Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




के तपाईँ छोडिनुहुनेछ?

WILL YOU BE LEFT BEHIND?
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

१६ सेप्टेम्बर, २०१८, आइतबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Evening, September 16, 2018

‘यसकारण जागा रहो, किनकि कुन दिन तिमीहरूका प्रभु आउनेछ सो तिमीहरूले जान्दैनौ।’ (मत्ती २४:४२)


मैले पढ्ने गरेका प्रायः सबै समाचार पत्रहरूमा केही यस्ता कुराहरू हुन्छन् जुन बाइबलका अगमवाणीसँग सम्बन्धित हुन्छ, जुन हामी जान्दछौं, त्यो संसारको अन्त्यको विषय हो। यी परमेश्वरले हामीलाई दिनुभएका त्यस्ता चिन्हहरू हुन् जसले हाम्रो संसारको अन्त्य हुने समय अब आउन लागेको छ भन्ने देखाउँछ।

लस एन्जलसको दैनिक समाचार पत्र का मुख्य शीर्षकहरू यस्ता छन्, सुन्नुहोस्।

पुलहरू भत्केर चकनाचूर भए। हाम्रो देशका करिब एक चौथाईभन्दा धेरै पुलहरू धेरै कमजोर छन्, फेडरल रिपोटअनुसार मोटर गाडीहरूको चलाचलले ती नष्ट पारिएका वा तिनलाई अधिक भारी बोकाइएका छन्, अमेरिकाका सड्कहरू गति नियन्त्रण छैन।

अमेरिका पृथ्वीको एउटा विशाल राष्ट्र हो, तर हामी आफ्ना सड्कहरू र पुलहरूलाई कामलाग्दो अवस्थामा राख्न सक्दैनौं!

अस्पतालहरूमा औषधिको कमी। देशभरिका अस्पतालहरूमा वयस्कहरूलाई दिइने टिटानसका औषधिहरूको कमी भएको छ, यस्तो जरुरी औषधिको ठूलो कमी भएको छ। यी वर्षहरूमा औषधिहरूको कमी देखिएकामध्ये यो सबैभन्दा नराम्रो भएको छ- र यो नै अन्तिम पटक भएको हो भन्ने आशा नगरे हुन्छ। अस्पतालहरूले दिनहुँ प्रयोग गर्ने औषधिहरूको कमी अहिले बारम्बार हुने गरेको छ, अझ नराम्रो कुरा के भने ती औषधिहरूका अरू राम्रा विकल्पहरू थोरै हुन्छन्, जसले गर्दा डाक्टरहरू र औषधि बनाउनेहरूलाई मुश्किल हुन्छ। चर्को मूल्यको कारण अस्पतालहरूले पहिलेको भन्दा बढी नै यस्तो कमी महसुस गर्दैछन्, कतिले त आफ्नो सूचीमा यस्ता औषधिहरू थोरै मात्र राख्छन्।

किलिमानजारो हिउँको मैदान पग्लिँदैछ। अफ्रिकाको किलिमानजारो हिम पर्वतको टुप्पाको हिउँ पग्लिँदैछ, यसले गर्दा सबैतिर हिउँका पहाडहरू कम हुँदैजाँदैछन्। ‘जलवायु परिवर्तन’ को कारण टुप्पाको हिउँ पग्लिरहेछ, जसले आज राति सारा संसारलाई नै चिन्तित बनाएको छ!

ठूलो भैंचालोले मानिसहरूलाई आतंकित बनाएको छ!

यरूशलेममा कार बम विस्फोट। यरूशलेमको नजिक अर्थोडक्स यहूदी बस्तीमा कार बम विस्फोट भएको छ, जसले त्यहाँ भवनहरू हल्लाएको र हावामा धातुहरू छरिएका थिए।

यी घटनाहरू यसै घटेकाजस्तो देखिन सक्छ। तर बाइबलका अगमवाणीहरू जान्नेहरूले ती चिन्हहरू अहिले हामी जिइरहेका अन्तिम समयका चिन्हहरू हुन् भनी जान्दछ। हामी जान्दछौं, बाइबलका अगमवाणीहरू बुझ्नेहरूलाई संसारको अन्त्य नजिक आएको छजस्तो लाग्छ।

येशूले भन्नुभयो,

‘यसकारण जागा रहो, किनकि कुन दिन तिमीहरूका प्रभु आउनेछ, सो तिमीहरू जान्दैनौ।’ (मत्ती २४:४२)

येशूले निश्चित मिति नतोक्नु भनी चेताउनी दिनुभएको छ (मत्ती २४:३६; प्रेरित १:७)। तर उहाँले हामीलाई आउनलागेको अन्त्यका सामान्य चिन्हहरू हेर्नु भन्नुभयो। म विश्वास गर्छु, अहिले हामी अन्तिम समयमा जिइरहेका छौं। बाइबलले पनि अन्त्य नजिक छ भनी भन्दछ।

बाइबलले ख्रीष्ट बादलमा आउनुहुनेछ भनी भन्दछ। जीवित र मरेका मानिसहरू, जो साँच्चै हृदय परिवर्तन भएका ख्रीष्टियनहरू हुन् तिनीहरू उहाँलाई बादलमा भेटन उठाइनेछन् (१ थेसलोनिकी ४:१४-१८)। बाइबलमा विश्वास नगर्ने कोही-कोहीले बाइबलको यो अगमवाणीको खिल्ली उडाउँछन्। तिनीहरू हाँस्छन् र त्यो घटना कहिल्यै पनि हुँदैन भनी भन्छन्। तर तिनीहरू गलत छन्। एक दिन चाँडै ऱ्याप्चरको घटना हुनेछ। अनि तपाईँ छोडिनुहुनेछ!

हामी ऱ्याप्चरसँग जोडिएका तीनवटा कुराहरू संक्षेपमा हेरौं।

१. पहिलो, ऱ्याप्चरभन्दा अघिका अवस्थाहरू

बाइबलले हामीलाई ऱ्याप्चरभन्दा अघि संसारमा के हुनेछ भन्ने कुरा बताएको छ। येशूले भन्नुभयो,

‘मानिसको पुत्रको आगमन नोआका दिनहरूजस्तै हुनेछ। किनकि जसरी जलप्रलयभन्दा अघि नोआ जहाजभित्र पस्ने दिनसम्म, मानिसहरू खाइरहेका, पिइरहेका र विवाहबारी गरिरहेका थिए, अनि जलप्रलय आएर तिनीहरूलाई स्वात्तै बगाइ नलगेसम्म तिनीहरूले थाहै पाएनन्। मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ।’ (मत्ती २४:३७-३९)

नोआ धार्मिकता प्रचारक थिए (२ पत्रुस २:५)। तिनले आफ्नो पुस्तालाई आउनलागेको दण्डको विषयमा चेताउनी दिए। तर मानिसहरू तिनलाई हेरेर हाँसे र तिनले दिएका सन्देशको गिल्ला गरे। तिनीहरूले तिनको कुरामा ध्यान दिएनन्। तिनीहरू आफ्नो भौतिकवादी, पापमय चालमा लागिरहे।

आज पनि मानिसहरूको अवस्था त्यस्तै छ। कसैले तपाईँलाई मण्डलीमा ल्याउँछ। तपाईंले सन्देश सुन्नुहुन्छ। फेरि तपाईं आफ्नो त्यो पुरानै चालमा फर्केर जानुहुन्छ। तपाईँ पश्चात्ताप गर्नुहुन्न। तपाईं येशू ख्रीष्टमा विश्वास गर्नुहुन्न। हामीले फोन गर्दा तपाईँ मण्डलीमा फर्केर आउनुहुन्न।

तपाईँ रमाइलो गर्न चाहनुहुन्छ। डा. ए. जे. टोजरको स्मणीय भनाइ प्रयोग गर्नु हो भने तपाईं यो संसारलाई ‘लडाइँको मैदान होइन खेलको मैदान’ ठान्नुहुन्छ। तपाईं जीवनलाई डिज्नील्याण्ड जस्तो ठान्नुहुन्छ। तपाईँ आफ्नो जीवनको सम्पूर्ण उद्देश्य नै ‘रमाइलो’ र ‘मनोरंजन’ गर्नु हो भनी सोच्नहुन्छ। तपाईं हरेक आइतबार मण्डलीमा परमेश्वरलाई समय दिन इन्कार गर्नुहुन्छ। जब कुनै सानो काम गर्नुपर्ने हुन्छ तपाईं मण्डलीमा जानुहुन्न। तपाईंको हदय परिवर्तन भएको छैन। तपाईं एक साँचो ख्रीष्टियन हुनुहुन्न। तपाईँको मृत्यु नजिक आउँदा तपाईं तयार हुनुहुन्न। जब ऱ्याप्चर आउँछ, तपाईँ छोडिनुहुनेछ! जसरी श्री ग्रिफिथले केही अघि गाउनुभयो, ‘पुत्र आउनुहुन्छ, र तपाईं छोडिनुहुनेछ।’

येशूले भन्नुभयो,

‘यसकारण जागा रहो, किनकि कुन दिन तिमीहरूका प्रभु आउनेछ, सो तिमीहरू जान्दैनौ।’ (मत्ती २४:४२)

२. दोस्रो, ऱ्याप्चरमा तयार नहुँदा हुने खतराको बारेमा सोच्नुहोस्।

कृपया, मत्ती २५ अध्याय खोल्नुहोस्। यो नेपाली बाइबलमा पृष्ठ १३७२ मा छ। प्राचीन समयका प्रचारकहरूले यस खण्डमा भनिएका कन्याहरूले ती मानिसहरूलाई बुझाउँछ, जो ख्रीष्टलाई भेटन तयार हुँदैन। अनि म विश्वास गर्छु तिनीहरूले भनेका कुरा सही हो।

यस खण्डमा येशूले एउटा दृष्टान्त भन्नुभयो, एउटा यस्तो कथा भन्नुभयो, जसमा एउटा ठूलो आत्मिक सत्यता थियो। उहाँले बताउनुभएको त्यो ठूलो सत्यता के हो। येशूले भन्नुभयो,

‘यसकारण जागा रहो, किनकि त्यो दिन र त्यो घडी तिमीहरूलाई थाहा छैन।’ (मत्ती २५:१३)

यसैले, यो खण्ड तपाईंको निम्ति एउटा चेताउनी हो।

ती कन्याहरूमध्ये पाँच जना तयार थिए। तिनीहरू ख्रीष्टको निम्ति तयार छन्। तर अन्य पाँच जना उहाँ आउनुहुँदा तयार थिएनन्। यो दृष्टान्तलाई बुझ्नका निम्ति धेरै व्याख्या गर्नु खतरनाक हुन्छ। यो खण्डको सरल सन्देश यही होः ऱ्याप्चरमा येशू आउनुहुँदा धेरै जना मानिस तयार हुनेछैनन्।

अब पद दश हेर्नुहोस्ः

‘तिनीहरू किन्न जाँदा दुलहा आइपुगे, र तयार हुनेहरू उहाँसँग विवाहको भोजमा भित्र पसे, र ढोका बन्द भयो।’ (मत्ती २५:१०)

साँचो ख्रीष्टियनहरू उठाइलगिएपछि, त्यो बेला नोआको जहाजको ढोका बन्द भएझैं त्यो ढोका बन्द हुनेछ। अनि अरू मानिसहरू त्योभित्र पस्न सक्नेछैनन्। ‘अनि ढोका बन्द भयो।’

पद ११ हेर्नुहोस्,

‘पछिबाट ती अरू कन्याहरू आइपुगे र यसो भन्न लागे, ‘प्रभु, प्रभु, हाम्रा लागि खोलिदिनुहोस्।’ तर उनले जवाफ दिएर भने, ‘साँच्चै, म तिमीहरूलाई भन्दछु, म तिमीहरूलाई चिन्दिनँ।’ (मत्ती २५:११-१२)

अनि त्यसपछि पद १३ मा, येशूले तपाईँले के गर्नुपर्छ त्यो बताउनुहुन्छः

‘यसकारण जागा रहो, किनकि त्यो दिन र त्यो घडी तिमीहरूलाई थाहा छैन।’ (मत्ती २५:१३)

हामी सामान्यतः त्यो समयको बारेमा जान्दछौं, तर दिन र घडीको बारेमा जान्दैनौं।

अनि जब त्यो दिन र घडी आउँछ, तपाईंको निम्ति धेरै ढिला भइसकेको हुनेछ। जसरी श्री ग्रिफिथले यो प्रवचनभन्दा अघि गाउनुभयो, ‘पुत्र आउनुहुन्छ, र तपाईं छोडिनुहुनेछ।’

३. तेस्रो, ऱ्याप्चरमा छोडिनेहरू परमेश्वरद्वारा त्यागिनेछन्। तिनीहरूको निन्दा गरिनेछ, उद्धार पाउन सक्नेछैनन्।

प्रकाश सोह्र अध्यायमा लेखिएको वचन सुन्नुहोस्। यस अध्यायमा हामी परमेश्वरको क्रोधको बारेमा जान्दछौं, ऱ्याप्चरपछि ख्रीष्टलाई इन्कार गर्ने संसारमा त्यो क्रोध खन्याइनेछ। पद दुइले मानिसहरूको शरीरमा दुःख्ने खटिराहरू निस्कनेछन् भन्दछ। पद चारले संसारको पानी विषाक्त हुनेछ भनी भन्दछ। पद आठले मानिसहरूलाई आगोले डढाउनेछ भन्दछ। पद दशले त्यहाँ घोर अन्धकार हुने र मानिसहरूले ठूलो वेदनाले आफ्नो जिब्रो टोक्नेछन् भन्दछ। पद अठारले पृथ्वीमा भयानक भूकम्प हुने कुरा बताउँछ। पद एकाईसले ‘ठूल्ठुला असिना पर्ने, र आकाशका ताराहरू खस्ने कुरा बताउँछ।’

यी सबै कुराहरू हुँदा के मानिसहरू ख्रीष्टमा फर्कनेछन्? अहँ फर्कनेछैनन्। पद नौको आखिरी भागले के भन्छ सुन्नुहोस्,

‘तिनीहरूले पश्चात्ताप गर्न र उहाँलाई महिमा दिन इन्कार गरे।’ (प्रकाश १६:९)

अनि पद एघारले भन्छ,

‘तिनीहरूका वेदना र घाउ र खटिराले गर्दा तिनीहरूले स्वर्गका परमेश्वरलाई सरापे। तर आफूले गरेका कुकर्मबाट पश्चात्ताप गर्न तिनीहरूले इन्कार गरे।’ (प्रकाश १६:११)

पद एकाईसको अन्तिम भागले भन्छ,

‘मानिसहरूले असिनाको विपत्तिको कारण परमेश्वरलाई सराप्न लागे। किनकि यो विपत्ति अति भयानक थियो।’ (प्रकाश १६:२१)

तपाईं देख्नुहुन्छ, तिनीहरू परमेश्वरद्वारा त्यागिएका हुन्छन्। तिनीहरूका निम्ति उद्धार पाउनु धेरै ढिला भइसकेको हुन्छ। तिनीहरूले क्षमा नहुने पाप गरिसकेका हुन्छन्।

‘यसकारण परमेश्वरले तिनीहरूलाई छोडिदिनुभयो।’ (रोमी १:२४)

‘यसैकारण परमेश्वरले तिनीहरूलाई छोडिदिनुभयो।’ (रोमी १:२६)

‘परमेश्वरले तिनीहरूलाई त्यागिदिनुभयो।’ (रोमी १:२८)

जसरी श्री ग्रिफिथले गाउनुभयो, ‘पुत्र आउनुहुन्छ, र तपाईं छोडिनुहुनेछ।’ यदि तपाईं ऱ्याप्चरमा उठाइन चाहनुहुन्छ भने, यदि तपाईं उद्धार पाउन चाहनुहुन्छ भने, अहिले परमेश्वर तपाईंसँग बोलरहनुभएको समयमा नै तपाईंले अहिले नै उद्धार पाएको हुनुपर्छ। यदि तपाईं धेरै लामो समयसम्म पर्खनुहुन्छ भने धेरै ढिला भइसकेको हुनेछ।

विगत हप्ताको अन्त्यमा उत्तरी केरोलिना र दक्षिण केरोलिनालाई फ्लोरेन्स आँधीले हान्यो। मानिसहरूलाई आआफ्नो घर छडेर जान भनियो। राष्ट्रपतिले तिनीहरूलाई चेताउनी दिए। राज्यपालले तिनीहरूलाई चेताउनी दिए। पुलिस र दमकल कर्मीहरू माइकद्वारा मानिसहरूलाई घर छोडेर जाने चेताउनी दिँदै सडकहरूमा निस्के। मानिसहरूलाई बारम्बार चेताउनी दिइयो। तर केही मूर्ख मानिसहरू घरमै बसे- तिनीहरू भलको पानीमा डुबे। तपाईंलाई पनि ख्रीष्ट आउँदैहुनुहुन्छ भनी चेताउनी दिइएको छ। यदि तपाईँ सुन्नुहुन्न भने ऱ्याप्चरमा तपाईं छोडिनुहुनेछ। यदि तपाईं धेरै लामो समयसम्म पर्खनुहुन्छ भने धेरै ढिला हुनेछ।

ख्रीष्ट तपाईंको पापको मूल्य चुकाउन मर्नुभयो। उहाँ मृतकबाट फेरि जीवित हुनुभयो र अहिले स्वर्गमा परमेश्वरको दाहिने हातपट्टि बस्नुभएको छ। अहिल्यै नै उहाँमा विश्वास गर्नुहोस् र उहाँको रगतले तपाईंका पापहरू पखाल्नेछ, र तपाईं ऱ्याप्चरका निम्ति तयार हुनुहुनेछ। यदि तपाईंले पर्खनुभयो भने तपाईंको विषयमा यसो भनिनेछ, ‘पुत्र आउनुभएको छ, र तपाईं छोडिनुभएको छ।’ श्री ग्रिफिथले गाउनुभयो, ‘पुत्र आउनुहुन्छ, र तपाईं छोडिनुहुनेछ।’ यो भजन तपाईंको भजनको पुस्तकमा ३ नम्बरमा छ। कृपया खडा भएर गाउनुहोस्। साह्रै छिटोछिटो नगाउनुहोस्। शब्दहरूमाथि विचार गर्दै गाउनुहोस्!

भरेको छ जीवन बन्दूक र लडाइँले,
  सबै जना भूइँमा मिचिएका छन्।
इच्छा गर्छु म सब होऊन् तयार।
  बालकहरू मरे, दिन भए चिसा,
सुनको थैलीले रोटीको टुक्रा किन्ने,
  इच्छा गर्छु म सब होऊन् तयार।
छैन समय मन परिवर्तन गर्ने
  कसरी हुन्छौ त्यस्तो अन्धा?
बोलाए उद्धारकर्ताले, तर गऱ्यौ इन्कार,
  पुत्र आएको छ, तिमी छोडिएकाछौ,
तिमी छोडिएका छौ,
  तिमी छोडिएका छौ।

पति र पत्नी सँगै सुत्छन्,
  सुन्छे उ हल्ला, शिर घुमाउँछ-र पति हुँदैन।
इच्छा गर्छु म सब होऊन् तयार।
  हिँडेको दुइ व्यक्ति पहाडमा
हराउँछ एउटा अर्को छोडिन्छ,
  इच्छा गर्छु म सब होऊन् तयार।
छैन समय मन परिवर्तन गर्ने
  कसरी हुन्छौ त्यस्तो अन्धा?
बोलाए उद्धारकर्ताले, तर गऱ्यौ इन्कार,
  पुत्र आएको छ, तिमी छोडिएकाछौ,
तिमी छोडिएका छौ,
  तिमी छोडिएका छौ। ('आइ विस विउड अल बीन रेडी,' ल्यार्री नरमनद्वारा रचित, १९४७-२००८, कोरस पास्टरद्वारा फरेबदल गरिएको)

तपाईं नछोडिनुहोस्। येशूमा विश्वास गरी अहिले, आज राति उद्धार पाउनुहोस्।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि पवित्रशास्त्र पठन गरियो– मत्ती २४:३७-४२
प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
('आइ विस विउड अल बिन रेडी,' (ल्यारी नरमनद्वारा रचित, १९४७-२००८)


रूपरेखा

के तपाईँ छाडिनुहुनेछ?

WILL YOU BE LEFT BEHIND?

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

"‘यसकारण जागा रहो, किनकि कुन दिन तिमीहरूका प्रभु आउनेछ सो तिमीहरूले जान्दैनौ।’ (मत्ती २४:४२)

१. पहिलो, ऱ्याप्चरभन्दा अघिका अवस्थाहरू, मत्ती २४:३७-४१

२. दोस्रो, ऱ्याप्चरमा तयार नहुँदा हुने खतराको बारेमा सोच्नुहोस्। मत्ती २५:१-१३

३. तेस्रो, ऱ्याप्चरमा छोडिनेहरू परमेश्वरद्वारा त्यागिनेछन्। तिनीहरूको निन्दा गरिनेछ, उद्धार पाउन सक्नेछैनन्। प्रकाश १६: ९, ११, २१