Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




चेलाहरू र भूतात्माहरू

DISCIPLES AND DEMONS
(Nepali)

डा. आर. एल. हिमर्स, जुनियरद्वारा लिखित र रेभ. जोन शमूएल केगनद्वारा २२ जुलाई, २०१८ आइतबार बिहान लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन

A sermon written by Dr. R. L. Hymers, Jr.
and preached by Rev. John Samuel Cagan
at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Morning, July 22, 2018


यो ख्रीष्टले आफ्ना चेलाहरूलाई तालीम दिनुभएको विषयमा हाम्रो तेस्रो अध्ययन हो। जब हामी चेलाहरूलाई तालीम दिन येशूको अनुकरण गर्छौं, तब हामी आज चेलाहरूलाई तालीम दिन सिक्छौं।

येशूले आफ्ना चेलाहरूलाई त्यसरी तालीम दिनुभएन जसरी आज हाम्रा मण्डलीहरूले जवानहरूलाई दिने कोसिस गर्छन्। हामीले येशूले जसरी चेलाहरू बनाउनुभयो त्यसमा राम्रो ध्यान दिनुपर्छ, किनकि उहाँ धेरै सफल हुनुभयो, अनि हाम्रा मण्डलीहरू चाहिँ प्रायः असफल हुन्छन्। आज भइरहेको एउटा गल्ती के हो भने हामी आफ्ना चेलाहरूलाई चेला बन्न सिकाउनुभन्दा अघि तिनीहरूलाई विश्वासमा ल्याउने कोसिस गर्दछौं। येशूले उहाँका चेलाहरूको नयाँ जन्म हुनुभन्दा अघि तिनीहरूलाई तीन वर्षसम्म शिक्षा दिनुभयो (यूहन्ना २०:२२; हेर्नुहोस्, जे भर्नोन मेकजी र थोमस हेल)। येशूले जे गर्नुभयो र आज हामी जे गर्ने कोसिस गर्छौं त्यस बीचको मुख्य भिन्नता यही नै हो।

अर्को मुख्य भिन्नता येशूले तिनीहरूलाई सिकाउनुभएका विषयहरूमा छ। सुरुमा येशूले तिनीहरूलाई बोलाउनुभयो र भन्नुभयो, ‘म तिमीहरूलाई मानिसहरूका मछुवा बनाउनेछु’ (मर्कूस १:१७)। उहाँले एउटा मुख्य उद्देश्यसहित तिनीहरूलाई तालीम दिनुभयो- अरूहरूलाई चेलाहरू बन्न सहायता गर्न सक्षम बनाउनु। सुरुमा नै येशूले यो उहाँको मुख्य उद्देश्य हो भनी बताउनुभयो। अनि मेरो पनि उद्देश्य त्यही नै हो। म यहाँ तपाईंहरूलाई बाइबल कथाहरू सुनाउन उभिएको छैनँ, जस्तो सन्डे स्कुलहरूमा गरिन्छ। मेरो उद्देश्य तपाईंहरूलाई आत्मा जित्ने मानिसहरू बन्न, अरूहरूलाई ख्रीष्टकहाँ ल्याउन र हराएका आत्माहरू जित्ने व्यक्तिहरू बनाउनु हो। ख्रीष्टले सुरुमा नै तिनीहरूलाई यो कुरा बताउनुभयो (हेर्नुहोस्, मर्कूस १:१६-२०)।

दोस्रो कुरा, ख्रीष्टले तिनीहरूलाई शैतान र त्यसका भूतात्माहरूको सामना गर्न सिकाउनुभयो। मर्कूस १:२१-२७ हेर्नुहोस्।

‘तब उहाँहरू कफर्नहुममा जानुभयो, र तुरुन्तै शबाथ- दिनमा सभाघरमा पसी उहाँले शिक्षा दिन लाग्नुभयो। अनि तिनीहरू उहाँको शिक्षामा चकित भए। किनकि उहाँले तिनीहरूलाई शास्त्रीहरूले जस्तो होइन, तर अधिकारसँग सिकाउनुभयो। त्यही बेला त्यस सभाघरमा अशुद्ध आत्मा भएको एउटा मान्छे थियो। त्यसले यसो भन्दै चिच्च्यायो, ‘हे नासरतका येशू, हामीलाई तपाईंसँग के सरोकार? के तपाईं हामीलाई सर्वनाश पार्नलाई आउनुभएको हो? म तपाईंलाई चिन्छु, तपाईं परमेश्वरका पवित्र जन हुनुहुन्छ।’ तर येशूले त्यसलाई यसो भन्दै हकार्नुभयो, ‘चूप लाग्, र त्यसबाट निस्किजा।’ त्यस मान्छेलाई लछारपछार पार्दै त्यो अशुद्ध आत्मा ठूलो स्वरले चिच्च्याएर त्यस मानिसबाट निस्किगयो। तब सबै जनाले अचम्म माने, र तिनीहरू यसो भन्दै आपसमा सोधासोध गर्न लागे, ‘यो के हो? यो त नयाँ शिक्षा रहेछ। यिनले त अधिकारसँग अशुद्ध आत्माहरूलाई पनि आज्ञा गर्छन्, र तिनीहरूले यिनका आज्ञा मान्दारहेछन्।’ (मर्कूस १:२१-२७)

हेर्नुहोस्, ख्रीष्टले आफ्ना प्रथम चार जना चेलालाई सिकाउनुभएको दोस्रो कुरा शैतान र त्यसका भूतात्माहरूमाथि उहाँको शक्ति छ भन्ने थियो। रिफर्मेसन स्टडी बाइबलले भन्छ (पृष्ठ २९०),

‘भूतात्माहरू पतित स्वर्गदूतहरू हुन्... जसले शैतानको सेवा गर्छन्। शैतानले गरेको विद्रोहमा सामेल भएकोले तिनीहरू स्वर्गबाट खसालिए।...भूतात्माहरूले बनेको शैतानको सेनाले धेरै प्रकारले छल गर्छ र निरुत्साह ल्याउँछ। तिनीहरूको विरोध गर्नु नै आत्मिक लडाइँ हो।’ (एफिसी ६:१०-१८)

येशूको एक नयाँ चेलाको रूपमा तपाईंले शैतान र त्यसका भूतात्माहरूको बारेमा जान्नुहोस् भन्ने उहाँ चाहनुहुन्छ। येशूले भेट्नुभएको एक जना व्यक्तिलाई भूतात्मा लागेको थियो। किङ जेम्स बाइबलमा भूतात्माहरूका निम्ति प्रयोग गरिएको ग्रीक शब्दलाई ‘प्रेतहरू’ भनी अनुवाद गरिएको छ। मर्कूस १:३९ हेर्नुहोस्,

‘अनि येशू सारा गालीलमा तिनीहरूका सभाघरहरूमा प्रचार गर्दै र भूतहरूलाई निकाल्दै हिँड्नुभयो।’ (मर्कूस १:३९)

जब तपाईं येशूको एक चेला बन्नुहुन्छ, तब तपाईंको वरिपरि भूतात्माहरू छन् भन्ने तपाईंलाई थाहा हुनुपर्छ। भूतात्माहरूले मानिसहरूलाई बाइबलमा लेखिएको सत्य कुरा देख्न नसक्ने अन्धो बनाउँछ। भूतात्माहरूले तपाईंलाई डर देखाउने र तपाईंलाई मण्डलीमा आउनबाट रोक्ने कोसिस गर्छन्। भूतात्माहरूले तपाईंलाई ख्रीष्टियन बन्नदेखि रोक्न खोज्छ। डा. थोमस हेलले भने,

हामीले याद गर्नुपर्छ, भूतात्मा लागेको व्यक्ति मानसिक रोग लागेको रूपमा मात्र हुँदैन। भूतात्माहरू वा दुष्टात्माहरू त्यो मुख्य दुष्टात्मा अर्थात् शैतानका सेवकहरू हुन्। तिनीहरूले दुष्ट काम गर्छन्। तिनीहरू मानिसभित्र पस्दा त्यो मानिसलाई शैतानको कैदी वा दास बन्छ। येशूको शक्तिद्वारा मात्र यी भूतात्माहरूमाथि विजय पाउन र मानिसलाई छुटकारा दिन सकिन्छ (थोमस हेल, एमडी., दि एप्लाइड न्यू टेस्टामेन्ट कमेनटेरी; मर्कूस १:२१-२८ को टिप्पणी)

मानिसहरू लागू औषधी, मन्त्रतन्त्र, र परमेश्वरको विरुद्ध अन्य प्रकारका विद्रोहद्वारा भूतात्माले ग्रस्त बन्छ।

कसैले भन्ला, ‘ठीक छ, मैले लागू औषधी, मैले तन्त्रमन्त्रमा भाग लिएको छैनँ, मैले यस्ता कुराहरू गरेको छैनँ।’ म विश्वास गर्छु, तपाईं पापमा यति टाढासम्म पुग्नुभएको छैन। तापनि, तपाईंको मनमा ‘आकाशको शक्तिको मालिकले’ (शैतान, एफिसी २:२) काम गरेको छ (शक्ति दिएको छ)। यसरी तपाईंको परिवर्तन नभएको मनलाई शैतान, ‘आकाशको शक्तिको मालिकले’ शक्ति दिन्छ।

शैतानले तपाईंलाईे सत्य देख्न नसक्ने बनाउनका निम्ति गर्ने दोस्रो कार्य पनि छ। २ कोरिन्थी ४:३-४ को वचन सुन्नुहोस्।

‘हाम्रो सुसमाचार घुम्टोले ढाकिएको भए तापनि यो नष्ट हुनेहरूका निम्ति मात्र घुम्टोले ढाकिएको छ। तिनीहरूका विषयमा भन्नौं भने ख्रीष्ट, जो परमेश्वरको रूप हुनुहुन्छ, उहाँको महिमाको सुसमाचार तिनीहरूले देखून् भनेर यस संसारको देवले अविश्वासीहरूको समझलाई अन्धो तुल्याइदिनुभएको छ।’ (२ कोरिन्थी ४:३-४)

‘यो संसारको देव’ लाई ‘यस युगको देव’ भनी अनुवाद गर्न सकिन्छ। शैतान यस युगको देव हो। शैतानले ‘विश्वास नगर्नेहरू’ को समझलाई अँध्यारो पारिदिएको छ। तपाईं ख्रीष्टको सुसमाचार किन बुझ्नुहुन्न भनी सोच्नुहुन्छ होला। यसको उत्तर सजिलो छ- यस युगको देव (शैतान) ले तपाईंको समझलाई अन्धो पारिदिएको छ। तर ख्रीष्टसँग शैतान र त्यसका कुनै पनि भूतात्माको भन्दा ठूलो शक्ति छ। त्यसैकारण ख्रीष्टले कफर्नहुममा सजिलैसँग भूतात्मा निकाल्नुभयो। ख्रीष्टले भन्नुभयो, ‘त्यसबाट निस्किजा,’ अनि भूतात्मा ‘त्यसबाट निस्कियो’ (मर्कूस १:२५,२६)।

यदि तपाईं एक साँचो ख्रीष्टियन र येशूको चेला बन्न चाहनुहुन्छ भने ख्रीष्टले तपाईंको सोचविचारबाट शैतानको नियन्त्रण हटाउनु पर्छ। एकचोटि एक जना हिप्पीले डा. हिमर्सलाई भन्यो, ‘मैले मेरो दिमाग प्रत्यारोपण गर्नु परेको छ।’ त्यो भनाइ अति नै चरम थियो। वास्तवमा त्यस जवानको दिमाग येशूद्वारा शुद्ध पारिनु आवश्यक थियो। येशूले त्यो जसरी गर्नुहुन्छ त्यो सजिलो छ। उहाँले परमेश्वरको वचन बाइबलद्वारा तपाईंको समझ (मन) लाई शुद्ध पार्नुहुन्छ। बाइबलले ‘पानीले धोएर वचनद्वारा पवित्र पार्ने’ (एफिसी ५:२६) विषयमा बताउँछ। भजन ११९:१३० ले भन्छ,

‘तपाईंको वचनको व्याख्याले ज्योति प्रदान गर्छ, त्यसले सीधासादा मानिसहरूलाई समझशक्ति दिन्छ।’ (भजन ११९:१३०)

के तपाईं येशूको चेला बन्न चाहनुहुन्छ? त्यो सुरु गर्ने एउटा व्यावहारिक तरिका यस्तो छ। हरेक रात सुत्नुभन्दा अगाडि www.sermonsfortheworld.com मा डा. हिमर्सका प्रवचनका पाण्डुलिपीहरूमध्ये एउटा पढने गर्नुहोस्। यदि हरेक राति सुत्नु जानुभन्दा अगाडि डा. हिमर्सका प्रवचनका पाण्डुलिपीहरूमध्ये एउटा पढनु भयो भने बाइबलका पदहरू र टिप्पणीहरूले तपाईंको मन वा समझलाई शुद्ध पार्नेछ र तपाईंले चाँडै येशूमा भरोसा गर्नुहुनेछ र उद्धार पाउनुहुनेछ। कृपया, खडा हुनुहोस् र भजन नम्बर ५ गाउनुहोस्, ‘आइ नो द बाइबल इस ट्रू।’

जान्दछु बाइबल पठाइएको परमेश्वरबाट, पुरानो साथै नयाँ पनि,
   आत्माद्वारा प्रेरित, पवित्र जीवित वचन, जान्दछु बाइबल सत्य छ।
जान्दछु, जान्दछु, जान्दछु, बाइबल सत्य छ;
   सम्पूर्ण ईश्वरद्वारा प्रेरित, जान्दछु बाइबल सत्य छ।

जान्दछु, बाइबल पूर्ण छ सत्य, दिन्छ शान्ति मनभित्र,
   भेट्छ, दिन्छ सान्त्वना दिनदिन, दिन्छ पापमाथि विजय
जान्दछु, जान्दछु, जान्दछु, बाइबल सत्य छ;
   सम्पूर्ण ईश्वरद्वारा प्रेरित, जान्दछु बाइबल सत्य छ।

गरे पनि शत्रुले साहसले इन्कार पुरानो सन्देश, तापनि छ नयाँ,
   सत्यता यसको छ मिठो हरेक पल्ट भनिएको छ, बाइबल सत्य छ।
जान्दछु, जान्दछु, जान्दछु, बाइबल सत्य छ;
   सम्पूर्ण ईश्वरद्वारा प्रेरित, जान्दछु बाइबल सत्य छ।
('आइ नो द बाइबल इस ट्रू,' डा. बी. बी. मेककेन्नीद्वारा रचित, १८८६-१९५२)


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
('आइ नो द बाइबल इस ट्रू,' डा. बी. बी. मेककेन्नीद्वारा रचित, १८८६-१९५२)