Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




हाम्रो मंगलबारे उपवास-दिनमाथि टिपोटहरू

NOTES ON OUR FAST-DAY ON TUESDAY
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

१२ अगस्त, २०१८, आइतबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord's Day Evening, August 12, 2018

‘तर तिमीचाहिँ उपवास बस्दा आफ्नो शिरमा तेल लगाऊ, र आफ्नो मुख धोऊ र तिम्रो उपवास मानिसहरूले होइन, तर गुप्तमा हुनुहुने तिम्रा पिताले देखून्, र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।’ (मत्ती ६:१७,१८)


ध्यान दिनुहोस्, येशूले ‘यदि तिमीहरू उपवास बस्यौ भने’ भन्नुभएन। होइन, उहाँले ‘जब तिमीहरू उपवास बस्छौ’ भन्नुभयो। आजको संसारका मानिसहरूलाई उपवास भन्ने कुरा अनौठो लाग्छ। कहिलेकहीं चिन्तित आमाले तपाईंलाई यदि एक दिन तपाईंले केही खानुभएन भने भोकले मर्नुहुनेछ भन्छिन्। तपाईंकी आमासँग झूटो नबोल्नुहोस्। तपाईं एक छाक भोजन खानुहुन्न भनी उनलाई भन्नुहोस्।

सबै जना उपवास बस्नुहुँदैन। यदि तपाईंसँग कुनै शारीरिक समस्या छ भने उपवास बस्नुभन्दा अघि तपाईंले डाक्टरसँग सल्लाह गर्नुपर्छ। हाम्रो मण्डलीमा तपाईं डा. जुडिथ केगनसँग वा डा. क्रेगटन एल. चानसँग भेट गर्न सक्नुहुन्छ। डा. जुडिथ केगनको फोन नम्बर (२१३) ३२४-३२३१ हो। डा. चानको फोन नम्बर (३२३) ८१९-५१५३ हो। यदि तपाईं चिनी रोग वा उच्च रक्तचापले वा अरू कुराले पीडित हुनुहुन्छ भने तपाईंले निश्चय डा. जुडिथ केगन वा डा. चानलाई अवश्य फोन गर्नुहोस्, वा यो सेवापछि उनीहरूमध्ये एक जनासँग कुराकानी गर्नुहोस्। यदि उनीहरूले तपाईंलाई उपवास नबस्नु भन्छन् भने मंगलबार हुने हाम्रो उपवासमा तपाईंले प्रार्थनामा धेरै समय बिताउन सक्नुहुन्छ। त्यो दिन तपाईं उपवास नबसे पनि हामीसँग प्रार्थनामा सहभागी हुन सक्नुहुन्छ।

१४ अगस्त मंगलबारको दिन हाम्रो मण्डलीमा उपवासको सेवा हुनेछ। तपाईंहरूमध्ये कोही पनि करमा परेर उपवास बस्नुपर्दैन। तपाईं उपवास बस्नुभएको छ कि छैन भनी कसैले जाँचेर हेर्दैन। यदि तपाईं हामीसँग उपवास बस्न चाहनुहुन्छ भने त्यो तपाईंको इच्छाको कुरा हो। तपाईं चाहनुहुन्छ भने मात्र उपवास बस्नुहोस्। यदि तपाईंलाई मन लाग्दैन भने नबस्नुहोस्।

यो हामीले धेरै महिनापछि पहिलोचोटि गरेको उपवासको दिन हो। मलाई लिबर्टी युनिभर्सिटीका सह-संस्थापक डा. एलमेर एल. टाउन्सले उपवास र प्रार्थनाको आवश्यकता स्मरण गराएका थिए। मैले यस सन्देशमा पोख्ने विचारहरू र प्रस्तुत गर्ने टिप्पणीहरू डा. टाउन्सको पुस्तक ‘द बिगिनर्स गाइड टु फास्टिङ, बेथानी हाउस पब्लिसर्स, २००१, बाट संकलन गरिएका हुन्। त्यो एउटा राम्रो पुस्तक हो। यदि तपाईं त्यो प्राप्त गर्न चाहनुहुन्छ भने Amazon.com बाट त्यो मगाउन सक्नुहुन्छ।

डा. टाउन्सको त्यस पुस्तकमा धेरै प्रकारका उपवासहरू छन्। हामी एक दिने उपवास गर्न गइरहेका छौं, जसलाई हामी ‘योम किप्पुर उपवास’ भन्छौ। यो एक दिने प्रार्थना हो जुन यहूदी धर्ममा विश्वास गर्नेहरूले पालन गर्नुपर्थ्यो (लेवी १६:२९)।

आज ख्रीष्टियनहरूसँग उपवासको माग गरिएको छैन- तर हामीलाई उपवास बस्ने अनुमति दिइएको छ। येशूले भन्नुभयो, ‘जब तिमीहरू उपवास बस्छौ’ (मत्ती ६:१६), किनकि उपवास हाम्रो चरित्र र विश्वास निर्माण गर्ने एउटा अनुशासन हो।

यदि तपाईं पहिले कहिल्यै उपवास बस्नुभएको छैन भने केही नखाई एक दिन बिताउने कुरा सम्झेर तपाईंलाई डर लाग्न सक्छ। तर शरीरको वजन घटाउनका निम्ति तपाईंले खान छोड्दा त्यसले जस्तो हानि गर्छ त्यस्तो हानि उपवासले गर्दैन। डा. जुडिथ केगन वा डा. चानजस्ता डाक्टरहरूले ‘हुन्छ’ भनी सल्लाह दिएका छन् भने एक दिनको उपवासले एक सामान्य व्यक्तिलाई कुनै हानि पुऱ्याउँदैन।

एक दिने ‘योम किप्पुर उपवास’ गर्नु मंगलबार उपवास बस्न तपाईंका निम्ति सर्वोत्तम उपाय हो। तपाईंले करमा उपवास बस्नुहुन्न। तपाईं एक आत्मिक अनुशासनको रूपमा त्यो गर्नुहुन्छ। अरूले के सोच्लान् भनी नडराउनुहोस्, किनकि तपाईंको उपवास तपाईं र परमेश्वर बीचको व्यक्तिगत समर्पण हो। उपवासले तपाईंलाई परमेश्वरका निम्ति प्रार्थनाको योद्धा बन्न सहायता गर्नेछ।

जब तपाईं मंगलबारको दिन उपवास बस्नुहुन्छ तब विरोध आउनेछ भनी जान्नुहोस्। शैतानले तपाईंको विरोध गर्छ। यदि तपाईंले अरूहरूको मुक्तिका निम्ति वा तपाईंको मण्डलीका निम्ति प्रार्थना गर्नुभयो भने शैतानले तपाईंको विरोध गर्नेछ। उपवास बस्नु सजिलो हुँदैन। यसैले तपाईंले उपवास बस्ने साहसिक कार्य थाल्नुहुँदा यो कठिन हुनेछ भन्ने बुझेर त्यो गर्नुहोस्। तर त्यसका निम्ति उचित इनाम पाइनेछ!

त्यो एक दिने ‘योम किप्पुर उपवास’ बाइबलमा आजको सूर्यास्तदेखि भोलिको सूर्यास्तसम्म हुन्थ्यो। यदि तपाईंले हामीसँग एक दिने उपवास बस्नुभयो भने सूर्यास्त हुनुभन्दा अघि (साझँ करिब ८:३० बजे) केही हलुका खानेकुरा खान सक्नुहुन्छ। एउटा केरा वा एक कटौरा सुरुवा (सूप) खानुहोस्। भोलिपल्ट बिहानको नास्ता वा दिउँसोको खाना नखानुहोस्। मंगलबार साँझमा यहाँ मण्डलीमा तपाईंलाई भोजन दिइनेछ। तपाईं हलुका खानेकुरा खान सक्नुहुन्छ, जस्तै मंगलबार साँझ ७:०० बजे तपाईं मण्डलीमा आउनुभन्दा अघि अर्को एउटा केरा खान सक्नुहुन्छ। तपाईंहरू यहाँ आइपुग्नुहुँदा हामी केही खोले र रोटी खानेछौं। अनि हामी अझ केही प्रार्थनाहरू गर्नेछौं, त्यसबेला तपाईंलाई उपवास र प्रार्थनाको विषयमा आफ्नो गवाही भन्ने मौका दिइनेछ, त्यसपछि म एउटा छोटो सन्देश प्रचार गर्नेछु।

मंगलबार तपाईंले उपवास प्रार्थना गर्नुहुँदा तपाईंसँग एउटा उद्देश्य हुनुपर्छ। यो उपवासको दिनको उद्देश्य परमेश्वरले हाम्रो शनिबार बेलुकी पुरुषहरूलाई खेलाइने खेलको योजनालाई अरू मानिसहरूलाई हाम्रो मण्डलीमा ल्याउनका निम्ति प्रयोग गरून् भन्ने हो। यदि परमेश्वरले ती खेलहरूलाई आशिष् दिनुभएन भने त्यो खेल अर्को एउटा सामान्य कार्य, मण्डलीको ‘कार्यप्रणाली’ को एक भाग, कुनै फल नफलाउने एउटा कार्य मात्र हुनेछ। केही दिनभित्र हाम्रो अर्को उपवासको दिन सुरु हुनेछ, जुन बेला हामी हाम्रा दिदी-बहिनीहरूले गर्ने नयाँ कार्यहरूका निम्ति प्रार्थना गर्नेछौं। तर म तपाईं पुरुष र स्त्रीहरू सबैलाई आग्रह गर्न चाहन्छु, कि तपाईंहरूले हाम्रो शनिबारका खेलहरूलाई नयाँ मानिसहरूलाई हाम्रो मण्डलीमा ल्याउनका निम्ति परमेश्वरले प्रयोग गरून् भनी प्रार्थना गर्नुहोला। तपाईंहरू अरू केही विषयहरूका निम्ति पनि प्रार्थना गर्न सक्नुहुन्छ - तर यो उपवासको मुख्य उद्देश्य हाम्रो शनिबारका खेलहरूलाई परमेश्वरले नयाँ जवान मानिसहरूलाई हाम्रो मण्डलीमा ल्याउनका निम्ति प्रयोग गरून् भन्ने कुरामा केन्द्रित हुनुपर्छ। तपाईंको प्रार्थना मुख्य उद्देश्य त्यसैमा केन्द्रित गर्नुहोस्- ताकि परमेश्वरले पुरुषहरूलाई ती खेलहरू खेल्न नयाँ मानिसहरू ल्याउन अनि त्यसपछि हाम्रो आइतबारे सेवाहरूमा ल्याउन सहायता गरून्। यही उद्देश्यसहित उपवास र प्रार्थना गर्नुहोस्। हामीलाई त्यस उद्देश्यका निम्ति प्रार्थना गर्ने स्त्रीहरूको पनि आवश्यकता छ।

तपाईंको उपवास सोमबार बेलुकी थोरै केही खाने कुरा खाएर सुरु गर्नुपर्छ, त्यसपछि मंगलबार बिहानको नास्ता र दिउँसोको भोजन खाइन्छ भनी याद राख्नुहोस्। बेलुकीतिर फेरि थोरै केही खानुहोस् अनि मंगलबार ७:०० बजे बेलुकी यहाँ मण्डलीमा आउनुहोस्, अनि हामी केही हलुवा र रोटीहरू खाएर उपवास समाप्त गर्नेछौं।

‘जब तिमीहरू उपवास बस्छौ...।’ यसको अर्थ हो येशूले उपवास मन पराउनुहुन्छ। ख्रीष्टियनहरूले पवित्र आत्माद्वारा अगुवाइ र शक्ति पाउनका निम्ति उपवास बस्नुपर्छ। डा. जोन आर. राइसले भने, ‘म जान्दछु, साँचो उपवासद्वारा हामी परमेश्वरले हामीलाई दिन चाहनुभएको आशिष् पाउँछौं।’ स्पर्जनले भने, ‘हामीले उपवास बस्न छोडेर ख्रीष्टियन मण्डलीमा अति ठूलो आशिष् गुमाएका छौं।’ डा. आर. ए. टोर्रीले भने, ‘यदि हामीले शक्तिसहित प्रार्थना गर्नु हो भने उपवाससहित प्रार्थना गर्नुपर्छ।’ महान् प्रचारक जोन वेस्लीले भने, ‘के तपाईंले कुनै दिन उपवास र प्रार्थना गर्नुभएको छ? परमेश्वरको अनुग्रहको सिंहासनमा जोरदाररूपमा जानुहोस्, अनि कृपा बर्सिनेछ।’ मेरा चिनियाँ पास्टर डा. तिमोथी लिनले भने, ‘हामीले उपवास र प्रार्थना थाल्ने बित्तिकै हाम्रो आत्मिक चेतना खुल्दछ। यो मैले मेरो अनुभवबाट भनेको हो।’

आज राति यो सन्देशको पाण्डुलिपि घरमा लैजानुहोस्। भोलि बेलुकी केही हलुका खाने कुरा खाएर उपवासको तयारी गर्दा यो सन्देश पढ़नुहोस्। तपाईं सोमबार बेलुकीबाट मंगलबार बेलुकीसम्म उपवास बस्नुहुँदा याद राख्नु पर्ने केही बुँदाहरू यहाँ छन्ः

१. तपाईंको उपवास (सक्दो) गोप्य बनाउनुहोस्। तपाईं उपवास बस्नुभएको कुरा मानिसहरूलाई बताउँदै नहिँड़नुहोस्।

२. मंगलबारको उपवासमा यशैया ५८:६ कण्ठ गर्नुहोस्।

‘अन्यायको बन्धन फुकाल्न, जुवाको डोरी फुकाल्न, र अत्याचारमा परेकाहरूलाई मुक्त गराउन, हरेक जुवा भाँचिदिन मैले चुनेको किसिमको उपवास यही होइन र?’ (यशैया ५८:६)

३. मंगलबार उपवास बस्नुहुँदा मत्ती ७:७-११ धेरैचोटि ध्यान लगाएर पढ़नुहोस्।

‘माग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीहरूले भेट्टाउनेछौ, ढकढक्याओ त तिमीहरूका निम्ति उघारिनेछ। किनकि जसले माग्छ, त्यसले पाउँछ, जसले खोज्छ, त्यसले भेट्टाउँछ, जसले ढकढक्याउँछ, त्यसको निम्ति ढोका उघारिनेछ। तिमीहरूमध्ये कुन मानिस होला, जसको छोराले रोटी माग्दा त्यसलाई ढुंगा देला? कि माछा माग्दा त्यसलाई साँप देला? यसकारण तिमीहरू दुष्ट भएर आफ्ना छोराछोरीहरूलाई असल चीज दिन जान्दछौ भने, स्वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसित माग्नेहरूलाई कति बढ़ी गरेर असल चीज दिनुहुनेछ!’ (मत्ती ७:७-११)

४. हाम्रा पुरुषहरूले १८ अगस्त शनिबारको दिन धेरै जना जवान मानिसहरूलाई बास्केटबल खेल्नका निम्ति ल्याउन सकून् भनी प्रार्थना गर्नुहोस्।

५. प्रशस्त पानी पिउनुहोस्, प्रत्येक दुइ घन्टामा एक गिलास पिउनुहोस्। यदि तपाईंलाई प्रत्येक दिन दूध नहालेको कफी वा चिया पिउने बानी छ भने त्यो पिउन सक्नुहुन्छ। यदि तपाईंलाई रिंगटा लागेको जस्तो हुन्छ भने तपाईं स्प्राइट वा सेभेन अप (एक दुइ गिलास) पिउन सक्नुहुन्छ। कडा पेयहरू नपिउनुहोस्।

६. यदि तपाईंको स्वास्थ्यको बारेमा कुनै प्रश्नहरू छन् भने, जस्तै रक्तचाप वा मधुमेह, उपवास बस्नुभन्दा अघि डा. जुडिथ केगन वा डा. क्रेगटन चानसँग सल्लाह लिनुहोस्। उनीहरूको मोबाएल नम्बर यो सन्देशमा अघिबाटै दिइएको छ।

७. तपाईंको उपवास सोमबार बेलुकी हलुका नास्ता खाएर सुरु गर्नुहोस्। तपाईंको उपवास मंगलबार बेलुकी हलुका नास्ता खाएर समाप्त गर्नुहोस्- त्यसपछि मंगलबार राति हलुका भोजन खानका निम्ति यहाँ मण्डलीमा आउनुहोस्।

८. मंगलबारको तपाईंको प्रार्थनालाई अर्को शनिबार बास्केटबल खेलका निम्ति हाम्रा पुरुषहरूलाई अरू मानिसहरू ल्याउन सफल बनाउन केन्द्रित गर्नुपर्छ भनी याद राख्नुहोस्।


तपाईंहरू मलाई फोन गर्न सक्नुहुन्छ। डा. हिमर्स (८१८) ३५२- ०४५२, तपाईंलाई कुनै समस्या वा प्रश्न भए कुनै पनि बेला मलाई फोन गर्न सक्नुहुन्छ वा श्रीमती हिमर्सलाई (८१८) ६४५-७३५६ मा फोन गरी मसँग बातचीत गराउनु भन्न सक्नुहुन्छ।

तपाईंहरूको उपवास र प्रार्थनाको समय सफल होस् भनी म प्रार्थना गरिरहेको हुनेछु। अझ एउटा कुरा छः यदि मंगलबारको दिन तपाईं काममा वा स्कुल जानुपर्छ भने यी विषयहरूका निम्ति बेला-बेलामा मनमनै प्रार्थना गर्नुहोस्। मंगलबार विषयको यो सन्देश आफ्नो साथमा राख्नुहोस्, यसरी तपाईं यी ८ वटा बुँदाहरू (माथि दिइएको) पढ़ेर सम्झना राख्नु सक्नुहुन्छ। परमेश्वरले तपाईंहरू सबैलाई आशिष् देऊन्!

डा. आर. एल हिमर्स, जुनियर
फिलिप्पी ४:१३

कृपया, खडा भएर भजन नम्बर ४ गाउनुहोस्। ‘सिकाउनोस् मलाई प्रार्थना गर्न।’

सिकाउनोस् मलाई प्रार्थना गर्न, प्रभु दिनदिनको पुकार मेरो, सिकाउनोस् प्रार्थना गर्न;
जान्न चाहन्छु तपाईंको इच्छा र मार्ग प्रभु, सिकाउनोस् मलाई प्रार्थना गर्न, प्रार्थना गर्न।

प्रार्थनामा शक्ति प्रभु, प्रार्थनामा शक्ति, यहाँ संसारको पाप र दुःख र चिन्ता बीच;
हराएका मानिस मरिरहेछन्, आत्माहरू निराश; दिनोस् मलाई शक्ति, प्रार्थनामा शक्ति।

सिकाउनोस् मलाई प्रार्थना गर्न, प्रभु प्रार्थना गर्न तपाईं मेरो नमूना दिनदिन;
तपाईं मेरो निश्चयता अहिले र सदा, सिकाउनोस् मलाई प्रार्थना गर्न, प्रार्थना गर्न।
   (‘टिच मी टु प्रे,’ अलबर्ट एस. रिज, १८७९-१९६६)


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
('टिच मी टु प्रे, अलबर्ट एस. रिजद्वारा रचित, १८७९-१९६६)