Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




सुसमाचार प्रचारमा हामी जे गर्छौं त्यो किन गर्छौं

WHY WE DO WHAT WE DO – IN EVANGELISM
(Nepali)

डा. सी. एल. केगनद्वारा लिखित अनि रेभ. जोन शमूएल केगनद्वारा २८ अक्टुबर, २०१८, आइतबार बिहान लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन

A sermon written by Dr. C. L. Cagan
and preached by Rev. John Samuel Cagan
at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Morning, October 28, 2018

‘मूल सड्कहरू र गल्लीहरू हुँदो गएर मानिसहरूलाई भित्र आउन कर लगा।’ (लूका १४:२३)


हामी सुसमाचार प्रचार कार्यक्रम राख्छौं, किनकि हामी चाहन्छौं, मानिसहरू सुसमाचार सुन्न हाम्रो मण्डलीमा आऊन्। अन्य मण्डलीहरूमा मानिसहरू अरूहरूलाई बाटोघाटोमा ‘पापीले गर्ने प्रार्थना’ गर्न लगाउँछन्, अनि उनीहरूले प्रार्थना गर्ने ‘निर्णय’ गरेपछि उनीहरूलाई मण्डलीमा बोलाउँछन्। तर हामी भने पहिले मानिसहरूलाई मण्डलीमा आउने निमन्त्रणा दिन्छौं। अनि हामी उनीहरूलाई मण्डलीभित्र ल्याउँछौं। उनीहरू आएपछि मण्डलीका विश्वासीहरूसँग उनीहरूले मित्रता गर्छन्। उनीहरूले सुसमाचार प्रचार गरिएको सुन्छन्। उनीहरूमध्ये कोही-कोही सेवापछि बस्छन् र ख्रीष्टमा विश्वास गर्छन्। तिनीहरू असल ख्रीष्टियनहरू बन्छन्। यो नयाँ तरीका हामीले हाम्रा पास्टर डा. हिमर्सबाट प्राप्त गरेका हौं। उहाँले यो तरीका बनाउनुभयो, किनकि अरू सबै तरीकाहरू हराएका मानिसहरूलाई मण्डलीमा ल्याउन बिफल भएको छ भनी उहाँले बुझ्नुभयो।

डा. हिमर्सको तरीका कुन हो? हामी सुसमाचार प्रचारको कार्यक्रममा के गर्छौं? बुधबार बेलुकी, बिहिबार राति र अन्य समयमा हामी दुइ-दुइ गरी लस एन्जलसका कलेजहरूमा, सपिङ मलहरूमा र सार्वजनिक स्थानहरूहुँदो जान्छौं। हामीमध्ये धेरै जनाले हाम्रो आफ्नै ठाउँमा पनि यसो गर्छौं। ती ठाउँहरूमा हामी मानिसहरूलाई भेट्छौं र उनीहरूसँग कुराकानी गर्छौं। हामी उनीहरूलाई त्यत्ति नै बेला ख्रीष्टमा विश्वास गर्नुहोस् भन्दैनौं। हामी उनीहरूलाई ‘पापीले गर्ने प्रार्थना’ पनि गर्न लगाउँदैनौं। बरु हामी उनीहरूलाई हाम्रो मण्डलीमा आउँदा के हुन्छ भन्ने कुरा बताउँछौं। मण्डलीमा धेरैजना जवान केटा-केटीहरू हुन्छन्, जोसँग उनीहरूले मित्रता गर्न सक्छन्। तिनीहरूले बाइबलको सन्देश सुन्नेछन्। उनीहरूले बिहान आए दिउँसोको वा बेलुकी आए रातको भोजन खान पाउनेछन्। उनीहरूले एउटा फिल्म हेर्न पाउनेछन्। उनीहरूलाई रमाइलो हुनेछ- मण्डलीमा प्रत्येक व्यक्तिको जन्म दिन मनाइन्छ। उनीहरूको समय राम्रोसँगले बित्नेछ। उनीहरूमध्ये धेरै जना आउन चाहनेछन्!

अनि हामी उनीहरूका नाउँ र टेलिफोन नम्बर माग्छौं। ती नाउँ र नम्बर हामी हाम्रा डिकनहरू र अन्य अनुभवी ख्रीष्टियन सेवकहरूलाई दिन्छौं। ती सेवकहरूले ती व्यक्तिहरूलाई फोन गर्छन्, हाम्रो मण्डलीको बारेमा बताउँछन्, र हाम्रो मण्डलीमा आउने निम्तो दिन्छन्, र हाम्रो मण्डलीको एक जना सदस्यलाई खटाएर ती व्यक्तिहरूलाई आइतबार मण्डलीमा ल्याउने गाडीको प्रबन्ध पनि गर्छन्। आइतबार हामी गाडी पठाएर उनीहरूलाई ल्याउँछौं र सेवापछि घर पनि पुऱ्याइदिन्छौं। त्यसरी टेलिफोन गर्दा पहिलो आइतबार धेरै जना मानिसहरू आउँछन्। कोही-कोही त्यो दिन व्यस्त हुन्छन् र पछिबाट आउँछन्। उनीहरू मण्डलीमा आउँदा सुसमाचार प्रचार गरिएको सुन्छन् अनि भोजन र त्यसपछिको भलाकुसारीको समयमा उनीहरूले मित्रता बढाउने मौका पाउँछन्, अनि उनीहरूमध्ये धेरै जना फेरि अर्कोचोटिदेखि मण्डलीमा आउन थाल्छन्।

यो तरीकाले काम गर्दछ! बितेको पाँच हप्तामा करिब एक सयभन्दा धेरै मानिसहरू पहिलोपल्ट, दोस्रोपल्ट वा तेस्रोपल्ट हाम्रो मण्डलीमा आए। अनि उनीहरूमध्ये कोही-कोहीले ख्रीष्टमा विश्वास गरेर मण्डलीको सदस्य बने। यो तरीकाले वास्तवमा मानिसहरूलाई हाम्रो मण्डलीमा ल्याउँछ। यो तरीकाले काम गर्छ!

डा. हिमर्सले लूका १४:२३ मा ख्रीष्टले भन्नुभएको वचनको आधारमा हाम्रो सुसमाचार प्रचार गर्ने तरीका तयार गर्नुभयो, ‘मूल सड्कहरू र गल्लीहरूहुँदो गएर मानिसहरूलाई भित्र आउन कर लगा।’ पहिले, हामी हराएका मानिसहरूलाई मण्डलीभित्र ल्याउँछौं। त्यहाँ तिनीहरूले सुसमाचार सुन्छन् र ख्रीष्टमा विश्वास गर्छन्। आधुनिक अमेरिकी मण्डलीहरूले योभन्दा ठीक उल्टो तरीकाले काम गर्छन्। उनीहरू बाटोमा भेटेका मानिसहरूलाई तुरुन्तै ‘निर्णय’ गर्न लगाउँछन्। तर तिनीहरूमध्ये प्रायः कोही पनि मण्डलीमा आउँदैनन्। उनीहरूका तरीकाले ‘निर्णयहरू’ उत्पन्न गराउँछन्, तर जीवन परिवर्तन गराउँदैनन्। आज म बताउन चाहन्छु, हामी तिनीहरूले भन्दा भिन्नै तरीकाले सुसमाचार प्रचार किन गर्छौं?

हामी नाउँहरू प्राप्त गर्न र मानिसहरूलाई मण्डलीमा निम्त्याउन किन बाहिर जान्छौं र उनीहरूसँग कुराकानी गर्दा नै किन उनीहरूलाई उद्धारमा ल्याउने कोसिस गर्दैनौं?

पहिलो, किनकि हाम्रो तरीका बाइबलीय छ। यो तरीका नयाँ करार बाइबलको सुरुदेखि अन्त्यसम्म पाइन्छ।

अन्द्रियास बाह्र चेलाहरूमध्ये एक थिए। बाइबलले भन्छ,

‘यूहन्ना (बप्तिस्मा दिने) ले भनेका कुरा सुन्ने र येशूलाई पछ्याउने ती दुइ जनामध्ये एक जना सिमोन पत्रुसका भाइ अन्द्रियास थिए। तिनले पहिले आफ्नो भाइ सिमोनलाई भेट्टाए, र उनलाई भने, ‘हामीले मसीहलाई (जसको अर्थ हो, ख्रीष्ट) भेट्टाएका छौं।’ तिनले सिमोनलाई येशूकहाँ ल्याए। (यूहन्ना १:४०-४२)

अन्द्रियासलाई केही कुरा राम्ररी थाहा थिएन। तर तिनले येशू मसीह हुनुहुन्छ भनी जान्दैनथे। अन्द्रियासले मानिसहरूलाई पापीहरूको प्रार्थना गर्न लगाएन। तर तिनले आफ्नो भाइ सिमोन पत्रुसलाई येशूकहाँ ल्याए। पत्रुस आफै एक चेला बने। पछिबाट पत्रुसको हृदय परिवर्तन भयो र पेन्तिकोसको दिन तिनले प्रचार गरे र तीन हजार मानिसले ख्रीष्टमा विश्वास गरे। तर यी सबै कुरा त्यसबेला सुरु भयो, जब तिनी आफ्नो भाइको पछि लागेर येशूलाई भेटे।

चेला फिलिपले पनि नथानेललाई पनि त्यसै भने। तिनले नथानेललाई भने, ‘आएर हेर’ (यूहन्ना १:४६)। फिलिपले धेरै कुरा जान्दैनथे। तर तिनले नथानेललाई येशूलाई हेर्न बोलाए, र त्यही कुराले सबै भिन्नता ल्यायो।

एक दिन येशू सामरियाबाट भएर जाँदैहुनुहुन्थ्यो र उहाँले एउटी सामरी स्त्रीलाई उद्धारमा डोऱ्याउनुभयो। ती स्त्रीलाई बाइबल के हो थाहा थिएन। उ यहूदी पनि थिइन। तर उसले येशूमा विश्वास गरी। उ आफ्नो नगरमा गएर मानिसहरूलाई ‘पापीले गर्ने प्रार्थना’ गर्न लगाइन। तर उसले मानिसहरूलाई आएर येशूलाई हेर्नका निम्ति बोलाई। बाइबलले भन्छ,

‘तब त्यो स्त्री आफ्नो गाग्रो छोडेर नगरतिर गई, र मानिसहरूलाई भनी, ‘आओ, एक जना मानिसलाई हेर, उसले मैले गरेका सबै काम मलाई बताइदिनुभयो। कतै उहाँ नै ख्रीष्ट त हुनुहुन्न?’ (यूहन्ना ४:२८,२९)

यस्तो काम सबैले गर्न सक्छन्- तपाईंले अहिले उद्धार पाउनुभएको छैन भने पनि यो गर्न सक्नुहुन्छ। तपाईं बाइबलका सिद्धान्तहरू सिक्न क्लासमा जानुपर्दैन। तपाईंले मानिसहरूका प्रश्नको उत्तर दिने कोसिस गर्नुपर्दैन। तपाईंले तिनीहरूलाई बाटोमा नै उद्धारमा डोऱ्याउने कोसिस गर्नुपर्दैन। तपाईं तिनीहरूलाई मण्डलीमा आउने, मित्रहरू बनाउने र राम्रो समय बिताउने निमन्त्रणा मात्र दिइरहनुभएको हुन्छ। सबैले त्यो काम गर्न सक्छन्- हामी पनि त्यो गर्न सक्छौं।

+ + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + +

हाम्रा प्रवचनहरू अब तपाईंको मोबाएल फोनमा पनि उपलब्ध छन्।
यो वेबसाइट खोल्नुहोस्ः WWW.SERMONSFORTHEWORLD.COM
‘APP’ लेखिएको शब्दसहितको हरियो बटनमा क्लिक गर्नुहोस्।
त्यसपछिका निर्देशनअनुसार गर्दैजानुहोस्।

+ + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + +

दोस्रो, किनकि हाम्रो तरीकाले काम गर्छ। धेरैवटा मण्डलीले सुसमाचार प्रचार कार्यक्रम पटक्कै गर्दैनन्। तर तिनीहरूले गरिहाले भने पनि तिनीहरू सड्कमा गएर वा मानिसहरूका घर-घरमा गएर उनीहरूसित बातचीत गर्छन्। तिनीहरू हराएका मानिसहरूलाई ‘उद्धार पाउने योजना’ बताइहाल्छन्, र त्यत्ति नै बेला ‘पापीले गर्ने प्रार्थना’ गर्न लगाउँछन्। यही नै ‘निर्णयवाद’ हो। जुन व्यक्तिले ‘निर्णय’ गर्छ उसलाई ‘उद्धार पाएको’ मानिन्छ। त्यसपछि मण्डलीले ती व्यक्तिहरूलाई ‘हुर्काउँछन्’, तर प्रायः तिनीहरूमध्ये कोही पनि मण्डलीमा आउँदैनन्। मेरा पिता डा. केगन एकचोटि फन्डामेन्टल ब्याप्टिस्ट चर्चमा जानुभयो, जहाँ तिनीहरूले एकै हप्तामा ९०० भन्दा धेरै मानिसहरूलाई प्रार्थना गराए- तर मण्डलीमा भने १२५ जना मानिस मात्र थिए। ती निर्णय गर्ने ९०० मानिस कहिल्यै पनि मण्डलीमा आएनन्। तिनीहरूले एउटा प्रार्थना गरे, तर तिनीहरू ख्रीष्टमा आएका थिएनन्।

ती मण्डलीहरूले गरेजस्तो हामी किन गर्दैनौं? त्यो तरीकाले काम गर्दैन। मण्डलीका सदस्यहरूले सयौं मानिसलाई पापीले गर्ने प्रार्थना गर्न लगाउँछन्। तर तिनीहरूमध्ये प्रायः कोही पनि मण्डलीमा आएन। तिनीहरू ख्रीष्टियन बनेका थिएनन्। तिनीहरूले ‘निर्णय’ गरेका थिए, तर तिनीहरूको जीवन परिवर्तन भएको थिएन।

पापीहरूसँग बातचीत गर्दा हामी किन तिनीहरूलाई ख्रीष्टियन बनाउने कोसिस गर्दैनौं? किनभने तिनीहरू ख्रीष्टियन बन्दैनन्! त्यसको साटो हामी बाहिर गएर मानिसहरूलाई हाम्रो मण्डलीमा आउनुहोस् भनी बोलाउँछौं। हामी उनीहरूको नाउँ र फोन नम्बर सोध्छौं। हाम्रा डिकन र अगुवाहरूले उनीहरूलाई फोन गर्छन्। र आइतबार उनीहरूलाई मण्डलीको सेवामा ल्याउन गाडीको बन्दोबस्त गर्छन्। हामी आफ्नै गाडी पठाएर उनीहरूलाई मण्डलीमा ल्याउँछौं। उनीहरूसँग मित्रता गर्छौं। हरेक आइतबार बिहानको सेवापछि र त्यही दिन बेलुकीको सेवापछि हामी भोजन खाने गर्छौं। हामी उनीहरूलाई मण्डलीमा खुशी बनाउँछौं। अनि हाम्रा डिकन र सेवकहरूले उनीहरूलाई फोन गर्छन् र फेरि मण्डलीमा आउने निमन्त्रणा दिन्छन्।

हामी जे गर्छौं त्यो किन गर्छौं? किनकि यो तरीकाले काम गर्दछ। हाम्रो तरीकाले मानिसहरूलाई मण्डलीमा र मण्डलीभित्र ल्याउँछ। मण्डलीमा उनीहरूले सुसमाचार प्रचार गरिएको सुन्छन्। केही मानिसहरूले त्यत्ति नै बेला ख्रीष्टमा विश्वास गर्छन्, तर धेरै जनाले केही हप्ता वा महिनासम्म सुसमाचार सुनेपछि मात्र विश्वास गर्छन्। अनि उनीहरू त्यसरी बाँकी जीवनभरि मण्डलीमा ख्रीष्टियन बनेर जिउँछन्। त्यो अर्को तरीका जाली तरीका हो, त्यसले एउटै पनि आत्मा जित्दैन!

केही महिना अघि म मेरा पिता डा. केगन र नोआ सङको साथमा अफ्रिका गएँ। हामीले युगाण्डा, केन्या र रावाण्डाका मण्डलीहरूमा प्रचार गऱ्यौं। केन्यामा हामीले पास्टरहरूको सम्मेलनमा शिक्षा दियौं। दिउँसो त्यो सेवा सकियो। डा. केगनले पास्टरहरूलाई भन्नुभयो, ‘हामी बाहिर जाऔं र नाउँहरू प्राप्त गरौं।’ हामी नाइरोबी, केन्याका सड्कहरूहुँदो गयौं, ती पास्टरहरूले हाम्रो बातचीत स्वाहिली भाषामा अनुवाद गरे। हामीले मानिसहरूसँग बातचीत गऱ्यौं र उनीहरूका फोन नम्बरहरू प्राप्त गऱ्यौं। हामीले उनीहरूलाई मण्डलीमा आउने निमन्त्रणा दियौं। ती पास्टरहरूले मानिसहरूलाई फोन गरे, र उनीहरूलाई मण्डलीमा ल्याउने गाडीको प्रबन्ध गरे। अर्को दिन उनीहरूकोमा पाँच जना नयाँ मानिसहरू आए। हामी विमानद्वारा रावाण्डा गएपछि ती पास्टरहरूले फेरि त्यसै गरे र अर्को आइतबार पनि उनीहरूको मण्डलीमा पाँच जना नयाँ व्यक्तिहरू आए।

ती प्रचारकहरू अति आनन्दित बने। तिनीहरूले उपयोगी तरीका फेल पारेका थिए। उनीहरूले पहिलेपहिले मानिसहरूलाई ख्रीष्टलाई ग्रहण गर्ने निर्णय गर्न लगाउनका निम्ति धेरै कोसिस गरेका र धेरै पैसा खर्च गरेका तर एउटै पनि मानिस मण्डलीमा नआएको कुरा हामीलाई बताए। पास्टरले सुसमाचार प्रचार गर्ने तरीका त्यही एउटा मात्र हो भनी सोचेका थिए। हाम्रो तरीका सिकेर उनीहरू खुशी भए, जुन तरीकाले साँच्चै मानिसहरूलाई मण्डलीमा ल्याउँछ।

तेस्रो, हाम्रो तरीका बोलाइकाहरूका निम्ति मात्र होइन तपाईंका निम्ति पनि राम्रो छ। यदि तपाईंले नियमित सुसमाचार प्रचार गरिरहनुभयो भने तपाईं एक बलियो ख्रीष्टियन बन्नुहुनेछ। अनि त्यसले तपाईंले मण्डलीमा बोलाउनुभएका मानिसहरू मण्डलीमा आएका, अनि ख्रीष्टमा विश्वास गरेका देखेर तपाईंको विश्वास बलियो हुनेछ। तपाईंले बोलाउनुभएका मानिसहरू मण्डलीमा आएका देख्नु ठूलो आनन्दको कुरा हुन्छ। तिनीहरूले उद्धार पाएका देख्नु अझ ठूलो आनन्दको कुरा हुन्छ। तपाईंले पनि त्यो आनन्द पाउनुहोस् भन्ने मेरो इच्छा छ।

हामी सुसमाचारका पर्चाहरू किन बाँडदैनौं? केही मानिसहरूले बाँड्छन्। हुन सक्छ, पर्चा के हो तपाईंलाई थाहा नहोला। पर्चा त्यो कागजको टुक्रा हो, जुन त्यो लिन चाहने धेरै जना मानिसलाई दिइन्छ। पर्चामा एउटा कथा हुन्छ अनि र उद्धार पाउने योजना बताउँछ। अन्त्यमा त्यसले त्यो व्यक्तिलाई प्रार्थना गरेर वा पर्चाको अन्त्यमा उसको नाउँ लेखेर ख्रीष्टमा विश्वास गर्न लगाउँछ।

धेरैवटा मण्डलीले आफ्ना सदस्यहरूलाई पर्चाहरू बाँड्न लगाउँछन्। त्यसो गरेर मानिसहरूलाई ख्रीष्टमा ल्याइन्छ भनी तिनीहरू विश्वास गर्छन्। तर पर्चाले मानिसहरूलाई ख्रीष्टमा ल्याउँदैन। पर्चाले मानिसहरूलाई मण्डलीमा ल्याउँदैन। ती मानिसहरू कहाँ छन्? पर्चाहरू बाँड्नु समय र पैसाको बर्बादी हो। त्यसैकारण हामी ती प्रयोग गर्दैनौं।

पर्चाले काम गर्दैन भनी हामी कसरी जान्न सक्छौं। हामीले त्यसो गर्ने कोसिस गरेका छौं। हामीले लाखौं पर्चाहरू बाँडेका छौं। मानिसहरूले ती पढछन्। तर ती पढनेहरू कोही पनि मण्डलीमा आउँदैनन्। त्यो पर्चा पढदा तिनीहरूका हृदय परिवर्तन हुँदैन। त्यो बाइबलीय तरीका होइन। बाइबलले ख्रीष्टियनहरूलाई पर्चा बाँड्नु भन्दैन। तर बाइबलले बाहिर गएर पापीहरूलाई भित्र आउन- स्थानीय मण्डलीमा कर लगा भन्दछ! अनि हामी त्यसै गर्दछौं।

हामी किन दुइ-दुइ जना गरी जान्छौं? किनकि येशूले आफ्ना चेलाहरूलाई त्यसरी नै पठाउनुभयो। बाइबलले भन्छ, ख्रीष्टले ‘बाह्र जनालाई आफूकहाँ बोलाउनुभयो, र तिनीहरूलाई दुइ-दुइ गरी पठाउनुभयो’ (मर्कूस ६:७)। फेरि, बाइबलले भन्छ, ‘प्रभुले सत्तरी जनालाई नियुक्त गर्नुभयो, र आफू जान लाग्नुभएको हरेक शहर र गाउँमा आफूभन्दा अगाडि तिनीहरूलाई दुइ-दुइ गरी पठाउनुभयो।’ (लूका १०:१)

अवश्य, तपाईं आफै सुसमाचार प्रचार गर्न बाहिर जान सक्नुहुन्छ। बाइबलले त्यसो गर्न मनाही गरेको छैन। त्यसो गर्नुमा केही गलत छैन। तर दुइ-दुइ गरी जानु बाइबलीय तरीका हो, र यो तरीकाले काम गर्छ।

दुइ-दुइ गरी जाँदा धेरै जना मानिसलाई मण्डलीमा ल्याउन सकिन्छ। लस एन्जलस र अन्य ठूल्ठुला शहरहरूमा मानिसहरू शंकालु छन्। तिनीहरू नचिनेको व्यक्तिसँग बातचीत गर्न चाहँदैनन्। जवानहरू बूढाहरूसँग शंका गर्छन्। केटीहरू केटाहरूसँग शंका गर्छन्। दुइ-दुइ जना गरी जाँदा तिनीहरूको डर हट्छ र तिनीहरूले धेरै नाउँहरू ल्याउन सक्छन्।

दुइ-दुइ गरी जानु तपाईंको निम्ति राम्रो हुन्छ। अनुभवी ख्रीष्टियनहरूको साथमा जाँदा तपाईं मानिसहरूलाई कसरी मण्डलीमा बोलाउने भन्ने कुरा जान्नुहुनेछ र त्यो सहजै गर्न सकिन्छ। सुरुमा तपाईंलाई डर लाग्न सक्छ। के गर्नुपर्ने हो त्यो तपाईंलाई थाहा नहुन सक्छ। तर कसैको साथमा जाँदा तपाईं त्यो कसरी गर्नुपर्ने रहेछ भनी सिक्नुहुनेछ। चाँडै तपाईं आफै मानिसहरूका नाउँहरू ल्याउनुहुनेछ।

तपाईंहरूको राम्रो ख्रीष्टियन संगति हुनेछ। येशूको निम्ति काम गर्दा तपाईंको साथमा काम गर्ने ख्रीष्टियनहरूसँग तपाईं घनिष्ठ सम्बन्धमा रहनुहुनेछ। ‘कामको संगति’ साँच्चै सर्वोत्तम संगति हो।

अर्को तरीकाले काम गर्दैन भनी हामी कसरी जान्न सक्छौं? यो तरीकाले हामीले धेरै वर्षसम्म कोसिस गऱ्यौं। हामी मानिसहरूको घर-घरमा गयौं र बिल्ली ग्राहमको पर्चासहित उद्धारको योजना मानिसहरूलाई बतायौं। हामीले मानिसहरूका घरको ढोकामा, सड्कमा उनीहरूलाई पापीले गर्ने प्रार्थना गर्न लगायौं। हामीले लाखौं पर्चाहरू बाँड्यौं। तर मानिसहरू आएनन्। तिनीहरूका हृदय परिवर्तन भएन। त्यो तरीकाले काम गर्दैन।

तर हाम्रो तरीकाले काम गर्छ। हाम्रो मण्डली लस एन्जलसको केन्द्रमा छ। लस एन्जलस ईश्वरहीन र दुष्ट शहर हो। यहाँ हरप्रकारका पाप हुँदछ। मानिसहरू आफ्नो जागिर, स्कुल, परिवार र मित्रहरूसित व्यस्त हुन्छन्। टेलिभिजन, इन्टरनेट, आइफोन र अरू सबै कुराहरूसहित मानिसको ध्यान भडकाउने धेरैवटा कुरा छन्। थोरै मानिसहरू मात्र मण्डलीको सेवामा जान्छन्। थोरै मात्र वास्तविक ख्रीष्टियनहरू छन्। हामीले मानिसहरूलाई सड्कहरूमा प्रार्थना गर्न लगाउने कोसिस गऱ्यौं। तर त्यसरी मण्डली निर्माण हुँदैन। त्यसद्वारा मानिसहरूलाई ख्रीष्टमा जित्न सकिँदैन।

हामी अनुभवबाट सिक्यौं। हामी बाहिर गयौं र मानिसहरूलाई मण्डलीमा आउने निमन्त्रणा दियौं। अनि हामीले उनीहरूलाई मण्डलीमा ल्यायौं, जहाँ तिनीहरू मित्रहरू पाउन र सुसमाचार सुन्न सक्थे। हाम्रो मण्डलीमा हरेक आइतबार धेरै जना मानिस हुन्छन्। तिनीहरू अरू मण्डलीहरूबाट आएका होइनन्। तिनीहरू ख्रीष्टियन परिवारबाट पनि आएका होइनन्। तिनीहरू पापले भरिएको संसारबाट आएका हुन्। अनि तिनीहरूमध्ये कोही-कोही असल ख्रीष्टियन बन्छन्। त्यसैकारण हाम्रो मण्डली आत्मिक र जीवान्त छ। हाम्रो मण्डलीले साँचो ख्रीष्टियनहरू जन्माउँछ, र ती विश्वासीहरूका निम्ति हामी परमेश्वरलाई धन्यवाद दिन्छौं! आमिन।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री ज्याक गानद्वारा एकल गीत प्रस्तुत गरियो।
('ब्रिङ देम इन,' अलेक्ससीनाह थोमसद्वारा रचित, १९औं शताब्दी)