Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




ख्रीष्टको परीक्षा र शैतानको पतन!

THE TEMPTATION OF CHRIST
AND THE FALL OF SATAN!
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

२९ जुलाई, २०१८, आइतबार बिहान लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Morning, July 29, 2018


प्रभु येशू ख्रीष्टले शैतानको सामना गर्नुभयो। मत्ती ४:१ हेर्नुहोस्। यो नेपाल बाइबल सोसाइटीको बाइबलको १३३२ पृष्ठमा छ।

‘तब दियाबलस (शैतान) द्वारा परीक्षा गरिनलाई पवित्र आत्माद्वारा येशू उजाड-स्थानमा लगिनुभयो।’ (मत्ती ४:१)

हेर्नुहोस्। यहाँ शैतानको पहिलो नाउँ ‘दियाबलस’ भनी दिइएको छ। यो ग्रीकको ‘डायोबोलोस’ शब्दबाट अनुवाद गरिएको हो, जसको अर्थ ‘बदनाम गर्ने’ वा ‘निन्दा गर्ने’ हो। त्यसले ख्रीष्टलाई आफ्नो अगि समर्पण गराउनलाई ‘उहाँको निन्दा गर्न’ सकिन्छ कि भनी येशूलाई परीक्षा गऱ्यो। अब तेस्रो पद हेर्नुहोस्,

‘तब परीक्षा गर्नेले उहाँकहाँ आएर भन्यो, ‘तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने यी ढुंगाहरूलाई रोटी होऊन् भनी आज्ञा दिनुहोस्।’ (मत्ती ४:३)

शैतानको दोस्रो नाउँ ‘परीक्षा गर्ने’ हो। त्यो ग्रीकको ‘पेइराजो’ शब्दबाट अनुवाद गरिएको हो, जसको अर्थ ‘परीक्षा गर्नु’ वा ‘जाँच्नु’ हो। येशूले बाइबलबाट व्यवस्था ८:३ पद उद्धृत गर्नुभयो, ‘मानिस रोटीले मात्र होइन, तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले जीवित रहँदछ।’ (मत्ती ४:४)

अब, शैतान आफैले पनि पवित्रशास्त्रको वचन उद्धृत गऱ्यो। शेक्सपियरले ‘शैतानले आफ्नै उद्देश्यका निम्ति पवित्रशास्त्रको वचन उद्धृत गर्न सक्छ’ भनेर ठीकै भनेका थिए। शैतानले भजन ९१:११-१२ बाट उद्धृत गरेको थियो, तापनि त्यसले त्यो हुबहु उद्धृत गरेन। यहोवाको साक्षी र मोर्मोनजस्ता झूटा शिक्षाहरूले केही बाइबल पदहरू उद्धृत गर्छन्, तर तिनीहरूले त्यो सही-सही रूपमा उद्धृत गर्दैनन्। येशूले शैतानलाई सही-सही जवाफ दिनुभयो,

‘येशूले त्यसलाई भन्नुभयो, ‘लेखिएको छ, तैँले परमप्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्नू’ (मत्ती ४:७)

शैतानले फेरि तेस्रो पल्ट येशूलाई परीक्षा गऱ्यो, र यदि उहाँले त्यसलाई दण्डवत गर्नुभयो भने संसारका सारा राज्यहरू दिने कुरा गऱ्यो। अब मत्ती ४:१० पदलाई हेर्नुहोस्,

‘तब येशूले त्यसलाई भन्नुभयो, ‘शैतान, तँ दूर होइजा। किनभने लेखिएको छ, ‘तैँले परमप्रभु आफ्ना परमेश्वरलाई दण्डवत् गर्नू, र उहाँको मात्र सेवा गर्नू।’ (मत्ती ४:१०)

डा. जे. भर्नोनले भने, ‘प्रभु येशूले शैतानलाई हरेकचोटि वचन (बाइबल) बाट जवाफ दिनुभयो। शैतानले सायद बाइबलमा राम्रा उत्तरहरू छन् भन्ने सोच्यो, किनकि त्यसपछिको पदमा हामी पढछौं, ‘तब शैतान उहाँलाई छोडेर गयो’ (मत्ती ४:११) (जे. भर्नोन मेकजी, थ्रू द बाइबल, मत्ती ४:१-११ को टिप्पणी)।

दशौं पदमा ध्यान दिनुहोस्, येशूले त्यसलाई तेस्रो नाउँ शैतान दिनुभएको छ, शैतान, तँ दूर होइजा! यो ग्रीक शब्द ‘सटानस’ बाट अनुवाद गरिएको हो, जसको अर्थ ‘दोष लगाउने’ हो। येशू तोडिनुभएको छ कि छैन भनी प्रमाणित गर्न उहाँको जाँच भयो। म जान्दछु, तपाईं र म प्रभु येशू ख्रीष्टजस्तै शक्तिशाली छैनौं। तर हामी उहाँको उदाहरण अनुकरण गर्न सक्छौं, र उहाँका सिपाहीहरू र चेलाहरू बन्ने तालीम लिन सक्छौं! ध्यान दिनुहोस्, प्रत्येक परीक्षामा येशूले बाइबल, परमेश्वरको वचन उद्धृत गर्दै जवाफ दिनुभयो। उहाँले ‘अँ, यो कि त्यो होला’ वा ‘अँ, मलाई विश्वास छ, योभन्दा उत्तम तरिका होला’ भन्नुभएन। येशूले शैतानलाई जवाफ दिनका निम्ति बाइबलको वचन ठीकसँगले प्रयोग गर्नुभयो। मैले ईश्वरशास्त्रमा आफ्नो स्नातकोत्तरको अध्ययन बाइबललाई इन्कार गर्ने एउटा अति उदारवादी सेमिनरीबाट पूरा गरेँ। मसँग जोन केगनजस्तो असल सेमिनरीमा जानका निम्ति पुग्दो पैसा नभएकोले मलाई त्यहाँ जान पऱ्यो। तर त्यो खराब सेमिनरीमा मैले एउटा कुरा सिकेँ। मैले बाइबलका पदहरू उद्धृत गर्दै त्यहाँका प्रोफेसरहरूलाई जवाफ दिन सिँके। उनीहरू मलाई संकुचित मनको रुढिवादी व्यक्ति भन्ने गर्थे। तर त्यसले मलाई विचलित बनाएन। मैले येशूलाई पछ्याइरहेको थिएँ। म उहाँको चेला थिएँ- तिनीहरूको होइन।

यसैकारण तपाईंहरू यहाँ आएर बाइबलबाट सिक्नु अति नै महत्त्वपूर्ण कुरा हो। अरू कुनै मण्डलीमा वा बाइबल अध्ययन कक्षामा नजानुहोस्। त्यो झुण्ड संचालन गर्ने व्यक्तिले बाइबल राम्ररी नजानेको हुन सक्छ, यसैले तिनीहरूले तपाईंलाई ख्रीष्टको चेला बन्ने तालीम दिनु सक्दैनन्। यदि तपाईं यहाँ आइरहनुभयो भने हामी तपाईंलाई विशुद्ध परमेश्वरको वचन सिकाउनेछौं, र तपाईंलाई बाइबलका धेरैवटा मुख्य बाइबल पदहरू कण्ठ गर्न लगाउनेछौं। आज तपाईंहरूले कण्ठ गर्नुपर्ने बाइबल पद यो हो।

‘तपाईंको विरुद्ध पाप नगरूँ भनेर, तपाईंको वचन मैले मेरो हृदयमा सुरक्षित राखेको छु।’ (भजन ११९:११)

अब म चाहन्छु, त्यो शैतान कहाँबाट आएको थियो सो तपाईंहरूले परमेश्वरको वचन बाइबलबाट हेर्नुहोस्। यी केही नव सुसमाचारवादीहरूले तपाईंलाई शैतानको बारेमा जान्नु जरूरी छैन भन्छन्। तर यदि तपाईं ख्रीष्टको चेला बन्नु हो भने तपाईंले शैतानको बारेमा केही कुरा जान्नैपर्छ। यशैया १४:१२-१५ खोल्नुहोस्। यो नेपाली बाइबलमा १०७३ पृष्ठमा छ। कृपया खडा हुनुहोस्, मैले यो ठूलो सोरमा पढदा तपाईंहरू मनमनै पढ्नुहोस्।

‘ए बिहानको तारा, प्रभातको पुत्र, तँ स्वर्गबाट कसरी खसेको छस्! उहिले जाति-जातिहरूलाई होच्याउने, तँ कसरी भूइँमा तल खसालिइस्। तैँले आफ्नो हृदयमा भनिस्, ‘म स्वर्गमा उक्लनेछु। परमेश्वरका ताराहरूभन्दा माथि म मेरो सिंहासनलाई उच्च पार्नेछु। पवित्र पर्वतको सबैभन्दा उच्च टाकुरामा सभासदको पर्वतमा म विराजमान् हुनेछु। म बादलको टुप्पाभन्दा माथि उक्लनेछु, म आफूलाई सर्वोच्च परमेश्वर जत्तिकै बनाउनेछु।’ तर तँ चिहानसम्म, खाडलको तल्लो गहिराइसम्मै होच्याइस्।’ (यशैया १४:१२-१५)

तपाईंहरू बस्न सक्नुहुन्छ।

बाह्रौं पदमा शैतानलाई ‘लुसिफर’ भनिएको छ। हिब्रूमा लुसिफरको अर्थ ‘चम्किलो ज्योति’ हो। शैतानको नाउँ ‘चम्किलो ज्योति’ हो भनी जान्दा मात्र त्यसले पछिबाट तपाईंहरूमध्ये कसै-कसैले पछिबाट सहायता पाउनुहुनेछ। केही झूटा शिक्षाहरू र पेन्टिकोस्टल झुण्डहरूले एउटा ‘चम्किलो ज्योति’ लाई देखेर त्यो पवित्र आत्मा हो भन्ने सोच्छन्। होइन! होइन! त्यो त शैतान हो! त्यो लुसिफर हो! बाइबलले २ कोरिन्थी ११:१४ मा यसो भन्छ, ‘किनकि शैतानले पनि ज्योतिर्मय स्वर्गदूतहरूको भेस धारण गर्छ।’ जब तपाईं कसैको शिरमा ज्योति देख्नुहुन्छ, त्यो शैतान हो! त्यो परमेश्वर होइन! त्यो पवित्र आत्मा होइन। त्यो ‘त्यो ज्योतिर्मय स्वर्गदूतको भेष लिएको’ शैतान हो। आज केही यस्ता प्रसिद्ध पुस्तकहरू पाइन्छ, जहाँ मरेर स्वर्ग गएको अनि फेरि पृथ्वीमा फर्केर आएको कुरा गरिएको हुन्छ। ती पुस्तकहरूमा प्रायः स्वर्गमा ‘ज्योति’ देखिएको कुरा गरिएको हुन्छ। प्रायः ती सबै घटनाहरूमा शैतानले तिनीहरूलाई धोखा दिएको हुन्छ- तिनीहरूले शैतानलाई देखेका हुन्छन् र त्यसलाई परमेश्वर ठानेका हुन्छन्! तर त्यस्तो सम्भव हुँदैन। ख्रीष्टले हामीलाई भन्नुभएको छ,

‘परमेश्वरलाई कसैले कहिल्यै देखेको छैन’ (यूहन्ना १:१८)

यदि तिनीहरूले साँच्चै ‘ज्योति’ देखेका हुन् भने त्यो परमेश्वर होइन! त्यो कि त लुसिफर (शैतान) वा त भूतात्माहरू हुनुपर्छ! त्यो परमेश्वर कहिल्यै पनि हुन सक्दैन!

हामी फेरि फर्केर यशैया १४:१२ हेरौं। लुसिफरलाई स्वर्गबाट पृथ्वीमा फाल्दा त्यसले ‘जाति-जातिहरूलाई होच्याएको’ थियो। सुरुमा लुसिफर स्वर्गमा एउटा शक्तिशाली स्वर्गदूत थियो। तर त्यसले सर्वशक्तिमान् परमेश्वरको स्थान लिन खोजेको कारण त्यसलाई स्वर्गबाट तल फालियो। यशैया १४:१३-१५ हेर्नुहोस्, जुन म फेरि पढ्नेछु। कृपया खडा हुनुहोस्।

‘तैँले आफ्नो हृदयमा भनिस्, ‘म स्वर्गमा उक्लनेछु। परमेश्वरका ताराहरूभन्दा माथि म मेरो सिंहासनलाई उच्च पार्नेछु। पवित्र पर्वतको सबैभन्दा उच्च टाकुरामा सभासदको पर्वतमा म विराजमान् हुनेछु। म बादलको टुप्पाभन्दा माथि उक्लनेछु, म आफूलाई सर्वोच्च परमेश्वर जत्तिकै बनाउनेछु।’ तर तँ चिहानसम्म, खाडलको तल्लो गहिराइसम्मै होच्याइस्।’ (यशैया १४:१३-१५)

स्कोफिल्ड बाइबलमा यसको टिप्पणी दिइएको छ। त्यहाँ भनिएको छ, ‘पद १२-१४ ले स्पष्ट रूपमा शैतानलाई संकेत गर्दछ...। यो सुन्दर खण्डले ब्रह्माण्डमा पापको सुरुआत कहिले भयो भन्नेबारे बताउँछ। जब लुसिफरले ‘म गर्नेछु’ भन्यो त्यसैबेला पाप सुरु भयो।’ अब प्रकाश १२:९ खोल्नुहोस्। यो बाइबलमा १७३७ पृष्ठमा छ। मैले यो पद पढदा तपाईंहरूले ध्यान लगाएर त्यो हेर्नुहोस्।

‘त्यो ठूलो अजिंगर तल फालियो- त्यो प्राचीन सर्प, जो सारा संसारलाई बहकाउने दियाबलस वा शैतान हो। त्यो पृथ्वीमा फ्याँकियो र त्यसका दूतहरू त्यसका साथसाथै फ्याँकिए।’ (प्रकाश १२:९)

त्यो ठूलो अजिंगर यहाँ लुसिफर, शैतान हो, ‘त्यो प्राचीन सर्प, त्यो शैतान’ हो। धेरै जना आधुनिक विद्वानहरू यो संसारको अन्त्यमा शैतानलाई अर्कोचोटि फेरि फालिने कुरा हो भन्ने गर्छन्। यो पदले हामीलाई यशैया १४ मा हामीले पढेका शैतान फालिने कुरा नै हो भनी बताउन सहायता गर्दछ।

त्यो घटना जुनै बेलाको भए पनि शैतानचाहिँ त्यहीँबाट आएको हो। पद ९ मा हामीलाई ‘त्यसका दूतहरू पनि त्यसको साथसाथै फ्याँकिने’ कुरा बताइएको छ। ती विद्रोही स्वर्गदूतहरू भूतात्माहरू बने, जसको भेट बाइबलमा येशूसँग भएको थियो। प्रकाश १२:९ मा ध्यान दिनुपर्ने अर्को वाक्यांश पनि छ, ‘शैतान, जो सारा संसारलाई बहकाउने’ पनि हो।

विन्सटन चर्चिल मण्डलीको सेवामा जाने ख्रीष्टियन थिएनन्, किनकि त्यहाँ शैतान हुन्छ भनी तिनले बुझेका थिए। चर्चिलले दोस्रो विश्व युद्धमा हिटलर र जर्मनीको दुष्ट फौजको पछाडि शैतान थियो भनी जानेका थिए। त्यसैकारण चर्चिलले हिटलरसँग मिलाप गर्न सकिँदैन भनी जानेका थिए। चेम्बरलीन, लर्ड हलिफेक्स र ‘सन्तुष्ट पार्नेहरू’ भनिने जस्ता ख्रीष्टियनहरूले हिटलरसँग शान्ति सम्झौता गर्न सकिन्छ भनी सोचे। तर चर्चिलले यो संसारको दुष्टात्माहरूको शक्तिलाई रोक्नु पर्छ नत्र तिनले भन्ने गरेका ‘ख्रीष्टियन सभ्यता’ को अन्त्य हुनेछ भनी तिनी जान्दथे।

ख्रीष्टका चेलाहरूको रूपमा हामीले पनि तिनै कुराहरूसँग लडाइँ गर्नुपर्छ। मेरा सहयोगी रेभ. जोन केगनले आज बेलुकी ६:१५ बजे शैतानको बारेमा प्रचार गर्नेछन्। हामी असल र स्वादिष्ट भोजन पनि खानेछौं र तपाईंहरू पास्टर जोनले प्रचार गरेका सुन्न पाउनुहुनेछ। आज बेलुकी ६:१५ बजे यहाँ आउने निश्चय गर्नुहोस्!

कृपया खडा हुनुहोस् र लुथरले रचेका यो सुन्दर भजन गाउनुहोस्, ‘अ माइटी फोट्रेस इस आवर गड।’ भजनको पुस्तकमा यो एक नम्बरमा छ। कृपया खडा भएर यो गाउनुहोस्!

शक्तिशाली किल्ला हाम्रा परमेश्वर, कहिल्यै नढल्ने सुरक्षा,
   हाम्रो सहायक, मरणशील बीचको भलमा भएका खराबीहरूमा।
किनकि गर्छ अझै त्यो प्राचीन शत्रु दुःख दिन हामीलाई,
   त्यसको युक्ति र शक्ति छन् ठूलो, र क्रूर घृणा भरेको;
छैन कोही संसारमा बराबर त्यसको।

गऱ्यौं कि शक्तिमा भरोसा, हुन्छ परिश्रम व्यर्थ हाम्रो,
   हाम्रो पक्षमा छैनौं सही मानिस, परमेश्वरले आफै चुन्नुभएको मानिस।
सोध्नुहुन्छ को हुन् उनी? ख्रीष्ट येशू, उहाँ नै हुन्;
   फौजहरूका परमप्रभु उहाँको नाउँ, युगयुगदेखि एकसमान,
अनि जित्नुपर्छ लडाइँ उहाँले।
      ('अ माइटी फोट्रेस इस आवर लर्ड,' मार्टिन लुथरद्वारा रचित, १४८३-१५४६)


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
('अ माइटी फोट्रेस इस आवर लर्ड,' मार्टिन लुथरद्वारा रचित, १४८३-१५४६)