Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




बाइबल अनि आजको धर्म-त्याग!

THE BIBLE AND TODAY’S APOSTASY!
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

१७ जून, २०१८, आइतबार बिहान लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord's Day Evening, June 17, 2018


कृपया, बाइबलमा दोस्रो तिमोथी तीन अध्याय खोल्नुहोस्। नेपाली बाइबलमा यो पृष्ठ १६७१ मा छ। बाइबलको त्यही अध्याय खोलिराख्नुहोस्।

म दोस्रो तिमोथीको तीन र चार अध्यायलाई आज हाम्रो निम्ति अति नै महत्त्वपूर्ण खण्डहरू मान्दछु। दोस्रो तिमोथीको पत्र प्रेरितले बाइबलकमा लेखेका अन्तिम पत्र हो। यो ई. सन् करिब ६७ तिर लेखिएको थियो। पावल एक ख्रीष्टियन शिक्षक भएकाले सम्राट निरोले तिनलाई पक्राउ गरेका थिए। तिनलाई मामेरटाइन झ्यालखानमा साङ्लाले बाँधेर राखिएको थियो, त्यो ठाउँ कोलोसियम (रंगशाला) बाट नजिकै थियो। म र मेरी पत्नी त्यो अन्ध्यारो झ्यालखानभित्र गएका थियौं। त्यही स्थानमा नै पावलले यो पत्र लेखेका हुन्। दोस्रो तिमोथीको पत्र लेखेको केही महिनापछि तिनको शिर काटेर हत्या गरिएको थियो। दोस्रो तिमोथीको पत्र धर्म-त्यागको समयमा- अर्थात् अविश्वास र ख्रीष्टियन विश्वासलाई इन्कार गरिने समयमा ख्रीष्टियनहरूको रूपमा हामी कसरी जिउनुपर्छ भनी देखाउन लेखिएको थियो। यो विशेष गरी अहिले हामी जिइरहको समयका निम्ति लेखिएको थियो! २०औं र २१औं शताब्दीहरू संसारको इतिहासमा ईश्वरहीन कालहरू हुन्। तीन अध्यायको पहिलो पद हेर्नुहोस्।

‘तर यो बुझिराख, कि आखिरी दिनहरूमा डरलाग्दा समयहरू आउनेछन्।’ (२ तिमोथी ३:१)

कृपया, हेर्नुहोस्। केही लेखकहरूका भनाइअनुसार ख्रीष्टको स्वर्गारोहणपछि यही नै सम्पूर्ण समय हो। तर म त्यसमा विश्वास गर्दिनँ। डा. जे. भर्नोन मेकजीले भने, ‘म विश्वास गर्छु, हामी आखिरी समयतिर अगाडि बढिरहेका छौं। म विश्वास गर्छु, हामी अहिले त्यो ‘डरलाग्दो’ समयमा जिइरहेका छौं’ (मेकजी, थ्रू द बाइबल, २ तिमोथी ३:१ को टिप्पणी)। त्यसपछिका पदहरूले हामी जिइरहेको समयको बारेमा सुन्दर वर्णन गरेको छ। पद २-७ लाई हेर्नुहोस्।

‘किनभने मानिसहरू आफैलाई मात्र माया गर्ने, रूपियाँपैसाको मोह गर्ने, घमण्डी, हठी, अरूको बदनाम गर्ने, आमा-बाबुको आज्ञापालन नगर्ने, बैगुनी र अपवित्र, स्वाभाविक प्रेमरहितका, खुशी पार्न नसकिने, अरूको बदख्वाइँ गर्ने, दुराचारी, क्रूर, असल कुरालाई घृणा गर्ने, विश्वासघाती, उत्ताउला अहंकारले फुलेका, परमेश्वरलाई भन्दा सुखविलासलाई प्रेम गर्ने, भक्तिको भेषचाहिँ लिने, तर त्यसको शक्तिलाई इन्कार गर्ने हुनेछन्। यस्ता मानिसहरूबाट अलग्ग बस। किनभने तिनीहरूमध्ये कोही-कोही घर-घर पसी पापले थिचिएका र विभिन्न मनोभावका कब्जामा परेका कमजोर स्त्रीहरूलाई आफ्नो अधीनमा पार्छन्। जुन स्त्रीहरू सिक्न त सधैं सिक्छन्, तर सत्यको ज्ञानमा कहिल्यै आउन सक्दैनन्।’ (२ तिमोथी ३:२-७)

यो त ती मानिसहरूको सूचीजस्तो लाग्छ, जसले श्री ओलिभसले छोडेर जाँदा हाम्रो मण्डलीको विभाजन गरे। हामी आखिरी दिनहरूमा छौं! अब १२ र १३ पदहरूलाई हेर्नुहोस्।

‘ख्रीष्ट येशूमा भक्तिसाथ जीवन बिताउन इच्छा गर्नेहरू सबै जना सतावटमा पर्ने नै छन्, तर दुष्ट मानिसहरू र ठगाहाहरू ठगेर र ठगिएर झन्-झन् दुष्ट हुँदैजानेछन्।’ (२ तिमोथी ३:१२,१३)

हेर्नुहोस्।

यी पदहरूले धर्म-त्याग गर्ने संसारको वर्णन गर्दछन्, एउटा यस्तो संसार जसले परमेश्वर र बाइबललाई इन्कार गरेको छ, एउटा दुष्ट र अरूलाई पीडा दिने संसार, जहाँ धेरै जना मानिसहरू असभ्य व्यवहार गर्छन्, एउटा यस्तो संसार जहाँ हामी भक्तिमय जीवन जिउनेहरू (ख्रीष्टियन जीवन जिउनेहरू) कुनै न कुनै प्रकारले सताइन्छौं, एउटा यस्तो संसार जहाँ असल ख्रीष्टियनहरूलाई घृणा गरिन्छ (पद ३)। हामीले यी सबै कुरा आज देखिरहेका छौं। धर्म निरपेक्षवादीहरूले ‘यौन आन्दोलनको’ विरुद्ध खडा हुने ख्रीष्टियनहरूलाई धम्काउँछन्। यसले धेरै वटा मण्डलीहरूलाई धम्की दिन्छ। बितेको वर्ष करिब २ लाख साउदर्न ब्याप्टिस्टहरू मण्डली छोडेर भागे। यो वर्ष यो डरलाग्दो,’ खतरनाक र शैतानिक समयमा अझ धेरै जना आफ्नो ज्यान बचाउन भागिरहेका छन्। मुसलमानहरू अगाडि आइरहेका छन्। बमहरू पड्किरहेका छन्। लागु औषधीको प्रयोग आकासिएको छ। क्रूसहरू भत्काइँदैछ। केटाकेटीहरूलाई स्कुलमा तिनीहरूले प्रार्थना गर्न सक्दैनन् भनिँदैछ। हाम्रो देशमा र हाम्रो संसारमा कुनै भयानक कुरा हुन लागेको सबैले महसुस गर्दछन्।

तपाईं र म यो डरलाग्दो समयमा जिउँछौं। ब्रिटिस प्रचारक लियोनार्ड राभेनहीलले भने, ‘यी आखिरी दिनहरू हुन्!’ मैले यो वाक्य लेखेको केही क्षणमा नै मुसलमान आतंकवादीहरूले पेरिसका विभिन्न ठाउँहरूमा आक्रमण गरेको सुनेँ। त्यो क्रूर हत्यामा मुसलमानहरूले १२० जना मानिसको ज्यान लिए। चौबीस घन्टा अघि मात्र ओबामाले भन्नुभएको थियो, ‘ISIS लाई नियन्त्रण गरिएको छ।’ कस्तो ठट्टा! ओबामा जिम्मी कार्टरपछिका सबैभन्दा कमजोर राष्ट्रपति थिए!

यी डरलाग्दा समयहरू हुन्। यी धर्म-त्याग गर्ने समय हुन्। हाम्रा मण्डलीहरू हराएका मानिसहरूले भरिएका छन्। धेरै जना पास्टरहरू कसैले मण्डली छोडेर जाला भन्ने डरले सुसमाचार प्रचार नै गर्दैनन्- उद्धार नपाएको कुनै व्यक्ति रिसाउला भनी डराउँछन्! कलेजहरूमा चुरोट तान्ने धेरै प्राध्यापकहरू छन्, जसले बाइबल झूटा कुराहरूले भरिएको छ भन्छन्। तिनीहरू त्यसो भन्छन् भनी तपाईं जान्नुहुन्छ। म जान्दछु, मैले ठीकै कुरा भनेको छु। यसको उत्तर के छ? हामीले के गर्नुपर्छ? प्रेरितले १४ पदमा यसको उत्तर दिन्छन्,

‘तर तिमीचाहिँ आफूले सिकेका र दृढतासँग विश्वास गरेका यी कुराहरूमा लागिरह। ती कसबाट सिकेका छौ, सो तिमी आफै जान्दछौ’ (२ तिमोथी ३:१४)

‘तपाईंले सिक्नुभएका कुराहरूमा लागिरहनुहोस्।’ चाहे जेसुकै भए पनि मण्डलीमा आइरहनुहोस्। ‘तपाईंले सिक्नुभएका कुराहरूमा लागिरहनुहोस्।’ डा. ली. रोबर्सन् (१९०९-२००७) एक महान् ब्याप्टिस्ट पिता थिए। उनको आदर्श-वाक्य ‘सफल हुनका लागि तीन’- ‘यो आदर्श-वाक्य मैले साठी वर्षभन्दा धेरै समयदेखि प्रचार गर्दैआएको छु!’ ‘आराधना सेवामा इमानदार- आइतबार बिहान, आइतबार बेलुकी र बुधबार बेलुकी’ (ली रोबर्सन्, डी.डी., ‘थ्री टु थ्राइभ स्टेटमेन,’ द म्यान इऩ सेल नम्बर 1, स्वर्ड अफ द लर्ड पब्लिसर्स, १९९३,पछिल्लो जिल्द)।

त्यसमा के समस्या छ? त्यसमा कुनै पनि समस्या छैन। विश्वास नगर्नेहरूको साथमा रमाइलो गर्न नगएर यहाँ मण्डलीमा हुनुहोस्! लस भेगासतिर वा दुष्ट शहर सन फ्रान्सिस्कोतिर जानुभन्दा बरु यहाँ मण्डलीमा हुनुहोस्। प्रत्येक आइतबार बिहान, प्रत्येक आइतबार बेलुकी र प्रत्येक बुधबार बेलुकी यहाँ हुनुहोस्। चाहे जे परिआउँछ भने पनि आओस्। धर्म-त्याग अझ गम्भीर हुँदै गइरहेको बेला ‘तपाईंले सिक्नुभएका कुराहरूमा लागिरहनुहोस्।’ यस कुरामा आमिन भन्नुहोस्! अब १५ पदलाई हेर्नुहोस्।

‘तिमी बाल्यकालदेखि पवित्र- धर्मशास्त्रसँग परिचित छौ, जसले ख्रीष्ट येशूमा भएको विश्वासद्वारा मुक्तिका निम्ति तिमीलाई शिक्षा दिन सक्छ।’ (२ तिमोथी ३:१५)

हेर्नुहोस्। डा. मेकजीले भने,

धर्म-त्याग गर्ने संसारको विरुद्ध एक मात्र औषधी परमेश्वरको वचन (बाइबल) हो। परमेश्वरको सन्तानका निम्ति एक मात्र सामग्री र शरणस्थान परमेश्वरको वचन हो।

यदि तपाईं प्रत्येक दिन बाइबल पढ्नुहुन्न भने, तपाईं आजको धर्म-त्यागद्वारा अलमल्ल र छक्क पर्नुहुनेछ। अब १५ पद हेर्नुहोस्,

‘तिमी बाल्यकालदेखि पवित्र- धर्मशास्त्रसँग परिचित छौ, जसले ख्रीष्ट येशूमा भएको विश्वासद्वारा मुक्तिका निम्ति तिमीलाई शिक्षा दिन सक्छ।’ (२ तिमोथी ३:१५)

डा. मेकजीले भने,

पवित्र-शास्त्रले हामीलाई त्यसबाट बच्ने उपाय मात्र नबताएर, वर्तमान दुष्ट संसारबाट पनि बचाउँछ। मेरो दाबी छ, कि निरन्तर परमेश्वरको वचन अध्ययन नै त्यसको उत्तर हो। त्यो हामीलाई ‘ख्रीष्ट येशूमा भएको विश्वासद्वारा मुक्तिका निम्ति शिक्षा दिन सक्छ।’ अनि... यसले हामीलाई यहाँ (यो दुष्ट संसारमा)कसरी जिउनुपर्छ भन्ने कुरामा बुद्धिमानी बनाउँछ।

हामीले किन बाइबल पढ्नुपर्छ र पालन गर्नुपर्छ? किनकि बाइबल अरू पुस्तकहरू जस्तो होइन। अब १६ पद हेरौं,

‘सम्पूर्ण पवित्र-शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्छ।’ (२ तिमोथी ३:१६)

डा. डब्लु. ए. क्रिसवेल (१९०९-२००२) बाइबलका एक महान् पण्डित थिए। तिनले भने,

पावलको अर्थलाई स्पष्ट पार्न यसलाई यसरी अनुवाद गर्न सकिन्छः ‘सम्पूर्ण पवित्र-शास्त्र परमेश्वरको प्रेरणा (ग्रीकमा थियोन्यूस्टस) बाट भएको हुनाले, अर्थात्, पवित्र-शास्त्रका वचनहरूलाई परमेश्वरबाट जस्तै गरी स्वीकार गर्नुपर्छ। बाइबलले दृढतासाथ भनेको पवित्र-शास्त्रको सिद्धान्त यसका वचनहरू ‘परमेश्वरको सास’ द्वारा आएको हो भन्ने हो। दोस्रो पत्रुस १:२१ ले परमेश्वरले भन्न चाहनुभएका कुराहरू पवित्र आत्माले पवित्र-शास्त्रका लेखकहरूलाई ठीक-ठीकसँग बताउनुभयो भन्नेसम्बन्धमा थप प्रमाण दिएको छ (डब्लु. ए. क्रिसवेल, पीएचडी., द क्रिसवेल स्टडी बाइबल, २ तिमोथी ३:१६ को टिप्पणी)।

दोस्रो पत्रुस १:२१ ले भन्छ, ‘पवित्र आत्माबाट प्रेरणा पाएर मानिसहरूले परमेश्वरको तर्फबाट बोलेका हुन्।’ ‘प्रेरणा पाएर’ शब्द ग्रीकको ‘फेरो’ बाट आएको हो। यसको अर्थ ‘बोकेर लैजानु’ हो। बाइबल त्रुटिहीन छ, किनकि पवित्र आत्माले बाइबलका वचनहरू लेख्ने वा बोल्ने व्यक्तिहरूलाई ‘बोक्नुभयो वा सँगसँगै लैजानुभयो।’ पवित्र आत्माले मानवीय लेखकहरूलाई कुनै गल्ती नगरी ती वचनहरू लेख्न लगाउनुभयो। यसैले हिब्रू र ग्रीक बाइबल मानिसलाई दिइएको परमेश्वरको वचन हो। डा. हेनरी मोरिसले भने, ‘सम्पूर्ण पवित्र-शास्त्र,’ प्रत्येक व्यक्तिगत ‘वचन’ विचारहरू मात्र होइनन्, तर वास्तविक लेखहरू, लिखित शब्दहरू हुन्। यसैले यी वचनहरू (आत्माको प्रेरणाद्वारा दिइएका)परमेश्वरका हुन्, पवित्र धर्मशास्त्र पूर्ण रूपले आत्माको मौखिक प्रेरणाद्वारा भएको हो, यही नै साँचो सिद्धान्त हो (हेनरी एम. मोरिस, पीएचडी., द डिफेन्डर्स स्टडी बाइबल, २ तिमोथी ३:१६ को टिप्पणी)।

‘सम्पूर्ण’ को अर्थ ‘सबै’ हो। ‘मौखिक’ को अर्थ ‘शब्दहरू’ हुन्। ‘प्रेरणा’ को अर्थ ‘परमेश्वरले सास फेर्नुभएको’ हो। बाइबलका सबै वचनहरू आत्माको प्रेरणाद्वारा दिइएका हुन्। यो सम्पूर्ण मौखिक प्रेरणा हो, परम्परागत ख्रीष्टियन विश्वासको सही सिद्धान्त हो (डा. आर. एल. हिमर्स, जुनियर)।

सम्पूर्ण बाइबलको हिब्रू र ग्रीक शब्दहरू ‘थियोन्यूस्टस’ हुन्- परमेश्वरको सासद्वारा- परमेश्वरको प्रेरणाबाट दिइएको। अगमवक्ताहरू र प्रेरितहरूले पवित्र आत्माले तिनीहरूका मनमा दिनुभएका शब्दहरू लेखे। त्यो प्रेरणा किङ जेम्स बाइबललगायत अरू कुनै पनि अनुवादमा छैन।, तर अगमवक्ता र प्रेरितहरूले लेखेका हिब्रू र ग्रीक शब्दहरूमा मात्र छ। मृत-सागरमा फेला परेका मुट्ठाहरूले हिब्रू बाइबल अति राम्रोसँगले संरक्षण गरिएको देखाउँछ। टेक्सटस रिसिप्टस ग्रीक मूल ग्रीक नयाँ करारको विश्वसनीय रूपान्तरण हो। जब तपाईं किङ जेम्स बाइबल खोल्नुहुन्छ, तपाईं परमेश्वरले सास फुक्नुभएको हिब्रू र ग्रीक बाइबलको अति विश्वसनीय अनुवाद पढिरहनुभएको हुन्छ।

यो कुरा किन महत्त्वपूर्ण छ? डा. बी.बी. मेककेन्नी धेरै वर्षसम्म साउदर्न ब्याप्टिस्ट स्कुलको बेलर युनिभर्सिटीको संगीत विभागको प्रमुख थिए। सन् १९२० मा अघिबाटै बेलर र साउदर्न ब्याप्टिस्ट स्कुलहरूका शिक्षकहरूले बाइबलमा गलत कुराहरू सिकाइरहेका थिए। त्यसैकारण डा. मेककेन्नीले यो भजन लेखे, ‘जान्दछु, म बाइबल सत्य छ।’ डा. मेककेन्नी डा. जोन आर. राइसका मित्र थिए, र तिनले पवित्र-शास्त्रमा गल्ती छैन भनी विश्वास गर्थे। त्यसैकारण मेककेन्नीको गीतले भन्छ,

जान्दछु, बाइबल परमेश्वरबाट पठाइएको हो,
   पुरानो साथै नयाँ करार;
आत्माद्वारा प्रेरित र पवित्र, जीवित वचन,
   जान्दछु, बाइबल सत्य छ।

तैपनि शत्रुहरू भन्छन्, साहस गरी,
   सन्देश पुरानो, तर अझै नयाँ,
यसको सत्यता सधैं मिठो, जब भनिन्छ,
   जान्दछु, बाइबल सत्य छ।
जान्दछु, जान्दछु, जान्दछु, बाइबल सत्य छ;
   ईश्वरद्वारा प्रेरित सारा बाटोभरि,
जान्दछु, बाइबल सत्य छ।
      (‘आइ नो द बाइबल इस ट्रु,’ डा. बी.बी. मेककेन्नी-१८८६-१९५२)

मैले बाइबल धेरै लामो समयदेखिका पास्टर डा. तिमोथी लिनबाट सिकेँ, जो प्रभावशाली बाइबल विद्वान थिए, उनले बब जोनेस युनिभर्सिटीको स्नात्तक विभागमा पढाउँथे। जो डा. जेम्स हडसन् टेलर तेस्रोको ताइवानको ताइपेमा चाइना इभान्जलिकल सेमिनरीका अध्यक्ष बने, टेलरलाई मैले धेरैचोटि भेटेको थिएँ। मेरो अर्का शिक्षक डा. जे. भर्नोन मेकजी थिए, जसले रेडियो सन्देश मैले हरेक दिन करिब दश वर्षसम्म सुनेको थिएँ। यी महान् विद्वानहरूबाट मैले बाइबल साँच्चै सत्य छ भनी जानेँ।

यसैले जब म केलिफोर्निया राज्यको लसएन्जलसमा गएँ र मेरो स्नात्तक उपाधि प्राप्त गरेँ, तब बाइबललाई इन्कार त्यहाँका उदारवादी शिक्षकद्वारा म अलमल्ल परिनँ। तिनीहरू गलत र बाइबल सत्य छ भनी म जान्दथेँ। त्यसपछि मैले सन फ्रेन्सिस्को नजिक गोल्डन गेट ब्याप्टिस्ट थिअलजिकल सेमिनरीमा मास्टर अफ् डिभिनिटी उपाधि हासिल गरेँ। त्यहाँका प्रायः प्राध्यापकहरू बाइबललाई इन्कार गर्ने उदारवादीहरू थिए। मलाई त्यहाँ हुनु मन पर्दैनथ्यो। त्यो नीरस र जीवनहीन थियो। मलाई त्यस्ता प्राध्यापकहरूले शिक्षा दिए जो ‘पाप र अपराधमा मरेका थिए’ (एफिसी २:१)। ती प्राध्यापकहरू ‘तिनीहरूका हृदय (हरू)को कठोरताले ल्याएको तिनीहरूका अज्ञानताको कारणले तिनीहरू परमेश्वरको जीवनदेखि बिराना भएका छन् (थिए)’ (एफिसी ४:१८)।

तिनीहरूले भनेका झूटा कुराहरू मैले कण्ठ गरेँ, र मैले लेखेको जाँचमा तिनीहरूले चाहेका उत्तरहरू दिएँ। तर उदारवादीहरूले सिकाएका घटिया कुराहरूको एउटै शब्दमा पनि मैले विश्वास गर्न सकिनँ। भजन ११९ अध्यायका तीनवटा पदहरूले मलाई धर्म-त्याग गरेको त्यस सेमिनरीमा तीन वर्ष बिताउन सहायता पुऱ्याए,

‘आहा! तपाईंको व्यवस्थालाई म कति प्रेम गर्दछु! दिनभरि म तिनैमाथि मनन गर्दछु। तपाईंका आज्ञाहरू सदाकाल मसँग छन्, र तिनले मेरा शत्रुहरूभन्दा मलाई बुद्धिमान् तुल्याउँछन्। मेरा सबै शिक्षकहरूभन्दा मेरो अन्तर्ज्ञान ज्यादा छ, किनकि म तपाईंका कानूनहरूमाथि मनन गर्दछु।’ (भजन ११९:९७-९९)

त्यो उदारवादको शैतानिक प्वालमा मेरो अध्ययनको अन्त्यतिर मैले आफूलाई मरेको मानिसजस्तै भएको महसुस गरेँ। मलाई अगाडि बढाइराख्ने कुरा बाइबलले मात्र थियो। धेरै वटा चिसो र एकलो रातमा म सुत्ने कोठामा बाइबलको भजन ११९ अध्याय खुल्लै राखेर सुत्दथेँ, त्यो मेरो छात्तीमा राख्थेँ। डा. मेकजीले भनेका कुरामा म पूर्ण सहमत छु, ‘धर्म-त्याग गरेको संसारका निम्ति एउटा औषधी परमेश्वरको वचन हो। परमेश्वरको सन्तानका निम्ति एकमात्र सामग्री र शरणस्थान परमेश्वरको वचन हो, र त्यसले हाम्रा खाँचोहरू पर्याप्त मात्रामा पूरा गर्दछ। सम्पूर्ण पवित्र-शास्त्र परमेश्वरको प्रेरणाबाट दिइएको हो- यो परमेश्वरले सास फुक्नुभएको हो। यसले परमेश्वरले चाहनुभएको कुरा भन्छ, र यसले उहाँले चाहनुभएका सबै कुरा भनेको छ। यसैकारण यसले मानव हृदयका आवश्यकताहरू पूरा गर्दछ’ (मेकजी, ऐजन., २ तिमोथी ३:१४-१७ को टिप्पणी)।

म चाहन्छु, तपाईंले परमेश्वरका यी धन्य वचनहरू कण्ठ गर्नुहोस्। हितोपदेश ३:५-७ खोल्नुहोस्। यो नेपाली बाइबलमा ९१३ पृष्ठमा छ,

‘आफ्नो सारा हृदयले परमेश्वरमा भरोसा राख, र तेरो आफ्नै समझशक्तिमा भर नपर, आफ्ना सारा मार्गमा उहाँलाई सम्झी, र उहाँले तेरा मार्गहरू सोझा तुल्याइदिनुहुनेछ। आफ्नै नजरमा बुद्धिमानी नहोऊ, परमप्रभुको भय मान दुष्कर्मलाई त्याग।’ (हितोपदेश ३:५-७)

यी पदहरू कण्ठ गर्नुहोस्। तपाईं आफै ती दोहोऱ्याउनुहोस्। ‘तपाईंको वचनको व्याख्याले ज्योति प्रदान गर्छ, त्यसले सीधासादा मानिसहरूलाई समझशक्ति दिन्छ’ (भजन ११९:१३०)। अर्को पद म तपाईंहरूलाई कण्ठ गर्न दिन्छु, त्यो हो भजन ११९:९७-९९, यो नेपाली बाइबलमा पृष्ठ ८८९ मा छ। हामी खडा भएर यो ठूलो सोरमा पढौं।

‘आहा! तपाईंको व्यवस्थालाई म कति प्रेम गर्दछु! दिनभरि म तिनैमाथि मनन गर्दछु। तपाईंका आज्ञाहरू सदाकाल मसँग छन्, र तिनले मेरा शत्रुहरूभन्दा मलाई बुद्धिमान् तुल्याउँछन्। मेरा सबै शिक्षकहरूभन्दा मेरो अन्तर्ज्ञान ज्यादा छ, किनकि म तपाईंका कानूनहरूमाथि मनन गर्दछु।’ (भजन ११९:९७-९९)

तपाईंहरू बस्न सक्नुहुन्छ।

परमेश्वर आफैले दिनुभएका ती वचनहरूअऩुसार जसरी म प्रार्थना गर्दछु, त्यसले विश्वास नगर्ने प्राध्यापकहरूको कारण नभड्की सांसारिक शिक्षा प्राप्त गर्न सहायता गर्दछ। ती वचनहरूले तपाईंलाई ती पुस्तकहरूबाट बचाउँछन्, जुन पुस्तकहरूले परमेश्वरलाई इन्कार गर्छन्, र सांसारिक कलेजबाट स्नात्तक उपाधि प्राप्त गर्न ती पुस्तकहरू तपाईंले पढ्नै पर्छ।

धर्म-त्याग र पापको यस खराब समयमा मेरो यही प्रार्थना छ कि, तपाईं दिनहुँ बाइबल पढ्नुहोस्। तपाईं त्यसलाई प्रेम गर्न सिक्नुहुनेछ। एकलोपनमा र पीडाको बेला त्यो तपाईंको प्रिय मित्र हुनेछ, जुन तपाईंको जीवनभरि रहनेछ। मेरा परामर्शदाता अब्राहाम लिंकनले भने, ‘बाइबल परमेश्वरले मानिसलाई दिनुभएको सर्वोत्तम उपहार हो। यो सम्पूर्ण पुस्तकलाई विवेकमा राख्नुहोस्, यसरी तपाईं आफ्नो विश्वासलाई सन्तुलित राख्न सक्नुहुन्छ, अनि तपाईं असल मानिसजस्तो जिउन र मर्न सक्नुहुनेछ।’

कण्ठ गर्नुपर्ने अर्को बाइबल पद यहाँ छ। हिब्रू १३:१७ खोल्नुहोस्। यो नेपाली बाइबलमा पृष्ठ १६९४ मा छ। खडा भएर जोडसँग पढ्नुहोस्।

‘तिमीहरूका अगुवाहरूको आज्ञापालन गर, र तिनीहरूका अधीनमा बस। किनकि लेखा दिनुपर्छ भन्ने कुरा जानेर नै तिनीहरूले तिमीहरूका प्राणको हेरचाह गर्छन्। यो काम तिनीहरूले आनन्दसाथ गरून्। दुःख मानेर होइन, नत्रता त्यसबाट तिमीहरूलाई कुनै लाभ हुँदैन।’ (हिब्रू १३:१७)

तपाईंहरू बस्न सक्नुहुन्छ। ‘तपाईंका अगुवाहरू’ मण्डलीका पास्टरहरू हुन्। प्रेरित २०:२८ मा प्रेरित पावलले पास्टरहरू र अगुवाहरूलाई भने, ‘उहाँले आफ्नै रगतले किन्नुभएको परमेश्वरको मण्डलीको हेरचाह तपाईंहरू गर्नुहोस्।’ मण्डलीमा पास्टरहरू र अगुवाहरूलाई गोठालोजस्तो बनेर तिनीहरूका भेडाहरूको अगुवाइ र हेरचाह गर्ने काम दिइएको छ। पास्टरहरू सिद्ध हुँदैनन्। तर मैले थाहा पाएको छु, मेरा पास्टर सिद्ध मानिस नभए पनि उनी परमेश्वरलाई प्रेम गर्ने र उहाँको सेवा गर्ने व्यक्ति थिए। मैले उनको विरुद्ध विद्रोह गरेको भए आज म पास्टर हुनेथिइनँ।

यहाँ कण्ठ गर्नुपर्ने अरू खण्डहरू पनि छन्। हिब्रू १०:२४,२५ खोल्नुहोस्। नेपाली बाइबलमा यो पृष्ठ १६८९ मा छ। खडा भएर यो पढ्नुहोस्।

‘हामी एउटाले अर्कालाई प्रेम र असल कामका निम्ति कसरी उत्साहित गराउने त्यस कुरामाथि विचार गरौं। कति जनाको संगतिमा नजाने बानी हुन्छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं। तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन् प्रोत्साहन देओ।’ (हिब्रू १०:२४,२५)

तपाईंहरू बस्न सक्नुहु्न्छ। तपाईंले आफैलाई आत्मिक रूपमा असल स्थानमा राख्ने तरिका यही नै हो। त्यसो गर्ने एउटा सबैभन्दा राम्रो तरिका तपाईंले भरोसा राख्नुभएका व्यक्तिहरूको सातमा सानो प्रार्थना झुण्डमा रहनु हो। म हाम्रो मण्डलीका केही व्यक्तिहरूसँग निरन्तर सम्पर्कमा रहन्छु। यदि डा. केगन र मेरो प्रार्थना झुण्डका जवान मानिसहरू नहुँदो हो त मैले कतिचोटि हरेश खाइसकेको हुनेथिएँ।

‘बुद्धिमानसँग हिँड्ने बुद्धिमान् नै बन्छ, तर मूर्खहरूको संगत गर्नेले नोक्सानी भोग्छ।’ (हितोपदेश १३:२०)

अझ एउटा कुरा भन्छु। बाइबलले जे भन्छ त्यो गर्नुहोस् र तपाईंको जीवन परिवर्तन हुनेछ। बाइबलले भन्छ, ‘प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस्, र तपाईंले उद्धार पाउनुहुनेछ- तपाईं र तपाईंका परिवारले’ (प्रेरित १६:३१)। जब तपाईं येशूमा विश्वास गर्नुहुन्छ, जब आफ्नो सम्पूर्ण हृदयले उहाँमाथि भरोसा राख्नुहुन्छ, तब तपाईंले उद्धार पाउनुहुनेछ। उहाँ तपाईंको स्थानमा क्रूसमा काँटी ठोकिएर मर्नुभयो, र तपाईंका पापहरूको मूल्य चुकाउनुभयो। उहाँको शरीरका पाँच ठाउँका चोटहरूबाट उहाँको रगत बग्यो। त्यो रगत तपाईंका सबै पापहरूबाट तपाईंलाई शुद्ध पार्न बगेको थियो। आउनुहोस्, र येशूमा विश्वास गर्नुहोस्, र तपाईं सारा अनन्तताका निम्ति बचाइनुहुनेछ। बाइबलले त्यो कुरा भनेको छ- अनि बाइबलले झूटो बोल्न सक्दैन, यो जीवित परमेश्वरको वचन हो!

तपाईं साँचो मित्र मैले चिनेको,
तपाईंको स्थिरता मैले कोसिस गरेँ;
सबै झूटा हुँदा तपाईंलाई सत्य पाएँ,
मेरो परामर्शदाता मेरो मार्गदर्शक।

संसारका खानीहरूले धन दिनु सक्दैन,
जसले यति धेरै यो किन्न सक्छ,
मलाई जिउन सिकाउनु भएर,
यसले मलाई कसरी मर्नु सिकायो!

पवित्रशास्त्रका पन्नाहरूमा हामीलाई अति प्रिय, अपरिवर्तनीय उद्धारकर्ता येशू प्रकट गरिएको छ! आमिन!


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
('आइ नो द बाइबल इस ट्रु,' डा. बी.बी. मेककिन्नेद्वारा रचित, १८८६-१९५२)