Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




हामीलाई कमजोर बनाउने भूतात्माहरूमाथि
विजय पाउनु – ‘यस किसिमको’!

OVERCOMING THE DEMONS
THAT WEAKEN US – “THIS KIND”!
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

५ अगस्त, २०१८, आइतबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Evening, August 5, 2018

‘अनि जब उहाँ घरमा जानुभयो तब उहाँका चेलाहरूले गुप्तमा उहाँलाई यसो भनी सोधे, ‘हामीले त्यसलाई किन निकाल्न सकेनौं?’ उहाँले तिनीहरूलाई भन्नुभयो, ‘यस किसिमको चाहिँ उपवास र प्रार्थनाले बाहेक अरू कुनै उपायले धपाउन सकिँदैन।’ (मर्कूस ९:२८-२९)


आज बेलुकी म भूतात्माहरू र शैतानको विषयमा बोल्नेछु, अनि डा. जे. आई. प्याकरले जसलाई ‘अहिलेको समयको मण्डलीको भत्केको अवस्था’ भनेका छन् त्यस विषयमा साथै सन् १८५९ देखि यता अमेरिकामा कुनै ठूलो राष्ट्रिय जागृति नआउनुको कारण बताउनेछु। मेरो सन्देश डा. मार्टिन लोयड जोनेसको एउटा प्रवचनको रूपरेखामा आधारित छ। यसको मुख्य विषय र रूपरेखा डा. लोयड-जोनेसबाट लिइएको हो।

‘अनि जब उहाँ घरमा जानुभयो तब उहाँका चेलाहरूले गुप्तमा उहाँलाई यसो भनी सोधे, ‘हामीले त्यसलाई किन निकाल्न सकेनौं?’ उहाँले तिनीहरूलाई भन्नुभयो, ‘यस किसिमको चाहिँ उपवास र प्रार्थनाले बाहेक अरू कुनै उपायले धपाउन सकिँदैन।’ (मर्कूस ९:२८-२९)

तपाईंहरूले यी दुइवटा पदमाथि विचार गर्नुहोस् भन्ने म चाहन्छु। यी दुइ पदलाई म अमेरिका र पश्चिमी संसारका मण्डलीहरूको ‘भत्केको अवस्था’ देखाउन प्रयोग गर्नेछु, यसमा केही कुराहरू हाम्रो आफ्नै मण्डलीका निम्ति पनि हुनेछ।

म जान्दछु, आज मानिसहरू ‘जागृति’ शब्दलाई परतिर पन्साउँछन्। तिनीहरू यस विषयमा सुन्न चाहँदैनन्। तर जुन कारणले तिनीहरूलाई त्यस्तो हुन्छ त्यो शैतानिक हो! शैतान मानिसहरूले यस विषयमा सोच्दैनसोचून् भन्ने चाहन्छ। यसैले मेरो प्रार्थना छ, हाम्रो मण्डलीको, सबै मण्डलीको महत्त्वपूर्ण आवश्यकतामाथि म बोल्दा कृपया ध्यान लगाएर सुन्नुहोला।

यो यस्तो विषय हो, जसमा हामी हरेकले ठूलो चासो राख्नुपर्छ। यदि हामी आजको मण्डलीको अवस्थाबारे ठूलो चासो राख्दैनौं भने हामी अति गरिब ख्रीष्टियनहरू बन्नेछौं। वास्तवमा, यदि तपाईंमा साँचो जागृतिप्रति चासो छैन भने तपाईं साँच्चै एक ख्रीष्टियन हुनुहुन्छ के भनी प्रश्न गर्नुहोस्। यदि हामी आफ्नो मण्डलीप्रति, अरूहरूप्रति चासो राख्दैनौं भने हामी निश्चय जोशिलो ख्रीष्टियन होइनौं! म फेरि दोहोऱ्याएर भन्छु, साँचो जागृति एउटा यस्तो कुरा हुनुपर्छ, जसमा हामी सबैको ठूलो चासो हुनुपर्छ।

आउनुहोस्, मर्कूस नौवौं अध्यायको यो घटनामाथि विचार गर्दै सुरु गरौं। यो एउटा महत्त्वपूर्ण घटना हो, किनकि पवित्र आत्माले ठूलो वास्ता राख्दै हामीलाई मत्ती, मर्कूस र लूका- यी तीनवटा सुसमाचारका पुस्तकमा यस घटनाको विवरण दिनुभएको छ। म मर्कूसको पुस्तकको वर्णनबाट दुइवटा पद पढदैछु। मर्कूसको यस अध्यायको सुरुतिर मर्कूसले हामीलाई ख्रीष्टले पत्रुस, याकूब र यूहन्नालाई साथमा लिएर उहाँको रूप परिवर्तन भएको डाँड़ामा जानुभएको बारे बताउँछन्, जहाँ तिनीहरूले त्यो अचम्मको घटना देखेका थिए। तर तिनीहरू डाँड़ाबाट ओर्लेर आउँदा तिनीहरूले अरू चेलाहरूलाई मानिसहरूको एउटा ठूलो भीड़ले घेरेर तिनीहरूसँग बहस गरिरहेको देखे। येशूको साथमा डाँड़ाबाट ओर्लेर आउने तीन जनाले त्यहाँ के भइरहेको छ सो बुझ्न सकेनन्। अनि त्यस भीडबाट एक जना व्यक्ति निस्केर उसको छोरालाई भूत लागेको र त्यो केटोले मुखबाट फिँज निकाल्ने र दाँत किट्ने गरेको कुरा येशूलाई बतायो। अनि त्यस व्यक्तिले भन्यो, ‘मैले यसलाई तपाईंका चेलाहरूकहाँ ल्याएँ (भूतात्मा निकाल्न), तर तिनीहरूले सकेनन्’ (मर्कूस ९:१८)। तिनीहरूले कोसिस गरेका थिए, तर सकेनन्।

येशूले त्यस व्यक्तिलाई केही प्रश्नहरू गर्नुभयो। अनि उहाँले तुरुन्तै त्यस केटोबाट भूतात्मा निकाल्नुभयो। त्यसपछि ख्रीष्ट त्यस घरभित्र जानुभयो, अनि चेलाहरू पनि उहाँको साथमा गएर उहाँलाई सोधे, ‘हामीले त्यसलाई किन निकाल्न सकेनौं’ (मर्कूस ९:२८)? तिनीहरूले त्यसलाई निकाल्ने सक्दो कोसिस गरेका थिए। पहिले-पहिले त तिनीहरू सफल भएका थिए। तर यस पटक तिनीहरू पूर्ण रूपमा असफल भए। तापनि ख्रीष्टले यति मात्र भन्नुभयो, ‘त्यसबाट निस्केर आइजा’ र त्यो केटो निको भएको थियो। तिनीहरूले भने, ‘हामीले त्यसलाई किन निकाल्न सकेनौं?’ ख्रीष्टले जवाफ दिनुभयो, ‘यस किसिमको उपवास र प्रार्थनाले बाहेक अरू कुनै उपायले धपाउन सकिँदैन।’ (मर्कूस ९:२९)

म यस घटनालाई आजका हाम्रा मण्डलीहरूमा भएको समस्या देखाउनका निम्ति प्रयोग गर्नेछु। त्यो केटोले आधुनिक संसारका जवान मानिसहरूको प्रतिनिधित्व गर्दछ। ती चेलाहरूले हाम्रो आजका मण्डलीहरूको प्रतिनिधित्व गर्दछ। के आज हाम्रा मण्डलीहरू जवान मानिसहरूलाई सहायता गर्न असक्षम छन् भन्ने कुरा स्पष्ट छैन र? श्री जर्ज बार्ना भन्छन्, हामी मण्डलीमा हुर्केका करिब ८८% जवानहरू गुमाउँछौं। अनि हामीले संसारबाट अति थोरै जवानहरूलाई मात्र ख्रीष्टमा जितिरहेका छौं। अहिले साउदर्न ब्याप्टिस्टहरूले प्रत्येक वर्ष १००० मण्डलीहरू गुमाइरहेका छन्। यो तिनीहरू आफैले बताएका संख्या हो। अनि हाम्रा स्वतन्त्र मण्डलीहरूले पनि योभन्दा राम्रो गरिरहेका छैनन्। त्यो संख्या हेर्ने कसैले पनि मण्डलीहरू आजभन्दा एक सय वर्षअघि जस्तो शक्तिशाली थियो त्यस्तो आज छैन भनी थाहा पाउन सक्छ। त्यसैकराण डा. जे. आई. प्याकरले ‘अहिलेको मण्डलीको भत्केको अवस्थाको’ बारेमा कुरा गरेका हुन्।

ती चेलाहरू झैं हाम्रा मण्डलीहरू पनि आफूले सक्दो कोसिस गरिरहेका छन्, तर सकिरहेका छैनन्। चेलाहरू त्यो जवान केटोलाई सहायता गर्ने कोसिस गर्दा जसरी असफल बने त्यसरी नै मण्डलीहरू पनि नराम्रोघतले असफल भइरहेका छन्। हामीले यो प्रश्न गर्नुपर्छः ‘हामीले त्यसलाई किन निकाल्न सकेनौं? यो असफलताको कारण के हो?’

यहाँ मर्कूस नौवौं अध्यायमा मलाई यस्तो लाग्छ, ख्रीष्टले यही प्रश्नको जवाफ दिइरहनुभएको छ। अनि ख्रीष्टले दिनुभएको उत्तर त्यस बेलाजस्तै आज पनि उत्तिकै महत्त्वपूर्ण छ।

‘तब उहाँका चेलाहरूले गुप्तमा उहाँलाई यसो भनी सोधे, ‘हामीले त्यसलाई किन निकाल्न सकेनौं?’ उहाँले तिनीहरूलाई भन्नुभयो, ‘यस किसिमको चाहिँ उपवास र प्रार्थनाले बाहेक अरू कुनै उपायले धपाउन सकिँदैन।’ (मर्कूस ९:२८-२९)

यो बाइबल पदलाई तीनवटा सरल बुँदाहरूमा बाँड्न सकिन्छ।

१. पहिलो बुँदा हो, ‘यस किसिमको’

तिनीहरूले त्यो भूतात्मा किन निकाल्न सकेनन्? ख्रीष्टले भन्नुभयो, ‘यस किसिमको अरू कुनै प्रकारले निस्कँदैन, तर प्रार्थना र उपवासद्वारा मात्र निस्कन्छ।’ उहाँले तिनीहरूलाई एउटा घटनाभन्दा अर्को घटना फरक हुन्छ भनी बताउनुभयो। बितेको समयमा ख्रीष्टले तिनीहरूलाई प्रचार गर्न पठाउनुभयो र तिनीहरूले धेरै भूतात्माहरू निकालेका थिए। तिनीहरू रमाउँदै आएका थिए। भूतात्माहरू तिनीहरूका वशमा आएका थिए भनी तिनीहरूले भनेका थिए।

यसैले जब त्यस व्यक्तिले आफ्नो छोरालाई तिनीहरूको अगाड़ि ल्याएका थिए, अनि अघिअघि झैं उनीहरूले सहायता गर्न सक्छन् भन्ने तिनीहरू निश्चय थिए। तापनि यस पटक तिनीहरू पूर्ण रूपमा असफल बने। तिनीहरूले सकेसम्म कोसिस गर्दा पनि त्यो केटोलाई सहायता गर्न सकेनन्, अनि किन त्यस्तो भयो भनी तिनीहरू छक्क परे। त्यसैले ख्रीष्टले ‘यस किसिमको’ भन्नुभयो। ‘यस किसिमको’ र तिनीहरूले अघि सामना गरेका प्रकारको घटना भिन्नाभिन्नै थियो।

एक प्रकारले समस्या त्यस्तै हुन्छ। मण्डलीको काम जवान मानिसहरूलाई शैतान र त्यसका भूतात्माहरूबाट बचाउनु हो, ‘तिनीहरूका आँखा खोलिदेऊ, र तिनीहरू अन्धकारबाट ज्योतितर्फ, र शैतानको शक्तिबाट परमेश्वरतर्फ फर्कून्’ (प्रेरित २६:१८)। त्यो हरेक युगमा र हरेक संस्कृतिमा सधैं त्यस्तै हुन्छ। मण्डलीहरूले सधैं शैतान र भूतात्माहरूको सामना गर्नुपर्छ। तर भूतात्माहरू पनि भिन्नाभिन्नै किसिमका हुन्छन्। तिनी सबै एकै प्रकारका हुँदैनन्। प्रेरित पावलले भनेका छन्, हाम्रो युद्ध शरीर र रगतको विरुद्ध होइन, तर प्रधानताहरूका विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्धकारका सांसारिक शासकहरूका विरुद्ध र स्वर्गीय स्थानहरूमा भएका दुष्ट्याइँका आत्मिक सेनाहरूका विरुद्ध हो (एफिसी ६:१२)। तिनले हामीलाई भूतात्माहरूको विभिन्न श्रेणी हुने बताएका छन्, र ती भूतात्माहरूका अगुवा स्वयम् शैतान हो, जो ‘आकाशको शक्तिको मालिक, अनाज्ञाकारिताका सन्तानमा अहिले काम गर्ने आत्मा’ हो (एफिसी २:२)। शैतान त्यसको सम्पूर्ण शक्तिमा जीवित छ। तर त्यसको अधीनमा यी तल्लो श्रेणीका भूतात्माका शक्तिहरू छन्। ती चेलाहरूले कम शक्तिका भूतात्माहरू सजिलै निकाल्न सक्थे। तर त्यस केटोमा भएको भूतात्मा केही बढी नै शक्तिशाली थियो। ‘यस किसिमको’ केही भिन्न हुन्छ, त्यसैले समस्या पनि केही ठूलै हुन्छ। हामीले जान्नु पर्ने पहिलो कुरा आज हामीले चर्चा गरिरहेको ‘यस किसिमको’ भनेकोचाहिँ कस्तो हो त्यो पत्ता लगाउनु हो। ।

हामीले ‘यस किसिमको’ भन्ने शब्दहरू हेरिरहँदा धेरै जना पास्टरहरूलाई हामी एउटा आत्मिक लडाइँमा भन्ने पनि थाहा छ कि छैन भनी म सोच्दछु। म निश्चित रूपमा जान्दछु, धेरै जना पास्टरलाई तिनीहरूको काम शैतान र भूतात्माहरूसँग लडाइँ गर्नु हो भन्ने थाहै हुँदैन। सेमिनारहरू, अनि बाइबल कलेजहरूले पनि मानिसले बनाएका तरिकाहरूमाथि धेरै जोड़ दिन्छन्। तर तिनीहरूले प्रचारकहरूलाई तिनीहरूका मुख्य समस्या आत्मिक क्षेत्रमा हुन्छन् भनी शिक्षा दिँदैनन्।

यसैले तिनीहरू विगतमा सफल साबित भएका तरिकाहरू अप्नाउँछन्। ती पुराना तरिकाहरूद्वारा आज ‘यस किसिमको’ समस्याहरूको समाधान हुन सक्दैन भनी तिनीहरू बुझ्दैनन्। खाँचो छ भन्ने कुरा सबैले जान्दछन्। तर प्रश्न यो छ- चाहिएको त्यो कुरा वास्तवमा के हो? आज हामीले त्यो वास्तविक खाँचो थाहा पाउँदैनौं भने त्यो केटोको विषयमा ती चेलाहरू असफल भएझैं हामी पनि असफल हुनेछौं।

आज ‘यस किसिमको’ भनेको के हो? त्यो ‘यस किसिमको’ भनेको अस्तित्ववादको भूतात्मा हो। अस्तित्ववादले भन्छ, कुनै कुरा यदि तपाईं अनुभव गर्नुहुन्छ भने, यदि त्यो महसुस गर्नुहुन्छ भने त्यो वास्तविक हो। आज मानिसहरूको मन ‘भावनाहरूको भूतात्मा’ ले अन्धो पारिएको छ। भावनाहरूको अस्तित्ववादको भूतात्माले तपाईंले शुद्धीकरणको अनुभव- निश्चयताको अनुभव प्राप्त गर्नुपर्छ भन्छ। भूतात्माले भन्छ, यदि तपाईंले त्यो अनुभव प्राप्त गर्नुभयो भने त्यो तपाईंले उद्धार पाउनुभएको प्रमाण हो।

यी अन्धा मानिसहरू न्याय गर्ने परमेश्वरमा विश्वास गर्दैनन्। तिनीहरूले भावनाहरूमा मात्र विश्वास गर्छन्। तिनीहरू उद्धार पाउनका निम्ति भावनाहरू प्राप्त गर्नै पर्छ भनी विश्वास गर्छन्। तिनीहरूलाई उद्धार पाएको प्रमाणको रूपमा ‘निश्चयता’ को भावना चाहिन्छ। त्यो निश्चयता ‘निश्चयता’ एउटा मूर्ति हुन्छ। तिनीहरू येशू ख्रीष्टमा होइन, तिनीहरूका आफ्नै भावनाहरूमा भरोसा राख्छन्। हामी मानिसहरूलाई सोध्छौं, ‘के तपाईंले ख्रीष्टमा विश्वास गर्नुभएको छ?’ उनीहरू भन्छन्, ‘गरेको छैनँ।’ तिनीहरू किन गरेको छैन भन्छन्? किनकि तिनीहरूले उचित भावना प्राप्त गरेका हुँदैनन्! तिनीहरू ख्रीष्टमा होइन, आफ्ना भावनाहरूमा विश्वास गर्छन्! भूतात्माहरूले तिनीहरूका समझ अन्धो पारिदिएको हुन्छ। ‘यस किसिमको’ भूतात्मालाई प्रार्थना उपवासद्वारा मात्र जित्न सकिन्छ! ‘यस किसिमको’ भूतात्माको पकड़ तोड़नका निम्ति हामी उपवास बस्नैपर्छ।

२. दोस्रो बुँदा, ती असफल बनेका तरिकाहरू हुन्।

म देख्छु, हाम्रा मण्डलीहरूले त्यस्ता तरिकाहरू प्रयोग गरिरहेका छन्, जुन विगतमा उपयोगी थिए, तर ‘यस किसिमका’ निम्ति अब ती प्रभावकारी छैनन्। अनि हामी पुराना तरिकाहरूमाथि मात्र भर परेका कारण हामी आफ्ना जवान मानिसहरू प्रायः सबै गुमाउँछौं र संसारबाट पनि मुश्किलले कसैलाई प्रभुमा ल्याउँछौं। कसैले मलाई गलत नसम्झोस् यसकारण म सन्डे स्कुललाई त्यो श्रेणीमा राख्दछु। त्यो एक सय पच्चीस वर्ष अगाडि प्रभावकारी थियो। तर मलाई लाग्छ, आज त्यसको त्यत्ति महत्त्व छैन। मुक्तिसम्बन्धी पर्चा-पुस्तिकाहरूको विषयमा पनि म त्यही कुरा भन्छु। एक समय थियो, जब मानिसहरूले ती पढ़थे र मण्डलीमा आउँथे। तर म कुनै पनि पास्टरलाई यति मात्र सोध्न चाहन्छु, ‘के तपाईंको मण्डलीमा सुसमाचारका पर्चाहरू पढ़ेर मण्डलीमा आएका कुनै जवान मानिसहरू छन्?’ स्पष्ट छ, विगतमा प्रयोग गरिएका ‘यस किसिमको’ तरिका अहिले राम्ररी स्वीकार गरिँदैन। म घर-घरमा गएर प्रचार गर्ने तरिकालाई पनि त्यही श्रेणीमा राख्दछु। विगतमा प्रयोग गरिएको त्यो एउटा शक्तिशाली तरिका थियो, तर ‘यस किसिमको’ तरिकाद्वारा हामी मानिसहरूलाई मण्डलीमा ल्याउन सक्दैनौं।

केही यस्ता कुराहरू छन् जुन आजको समयमा ‘यस किसिमको’ घटनामा प्रयोग गर्दा काम लाग्दैन। अर्को शब्दमा भन्नुपर्दा, त्यसको साटोमा ख्रीष्टले यसो भनिरहनुभएको छ, ‘तिमीहरू यस विषयमा असफल बनेका छौ, किनकि तिमीहरूसँग भएको शक्ति अन्य कुराहरूका निम्ति पर्याप्त थियो, त्यसको यसमा कुनै महत्त्व छैन। यसकारण ‘यस किसिमको’ शक्तिको वशमा परेको केटोलाई सहायता गर्न तिमीहरूमा कुनै शक्ति हुँदैन।’

म जान्दछु, धेरै जना यस्ता पास्टरहरू छन्, जसले विगतमा हामीले प्रयोग गरेका धेरैवटा कुराहरू आज काम नलाग्ने भएका छन् भनी जान्दछन्। उनीहरूले शैतानका ‘युक्तिहरू’ (२ कोरिन्थी २:११)- का बारेमा भन्दा बढी तरिकाहरूको बारेमा सोच्ने तालीम पाएका हुन्छन्, यसकारण तिनीहरू नयाँ तरिकाहरू धुइँधुइँती खोज्छन्- तर ती पुरानो तरिकाहरूभन्दा राम्रा हुँदैनन्- अर्थात् यदि हामी जवान मानिसहरूलाई मण्डलीका दह्रो सदस्यहरू बनाउने कोसिस गरिरहेका हुन्छौं। उदाहरणका निम्ति, केही मानिसहरू हामीलाई भन्छन् कि जवान मानिसहरूलाई उत्पत्तिको पुस्तकमा वर्णित सृष्टिको वर्णन सत्य हो र विकासवादको सिद्धान्त साँचो हो भनी ‘प्रमाण दिनु’ नै त्यसको उत्तर हो भन्छन्। उनीहरू सोच्छन्, यदि हामीले जवान मानिसहरूलाई विकासवाद गलत छ भनी साबित गर्न सक्यौं र उत्पत्तिको पुस्तकमा उत्तरहरू पाइन्छ भनी खोज्न लगाउन सक्यौं भने मानिसहरू विश्वासमा आउनेछन् र संसारबाट पनि मानिसहरू आउनेछन्। यस्तो तरिकाले वर्तमान परिस्थितिको सामना गर्न सकिन्छ भनी उनीहरू सोच्छन्।

डा. लोयड-जोनेसले भने, ‘अठारौं शताब्दीको सुरुतिर पनि ठीक त्यस्तै तरिका थियो, जुन बेला मानिसहरूले आफ्नो विश्वासमा (विश्वासको समर्थनमा) अडाउँथे। तिनीहरू ती कुराहरूले साँचो ख्रीष्टियमत देखाउँछ भनी शिक्षा दिन्थे, तर तिनीहरू त्यो कुरा गर्दैनथे। त्यस्तो तरिकाले ‘यस किसिमको’ भन्ने कुनै कुरा आउन सक्दैनथ्यो।’

असफल बनेको अर्को तरिका बाइबलका आधुनिक अनुवादहरू पनि हुन्। जवानहरूले किङ जेम्स भर्सन बुझ्न सक्दैनन् भन्ने गरिन्छ। हामीलाई अहिलेको भाषामा बाइबल चाहिन्छ। अनि जवान मानिसहरूले त्यो पढनेछन् भनिन्छ। अनि तिनीहरू त्यसलाई ‘ख्रीष्टियमत’ भन्छन्- अनि मानिसहरू हूल बाँधेर हाम्रा मण्डलीहरूमा आउनेछन् भन्छन्। तर त्यस्तो भएको छैन। वास्तवमा, त्यसको ठीक उल्टो कुरा भएको छ। मैले साठी वर्षदेखि विशेष रूपले जवान मानिसहरूको बीचमा सेवा गर्दैआएको छु। मैले यो थाहा पाएको छु कि बाइबलको आधुनिक अनुवादहरूले जवान मानिसहरूलाई अलिकति पनि आकर्षित गर्दैनन्। बरु धेरै जना जवानले यसो भनेको मैले सुनेको छु, ‘यो राम्रो सुनिँदैन। यो बाइबलजस्तो सुनिँदैन।’

मैले बाइबलको आधुनिक अनुवादहरूबाट कहिल्यै पनि प्रचार गरेको छैनँ र कहिल्यै पनि गर्नेछैनँ। अनि हामी हाम्रो मण्डली र संसार, दुवैबाट जवान मानिसहरू विश्वासमा आइरहेका देखिरहेका छौं। ती आधुनिक अनुवादहरूको महत्त्व जति नै भए पनि ती सबले समस्या समाधान गर्दैन। तिनले ‘यस किसिमको’ समस्याको समाधान गर्न सक्दैनन्।

तिनीहरूले अरू के-के गर्ने कोसिस गरिरहेका छन्? सबैभन्दा खास आधुनिक संगीत हो। तिनीहरू भन्छन्, ‘हामीले संगीत राम्रो बनाउनुपर्छ र तिनीहरू आउनेछन् र ख्रीष्टियन बन्नेछन्।’ यो धेरै दुःखको कुरा हो। के यस विषयमा मैले केही भन्नुपर्छ? साउदर्न ब्याप्टिस्ट चर्च भन्ने छ, जुन लस एन्जलसमा एउटा भाड़ाको घरमा भेला हुन्छ। त्यहाँका पास्टरले टीशर्ट लगाउँछन् र एउटा इस्टूलमा बस्छन्। प्रवचन प्रस्तुत गर्नुभन्दा अघि त्यहाँ करिब एक घन्टा जति रक संगीत बजाइन्छ, गाइन्छ। एक जना व्यक्ति त्यो हेर्न गयो। ऊ तर्सियो। उसले भन्यो त्यहाँको संगीत निराशलाग्दो र दयनीय थियो, आत्मिक पटक्कै थिएन। उसले भन्यो, ती मानिसहरूले आत्माहरू जित्दैनन्, अनि हाम्रा जवानहरूले यहाँ गर्ने गरेझैं तिनीहरूले एक घन्टा प्रार्थना गर्छन् भनी कल्पना गर्न सकिँदैन। एक घन्टा अरू केही होइन प्रार्थना? त्यो भुलिदिनुहोस्! यसैले आधुनिक रक संगीत पनि ‘यस किसिमको’ समस्यामाथि विजय पाउन असफल बनेको छ।

३. तेस्रो बुँदा, हामीलाई त्यस्तो कुरा चाहिन्छ, दुष्टको शक्तिभन्दा अझ गहिराइसम्म जान सक्छ, र त्यसलाई छताछुल्ल बनाउन सक्छ, अनि त्यो गर्न सक्ने कुरा एउटै मात्र छ, त्योचाहिँ परमेश्वरको शक्ति हो!

डा. लोयड जोनेसले भने, ‘हामीले यो बुझ्नुपर्छ कि ‘यस किसिमको’ भन्ने कुरा जत्तिकै ठूलो भए पनि परमेश्वरको शक्ति असीमित रूपमा महान् छ, हामीलाई चाहिएको कुरा अझ धेरै ज्ञान, धेरै समझ, धेरै विश्वासको समर्थन (बाइबलको नयाँ अनुवाद वा रक संगीत) होइन- हामीलाई त्यो शक्ति चाहिन्छ जुन मानिसहरूका आत्माभित्र प्रवेश गर्न सक्छ, तिनीहरूलाई तोड़ेर चकनाचूर पारेर, नम्र बनाएर फेरि तिनीहरूलाई नयाँ बनाउन सक्छ। अनि त्यो जीवित परमेश्वरको शक्ति नै हो।’ अनि यसले हामीलाई फेरि आजको हाम्रो बाइबल पदतिर फर्काउँछ,

‘हामीले त्यसलाई किन निकाल्न सकेनौं?’ उहाँले तिनीहरूलाई भन्नुभयो, ‘यस किसिमको चाहिँ उपवास र प्रार्थनाले बाहेक अरू कुनै उपायले धपाउन सकिँदैन।’ (मर्कूस ९:२८-२९)

प्रार्थना र उपवास। हाम्रा मण्डलीहरूलाई ‘यस किसिमको’ शैतानिक आक्रमणमाथि विजय पाउन अरू कुनै पनि कुराले सहायता गर्न सक्दैन। हाम्रा मण्डलीहरूले आज जवान मानिसहरूलाई सुसमाचार सुनाइरहेका छैनन्। हामी के गर्न सक्छौं? ‘यस किसिमको प्रार्थना र उपवासद्वारा मात्र बाहिर निस्कन्छ।’

कोही ‘विद्वान’ ले यसो भन्नेछन्, ‘बाइबलको सर्वोत्तम पाण्डुलिपिले ‘र उपवास’ भन्दैन।’ तर के ती ‘विद्वान’ ले भूतात्माहरूको बारेमा के जान्दछन्? तिनले हाम्रो शहरका सड़कहरूमा जिउने र कलेज-केम्पसमा पढ़ने मूर्तिपूजकहरूलाई विश्वासमा ल्याउने विषयमा के जान्दछन्? तिनले जागृतिको बारेमा के जान्दछन्- त्यस्तो जागृति जुन अहिले चीन देशमा आएको छ? ती कुराबारे तिनले केही पनि जान्दैनन्। म मेरो जीवनमा तीन पल्ट पापलाई पूर्ण रूपले नाश पार्ने जागृतिहरू आफ्नै आँखाले देखेको छु। मलाई यो सोचेर धेरै खुशी लाग्छ कि मैले ती तीनैवटा जागृति सेवाहरूमा प्रचार गर्ने मौका पाएको थिएँ। ती सुसमाचार प्रचार गर्ने सेवाहरू थिएनन्। ती त्यस्ता समय थिए, जुन बेला परमेश्वरको शक्तिले मानिसहरूका हृदयभित्र प्रवेश गरेको, र तिनीहरूलाई तोड़ेको, चकनाचूर पारेको, तिनीहरूलाई नम्र पारेको थियो, र तिनीहरूलाई ख्रीष्ट येशूमा एउटा नयाँ सृष्टि बनाएको थियो!

यसैले हामी त्यो पाण्डुलिपि मान्दैनौं जसमा ‘उपवास’ शब्द हटाइएको छ। ज्ञानवादीहरूले उपवासलाई धेरै जोड़ दिन्थे। यसरी ज्ञानवादीहरूले त्यो पद प्रयोग नगरून् भनी सिनाइटिकस प्रतिलिपि बनाउनेहरूले ‘र उपवास’ शब्द हटाए। ‘ज्ञानवादीहरू भोकले मर्ने अवस्थामा उपवास बस्थे’ (विलियम आर. होर्नी, ट्रिनीटी इभान्जलिकल सेमिनरी, ‘द प्राक्टिस अफ फासटिङ इन चर्च हिस्ट्री,’ पृष्ठ ३)। आधुनिक ‘विद्वानहरू’ हामीलाई ती शब्दहरू प्रतिलिपि बनाउनेहरूले थपेका हुन् भन्छन्। तर तिनीहरूले ती हटाएका हुन सक्ने धेरै सम्भावना छ (हेर्नुहोस्, एन्ड्रु फिलिप स्मिथद्वारा लिखित द सिक्रेट हिस्ट्री अफ नस्टिक्सः दिअर स्क्रीप्चर्स, बिलिफ एन्ड ट्रेडिसन्स्, अध्याय ५, पृष्ठ १)। हामी जान्दछौं, ख्रीष्टले ‘र उपवास’ भन्नुभयो। त्यो हामी कसरी जान्दछौं? दुइवटा कारणले हामी त्यो जान्दछौं। पहिलो, ती चेलाहरूले पहिले भूतात्माहरू निकाल्दा निश्चय प्रार्थना गरेका थिए। यसैले अरू केही कुरा थप्नुपर्थ्यो। अरू केही चाहिएको थियो- उपवास! प्रार्थना मात्र पर्याप्त थिएन। यो कुरा हामी आफ्नो अनुभवबाट पनि जान्दछौं। किनकि हामी उपवास बसेका छौं र हामीले उपवास अनि प्रार्थनामा हाम्रा हृदयहरू खन्याउँदा परमेश्वरले के गर्न सक्नुहुन्छ हुन्छ भन्ने कुरा हाम्रा आफ्नै आँखाहरूले देखेका छौं।

अब म डा. मार्टिन लोयड-जोनेसको अर्को एउटा भनाइसहित समाप्त गर्नेछु। अहो तिनी कति असल प्रचारक थिए! कस्तो अचम्मको समझ तिनको! तिनको निम्ति म परमेश्वरलाई कति धेरै धन्यवाद दिन्छु! अर्को ठाउँमा तिनले भनेका छन्,

म सोच्छु, कि के हामीलाई कहिल्यै उपवासको प्रश्नमाथि विचार गर्नुपर्छ जस्तो लागेको छ? वास्तवमा कुरा के हो भने, यो सम्पूर्ण विषय नै हाम्रा जीवनबाट अनि सम्पूर्ण ख्रीष्टियन सोचविचारबाट नै हटेकोजस्तो लाग्दैन?

अनि सायद अरू कुनै पनि कुराले भन्दा बढी यही कुराले गर्दा हामी ‘यस किसिमको’ भूतात्मामाथि विजय पाउन असफल भएका छौं।

म हाम्रो मण्डलीमा सबैलाई उपवास बस्ने आह्वान गर्न लागेको छु। यस विषयमा तपाईंहरूलाई पछिबाट अरू कुराहरू बताउनेछु। त्यो उपवास कहिले हुनेछ सो म तपाईंहरूलाई बताउनेछु। तपाईंहरूलाई म कसरी उपवास बस्नुपर्छ र उपवासको अन्त्य कसरी गर्नुपर्छ सो बताउनेछु।

त्यो बेला हामी मण्डलीमा आएपछि हाम्रो प्रार्थना सेवाभन्दा अघि हामी भोजन खानेछौं। हामीलाई फोन गर्ने केही व्यक्तिहरूलाई डा. केगनले केही पछि फोन गर्नेबारे बताउनेछन्। हामी अरू प्रार्थना गर्नेछौं र डा. केगन म मिलेर प्रश्नहरूका उत्तर दिनेछौं।

१. हामी हाम्रा नयाँ कार्यक्रमहरू सफल होऊन् भनी उपवास र प्रार्थना गर्नेछौं।

२. हामी केटाहरूको नयाँ ‘सानो झुन्ड’ र केटीहरूको ‘सानो झुन्ड’ का निम्ति उपवास र प्रार्थना गर्नेछौं। त्यो ‘सानो झुन्ड’ प्रत्येक शनिबार, आइतबार बिहान र आइतबार बेलुकी आउने पाँच वा छ जना व्यक्तिको झुन्ड हो, जो चेला बन्न चाहन्छन्।

३. हामी हाम्रो मण्डलीमा मानिसहरूका हृदय परिवर्तन होऊन् भनेर पनि उपवास र प्रार्थना गर्नेछौं। हामी विशेष गरी ‘यस किसिमका’ भूतात्माहरूमाथि ध्यान दिनेछौं, जसले एक व्यक्तिलाई भावनाहरूको खोजी गर्नका निम्ति दास बनाउँछन्।


अब मैले येशूको बारेमा केही नभनी यो सेवाको अन्त्य गर्नुहुँदैन। हामीलाई चाहिने सबै थोक उहाँमा पाइन्छ। हिब्रूको पुस्तकले भन्छ,

‘तर हामी येशूलाई देख्तछौं। उहाँ अलि बेरका निम्ति स्वर्गदूतहरूभन्दा केही तल होच्याइनुभयो, मृत्युको कष्टको कारण महिमा र आदरको मुकुट उहाँलाई पहिराइयो, यस हेतुले कि परमेश्वरको अनुग्रहद्वारा हरेक मानिसको निम्ति उहाँले मृत्युको स्वाद चाखून्।’ (हिब्रू २:९)

परमेश्वरका पुत्र येशू पापीहरूको प्रतिनिधि बनेर तिनीहरूको सट्टामा मर्नुभयो। येशू तपाईंहरूलाई जीवन दिनका निम्ति शारीरिक रूपमा, मासु र हाड़को शरीरसहित फेरि जीवित हुनुभयो। जुन क्षण तपाईं येशूमा समर्पित बन्नुहुन्छ, त्यसबेला उहाँको क्रूसको मृत्युद्वारा तपाईंका पापहरू रद्द गरिन्छन्। जुन क्षण तपाईं आफैलाई उद्धारकर्ताको हातमा दिनुहुन्छ, ख्रीष्टको अमूल्य रगतद्वारा परमेश्वरको हिसाबको किताबबाट तपाईंका पापहरू सधैंका निम्ति हटाइन्छन्। तपाईंले प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस् र उहाँद्वारा तपाईंका पापहरूबाट बच्नुहोस् भनी हामीले कति धेरै प्रार्थना गरेका छौं! आमिन! आमिन! कृपया खडा भएर भजन पुस्तकबाट ४ नम्बरको भजन गाउनुहोस्।

शक्तिशाली किल्ला हाम्रा परमेश्वर, कहिले नछाड्ने सुरक्षक,
   उहाँ हाम्रा सहायक, मरणशीलको दुष्टताबीचको भलमा।
अझै त्यो प्राचीन शत्रु हामीलाई कष्ट दिन खोज्छ;
   युक्ति र बल त्यसको ठूलो, छ त्यसको क्रूर हतियार
छैन त्यसको बराबरी कोही।

छौं कि हामी सिमित आफ्नै शक्तिमा, हुनेछ विफल कोसिस हाम्रो
   हामी आफैमा सही व्यक्ति होइनौं, परमेश्वरका मानिसले आफै चुन्नुभयो
सोद्धछौ उहाँ को होलान्? ख्रीष्ट येशू, उहाँ नै हुनुहुन्छ;
प्रभु सबोअथ उहाँको नाउँ, युगयुगदेखि एकसमान,
   अनि जित्नुपर्छ लडाइँ उहाँले
(‘अ माइटी फोट्रेस इस आवर गड,’ मार्टिन लुथरद्वारा रचित, १४८३-१५४६)


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
('ओल्ड टाइन पावर,' पल रेडरद्वारा रचित, १८७८-१९३८)


रूपरेखा

हामीलाई कमजोर बनाउने भूतात्माहरूमाथि
विजय पाउनु – ‘यस किसिमको’!

OVERCOMING THE DEMONS
THAT WEAKEN US – “THIS KIND”!

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

‘तब उहाँका चेलाहरूले गुप्तमा उहाँलाई यसो भनी सोधे, ‘हामीले त्यसलाई किन निकाल्न सकेनौं?’ उहाँले तिनीहरूलाई भन्नुभयो, ‘यस किसिमको चाहिँ उपवास र प्रार्थनाले बाहेक अरू कुनै उपायले धपाउन सकिँदैन।’ (मर्कूस ९:२८-१९)

(मर्कूस ९:१८)

१. पहिलो बुँदा हो, ‘यस किसिमको,’ प्रेरित २६:१८; एफिसी ६:१२; २:२

२. दोस्रो बुँदा, ती असफल बनेका तरिकाहरू हुन्, २ कोरिन्थी २:११

३. तेस्रो बुँदा, हामीलाई त्यस्तो कुरा चाहिन्छ, दुष्टको शक्तिभन्दा अझ गहिराइसम्म जान सक्छ, र त्यसलाई छताछुल्ल बनाउन सक्छ, अनि त्यो गर्न सक्ने कुरा एउटै मात्र छ, त्योचाहिँ परमेश्वरको शक्ति हो! हिब्रू २:९