Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




बाइबल अनि स्थानीय मण्डलीसँग विश्वासघात गर्नेहरू

THE BIBLE AND TRAITORS TO A LOCAL CHURCH
(Nepali)

डा. आर. एल. हिमर्स, जुनियरद्वारा लिखित अनि रेभरेन्ड जोन शमूएल केगनद्वारा ४ नवम्बर, २०१८, आइतबार बिहान लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा प्रचार गरिएको प्रवचन
A sermon written by Dr. R. L. Hymers, Jr.
and preached by Rev. John Samuel Cagan
at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Morning, November 4, 2018

‘तिनीहरू हामीबाट निस्केर गए, किनकि तिनीहरू हाम्रा थिएनन्। यदि ती हाम्रा हुँदा हुन् त तिनीहरू हामीसँगै रहिरहनेथिए, तर तिनीहरू सबै हाम्रा होइन रहेछन् भन्ने कुरा प्रकट गराउनलाई तिनीहरू निस्केर गएका हुन्।’ (१ यूहन्ना २:१९)


अल्बर्ट केमस र जीन-पल साट्री ती दुइ दार्शनिकहरू थिए, जसले अस्तित्ववादको सिद्धान्तलाई लोकप्रिय बनाए। तिनीहरूका दर्शनमा आजका अधिकांश मानिसहरूका सोचविचारको झलक पाइन्छ, तापनि मानिसहरूले यो कुरा बुझ्न सक्दैनन्। डा. आर. सी. स्परोलले भने, ‘हामी वास्तवमा आफ्नो जीवनमा प्रायः प्रत्येक दिन र प्रायः हाम्रो संस्कृतिको प्रत्येक क्षेत्रमा अस्तित्ववादको प्रभावको सामना गर्छौं, हामी हरेक दिन त्यसको प्रभावमा परेर जिउँछौं’ (डा. आर. सी. स्परोल, लाइफभिउज, फ्लेमिङ एच. रिभेल, १९८६, पृष्ठ ४९)।

केमस र साट्रीको अस्तित्ववादले ‘ईश्वरहीन संसारमा मानिसको मूलभूत एकलोपन’ माथि जोड़ दिँदछ (डा. जोन ब्लानचार्ड, डज गड बिलिभ इन एथिस्ट्स्?, इभान्जलिकल प्रेस, २०००, पृष्ठ १३८)

के आर. सी. स्परोलले हामी ‘प्रत्येक दिन’ यो सिद्धान्त वा दर्शनको ‘प्रभावमा’ जिउँछौं भनेको कुरा सही हो? मलाई लाग्छ, सही हो। यसैकारण एकलोपन को विषय विशेष गरी जवानहरूका निम्ति अति नै आकर्षक छ। यो सिद्धान्त कहाँबाट आएको वा यो कसले भनेको हो भन्ने नजाने पनि तपाईं ‘ईश्वरहीन संसारमा मानिसको मूलभूत एकलोपन’ महसुस गर्नुहुन्छ। त्यस वाक्यांशमा केही सत्यता छ। प्रत्येक जवान मानिसले ‘ईश्वरहीन संसारमा मानिसको मूलभूत एकलोपन’ महसुस गर्दछ।

तपाईं मानिसहरूको भीड जमेको कोठामा पनि एकलो महसुस गर्न सक्नुहुन्छ। तपाईं मनोरंजनपूर्ण पाटीमा वा भीड लागेको पसलमा पनि एकलो महसुस गर्नुहुन्छ। एक जना जवानले हाम्रा पास्टर डा. हिमर्सलाई भन्यो, ‘म अति एकलो छु, के गर्नुपर्ने हो मलाई थाहा छैन।’ केही हप्तापछि उसले आत्महत्या गऱ्यो। अनि धेरै जना जवानहरू साँच्चै आज एकलोपनको भावनाले पीडित छन्। यो अस्तित्ववादले जन्माएको कुरा हो, जुन ‘हाम्रो संस्कृतिको हरेक क्षेत्रमा’ फैलिएको छ।

एकलोपन समस्या हो, तर त्यसको विष रोक्ने औषधि के हो? त्यसको उपचार के हो? त्यसको उपचार येशू ख्रीष्टलाई व्यक्तिगत रूपले चिन्नु हो- अनि स्थानीय मण्डलीमा रहेर परमेश्वरको परिवारको सदस्य हुनु हो। हामीले ‘किन एकलो हुनुपर्छ? भनेर अस्तित्ववादको डरलाई जवाफ दिइरहेका हुन्छौं। घरमा आउनुहोस्- मण्डलीमा! घरमा आउनुहोस्- परमेश्वरका पुत्र येशू ख्रीष्टकहाँ!’ त्यसो भनेर हामीले केमस, साट्री र सामान्य रूपमा अस्तित्ववादलाई जवाफ दिइरहेका हुन्छौं। हामीले त्यसो भनेर आधुनिक संसारको पीडा, एकलोपन, अर्थहीन अलग्गाइलाई जवाफ दिइरहेका हुन्छौं। कराउनुहोस्! कानेखुशी गर्नुहोस्! त्यो सबैतिर सबैलाई बताउनुहोस्! किन एकलो हुने? घरमा आउनुहोस्- मण्डलीमा! किन हराउने? घरमा आउनुहोस्- परमेश्वरका पुत्र येशू ख्रीष्टकहाँ!

तर केही यस्ता मानिसहरू पनि छन्, जो अर्कोबिना एउटा चाहन्छन्। उनीहरू येशू ख्रीष्टमा विश्वास नगरी स्थानीय मण्डलीको मित्र बन्न चाहन्छन्। तर आखिरीमा त्यसले काम गर्दैन। ती दुवै कुरा एकसाथ हुनुपर्छ। ख्रीष्टिय विश्वासमा यस्तै हुन्छ- मण्डलीसँग मित्रता र ख्रीष्टमा विश्वास हुनुपर्छ। तपाईं एउटाबिना अर्को प्राप्त गर्न सक्नुहुन्न!

यदि तपाईंको हृदय परिवर्तन नभई संगति गर्ने कोसिस गर्नुभयो भने यस्तै हुन्छ। आखिरीमा त्यो संगति तोडिन्छ। ढिलोछिटो त्यसले काम गर्दैन। आजको हाम्रो बाइबल पदले त्यसै भन्छ।

‘तिनीहरू हामीबाट निस्केर गए, किनकि तिनीहरू हाम्रा थिएनन्। यदि ती हाम्रा हुँदा हुन् त तिनीहरू हामीसँगै रहिरहनेथिए, तर तिनीहरू सबै हाम्रा होइन रहेछन् भन्ने कुरा प्रकट गराउनलाई तिनीहरू निस्केर गएका हुन्।’ (१ यूहन्ना २:१९)

डा. डब्लु. ए. क्रिसवेलले भने, ‘कोही-कोही मण्डलीहरूबाट अलग भएर गए।...तिनीहरू त्यसरी जानुले वास्तवमा तिनीहरूमा उद्धार पाउने विश्वास, अनि त्यसैले साँचो विश्वास थिएन भन्ने दर्शाउँछ’ (द क्रिसवेल स्टडी बाइबल, १ यूहन्ना २:१९ माथिको टिप्पणी)। १ यूहन्ना २:१९ को आधुनिक अनुवाद यस्तो छ,

‘तिनीहरू हामीबाट निस्केर गए, किनकि तिनीहरू साँच्चै हाम्रा थिएनन्। किनकि यदि ती हाम्रा हुँदा हुन् त तिनीहरू हामीसँगै रहिरहनेथिए, तर तिनीहरू त्यसरी जानुले तिनीहरू हाम्रा होइन रहेछन् भन्ने कुरा प्रकट गर्दछ।’ (१ यूहन्ना २:१९, एनआइभी)

आउनुहोस्, हामी यो बाइबलमाथि अझ गहिरिएर विचार गरौं।

+ + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + +

हाम्रा प्रवचनहरू अब तपाईंको मोबाएल फोनमा पनि उपलब्ध छन्।
यो वेबसाइट खोल्नुहोस्ः WWW.SERMONSFORTHEWORLD.COM
‘APP’ लेखिएको शब्दसहितको हरियो बटनमा क्लिक गर्नुहोस्।
त्यसपछिका निर्देशनअनुसार गर्दैजानुहोस्।

+ + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + +

१. पहिलो, तिनीहरूले के गरे।

डा. क्रिसवेलले भने, ‘कोही-कोही मण्डलीहरूबाट निस्केर गएका छन्।’ निस्सन्देह, तिनीहरूलाई संगतिमा रमाइलो लाग्थ्यो र आउने गर्थे। रोमी संसारको चिसोपन र हृदयहीनतमा सुरु-सुरुको मण्डली गहिरो मित्रता पाउने एउटा स्थान थियो। मानिसहरूले मण्डलीमा पाइने स्नेह र मित्रता मन पराउँथे,

‘परमेश्वरको प्रशंसा गर्दै, र सबै मानिसहरूबाट शुभेच्छा पाउँदै बस्थे।’ (प्रेरित २:४७)

तर उनीहरूले ख्रीष्टियन जीवन सधैं सहज नहुने रहेछ भनी बुझे। त्यो कुरा थाहा पाएपछि तिनीहरूमध्ये कोही-कोही निस्केर गए। प्रेरितले भने,

‘डेमासले यस वर्तमान संसारलाई प्रेम गरी मलाई त्यागेर ऊ थेसलोनिकेमा गएको छ। क्रेसेन्स गलातियामा गएका छन्, तीतसचाहिँ दलमातियामा। लूका मात्र मसँग छन्।’ (२ तिमोथी ४:१०-११)

समस्या आइलाग्दा डेमास, क्रेसेन्स र तीतस छोडेर गए।

के आज पनि यस्तो हुन्छ? हो, हुन्छ। मानिसहरू केही समयका निम्ति मण्डलीमा आउँछन्। मण्डलीमा पाइने मित्रता तिनीहरू मन पराउँछन्। ती सबै कुरा रमाइलो लाग्छ। तर अर्को केही कुरा हुन्छ। मैले एक जना मानिसको बारेमा सुनेको थिएँ, जो एक आइतबार बिहान लस भेगास गएको थियो। उसलाई मण्डलीमा जान मन पराउँथ्यो, तर लस भेगास उसलाई अझ रमाइलो लाग्यो। अरूहरू ख्रीष्टमस र नयाँ वर्षको समयमा पाटीहरूले तिनीहरूलाई बोलाएको ठान्छन्। उनीहरू संसारका पाटीहरू र उत्सवहरूद्वारा परीक्षामा पर्छन्- त्यसैले तिनीहरू मण्डली छोडेर जान्छन्। ‘तिनीहरू हामीबाट निस्केर गए, किनकि तिनीहरू हाम्रा थिएनन्’ (१ यूहन्ना २:१९)।

२. दोस्रो, तिनीहरूले किन त्यसो गरे।

हाम्रो आजको बाइबल पदले भन्छ, ‘तिनीहरू हाम्रा थिएनन्, यदि ती हाम्रा हुँदा हुन् त तिनीहरू हामीसँगै रहिरहनेथिए’ (१ यूहन्ना २:९)। डा. जे. भर्नोन मेकजीले १ यूहन्ना २:९ माथि टिप्पणी गर्दै भने,

तपाईं परमेश्वरको साँचो सन्तान त्यो हो भन्न सक्नुहुन्छ कि आखिरीमा एक व्यक्तिले आफ्ना साँचो रङ्गहरू देखाउनेछ र यदि ऊ परमेश्वरको सन्तान होइन भने उसले परमेश्वरको समदायलाई छोड्छ। ऊ ख्रीष्टियनहरूबाट, विश्वासीको समुदायबाट अलग्गिन्छ, अनि ऊ फर्केर संसारमा जान्छ। आफूलाई ख्रीष्टियन भन्ने मानिसहरू पनि धेरै छन्, तर उनीहरू साँचो ख्रीष्टियन होइनन् (जे. भर्नोन मेकजी, टीएचडी.,थ्रू द बाइबल, थोमस नेलसन पब्लिसर्स, १९८३, भाग ५, पृष्ठ ७७७)।

म कुनै टिप्पणी नगरी अल्बर्ट बारनेसको उत्कृष्ट बाइबल टिप्पणीबाट तिनको भनाइ प्रस्तुत राख्दछु,

यदि तिनीहरू हाम्रा हुँदा हुन् त। यदि तिनीहरू इमानदार र साँचो ख्रीष्टियन हुँदा हुन् त, निश्चय तिनीहरू हामीसँग रहिरहनेथिए। यदि तिनीहरू साँचो ख्रीष्टियन हुँदा हुन् त तिनीहरू मण्डलीबाट निस्केर जाने थिएनन्। उनले यस्तो सामान्य घोषणा गर्छन्, जसलाई हामी सर्वमान्य सत्यको रूपमा लिन सक्छौं, यदि कोही साँच्चै ‘हाम्रा हुँदा हुन्’ भने, अर्थात् यदि उनीहरू साँचो ख्रीष्टियन हुँदा हुन् त तिनीहरू मण्डलीमा आइरहने थिए वा विश्वासबाट पतित हुनेथिएन। यस भनाइले यो पनि सिकाउँछ कि यदि कोही मण्डलीबाट निस्केर जान्छ भने त्यो तिनीहरूमा विश्वास कहिल्यै थिएन भन्ने प्रमाण हो, किनकि यदि हुँदा हुन् त तिनीहरू स्थिर भएर मण्डलीमा रहरहनेथिए (अल्बर्ट बारनेस, नोट्स् अन द न्यू टेस्टामेन्ट, बेकर बुक हाउस, १९८३, १८८४-८५ को संस्करणको पुनर्प्रकाशन, १ यूहन्ना २:१९ माथिको टिप्पणी)।

येशूले भन्नुभयो,

‘ढुंगेनी जमिनमा पर्नेचाहिँ तिनीहरू हुन्, जसले वचन सुनेर खुशीसाथ त्यो ग्रहण गर्छन्। तर तिनको जरा हुँदैन, र केही समयका लागि तिनीहरूले विश्वास गर्छन्, तर परीक्षाको बेलामा तिनीहरूको पतन हुन्छ।’ (लूका ८:१३)

३. तेस्रो, त्यसको उपचार कसरी गर्ने।

‘तिनीहरू हामीबाट निस्केर गए, किनकि तिनीहरू हाम्रा थिएनन्। यदि ती हाम्रा हुँदा हुन् त तिनीहरू हामीसँगै रहिरहनेथिए, तर तिनीहरू सबै हाम्रा होइन रहेछन् भन्ने कुरा प्रकट गराउनलाई तिनीहरू निस्केर गएका हुन्।’ (१ यूहन्ना २:१९)

मेथ्यू हेनरीले भने,

तिनीहरू भित्रिय रूपमा हामीजस्ता थिएनन्; तर तिनीहरू हाम्रा थिएनन्; तिनीहरूलाई सिकाइएको साँचो शिक्षालाई तिनीहरूले हृदयबाटै पालन गरेनन् (मेथ्यू हेनरिज कमेन्टेरी अन द होल बाइबल, हेन्ड्रिक्सन, १९९६, पुनर्प्रकाशित, भाग ६, पृष्ठ ८६३)

तिनीहरू ख्रीष्टसँग जोडिएका थिएनन्। तिनीहरू ‘हाम्रा’ थिएनन्। डा. मेकजीले यस पदको विषयमा यसो भनेका छन्,

यूहन्नाले यहाँ अति गम्भीर रसत्य कुरा भनेका छन्, र तिनले आजका हामीलाई पनि भनेका हुन्। प्रभु येशू ख्रीष्टले अति धार्मिक मानिस निकोदेमसलाई तिनी फेरि नयाँ गरी जन्मनुपर्छ भन्नुभयो। उहाँले तिनलाई यसो भन्नुभयो, ‘कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन’ (यूहन्ना ३:३)। यूहन्ना यहाँ भन्छन्, ‘तिनीहरू हामीबाट निस्केर गए, किनकि तिनीहरू हाम्रा थिएनन्।’ तिनीहरू परमेश्वरका साँचो सन्तानजस्ता देखिन्थे, तर वास्तवमा थिएनन् (जे. भर्नोन मेकजी, ऐजन)।

‘हाम्रो’ हुनका निम्ति तपाईं नयाँ गरी जन्मनुपर्छ भनी डा. मेकजीले भनेका छन्। तपाईं ख्रीष्टसँग जोडिनुपर्छ। तपाईं साँचो रूपले नयाँ गरी जन्मनुभयो भने मात्र यस्तो हुन सक्छ। येशूले भन्नुभयो,

‘तिमी नयाँ गरी जन्मनैपर्छ’ (यूहन्ना ३:७)

धर्मत्यागको उपचार नयाँ गरी जन्मनु हो! नयाँ जन्म तब हुन्छ जब तपाईं आफ्ना पापहरू स्वीकार गरी ख्रीष्टमा आउनुहुन्छ। जब तपाईं उहाँमा आउनुहुन्छ, उहाँले तपाईंलाई ग्रहण गर्नुहुन्छ र उहाँको रगतले तपाईंका पापहरू पखालिदिनुहुन्छ। यस कुरामा तपाईं विश्वास गर्न सक्नुहुन्छ, किनकि उहाँले भन्नुभएको छ,

‘मकहाँ आउनेलाई कुनै रीतिले म त्याग्नेछैनँ।’ (यूहन्ना ६:३७)

जब तपाईं ख्रीष्टकहाँ आउनुहुन्छ, तब उहाँसँग जोडिनुहुन्छ, तपाईंले नयाँ जन्म पाउनुहुन्छ। तपाईंका पापहरू रद्द गरिनेछन्, र तपाईं परमेश्वरको सन्तान बन्नुहुनेछ। नयाँ जन्म पाएपछि मात्र तपाईं साँच्चै एउटा स्थानीय मण्डलीको जिउँदो सदस्य बन्नुहुनेछ। तपाईं ख्रीष्टमा आउनु भएर नयाँ जन्म पाउनुभएपछि अस्तित्ववाद रद्द गरिनेछ। ‘मानिसको मुख्य एकलोपन एउटा ईश्वरविहीन संसार हो’ र बौरी उठ्नुभएका ख्रीष्टलाई भेटेपछि त्यसको उपचार गरी निको पारिन्छ, र त्यो व्यक्ति एउटा स्थानीय मण्डलीको सदस्य बन्दछ। येशूले भन्नुभयो,

‘मकहाँ आउनेलाई कुनै रीतिले म त्याग्नेछैनँ।’ (यूहन्ना ६:३७)

किन हराउने त? घरमा आउनुहोस्- परमेश्वरका पुत्र येशू ख्रीष्टकहाँ!

चार्ल्स स्पर्जनले ‘प्रेमद्वारा प्रमाणित जीवन’ नामक प्रवचन दिए। त्यो प्रवचन १ यूहन्ना ३:१४ मा आधारित थियो,

‘हामी जान्दछौं, कि हामी त मृत्युबाट पार भएर जीवनमा सरिसकेका छौं, किनभने हामी आफ्ना दाजुभाइहरूलाई प्रेम गर्छौं।’ (१ यूहन्ना ३:१४)

स्पर्जनले भने,

तपाईंको नयाँ जन्म नहुञ्जेल परमेश्वरको अनुग्रहको अर्थ तपाईं बुझ्नुहुनेछैन। तपाईंले नयाँ जीवन पाउनैपर्छ, मृत्युबाट जीवनमा सर्नुपर्छ, नत्र तपाईं नयाँ कुराहरू जा्न्न सक्नुहुनेछैन।... ‘हामी जान्दछौं, कि हामी त मृत्युबाट पार भएर जीवनमा सरिसकेका छौं, किनभने हामी आफ्ना दाजुभाइहरूलाई प्रेम गर्छौं।’ यसैले दाजुभाइ हो, यदि हामी आफै परमेश्वरका मानिसहरू भएर परमेश्वरका मानिसहरूलाई प्रेम गर्दछौं भन्न सक्छौं भने त्योचाहिँ हामी मृत्युबाट जीवनमा सरिसकेका छौं भन्ने कुराको चिन्ह हो। (सी. एच. स्पर्जन, ‘लाइफ प्रुभ्ड बाई लभ,’ द मेट्रोपोलिटन टेबरनेकल पुल्पिट, पिलग्रिम पब्लिकेसन्स्, १९७६, पुनर्प्रकाशित, भाग ४४, पृष्ठ ८०-८१)

जब हामी आफ्नो हृदय परिवर्तन भएर मृत्युबाट जीवनमा सर्दछौं, तब हाम्रो स्थानीय मण्डलीका दाजुभाइहरूलाई प्रेम गर्दछौं!

यदि तपाईं यो मण्डलीमा बनाउनुभएको मित्रताको सम्बन्धलाई महत्त्व दिनुहुन्छ भने तपाईंले हृदय परिवर्तनको अनुभव प्राप्त गर्नुभएको छ भनी निश्चय गर्नुहोस्। तपाईंको हृदय परिवर्तन हुनु अति नै आवश्यक छ। ख्रीष्ट नै त्यो टाँस्ने वस्तु हुनुहुन्छ, जसले स्थानीय मण्डलीको संगतिलाई एकसाथ बाँधेर राख्नुहुन्छ!


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री जोन शमूएल केगनद्वारा पवित्रशास्त्र पठन गरियो– लूका ११:५-१३
प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
('आइ एम प्रेइङ फर यू,' एस ओ.मल्ले क्लगद्वारा रचित, १८३७-१९१०)


रूपरेखा

बाइबल अनि स्थानीय मण्डलीसँग विश्वासघात गर्नेहरू

THE BIBLE AND TRAITORS TO A LOCAL CHURCH

डा. आर. एल. हिमर्स, जुनियरद्वारा लिखित अनि रेभरेन्ड जोन शमूएल केगनद्वारा ४ नवम्बर, २०१८, आइतबार बिहान लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा प्रचार गरिएको प्रवचन

‘तिनीहरू हामीबाट निस्केर गए, किनकि तिनीहरू हाम्रा थिएनन्। यदि ती हाम्रा हुँदा हुन् त तिनीहरू हामीसँगै रहिरहनेथिए, तर तिनीहरू सबै हाम्रा होइन रहेछन् भन्ने कुरा प्रकट गराउनलाई तिनीहरू निस्केर गएका हुन्।’ (१ यूहन्ना २:१९)

१. पहिलो, तिनीहरूले के गरे। प्रेरित २:४७; २ तिमोथी ४:१०-११

२. दोस्रो, तिनीहरूले किन त्यसो गरे। लूका ८:१३

३. तेस्रो, त्यसको उपचार कसरी गर्ने। यूहन्ना ३:३,७; ६:३७; १ यूहन्ना ३:१४