Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




चेलाहरू बनाउने ख्रीष्टको तरिका

CHRIST’S METHOD OF MAKING DISCIPLES
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

१५ जुलाई, २०१८, आइतबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Evening, July 15, 2018


कृपया, मत्ती १०:१ खोल्नुहोस्। यो नेपाली बाइबलमा १३४३ पृष्ठमा छ। यो पद १ को पहिलो आधा भाग हेर्नुहोस्।

‘उहाँले आफ्ना बाह्र चेलाहरूलाई बोलाएर’

‘चेला’ शब्द ग्रीकको ‘माथेटेस’ शब्दबाट अनुवाद गरिएको हो। नयाँ करारको पुस्तकमा त्यस शब्दले गुरुबाट शिक्षा लिने र त्यस गुरुलाई पछ्याउने व्यक्तिलाई बुझाउँछ। यो शब्द येशूको पछि लाग्ने बाह्र जना मानिसका निम्ति पनि प्रयोग गरिएको छ।

मेरो उद्देश्य ख्रीष्टले यी बाह्र व्यक्तिलाई कसरी बोलाउनुभयो र तिनीहरूका नयाँ जन्म हुनुभन्दा अघि तिनीहरूलाई कसरी तालीम दिनुभयो भनी देखाउनु हो। उहाँको तरिका आज धेरैवटा मण्डलीले अप्नाएको तरिकाजस्तो थिएन। मैले चिनेको अन्य भाषामा बोल्नेहरूदेखि लिएर रुढिवादी बाइबल शिक्षकहरूसम्मका सबैले एउटै कुरा विभिन्न प्रकारले गर्छन्। उनीहरू प्रायः एक जना नयाँ व्यक्तिलाई एकान्तमा लगेर यसो भन्छन्, ‘के तिमी स्वर्ग जान चाहन्छौ?’ तिनीहरूले त्यस नयाँ व्यक्तिलाई तबसम्म दबाब दिन्छन्, जबसम्म तिनीहरूमध्ये धेरैले ‘चाहन्छु’ भन्दैन। अनि आत्मा जित्ने त्यस व्यक्तिले भन्छ, ‘कृपया, मेरो पछिपछि यी शब्दहरू दोहोराउँदै प्रार्थना गर।’ त्यो अन्योलमा परेको नयाँ व्यक्तिले आत्मा जित्ने त्यस व्यक्तिले जे-जे भन्छ त्यही-त्यही भन्छ- जसले त्यसपछि जोयल अस्टिनले तिनको प्रवचनको अन्त्यमा भन्ने गरेजस्तै यसो भन्छ, ‘हामी विश्वास गर्छौं, यदि तपाईंले प्रार्थना गर्नुभएको छ भने तपाईंको नयाँ जन्मभएको छ।’ असल मण्डलीहरूमा तिनीहरूले त्यो प्रार्थना गर्ने व्यक्तिको नाउँ र फोन नम्बर लेख्छन्- अनि त्यसको केही दिनपछि तिनीहरूले त्यस नयाँ विश्वासीलाई ‘हुर्काउन’ कुनै व्यक्तिलाई पठाउँछन्। मेरो अनुभवमा त्यस्तो प्रकारले साँचो ख्रीष्टियन कहिल्यै पनि जन्माउन सकिँदैन। तिनीहरूले जुन व्यक्तिसित प्रार्थना गरेका हुन्छन्, ऊ साँचो ख्रीष्टियन नहुन सक्छ। तिनीहरू कि त ‘आत्मा जित्ने’ व्यक्तिदेखि लुक्छ, वा तिनीहरू ‘तपाईं जानुहोस्’ भन्दै कराउँछन्। तपाईंले तिनीहरूलाई विश्वासमा हुर्काउने कोसिस गर्दा तिनीहरूले राम्ररी जवाफ दिँदैनन्।

यस्तो तरिकामा के गलत हुन्छ? त्यो तरिका प्रायः काम लाग्दैन! वास्तवमा त्यसले कहिले कामै गरेको छैन। म साठी वर्षदेखि ब्याप्टिस्ट प्रचारक रहेको छु र मसँग अनुभव छ। त्यो तरिकाले किन ‘काम’ गर्दैन? त्यसले किन चेलाहरू जन्माउँदैन? किनकि हामीमध्ये धेरै जनाले चेलाहरू बनाउने येशूको तरिकामा ध्यान दिएका छैनौं। कारण त्यही नै हो।

मैले ‘प्रभुत्वको उद्धार’ को विषयमा शिक्षा दिइरहेको छु भनी तपाईं सोच्नुहुन्छ होला, तर मैले त्यो शिक्षा दिएको होइन। मैले मेक मेकअर्थर र पल वासेरले सिकाएका शिक्षा दिएको होइन। म किन ‘प्रभुत्वको उद्धार’ लाई इन्कार गर्छु भनी बुझ्नका निम्ति कृपया यस विषयमा मैले हाम्रो पुस्तक प्रिचिङ टु डायिङ नेसन को पृष्ठ ११७-११९ पढ्नुहोस्। यो सम्पूर्ण पुस्तक www.sermonsfortheworld.com वेबसाइटमा पढ्न सकिन्छ। उद्धार येशूमा विश्वास गरेपछि अनि उहाँको रगतद्वारा शुद्ध भएपछि प्राप्त हुन्छ।

तर चारवटा सुसमाचारमा मलाई त्यो एउटा ठाउँ देखाउनुहोस्, जहाँ येशूले ‘पापीले गर्ने प्रार्थना’ भन्नुभएको छ, अनि त्यसपछि तिनीहरूलाई विश्वासमा हुर्काउनु भएको छ। येशू ख्रीष्टले त्यसो गर्नुभएको एउटै पनि ठाउँ तपाईं देखाउन सक्नुहुन्न। उहाँले ‘हुर्काउने’ कार्य पहिले गर्नुभयो। उहाँले तिनीहरू कतातिर बढिरहेका छन् भन्ने कुरा पहिलेबाटै बताउनुभयो।

येशू ख्रीष्टले त्यस्तो प्रकारले आफ्ना मानिसहरूको हृदय परिवर्तन गर्नुभयो! तिनीहरूले उहाँमाथि साँच्चै विश्वास गर्नु र उद्धार पाउनुभन्दा अगि तिनीहरूले चेलापनका कठोर सत्यताहरू पहिले नै बुझ्नुपर्छ भनी उहाँले जान्नुहुन्थ्यो!

कसैले भन्ला, ‘तर त्यस्ता कठोर सत्यताहरूले तिनीहरूलाई भयभीत बनाउँन्।’ यो कुरा साँचो हो! कठोर सत्यताहरूले तिनीहरूमध्ये धेरैलाई भयबीत पार्नेछ। ख्रीष्टका धेरै जना चेलाहरू उहाँलाई छाडेर गए। उहाँले तिनीहरूसँग बस्ने आग्रह गर्नुभएन। उहाँले बाह्र जनालाई भन्नुभयो, ‘के तिमीहरू पनि मलाई त्यागेर जाने?’ (यूहन्ना ६:६७)। सबै जना छाडेर जानेछैनन्। जुनहरू बस्छन् र सिक्छन् तिनीहरू चट्टानझैं ख्रीष्टका चेलाहरू, र क्रूसको सिपाही बन्छन्।

डा. आइजक वाट्सले १८औँ शताब्दीको प्राचीन सुसमाचारवादीहरूको बारेमा कुरा गरेका छन्। आइजक वाट्सले भने,

हुँ के म क्रूसको सिपाही, थुमाका चेला
डराउँछु के उहाँको उद्देश्यका निम्ति, कि मान्छु संकोच उहाँको नाउँ लिन?

निश्चय म लड्नैपर्छ, यदि मैले राज्य गर्नुपर्छ, बढाउनोस् साहस मेरो
सहन्छु परिश्रम, सहन्छु पीडा, तपाईंको वचनले सहायता गरेको।
('एम आइ अ सोल्जर अफ द क्रस,' डा. आइजक वाट्सद्वारा रचित, १६७४-१७४८)

हामी नयाँ व्यक्तिहरू ख्रीष्टका निम्ति रक्ताम्मे लडाइँमा सोझै होम्मिऊन् भनी आशा गर्न सक्दैनौं। यदि तिनीहरूले त्यसो गरे त सजिलो हुनेथियो। तर म त्यस्तो प्रकारले ख्रीष्टियन भइनँ। मैले क्रूस बोक्ने ख्रीष्टियन नै साँचो ख्रीष्टियन हुन्छ भनी पहिले सिक्नु परेको थियो। ख्रीष्टमा विश्वास गर्नुभन्दा अघि, क्रूसको सिपाही बन्नुभन्दा अघि मैले चेलापनको कठोर अभ्यासबाट भएर जानु परेको थियो। अनि तपाईंहरूले पनि त्यसै गर्नुपर्छ।

मैले भर्खरै जे भनेँ त्यो आजका धेरैवटा मण्डलीहरूले गर्दैनन्! तापनि यो साँचो कुरा हो। ‘निश्चय म लडनैपर्छ यदि मैले राज्य गर्नुपर्छ भने, बढाउनोस् मेरो साहस।’ १८औं शताब्दीका महान् सुसमाचारीय भजन लेखकले त्यसो भनेका छन्। अनि जर्ज व्हाइफिल्डले गाउँदा वा जोन वेस्लीले प्रचार गर्दा हजारौं मानिसहरू आफ्नो खुट्टा हिँउमा गाडेर उभिन्थे! आज हामीले प्रयोग गर्ने भजनको पुस्तकमा ‘ख्रीष्टियन लडाइँ’ विषयको भजन प्रायः थोरै पाइन्छ। ख्रीष्टियन लडाइँ र गम्भीर चेलापनका भजनहरू १८औं शताब्दीमा जस्तो लोकप्रिय थिए त्यस्तो आज छैन, ती बेला आइजक वाट्सले लेखेका थिए, ‘एम आइ अ सोल्जर अफ द क्रस?’

त्यसले हामीलाई स्वयम् सुसमाचारको सन्देशमा पुऱ्याउँछ। ख्रीष्टले कहिले आफ्ना चेलाहरूलाई सुसमाचार प्रचार गर्न थाल्नुभयो? १ कोरिन्थी १५:३,४ ले सुसमाचारका मुख्य कुराहरू बताउँछः

‘किनभने मैले जे पाएँ त्यसैलाई सबैभन्दा मुख्य विषयको रूपमा तिमीहरूलाई सुम्पिदिएँ, अर्थात् पवित्र धर्मशास्त्रअनुसार ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो। उहाँ गाडिनुभयो, र पवित्र धर्मशास्त्रअनुसार तेस्रो दिनमा उहाँ पुनर्जीवित पारिनुभयो।’ (१ कोरिन्थी १५:३,४)

येशूले उहाँका चेलाहरू उहाँको पछि लाग्न थालेका एक वर्षपछिदेखि तिनीहरूलाई सुसमाचार दिन थाल्नुभयो। यो कुरा मत्ती १६:२१,२२ मा लेखिएको छ,

‘उहाँ कसरी यरुशलेममा जानुपर्छ र धर्मगुरु र मुख्य पूजाहारीहरू र शास्त्रीहरूबाट धेरै कष्ट भोग्नुपर्छ, मारिनुपर्छ र तेस्रो दिनम जीवित भइ उठ्नुपर्छ भनी उहाँले त्यस बेलादेखि आफ्ना चेलाहरूलाई बताउन थाल्नुभयो। पत्रुसले उहाँलाई एकातिर लगेर हप्काउन लागे, ‘परमेश्वरले यसो नगरून्, प्रभु, तपाईंमाथि यस्तो कहिल्यै हुनेछैन।’ (मत्ती १६:२१,२२)

पत्रुस करिब एक वर्षदेखि येशूको पछि लागेका थिए। तापनि उहाँ ‘मारिनुहुनेछ, र तेस्रो दिनमा उहाँ फेरि जीवित हुनुहुनेछ भन्नुहुँदा’ पत्रुसले उहाँलाई हप्काए (मत्ती १६:२१)। स्पष्ट छ, कम्तीमा एक वर्षसम्म येशूको चेला भइसक्दा पनि पत्रुसले सुसमाचार बुझेका थिएनन्।

त्यही वर्ष पछिबाट येशूले फेरि ती चेलाहरूलाई सुसमाचार भन्नुभयो,

‘उहाँहरू गालीलमा भेला हुँदा येशूले तिनीहरूलाई भन्नुभयो, ‘मानिसको पुत्र मानिसहरूका हातमा सुम्पिइनेछ। अनि तिनीहरूले उसलाई मार्नेछन्, तर तेस्रो दिनमा ऊ जीवित भई उठ्नेछ।’ अनि तिनीहरू अत्यन्त दुःखित भए।’(मत्ती १७:२२,२३)

ध्यान दिनुहोस्, तिनीहरूले येशूको रूप परिवर्तन भएको अघिबाटै देखिसकेका थिए। येशूको रूप परिवर्तन भएको देखिसकेपछि पनि चेलाहरू एक जना जवान केटोमा भएको भूतात्मा निकाल्न असफल भएका थिए। तिनीहरूले त्यो किन निकाल्न सकेनन् भनी सोद्धा येशूले भन्नुभयो, ‘तिमीहरूका अल्प विश्वासको कारणले हो’ (मत्ती १७:२०)। अनि फेरि येशूले तिनीहरूलाई सुसमाचार दिनुभयो, ‘अनि तिनीहरूले उसलाई मार्नेछन्, तर तेस्रो दिनमा ऊ जीवित भई उठ्नेछ।’ अनि तिनीहरू अत्यन्त दुःखित भए।’ (मत्ती १७:२३)। ती चेलाहरूले अझै पनि त्यो सुसमाचार बुझ्न सकेनन्!

येशूले मत्ती २०:१७-१९ मा तेस्रोचोटि ती चेलाहरूलाई सुसमाचार दिनुभयो। त्यस्तै अर्को खण्ड लूका १८:३१-३४ हो।

‘येशूले बाह्रैलाई अलग्गै लगेर भन्नुभयो, ‘हेर, हामी यरूशलेमतिर जाँदैछौं, र मानिसको पुत्रको विषयमा अगमवक्ताहरूले लेखेका हरेक कुरा पूरा हुनेछ। किनभने ऊ अन्यजातिहरूको हातमा सुम्पिइनेछ, र तिनीहरूले उसको गिल्ला गर्नेछन्, र ऊसँग दुर्व्यवहार गर्नेछन्, र उसलाई थुक्नेछन्। तिनीहरूले उसलाई कोर्रा लाउनेछन् र मार्नेछन्, अनि तेस्रो दिनमा ऊ फेरि मृत्युबाट जीवित भई उठ्नेछ।’ तर चेलाहरूले यी कुराहरू एउटै पनि बुझेनन्। तिनीहरूका निम्ति यो कुरा गुप्तमा राखियो, अनि भनिएको यो कुरा तिनीहरूको समझले भ्याएन।’ (लूका १८:३१-३४)

येशूले दुइ वर्षसम्म शिक्षा दिइसक्नुभएपछि पनि चेलाहरूले अझै सुसमाचार बुझ्न सकेनन्,

‘तर चेलाहरूले यी कुराहरू एउटै पनि बुझेनन्। तिनीहरूका निम्ति यो कुरा गुप्तमा राखियो, अनि भनिएको यो कुरा तिनीहरूको समझले भ्याएन।’ (लूका १८:३४)

धेरैचोटि सुसमाचार सुनिसक्दा पनि येशूले भन्नुभएको कुरा चेलाहरूले बुझ्न सकेनन्!

तर येशूले फेरि तिनीहरूलाई भन्नुभयो, ‘तिमीहरूलाई थाहा छ, अबको दुइ दिनपछि निस्तार-चाड़ आउँछ, अनि मानिसको पुत्र क्रूसमा टाँगिनलाई पक्राइनेछ।’ (मत्ती २६:२)

अब घरीघरी सुसमाचार सुनेपछि चेलाहरूमध्ये एक यहूदाले पूजाहारीहरूको हातमा येशूलाई धोखा दिने विचार गऱ्यो! (मत्ती २६:१४,१५)

एकचोटि फेरि येशूले सुसमाचार दिनुभयो (मत्ती २६:३१,३२)। पत्रुस र अन्य चेलाहरू गेतसमनीको बगैंचामा निदाए। सिपाहीहरू येशूलाई पक्राउ गर्न आउँदा पत्रुसले उसको तरवार थुते र एक जना सिपाहीलाई मार्ने कोसिस गरे। ‘सबै चेलाहरू उहाँ (येशू) लाई छोडेर भागे’ (मत्ती २६:५६)।

अब हामी नयाँ जन्ममा, ती एघार जना चेलाको हृदय परिवर्तनको कुरामा आउँछौं। यहूदा अघिबाटै झुण्डिएर मरिसकेको थियो र उसले नयाँ जन्मको अनुभव गर्न सकेन। पुनर्जीवित हुनुभएका ख्रीष्टले अन्य चेलाहरूलाई भेटनुभयो। उहाँले तिनीहरूलाई आफ्ना चोटहरू देखाउनुभयो।

‘तब धर्मशास्त्र बुझ्नलाई उहाँले तिनीहरूका समझ खोलिदिनुभयो।’ (लूका २४:४५)

यहीँ नै तिनीहरूका नयाँ जन्मको सुरुआत भयो, किनकि येशूले तिनीहरूले धर्मशास्त्र बुझ्नलाई तिनीहरूको समझ खोलिदिनुभयो। (लूका २४:४६)

अब यूहन्ना २०:२१,२२ खोल्नुहोस्। यहाँ ती चेलाहरूको नयाँ जन्म भएको देखिन्छ। पुनर्जीवित हुनुभएका येशू तिनीहरूकहाँ आउनुभयो,

‘तब येशूले फेरि तिनीहरूलाई भन्नुभयो, ‘तिमीहरूलाई शान्ति! जसरी पिताले मलाई पठाउनुभयो, त्यसरी म पनि तिमीहरूलाई पठाउँदछु।’ अनि यति भनेर उहाँले तिनीहरूमाथि सास फुकेर भन्नुभयो, ‘पवित्र आत्मा लेओ।’ (यूहन्ना २०:२१,२२)

तिनीहरूले पवित्र आत्मा पाए, र अन्त्यमा तिनीहरूको नयाँ जन्म भयो!

पुरानो समयका बाइबल टिप्पणीकारहरू यस कुरामा सहमत छन्। यसका निम्ति मेथ्यू हेनरी र विशेष गरी जोन चार्ल्स इल्लिकोटको लूका २४:४५ का टिप्पणीहरू पढ्नुपर्छ। डा. जे भर्नोन मेकजीले भने, ‘व्यक्तिगत रूपमा म यो विश्वास गर्छु कि, हाम्रा प्रभुले तिनीहरूमा सास फुकिदिँदै ‘पवित्र आत्मा लेओ’ भन्नुभएको बेला ती मानिसहरूको नयाँ जन्मभएको थियो। योभन्दा अघि तिनीहरूमा परमेश्वरका आत्माले वास गर्नुभएको थियो, येशूले तिनीहरूभित्र अनन्त जीवन फुकिदिनुभयो’ (जे भर्नोन मेकजी, थ्रू द बाइबल, यूहन्ना २०:२२ को टिप्पणी)।

डा. थोमस हेलले पनि यो कुरा स्पष्ट भनेका छन्, ‘पवित्र आत्मा दिइनु चेलाहरूको जीवनको सबैभन्दा महत्त्वपू्र्ण घटना थियो। किनकि त्यही बेला तिनीहरू नयाँ गरी जन्मिएका थिए।’ यही बेला तिनीहरूले साँचो र पूर्ण विश्वास प्राप्त गरेका थिए। यही बेला तिनीहरूले आत्मिक जीवन प्राप्त गरेका थिए’ (थोमस हेल, एमडी., दि एप्लाइड न्यू टेस्टामेन्ट कमेन्टेरी, यूहन्ना २०:२२ को टिप्पणी, पृष्ठ ४४८)।

मैले केही कारणहरूले गर्दा तपाईंहरूलाई ख्रीष्टका चेलाहरूको नयाँ जन्मसम्बन्धी यो अध्ययन गराएको हुँ।

१. सबैभन्दा पहिले यसले चेलाहरूद्वारा अप्नाइएका नयाँ जन्मसम्बन्धी आधुनिक विचारलाई सच्याउँछ। यो सिद्धान्त आजका हाम्रा प्रायः सबै मण्डलीहरूले पालन गर्छन्।

२. यसले हामीलाई चेला बनाउने ख्रीष्टको तरिका प्रदान गर्दछः पहिले तिनीहरूलाई शिक्षा दिनु र त्यसपछि तिनीहरूका हृदय परिवर्तन गराउन काम गर्नु। यो नेभिगेटर्सहरू पुस्तक द लस्ट आर्ट अफ डिसाइपल मेकिङ मा लेखिएको भन्दा ठीक विपरीत कुरा हो। मेरो विचारमा त्यो पुस्तक गलत छ। येशूले तिनीहरूको नयाँ जन्म हुनुभन्दा अघि तिनीहरूलाई चेला बन्न सिकाउनुभयो।


ख्रीष्टले उहाँको महान् आज्ञामा हामीलाई ‘चेलाहरू बनाउने’ आज्ञा दिनुभयो (मत्ती २८:१९,२०)।

‘यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता, पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ। मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ। हेर, म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु।’ (मत्ती २८:१९,२०)

मेरा विद्वान् पास्टर डा. तिमोथी लिन भन्थे,

‘चेलाहरू बनाओ’ भन्ने क्रिया शब्द मात्र आज्ञासूचक रूपमा छ। अर्को शब्दमा भन्नुपर्दा, यहाँ ‘जाओ’ शब्द आज्ञा होइन, तर ‘चेलाहरू बनाओ’ वाक्यांशचाहिँ आज्ञा हो। महान् आज्ञाको मुख्य विषयवस्तु यही नै हो’ (द सिक्रेट अफ चर्च ग्रोथ, पृष्ठ ५७)।

ख्रीष्ट हामीलाई ‘जाति-जातिका मानिसहरूलाई सिकाउनू’ भनी आज्ञा दिनुहुन्छ- त्यसको अक्षरसः अनुवाद ‘चेलाहरू बनाउनु’ हो- डब्लु. ए. क्रिसवेल। वास्तवमा न्यू अमेरिकन स्टेनडर्ड बाइबलले ‘चेलाहरू बनाउनु’ भनी अनुवाद गर्दछ।

यो काम पहिलो तीन सय वर्षमा कक्षाहरूमा गरिएको थियो, जहाँ नयाँ मानिसहरूलाई बप्तिस्मा दिनुभन्दा अघि चेलापनको शिक्षा दिइन्थ्यो। ख्रीष्टियन इतिहासकार डा. फिलिप चाफले भनेका छन्, ‘त्यो शिक्षाको अवधि कहिलेकहीं दुइ वर्ष तोकिन्थ्यो, कहिलेकहीँ तीन वर्ष।’ हिप्पोलिटस ख्रीष्टाब्द २१७ देखि २३५ सम्म रोमका बिशप थिए। तिनले भने, ‘तिनीहरूले वचनका श्रोता भएर तीन वर्ष बिताऊन्’ (दि अपोस्टोलिक ट्रेडिसन अफ हिप्पोलिटस, भाग २)।

चेला बन्ने समय बप्तिस्माभन्दा अगाडि आउँथ्यो। प्रेरितको पुस्तकमा प्रेरित पावलले धर्मशिक्षा दिएका कम्तीमा दुइवटा उदाहरणहरू छन्। बारनाबासले पावललाई एन्टिओखियामा ल्याएका थिए।

‘तब पूरा एक वर्षसम्मै मण्डलीका मानिसहरूसँग तिनीहरूले भेटघाट गरिरहे, र मानिसहरूको ठूलो समूहलाई शिक्षा दिए।’ (प्रेरित ११:२६)

पावलले लुस्त्रा, आइकोनियन शहरहरमा र फेरि एन्टिओखियामा त्यसै गरे।

‘उनीहरूलाई विश्वासमा रहिरहने अर्ती दिए, र धेरै कष्ट सहेर हामी परमेश्वरको राज्यमा प्रवेश गर्नुपर्छ भनी उनीहरूलाई भने।’ (प्रेरित १४:२२)

डा. चाफले भने, ‘मण्डली मूर्तिपूजक संसारको बीचमा थियो, मण्डलीले मानिसहरूलाई विशेष शिक्षकहरूद्वारा शिक्षा दिएर (कक्षाहरू) बप्तिस्माका निम्ति तयार पार्नुपर्ने आवश्यकता देख्यो, जहाँ संसारदेखि मण्डलीसम्मको पूल बनाउँदै विश्वास शुरु गर्नेहरूलाई परिपक्वतातिर बढाइन्थ्यो। ती सिक्नेहरूलाई अविश्वासी ठानिँदैनथ्यो, तर आधा ख्रीष्टियन ठानिन्थ्यो (तापनि चेलाहरू बनिसकेका हुँदैनथे’) (हिस्ट्री अफ द क्रिश्चियन चर्च, भाग २, पृष्ठ २५६)। डा. चाफले मिसनेरीका ठाउँहरूमा ‘अझै पनि यसो गरिन्छ’ भने।

आजको हाम्रो बिहानको सेवालाई हामी चेलापनको कक्षामा परिवर्तन गर्नेछौं। म विश्वास गर्छु, हाम्रा मण्डलीहरूले आफ्ना केटाकेटीहरूलाई सम्हालेर राख्न नसक्नु, संसारका जवानहरूलाई हाम्रो मण्डलीमा ल्याउन नसक्नुको कारण यही हो कि मण्डलीहरूले आजका जवानहरू मूर्तिपूजक, अन्यजाति हुन् भनी बुझेका छैनन्, जसले नयाँ जन्मको अनुभव गर्नुभन्दा र ख्रीष्टियन जीवन जिउनुभन्दा अघि तिनीहरूलाई चेला बनाउनुपर्छ। साउदर्न ब्याप्टिस्टहरूले प्रत्येक वर्ष २ लाख सदस्य गुमाउँछन्, जो चेला नबनाइएका आधा ख्रीष्टियनहरू मात्र हुन्! जोन एस. डिकरसनले भनेका छन् कि यदि नयाँ चेलाहरू बनाइएन भने जवान ख्रीष्टियनहरूको सुसमाचारीय जनसंख्या ‘अमेरिकनहरूको करिब ७ प्रतिशतबाट घटेर करिब ४ प्रतिशत वा त्योभन्दा कम प्रतिशत हुनेछ’ (द ग्रेट इभान्जलिकल रिसिसन्, पृष्ठ ३१४)।

हाम्रो लक्ष्य त्यही हो! हाम्रो लक्ष्य जवान मानिसहरूलाई ख्रीष्टमा तिनीहरूका सर्वोच्च क्षमतामा पुग्न सहायता गर्नु हो। हामी हाम्रो मण्डलीमा जवान मानिसहरूलाई मण्डलीमा ल्याउन, येशूको चेला बन्न, नयाँ जन्म पाउन र येशूको बारेमा सिक्न, उहाँमाथि विश्वास गर्नका निम्ति काम गर्न सहायता गर्छौं!

जवान मानिस जो चुनिएको हुन्छ, ऊ कुनै कठिन र चुनौतीपूर्ण कार्य गर्नका निम्ति तयार हुन्छ। जुन व्यक्तिहरूमा साँचो ख्रीष्टियन विश्वासको चुनौतीसँग लड्ने रुचि हुँदैन तिनीहरू आफै ओइलाएर जान्छन्। हामी चाहन्छौं, तिनीहरू नओइलाऊन्, तर हाम्रो अनुभवबाट जान्दछौं, तिनीहरू ओइलाउनेछन्। तिनीहरू निस्केरजाँदा तपाईंहरूको हृदय विचलित नहोस्। येशूले भन्नुभएको कुरा सम्झनुहोस्, ‘बोलाइएकाहरू धेरै छन्, तर चुनिएकाहरू थोरै छन्।’ नयाँ जन्म पाएका साँचो चेलाहरू मात्र रहनेछन्!

हामी एकसाथ अगाडि बढौं अनि संसारलाई यो प्रमाण दिऔं कि हाम्रा परमेश्वर अझै पनि जीवित र शक्तिशाली हुनुहुन्छ। हामीले विगतमा गल्तीहरू गऱ्यौं। तर हाम्रा गल्तीहरू र अनुभवहरूबाट हामीलाई फाइदा भएको छ। हामीले हाम्रा असफलताहरूलाई सफलतामा परिणत गऱ्यौं। यदि आजको आजको धर्मत्यागको कमजोरीमा हामी चेलाहरूको बलियो मण्डली खडा गर्नेतिर कदम बढाउँछौं भने हामी अझ ठूला सफलताहरू पाउनेछौं। याद गर्नुहोस्, हामी कहिल्यै रोकिनेछैनौं, कहिल्यै पछि फर्कनेछैनौं, कहिल्यै हरेश खानेछैनौं। हाम्रो असल मण्डली जवानहरूलाई चुनौती दिने र नयाँ जन्म पाएका चेलाहरूको शक्तिशाली सेना गठन गर्ने एउटा महान् मण्डली नबनूञ्जेल हामी रोकिनेछैनौं। कृपया, खडा हुनुहोस् र तपाईंको भजन-पुस्तिकाबाट भजन नम्बर ६ गाउनुहोस्, ‘हुँ के म क्रूसको सिपाही?’ यो डा. आइजक वाट्स (१६७४-१७४८)द्वारा रचिएको हो।

हुँ के म क्रूसको सिपाही, थुमाका चेला
डराउँछु के उहाँको उद्देश्यका निम्ति, कि मान्छु संकोच उहाँको नाउँ लिन?

किन नलगिऊँ म आकाशमा फूलको ओछ्यानमा सजिलो,
अरू लड्दा इनाम जित्न, र रगतको समुद्रबाट जाँदा?

के छैन मेरो कोही शत्रु? के मैले नरोक्ने भल पहिरो?
के यो दुष्ट संसार अनुग्रहको शत्रु, मलाई सहायता गर्न परमेश्वरमा?

निश्चय म लड्नैपर्छ, यदि मैले राज्य गर्नुपर्छ, बढाउनोस् साहस मेरो
सहन्छु परिश्रम, सहन्छु पीडा, तपाईंको वचनले सहायता गरेको।
('एम आइ अ सोल्जर अफ द क्रस,' डा. इसहाक वाट्सद्वारा रचित, १६७४-१७४८)


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
     ('एम आइ अ सोल्जर अफ द क्रस,' डा. इसहाक वाट्सद्वारा रचित, १६७४-१७४८)