Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




अन्तिम दिनका चिन्हहरू

SIGNS OF THE LAST DAYS
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

९ सेप्टेम्बर २०१८, आइतबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Evening, September 9, 2018


ती चेलाहरू संसारको अन्त्य कहिले हुनेछ भनी जान्न चाहन्थे। तिनीहरूले सोधे, ‘यी कुरा कहिले हुनेछन्, तपाईंको आगमन र यस युगका अन्त्यको चिन्ह के हुनेछ?’ (मत्ती २४:३)। तिनीहरूले ख्रीष्टसँग एउटा चिन्ह मागे। उहाँले तिनीहरूलाई धेरैवटा चिन्हहरू दिनुभयो, जुन कुरा मत्ती २४ मा लेखिएको छ, अनि त्योजस्तै खण्ड लूक २१ मा अझ धेरै कुराहरू लेखिएका छन्। मत्ती २४ ले धेरैवटा चिन्हहरू दिँदछ। अनि लूका २१ ले अझ धेरै चिन्हहरू उल्लेख गर्दछ। आज राति हामी प्रायः लूका २१ बाट सुन्नेछौं। ‘यी कुरा कहिले हुनेछन्, तपाईंको आगमन र यस युगका अन्त्यको चिन्ह के हुनेछ?’ लूका २१ मा ख्रीष्टले ती धेरैवटा चिन्हहरू दिनुभयो, तर पहिले दोस्रो पत्रुसको वचन हेरौं।

दोस्रो पत्रुस तेस्रो अध्यायको ३ पद हेर्नुहोस्। यो नेपाली बाइबलमा पृष्ठ १७११ मा छ। यसले भन्छ,

‘सर्वप्रथम तिमीहरूले यो बुझ्नुपर्छ, कि पछिल्ला दिनहरूमा गिल्ला गर्नेहरू गिल्ला गर्दै, तिनीहरूका आफ्नै अभिलाषामा...आउनेछन्।’ (२ पत्रुस ३:३)

आज बेलुकी मैले बोल्ने विषय होः ‘अन्तिम दिनका चिन्हहरू,’ किनकि अहिले हामी अन्तिम समयमा जिइरहेकाछौं। समय थोरै छ।

दोस्रो पत्रुस ३:३ को वाक्यांशमा ध्यान दिनुहोस्, ‘पछिल्ला दिनहरूमा...आउनेछन्।’ यी ‘पछिल्ला दिनहरू’ भन्ने शब्दहरूमा ध्यान दिनुहोस्। तपाईं त्यो वाक्यांश र विचार बाइबलमा घरीघरी पाउनुहुन्छ।

बाइबलले इतिहासमा एउटा यस्तो मोड् छ जसलाई आखिरी दिनहरूको रूपमा जानिन्छ भनी शिक्षा दिँदछ। धेरै जना बाइबल शिक्षकहरू अहिले हामी त्यही समयमा छौं भनी भन्छन्। मलाई लाग्छ, तिनीहरूले ठिकै भनेका हुन्। बाइबलले हामीलाई त्यसको मिति नतोक्नु भनी चेताउनी दिँदछ। तर यस्तो एउटा काल छ, जसलाई ‘अन्तिम समय’ भनी जानिन्छ। प्रत्येक चिन्हले संकेत गर्दछ कि आज हामी त्यही समयमा जिइरहेका छौं। लियोनार्ड राभेनहिलले भने, ‘यी नै अन्तिम दिनहरू हुन।’

दोस्रो पत्रुस ३:३ को अर्को शब्द हो ‘गिल्ला गर्नेहरू।’ यी मानिसहरूले ख्रीष्टको दोस्रो आगमन र संसारको अन्त्य हुने कुराको गिल्ला गर्दछ। तिनीहरू गिल्ला गर्छन्, ठट्टा गर्छन् र हाँस्छन्। तिनीहरू शंका गर्नेहरू र विश्वास नगर्नेहरू हुन्। तिनीहरू यसो भन्छन्, ‘हामी परमेश्वरलाई कहीं पनि भेट्टाउँदैनौं। हाम्रो विचारमा परमेश्वरले संसारको अन्त्य गराउनुहुनेछैन। हामीलाई परमेश्वर हुनुहुन्छ भन्ने कुरामा पनि निश्चय छैन।’ तिनीहरू भविष्यमा न्याय हुने, येशू ख्रीष्ट आकाशबाट, अर्कै आयामबाट फेरि धरतीमा आउनुहुने कुराको गिल्ला गर्छन्। परमेश्वरको अग्निमय क्रोधमा संसारको अन्त्य हुने कुरामा तिनीहरू हाँस्छन्।

‘सर्वप्रथम तिमीहरूले यो बुझ्नुपर्छ, कि पछिल्ला दिनहरूमा गिल्ला गर्नेहरू गिल्ला गर्दै, तिनीहरूका आफ्नै अभिलाषामा...आउनेछन्।’ (२ पत्रुस ३:३)

तिनीहरूले किन गिल्ला गर्छन् र हाँसो उडाउँछन्? त्यसपछिका केही पदहरूले भन्छन्, ‘तिनीहरू आफ्नै अभिलाषामा हिँड्छन्’ वा ‘तिनीहरू आफ्नो अभिलाषाको पछि लाग्छन्।’ तिनीहरू पापमा जिइरहेका हुन्छन्। यसैकारण तिनीहरू ख्रीष्ट तिनीहरूका जीवनमा आएर तिनीहरूका पापमय चालमा बाधा देऊन् भन्ने चाहँदैनन्। तिनीहरू आफ्नो अभिलाषालाई मन पराउँछन्, तिनीहरू आफ्नो पापलाई यति धेरै प्रेम गर्छन् कि ख्रीष्टमा आउनै चाहँदैनन्, यसैले तिनीहरू परमेश्वरको न्यायसम्बन्धी बाइबलको शिक्षालाई इन्कार गर्छन्। परमेश्वर प्रेम गर्नुहुने परमेश्वर हुनुहुन्छ, तर उहाँ रिसाउनु र न्याय गर्नुहुने परमेश्वर पनि हुनुहुन्छ। उहाँ पाप र दुष्टताको विरुद्ध क्रोध गर्नुहुने परमेश्वर पनि हुनुहुन्छ। ती गिल्ला गर्ने पाखण्डीहरूले प्रमाणलाई जाँच्दैनन्। तिनीहरू बाइबल पढदैनन्। तिनीहरू सत्य जान्न चाहँदैनन्- किनकि तिनीहरू पाखण्डीहरू हुन्। तिनीहरू गिल्ला गर्नेहरू हुन्, जो तिनीहरूका आफ्नै अभिलाषाको पछि लाग्छन्।

अनि त्यसपछिको पदले भन्छ, ‘जानी-बुझीकन पनि तिनीहरू यस कुराको वास्ता गर्दैनन्, कि परमेश्वरको वचनद्वारा स्वर्गहरू अघिदेखि नै थिए’ (पद ७ हेर्नुहोस्)। ‘तर त्यही वचनले भक्तिहीन मानिसको इन्साफ र विनाशका दिनसम्मका लागि अहिलेको आकाश र पृथ्वी आगोका निम्ति साँचिराखिएका छन्।’ (२ पत्रुस ३:३-७)

अब पद दश हेर्नुहोस्ः

‘तर प्रभुको दिन त चोरजस्तै गरी झट्टै आउनेछ, जसमा आकाशचाहिँ ठूलो आवाजसाथ बितिजानेछ, तत्त्वहरू आगोको रापले पग्लिनेछन्, र पृथ्वी र त्यसमा भएका सबै थोक भस्म हुनेछन्।’

पवित्र बाइबलको यो खण्डले न्यायको दिन आउँदैछ भनी भन्दछ। सम्पू्र्ण पापी संसार एक दिन परमेश्वरको न्यायासनको अगाडि उभिनुपर्नेछ। यदि तपाईंको जीवन परिवर्तन भएको छैन भने त्यो दिन तपाईं परमेश्वरको सामुन्ने खडा हुनुहुनेछ। यदि तपाईंले उद्धार पाउनुभएको छैन भने तपाईंका पापहरूका निम्ति तपाईंको न्याय गरिनेछ।

अनि चेलाहरूले त्यो आउने दिनको बारेमा सोधिरहेका थिए। तिनीहरूले सोधे, ‘यी कुरा कहिले हुनेछन्, र तपाईंको आगमन र यस युगको अन्त्यको चिन्ह के हुनेछ?’ (मत्ती २४:३)

अब ख्रीष्टले तिनीहरूलाई धेरैवटा चिन्हहरू दिनुभयो, म तीमध्ये केही बताउनेछु।

१. पहिलो, त्यहाँ प्रकृतिमा यस्ता चिन्हहरू छन् जसले अन्त्य नजिक छ भन्ने देखाउँछ।

येशूले भन्नुभयो, त्यस बेला,

‘भयंकर भूकम्पहरू हुनेछन्। विभिन्न ठाउँहरूमा अनिकाल र महामारी हुनेछन्, भयंकर आतंक हुनेछन्, अनि आकाशबाट ठूला-ठूला चिन्हहरू हुनेछन्... समुद्रको गर्जन र छालहरूले पृथ्वीका राष्ट्रहरू संकटमा परी व्याकुल हुनेछन्। संसारमा हुन आउने घटनाहरूको आशंकाले मानिसहरू मूर्च्छा पर्नेछन्, किनकि आकाशका शक्तिहरू डगमगाउनेछन्।’ (लूका २१:११, २५-२६)

यस कुरामा विचार गर्नुहोस्! येशूले भन्नुभयो ‘पृथ्वीमा’ यस्ता कुराहरू भएको देखेर मानिसहरू मूर्च्छा पर्नेछन् र भयभीत हुनेछन्। उहाँले भन्नुभयो, ‘पृथ्वीमा हुनआउने ती घटनाहरू’ को कारण मानिसहरूमा निराशा, चिन्ता, आशंका र ठूलो डर छाउनेछ।

धेरै समय अघिको कुरा होइन, वैज्ञानिकहरूले उत्तरी ध्रुवमाथिको ओजनमा माइने राज्यजत्रै ठूलो प्वाल परेको पत्ता लगाए। टाइम पत्रिकाले आफ्नो जिल्दमा नै ‘आर्टिक क्षेत्रमा तापमान बढेकोले हिमपर्वत विशाल रूपमा पग्लिँदै गरेको अनि त्यसले पृथ्वीमा ठन्डा बढाएको छ’ भन्ने एउटा नयाँ प्रतिवेदन राखेको थियो (टाइम पत्रिका, ४ सेप्टेम्बर, २०००, पृष्ठ ५२-५६)। टाइम पत्रिकाले ‘हिमपर्वत थोरै पग्लिँदा पनि उत्तरी गोलार्द्धाको जलवायुमा ठूलो परिवर्तन ल्याउनेछ’ भनेको थियो। धेरै जना वैज्ञानिकहरू हामी अब नयाँ हिमयुगमा प्रवेश गर्न लागेका छौं भनी डराएका छन्। टाइम्स पत्रिकाको त्यस लेखमा पेन स्टेट युनिभर्सिटीका भूवैज्ञानिक डा. रिचर्ड आलेले ‘ह्रास भएको तापक्रमले मानव जीवनमा ठूलो प्रभाव पारिरहेको कुरा गरेका छन्, जस्तो इतिहासमा अघि कहिल्यै भएको थिएन।’ के मानव जातिको अन्त्य यसरी नै हुनेछ? डा. आले भन्छन्, ‘हुँदैन, तर त्यो मानव जातिका निम्ति असुविधा हुने समय हुनेछ। धेरै नै असुविधा हुने समय हुनेछ।’

भरेको छ जीवन बन्दूक र लडाइँले,
   सबै जना भूइँमा मिचिएका छन्।
इच्छा गर्छु म सब होऊन् तयार।
   ('आइ विस विउड अल बीन रेडी,' ल्यार्री नरमनद्वारा रचित, १९४७-२००८)

के तपाईं तयार हुनुहुन्छ?

डा. आलेजस्ता वैज्ञानिकहरू भयले काम्छन्,

‘संसारमा हुन आउने घटनाहरूको आशंकाले मानिसहरू मूर्च्छा पर्नेछन्, किनकि आकाशका शक्तिहरू डगमगाउनेछन्।’ (लूका २१:२६)

जब तपाईं उत्तरी ध्रुव पग्लेको र एउटा हिउँको चट्टानलाई हेर्नुहुन्छ, उनीहरू भन्छन्, अबको २५ वर्षमा त्यो अचानक आउनेछ, त्यो डरलाग्दो कुरा हुनेछ। जब तपाईं एड्सको महामारीले अफ्रिकामा विनाश गरेको सुन्नुहुन्छ, त्यसको कुनै अन्त्य देखिँदैन- त्यो डरलाग्दो छ। क्षय रोग प्रतिरोधात्मक औषधी र अन्य नयाँ ‘भयानक’ रोगहरूलाई विचार गर्दा ती कुनैले पनि काम नगरेको देख्दा धेरै डरलाग्दो स्थिति हुन्छ।

धेरै जना जवान मानिसलाई भविष्यको डर लाग्नु कुनै अचम्मको कुरा होइन। हालैमा गरिेएको एउटा सर्वेक्षणले देखाएअनुसार ८० युवाहरूले तिनीहरूका भविष्य राम्रो होला भनी सोच्दैनन्। सर्वेक्षणले देखाएअनुसार यी जवानहरू प्रायः प्रकृतिमा देखिएको समस्यासँग डराउँछन्, जस्तै उत्तरी ध्रुव पग्लिएको र त्यसले उत्पन्न गर्न सक्ने हिउँको चट्टान वा पानीनै पानीको संसार।

जवान मानिसहरू तिनीहरूका सामान्य ज्ञानद्वारा नै जान्दछन् कि हाम्रो संसारको अवस्था झन्-झन् खराब हुँदैजाँदैछ। र त्यसले तिनीहरूलाई भयभीत बनाउँछ। दक्षिण केलिफोर्नियामा सधैं ठिहिराउने चिसो भइरहे तपाईं के गर्नुहुनेछ?

‘संसारमा हुन आउने घटनाहरूको आशंकाले मानिसहरू मूर्च्छा पर्नेछन्, किनकि आकाशका शक्तिहरू डगमगाउनेछन्।’ (लूका २१:२६)

जवान मानिसहरू मानव जातिले हाम्रो ग्रहलाई नाश पारिरहेकोमा डराइरहेका छन्। अनि म पनि तिनीहरूका चिन्तासँग पूर्ण रूपले सहमत छु!

मेरी पत्नी र म हाम्रो आँगनमा उभेका थियौं। मैले पत्नीलाई सोधें, ‘तिमीले’ अन्तिमचोटि राजा पुतली कहिले देखेकी थियौ? तिमीले अन्तिमचोटि एउटा पाहा वा भ्यागुता कहिले देखेकी थियौ? तिनीहरू हराइसके- वा चाँडै हराउन लागेको छ। पत्नीले मलाई भनिन्, ‘हो, हामीले पर्यावरणलाई नाश पारेका छौं।’ एक जना व्यक्तिले मलाई भन्यो, ‘हामीले आफ्नो गूँढ भत्काएकाछौं र हामीले संसारलाई नाश पारिरहेका छौं।’ खेदको कुरा म उसित सहमत हुन परेको थियो। उसले भनेको कुरा पूरापूरी सही थियो।

अनि हामीले प्रकृतिमा देखेका डरलाग्दो समस्याको रिपोट समाचार पत्रमा दिनहुँ दिइन्छ अनि ती संसारको अन्त्यको साथै ख्रीष्टको आगमन नजिकै छ भन्ने कुराका चिन्हहरू हुन्। बाइबलले भन्छ, ‘तिम्रा परमेश्वरलाई भेट्न तयार होओ।’ तपाईंसँग त्यसको निम्ति तयारी गर्ने धेरै समय बचेको छैन। ल्यार्री नरमनले भने,

भरेको छ जीवन बन्दूक र लडाइँले,
   सबै जना भूइँमा मिचिएका छन्।
इच्छा गर्छु म सब होऊन् तयार।

के तपाईं तयार हुनुहुन्छ?

त्यसैकारण तपाईं मण्डलीमा आउनुपर्छ र ख्रीष्टलाई अहिले पाउनुपर्छ! हाम्रो संसारका निम्ति समय सकिरहेको छ। तपाईंले ख्रीष्टलाई पाउन, परिवर्तन हुनु हतार गर्नुपर्छ, अनि न्याय हुनुभन्दा अघि यो मण्डलीमा गहन रूपले सामेल हुनुपर्छ। जब तपाईं ख्रीष्टमा हुनुहुन्छ, परमेश्वरले तपाईंको सुरक्षा गर्ने र तपाईँको हानि हुनबाट बचाउने प्रतिज्ञा गर्नुहुन्छ।

लुकाउनोस् मलाई उद्धारकर्ता लुकाउनोस्,
   नहटुञ्जेल जीवनको आँधी,
स्वर्गतिरको सुरक्षा भित्र
   गर्नोस् ग्रहण मेरो आत्मालाई।
(‘येशू, मेरो आत्माको प्रेमी,’ चार्ल्स वेस्लीद्वारा रचित,१७०७-१७८८)

२. दोस्रो, जातिय चिन्हहरू पनि छन्, जसले अन्तिम समय नजिक छ भन्ने देखाउँछ।

लूका २१:२० ले त्यसबारे बताउँछ,

‘तब उहाँले तिनीहरूलाई भन्नुभयो, ‘राष्ट्र (ग्रीकमा इथनोस वा जातिय समूह), राष्ट्र (जातिय समूह) का विरुद्धमा र राज्य (बासिलिन= जातिय समूह) राज्य (जातिय समूह) को विरुद्धमा उठनेछ।’ (लूका २१:१०)

आज हामीले त्यस्तै कुराहरू देखिरहेका छौं। हाम्रा सबै तकनिकीहरू र विज्ञानको सहायताले पनि हामी जाति-जाति बीचको झगडा र राष्ट्र-राष्ट्रहरू बीचको लडाइँ रोक्न सक्दैनौं। अमेरिकाको प्रत्येक राष्ट्रपतिले अरबीहरू र यहूदीबीच मिलाप गराउने कोसिस गर्छन्। तर हाम्रा सबै राष्ट्रपतिहरू असफल बनेका छन्। जब ख्रीष्ट फर्केर आउनुहुन्छ तब मात्र उहाँले सबै राष्ट्रहरू जातिहरूबीच मिलाप ल्याउनुहुनेछ! त्यो काम अरू कसैले गर्न सक्दैन- ख्रीष्टविरोधी पनि यो काम गर्न पूर्ण सफल हुनेछैन। येशू ख्रीष्टले मात्र विभिन्न जातिहरू र जातिय समूहहरू र राष्ट्रहरूबीच शान्ति र मिलाप ल्याउन सक्नुहुन्छ- उहाँ फेरि पृथ्वीमा फर्केर आउनुहुँदा (अनि त्यसबेला मात्र) पृथ्वीमा साँचो शान्ति र सबै मानिसहरूप्रति भलाइ हुनेछ।

भरेको छ जीवन बन्दूक र लडाइँले,
   सबै जना भूइँमा मिचिएका छन्।
इच्छा गर्छु म सब होऊन् तयार।

के तपाईं आजको रात तयार हुनुहुन्छ?

३. अनि तेस्रो, हाम्रो वरिपरि यहूदी विरोधी चिन्हहरू देखिन्छ, जसले अन्त्य नजिकै छ भन्ने देखाउँछ।

धेरै जना मूर्ख मानिसहरू परमेश्वरले चुन्नुभएका मानिस यहूदीहरूलाई घृणा गर्छन्, लूका २१ को खण्डले भन्छः

‘जब यरूशलेमलाई सेनाहरूले घेरेको (घेराबन्दी गरेको) देख्छौ, तब त्यसको विनाश नजिकै आइपुगेको (हुनै लागेको) छ भन्ने जान।’ (लूका २१:२०)

आखिरी दिनहरूमा यहूदी विरोधी भावना, यहूदीहरूप्रतिको घृणा धेरै नै बढेर जानेछ, अन्यजातिहरूको ठूलो सेना यहूदीहरूको विरुद्धमा यरूशलेममा आउनेछ, र तिनीहरूलाई नाश पार्न खोज्नेछ, जस्तो दोस्रो विश्व युद्धको बेला हिटलरले पनि गरेका थिए। तर बाइबलअनुसार यहूदीहरू पृथ्वीमा चुनिएका मानिसहरू हुन्। बाइबलले भन्छ,

‘तर पूर्वजहरूको खातिर तिनीहरू प्रियहरू हुन्।’ (रोमी ११:२८)

यदि अब्राहाम, मोशा र अगमवक्ताहरू हुँदैनथ्यो भने आज राति तपाईं यहाँ हुनुहुने थिएन। त्यसैकारण बाइबलमा विश्वास गर्ने ब्याप्टिस्टहरू इस्राएलको ठूला समर्थकहरूमध्ये एक हो।

तर बाइबलले शिक्षा दिन्छ कि यो पापी संसार आखिरी दिनहरूमा यहूदीहरूको विरोधमा खडा हुनेछ। परमेश्वर भन्नुहुन्छः

‘म यरूशलेमलाई सबै जातिहरूका निम्ति एउटा अटल चट्टान तुल्याइदिनेछु।’ (जकरिया १२:३)

यो कुरा अहिले हुँदैछ। यो चिन्ह भएकै बेला अहिले हामी जिइरहेका छौं।

भरेको छ जीवन बन्दूक र लडाइँले,
   सबै जना भूइँमा मिचिएका छन्।
इच्छा गर्छु म सब होऊन् तयार।

के तपाईं तयार हुनुहुन्छ?

४. त्यसपछि, चौथो, त्यहाँ धर्मका चिन्हहरू छन्- झूटो धर्ममा छलका चिन्हहरू छन्, जसले अन्तिम समय नजिक छ भनी देखाउँछ।

उहाँले भन्नुभयो, ‘होशियार रहो, तिमीहरूलाई कसैले नबहकाओस्। मेरो नाउँमा धेरै जना ‘म उही हुँ’ र ‘बेला नजीक आएको छ,’ भनेर भन्छन्। (लूका २१:८)

फेरि ख्रीष्टले भन्नुभयोः

‘...झूटा अगमवक्ताहरू खडा हुनेछन्, हुन सके चुनिएकाहरूलाई पनि भडकाउनलाई ठूला-ठूला चिन्हहरू र आश्चर्य कामहरू देखाउनेछन्।’ (लूका २१:८)

यस्ता धेरैवटा कुरा तपाईंहरू टीबीएनमा देख्नुहुन्छ- यो क्षेत्रका टेलिभिजन च्यानलहरूमा तपाईंहरू जे देख्नुहुन्छ ती सबै छल हुन्। बेन्नी हिन छली हो। जोयल अस्टिन छली हुन्। धेरै जना सुसमाचारीय रेडियो र टेलिभिजन छलीहरू हुन्। त्यसैकारण हामी डा. मेकजीलाई मात्र सिफारिस गर्छु, अरू कसैलाई होइन। म कोमल नव सुसमाचारवादीहरूलाई विश्वास गर्दिनँ।

‘किनकि यस्तो समय आउँदैछ, जब तिनीहरू ठीक शिक्षालाई नसहने हुनेछन्, तर आफूलाई मन परेका कुरा मात्र सुन्न चाहनेछन्, र आफ्नो रुचिअनुसारका शिक्षकहरू थुपार्नेछन्। (२ तिमोथी ४:३)

त्यो चिन्ह अहिले देखिँदैछ! अन्त्य नजिकै छ!

५. पाँचौं, त्यहाँ धार्मिक सतावटका चिन्हहरू छन्, तिनले अन्त्य नजिक छ भन्ने देखाउँछन्।

सारा संसारमा पहिलेभन्दा अहिले बढी नै ख्रीष्टियनहरूलाई सतावट भइरहेको छ। उदाहरणका निम्ति, कम्युनिस्ट देश चीनमा धेरै जना ख्रीष्टियनहरू गुप्त रूपमा भेटघाट गर्छन्। द लस एन्जलस टाइम्स पत्रिकाले दिएको एउटा रिपोटअनुसार सुसमाचार प्रचार गरेको कारण आत्माहरू जित्ने तीन जना व्यक्तिलाई चीन देशबाट निकाला गरिएको थियो।

राइटस् ग्रुपको रिपोटअनुसार चीन देशले अमेरिकाका तीन जना प्रचारक (आत्मा जित्ने) हरूलाई त्यो देशमा भएको भूमिगत प्रोटेस्टेन्ट आराधनकहरूलाई पक्राउ गरेर देशनिकाला गरेको छ। त्यस रिपोटमा अरू पनि धेरै जना आराधकहरूलाई पक्राउ गरेर जेलमा पठाइएको समाचार छ। हङकङको मानव अधिकार सूचना केन्द्र र डेमोक्रेटिभ मुभमेन्ट इन चाइनाले दिएको रिपोटअनुसार त्यहाँका तीनवटा प्रदेशमा अझ अरू पचास जना प्रोटेस्टेन्ट चेलाहरूलाई पक्राउ गरिएको छ।

हामी आज जसरी सारा संसारमा ख्रीष्टियनहरूलाई सताइएको देख्छौं येशूले त्यसको अगमवाणी अघिबाटै गर्नुभएको थियो। उहाँले भन्नुभयो,

‘...तिनीहरूले तिमीहरूलाई पक्रनेछन्, र सताउनेछन्, तिमीहरूलाई झ्यालखानमा हालिदिनेछन्।’ (लूका २१:१२)

अनि उहाँले भन्नुभयो, यदि तपाईं साँचो ख्रीष्टियन बन्नुभयो भने तपाईंका आमाबुबा र आफन्तहरूले पनि तपाईंलाई सताउनेछन्। लस एन्जलसमा हामीले त्यस्तो घटना बारम्बार देखेका छौं। ख्रीष्टले भन्नुभयो,

‘तिमीहरूका आमाबुबा र दाजुभाइहरू, नातेदारहरू र मित्रहरूले पनि तिमीहरूलाई पक्राइदिनेछन्,...मेरो नाउँको खातिर तिमीहरूलाई सबै मानिसहरूले घृणा गर्नेछन्’ (लूका २१:१६-१७)

ख्रीष्टले भन्नुभयो, यदि तपाईँ एक साँचो ख्रीष्टियन बन्नुभयो भने तपाईंका आमाबुबा र मित्रहरूले तपाईंलाई घृणा गर्नेछन्। नहाँस्नुहोस्। संसारका धेरैवटा भागमा यस्तै भएको छ। संसारका धेरै भागमा आज राति मुसलमानहरूले हामीलाई घृणा गर्छन्, मार्छन्, हामीलाई झ्यालखानमा हाल्छन्।

पहिला, तिनीहरूले तपाईँलाई यो मण्डलीमा आएर उद्धार पाउनबाट रोक्ने सक्दो कोसिस गर्छन्। तर तपाईं मण्डलीमा आइरहनुभयो भने र उद्धार पाउनुभयो भने तिनीहरूले तपाईंको विरोध गर्दै तपाईंलाई घृणा गर्नेछन्। तिनीहरूले धेरै महिनासम्म यसो गर्नेछन्, र अन्त्यमा तपाईंलाई रोक्न नसकिने रहेछ भनी थाहा पाउँछन्।

तर मूल्य चुकाउनुहोस्। तपाईँ एक साँचो ख्रीष्टियन बन्नुभयो भने त्यो कसैले मन पराउँदैन। कोही तपाईंको विरोधमा खडा हुनेछ। निराशाले भरिएको समयमा एक ख्रीष्टियन बन्नका निम्ति मूल्य चुकाउनु पर्छ। त्यो हामी एउटा अन्धकार समयमा जिइरहेका छौं भन्ने चिन्ह हो।

भरेको छ जीवन बन्दूक र लडाइँले,
   सबै जना भूइँमा मिचिएका छन्।
इच्छा गर्छु म सब होऊन् तयार।

के तपाईं तयार हुनुहुन्छ?

६. अन्त्यमा, हामी अन्तिम समयको नजिक छौं भनी देखाउन ख्रीष्टले छैटौं चिन्ह दिनुभयो। यसलाई म ‘मनोवैज्ञानिक चिन्ह’ भन्छ।

ख्रीष्टले भन्नुभयो:

‘तर तिमीहरू आफ्नो विषयमा होसियार रहो (ध्यान देओ), नत्रता भोग-विलास, मतवालीपन र जीवनको फिक्री (चिन्ता) ले तिमीहरूको मन दबिएला, र तिमीहरूमाथि एक्कासि त्यो दिन पासोझैं आइपर्ला। किनकि यसरी नै सारा पृथ्वीमा वास गर्ने सबैमाथि यो आइपर्नेछ।’ (२१:३४-३५)

एक जना जवान केटो, जो केटी पटक मण्डलीमा आएको थियो, उसले भन्यो, ‘म अर्को हप्ता आउन सक्दिनँ। मैले मेरी फूपुलाई घर सर्न सहायता गर्नुपर्छ।’ त्यो काम गर्न उसँग छ दिन थियो, तर त्यो आइतबार बिहान नै ‘हुनु पर्ने’ थियो। उ जीवनका समस्याहरूले गर्दा दबिएको थियो। आज मानिसहरू सानो वा मूर्खतापूर्ण कारणले गर्दा मण्डलीमा आउँदैनन्। उनीहरू जीवनका फिक्रीहरूले दबिएका हुन्छन्। अनि परमेश्वरको न्यायको दिन तिनीहरूले नसोचेका बेला तिनीहरूमाथि अचानक आइलाग्नेछ, अन्त्य आउनेछ!

भरेको छ जीवन बन्दूक र लडाइँले,
   सबै जना भूइँमा मिचिएका छन्।
इच्छा गर्छु म सब होऊन् तयार।

के तपाईं तयार हुनुहुन्छ?

तपाईं लागू औषधी र व्यभिचारबाट मुक्त भए पनि परिवारका समस्याहरूले दबिन सक्नुहुन्छ, जसले तपाईंलाई थिच्छ। मैले यति वर्षको अवधिमा धेरै जना नव विवाहितहरूलाई त्यस्तो भएको देखेको छु।

अनि येशूले भन्नुभएको छ,

तर आइपर्ने यी सबै कुराहरूबाट उम्कन र मानिसको पुत्रको सामुन्ने खडा हुन समर्थ हुनलाई सबै समय प्रार्थना गर्दै जागा रहो।’ (लूका २१:३६)

अनि संसारको अन्त्य र आउन लागेको न्यायका निम्ति तयारी गर्न तपाईंले ठीक त्यसै गर्नुपर्छ। तपाईंले गर्नुपर्ने तीनवटा कुरा छन्ः

(१) यो मण्डलीमा आउनुहोस्। यदि आउनुभएन भने अरू कुनै पनि कुराले तपाईंलाई सहायता गर्नेछैन।

(२) ख्रीष्टमा आउनुहोस्। उहाँ तपाईंका पापहरूका निम्ति मर्नुभयो। उहाँ मृतकबाट साँच्चै र शरीरमा बौरी उठ्नुभयो। उहाँ जीवित हुनुहुन्छ र अहिले परमेश्वरको दाहिने हातपट्टि हुनुहुन्छ। उहाँ तपाईंको निम्ति अहिले त्यहाँ हुनुहुन्छ। उहाँकहाँ आउनुहोस्। येशूमा विश्वास गर्नुहोस् र उद्धार पाउनुहोस्।

(३) तपाईं यो मण्डलीमा आउने मात्र होइन, तपाईँ ख्रीष्टमा आउने मात्र होइन, तर तपाईँले प्रार्थना पनि गर्नुपर्छ। येशूले भन्नुभयो, अन्तिम समयमा सफल ख्रीष्टियन जीवन जिउनका निम्ति प्रार्थना अति आवश्यक हुन्छ।


यसैले आउन लागेको न्यायबाट तपाईँ कसरी उम्कनुहुनेछ? बाइबलले भन्छ, ‘उहाँ (ख्रीष्ट) ले काठमा- क्रूसमा उहाँ को आफ्नै शरीरमा हाम्रा पापहरू बोक्नुभयो।’ ख्रीष्ट तपाईंको प्रतिनिधि बन्न सक्नुहुन्छ। तपाईंको पापको मूल्य चुकाउन उहाँलाई तपाईंको बदली क्रूसमा दण्ड दिइयो! ख्रीष्टले क्रूसमा आफ्नो बहुमूल्य रगत बनाउनुभयो। उहाँको रगतले तपाईँका सबै पापहरू पखाल्न सक्छ- अनि अन्तिम समय आउँदा तपाईं तयार हुनुहुनेछ! म तपाईंलाई आज राति येशू ख्रीष्टमा विश्वास गर्नुहोस् भनी अनुरोध गर्दछु! चार्ल्स वेस्लीले भने,

लुकाउनोस् मलाई उद्धारकर्ता लुकाउनोस्,
   नहटुञ्जेल जीवनको आँधी,
स्वर्गतिरको सुरक्षा भित्र
   गर्नोस् ग्रहण मेरो आत्मालाई।

सुसमाचारको एउटा भजनले भन्छ,

येशू आजको संसारका निम्ति उत्तर हुनुहुन्छ,
उहाँभन्दा माथि छैन कोही, येशू त्यो बाटो हुनुहुन्छ!

आज राति येशूमा विश्वास गर्नुहोस् र उहाँले तपाईंलाई बचाउनुहुनेछ! आमिन।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
('आइ विस विउड अल बीन रेडी,' ल्यार्री नरमनद्वारा रचित, १९४७-२००८)


रूपरेखा

अन्तिम दिनका चिन्हहरू

SIGNS OF THE LAST DAYS

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

‘सर्वप्रथम तिमीहरूले यो बुझ्नुपर्छ, कि पछिल्ला दिनहरूमा गिल्ला गर्नेहरू गिल्ला गर्दै, तिनीहरूका आफ्नै अभिलाषामा...आउनेछन्।’
     (२ पत्रुस ३:३)

१. पहिलो, त्यहाँ प्रकृतिमा यस्ता चिन्हहरू छन् जसले अन्त्य नजिक छ भन्ने लूका २१:११, २५-२६

२. दोस्रो, जातिय चिन्हहरू पनि छन्, जसले अन्तिम समय नजिक छ भन्ने देखाउँछ। लूका २१:१०

३. अनि तेस्रो, हाम्रो वरिपरि यहूदीहरूको विरोध चिन्हहरू देखिन्छ, जसले अन्त्य नजिकै छ भन्ने देखाउँछ। लूका २१:२०; रोमी ११:२८; जकरिया १२:३

४. त्यसपछि, चौथो, त्यहाँ धर्मका चिन्हहरू छन्- झूटो धर्ममा छलका चिन्हहरू छन्, जसले अन्तिम समय नजिक छ भनी देखाउँछ। लूका २१:८; मत्ती २४:२४; २ तिमोथी ४:२-३

५. पाँचौं, त्यहाँ धार्मिक सतावटका चिन्हहरू छन्, तिनले अन्त्य नजिक छ भन्ने देखाउँछन्। लूका २१:१२, १६-१७

६. अन्त्यमा, हामी अन्तिम समयको नजिक छौं भनी देखाउन ख्रीष्टले छैटौं चिन्ह दिनुभयो। यसलाई म ‘मनोवैज्ञानिक चिन्ह’ भन्छु। लूका २१:३४-३६