Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




बाइबलको अगमवाणीले तपाईंलाई प्रेरणा दिओस्!

LET BIBLE PROPHECY MOTIVATE YOU!
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

२० मई, २०१८, आइतबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Evening, May 20, 2018

‘यसकारण एउटाले अर्कालाई यी वचनहरूले सान्त्वना देओ।’
(१ थेसलोनिकी ४:१८)


प्रेरित पावलले यी पदहरूमा हामीलाई ऱ्याप्चरको विवरण दिँदछन्। अनि तिनले हाम्रो आजको बाइबल पद दिँदछन्।

‘यसकारण एउटाले अर्कालाई यी वचनहरूले सान्त्वना देओ।’ (१ थेसलोनिकी ४:१८)

यहाँ सान्त्वना भनी अनुवाद गरिएको ग्रीक शब्द ‘पाराकालियो’ हो। यसको अर्थ ‘सान्त्वना’ र ‘उत्साह’ हो (NIV)।

यो सम्पूर्ण खण्ड पद १३ देखि १७ सम्म छ। यो खण्डले यस युगको अन्त्यमा ख्रीष्टियनहरूको ‘ऱ्याप्चर’ हुने बताउँछ। थेसलोनिकेका ख्रीष्टियनहरूले मूर्तिपूजक रोमीहरू र विश्वास नगर्ने यहूदीहरूबाट सतावट झेलिरहेका थिए। तिनीहरूमध्ये कोही-कोही त मरिसकेका थिए। तिनीहरूले शहिदको मृत्यु मरे! यो कुराले गर्दा थेसलोनिकेका मानिसहरू भयभीत बनेका थिए। यसैले तिनीहरूलाई उत्साह दिनका निम्ति पावलले ‘ऱ्याप्चर’ को विषयमा तिनीहरूलाई बताए। डा. थोमस हेलले ‘ऱ्यापचर’ व्याख्या यसरी गरेका छन्ः

‘ख्रीष्टको दोस्रो आगमनमा जीवित हुनेहरू उठाइएर स्वर्गमा लगिनेछन्। त्यो बेला जो जीवित छन् तिनीहरू मरेकाहरूसँगै हुनेछन्। त्यसकारण यिनै वचनहरूले एक-अर्कालाई उत्साह देओ’ (दि एप्लाइड न्यू टेस्टामेन्ट कमेन्टेरी, १ थेसलोनिकी ४:१७,१८ को टिप्पणी)।

म यही खण्डबाट प्रचार गर्नेछु, र ‘ऱ्याप्चर’ को विषयमा अर्कोचोटि अझ विस्तृत रूपले बताउनेछु। आजको रात मेरो उद्देश्य बाइबलका अगमवाणीहरूको एउटा मुख्य कारण हामीलाई सान्त्वना र उत्साह दिनु पनि हो भनी देखाउनु हो।

‘यसकारण एउटाले अर्कालाई यी वचनहरूले सान्त्वना देओ।’ (१ थेसलोनिकी ४:१८)

१. पहिलो, ख्रीष्टको आगमनका चिन्हहरूले उत्साह दिन्छन्।

म जवान छँदा संसारको अवस्था अस्तव्यस्त थियो। त्यो सन् १९६० को दशक थियो। त्यो बेला आणविक विनाशको डर भइरहन्थ्यो। सोभियत संघले कुनै पनि बेला हाम्रा शहरहरूमा बमहरू खसाल्न सक्थ्यो। भियतनामको लडाइँ चर्केर जाँदैथियो। मेरो पनि नाउँ लेखाएर मलाई त्यहाँको जंगलमा मर्न पठाउलान् भनी मलाई डर लागिरहन्थ्यो। त्यो लडाइँ अन्त्यहीन र अर्थहीन थियो। म कलेजमा मेरो स्नात्तकको पढाइ पूरा गर्न चाहन्थेँ। त्यही समय दङ्गाहरू भइरहन्थे। दङ्गा मच्चाउनेहरूले सिकागोमा गणतान्त्रिक सम्मेलन भइरहेको बेला त्यहाँका धेरैवटा ठाउँमा आगजनी गरे। जोन एफ. केन्नडीको हत्या गरियो। त्यसरी नै बबी केन्नडी, डा. मार्टिन लुथर किङ, मेल्कोम दशम र जर्ज वाल्लिसको हत्या गर्ने कोसिस गर्दै उनीहरूलाई जीवनभरका निम्ति कमजोर बनाइयो। त्यसपछि लागू औषधि खाने प्रचलन आयो, बुडस्टोक र बिटल्सहरू, पूर्वीय धर्महरू आए अनि भूतात्माहरू र शैतानको आक्रमण ठूलो रूपमा बढ्यो। हिप्पीहरूले भन्ने गर्थे,‘उडाइ दिएँ मेरो मनलाई।’ त्यो ठूलो अस्तव्यस्तता र डरको समय थियो।

यो डरलाग्दो समयमा मेरो मन र हृदय ख्रीष्टको दोस्रो आगमनका ‘चिन्हहरू’ द्वारा स्थिर भएका थिए।

कालो अन्धकार रात, पापले गऱ्यो लडाँइँ हाम्रो विरुद्ध
   बोक्यौं दुःखको गह्रौं भारी
तर देख्छौं चिन्हहरू उहाँको आगमनको
   हाम्रो हृदय रमाउँछ, आनन्दको कचौरा भरेर पोखिन्छ!

कृपया, खडा भएर मसँगसँगै यो कोरस गाउनुहोस्!

आउँदैछन् उहाँ फेरि, आउँदैछन् उहाँ फेरि,
   उनै येशू मानिसहरूद्वारा इन्कार गरिएको;
आउँदैछन् उहाँ फेरि, आउँदैछन् उहाँ फेरि,
   शक्ति र ठूलो महिमामा, आउँदैछन् उहाँ फेरि!
(‘हि इज कमिङ अगेन,’ माबेल जोन्स्टोन क्याम्प- १८७१-१९३७-द्वारा रचित)

तपाईंहरू बस्न सक्नुहुन्छ। यहाँ केही ‘चिन्हहरू’ छन्, जसले मलाई उत्साह दिएका थिए!

१. इस्राएलको अवस्था, सन् १९४८ मा स्थापित, जुन बेला यहूदीहरू संसारको कुना-कुनाबाट परमेश्वरले दिनुभएको आफ्नै देशमा फर्किन थाले।

येशूले भन्नुभयो, ‘तिनीहरू तरवारले मारिनेछन्, र राष्ट्रहरूमा कैदी बनाएर लगिनेछन्। अनि अन्यजातिहरूको समय पूरा नभएसम्म तिनीहरूले यरूशलेमलाई खुट्टामुनि कुल्चेर राख्नेछन्’ (लूका २१:२४)। ‘हे मेरा प्रजा, ...म तिमीहरूलाई इस्राएलको देशमा फेरि ल्याउनेछु’ (इजकिएल ३७:१२)। ‘भविष्यमा युद्धबाट ध्वंस भएर पुनर्निर्मित भएको देशमा...तिनीहरू जाति-जातिहरूबाट ल्याइएका थिए’ (इजकिएल ३८:८)। राष्ट्रपति ट्रम्पले केही दिन अघि मात्र यरूशलेमलाई इस्राएलको राजधानी घोषित गरे। यहूदीहरू इस्राएलमा फर्किनु यो युग अन्त्यतिर लम्किरहेछ अनि ख्रीष्टको दोस्रो आगमन हुनै लागेको छ भन्ने कुराको बलियो चिन्ह हो!

हल्लेलूयाह! ख्रीष्ट फेरि चाँडै आउँदैछन्!
   आउँदैछन् उहाँ फेरि, आउँदैछन् उहाँ फेरि,
उनै येशू मानिसहरूद्वारा इन्कार गरिएको;
   आउँदैछन् उहाँ फेरि, आउँदैछन् उहाँ फेरि,
शक्ति र ठूलो महिमामा, आउँदैछन् उहाँ फेरि!

२. ख्रीष्टियनहरू र यहूदीहरूलाई सतावट बढिरहेको ‘चिन्ह’।

‘तब तिनीहरूले तिमीहरूलाई संकष्टका लागि सुम्पिदिनेछन्, र तिमीहरूलाई मार्नेछन्, र मेरो नाउँको खातिर सबै जातिहरूले तिमीहरूलाई घृणा गर्नेछन्’ (मत्ती २४:९)। मुसलमानहरूको लक्ष्य इस्राएललाई नाश पार्ने र यहूदीहरूलाई मार्ने छ। अमेरिकामा ACLU ले मण्डलीहरूलाई चूप गराउने र ख्रीष्टियन विश्वासलाई कमजोर पार्ने सक्दो कोसिस गरिरहेको छ। अहिले ‘पुनःस्थापना’ को ईश्वरशास्त्र अति लोकप्रिय हुँदैछ, जसले भन्छ, बाइबलमा पाइने सबै प्रतिज्ञाहरू ख्रीष्टियनहरूका निम्ति हुन् र सरापहरूचाहिँ यहूदीहरूका निम्ति हुन्! यसरी हाम्रा धेरैवटा सुधारवादी मण्डलीहरूले यहूदी विरोधी स्वरूप अंगालिरहेका छन्। हे परमेश्वर हामीलाई सहायता गर्नुहोस्!

यो अगमवाणीले हामीलाई उत्साह दिँदछ, किनकि यो हाम्रै आँखको अगाडि पूरा भइरहेको छ। परमेश्वर सार्वभौम हुनुहुन्छ!

‘यसकारण एउटाले अर्कालाई यी वचनहरूले सान्त्वना देओ।’ (१ थेसलोनिकी ४:१८)

यो भजन गाउनुहोस्!

आउँदैछन् उहाँ फेरि, आउँदैछन् उहाँ फेरि,
   उनै येशू मानिसहरूद्वारा इन्कार गरिएको;
आउँदैछन् उहाँ फेरि, आउँदैछन् उहाँ फेरि,
   शक्ति र ठूलो महिमामा, आउँदैछन् उहाँ फेरि!

तपाईंहरू बस्न सक्नुहुन्छ!

३. अन्त्यको समयमा विश्वास-त्याग गर्नेहरूको संख्या बढ्नु

‘किनकि पहिले विद्रोह [‘विश्वास-त्याग’; क्रिसवेल]’...त्यो दिन आउनेछैन। (२ थेसलोनिकी २:३)

‘धेरै झूटा अगमवक्ताहरू खडा हुनेछन्, र धेरैलाई बहकाउनेछन् दुष्टता बढेको हुनाले धेरैको प्रेम सेलाएर जानेछ’ (मत्ती २४:११,१२)। यसले आखिरी समयमा हुने परमेश्वरबिहीन मण्डलीहरूलाई संकेत गर्दछ। आखिरी समयमा हुने विश्वास-त्याग मूल रूपमा शैतानिक हुन्छ, ‘पछि आउने समयमा छली आत्मा र भूतप्रेतका सिद्धान्ततिर मन लाएर कोही विश्वासबाट तर्किजानेछन्। झूट बोल्ने मानिसहरूका छलद्वारा नै यो हुनेछ, जुनहरूका विवेक तातो फलामले डामेकोजस्तो हुन्छ’ (१ तिमोथी ४:१,२)। आखिरी समयमा हुने विश्वास-त्याग बाइबललाई इन्कार गर्ने हृदय परिवर्तन नभएका सेवकहरूबाट आउँछ। ‘नयाँ ईश्वरशास्त्र’ र ‘नयाँ नैतिकता’ त्यस विश्वास-त्यागका फलहरू हुन्, जसले मण्डलीहरूलाई नाश पारेको छ, मण्डलीहरूमा हराएका मानिसहरू भरिएका छन्। त्यो चार्ल्स जी. फेन्नीको सेवकाइबाट सुरु भएको हो, अनि अहिले त्यो बढेर ठूला मण्डलीहरू सबैलाई आफ्नो नियन्त्रणमा लिएको छ, र परम्परावादी मण्डलीहरूलाई समेत प्रभाव पारेको छ। ‘त्यो विश्वास-त्याग’ ले अन्त्यमा प्रकाश १७ अध्यायको त्यस सबैभन्दा ठूलो वेश्यालाई जन्माउँछ, जुन ‘पोपको अधीनमा भएको विश्वास-त्याग गरेको ख्रीष्टियन जगत हो’ (स्कोफिल्ड)।

अहिले देखिएको प्रवृतिअनुसार आजका जवानहरू वयस्क उमेरमा पुग्दा करिब ४% जति मात्र सुसमाचारीय ख्रीष्टियन बन्नेछन्- जसको अर्थ आजका ३४% सुसमाचारवादी ख्रीष्टियनहरू अबको केही वर्षमा घटेर ४% हुनेछन्। ‘हामी एउटा आत्मिक विपत्ति’ तिर अगाडि बढिरहेका छौं’(डा. ज्याक डब्लु. हेफोर्ड, १६ अगस्त,२००६)। जोन एस. डिकरसनद्वारा लिखित ‘द ग्रेट इभान्जलिकल रिसिसन्’ नामक पुस्तक हेर्नुहोस्। ‘अमेरिकी मण्डलीलाई छवटा कुराले नाश पार्नेछ।’ यो डिकरसनको पुस्तकको एउटा उपशीर्षक हो। आज ख्रीष्टियन परिवारमा हुर्केका ८८% जवानहरू स्कुल पढिसक्दासम्म ख्रीष्टियन रहँदैनन्। चाँडै हाम्रो देश चलाउने तिनीहरू नै हुनेछन्- अमेरिका पूर्ण रूपमा मूर्तिपूजक देश बन्नेछ!

२. दोस्रो, अपनाउनु पर्ने कुरा

थोरै सुसमाचारवादी ख्रीष्टियनहरूले मात्र हाम्रो अगिको भयानक परिस्थितिको बारेमा कुरा गर्छन्। तर त्यस विषयमा के गर्नुपर्छ भनी उनीहरूलाई थाहा छैन। म विश्वास गर्छु, हामी व्यावहारिक रूपमा केही पनि गर्न सक्दैनौं। हाम्रो सभ्यता छताछुल्ल हुनेछ। हाम्रा जवानहरू असभ्य हुनेछन्। कल्पना नै गर्न नसकिने भयानक अवस्थाले हामीलाई पर्खेर बसेको छ।

हामीले आफैलाई एउटा सानो समुदायमा जिउन तयार गर्नुपर्छ, जसलाई चारैतिरबाट असभ्य मूर्तिपूजकहरूले आक्रमण गर्दछ, जस्तो सुरुका ख्रीष्टियनहरूलाई रोमका मूर्तिपूजकहरूको असभ्य दलहरूले आक्रमण गरेका थिए। कृपया १ थेसलोनिकी अध्याय एकको पाँचौं पद हेर्नुहोस्।

‘किनभने हाम्रो सुसमाचार तिमीहरूकहाँ वचनमा मात्र आएन, तर शक्ति...मा आएको हो।’ (१ थेसलोनिकी १:५)

समय थोरै छ। तपाईं मूर्ख नहुनुहोस् र ख्रीष्टिय मतमा ‘नखेल्नु’ होस्। जवान मानिस हो, बाइबल अध्ययनको वचनलाई मात्र ग्रहण नगर्नुहोस्। साँचो परिवर्तन हुन खोज्नुहोस्। वास्तविक ख्रीष्टियनको खोजी गर्नुहोस्!

अब पद ९ हेर्नुहोस्,

‘किनकि जुन किसिमले हाम्रो स्वागत तिमीहरूकहाँ भयो, अनि जीवित र साँचो परमेश्वरको सेवा गर्न तिमीहरू मूर्तिहरूबाट परमेश्वरतर्फ फर्क्यौ, सो त मानिसहरूले नै बताउनेछन्।’ (१ थेसलोनिकी १:९)

तपाईंको जीवनमा भएका मूर्तिहरूबाट परमेश्वरतर्फ फर्किनुहोस्। तपाईंको अस्तित्वको हरेक कुराले परमेश्वरको सेवा गर्नुहोस्।

समय थोरै छ। ख्रीष्ट-विरोधी आउँदैछ। ख्रीष्टियन बन्नका निम्ति तपाईंको जीवनको मूल्य चुकाउनु पर्ने हुन्छ! तपाईंका मूर्तिहरूबाट फर्किनुहोस्! अहिले नै जीवित परमेश्वरको सेवा गर्नुहोस्! पद १० हेर्नुहोस्।

‘अनि स्वर्गबाट आउनुहुने उहाँका पुत्र जसलाई उहाँले मृतकबाट उठाउनुभयो, उहाँकै प्रतीक्षा तिमीहरू गर्दछौ, अर्थात् येशूको, जसले आउन लागेको क्रोधबाट हामीलाई छुटकारा दिनुहुन्छ।’ (१ थेसलोनिकी १:१०)

स्वर्गबाट आउनुहुने परमेश्वरका पुत्र- येशूको प्रतीक्षा गर्नुहोस्, जसले हामीलाई आउन लागेको परमेश्वरको क्रोधबाट बचाउनुहुनेछ। पास्टर वुर्मब्राण्डले लेखेका ‘ख्रीष्टका निम्ति यातना’ पढ्नुहोस्। ख्रीष्टका निम्ति दुःख भोग्न तयार व्यक्तिजस्तो जिउनुहोस्। हराएको संसारबाट निस्केर आउनुहोस्। हो, हराएका मित्रहरूलाई मण्डलीमा आउने निम्तो दिनुहोस्। यदि तिनीहरू आउँदैनन् भने, तिनीहरूलाई तातो ढुंगाजस्तो झट्टै त्यागिदिनुहोस्। हाम्रो मण्डलीमा उद्धार पाएका केटा-केटीहरूलाई तपाईंको मित्र बनाउनुहोस्। प्रार्थनामा अरूसित भेला हुनुहोस्। सुसमाचार प्रचार गर्न जानुहुँदा मानिसहरूका नाउँहरू ल्याउनुहोस्। परमेश्वरका निम्ति जिउनुहोस्! ख्रीष्टका निम्ति जिउनुहोस्! यो मण्डलीका निम्ति जिउनुहोस्! समय थोरै छ। न्यायको दिन आउँदैछ! ‘परमेश्वरसँग भेट गर्न तयार हुनुहोस्।’ ढिलो नगरी अहिले नै तयार हुनुहोस्ष चार्ल्स स्टुडले ठिकै भनेका छन्-

मात्र एउटा जीवन,
   यो चाँडै बितिजानेछ।
जे गरिन्छ ख्रीष्टको निम्ति
   त्यो सदैव रहनेछ!

आफैलाई ख्रीष्टमा दिइहाल्नुहोस्- कुनै कुरा रोकेर नराख्नुहोस्। येशूले तपाईंलाई प्रेम गर्नुहुन्छ! येशूले तपाईंलाई प्रेम गर्नुहुन्छ! येशूले तपाईंलाई प्रेम गर्नुहुन्छ!

भजनको किताबमा भजन नम्बर ५ खोल्नुहोस्। खडा भएर त्यो गाउनुहोस्! त्यो गाउनुहोस्! त्यो गाउनुहोस्!

कति मिठो येशूको नाउँ, झन्किन्छ विश्वासीको कानमा!
पार्छ शान्त उसको दुःख, पार्छ चोट निको र हटाउँछ उसको डर
र हटाउँछ उसको डर।

प्रिय नाउँ, चट्टान जसमाथि भएँ म निर्माण, मेरो ढाल मेरो शरणस्थान,
मलाई निराश नपार्ने धन, भरिएको असंख्य अनुग्रहको भण्डारले!
भरिएको असंख्य अनुग्रहको भण्डारले!

येशू! मेरो गोठाला, दाइ, मित्र, मेरा अगमवक्ता पूजाहारी र राजा
मेरा प्रभु, मेरो जीवन, मेरो बाटो, मेरो लक्ष्य, मेरो प्रशंसा स्वीकार्नुहोस्।
मेरो प्रशंसा स्वीकार्नुहोस्।

कमजोर मेरो हृदयको प्रयास, चिसो मेरा न्याना विचार,
तर देख्छु तपाईंलाई जस्तो तपाईं हुनुहुन्छ, गर्छु म तपाईंको प्रशंसा।
गर्छु म तपाईंको प्रशंसा।

त्यतिञ्जेल गर्चु घोषणा तपाईंको प्रेमको प्रत्येक क्षणको सासमा,
तपाईंको नाउँको संगीत मृत्युमा, गरोस् मेरो प्राणलाई ताजा,
गरोस् मेरो प्राणलाई ताजा।
(‘हाउ स्वीट द नेम अफ जिजस साउन्डस्’- जोन न्यूटन-
   १७२५-१८०७-द्वारा रचित, ‘मेजेस्टिक स्वीटनेस सिटस एनथ्रोन्ड’ को लयमा)


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
('क्राइष्ट रिटर्न्थ,' एच. एल. टर्नरद्वारा रचित, १८७८)


रूपरेखा

बाइबलको अगमवाणीले तपाईंलाई प्रेरणा दिओस्!

LET BIBLE PROPHECY MOTIVATE YOU!

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

‘यसकारण एउटाले अर्कालाई यी वचनहरूले सान्त्वना
(१ थेसलोनिकी ४:१८)

१. पहिलो, ख्रीष्टको आगमनको चिन्हहरूले उत्साह दिन्छन्।
१. इस्राएलको अवस्था, सन् १९४८ मा स्थापित, जुन बेला यहूदीहरू
    संसारको कुना-कुनाबाट परमेश्वरले दिनुभएको आफ्नै देशमा फर्किन थाले।
    लूका २१:२४; इजकिएल ३७:१२; ३८:८
२. ख्रीष्टियनहरू र यहूदीहरूलाई सतावट बढिरहेको ‘चिन्ह’। मत्ती २४:९
३. अन्त्यको समयमा विश्वास त्याग गर्नेहरूको संख्या बढ्नु२ थेसलोनिकी २:३;
    मत्ती २४:११,१२; १ तिमोथी ४:१,२

२. दोस्रो, अपनाउनु पर्ने कुरा- १ थेसलोनिकी १:५,९,१०