Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




गिदोनको फौज!

GIDEON’S ARMY!
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

२४ जून, २०१८, आइतबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord's Day Evening, June 24, 2018

‘परमप्रभुले गिदोनलाई भन्नुभयो,‘मिद्यानीहरूलाई तिमीहरूका हातमा सुम्पिदिनलाई तँसित भएका मानिसहरू मलाई चाहिएको भन्दा धेरै छन्, नत्रता इस्राएलीहरूले मेरो विरुद्ध घमण्ड गर्नेछन्, र तिनीहरूको आफ्नै शक्तिले यो विजय प्राप्त गरेको हो भनी तिनीहरूले भन्नेछन्।’ (न्यायकर्ता ७:२)


यो एउटा साधारण कथा हो। तापनि अति महत्त्वपूर्ण कथा हो। गिदोन व्यापक रूपमा धर्म-त्याग भइरहेको समयमा जिएका एक जवान मानिस थिए। यस कुरामा हामीले ध्यान दिनुपर्छ, किनकि हामी अहिले अन्तिम दिनको ठूलो धर्म-त्यागको समयमा छौं।

१. पहिलो, त्यो धर्म-त्याग।

इस्राएलका मानिसहरूले परमेश्वरको दृष्टिमा जे खराब थियो त्यही गरे। अनि परमेश्वरले तिनीहरूलाई मिद्यानीहरूको दास बनाएर दण्ड दिनुभयो। मिद्यानीहरू इस्राएलका शत्रु थिए। इस्राएलीहरू ती क्रूर मिद्यानीहरूलाई देखेर पछि हटे। तिनीहरू ती ईश्वरहीन मिद्यानीहरूको डरले ओडारहरूमा लुके। बलिया मिद्यानीहरूले इस्राएलीहरूका अन्न-बालीहरू नष्ट पारिदिए। तिनीहरूका भेडा, गोरु र गधाहरू लुटेर लगे। इस्राएल मिचिएका र आशारहित थिए। त्यसबेला तिनीहरूले परमप्रभुलाई पुकारे।

परमेश्वर गिदोनकहाँ आउनुभयो। तिनी मिद्यानीहरूबाट लुकेर बसेका बेला परमेश्वर तिनीकहाँ आउनुभयो। अनि परमेश्वरले गिदोनलाई भन्नुभयो, ‘तँ वीर मानिस होस्, र परमप्रभु तँसँग हुनुहुन्छ।’ (न्यायकर्ता ६:१२)

म सन फ्रेन्सिस्कोदेखि उत्तरतिरको त्यो बाइबललाई इन्कार गर्ने त्यस सेमिनरीमा जाँदा एक साहसी वीर व्यक्ति थिइनँ। म नम्र र साधारण ब्याप्टिस्ट प्रचारक केटो थिएँ। तर त्यो सेमिनरीमा मैले देखेको कुराले मलाई आधुनिक सुसमाचारवादीहरूप्रति क्रोधित बनायो। तिनीहरू बाइबलका परमेश्वरमा विश्वास गर्दैनथे। तिनीहरू मिद्यानीहरूको अधीनमा थिए- जुनहरूले परमेश्वरलाई अचल बनाउने वस्त्र पहिराउन चाहन्थे- जुनहरू तिनीहरू विचार वा तिनीहरूका जीवन परमेश्वरद्वारा नियन्त्रित होस् भन्ने चाहँदैनथे।

डा. डेभिड एफ. वेल्सले हाम्रो समयको सुसमाचारवादीहरूको भ्रष्टताको विषयमा एउटा महत्त्वपूर्ण पुस्तक लेखेका छन्। त्यसको नाउँ होः नो प्लेस फर त्रुथः अर व्हाटएभर ह्यापेन्ड टु इभान्जलिकल थिअलजी? (इर्डमेन्स, १९९३)। डा. वेल्स एक रिसाह व्यक्ति हुन्। उनी भन्छन्, ‘सुसमाचारवादी जगतले आफ्नो मौलिकता हराएको छ’ (पृष्ठ २९५)। सुसमाचारवादी मण्डलीहरूले जवानहरूलाई साँचो ख्रीष्टियन बन्ने प्रेरणा दिँदैनन्। उनीहरू कोमल, कमजोर र स्वार्थी हुन्छन्- मानिसहरूले उनीहरूका बारेमा के सोच्लान् भन्ने सोचेर बोल्दैनन्। सुसमाचारवादी संस्थाहरू ती कुनै पनि मानिसहरूसँग झगडा गर्छन्, जो आज मण्डलीहरू सुधार र जिउँदो भएका देख्न चाहन्छन्। डा. वेल्सले भने, ‘सुसमाचारवादी संसारको प्रबल शक्ति सम्झौता हो, अनि यो चाँडै एकलै विरोधको कारण दबिन्छ’ (पृष्ठ २९५)।

मैले जुन सेमिनरीमा अध्ययन गरेँ, त्यहाँ मलाई उनीहरूले आफ्नो विश्वासमा तान्ने ठूलो कोसिस गरे। यदि मैले बाइबलको पक्षमा बोलिरहेँ भने म साउदर्न ब्याप्टिस्ट चर्चमा कहिल्यै पनि प्रवेश गर्न सक्दिनँ भनी भने। मैले उनीहरूलाई भने, ‘यदि त्यस्तो मूल्य चुकाउनुपर्छ भने म त्यस्तो मण्डलीमा जान चाहन्नँ।’

मेरो अडानमा बस्दा मैले सबै कुरा गुमाएँ। मैले के गुमाउनु पऱ्यो? मेरो निम्ति अघिबाटै महत्त्वपूर्ण रहेका सबै कुरा मैले गुमाएँ। साउदर्न ब्याप्टिस्टसँग मैले चाहेको कुनै पनि कुरा थिएन। मैले त्यो सम्प्रदायलाई घृणा गरेँ। मैले त्यो सेमिनरीलाई घृणा गरेँ। मेरो मण्डलीले मलाई समर्थन नगर्दा मैले त्यसलाई घृणा गरेँ। मेरो जीवनलाई घृणा गरेँ। येशू र बाइबलबाहेक अरू सबै थोकलाई मैले घृणा गरेँ। म राति एकलै हिँड्थेँ। म हिँडिरहनुपर्थ्यो नत्र त म आफ्नो होश नै हराउनेछु जस्तो लागेको थियो।

एक रात म सुत्ने कोठामा सुत्न गएँ। परमेश्वर आफैले मलाई बिउँझाउनुभयो। त्यो कोठा शान्त थियो। कुनै आवाज थिएन। म रातको समयमा बाहिर निस्किएँ। सेमिनरी बाहिरको डाँडामा उभिरहँदा समुद्रको पानीमा सन फ्रेन्सिस्का बत्तीहरू टल्केका म दख्न सक्थेँ। मेरो केश र लुगा बतासमा उडिरहेको थियो। मेरो हड्डीसमेत चिसिएको थियो। अनि त्यो बतासमा परमेश्वरले मलाई भन्नुभयो, ‘तिमी यो रात कहिल्यै भुल्नेछैनौं। अब तिमी मलाई प्रसन्न तुल्याउनका निम्ति मात्र प्रचार गर्नेछौ। अब तिमी निडर हुन सिक्नेछौ। अब तिमी मेरो निम्ति मात्र बोल्नेछौ। म तिम्रो साथमा हुनेछु।’

अहिले म जान्दछु, त्यो मलाई दिइएको प्रचार गर्ने बोलावट थियो। त्योभन्दा अघि म एक स्वयम् सेवक थिएँ। अब म परमेश्वरले बोलाउनुभएको प्रचारक बनेँ। म विश्वास गर्छु, प्रत्येक साहसी प्रचारक परमेश्वरले उसलाई सत्य बोल्नका निम्ति भरोसा गर्नुभन्दा अघि यस्तै संकटको समयबाट भएर जानुपर्छ। त्यसमा कुनै आवेग थिएन। यो यति मात्र थियो, ‘यदि तिमीले यो भनेनौ भने अरू कसैले पनि भन्नेछैन, र यो कुरा भन्नै पर्छ- अनि अरूहरू यो कुरा भन्न डराएका छन्, यसैले यदि तिमीले भन्दैनौ भने अरू कसैले पनि भन्नेछैन, वा भने पनि राम्रोसँगले भन्नेछैनन्।’ मैले यो विचार सधैं मेरो मनमा राखेर अगि बढेँ। डा. ए. जे. टोजरले ‘द गिफ्ट अफ प्रफेटिक इनसाइट’ नामक एउटा लेखमा यसो भनेका छन्ः ‘उसले परमेश्वरको नाउँमा खण्डन, निन्दा र विरोध गर्नेछ र ख्रीष्टियन जगतका धेरै जनाबाट घृणा र विरोधको सामना गर्नेछ। तर ऊ मरणशील जीवनको सास फेर्ने कोहीसँग पनि डराउँदैन।’ सायद त्यसैले होला डा. बब जोनेस तेस्रोले म ‘व्यवहार र जोशमा पुरानो करारको अगमवक्ताजस्तो छु’ भनेका थिए। यी सबै विषयमा अरू जानकारी पाउनका निम्ति मेरो आत्मकथा ‘अगेन्स्ट अल फेयर्स’ पढ्नुहोस्।

त्यो मध्यरात परमेश्वरसितको अनुभवले मलाई गिदोनजस्तो व्यक्तिको बारेमा बुझ्न सहायता गऱ्यो। परमेश्वरले तिनलाई भन्नुभयो, ‘तँ वीर मानिस होस्, र परमप्रभु तँसँग हुनुहुन्छ।’ निश्चय म गिदोन त होइन, तापनि कम्ती पनि अहिले म तिनलाई बुझ्दछु। गिदोनले भने, ‘परमप्रभुले हामीलाई त्याग्नुभएको छ, र हामीलाई मिद्यानीहरूको हातमा सुम्पिदिनुभएको छ’ (न्यायकर्ता ६:१३)।

गिदोनले त्यो काम गर्न आफैलाई अयोग्य र अक्षम ठाने। मोशाजस्तै गिदोनले पनि बहानाहरू बनाए। मेरा मित्र हो, हामी अन्तिम दिनहरूको ठूलो धर्म-त्यागको समयमा छौं। हामी झूटो धर्म र नव सुसमाचारवादीरूपी मिद्यानीहरूको विरोध लडाइँ गर्न आफूलाई अयोग्य र अक्षम ठान्छौं। यो धर्म-त्याग अति गहिरो छ। सुसमाचारवादी मिद्यनीहरूको शक्ति धेरै ठूलो छ। बाइबल र बाइबलका परमेश्वरलाई यी धर्म-त्याग्नेहरूबाट बचाउन हामी केही पनि गर्न सक्दैनौं।

२. दोस्रो, बाइबलका परमेश्वर अझै पनि जीवित हुनुहुन्छ!

परमेश्वरले भन्नुभयो, ‘म परमप्रभु कहिल्यै परिवर्तित हुँदिनँ’ (मलाकी ३:६)! त्यसपछि परमेश्वरका आत्मा गिदोनमाथि आउनुभयो। तिनले सन्देशबाहकहरू पठाए, जसले मिद्यानीहरूको विरुद्ध लडाइँ गर्न इस्राएलीहरूको भीड जमा गरे।

‘यरूब-बाल, जो गिदोन हुन्, र तिनीसँग भएका सबै मानिसहरू बिहान सबेरै उठे, र हरोदको मूलमा छाउनी हाले। मिद्यानीहरूले चाहिँ मोरेका डाँडाको उत्तरपट्टिको बेंसीमा छाउनी हाले। ‘परमप्रभुले गिदोनलाई भन्नुभयो,‘मिद्यानीहरूलाई तिमीहरूका हातमा सुम्पिदिनलाई तँसित भएका मानिसहरू मलाई चाहिएको भन्दा धेरै छन्, नत्रता इस्राएलीहरूले मेरो विरुद्ध घमण्ड गर्नेछन्, र तिनीहरूको आफ्नै शक्तिले यो विजय प्राप्त गरेको हो भनी तिनीहरूले भन्नेछन्। अब सबै मानिसहरूले सुन्ने गरी एउटा उर्दी गर्, कि यहाँ कोही डरले काँप्नेहरू छन् भने ती गिलाद डाँडादेखि नै तुरुन्तै आफ्ना घरमा गइहालून्। यसरी बाईस हजार जना फर्किए, र दश हजार बाँकी रहे।’ (न्यायकर्ता ७:१-३)

परमेश्वरले गिदोनलाई भन्नुभयो, ‘तँसित भएका मानिसहरू मलाई चाहिएको भन्दा धेरै छन्।’ गएर यसो भन्, ‘जो डरले काँप्नेहरू छन् छन्, तिनीहरू यहाँबाट जाऊ।’ (न्यायकर्ता ७:३)

त्यहाँबाट बाईस हजार फर्किए। गिदोनसँग दश हजार रह्यो। हामीलाई त्यस्तै भएको छ। हाम्रो मण्डली लि कन्टी जुनियर हाई स्कुलमा भेला हुँदा हामीसँग १,१०० मानिस थिए। तर तिनीहरूमध्ये धेरै जना येशूका निम्ति आफ्नो जीवन जोखिममा हाल्न डराउँथे। अरूहरू ‘मोजमज्जा’ वा यौन वा लागु औषधीको खोजमा हाम्रो मण्डली छोडेर गए। अनि बाँकी रहेकाहरूको वर्णन येशूले बीउ छर्नेको उखानमा गर्नुभएको छ। लूका ८:१०-१५ मा यो दृष्टान्त वर्णन गरिएको छ। पहिलो किसिमका मानिसहरू ती हुन् जसले परमेश्वरको वचन सुन्छन्, अनि शैतान आउँछ र ‘तिनीहरूले विश्वास नगरून् र नबाँचून्’ (लूका ८:१२) भनी तिनीहरूका हृदयबाट त्यो वचन लगिहाल्छ। हामी हरेक हप्ता त्यस्तो भएको देख्छौं। मानिसहरू मण्डली भवनभित्र आउँछन्, अनि वचन सुन्नुको साटो तिनीहरूका आइप्याड हेर्न थाल्छन्। वा आफ्ना आँखाहरू बन्द गरेर अरू नै कुराहरू सोच्न थाल्छन्। परमेश्वरको वचनले तिनीहरूलाई कुनै फाइदा गर्दैन, किनकि तिनीहरू शैतानलाई आफ्ना हृदयबाट वचन खोसेर लैजान दिन्छन्।

दोस्रो किसिमका मानिसहरू ती हुन्, जसले खुशीसाथ वचन सुन्छन्। तर तिनीहरूले ख्रीष्टमा जरा गाडेका हुँदैनन्। यसैले तिनीहरू केही समयसम्म मात्र विश्वास गर्छन्। तर परीक्षा आउँदा तिनीहरू पतन हुन्छन्।

तेस्रो किसिमका मानिसहरू वचन सुन्छन् र आफ्नो बाटो लाग्छन्। अनि तिनीहरू जीवनका फिक्री, धन-सम्पत्ति र सुखविलासले गर्दा निस्सासिन्छन्, अनि ‘सिद्धताको फल फलाउँदैनन्।’ डा. जे. भर्नोन मेकजीले यी तीन प्रकारका मानिसहरूको जीवन परिवर्तन भएकै हुँदैन भनी ठीकै भनेका छन्। तिनीहरू विगतमा हाम्रो मण्डली छोडेर जाने मानिसहरूजस्ता हुन्। तिनीहरूका जीवनले तिनीहरूमध्ये कोही पनि परिवर्तन भएको छैन भन्ने देखाउँछ। तिनीहरू संगति गर्न र मण्डलीमा रमाइलो गर्नका निम्ति मात्र आएका थिए। अनि जब परीक्षा आयो तिनीहरू छाडेर गए, किनकि तिनीहरूले कहिल्यै पनि पश्चात्ताप गरेनन् र तिनीहरूको नयाँ जन्म भएको थिएन। तिनीहरू ती बाईस हजार मानिसजस्ता हुन्, जो गिदोनलाई सहायता गर्न आएका थिए, तर त्यसमा लागिरहन परमेश्वरका सिपाहीहरू बन्न डराए! क्रूसका सिपाहीहरू बन्न डराए!

‘परमप्रभुले गिदोनलाई भन्नुभयो, ‘मिद्यानीहरूलाई तिमीहरूका हातमा सुम्पिदिनलाई तँसित भएका मानिसहरू मलाई चाहिएको भन्दा धेरै छन्, नत्रता इस्राएलीहरूले मेरो विरुद्ध घमण्ड गर्नेछन्, र तिनीहरूको आफ्नै शक्तिले यो विजय प्राप्त गरेको हो भनी तिनीहरूले भन्नेछन्।’ (न्यायकर्ता ७:२)

तर अझै पनि मानिसहरूको संख्या धेरै थियो। परमेश्वरले गिदोनलाई भन्नुभयो, ‘अझै पनि मानिसहरू धेरै छन्। तिनीहरूलाई तल खोलामा लैजा, र म तेरो निम्ति तिनीहरूबाट अलग गर्नेछु’ (न्यायकर्ता ७:४)। त्यहाँ ‘मोरेका डाँडाको बेंसीमा’ धेरै गर्मी थियो (न्यायकर्ता ७:१)। इस्राएलीहरू धेरै तिर्खाएका थिए। गिदोनका धेरै जना मानिसहरू पानी पिउन खोलामा ओर्लिए, आफ्नो हात मुखमा लगी घुँडा टेकेर पानी पिए। ‘पानी चाटेर पिउनेको संख्या तीन सय भयो’ (न्यायकर्ता ७:६)। तिनीहरूमध्ये धेरै जनाले चाटेर पानी पिए, किनकि तिनीहरू धेरै तिर्खाएका थिए। तर तीन सय जनाले अञ्जुलीमा पानी उठाएर पिए। तिनीहरू आफ्नो टाउको सीधा राख्नुपर्छ भनी जान्दथे, किनकि तिनीहरू मिद्यानीहरूप्रति सतर्क रहनुपर्थ्यो।

‘परमप्रभुले गिदोनलाई भन्नुभयो, ‘यी तीन सय जना जसले चाटेर पानी पिए यिनैद्वारा म तिमीहरूलाई बचाउनेछु, र मिद्यानीहरूलाई तेरो हातमा सुम्पिदिनेछु। बाँकी सबै आ-आफ्ना ठाउँमा जाऊन्।’ (न्यायकर्ता ७:७)

आज राति हामी गिदोनका तिनै तीन सय मानिसहरूको बारेमा चर्चा गर्नेछौं। मिद्यानीहरू त्यहाँ बेंसीमा थिए, तिनीहरू, ‘सलहजस्तै बाक्लै बेंसीमा बसेका थिए। ऊँटहरूको त गन्ती नै थिएन। तिनीहरू संख्यामा समुद्रका बालुवाका कणसरह थिए’ (न्यायकर्ता ७:१२)। त्यो रात परमेश्वरले मिद्यानीहरूको शक्तिशाली फौजलाई गिदोनका तीन सय मानिसको हातमा दिनुभयो। मिद्यानीहरू आफ्नो ज्यान जोगाउन भागे। अनि इस्राएलीहरूले मिद्यानीहरूका शासकहरू, ओरेब र जएबललाई पक्रे, अनि तिनीहरूका टाउकाहरू काटेर ती टाउकाहरू गिदोनकहाँ ल्याए (हेर्नुहोस्, न्यायकर्ता ७:२५)। मात्र तीन सय मानिसको सानो झुण्डद्वारा परमेश्वरले विजय दिनुभयो!

यहाँ आज राति हाम्रो निम्ति शिक्षा छ। धेरैवटा मण्डलीहरू आज त्यस्ता अगुवाहरूद्वारा संचालन गरिन्छ, जसले संख्यामा मात्र रुचि लिन्छन्। तिनीहरू सुसमाचारवादी मिद्यानीहरू हुन्। तिनीहरू मण्डलीमा एक सय मानिस हुनु जरूरी छ भन्ने सोच्छन्। तापनि तिनीहरू शक्तिहीन छन्। यदि त्यस्ता प्रचारकहरूले गिदोन र तिनका विश्वासयोग्य सिपाहीहरूको सानो झुण्डको बारेमा विचार गरे उनीहरूलाई फाइदा हुनेछ।

श्री जोनाथन एस. डिकर्सनले द ग्रेट इभान्जलिकल रिसिसन् (बेकर बुक्स) नामक असल पुस्तक लेखेका छन्। तिनले तथ्याङ्क दिएका छन्। आज हाम्रा जवानहरूमध्ये ७% ले मात्र सुसमाचारवादी ख्रीष्टियन भएको दाबी गर्छन्। सुसमाचारवादी ख्रीष्टियनहरूमध्ये ४५% आउने बीस वर्षभित्र मरेर जानेछन्। त्यसको अर्थ यदि नयाँ चेलाहरू जन्मेनन् भने जवान सुसमाचारवादी ख्रीष्टियनहरूको संख्या ७% देखि घटेर चाँडै ४ प्रतिशत वा त्योभन्दा कम हुनेछ (ऐजन, पृष्ठ १४४)।

मण्डलीहरूमा जवान मानिसहरूको संख्या किन त्यसरी घटिरहेको छ? म विश्वास गर्छु, तिनीहरूलाई ख्रीष्टियन विश्वासअनुसार जिएर चुनौती दिइएको छैन। हाम्रो लक्ष्य के हो? यो मण्डलीमा हाम्रो लक्ष्य जवान मानिसहरूलाई ख्रीष्टमा तिनीहरूका उच्चतम क्षमतामा पुग्न सहायता गर्नु हो। यहाँ हामी जवान मानिसहरूलाई गिदोनको फौजजस्तो हुर्काउनका निम्ति छौं। यहाँ हामी जवान मानिसहरूलाई हाम्रो मण्डलीमा आउन र येशू ख्रीष्टका चेलाहरू बन्न सहायता गर्छौं। जुन व्यक्तिहरूलाई हामी ख्रीष्टको फौजमा भर्ना गर्न चाहन्छौं तिनीहरू जवानहरू हुन्। तिनीहरू ती जवानहरू हुन् जो कुनै नयाँ र चुनौतीपूर्ण कार्य गर्न चाहन्छन्। येशूले भन्नुभयो,

‘कोही मानिस मपछि लाग्ने इच्छा गर्दछ भने त्यसले आफूलाई इन्कार गरोस्, र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्।’ (मर्कूस ८:३४)

जुन मानिसहरू मूल्य चुकाएर येशूको पछि लाग्न चाहँदैनन्, तिनीहरूलाई उखेलेर फ्याँक्नुपर्छ। जुनहरू शिशुलाई जस्तो वास्ता गरियोस् भन्ने चाहन्छन् तिनीहरूलाई म ‘लिनेहरू’ भन्दछु। जो ‘लिनेहरू’ हुन्, तिनीहरू आफैलाई इन्कार गर्न चाहँदैनन्। तिनीहरू येशूलाई कुनै पनि थोक दिन चाहँदैनन्। यदि तपाईं सधैं नै वास्ता खोज्नुहुन्छ भने यो मण्डली तपाईंको निम्ति होइन।

मेरी पत्नी एलियाना सोह्र वर्षको उमेरमा हाम्रो मण्डलीमा आइन्। तीन हप्ताभित्र तिनी आफै मण्डलीमा आउन थालिन्। तीन हप्तापछि तिनलाई ‘मोटर गाडीमा राखेर ल्याउन’ परेन। तिनी तुरुन्तै हाम्रो मण्डलीको सेविका बनिन्। तिनी १७ वर्षकी हुँदा फोन गरेर मानिसहरूलाई मण्डलीमा बोलाउन थालिन्। तिनी १९ वर्षकी हुँदा मसित विवाह भयो। हाम्रा जुम्ल्याह छोराहरू जन्मँदा तिनले उनीहरूलाई पहिलो हप्ता नै मण्डलीमा ल्याइन्। मेरो छोरा लेस्लीले ऊ जन्मेको हप्तादेखि मण्डलीको सेवा कहिल्यै छुटाएको छैन। लेस्ली एकचोटि मात्र बिरामी हुँदा मण्डलीमा आउन सकेन। धेरै जना स्त्रीहरूले त्यो त अति नै भयो भने। उनीहरूले त आफ्ना छोराछोरीहरूले अलिकति नाक सुकसुक गर्दा घरमै राख्छन्। तर मेरी पत्नीले सही थिइन् र अरूहरू गलत थिए। प्रायः ती सबै केटाकेटीहरूले स्वार्थी जीवन जिउनका निम्ति मण्डलीलाई त्यागे। मेरा दुइ छोराहरू आज पनि यहाँ सेवामा छन्। तिनीहरू यहाँ छन्, किनकि मेरी पत्नी ख्रीष्टको चेला हुन्। डा. क्रेगटन एल. चान, जसले अबको केही मिनेटपछि उनको साठीऔं जन्म दिन मनाउनेछन्, उनले श्रीमती हिमर्सको बारेमा भने, ‘म तिनी पहिलो पल्ट यो मण्डलीमा आएकी दिनदेखि नै तिनलाई चिन्दछु। त्यस बेला अहिलेसम्म तिनमा ख्रीष्टप्रति ठूलो प्रेम छ, र हराएका आत्माहरूलाई बचाउने ठूलो इच्छा छ। तरूणी केटी छँदा तिनले केही पनि बाँकी नराखी हाम्रो मण्डलीको सेवकाइका निम्ति आफ्नो जीवन अर्पण गरिन्। ...जवान मानिस हो, श्रीमति हिमर्स तपाईंहरूका निम्ति एउटा आदर्श बनून्। यदि तपाईंहरूले तिनको उदाहरण पछ्याउनुभयो भने हाम्रो मण्डलीको उज्ज्वल र गौरवशाली भविष्य हुनेछ।’

अब आज राति हामी डा. चानको साठीऔं जन्म दिन मनाउन लागेका छौं, मैले भन्नै पर्छ कि उनी ख्रीष्टको चेलाको एक चहकिलो चेलाको उदाहरण थियो। उनी हाम्रो मण्डलीको एक अभिषिक्त पास्टर हुन्। उनी बालक छँदा बिरामी भइरहनुहुन्थ्यो। उनी यति धेरै बिरामी हुन्थे कि बाल्यकालमा उनी धेरै समय काँचको बाकसभित्र राखिनुहुन्थ्यो। जवान अवस्थामा उनी हाम्रो मण्डलीमा आए, त्यसबेला उनले मेडिकल डाक्टर बन्न अध्ययन पनि गरिरहेका थिए। अरू डाक्टरहरूले उनी तीस वर्षको उमेरसम्म बाँच्दैनन् भनेका थिए। उनी मण्डलीले निरन्तर वास्ता गर्नुपर्ने सानो मानिस हुन सक्नुहुन्थ्यो। तर होइन! उनले आफैलाई मण्डलीको कामका निम्ति दिलोज्यानले दिए र ख्रीष्टको चेला बने। तिनीहरूले उनलाई धेरै परिश्रम नगर्नु नत्र उनी तीस वर्ष नपुगी मर्नेछन् भने। तर ख्रीष्टको कामले वास्तवमा डा. चानलाई बलियो बनायो। उनले सोचेको भन्दा तीस वर्ष बढी एक असल, बलियो जीवन जिए। उनले आफ्नो क्रूस उठाए र येशूको पछि लागे। अनि अहिले साठी वर्षको उमेरमा उनी परमेश्वरको शक्तिशाली मानिसको रूपमा पुल्पिटमा उभिनुहुन्छ!

म अझै श्री मेनसिया, र श्रीमती सालाजार, श्री बेन ग्रिफिथ, जो आज राति आफ्नी पत्नीसित बिदा मनाउन जाँदैछन्, उनको बारेमा बताउन सक्छु। म तपाईंलाई श्रीमान्/श्रीमती भर्जिल निकेलको बारेमा बताउन सक्छु, जसले यो भवन किन्न हामीलाई धेरै ऋण दिएका थिए। श्रीमान् निकेल ७५ वर्षका हुन्, र चिनी रोगी हुन्- तापनि हरेक बुधबार राति, हरेक आइतबार बिहान र हरेक आइतबार बेलुकीको सेवामा यहाँ आउनका निम्ति एक घन्टा मोटर गुडाएर आउँछन्। वा म तपाईंलाई अचम्मको जवान मानिस रेभरेन्ड जोन शमूएल केगनको बारेमा बताउन सक्छु, जो पछि यो मण्डलीको पास्टर हुनेछन्। यी सबै व्यक्तिहरू येशूका चेला, र क्रूसको सिपाही बनेका छन्।

मेरा पास्टर डा. तिमोथी लिनले भने, ‘धेरैभन्दा कम राम्रो। हरेक आइतबार बस्ने ठाउँहरू भरिन्छन्, तर पनि प्रार्थनाको सेवामा थोरै मानिसहरू मात्र उपस्थित हुन्छन्।... यसलाई हामी स्वस्थ कुरा भन्न सक्दैनौं’ (द सिक्रेट अफ चर्च ग्रोथ, पृष्ठ ३९)।

बाइबलमा हेर्नुहोस्। तपाईं ‘धेरैभन्दा थोरै राम्रो हो’ भन्ने कुरा बारम्बार देख्नुहुनेछ। येशूले ११ जना मानिस चुन्नुभयो र संसारलाई परिवर्तन गर्नुभयो, किनकि उहाँका मानिसहरू येशू र उहाँको उद्देश्यका निम्ति मर्नसमेत तयार थिए। मण्डलीको इतिहासमा हामी यस्तै शिक्षा पाउँछौं। पेन्तिकोसको दिन १२० जना मानिसहरू मात्र थिए। थोरै मोराभियन ख्रीष्टियनहरूले आधुनिक मिसनको अभियान सुरु गरेका थिए। थोरै, एकमुट्ठी मेथोडिस्टहरूले महान् जागृति ल्याएका थिए। चीन देशको भित्रिय भागहरूमा सुसमाचार प्रचार गर्न थोरैले मात्र जेम्स हडसन् टेलरलाई पछ्याए।

जुन मानिसहरू ख्रीष्टका निम्ति आफ्नो सर्वोत्तम कुरा दिन चाहँदैनन्, तिनीहरूलाई उखेलेर फेक्नु नै राम्रो हुन्छ। सधैंभरि बच्चालाई जस्तो स्याहार्नु पर्नेहरूलाई हटाउनु नै राम्रो हो। आफ्नो सुविधाको क्षेत्रबाट बाहिर निस्कन नचाहनेहरूलाई हटाउनुपर्छ। तिनीहरू सधैंभरि ‘लिनेहरू’ हुन्, जसले ख्रीष्टका निम्ति केही ‘दिँदैनन्’। यदि हामी चेलाहरू भएको मण्डली बनाउन चाहन्छौं भने हामीसँग त्यस्ता जवान मानिसहरू हुनुपर्छ, जसले कोमल नव-सुसमाचारवादको मिद्यानीहरूलाई चुनौती दिन्छन् र त्यसलाई परिवर्तन गर्छन्। हामीले त्यस्ता मानिसहरूलाई उत्साह दिनुपर्छ जसले आफ्नो जीवन येशू ख्रीष्टका निम्ति महत्त्वपूर्ण बनाउन चाहन्छन्। अनि हामीले तिनीहरूलाई उत्साह दिनुहुँदैन, जो सधैं हामीबाट सधैं वास्ता खोज्छन् र कहिल्यै बढ्दैनन्! हामीले तिनीहरूलाई उत्साह दिनुपर्छ, जो येशूको चेला बन्न चाहन्छन्, अनि अरूहरूलाई चाहिँ हामीले गिदोनले झैं घर फर्काइदिनुपर्छ!

कृपया, खडा भएर भजन पुस्तकको नम्बर १ भजन गाउनुहोस्, ‘अगि बढ ख्रीष्टिय सिपाही हो’।

अगि बढ ख्रीष्टिय सिपाही हो, लडाइँमा बढेझैं
   येशूको क्रूस बोकी अगिअगि
राजकीय मालिक ख्रीष्टले शत्रुविरुद्ध डोराउँछन्,
   लडाइँमा अगिअगि उहाँको झन्डा बढेको।
अगि बढ ख्रीष्टिय सिपाही हो, लडाइँमा बढेझैं
   येशूको क्रूस बोकी अगिअगि।

शक्तिशाली फौजझैं बढ्छ परमेश्वरको मण्डली
   भाइ हो, टेक्दै सन्तहरूका पाइलामा
छैनौं विभाजित हामी, हामी सब एक शरीर
   एउटा आशा र शिक्षा, एउटा दानमा।
अगि बढ ख्रीष्टिय सिपाही हो, लडाइँमा बढेझैं
   येशूको क्रूस बोकी अगिअगि।

मुकुटहरू र काँडाहरू नाश, राज्य उत्थान र पतन हुन्छ
नरकका ढोकाहरू हुँदैनन् विजयी मण्डलीमाथि
   छ हामीसँग ख्रीष्टको प्रतिज्ञा, जुन चुक्दैन
अगि बढ ख्रीष्टिय सिपाही हो, लडाइँमा बढेझैं
   येशूको क्रूस बोकी अगिअगि।
('अनवर्ड क्रिश्चियन सोल्जर्स,' सविन बारिङ-गाउल्ड-१८३४-१९२४ द्वारा रचित)


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री नोआ सङद्वारा एकल गीत प्रस्तुत गरियो।
('अनवर्ड क्रिश्चियन सोल्जर्स्,' सबिनी बेरिङ-गाउल्डद्वारा रचित, १८३४-१९२४)


रूपरेखा

गिदोनको फौज!

GIDEON’S ARMY!

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

‘परमप्रभुले गिदोनलाई भन्नुभयो, ‘मिद्यानीहरूलाई तिमीहरूका हातमा सुम्पिदिनलाई तँसित भएका मानिसहरू मलाई चाहिएको भन्दा धेरै छन्, नत्रता इस्राएलीहरूले मेरो विरुद्ध घमण्ड गर्नेछन्, र तिनीहरूको आफ्नै शक्तिले यो विजय प्राप्त गरेको हो भनी तिनीहरूले भन्नेछन्।’ (न्यायकर्ता ७:२)

१.  पहिलो, त्यो धर्म-त्याग, न्यायकर्ता ६:१२,१३

२.  दोस्रो, बाइबलका परमेश्वर अझै पनि जीवित हुनुहुन्छ! मलाकी ३:६;
न्यायकर्ता ७:१-३; लूका ८:१२;  न्यायकर्ता ७:४,१,६,७,१२;
मर्कूस ८:३४