Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




नरकका ढोकाहरूमाथि अचानक आक्रमण गर्नु

STORMING THE GATES OF HELL!
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

८ जुलाई, २०१८, आइतबार बिहान लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord's Day Morning, July 8, 2018


कृपया, बाइबलमा मत्ती १६:१८ पदको दोस्रो आधा भाग हेर्नुहोस्। यो नेपाली बाइबलमा पृष्ठ १३५६ मा छ। येशूले भन्नुभयो,

‘म मेरो मण्डली यस चट्टानमाथि स्थापित गर्नेछु, र नरकका ढोकाहरू त्यसमाथि विजयी हुनेछैनन्।’ (मत्ती १६:१८ख)

बाइबल टिप्पणीकार आर. सी. लेन्स्कीले भने, ‘यसको अर्थ यही हो कि नरकका ढोकाहरूले त्यसका फौजहरू (भूतात्माहरूको) मण्डलीको विरुद्ध आक्रमण गर्न ठूलो संख्यामा पटाउनेछ, तर मण्डली पराजित हुनेछैन (लेन्स्की, मत्ती १६:१८ख को टिप्पणी)। निश्चय यसले मण्डलीलाई संकेत गर्दछ, तर आखिरी समयको धर्मत्याग गर्ने मण्डलीलाई होइन। धर्मत्याग गरेको त्यो मण्डली अघिबाटै भूतात्माहरूको अधीनमा परिसकेको छ। बाइबलले यसको भविष्यवाणी गरेको छ,

‘पवित्र आत्मा प्रष्टै भन्नुहुन्छ, कि पछि आउने समयमा छली आत्मा र भूतप्रेतका सिद्धान्ततिर मन लाएर कोही विश्वासबाट तर्किजानेछन्।’ (१ तिमोथी ४:१)

शैतान र त्यसका भूतात्माहरूका कार्यहरूले धेरैवटा झूटा मण्डलीहरूलाई बाइबलमा परमेश्वरले दिनुभएका वचनहरूको ‘विश्वासबाट तर्काएर’ लैजानेछन्।

यसले २ तिमोथी ३:१-८ मा वर्णन गरिएको ‘आखिरी समयको’ झूटो मण्डली जन्माउँछ, जसका धेरैजसो सदस्यहरू

‘परमेश्वरलाई भन्दा सुख-विलासलाई प्रेम गर्ने, भक्तिको भेष (बाहिरी रूप) चाहिँ लिने, तर त्यसको शक्तिलाई इन्कार गर्ने हुनेछन्। यस्ता मानिसहरूबाट अलग्ग बस’(२ तिमोथी ३:४,५)

यसरी बाइबलमा हामी देख्छौं आज मण्डलीहरू दुइ प्रकारका छन्ः झूटो मण्डली र साँचो मण्डली। साँचो मण्डलीलाई मात्र येशूले त्यो प्रतिज्ञा दिनुभएको हो,

‘म मेरो मण्डली यस चट्टानमाथि स्थापित गर्नेछु, र नरकका ढोकाहरू त्यसमाथि विजयी हुनेछैनन्।’ (मत्ती १६:१८ख)

आज अमेरिकामा हामी झूटा मण्डलीहरूले घेरिएका छौं। झूटा मण्डलीहरू लाउडिकियाको मण्डलीजस्तो हो, स्कोफिल्ड बाइबलले त्यसलाई ‘धर्मत्यागको अन्तिम अवस्था’ भनेको छ। ख्रीष्टले लाउडिकियाली मण्डलीको जस्तो वर्णन गर्नुभएको छ त्यस्तो मण्डली यहाँ धेरैवटा छः

‘म धनी छु, र मसित धन-सम्पत्ति छ, र मलाई केही कुराको खाँचो छैन’ भनी तिमी भन्दछौ, तर तिमीलाई थाहै छैन कि तिमी दुःखी, दयनीय, दरिद्र, अन्धा र नाङ्गा छौ।’(प्रकाश ३:१७)

‘किनकि तिमी मनतातो छौ, न चिसो न तातो, यसकारण म तिमीलाई मेरो मुखबाट उकेलिदिनेछु।’(प्रकाश ३:१६)

भूतप्रेतको शिक्षा (१ तिमोथी ४:१) सुनेकोले र बाहिर-बाहिर मात्र ख्रीष्टियन रूप (२ तिमोथी ३:४,५) धारण गरेकाले यी आखिरी दिनहरूमा धेरैजसो सुसमाचारवादी मण्डलीहरूले धर्मत्याग गरेका छन्। जसरी डा. मेक अर्थरले ठीकै भनेका छन्, यी मण्डलीहरूमा जोशको कमी छ र तिनीहरू ‘मनतातो, पाखण्डी छन्, ख्रीष्टलाई चिन्छु त भन्छन्, तर उहाँका होइनन्,... यिनीहरू ख्रीष्टको नाउँमा आफैलाई धोका दिने पाखण्डी (बिमारी) हरू हुन्।’ डा. मेक अर्थरले ख्रीष्टको रगतको विषयमा भनेका कुरा गलत भए पनि तिनले सुसमाचारवादी ख्रीष्टियनहरूलाई ‘आफैलाई धोका दिने पाखण्डीहरू’ भनेर ठीकै भनेका छन्।

त्यही कारणले गर्दा सुसमाचारवादी मण्डलीहरूले आफ्ना सबै जवानहरू गुमाएका हुन। जोनाथन एस. डिकरसन्ले द ग्रेट इभान्जलिकल रिसिसन् (बेकर बुक्स) नामक एउटा पुस्तक लेखेका छन्। त्यसमा तिनले सही तथ्याङ्क दिएका छन्। आज केवल ७% जवानले मात्र आफूलाई ख्रीष्टियन भनी दाबी गर्छन्। यदि नयाँ चेलाहरू जन्माइएन भने सुसमाचारवादी ख्रीष्टियनहरूको संख्या चाँडै ७ प्रतिशतबाट घटेर ४ प्रतिशत वा त्योभन्दा कममा पुग्नेछ’(डिकरसन, पृष्ठ १४४)।

आज मण्डलीमा जवान मानिसहरूको संख्यामा त्यत्ति ठूलो ह्रास किन आएको छ? किनकि जोन मेक अर्थरले भनेजस्तो तिनीहरूले मण्डलीमा आउने धेरैजसो मानिसहरूलाई ‘आफैलाई धोका दिने पाखण्डीहरू’ देख्छन्। तिनीहरू मण्डलीका पुराना सदस्यहरू तिनीहरूका वरिपरिको पापमय संसारको सामना गर्न प्रभावहीन, कमजोर र शक्तिहीन देख्छन्, त्यही नै कारण हो। धर्मशास्त्री डा. डेभिड एफ. वेल्स पनि यही कुरा देख्छन्। त्यसैकारण तिनले नो प्लेस फर त्रुथः अर व्हाटएभर हेप्पेन्ड टु इभान्जलिकल थिअलजी? (एर्डमन्स, १९९३)। प्रसिद्ध धर्मशास्त्री डा. कार्ल एफ. एच. हेरनीले पनि यो कुरा बुझे। तिनले भने,

‘एउटा सिङ्गो पुस्ता पुनर्जन्म (नयाँ जन्म)को ज्ञान नपाई हुर्किरहेको छ। यो पतन हुँदै गइरहेको सभ्यताको धूलोमा असभ्य मानिसहरू चलमलाइरहेका छन् र अपांग मण्डलीको छायाँभित्र अघिबाटै डराएर लुकिरहेका छन्’ (ट्वीलाइट अफ अ ग्रेट सिभिलाइजेसन, क्रसवे बुक्स, पृष्ठ १५-१७)।

एउटा अपांग मण्डली।’ डा. कार्ल एफ. एच. हेनरीले सुसमाचारवादी मण्डलीलाई त्यस्तै नाउँ दिनुहुन्छ! ‘एउटा अपांग मण्डली।’ महान् प्रचारक डा. मार्टिन लोयड-जोनेसले भनेका छन् ‘विगत एक सय वर्षमा यस्तो भयानक धर्मत्याग डरलाग्दो प्रकारले बढेर गएको देखिन्छ’ (रिभाइबल, क्रसवे बुक्स, पृष्ठ ५७)।

हामीले मण्डलीहरूमा प्रायः सबै जवान मानिसहरू गुमाइरहेका छौं। हामी ‘नयाँ चेलाहरू जन्माउन’ पूर्ण रूपले असफल बनेका छौं। डा. वेल्सले भने, ‘सुसमाचारवादी मण्डलीले आफ्नो मौलिकता गुमाएको छ।’ सुसमाचारवादी मण्डलीहरू कोमल, कमजोर, आफैमा सीमित र स्वार्थी छन्- परिवर्तनकारी चेलापनको बारेमा बोल्न वा माग गर्न डराउँछन्। त्यसैले जवान मानिसहरूले रुचि नलिएकोमा अचम्मित हुनुपर्दैन!

हामी यहाँ तपाईंहरूलाई कमजोर, स्वार्थी सुसमाचारवादी ख्रीष्टियन बनाउँदैनौं। हामी यहाँ तपाईहरूलाई येशू ख्रीष्टको एक परिवर्तनकारी चेला बन्ने आह्वान् गर्छौं! एक मण्डलीको रूपमा हाम्रो लक्ष्य यही हो। हाम्रो लक्ष्य जवान मानिसहरूलाई ख्रीष्टमा तिनीहरूको क्षमताको सर्वोच्च बिन्दुमा पुग्ने प्रेरणा दिनु हो। यहाँ हामी तपाईंलाई येशू ख्रीष्ट र उहाँको राज्यका निम्ति स्वर्ण पदक विजेता बन्ने प्रेरणा दिन्छौं। जवान मानिस हो, तपाईंहरूमध्ये को-को चुनिएका र मौलिक प्रोटेस्टेन्ट ख्रीष्टियनको चुनौतीका निम्ति तयार हुनुहुन्छ। शक्तिशाली केल्विनवादी ख्रीष्टियन विश्वासको चुनौतीका निम्ति तयार नहुनेहरू आफै चाँडै ओइलाएर जानेछन्! याद गर्नुहोस्, येशूले भन्नुभयो, ‘बोलाइएका धेरै छन्, तर चुनिएका थोरै छन्।’

यो सुसमाचारको कार्य सुस्त गतिमा गर्ने समय होइन। हिजो राति यहाँ मण्डलीमा हामीले भोजन खायौं त्यसपछि ‘ख्रीष्टका प्रेरित पावल’ नामक फिल्म हेऱ्यौं। ‘ख्रीष्टका प्रेरित पावल’ मा पहिलो शताब्दीका ख्रीष्टियनहरूले ख्रीष्टको साँचो चेला बन्नका निम्ति सहेका सतावट र कठिनाइहरू देखाइएको छ। आज दिउँसो हामी जवान मानिसहरूलाई सुसमाचार सुनाउन र तिनीहरूका ख्रीष्टका परिवर्तनकारी चेलाहरू बनाउन जानेछौं। ख्रीष्टको आज्ञापालन गर्ने यो हाम्रो निम्ति कति सुन्दर समय हुनेछ। ख्रीष्टले भन्नुभयो, ‘मूल सड्कहरू र गल्लीहरू हुँदो गएर मानिसहरूलाई भित्र आउन कर लगा।’ येशू ख्रीष्ट हामीलाई बचाउन एउटा रक्ताम्मे क्रूसमा मर्नुभयो। येशू ख्रीष्ट हामीलाई जीवन दिन मरेकोबाट शारीरिक रूपमा, मासु र रगतको शरीरमा फेरि जीवित हुनुभयो।

येशू ख्रीष्ट मरेकोबाट फेरि जीवित हुनुभयो। म ईस्टरको समयमा मात्र होइन तर हरेक दिन यो कुरा जान्दछु। राति सुत्नलाग्दा पनि म यो कुरा जान्दछु। म यो बिहान जान्दछु, र दिनभरि पनि जान्दछु। ‘उहाँ यहाँ हुनुहुन्न- उहाँ जीवित भई उठ्नुभएको छ!’ म जान्दछु, ख्रीष्ट मरेकोबाट जीवित हुनुभयो, किनकि परमेश्वरको वचनले त्यसो भन्दछ। आज बिहान यस बूढा मानिसको मुखबाट तपाईंहरूले उहाँको बारेमा सुन्दैहुनुहुन्छ। उहाँ तपाईंहरूलाई भन्नुहुन्छ, ‘म सधैंका निम्ति जीवित भएको छु!’ ख्रीष्ट जीवित हुनुभएकोले उहाँले के गर्न सक्नुहुन्छ भनी म जान्दछु। उहाँ जीवित हुनुभएकाले तपाईं पनि जिउन सक्नुहुन्छ। उहाँ सधैंभरि जिउनुहुन्छ, यसकारण तपाईं पनि उहाँको अनुग्रहद्वारा सधैंभरि जिउन सक्नुहुन्छ। ख्रीष्टको साँचो चेलाका निम्ति कुनै अन्त्य छैन। तपाईंहरू पनि येशूसँगको अनन्त जीवनको उज्जवल भोलिको दिनमा आउनुहोस् र जानुहोस्। उहाँले तपाईंलाई निराश पार्नुहुन्न! आउनुहोस्, यो मण्डलीलाई ख्रीष्ट र उहाँको राज्यका निम्ति एउटा सैनिक समूह, शक्तिशाली फौज बनाउन हामीलाई सहायता गर्नुहोस्!

रेभ. जोन केगन २४ वर्ष पुगेका छन्। तिनी येशूका चेला हुन्। तिनी क्रूसका सिपाही हुन्। तिनी ख्रीष्टको राज्यमा स्वर्ण पदक विजेता हुन्। तिनले आज बेलुकी ६:१५ बजे प्रचार गर्ने सन्देश मैले पढेँ। मैले अहिलेसम्म पढेका सन्देशहरूमध्ये त्यो अति नै प्रेरणादायी छ। आउनुहोस् र पास्टर जोनबाट तिनको साथमा आउने प्रेरणा पाउनुहोस्, र यो मण्डलीलाई परमेश्वरको ज्योतिको घर, साथै शैतानका भूतात्माहरूको फौजको विरुद्ध एउटा सेना बनाउनुहोस्!

उठ, परमेश्वरका मानिस हो! कमसल कुराहरू छोडिदेओ;
हृदय, प्राण, मन र बल राजाहरूका राजाको सेवामा लगाऔ।

उठ, परमेश्वरका मानिस हो! मण्डली तिमीहरूलाई पर्खन्छ,
त्यसको बल त्यसको काम बराबर, उठ, बनाऔ त्यसलाई महान्!
(राइज अप, ओ मेन अफ गड,’ विलियम पी. मेर्रिल, १८६७-१९५४; पास्टरले केही फेरबदल गरेको)

यो तपाईंहरूको भजनको पुस्तिकामा नम्बर १ मा छ। कृपया, खडा भएर गाउनुहोस्!

उठ, परमेश्वरका मानिस हो! कमसल कुराहरू छोडिदेओ;
हृदय, प्राण, मन र बल राजाहरूका राजाको सेवामा लगाऔ।

उठ, परमेश्वरका मानिस हो! मण्डली तिमीहरूलाई पर्खन्छ,
त्यसको बल त्यसको काम बराबर, उठ, बनाऔ त्यसलाई महान्!

तपाईंहरू बस्न सक्नुहुन्छ।

ज्यू, हामी यस्तो समयमा जिउँछौं जुन बेला सुसमाचारीय मण्डलीहरू लाउडिकियाको मण्डलीजस्तै कमजोर भएका छन् र धर्मत्याग गरेका छन्। हो, तिनीहरूले प्रायः सहै जवान मानिसहरू गुमाइरहेका छन्। हो, तिनीहरूले जवानहरूलाई ख्रीष्टको फौजमा भर्ना हुने प्रेरणा दिन सक्दैनन्। हो, तिनीहरू कोमल, प्रभावहीन र चाख नै नलाग्ने प्रकारका छन्। हो, मलाई याद छ कि, म जवान हुँदा तिनीहरूले मलाई कसरी ’निराश पारेका’ थिए। मैले उनीहरूको विरुद्ध विद्रोह गरेँ, मार्टिन लुथरको जस्तो एउटा पवित्र विद्रोह! अरूहरूले धार्मिक सुधारको त्यो आन्दोलनलाई भुलेका छन्। तिनीहरू सुतिरहून्। तपाईंहरू आउनुहोस् र एउटा नयाँ धार्मिक सुधारको आन्दोलन प्राप्त गर्न हामीलाई सहायता गर्नुहोस्। अहिले धार्मिक सुधारको आन्दोलन! भोलि धार्मिक सुधारको आन्दोलन! सधैंभरिको धार्मिक सुधारको आन्दोलन!

के हामी लाउडिकियाको धर्मत्यागको बीचमा फिलाडेल्फियाको जस्तो मण्डली बनाउन सक्छौं? ख्रीष्टले फिलाडेल्फियाको मण्डलीलाई भन्नुभयो,

‘हेर, मैले तिम्रा सामुन्ने ढोका खुला राखिदिएको छु, जो कसैले थुन्न सक्दैन। तिमीसँग थोरै शक्ति छ भन्ने मलाई थाहा छ, तापनि तिमीले मेरो वचन पालन गरेका छौ, र मेरो नाउँ इन्कार गरेका छैनौ।’(प्रकाश ३:८)

के हामी ख्रीष्टका जोशिला जवान चेलाहरूले भरिएको मण्डली प्राप्त गर्न सक्छौं? तपाईं यसलाई हराएको उद्देश्य भन्नुहुन्छ होला। त्यो असम्भव हो। मलाई राष्ट्रपतिको भाषण लेखक पेट्रिक जे. बुकानन्ले भनेका कुरा मन पर्छ, ‘हराएका उद्देश्यहरू नै ती मुख्य कुराहरू हुन्, जसका निम्ति लडाइँ लड्नुपर्छ।’ आज बेलुकी ६:१५ बजे आउनुहोस् र हामीसँग भोजन खानुहोस्। आज बेलुकी आउनुहोस् र पास्टर जोन केगनबाट यो लडाइँमा भर्ना हुने प्रेरणा पाउनुहोस्- किनकि त्यो साँच्चै हराएको उद्देश्य होइन। यो हराएको जस्तो देखिएला तर विजय निश्चित छ। ख्रीष्टले भन्नुभयो, ‘यस चट्टानमाथि म मेरो मण्डली स्थापित गर्नेछु, र नरकका ढोकाहरू त्यसमाथि विजयी बन्नेछैनन्।’ नरकका ढोकाहरू मृत्युका ढोकाहरू हुन्। नरकका ढोकाहरूले हामीलाई रोक्नेछैनन्, किनकि हाम्रा प्रभु ख्रीष्ट मरेकोबाट फेरि जीवित हुनुभएको छ! उहाँ जीवित हुनुभएका कारण ‘नरकका ढोकाहरू’ हामीमाथि विजयी हुनेछैन! आमिन। आज बेलुकी ६:१५ बजे आउनुहोस्। नरकका ढोकाहरू हामीमाथि विजयी हुनेछैनन्।

म डा. फ्रान्सिस ए. चेफरको चुनौतीपूर्ण भनाइ उद्धृत गर्दै अन्त्य गर्दछु। डा. चेफर हाम्रो महान् धर्मशास्त्री र साँचो अगमवक्ता थिए। तिनले भने, ‘सुसमाचारवादी मण्डली सांसारिक हुन्छ र जीवित ख्रीष्टप्रति विश्वासयोग्य हुँदैन।... म तपाईंहरूलाई चुनौती दिन्छु। म ती ख्रीष्टियन परिवर्तनवादीहरूलाई, विशेष गरी जवान ख्रीष्टियन परिवर्तनकारीहरूलाई हाम्रो मण्डली, समाज र राज्यमा जुन गलत र नाश पार्ने कुराहरू भइरहेका छन् त्यसको प्रेमपूर्वक सामना गर्ने आह्वान गर्दछु’ (द ग्रेट इभान्जलिकल डिजास्टर, पृष्ठ ३८, १५१)।

कृपया खडा हुनुहोस् र भजन नम्बर २ गाउनुहोस्। यो धार्मिक सुधारको विषयमा मार्टिन लुथरले लेखेका भजन हो! तपाईंले सक्दो ठूलो सोरले गाउनुहोस्।

शक्तिशाली किल्ला हाम्रा परमेश्वर, कहिले नछाड्ने सुरक्षक,
   उहाँ हाम्रा सहायक, मरणशीलको दुष्टताबीचको भलमा।
अझै त्यो प्राचीन शत्रु हामीलाई कष्ट दिन खोज्छ;
   युक्ति र बल त्यसको ठूलो, छ त्यसको क्रूर हतियार
छैन त्यसको बराबरी कोही।

यो संसार शैतानहरूले भरिए पनि, दिन्छ चेतावनी नाश पार्ने,
   डराउँदैनौं, किनकि हामीद्वारा परमेश्वरको इच्छा पूरा गर्नुहुन्छ।
अन्धकारको राजकुमार छ निष्ठूर- डराउँदैनौं हामी त्योसँग;
   त्यसको क्रोध सहन्छौं, किनकि त्यसको विनाश छ निश्चित,
एउटा सानो वचन शब्द त्योमाथि खस्यो।

त्यो वचन सांसारिक शक्तिहरूभन्दा माथि- छैन धन्यवाद- सहौं;
   आत्मा र वरदानहरू उहाँद्वारा हाम्रो, जो हाम्रो साथमा छन्।
जाऊन् सामानहरू र आफन्त, यो मरणशील जीवन पनि;
   मार्लान् तिनीहरूले शरीरः परमेश्वरका सत्यता अझै रहन्छ,
उहाँको राज्य छ सदासर्वदा।
      ('अ माइटी फोट्रेस इज आवर गड,' मार्टिन लुथरद्वारा रचित, १४८३-१५४६)

पास्टर जोन, कृपया हामीलाई प्रार्थनामा अगुवाइ गर्नुहोस् र भोजनका निम्ति धन्यवाद दिनुहोस्।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
('अ माइटी फोट्रेस इज आवर गड,' मार्टिन लुथरद्वारा रचित, १४८३-१५४६)