Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




चेलापनका निम्ति बोलावट

THE CALL TO DISCIPLESHIP
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

१ जुलाई, २०१८, आइतबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord's Day Evening, July 1, 2018

‘तब उहाँले सबैलाई भन्नुभयो, ‘कोही मपछि आउने इच्छा गर्छ भने त्यसले आफूलाई इन्कार गरोस्, र दिनहुँ आफ्नो क्रूस बोकेर मेरो पछि लागोस्। किनकि जसले आफ्नो प्राण बचाउने इच्छा गर्छ, त्यसले त्यो गुमाउनेछ। तर जसले मेरो खातिर आफ्नो प्राण गुमाउँछ, त्यसले त्यो बचाउनेछ।’ (लूका ९:२३,२४)


ख्रीष्टले यो कसलाई भन्नुभएको थियो? उहाँले यो त्यहाँ उपस्थित बाह्र चेलालाई भन्नुभएको थियो। तर मर्कूस ८:३४ को त्यस्तै पदमा उहाँले यो सबै जनालाई भन्नुभयो।

‘उहाँले आफ्ना चेलाहरूका साथमा भीडलाई आफूकहाँ बोलाएर तिनीहरूलाई भन्नुभयो, ‘कोही मानिस मपछि लाग्ने इच्छा गर्दछ भने त्यसले आफूलाई इन्कार गरोस्, र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्।’ (मर्कूस ८:३४)

यसैले यो स्पष्ट छ कि, येशूले यो कुरा ती बाह्र जनाबाहेक भविष्यमा बन्ने उहाँका सबै चेलालाई भन्नुभएको हो। येशूको चेला बन्नका निम्ति तपाईंहरू सबैले आफैलाई इन्कार गर्नुपर्छ, आफ्नो क्रूस उठाउनुपर्छ र उहाँको पछि लाग्नुपर्छ। यदि त्यसो गर्नुहुन्न भने तपाईं एक साँचो ख्रीष्टियन बन्न सक्नुहुन्न- एक कमजोर नव सुसमाचारवादी, नाम मात्रको ख्रीष्टियन बन्नुहुनेछ। येशू भन्नुहुन्छ, ‘के तिमी मेरो चेला बन्न चाहन्छौ?’ त्यसो हो भने तिमीहरूले आफैलाई इन्कार गर्नैपर्छ, अनि तिम्रो क्रूस उठाएर मेरो पछि लाग्नुपर्छ।’

यदि तपाईंले त्यसो गर्न चाहनुभएन भने के हुन्छ? यो खण्डले स्पष्ट भन्छ। पद २४ पढ्नुहोस्,

‘जसले आफ्नो प्राण बचाउने इच्छा गर्छ, त्यसले त्यो गुमाउनेछ। तर जसले मेरो खातिर आफ्नो प्राण गुमाउँछ, त्यसले त्यो बचाउनेछ।’ (लूका ९:२४)

हाम्रो मण्डलीमा दुइ किसिमका मानिसहरू आउने गर्छन्। म तिनीहरूलाई ‘लिनेहरू’ र ‘दिनेहरू’ भन्छु। ‘लिनेहरू’ ती हुन्, जो मण्डलीबाट केही ‘पाउन’ का निम्ति आउँछन्। ‘दिनेहरू’ ती हुन्, जसले ख्रीष्टको चेला बन्नका निम्ति आफैलाई दिन्छन्। तपाईं स्वार्थी मानिसहरूद्वारा सयौं कुर्सीहरू भर्न सक्नुहुन्छ। त्यसले के गर्छ? यदि त्यस्तै मानिसहरू भए भने यो मण्डललाई मार्छ। तिनीहरू आइतबार बेलुकीको सेवामा पनि आउँदैनन्! तिनीहरू सुसमाचारवादी ‘लिनेहरू’ हुन्। अनि सधैं लिने मात्र गर्नेहरूले मण्डलीलाई लुट्छन्, तिनीहरूले मण्डलीलाई कहिल्यै सहायता गर्दैनन्। तिनीहरू कहिल्यै पनि ख्रीष्टका चेलाहरू बन्दैनन्! तिनीहरूले मण्डलीलाई नाश पार्छ। तपाईं त्यस्ता स्वार्थी मानिसहरूलाई यहाँ ल्याउने साहस नगर्नुहोला! ‘धेरै हुनुभन्दा थोरै नै राम्रो हो।’

‘जसले आफ्नो प्राण बचाउने इच्छा गर्छ, त्यसले त्यो गुमाउनेछ। तर जसले मेरो खातिर आफ्नो प्राण गुमाउँछ, त्यसले त्यो बचाउनेछ।’ (लूका ९:२४)

कसैले भन्ला, ‘दिनु पर्ने कुरा धेरै छ- गुमाउनु पर्ने कुरा धेरै छ।’ यसैकारण उसले त्यसरी नै सबै कुरा गुमाउनेछ, ऊ नरक जान्छ। येशूमा विश्वास गर्नका निम्ति तपाईंले अरू कुनै थोकमा भरोस राख्नुहुँदैन। यदि तपाईं येशूबाहेक कुनै कुरामा विश्वास गर्नुहुन्छ भने तपाईं सबै कुरा गुमाउनुहुनेछ।

‘जसले आफ्नो प्राण बचाउने इच्छा गर्छ, त्यसले त्यो गुमाउनेछ। तर जसले मेरो खातिर आफ्नो प्राण गुमाउँछ, त्यसले त्यो बचाउनेछ।’ (लूका ९:२४)

जब म सत्र वर्षको थिएँ, मैले ‘प्रचार गर्नका निम्ति आफ्नो जीवन समर्पण’ गरेँ। मलाई पुरानो समयको शब्द ‘प्रचार गर्न समर्पण’ नै मन पर्छ, यो शब्द म अहिले त्यत्ति सुन्दिनँ। तर यो शब्द सधैंझैं अहिले पनि उत्तिकै सत्य छ। एक साँचो प्रचारकले प्रचार गर्नका निम्ति ‘समर्पण’ गर्नुपर्छ। त्यसो गर्नु सजिलो छैन भनी उसले जान्दछ। उसले धेरै पैसा कमाउँदैन भनी जान्दछ। उसले संसारबाट प्रशंसा पाउँदैन भनी जान्दछ। उसले भोग्न पर्ने कठिनाइ र दुःखको बारेमा केही जानेको हुन्छ। उत्तम प्रचारकले यी कुराहरू जानेको हुन्छ। उनीहरूले वर्षौंसम्म स्कुलमा पढ्नुपर्छ भन्ने पनि जान्दछ- त्यस्तो काम गर्न जहाँ धेरै पैसा दिइँदैन- एउटा यस्तो काम, जसलाई हराएको संसारले व्यर्थ ठान्छ, एउटा यस्तो काम जसका निम्ति उसको गिल्ला गरिन्छ र संसारका धेरै मानिसले उसको विरुद्ध लडाइँ गर्दछन्।

सत्र वर्ष पुगेपछि मैले ती धेरै कुराहरू जानेँ। मैले रात्रिको कलेजबाट शिक्षा पूरा गर्नका निम्ति मलाई आठ वर्ष लाग्यो (दिनमा आठ घन्टा काम गर्थेँ र राति कलेज पढ्न जान्थेँ)। मेरो कलेजको खर्च पूरा गर्न म दिनको १६ घन्टा, हप्ताको सात दिन काम गर्थेँ। स्नात्तकोत्तर उपाधि हासिल गर्न मलाई अझ तीन वर्ष लाग्यो, त्यो सेमिनरीलाई म घृणा गर्दथेँ। यस्तो मण्डली खडा गर्न मलाई अझ चालीस वर्ष लाग्यो। के म यी सब फेरि गर्नेछु? अवश्य गर्नेछु। यसमा कुनै शंका छैन।

म किन त्यसो गर्नतिर लागेँ? किनकि मैले प्रचार गर्न आफ्नो जीवन समर्पण गरेको थिएँ। कारण त्यत्ति नै थियो। यदि म फेरि १७ वर्षको भएँ भने के म त्यो गर्नेछु? अवश्य गर्नेछु! यसमा कुनै शंका छैन। मैले थाहा पाएको छु, त्यसो गर्नुमा- धर्मत्याग भइरहेको यस्तो समयमा परमेश्वरद्वारा बोलाइएको प्रचारक हुनुमा एउटा ठूलो सन्तुष्टता हुन्छ! यदि मैले अमेरिकाका राष्ट्रपतिदेखि लिएर एकाडेमी पुरस्कार पाउने अभिनेतासम्मको कुनै सांसारिक जागिर चुन्नु परेको भए पनि म निसंकोच यो मण्डलीको पास्टर हुनु नै चुन्नेथिएँ। परमेश्वर जान्नुहुन्छ, मैले तपाईंहरूलाई साँचो कुरा भनिरहेको छु। मेरो छोरा रोबर्टले पनि यो कुरा जान्दछ।

ती महान् ख्रीष्टियनहरूलाई हेर्नुहोस्, जो हाम्रो मण्डली विभाजन हुँदा हामीसँगै रहे। उनीहरूले यो मण्डलीलाई बचाए। हामी उनीहरूलाई ‘ती उन्चालीस जना’ भन्ने गर्छौं। उनीहरूका सबै मित्रहरू गए। मण्डली त्यसरी विभाजन हुँदा उनीहरूले आफ्ना सबै मित्रहरू गुमाए। के तपाईं त्यो सजिलो छ भनी सोच्नुहुन्छ? तपाईं सबै जवानहरूलगायत मैले चिनेको अरू कुनै पनि ख्रीष्टियनहरूले भन्दा उनीहरूले कठोर परिश्रम गरे। उनीहरूले दशांशबाहेक पनि अरू हजारौं डलर दिए। यो मण्डलीलाई बचाउन उनीहरू प्रत्येक सेवामा आए अनि राति अबेरसम्म काम गरे। धेरै जनालाई उनीहरूका आफ्नै छोराछोरीले अस्वीकार गरे, अनि संसारमा फर्केर गए। येशूका निम्ति यो मण्डलीलाई बचाउन उनीहरूले ठूलो हानि सहे।

उनीहरूलाई सोध्नुहोस् त, कहीँ येशूका निम्ति आफ्नो सबै कुरा दिएकोमा उनीहरूलाई पछितो छ कि! उनीहरूलाई सोध्नुहोस्! अवश्य सोध्नुहोस्! येशू ख्रीष्टका निम्ति यो मण्डलीलाई बचाउन उनीहरूमध्ये धेरै जनाले आफ्नो जीवनलाई समस्यामा पारे। उनीहरूलाई सोध्नुहोस्, कहीं उनीहरूले गल्ती गरे कि! उनीहरूले फेरि त्यसो गर्ने छन् कि सोध्नुहोस्! गएर उनीहरूलाई सोध्नुहोस्!

श्री प्रुद्योमेलाई सोध्नुहोस्। तिनले पौडिने पोखरीसहितको एउटा घर गुमाउन पऱ्यो। उनकी पत्नीले त्यो लिई। पत्नीले रातभरि उनलाई गाली गरिन्। उनले आफू नरकमा परेकोजस्तो अनुभव गरे। पत्नीले उनको जीवन नाश पारिदिई! तपाईंलाई थाहा छ ऊ को थिई? के श्री प्रुद्योमेले गल्ती गरे? सबै कुरा गुमाउनु परेकोमा के उनलाई पछितो छ? येशूको पछि लाग्नका निम्ति त्यसरी आफैलाई इन्कार गरी आफ्नो क्रूस उठाएको कुरा सम्झेर उनी दुःखी छन्? छैनन्, उनी दुःखी छैनन्! म यो कुरा भन्नेछु भनी मैले उनलाई भनेको थिइनँ। उनले आफ्नो भित्रिय आत्मामा यो वचन जान्दछन्, ‘जसले मेरो खातिर आफ्नो प्राण गुमाउँछ, त्यसले त्यो बचाउनेछ’ (लूका ९:२४)। श्रीमती सालाजारलाई सोध्नुहोस्! गएर उनलाई सोध्नुहोस्! उनका पति मरिसकेका छन्! उनका छोराछोरी घरबाट गइसकेका छन्। उनलाई सोध्नुहोस्, आफ्नो क्रूस उठाएर येशूको पछि लागेकोमा तिनलाई दुःख लागेको छ कि? मैले उनको यो कुरा भन्न सक्छु कि भनी उनलाई सोधेको थिइनँ। मैले उनलाई सायद सोध्नु पर्दैन। म जान्दछु, उनले घरीघरी त्यसै गर्नेछिन्। उनले जान्दछिन् कि, ‘जसले मेरो खातिर आफ्नो प्राण गुमाउँछ, त्यसले त्यो बचाउनेछ।’ श्रीमती हिमर्सलाई सोध्नुहोस्। उनले मसँग विवाह गरेर केही पनि पाइन। हामीसँग केही पनि थिएन। हामी एउटा कोठामा बस्थ्यौं। मेच-कुर्सी केही पनि थिएन। टेलिभिजन थिएन। हामी भूइँमा बसेर कसैले हामीलाई दिएको पिंजराको सुगा हेर्थ्यौं। मेरो तनखा थोरै थियो। सबैले हामीमाथि आक्रमण गर्थे। ऊ मसित बस्न परेको थियो, अनि मचाहिँ एकपछि अर्को गर्दै मण्डली विभाजन हुँदा भित्रभित्रै निराश भएको थिएँ। आज राति हाम्रो जुन यो भव्य मण्डली छ, त्यस्तो प्राप्त गर्नका निम्ति कुनै पनि जवान केटीले मेरी सानी पत्नीले भोगेकोजस्तो दुःख भोग्नुहुँदैन। उनलाई सोध्नुहोस्, कतै उनले गल्ती गरिन् कि! उनले फेरि त्यसो गर्नेछन् कि सोध्नुहोस्। मैले यो कुरा उनलाई सोधेर भनेको होइनँ। म जान्दछु, येशूका निम्ति उनी फेरि यस्तो दुःख झेल्न तयार छिन्। श्री लिलाई सोध्नुहोस्। उनका आमाबुबा सधैंभरिका निम्ति उनका विरोधी बने, किनकि उनले आफ्नो क्रूस उठाएर येशूको पछि लागे। येशूको पछि लाग्न आफ्नो जीवनलाई कष्टमा पारेर उनले गल्ती गरे कि सो सोध्नुहोस्। म जान्दछु, उनले कुनै गनगन वा गुनासो नगरी फेरि त्यसै गर्नेछन्। श्री सातसुकासालाई सोध्नुहोस्। उनी पुलिसको जागिरमा जान सक्थे। उनीहरूले तिनलाई लिन चाहेका थिए। तर त्यो काम गर्दा तिनले यो मण्डलीलाई कुनै सहायता गर्न नसक्ने भएकोले तिनले यो मण्डलीलाई बचाउन पुलिसको असल जागिर छोडिदिए। मलाई सम्झना छ, ‘ती उन्चालीस जना’ मध्ये एक हुनका निम्ति तिनले आफ्नो क्रूस उठाए र आफैलाई इन्कार गरे। प्रिय दाजुभाइ, दिदीबहिनीहरू, परमेश्वरले तपाईंहरूलाई आशिष् देऊन्! तपाईंले जे गर्नुभयो त्यो म कहिल्यै भुल्दिनँ- न त परमेश्वरले नै भुल्नुहुनेछ! जोन शमूएल केगन तपाईंहरूको उदाहरणको कारण बचाइए। तपाईंहरूले धेरै कुरा दिनुभयो, तर तपाईंहरूले हाम्रो मण्डलीको भावी पास्टर पाउनुभयो। अनि ख्रीष्टको दोस्रो आगमनमा ‘लिने’ होइन, तर ‘दिने’ व्यक्ति बन्दा पाइने आनन्दको बारेमा जान्नुहुनेछ। जिम इल्लियट मूर्तिपूजक जातिहरूलाई सुसमाचार सुनाउने कोसिस गर्दा मारिएर सहिद बनेका थिए। अनि जिम इल्लियटले भने,

‘कहिल्यै गुमाउन नपर्ने थोकका निम्ति आफूले राख्न नसक्ने थोक दिने व्यक्ति मूर्ख होइन।’

आमिन।

हाम्रो मण्डलीको एक जना जवानले डा. केगनलाई भन्यो, ‘अहिले म एक पेशेवार व्यक्ति हुँ। म मण्डलीमा दुइ घन्टाभन्दा बढी अतिरिक्त काम गर्न सक्दिनँ।’ डा. केगनले भने, ‘डा. चानको बारेमा के सोच्नुहुन्छ? उनी मेडिकल डाक्टर हुन्। उनी पनि पेशेवार व्यक्ति हुन्। उनले मण्डलीमा धेरै घन्टा अतिरिक्त काम गर्नुहुन्छ- अनि कलेजहरूमा सुसमाचार प्रचार गर्न पनि अरू कसैले भन्दा धेरै समय दिनुहुन्छ।’ हो, डा. चानलाई हेर्नुहोस्! येशूले भन्नुभएको यो कुरा सत्य हो भनी उनी जान्दछन्, ‘कोही मपछि आउने इच्छा गर्छ भने त्यसले आफूलाई इन्कार गरोस्, र दिनहुँ आफ्नो क्रूस बोकेर मेरो पछि लागोस्’(लूका ९:२३)। अनि डा. केगनलाई हेर्नुहोस्। मानिसहरूले उनलाई धेरै तनखा, सुरक्षा र सुविधाहरूसहितको जागिर दिने प्रस्ताव राखेका थिए- एक पल्ट होइन, चार पल्टसम्म। उनले ती सबै अस्वीकार गरे। किन? किनकि उनी लस एन्जलस छोडेर न्यू योर्क शहर वा वसिङटन डी.सी. मा जानुपर्नेथियो। यही मण्डलीमा बस्न र यसलाई विभाजन हुनबाट बचाउनका निम्ति उनले ती प्रस्तावहरू- हजारौं डलरको जागिर अस्वीकार गरे। के उनी मूर्ख थिए? ख्रीष्टका निम्ति शहिद बनेर आफ्नो प्राण दिने जिम इल्लियटले भनेका कुरा सुन्नुहोस्। तिनले भनेका कुरा तपाईंको बाइबलको अगिल्लो भागमा लेख्नुहोस्,

‘कहिल्यै गुमाउन नपर्ने थोकका निम्ति आफूले राख्न नसक्ने थोक दिने व्यक्ति मूर्ख होइन।’ (जिम इल्लियट, ख्रीष्टका निम्ति शहिद)

म अरू पनि धेरै जनाको बारेमा बताउन सक्छु, अनि ‘ती उन्चालीस जना’ क्रूस उठाएका र आत्म-वलिदान गरेका बारेमा बताउन सक्छु- श्री सङ, श्री मेनसिया, श्री ग्रिफिथ- जो उनको केन्सरको शल्यक्रिया गरेपछि शरीरमा नली बोकेर सकीनसकी मण्डलीको सेवा आएका थिए। म तिनको गोरो अनुहार र निधारबाट पसीना बगेको देख्न सक्छु, जो अचेत भएर नलडूँ भनी पुल्पिट अँठ्याएर बस्छन् र गाउँछन्,

सुन वा चाँदीभन्दा भन्दा बरु येशू चाहन्छु,
   अपार सम्पत्तिभन्दा बरु उहाँको हुन्छु;
यो संसारले आज दिन सक्ने
   कुनै पनि थोकभन्दा येशू चाहन्छु,

के श्री ग्रिफिथ मूर्ख थिए?

‘कहिल्यै गुमाउन नपर्ने थोकका निम्ति आफूले राख्न नसक्ने थोक दिने व्यक्ति मूर्ख होइन।’

म ‘ती उन्चालीस जना’ मा पर्ने प्रत्येक स्त्रीहरूका नाउँ पनि बताउन सक्छु, प्रत्येक पुरुषको नाउँ पनि बताउन सक्छु- जसले आफैलाई इन्कार गरे अनि येशूको पछि लाग्न दिनहुँ आफैलाई इन्कार गरे, अनि प्रभु येशू ख्रीष्टका निम्ति एउटा जिउँदो मण्डली बनाए।

हामीले यो भवनको बन्धकी-पत्र जलायौं, म तपाईं जवानहरूलाई यस विषयमा विचार गर्नुहोस् भनी भन्दछु। हामी चाँडै संसारबाट बिदा हुनेछौं। बाजा बजाउने श्रीमती रूपको स्थान कसले लिन्छ? ढोकामा सुरक्षाका निम्ति खडा रहने श्री रूपको स्थान कसले लिन्छ? तपाईंहरूमध्ये कस-कसले दिन-दिनै, एक रातपछि अर्को रात त्यो स्थान लिनुहुन्छ- तपाईंहरूमध्ये कस-कसले आफैलाई इन्कार गरेर रिचर्ड र रोनाल्ड ब्लान्डिनको स्थान लिनुहुनेछ? कुनै सांसारिक इनाम नपाए पनि तपाईंहरूमध्ये कस-कसले उनीहरूको मृत्युपछि एक घन्टापछि अर्को घन्टा, एक दिनपछि अर्को दिन उनीहरूका स्थान लिनुहुनेछ? हामी जो ‘उन्चालीस जना’ छौं, चाँडै संसारबाट बिदा हुनेछौं, विचार नगर्ने जवानहरूले सोचेकाभन्दा चाँडै बिदा हुनेछौं। भान्साकोठामा श्रीमती कुकको स्थान कसले लिनेछ? विल्ली डिक्सनको स्थान कसले लिनेछ? तपाईंहरू त्यहाँ उनले तयार पारेका भोजन खानुहुन्छ, जो अब असी वर्षका भएका छन्। ती प्रिय वृद्धको स्थान लिने म कोही देख्दिनँ! उनले के गर्छन् भन्ने तपाईंलाई थाहा पनि छ के? उनले तपाईंहरूलाई भोजन खुवाउन आफ्नो समय, हप्तामा धेरै घन्टा दिन्छन्, के उनी मूर्ख हुन्? के उनी मूर्ख हुन्?

‘कहिल्यै गुमाउन नपर्ने थोकका निम्ति आफूले राख्न नसक्ने थोक दिने व्यक्ति मूर्ख होइन।’

यो मण्डली आउने तीस वा चालीस वर्षसम्म बलियो भएर बढ्दैजाओस् भनेर तपाईंहरूमध्ये कति जनाले आफ्नो सबै कुरा बलिदान गर्नुहुनेछ? डा. केगन सधैं रहँदैनन्। उनको स्थान कसले लिनेछ? डा. चान रहँदैनन्। उनको स्थान कसले लिनेछ? तपाईंहरूमध्ये धेरैले श्री डिक्सन वा रिक वा रोन ब्लान्डिनको स्थान लिन सक्नुहुन्न! तपाईं उनीहरू महत्त्वपूर्ण छैनन् भनी सोच्नुहुन्छ होला, तर तपाईंहरू उनीहरूको स्थान लिन सक्नुहुन्न! त्यसका निम्ति आफैलाई बलिदान गर्नुपर्छ। त्यसका निम्ति क्रूस बोक्नुपर्छ। येशूले भन्नुभयो,

‘कोही मपछि आउने इच्छा गर्छ भने त्यसले आफूलाई इन्कार गरोस्, र दिनहुँ आफ्नो क्रूस बोकेर मेरो पछि लागोस्। किनकि जसले आफ्नो प्राण बचाउने इच्छा गर्छ, त्यसले त्यो गुमाउनेछ। तर जसले मेरो खातिर आफ्नो प्राण गुमाउँछ, त्यसले त्यो बचाउनेछ।’ (लूका ९:२३,२४)

डा. केगनलाई परमेश्वरले बोलाउनुहुँदा उनले पास्टर रिचर्ड वर्मब्रान्डद्वारा लिखित ख्रीष्टको निम्ति यातना पुस्तक पढिरहेका थिए। उनले पास्टर वर्मब्रान्डलाई प्रेम गर्नु स्वाभाविकै थियो, किनकि उनी पनि पास्टर रिचर्ड वर्मब्रान्डजस्तै एक यहूदी थिए। अनि ‘ख्रीष्टको निम्ति यातना’ पुस्तक पढेपछि उनले त्यस्तै मण्डली खोज्ने इच्छा गरे, जहाँ वर्मब्रान्डले सिकाएकै जस्तो बलिदानका मूल्यहरू छन्। डा. केगनले UCLA को नजिक सड्कमा मैले प्रचार गरिरहेको देखे। उनले मानिसहरू मेरो विरुद्ध कराइरहेका र चीजबिजका झटाराहरू हानिरहेका देखे। डा. केगनले सोचे, ‘यही व्यक्ति हो, जसको प्रचार सुन्न चाहन्छु।’ यसकारण उनले हाम्रो मण्डली कहाँ छ सो पत्ता लगाए अनि आए। अर्को रात डा. केगनले मैले यसो भनेको सुने, ‘तपाईं कुनै कुराका निम्ति उत्तेजित हुनुभएको छ। ख्रीष्टको निम्ति किन उत्तेजित हुनुहुन्न?’

डा. केगन त्यसबेला बीस-पच्चीस वर्षका एक जवान मानिस हुनुहुन्थ्यो। अहो, जवान मानिसमा कस्तो सुन्दर विचार! ‘तपाईं कुनै कुराका निम्ति उत्तेजित हुनुभएको छ।’ अवश्य! ढिलोछिटो सबै जना एक दिन ‘उत्तेजित हुने नै’ छन्! तपाईंका केशहरू झर्न थाल्छन्। अनुहारमा चाउरी पर्न थाल्छ। जीवन कठिन बन्छ। अर्को कुरा तपाईं बूढा हुँदैजानुभएको छ भनी थाहा पाउनुहुन्छ। अनि उत्तेजित बनेर तपाईं मर्नुहुन्छ। ‘तपाईं कुनै कुराका निम्ति उत्तेजित हुनुभएको हुन्छ।’ साँच्चै, तपाईंहरू सबैलाई त्यस्तो हुनेछ। तपाईं उत्तेजित हुनु हुनेछ!

तर त्यसपछि अझ गहिरो विचार- ‘ख्रीष्टको निम्ति किन उत्तेजित हुनुहुन्न?’ सबै युगका सम्पूर्ण महान् ख्रीष्टियनहरूले यस्तै प्रकारले विचार गरे- ‘तपाईं कुनै कुराका निम्ति उत्तेजित हुनु भएको छ। ख्रीष्टको निम्ति किन उत्तेजित बन्नुहुन्न?’ मलाई थाहा छैन, तपाईं हेनरी मार्टिन (१७८१-१८१२) को बारेमा कसरी पढ्नुहुन्छ, र ३१ वर्षको उमेरमा तिनी जसरी ‘उत्तेजित’ बने, त्यस्तो नभई रहन सक्नुहुन्न। तपाईं रोबर्ट मेकचिनी (१८१३-१८४३) को जीवनको बारेमा कसरी पढ्न सक्नुहुन्छ मलाई थाहा छैन, र २९ वर्षको उमेरमा तिनी जसरी ‘उत्तेजित’ बने, त्यस्तो नभई रहन सक्नुहुन्न। तपाईंहरूमध्ये कति जना तिनीहरूका बारेमा पढ्न डराउनुहुन्छ, यहाँसम्म कि विकिपेडियामा उनीहरूको बारेमा हेर्नु पनि हुन्न। के उनीहरूको प्रभाव पर्ला भनी डराउनुभएको हो? हेनरी मार्टिन र रोबर्ट मेकचिनीजस्ता व्यक्तिहरू कहाँ छन्? ग्लेडिस एलवार्डजस्ती महिलाहरू कहाँ छन्? तपाईं बाटो देखाउने एक चेला बन्नुभएन भने हामी जवान मानिसहरूलाई उत्साह दिने मण्डली कहिल्यै पनि बन्न सक्नेछैनौं!

हाम्री आफ्नै श्रीमती कुक एक बूढा मानिससित प्रेममा फसिन्, जो तिनी जन्मनुभन्दा बीस वर्ष अघि मरिसकेका थिए। ती व्यक्ति धनी परिवारका थिए र सबै सम्पत्ति अंशको रूपमा पाएका थिए। तिनी विश्वप्रसिद्ध खेलाडी थिए। अनि तिनी येशूको चेला बने। तिनले होशियारीसाथ र राम्ररी विचार गरेर सबै धन-सम्पत्ति दिए। त्यसपछि तिनी एक मिसनेरी बनेर चीन देशको भित्री भागमा गए। अन्यजातिहरूलाई सुसमाचार प्रचार गर्न बोलाइएको कारण तिनी चौध वर्षसम्म आफ्नी पत्नी र सन्तानबाट अलग राखिए। पछिबाट तिनी अफ्रिकाको मध्यभागमा गए र नयाँ मिसन क्षेत्र सुरु गरे। अन्त्यमा तिनी अफ्रिकाको बीच भागमा मरे। तिनको भविष्य र सम्पत्ति सबै गए- ख्रीष्टको निम्ति। तिनको घर र पारिवारिक जीवन पनि गयो। तिनको जीवनको अन्त्यतिर यस अचम्मका बूढा मानिसले भने, ‘मैले प्रभु येशू ख्रीष्टलाई चढाउन सक्ने कुनै पनि बलिदानको बारेमा म जान्दिनँ।’ हाम्री श्रीमती कुक त्यस बूढा मानिसको प्रेममा फसिन्, जो तिनी जन्मनुभन्दा बीस वर्ष अघि नै मरिसकेका थिए। तिनले उनलाई प्रेम गरेकी कुरामा म खुशी छु। यदि तिनले उनलाई प्रेम नगरेकी भए र उनीद्वारा प्रभावित नभएकी भए तिनी पनि अरूजस्तै स्वार्थी, प्रौढ उमेरकी गोरी बन्थिन्, जसले सेन फर्नेन्डो बेंसीमा विशेष नस्लका कुकुरहरू हुर्काइरहेकी हुन्थिन्। तर तिनी सी.टी. स्टुडद्वारा प्रभावित भएकी कारण उनले यहाँ लस एन्जलसको केन्द्रमा तपाईं जवानहरूलाई वास्ता गर्न र खुवाउनका निम्ति सयौं घन्टा खर्च गर्छिन्। केही वर्ष अघि श्रीमती कुकले मेरो निम्ति भित्तामा टाँस्ने एउटा सानो पाता बनाएकी थिइन्, र तिनका नायक चार्ल्स स्टुडका शब्दहरू त्यसमा लेखेकी थिइन्। मेरो अध्ययनको बेला म हरेक दिन त्यो हेर्छु। त्यसले भन्छ,

‘एउटा मात्र जीवन,
   यो चाँडै बितिजानेछ,
जे गरिन्छ ख्रीष्टको निम्ति
   सदा रहिरहन्छ।
      - सी.टी. स्टुड

अनि येशू हामी सबैलाई भन्नुहुन्छ,

‘तब उहाँले सबैलाई भन्नुभयो, ‘कोही मपछि आउने इच्छा गर्छ भने त्यसले आफूलाई इन्कार गरोस्, र दिनहुँ आफ्नो क्रूस बोकेर मेरो पछि लागोस्। किनकि जसले आफ्नो प्राण बचाउने इच्छा गर्छ, त्यसले त्यो गुमाउनेछ। तर जसले मेरो खातिर आफ्नो प्राण गुमाउँछ, त्यसले त्यो बचाउनेछ।’ (लूका ९:२३,२४)

यदि हामी जवान मानिसहरूलाई बचाउन र तिनीहरूलाई येशूको चेला बन्ने तालिम दिन चाहन्छौं भने हामीसँग ख्रीष्टका जवान चेलाहरूले भरिएको मण्डली हुनुपर्छ! कृपया, खडा भएर भजनको पुस्तकको भजन नम्बर २ गाउनुहोस्, ‘तपाईंलाई अझ बढी प्रेम।’

‘तपाईंलाई अझ बढी प्रेम, हे ख्रीष्ट, तपाईंलाई अझ बढी प्रेम!’
   सुन्नुहुन्छ तपाईं प्रार्थना मैले घुँडा टेकी गरेको;
यही मेरो गम्बीर बिन्ती, धेरै प्रेम, हे ख्रीष्ट, तपाईंलाई,
   ‘तपाईंलाई अझ बढी प्रेम, हे ख्रीष्ट, तपाईंलाई अझ बढी प्रेम!’

चाहन्थे एक पल्ट संसारको आनन्द, खोज्थे शान्ति र विश्राम;
   अब खोज्छु तपाईंलाई मात्र, दिन्छु जे छ सर्वोत्तम;
यही हुनेछ मेरो प्रार्थना, धेरै प्रेम, हे ख्रीष्ट, तपाईंलाई,
   ‘तपाईंलाई अझ बढी प्रेम, हे ख्रीष्ट, तपाईंलाई अझ बढी प्रेम!’

अनि मेरो सासले गर्नेछ तपाईंको प्रशंसा;
   यही होस् मेरो अन्तिम पुकार मेरो हृदयबाट निस्कने;
यही अझ पनि प्रार्थना हुनेछ, धेरै प्रेम, हे ख्रीष्ट, तपाईंलाई,
   ‘तपाईंलाई अझ बढी प्रेम, हे ख्रीष्ट, तपाईंलाई अझ बढी प्रेम!’
('मोर लभ टु दि,' एलिजाबेथ पी. प्रेन्टिसद्वारा रचित, १८१८-१८७८)


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
('मोर लभ टु दि,' एलिजाबेथ पी. प्रेन्टिसद्वारा रचित, १८१८-१८७८)