Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




चीन देशमा सफलताको रहस्य
(चिनियाँ मध्य शरद ऋतु उत्सवमा दिइएको प्रवचन)

THE SECRET OF SUCCESS IN CHINA
(A SERMON GIVEN AT THE CHINESE MID-AUTUMN FESTIVAL)
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

३० सेप्टेम्बर, २०१८, आइतबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord's Day Evening, September 30, 2018

‘तिम्रा कामहरू, संकष्ट र गरिबी म जान्दछु (तर तिमी धनवान् छौ)।’ (प्रकाश २:९)


चिनियाँ ख्रीष्टियनहरूको पुर्खाहरूका जीवनी लेखक पास्टर वाह मिङडाओ भनेका छन्,

चिनियाँ सरकारले जस्तोसुकै नीति-नियमहरू लागू गरे पनि चीनको मण्डलीले सारा संसारमा आउने सबै पुस्ताहरूका ख्रीष्टियनहरूलाई गहिरो प्रभाव पार्नेछ। (करिब) सत्तरी लाख आत्माहरूबाट (अहिले एक करोड ६० लाख) भएको छ, अनि वार्षिक रूपमा ७ प्रतिशतले वृद्धि भइरहेको छ। चीन देशका ख्रीष्टियनहरूको संख्या जति छ त्यसको तुलनामा संसारका अधिकांश देशहरूका ख्रीष्टियनहरूको संख्या नगण्य देखिन्छ। विकासशील संसारका ख्रीष्टियनहरूजस्तै चिनियाँ ख्रीष्टियनहरूले एक्काईसौं शताब्दीका मण्डलीहरूमा पहिलो स्थान ओगट्छ। (थोमस एलान हार्भे,एक्वेन्टेड विद ग्रिफ, ब्राजोस प्रेस, २००२, पृष्ठ १५९)।

डा. डेभिड ऐकमेनले आफ्नो पुस्तक जिजस इन बेइजिङ मा यसो भनेका छन्,

चीन देशमा ख्रीष्टिय मत बढिरहेकोले र चीन विश्वको महाशक्ति भएकोले ख्रीष्टिय मत युरोप र उत्तरी अमेरिकादेखि हटने मात्र होइन तर चीन संख्यामा र बौद्धिक केन्द्र पनि चीन हुन सक्ने सम्भावनाको बारेमा सोच्नु उचित नै हुन्छ। त्यो प्रक्रिया चीनका घरेलु मण्डली अगुवाहरूका आशा र कामहरूमा अघिबाटै शुरु भइसकेको छ। (डेभिड ऐकमेन, जिजस इन बेइजिङ, रिजनेरी पब्लिसिङ, २००३, पृष्ठ २९१,२९२)।

ख्रीष्टले स्मुर्नाको मण्डली वर्णन जसरी गर्नुभयो त्यसले आज चीनमा भइरहेको ‘घरेलु मण्डलीको’ अभियानको चित्र देखाउँछ।

‘तिम्रा कामहरू, संकष्ट र गरिबी म जान्दछु (तर तिमी धनवान् छौ)।’ (प्रकाश २:९)

स्मुर्नाको मण्डलीको बारेमा डा. जेम्स ओ. कोम्बसले भने,

एफिससदेखि उत्तरतिरको स्मुर्नाको मण्डलीको पास्टरी पोलिकार्पले केही दशकसम्म गरे अनि तिनी ९० हुँदा ख्रीष्टाब्द १५५ मा एक शहिद बने।... तिनीहरूले धेरै दुःख-कष्ट र सांसारिक थोकहरूको सर्वस्व हरण झेले, तर तिनीहरू आत्मिक रूपमा धनी थिए। (जेम्स ओ. कोम्बस, डी.मिन., लिट.डी., रेनबोस् फ्रम रेभिलेसन, ट्रिब्यून पबिल्सर्स, १९९४, पृष्ठ ३३)।

स्मुर्नाको मण्डलीजस्तै चीनका घरेलु मण्डलीहरूका विश्वासयोग्य ख्रीष्टियनहरूले ठूलो सतावट र ‘संकष्ट’ सहेका छन्, तापनि तिनीहरू आत्मिक रूपमा यति ‘धनी’ छन्, तिनीहरूले गर्ने सुसमाचार प्रचारले ‘वार्षिक रूपमा ७ प्रतिशत’ वृद्धि दर बनाएको छ (थोमस एलान हार्भे, ऐजन)। यसरी चीनमा ख्रीष्टियनहरूको संख्याको तुलनामा संसारका धेरैवटा देशका ख्रीष्टियनहरूको संख्या नगण्य ठहरिन्छ। म विचार गर्छु, चीनका एक करोड ६० लाख ख्रीष्टियनहरूमध्ये अधिकांश साँचो हृदय परिवर्तन भएकाहरू हुन्, अनि हाम्रो अमेरिकामा भन्दा चीनमा धेरै संख्या साँचो ख्रीष्टियनहरू छन्। यो त हामीलाई छक्क पार्ने कुरा हो। हामीले आफैलाई प्रश्न गर्नुपर्छ, ‘यो सफलताको कारण के हो? तिनीहरूले गर्ने सुसमाचार प्रचारको रहस्य के हो? तिनीहरूका विषयमा किन यसो भन्न सकिन्छ,

‘तिम्रा कामहरू, संकष्ट र गरिबी म जान्दछु (तर तिमी धनवान् छौ)।’ (प्रकाश २:९)

हामीले अमेरिकामा सुसमाचारीय ख्रीष्टिय मत नबढेको बारेमा विचार गर्दा, अनि धेरै जनाले यहाँको सुसमाचारीय ख्रीष्टिय मत मरिरहेको छ भनिरहेका बेला हामी अमेरिकीहरूले गहन रूपले यो विचार गर्नुपर्छ कि हामीसँग कुन कुरा छ जुन तिनीहरूसँग छैन, र तिनीहरूसँग कुन कुरा जुन हामीसँग छैन।

+ + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + +

हाम्रा प्रवचनहरू अब तपाईंको मोबाएल फोनमा पनि उपलब्ध छन्।
यो वेबसाइट खोल्नुहोस्ः WWW.SERMONSFORTHEWORLD.COM
‘APP’ लेखिएको शब्दसहितको हरियो बटनमा क्लिक गर्नुहोस्।
त्यसपछिका निर्देशनअनुसार गर्दैजानुहोस्।

+ + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + +

१. पहिलो, तिनीहरूसँग कुन त्यो कुरा छैन जुन हामीसँग छ

तिनीहरूसित मण्डली भवनहरू छैनन्! मात्र ‘आफ्नै तीन जना’ भन्ने मण्डलीहरूसँग मात्र भवनहरू छन्। तर ‘घरेलु मण्डलीहरू’ ती हुन् जुन बढिरहेका छन्, अनि तिनीहरूमध्ये थोरैको मात्र मण्डली भवनहरू छन्। तिनीहरूमध्ये धेरैको हाम्रोजस्तो मण्डली भवनहरू छैनन्।

तिनीहरूसित सरकारको स्वीकृति छैन। तिनीहरू चिनियाँ सरकारद्वारा नियमित सताइएका छन्। तिनीहरूसित हाम्रोजस्तो धार्मिक स्वतन्त्रता छैन!

तिनीहरूसँग हाम्रोजस्तो पास्टरहरूलाई शिक्षा दिने सेमिनरीहरू छैनन्। चीनमा पास्टरहरूले तालीम पाउने भनेको कसैको घरमा हो- अनि त्यो छोटो हुन्छ र पूर्ण पनि हुँदैन। तिनीहरूले सेवा ‘चलिरहेकै’ समयमा तालीम पाउँछन्।

तिनीहरूसित बाल-संगतिका भवनहरू छैनन्। तिनीहरूसित ‘बसगाडी सेवकाइका’ निम्ति बसगाडीहरू छैनन्। तिनीहरूसित ‘ख्रीष्टियन टेलिभिजन’ छैनन्। तिनीहरूसित ‘ख्रीष्टियन रेडियो’ छैनन्। तिनीहरूसित ख्रीष्टियन प्रकाशनहरू छैनन्। तिनीहरूसित ‘पावर पोइन्ट’ का सामग्रीहरू छैनन्। तिनीहरूसित ठूलो पर्दामा प्रचारकले प्रचार गरेको देखाउने टीभी प्रोजेक्टरहरू छैनन्। तिनीहरूसित ‘ख्रीष्टियन रक ब्याण्डहरू’ छैनन्। तिनीहरूसित अरगेनहरू छैनन्, तिनीहरूसित प्रायः पियानो पनि हुँदैन। तिनीहरूसित छापेका बाल-संगतिका सामग्रीहरू हुँदैन। धेरैचोटि तिनीहरू सबैसित बाइबलहरू वा भजनको पुस्तक हुँदैन। हामीसँग जे छन् ती तिनीहरूसँग छैनन्। बरु तिनीहरूलाई सरकारबाट छुटपुट सतावट र संकष्ट हुन्छ। कहिलेकहीं त तिनीहरू ख्रीष्टियन भएकै कारण झ्यालखानमा जानुपर्छ। कोही गम्भीर ख्रीष्टियन बन्छ भने उसलाई खतरा हुन्छ। चीनका ख्रीष्टियनहरूको बारेमा जान्न www.persecution.com मा गएर हेर्नुहोस्। तापनि चीनका ख्रीष्टियनहरू हराएका आत्माहरू जित्न व्यापक रूपमा सफल भएका छन्। चीन देशभरि नै ख्रीष्टियनहरूको संख्या विस्फोटक रूपमा बढदैछ, यो आधुनिक इतिहासको सबैभन्दा ठूलो जागृति हो।

‘तिम्रा कामहरू, संकष्ट र गरिबी म जान्दछु (तर तिमी धनवान् छौ)।’ (प्रकाश २:९)

मलाई डर लाग्छ, अमेरिकाका धेरैवटा मण्डलीहरू येशूले वर्णन गर्नुभएको लाउडिकियाको मण्डली जस्तो पो छ कि,

‘म धनी छु, र मसित धन-सम्पत्ति छ, र मलाई केही कुराको खाँचो छैन’ भनी तिमी भन्दछौ, तर तिमीलाई थाहै छैन कि तिमी दुःखी, दयनीय, दरिद्र, अन्धा र नांगा छौ। (प्रकाश ३:१७)

२. दोस्रो, तिनीहरूसँग जे छन् ती हामीसँग छैनन्

तिनीसँग भएको तर हामीसँग नभएको कुरा यही हो। यसैमा तिनीहरूको सफलताको रहस्य र हाम्रो असफलताको कारण लुकेको छ!

तिनीहरूलाई कष्ट छ, यसैले तिनीहरूले क्रूस उठाउनु सिकेका छन्! धेरै जना अमेरिकीहरू हप्ताको एक बेलुकी प्रार्थना सेवामा गएर थोरै हानि उठाउन चाहँदैनन्। धेरै जना अमेरिकीहरू हप्ताको एक दिन आत्माहरू जित्ने कार्यमा सामेल भएर थोरै हानि उठाउन चाहँदैनन्। धेरै जना अमेरिकीहरू आइतबार बेलुकी मण्डलीको सेवामा आएर त्यो दिनको आफ्नो आरामको समय गुमाउन चाहँदैनन्। अमेरिकाका धेरै जना पास्टरले आफ्नो शरीरको वजन घटाउनु आवश्यक छ। हामीले केही केलोरी गुमाउने हानि खप्नुपर्छ। तर चीन देशमा प्रचारकहरू दुब्ला छन्। त्यसैले उनीहरू शक्ति र जोशसाथ प्रचार गर्न सक्छन्। चीनका दुब्ला प्रचारकहरू प्रचार गर्दा आत्माले भरिएका हुन्छन्। मैले चीनको ‘घरेलु मण्डली’ को कुनै पनि प्रचार भुँडे देखेको छैनँ। चीनका मानिसहरू बीच ठूलो जागृति आउनु कुनै अचम्मको कुरा होइन, अमेरिकामा र पश्चिमी संसारमा भने जहीँतहीँ ख्रीष्टियन विश्वास सुक्दै र आइलाउँदै गइरहेको छ। व्यायाम गर्न केही कष्ट उठाउनु पर्छ। शरीरको वजन घटाउन भोजन बार्ने र कम खाने गर्नुपर्छ, जुन कष्टको कुरा हुन्छ। परमेश्वर तपाईं जस्तो मानिस बनेको चाहनुहुन्छ त्यस्तो बन्ने कष्ट उठाउनुपर्छ! महान् चीनियाँ प्रचारक डा. जोन सङले भने,

ठूलो कष्टले ठूलो जागृति ल्याउँछ... कठिन परिस्थितिहरूमा परेर तयार भएका मानिसहरूलाई परमेश्वरले महान् प्रकारले प्रयोग गर्नुहुन्छ। धेरै कष्टले धेरै फाइदाहरू ल्याउँछन्। चेलाहरूका जीवनलाई जैतूनहरूसँग तुलना गरिएको छः हामीलाई जति धेरै मिचिन्छ, हामी भित्रबाट त्यत्ति नै धेरै तेल निस्कन्छ। दुःख-कष्टबाट भएर जानेहरूले मात्र अरूहरूको दुःख बुझ्न (प्रेम गर्न) र उनीहरूलाई सान्त्वना दिन सक्छन्। (जोन सङ, पीएचडी.,द जर्नल वान्स लस्ट, जेनिसिस बुक्स्, २००८, पृष्ठ ५३४)।

येशूले भन्नुभयो,

‘कोही मेरो पछि आउने इच्छा गर्दछ भने, उसले आफूलाई इन्कार गरोस्, र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्।’ (मत्ती १६:२४)

फेरि येशूले भन्नुभयो,

‘तिम्रा कामहरू, संकष्ट र गरिबी म जान्दछु (तर तिमी धनवान् छौ)।’ (प्रकाश २:९)

चीनका विश्वासीहरूलाई कष्ट छ! त्यसैले तिनीहरूसित जागृतिमा परमेश्वरको आशिषको सम्पत्ति छ! हाम्रो मण्डलीमा पनि हामी आफैलाई इन्कार गरौं, र जुनसुकै मूल्य चुकाउन परे पनि ख्रीष्टको पछि लाग्न आफ्नो क्रूस उठाऔं!

दोस्रो, तिनीहरू आँशु बगाउँदै आत्माहरूका निम्ति प्रार्थना गर्छन्! त्यहाँको बारेमा जान्ने एक जना भाइले मलाई भन्यो, ‘चीनमा धेरै आँशु छ।’ उसले सही कुरा भनेको हो! हराएकाहरूका निम्ति प्रार्थना गर्दा तिनीहरू आँशु बगाउँछन्। यसैले धेरै मानिसहरू ख्रीष्टमा आएकोमा हामीले अचम्म मान्नुपर्दैन! बाइबलले भन्छ,

‘आँशुको साथमा छर्नेहरूले आनन्दको गीत गाउँदै कटनी गर्नेछन्।’ (भजन १२६:५)

परमेश्वरले तपाईंलाई हराएका आत्माहरूप्रति टुटेको हृदय देऊन् भनी प्रार्थना गर्नुहोस्। (सबैले प्रार्थना गर्नुहोस्)।

तेस्रो, तिनीहरू हराएका आत्माहरूलाई तिनीहरूका ‘घरेलु मण्डलीहरू’ मा ल्याउनका निम्ति आफूले सक्दो कोसिस गर्छन्। डी.एल. मुडीले भने, ‘तिनीहरूलाई प्रेम गरेर भित्र ल्याउनु।’ त्यसरी तिनीहरूले मानिसहरूलाई चीनको घरेलु मण्डलीहरूमा ल्याउँछन्- अनि हामीले पनि त्यसै गर्नुपर्छ! मानिसहरूलाई ‘प्रेम गरेर भित्र ल्याउनुपर्छ।’ आत्माहरू जित्नु भनेको विशेष गरी मानिसहरूलाई प्रेम गरी ख्रीष्टमा- र स्थानीय मण्डलीमा ल्याउनु हो। ‘तिनीहरूलाई प्रेम गरी भित्र ल्याउनुहोस्।’ त्यसो गर्नु उदारवादी हुनु होइन! त्यो सुसमाचार प्रचार गर्ने ‘जीवन शैली’ होइन। त्यसो गर्नु डी. एल. मुडी हुनु हो। मलाई लाग्छ, तिनले भनेका कुरा सही हो। त्यो तरीकाले चीनमा काम गर्छ- र यसले यहाँ पनि काम गर्छ। ‘तिनीहरूलाई प्रेम गरेर भित्र ल्याउनुहोस्।’

यदि हामी सेवाबाट हतारहतार भाग्छौं भने हामी आत्माहरू जित्नेछैनौं। यसमा रहिरहन्छन् तिनीहरूले मात्र आत्माहरू जित्छन्। सेवाको अघि र पछि हराएका मानिसहरूसँग मित्रता गर्नेहरूले मात्र आत्माहरू जित्न सक्छन्। मण्डलीमा हराएका आत्माहरू थप्ने अरू कुनै उपाय छैन! हामीले उनीहरूलाई ‘प्रेम गरेर भित्र ल्याउनुपर्छ’- जस्तो चीनका विश्वासीहरूले गर्दैछन्! ‘मलाई आशिषको साधन बनाउनोस्’ भन्ने भजन गाउनुहोस्। यो तपाईंको भजनको पुस्तकमा नम्बर ४ मा छ।

मलाई आशिषको साधन बनाउनोस्, आज,
   मलाई आशिषको साधन बनाउनोस्, गर्छु प्रार्थना,
मेरो जीवन पूर्ण, मेरो सेवा आशिषित
   मलाई आशिषको साधन बनाउनोस्, आज,
   (‘मेक मी अ चेनल अफ ब्लेसिङ,’ हार्पर जी. स्मिथद्वारा रचित, १८७३-१९४५)

मैले यो सेवा अहिलेसम्म विश्वास गर्नु नभएका तपाईंहरूलाई केही नभनी समाप्त गर्नुहुँदैन। मण्डलीमा आउँदैमा कसैको हृदय परिवर्तन भएको छ भन्ने हुँदैन। बाइबल अध्ययन गर्दैमा कसैको हृदय परिवर्तन हुँदैन। तपाईंले आफ्ना पापहरूका निम्ति पश्चात्ताप गर्नुपर्छ। तपाईं येशू ख्रीष्टतिर फर्कनुपर्छ अनि उहाँकहाँ आउनुपर्छ। उहाँ तपाईंको पापका आत्मालाई बचाउनका निम्ति क्रूसमा ठूलो वेदनामा र रगतको धारा बगाएर मर्नुभयो। तपाईं उहाँको रगतद्वारा पापबाट धोइएर शुद्ध हुनुपर्छ। येशूकहाँ आउनुहोस् र पाप, मृत्यु र नरकबाट छुटकारा पाउनुहोस्। तपाईंले त्यो अनुभव प्राप्त गर्नुहोस् भन्ने मेरो प्रार्थना छ। आमिन।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
('जिजस लभ्स मी,' एन्ना बी. वर्नरद्वारा रचित, १८२०-१९१५)


रूपरेखा

चीन देशमा सफलताको रहस्य

THE SECRET OF SUCCESS IN CHINA

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

‘तिम्रा कामहरू, संकष्ट र गरिबी म जान्दछु (तर तिमी धनवान् छौ)।’ (प्रकाश २:९)

१. पहिलो, तिनीहरूसँग कुन त्यो कुरा छैन जुन हामीसँग छ, प्रकाश ३:१७

२. दोस्रो, तिनीहरूसँग जे छन् ती हामीसँग छैनन्, मत्ती १६:२४; भजन १२६:५