Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




उसले मानिसहरूलाई रुखहरूजस्तै हिँडिरहेका देख्यो!

HE SAW MEN AS TREES WALKING!
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

२६ अगस्त, २०१८, आइतबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Evening, August 26, 2018

‘त्यसपछि उहाँ बेथसेदा आउनुभयो,र मानिसहरूले एउटा अन्धो मानिसलाई उहाँकहाँ ल्याए, र त्यसलाई छोइदिनुहोस् भनी उहाँसँग बिन्ती गरे। उहाँले त्यस अन्धो मानिसको हात समातेर त्यसलाई गाउँबाट बाहिर ल्याउनुभयो, र त्यसका आँखामा थुकेर त्यसमाथि आफ्ना हात राखी त्यसलाई सोध्नुभयो, ‘के तिमी केही देख्छौ?’ अनि मास्तिर हेरेर त्यसले भन्यो, ‘म मानिसहरूलाई रूखहरूजस्तै हिँडिरहेको देख्छु।’ तब उहाँले फेरि त्यसको आँखामा हात राख्नुभयो, र त्यसले एकटक लाएर हेऱ्यो। त्यसले आफ्नो दृष्टि प्राप्त गऱ्यो र सबै थोक छर्लङ्ग देख्न लाग्यो। (मर्कूस ८:२२-२५)


ख्रीष्ट बेथसेदामा आउनुभयो। तर बेथसेदामा उहाँले प्रचार गर्नुभएन। बेथसेदामा उहाँका चेलाहरूले एउटा दृष्टिहीन मानिसलाई उहाँकहाँ ल्याउनुभयो। तर ख्रीष्टले उसलाई त्यो शहरमा निको पार्नुभएन। बेथसेदा त्यो ठाउँ थियो जहाँ ख्रीष्टले पाँच रोटी र दुइ माछालाई प्रशस्त गुणन गरेर ५००० मानिसलाई पुग्ने गरी तिनीहरूलाई खुवाउनुभएको थियो (मर्कूस ६:३८-४४)। येशू त्यहाँ समुद्रमाथि हिँडनुभएको थियो, उहाँले त्यहाँ अरू पनि धेरैवटा आश्चर्यकर्महरू गर्नुभएको थियो। तापनि बेथसेदाका मानिसहरूले पश्चात्ताप र विश्वास गरेनन्। त्यसलै ख्रीष्टले त्यो शहरलाई सराप्नुभयो। ख्रीष्टले ‘न्यायको दिनमा’ त्यो शहरको कठोर न्याय हुनेछ भन्नुभयो।

अब ख्रीष्ट र उहाँका चेलाहरू त्यो श्रापित शहरमा आउनुभएको थियो।

‘त्यसपछि उहाँ बेथसेदा आउनुभयो, र मानिसहरूले एउटा अन्धो मानिसलाई उहाँकहाँ ल्याए, र त्यसलाई छोइदिनुहोस् भनी उहाँसँग बिन्ती गरे। (मर्कूस ८:२२)

यो पापी लस एन्जलस शहरमा एक जना जवान मानिस कसरी विश्वासमा आउँछ भन्ने कुराको चित्रण हो।

१. पहिलो, त्यो शहर श्रापित थियो, तर त्यो चुनिएको दृष्टिहीन केटो होइन!

‘चुनिएका’ मानिसहरू ती हुन्, जसलाई परमेश्वरले संसारको सृष्टि गर्नुभन्दा अघि चन्नुभएको थियो, ‘चुनिएकाहरूले त्यो प्राप्त गरे। अरू सबैचाहिँ कठोर बने’ (रोमी ११:७)। त्यो सम्पू्र्ण अन्धो पारिएको, परमेश्वरद्वारा त्यागिएको थियो, किनकि तिनीहरूले येशू ख्रीष्टलाई इन्कार गरेका थिए- तापनि, त्यो सम्पूर्ण शहर श्रापित भएको थियो, त्यो शहरमा एक जना मानिस थियो जो चुनिएको थियो, अनि चेलाहरूले त्यो मानिसलाई येशूकहाँ ल्याए!

‘चुनिएको’ भन्नुको अर्थ छानिएको वा रोजिएको हो। सृष्टिभन्दा अघि परमेश्वरले मानव जातिबाट उहाँले छुटकारा दिनुहुने व्यक्तिहरूलाई चुन्नुभयो।

त्यो दृष्टिहीन मानिस चुनिएकाहरूमध्ये एक थियो। यसैले उसलाई येशूकहाँ ल्याउन चेलाहरूलाई त्यो एक जना व्यक्तिकहाँ पठाइयो!

अब त्यो शहर पापले गर्दा भ्रष्ट थियो, येशूलाई इन्कार गरेकोमा त्यसलाई दण्ड दिइयो। हामी मानिहरूलाई मण्डलीमा बोलाउन उनीहरूकहाँ जान्छौं। हामी जान्दछौं, तिनीहरूमध्ये धेरै जना आउनेछैनन्। हामी जान्दछौं, तिनीहरूमध्ये कति जनाले आफूले उद्धार पाइसकेका छन् भनी सोच्छन्। हामी जान्दछौं, लस एन्जलसका मानिसहरू शैतानको वशमा परेका छन्। ती मानिसहरू मण्डलीमा आउन र येशूको बारेमा सुन्न मन पराउँदैनन्। परमेश्वरले तिनीहरूलाई इन्कार गरिसक्नुभएको कारण तिनीहरूले कहिल्यै उद्धार पाउँदैनन् भन्ने जानेर पनि हामी तिनीहरूकहाँ जान्छौं। बाइबलले भन्छ, ‘परमेश्वरले तिनीहरूलाई त्यागिदि्नुभयो...परमेश्वरले तिनीहरूलाई छोडिदिनुभयो...परमेश्वरले तिनीहरूलाई भ्रष्ट मनको अवस्थामा छोडिदिनुभयो।’ तिनीहरू परमेश्वरलाई घृणा गर्नेहरू, अहंकारी, शेखी गर्नेहरू, आमाबुबाका अनाज्ञाकारीहरू हुन्...असल थोकहरूलाई घृणा गर्नेहरू, परमेश्वरलाई प्रेम गर्नुभन्दा बढी सुखविलास मन पराउनेहरू हुन्’ (रोमी १:२६-३०; २ तिमोथी ३:३,४)।

हो, हामी जान्दछौं, हाम्रो शहर पाखण्डीहरू, गाँजा तान्नेहरू, यौन कुलतीहरू, लफंगाहरू, भ्रष्ट र येशूलाई घृणा गर्ने मानिसहरूले भरिएको छ। यो कुरा तपाईंहरूले भन्दा राम्रोसँग म जान्दछु। मैले यो ईश्वरहीन शहरलाई प्रचार गर्दै साठी वर्ष बिताएको छु!

तर म यो पनि जान्दछु, ती कोठाहरू मध्ये कुनै एउटामा, ती साँघुरा गल्लीहरूमध्ये कुनै एउटामा, ती स्कुलहरूमध्ये कुनै एउटामा- म जान्दछु, ती ठाउँहरूमध्ये कुनै एउटामा एक जना जवान मानिस वा एउटी जवान महिलालाई परमेश्वरले चुन्नुभएको छ, हजारौं भ्रष्ट पापीहरूमध्येबाट चुन्नुभएको छ, परमेश्वरका एक मात्र पुत्र येशू ख्रीष्टद्वारा बचाइनका निम्ति चुनिएको छ!!! म विश्वास गर्छु त्यो चुनिएको व्यक्ति तपाईं नै हुनुहुन्छ!

अनि त्यो जवान मण्डलीमा फर्केर आउनेछ, आत्माद्वारा उसले ज्योति पाउनेछ, ऊ शैतानाबाट बचाइनेछ, अनि येशू ख्रीष्टले क्रूसमा बगाउनुभएको रगतद्वारा धोइएर शुद्ध हुनेछ!!!

क्रूसमा टाँगिनुहुनेको रगतद्वारा बचाइएको!
   पापको छुटकाराको मोल छ नयाँ कामको सुरु,
गाऔं प्रशंसा पितालाई, गाऔं प्रशंसा पुत्रलाई,
   क्रूसमा टाँगिनुहुनेको रगतद्वारा बचाइएको!
बचाइएको! बचाइएको! भो क्षमा मेरा पापहरू, मेरो दोष मेटियो!
बचाइएको! बचाइएको! क्रूसमा टाँगिनुहुनेको रगतद्वारा म बचाइएको!
(‘सेभ्ड बाई द ब्लड,’ एस. जे. हेन्डरसनद्वारा रचित, १९०२)

आमिन! परमेश्वरको प्रशंसा होस्! हल्लेलूयाह! म क्रूसमा टाँगिनुहुनेको रगतद्वारा बाँचेको छु!

त्यो बिरामी मानिस परमेश्वरले चुन्नुभएकाहरूमध्ये एक थियो। अनि चेलाहरू आए र उसलाई त्यो पापमय, नरकको प्वालको शहरबाट निकाले- जसरी हामीले पनि गएर तपाईंहरूलाई भेटेका थियौं! अनि चेलाहरूले त्यो दृष्टिहीन व्यक्तिलाई येशूकहाँ ल्याए! आमिन! त्यो शहर श्रापित र नाश हुने निश्चित थियो, तर त्यो चुनिएको दृष्टिहीन केटोचाहिँ होइन। तिनीहरूले उसलाई येशूकहाँ ल्याए!

२. दोस्रो, त्यो जवान मानिस दृष्टिहीन थियो।

ऊ विल्कुलै दृष्टिहीन थियो- चमेरोझैं दृष्टिहीन थियो! टाउका काटिएको टर्की पक्षी झैं दृष्टिहीन थियो! दृष्टिहीन मानिसलाई तपाईं त्यस्तै पाउनुहुन्छ! हो, त्यो जवान मानिस दृष्टिहीन थियो- दृष्टिहीन!

अब, त्यसको केही अर्थ छ! यसको अर्थ ऊ दष्टिहीन छ, हो साँच्चै! तर नयाँ करारको पुस्तकमा त्यसको अर्थ अझ धेरै थियो। मेथिउ हेनरीले भनेझै त्यसको अर्थ ‘आत्मिक अन्धोपन’ थियो। अनि लूकाको सुसमाचारले हामीलाई भन्छ, येशूले यशैया ६१:१ को वचन पूरा गर्नुभयो, जहाँ उहाँले ‘दृष्टिहीनहरूलाई दृष्टि दिन प्रचार गर्नुहुनेछ’ भनिएको छ। (लूका ४:१८)

येशूले त्यस दृष्टिहीनलाई हातमा समात्नुभयो, र ‘उसलाई त्यो शहरबाट बाहिर निकाल्नुभयो’ (मर्कूस ८:२३)। यसले देखाउँछ, यदि अन्धो पापीहरू येशूले तिनीहरूका अन्धोपन निको पारिदेऊन् भन्ने चाहन्छन् भने तिनीहरू अरू पापीहरूबाट अलग पारिनुपर्छ। बाइबलले भन्छ,

‘अविश्वासीहरूसँग एउटै जुवामा ननारियो...यसकारण तिनीहरूका बीचबाट निस्केर आओ, र तिनीहरूबाट तिमीहरू अलग होओ, परमप्रभु भन्नुहुन्छ। अशुद्ध कुरा केही नछोओ, र म तिमीहरूलाई ग्रहण गर्नेछु। म तिमीहरूका पिता हुनेछु, र तिमीहरू मेरा छोराछोरी हुनेछौ, सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।’ (२६:१४,१७-१८)

धेरैचोटि जवान मानिसहरू उद्धार पाउन, परमेश्वरलाई चिन्न चाहन्छन्- तर तिनीहरूलाई पापी मित्रहरूले रोक्छन्- त्यस्ता मित्रहरू जसलाई येशूका निम्ति तिनीहरू छोडन चाहँदैनन्। परमेश्वरलाई धन्यवाद होस्, उसको दृष्टि पाउनुभन्दा अघि येशूले उसलाई त्यो शहरबाट बाहिर निकाल्नुभयो। ऊ त्यो नरकीय संगतबाट बाहिर निस्कन परेको थियो। बाहिर, बाहिर निस्कनुहोस्! बाहिर निस्कनुहोस्! ऊ ती दुष्ट मित्रहरूको संगतबाट बाहिर निस्कनु पर्थ्यो, जसले उसलाई अन्धो नै राख्न चाहन्थे। येशूले उसलाई हातमा समातेर ‘त्यस शहरबाट बाहिर निकाल्नुभयो।’ म सोच्छु यदि त्यस व्यक्तिले बेथसेदाका दुष्ट मानिसहरूसँग संगत गरिरहेको भए उसले उद्धार पाउने थिएन।

३. तेस्रो, उसले ज्योति बिस्तारै पायो।

‘उहाँले उसका आँखामा थुकेर आफ्ना हात राखी त्यसलाई भन्नुभयो, र उसले केही देखिरहेको कि भनी सोध्नुभयो। अनि माथितिर हेरेर उसले भन्यो’, ‘म मानिसहरूलाई रूखहरूजस्तै हिँडिरहेको देख्छु (मर्कूस ८:२३-२५)। हितोपदेशको पुस्तकले त्यस विषयमा राम्रो कुरा बताएको छ,

‘धर्मीको चाल प्रभातको प्रथम चमकजस्तै हो, त्यो मध्य दिन नहोउञ्जेल झन्-झन् चहकिलो हुँदैजान्छ।’ (हितोपदेश ४:१८)

पहिले तपाईं आत्मिक रूपमा अन्धो हुनुहुन्छ। तपाईं मण्डलीमा आउनुहुन्छ, तपाईं आफूले सुनेका धेरैवटा कुरा बुझ्नुहुन्न। तब तपाईं ख्रीष्टले तपाईंलाई सहायता गर्न सक्नुहुन्छ भनी बुझ्नुहुन्छ। अनि तपाईं ‘विश्वास आशा राखिएको कुराको निश्चय र नदेखिएका कुराको दृढ भरोसा हो’ (हिब्रू ११:१) भनी बुझ्नुहुनेछ।

प्रेरित थोमाले भने, ‘म विश्वास गर्दिनँ।’ अनि येशू आउनुभयो र थोमाले उहाँलाई ‘मेरा प्रभु, मेरा परमेश्वर’ भन्नुभयो। दुइ हजार वर्षदेखि येशूले ती लाखौं मानिसलाई बचाउनुभएको छ, जसले ‘उहाँलाई नदेखे पनि विश्वास गर्दछन्।’

जोन केगनको कुरा सुन्नुहोस्। तिनले भने, ‘मैले कुनै पनि प्रकारको शान्ति पाउन सकिनँ। मलाई मर्नु मन लाग्थ्यो, अनि मलाई यस्तो लाग्यो अब मैले गर्न सक्ने कुरा येशूमा विश्वास गर्नु मात्र हो। त्यसमा कुनै शारीरिक भावना थिएन, मलाई भावनाको खाँचो थिएन, मसँग ख्रीष्ट हुनुहुन्थ्यो! मैले येशूमा मात्र हेरेँ। विश्वासद्वारा नै मैले येशूले मेरा सबै पाप पखालिदिनुभयो भनी जाने, अनि मैले कुनै ठोस प्रमाण नपाईँ म त्यो कसरी जान्दछु भनी सोचेँ, तर... मैले मेरो विश्वास येशूमा छ भन्ने राम्ररी विचार गरेपछि शान्ति पाएँ। येशू नै मेरो एकमात्र उत्तर हुनुहुन्छ।’

फिलिप चानले भन्नुभएको कुरा सुन्नुहोस्। ‘मलाई सम्झना छ, मेरो जीवन कहिल्यै पनि हुन सक्दिनँ भनी सोच्थेँ। मैले त जीवन परिवर्तन साँच्चै हुन्छ के भनी शंका पनि गर्न लागेको थिएँ। (अनि) डा. हिमर्सले ख्रीष्टमा नहुनेहरूलाई शैतानले कसरी अन्धो बनाउँछ भनी प्रचार गर्नुभयो। उहाँले हराएको व्यक्तिको मनमा काम गर्दै, र उसले निश्चयताको भावना पाउनुपर्छ भनी सोच्ने बनाउँदै त्यसो गर्छ भनी भन्नुभयो। त्यसपछि डा. हिमर्सले मैले येशूमा, केवल उहाँमा मात्र विश्वास गर्नुपर्छ भन्नुभयो। अरू कुनै व्यक्ति वा थोकमा होइन। त्यसभन्दा अघि मेरो मन शंका र आफैलाई केलाउँदै रुमालिरहेको थियो। अब येशू आउनुभयो। अब उद्धारकर्ता मलाई अंगालो लिन तयार हुनुहुन्थ्यो। म कसरी मेरो पापमा अल्झिबस्दै येशूलाई नहेरी रहन सक्थेँ? मैले घुँडा टेकेँ र स्वयम् येशूमा विश्वास गरेँ। मैले भावनाहरू आओस् भनी पर्खेर बसिनँ। मैले शैतानको झूटो कुरा सुन्न पर्खेर बसिनँ। मेरा पापहरूबाट शुद्ध हुन म येशूकहाँ जानुपर्थ्यो। मैले पर्खनुहुँदैनथ्यो। अब निश्चयता पाउनुपर्छ भन्ने भावना हराएर गयो। मैले येशूमा विश्वास गरेँ। येशूले मेरो पापको गह्रौं बोझ उठाउनुभयो। मेरो पापको हिसाब उहाँले आफ्नै रगतले शुद्ध पार्नुभयो। अहिवे म यी स्तुति भजनहरू सम्झना गर्छु ‘येशू मेरो आत्माका प्रेमी,’ अनि म येशूको एक मित्र हुँ भनी सम्झन्छु। परमेश्वरको प्रशंसा होस्, उहाँले आफ्ना पुत्र येशू दिनुभयो, जसले आफ्नो रगतले मेरा पापहरू क्षमा गर्नुभयो।’

अब त्यस केटीको कुरा सुन्नुहोस्, जसले धेरै वर्षसम्म येशूलाई इन्कार गरेकी थिई। उसले भनी, ‘मलाई मेरो पापको विषयमा राम्ररी थाहा थियो र म पूर्ण आशारहित महसुस गर्दथेँ। प्रायः म प्रत्येक दिन प्रार्थना गर्थेँ। म प्रवचनका पाण्डुलिपिहरू पनि प्रत्येक दिन पढ़थेँ। तिनले मलाई सहायता गर्दैनथे, किनकि म अझै बढी भावना र विश्वास पाउन पर्खन्थेँ। मैले डा. केगनलाई मेरो मन भ्रममा छ, यसैले म येशूकहाँ आउन सकिरहेकी छैनँ भनी भनेँ! डा. केगनले भन्नुभयो, ‘तिम्रो भ्रमपूर्ण मन लिएर नै येशूकहाँ आऊ!’

मेरो हृदय परिवर्तन हुनुभन्दा केही अघि श्रीमान् ग्रिफिथले ‘तिमी असल नहुञ्जेल पर्खन्छौ भने, तिमी कहिल्यै आउन सक्दैनौ’ भनिने भजन गाउनुभयो। (म जान्दथेँ) भावनाहरू कहिल्यै पनि भरपर्दा हुँदैनन्, त्यसैकारण म तिनमा भरोसा गर्न सक्दिनँथेँ। मैले येशूमा भरोसा गर्दा उहाँले मलाई क्षमा दिनुभयो र मेरा सबै पापबाट मलाई शुद्ध पार्नुभयो। उहाँको अमूल्य रगतद्वारा उहाँले मेरा सबै पापबाट मलाई पखाल्नुभयो र शुद्ध पार्नुभयो। येशूले मलाई शैतानबाट छुटाउनुभयो र मलाई छुटकारा दिनुभयो! मलाई नाश पार्ने र आखिरीमा मलाई नरकमा पठाउने शैतानको दास भइरहनुभन्दा बरु येशूको दास हुनेछु, जसले मलाई प्रेम र वास्ता गर्नुहुन्छ।’ तपाईंको भजनको पुस्तिकामा २ नम्बरमा यो भजन छ। कृपया खडा भएर गाउनुहोस्!

येशू मेरा आत्माको प्रेमी
   दिनोस् मलाई तपाईंमा उड्न
नजिकका समुद्र उर्लिओस्,
   चाहे उठोस उच्च तूफान:
लाउनोस् मलाई, हे उद्धारकर्ता लुकाउनोस्
   नहटुञ्जेल जीवनको आँधी
सुरक्षित स्वर्गको बाटोभित्र
   ग्रहण गर्नोस् मेरो आत्मा अन्त्यमा!
(जिजस, लभर अफ माई सोल, चार्ल्स वेस्लीद्वारा रचित, १७०७- १७८८)

तपाईंहरू बस्न सक्नुहुन्छ।

म जान्दछु, तपाईंहरू येशूद्वारा तपाईंहरूका पाप पखालिओस् भन्ने चाहनुहुन्छ। म जान्दछु, तपाईंहरू येशूले तपाईंहरूलाई बचाऊन् भन्ने चाहनुहुन्छ! तपाईं सिद्ध हुने आशा नगर्नुहोस्। येशूले तपाईंका दोष र पापहरूबाट बचाउनुहुनेछ भनी आशा गर्नुहोस्। सिद्धता पछिबाट आउनेछ। अब येशूको वचन सुन्नुहोस्। यी वचनहरू येशूले आफ्नै मुखले भन्नुभएको हो।

‘हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु।’ (मत्ती ११:२८)

‘हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ।’ कहिलेकहीं राति सुत्नलाग्दा तपाईं आफैलाई अति घोर पापी र हराएको महसुस गर्नुहुन्छ। राति आफ्नो पापको चिन्ता गर्दै सुत्नुहुन्छ। फेरि किन चिन्ता गर्दै निदाउने? येशू भन्नुहुन्छ,

‘हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु।’

तपाईंलाई निश्चयता चाहिएको होइन। तपाईंलाई विश्राम चाहिएको हो। तपाईंको प्राणका निम्ति विश्राम। तपाईंको भजनको पुस्तकमा भजन नम्बर ३ मा छ। कृपया त्यो गाउनुहोस्।

सुन्छु म स्वागतको सोर
   बोलाउँछ मलाई, उहाँ प्रभु हुन्
शुद्ध हुन तपाईंको अमूल्य रगतमा
   जुन बग्यो कलभरीमा।
आउँदैछु प्रभु! तपाईंकहाँ आउँदैछु!
धुनुहोस् मलाई शुद्ध तपाईंको रगतमा
   जुन बगेथ्यो कलभरीमा।
(आइ एम कमिङ लर्ड, लिविस हार्टसग, १८२८-१९१९)

यदि येशूमा विश्वास गर्नेबारे हामीसँग बातचीत गर्न चाहनुहुन्छ भने कृपया यहाँ पहिलो दुइ लहरमा आएर बस्नुहोला। आमिन।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
('आइ एम कमिङ लर्ड,' लिविस हार्टसगद्वारा रचित, १८२८-१९१९)


रूपरेखा

उसले मानिसहरूलाई रुखहरूजस्तै हिँडिरहेका देख्यो

HE SAW MEN AS TREES WALKING!

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

‘त्यसपछि उहाँ बेथसेदा आउनुभयो, र मानिसहरूले एउटा अन्धो मानिसलाई उहाँकहाँ ल्याए, र त्यसलाई छोइदिनुहोस् भनी उहाँसँग बिन्ती गरे। उहाँले त्यस अन्धो मानिसको हात समातेर त्यसलाई गाउँबाट बाहिर ल्याउनुभयो, र त्यसका आँखामा थुकेर त्यसमाथि आफ्ना हात राखी त्यसलाई सोध्नुभयो, ‘के तिमी केही देख्छौ?’ अनि मास्तिर हेरेर त्यसले भन्यो, ‘म मानिसहरूलाई रूखहरूजस्तै हिँडिरहेको देख्छु।’ तब उहाँले फेरि त्यसको आँखामा हात राख्नुभयो, र त्यसले एकटक लाएर हेऱ्यो। त्यसले आफ्नो दृष्टि प्राप्त गऱ्यो र सबै थोक छर्लङ्ग देख्न लाग्यो। (मर्कूस ८:२२-२५)

१. पहिलो, त्यो शहर श्रापित थियो, तर त्यो चुनिएको दृष्टिहीन केटो होइन! रोमी १:७;
रोमी १:२६-३०; २ तिमोथी ३:३,४

२. दोस्रो, त्यो जवान मानिस दृष्टिहीन थियो। लूका ४:१८; मर्कूस ८:२३;
२ कोरिन्थी ६:१४,१७-१८

३. तेस्रो, उसले ज्योति बिस्तारै पायो। मर्कूस ८:२३-२५; हितोपदेश ४:१८;
हिब्रू ११:१; मत्ती ११:२८