्तहरूको साथमा ख्रीष्ट विरोधीको सेनालाई जित्न आउनुहुनेछ। सबै युगका सबै साँचो विश्वासीहरू त्यो समय ख्रीष्टको साथमा फर्केर आउनेछन्।

दश हजार पल्ट दश हजार
   उज्ज्वल वस्त्र चम्किलो,
छुटाइएका सेनाहरूको सेना
   ज्योतिको स्थानमा भीड लागेको;
अब सिद्धियो, सबै सिद्धियो,
   मृत्यु र पापसँग तिनीहरूका लडाइँ
उदाङ्गो खुलेको सुनौला ढोकाहरू
   अनि विजेताहरू भित्र पस्छन्।
(‘टेन थाउजन्ड टाइम्स टेन थाउजन्ड,’ हेनरी अलफोर्डद्वारा रचित-१८१०-१८७१)

जोन सिन्निक अनि चार्ल्स वेस्लीले लेखे,

हेर, आउनुहुन्छ उहाँ बादलमा ओर्लेर
   एक पल्ट मारिए हाम्रो उद्धारका निम्ति
हजारौं, हजारौं सन्तहरू उपस्थित,
   उहाँको पंक्तिको जीत बढेको,
हल्लेलूयाह! हल्लेलूयाह!
   परमेश्वर आउनुहुन्छ संसारमा राज गर्न।
(‘लो! ही कम्स,’ जोन सिन्निकद्वारा रचित, १७१८-१७५५;
      चार्ल्स वेस्लीद्वारा परिवर्तन गरिएको, १७०७-१७८८)

३. तेस्रो, ख्रीष्ट उहाँको सांसारिक राज्य स्थापना गर्न आउनुहुनेछ।

कृपया, खडा भएर जकरिया १४:९ ठूलो सोरमा पढनुहोस्।

‘परमप्रभु समस्‍त पृथ्‍वीका राजा हुनुहुनेछ। त्‍यस दिन एकमात्र परमप्रभु हुनुहुनेछ र उहाँकै नाउँ मात्र हुनेछ।’ (जकरिया १४:९)

तपाईंहरू बस्न सक्नुहुन्छ। त्यो दिन ख्रीष्ट सारा पृथ्वीमाथिका राजा हुनुहुनेछ। अन्त्यमा, ख्रीष्टियनहरूले विगत दुइ हजार वर्षदेखि गर्दै आएका प्रार्थनाको उत्तर दिइनेछ,

‘तपाईंको राज्‍य आओस्‌। तपाईंको इच्‍छा स्‍वर्गमा जस्‍तो छ, त्‍यस्‍तै यस पृथ्‍वीमा पूरा होस्‌।’ (मत्ती ६:१०)

अनि उहाँको सांसारिक राज्य दुइ हजार वर्षसम्म रहनेछ। कृपया, प्रकाश २० अध्यायको ४ देखि ६ पदसम्म हेर्नुहोस्। ती पदहरू ठूलो सोरमा पढनुहोस्।

तब मैले सिंहासनहरू र त्‍यसमाथि बस्‍नेहरूलाई देखें, जसलाई इन्‍साफ गर्ने अधिकार दिइएको थियो। तब येशूका गवाहीको निम्‍ति र परमेश्‍वरका वचनको निम्‍ति शिर काटिएकाहरू, र त्‍यो पशु र त्‍यसका मूर्तिको पूजा नगर्नेहरू र त्‍यसको छाप निधार वा हातमा नलगाउनेहरूका आत्‍माहरूलाई मैले देखें। तिनीहरू फेरि जीवित भए, र तिनीहरूले ख्रीष्‍टसँग एक हजार वर्षसम्‍म राज्‍य गरे। अरू मरेकाहरूचाहिँ ती एक हजार वर्ष नबितुञ्‍जेल जीवित भएनन्‌। यो पहिलो पुनरुत्‍थान हो। पहिलो पुनरुत्‍थानमा सहभागी हुनेहरू धन्‍य र पवित्र हुन्‌। यिनीहरूलाई दोस्रो मृत्‍युको शक्तिले केही गर्न सक्‍दैन, तर तिनीहरू परमेश्‍वर र ख्रीष्‍टका पूजाहारी भएर उहाँसँग एक हजार वर्षसम्‍म राज्‍य गर्नेछन्‌। (प्रकाश २०:४-६)

यहोवाका साक्षीहरू १,००० वर्षे राज्यमा विश्वास गर्छन्। तर त्यसमा कसरी प्रवेश गर्ने त्यो तिनीहरू जान्दैनन्। मेरो अफिसमा यहोवाका साक्षीको एउटा पर्चा छ, त्यसको शीर्षक छ, ‘सबै दुःख-कष्ट चाँडै समाप्त हुनेछन्!’ त्यो पर्चाको अन्त्यमा यसो भनिएको छ, ‘जब अन्त्यको समय आउँछ त्यसबेला को बच्नेछ? जसले यहोवाको इच्छा जानेर त्योअनुसार गर्नेछ तिनीहरू नै’ (‘सबै दुःख-कष्ट चाँडै समाप्त हुनेछन्,’ प्रहरी धरहरा बाइबल र ट्र्याक सोसाइटी अफ पेनसिलभेनिया, २००५, पृष्ठ ६)। यसैले, यहोवाका साक्षीहरूले परमेश्वरको सत्यता ‘सिकेर’ त्यसअनुसार ‘गर्नेहरू’ परमेश्वरको राज्यमा प्रवेश गर्छन् भनी शिक्षा दिन्छन्। त्यो सबैभन्दा ठूलो भूल हो। यो कर्मद्वारा उद्धार पाइन्छ भन्ने भुल हो- केही ‘सिकेर’ त्यो ‘गर्नुपर्छ’ भन्ने भुल हो। अचम्मको कुरा, यहोवाका साक्षीहरूको गल्ती रोमन केथोलिकहरू कै भुलजस्तो छ, जसको विरुद्ध यी साक्षीहरू प्रायः बोल्ने गर्छन्। केथोलिक र यहोवाका साक्षीहरू दुवैले कर्मद्वारा उद्धार पाउने, केही सिकेर त्यसअनुसार गर्दा उद्धार पाउने शिक्षा दिन्छन्!

तर स्वयम् बाइबलले उद्धार सिकेर अनि गरेर होइन, तर अनुग्रहद्वारा पाइन्छ, मानिसको कोसिसले होइन तर अनुग्रहले मात्र पाइन्छ भनी शिक्षा दिन्छ।

‘किनभने अनुग्रहबाट विश्‍वासद्वारा तिमीहरूले उद्धार पाएका छौ– र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्‍वरको वरदान हो– कर्महरूद्वारा होइन, नत्रता मानिसले घमण्‍ड गर्नेछ।’ (एफिसी २:८-९)

जोन न्यूटनले भने,

अनुग्रह अपार, मधुर बात,
   म पापी बाँचेछु
हराएको थिएँ, पाइएको छु,
   अन्धो थिएँ देख्दैछु।

अनुग्रहले सिकायो हृदयलाई भय मान्न,
   अनुग्रहले भय कम गरायो,
कति अमूल्य अनुग्रह देखियो
   पहिलो पल्ट मैले गर्दा विश्वास!
(‘अमेजिङ ग्रेस,’ जोन न्यूटनद्वारा रचित- १७२५-१८०७)

परमेश्वरले तपाईंलाई अनुग्रह देऊन्, कि तपाईंले

‘प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस्, र तपाईंले उद्धार पाउनुहुनेछ।’ (प्रेरित १६:३१)


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री ज्याक गानद्वारा एकल गीत प्रस्तुत गरियो।
     ('हि इज कमिङ अगेन,' माबेल जोन्सटन केम्पद्वारा रचित, १८७१-१९३७)


रूपरेखा

ख्रीष्टले उहाँको सांसारिक राज्य कसरी स्थापित गर्नुहुनेछ

HOW CHRIST WILL SET UP HIS EARTHLY KINGDOM

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

त्‍यस दिन उहाँका खुट्टाले यरूशलेमको सामु पूर्वतिर भएको जैतून डाँड़ामा टेक्‍नेछन्‌, अनि पूर्वदेखि पश्‍चिमसम्‍म जैतून डाँड़ाको बीचमा धाँदो फाट्‌नेछ, र त्‍यहाँ एउटा ठूलो खोल्‍सा बनिनेछ। आधा पर्वत उत्तरतिर र आधा पर्वत दक्षिणतिर छुट्टिनेछ। तिमीहरू मेरो पर्वतको खोल्‍साबाट भएर भाग्‍नेछौ, किनकि त्‍यो आसेलसम्‍म फैलिनेछ। यहूदाका राजा उज्‍जियाहको पालोमा आएको भूकम्‍पमा मानिसहरू भागेझैँ तिमीहरू भाग्‍नेछौ। तब परमप्रभु मेरा परमेश्‍वर उहाँका सबै पवित्र जनहरूसँग आउनुहुनेछ। परमप्रभु समस्‍त पृथ्‍वीका राजा हुनुहुनेछ। त्‍यस दिन एकमात्र परमप्रभु हुनुहुनेछ र उहाँकै नाउँ मात्र हुनेछ। (जकरिया १४:४-५, ९)

१. पहिलो, ख्रीष्ट जैतून पहाडमा फर्केर आउनुहुनेछ।
जकरिया १४:३-४, प्रेरित १:९-१२

२. दोस्रो, ख्रीष्ट उहाँका सन्तहरूको साथमा फर्केर आउनुहुनेछ
जकरिया १४:५, यहूदा १४, प्रकाश १९:१४

३. तेस्रो, ख्रीष्ट उहाँको सांसारिक राज्य स्थापना गर्न आउनुहुनेछ
जकरिया १४:९, मत्ती ६:१०, प्रकाश २०:४-६, एफिसी २:८-९, प्रेरित १६:३१