Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




डा. हिमर्सले उहाँको सेवकाइको ६०औं वार्षिकीमा बोल्नुभएको सन्देश, ‘मेरो जीवनका आशिषहरू’

DR. HYMERS SPEAKS ON HIS 60TH ANNIVERSARY IN MINISTRY
"THE BLESSINGS OF MY LIFE"
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

८ अप्रेल, २०१८, आइतबार बेलुकी रिचर्ड निक्सन लाइब्रेरी, योर्बा लिन्डा, केलिफोर्नियामा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Richard Nixon Presidential Library,
Yorba Linda, California
Lord’s Day Evening, April 8, 2018


कृपया, मैले मेरो जीवनको बाइबल पद पढदा खडा हुनुहोस्।

‘जसले मलाई शक्ति दिनुहुन्छ, उहाँमा नै म सब कुरा गर्न सक्छु।’ (फिलिप्पी ४:१३)

तपाईंहरू बस्न सक्नुहुन्छ।

मैले मेरो सेवकाइको साठीऔं वर्षगाँठ मनाउन किन निक्सन लाइब्रेरी चुनेँ भनी तपाईंहरू सोच्नुहुन्छ होला। जब तपाईंहरू मेरो जीवन कथा पढ्नुहुन्छ, तब मैले राष्ट्रपति निक्सनबाट मेरो जीवनका निम्ति बाइबल पद कसरी पाएँ भनी थाहा पाउनुहुनेछ।

‘जसले मलाई शक्ति दिनुहुन्छ, उहाँमा नै म सब कुरा गर्न सक्छु।’ (फिलिप्पी ४:१३)

म दुइ वर्षको मात्र हुँदा मेरा पिता हामीलाई छोडेर जानुभयो। म फेरिफेरि कहिल्यै पनि उनको साथमा बसिनँ। म १२ वर्षको हुँदासम्म मेरी आमाको साथमा बसेँ। त्यसपछि म एकपछि अर्को ठाउँमा सर्दै मलाई मन नपराउने आफन्तहरूसित बसेँ। महाविद्यालयको अध्ययन पूरा गर्नु अघि मैले २२ वटा स्कुलहरू चाहारेँ। म ती स्कुलहरूमा सधैं ‘नयाँ केटो’ हुन्थेँ। म साँच्चिकै टुहुरो थिएँ। तर पितारहित बनेर हुर्कनु सबैभन्दा ठूलो हानिको कुरा थियो। म आफैले जीविका कमाउनु पर्थ्यो, कुनै सहायता र आर्थिक सहयोग थिएन। तर सबैभन्दा नराम्रो कुरा यो थियो कि, एक नमूनाको रूपमा मसित पिता थिएन। यसैले मैले इतिहासका व्यक्तिहरूलाई हेर्न र मानिस त्यस्तो हुनुपर्छ भनी कल्पना गर्न थालेँ। ती व्यक्तिहरू नै मेरा नायकहरू बने।

मैले तिनीहरूलाई सांसारिक आदर्श व्यक्तिहरू र ख्रीष्टियन आदर्श व्यक्तिहरूको श्रेणीमा बाँडेँ। मैले नायक ठानेकाहरू त्यस्ता व्यक्तिहरू थिए जसले ठूल्ठुला कठिनाइहरूको सामना गरेर तीमाथि विजय प्राप्त गरेका थिए। मेरा ख्रीष्टियन नायकहरू थिए- अब्राहाम लिंकन, जोन वेस्ली, रिचर्ड वर्मब्रान्ड र जोन आर. राइस। मेरा सांसारिक नायकहरू थिए- विस्टन चर्चिल र रिचर्ड निक्सन। निक्सनका जीवन कथा लेख्नेहरूमध्ये एक जनाले भनेका छन्, ‘उनी बहिर्मुखी काममा अन्तर्मुखी व्यक्ति थिए। अविश्वसनीय कुरा, उनी एक सफल राजनीतिज्ञ बने। उनी लज्जालु र पुस्तक प्रेमी थिए, उनी हार्न सक्छन्, अस्वीकार गरिन सक्छन् भनी उनले जान्दथे, तापनि जस्तै बाधाहरू भए पनि सधैं फेरि खडा भए।’ होइन, उनी ख्रीष्टियन थिएनन्। तर अवश्य उनी फर्केर फेरि लड्न आए। फिलिप्पी ४:१३ निक्सनलाई मन परेको बाइबल पद थियो।

राष्ट्रपति निक्सनले त्यो पद किन मन पराए भन्ने कुरा मलाई थाहा भएपछि मैले उनलाई कहिल्यै पनि घृणा गर्न सकिनँ। उनी धेरै वटा बाधाहरूमाथि विजयी बनेका थिए, कि मैले उनलाई नातेदारजस्तो देखेँ। मेरो जीवनको सबैभन्दा निराशपूर्ण समयमा मैले धेरैचोटि यस्तो विचार गरेको छु, ‘यदि रिचर्ड निक्सन वाटरगेटको काण्ड झेलेर जिउन सके भने म पनि यसबाट पार भएर जान सक्छु।’ सम्वाददाता वल्टर क्रोङक्राइटले भने, ‘यदि तपाईं वा म रिचर्ड निक्सन हुन्थ्यौं भने हामी मरिसकेका हुनेथियौं।’ मेरो निम्ति उनी दृढ संकल्पको मुख्य प्रतीक थिए। निक्सनले भनेका थिए, ‘हार्दैमा एउटा मानिस समाप्त हुँदैन। तर उसले मैदान छोडेर गयो भने ऊ समाप्त भएको हुन्छ।’ कुनै कुराले उनलाई रोक्न सकेन। सन् १९६० मा उनले जोन एफ. केनडीको विरुद्ध राष्ट्रपतिको चुनाव हारे। सन् १९६२ मा केलिफोर्नियाका राज्यपालको चुनाव हारे। सन् १९६८ मा उनले राष्ट्रपतिको चुनाव जिते। वाटरगेटको काण्डले गर्दा उनलाई पदबाट हटाइयो। तर उनी सधैं फर्केर आए। त्यसैकारण, उनी ख्रीष्टियन नभए पनि उनी मेरो निम्ति एक सांसारिक नायक थिए।

प्रेरित पावलले भने,

‘जसले मलाई शक्ति दिनुहुन्छ, उहाँमा नै म सब कुरा गर्न सक्छु।’ (फिलिप्पी ४:१३)

त्यसको अर्थ म मेरो चिल्लो तालुमा केश उमार्न सक्छु भनेको होइन। म उड्न सक्छु पनि भनेको होइन। यसको अर्थ म गणितमा राम्रो गर्न सक्छु भनेको हो। प्रेरितको भनाइको अर्थ तिनलाई शक्ति दिनुहुने ख्रीष्टद्वारा तिनले सबै कठिनाइहरू सहन सक्छन् भन्ने हो, तिनले सबै कर्तव्यहरू पूरा गर्न सक्छन् भनेको हो, तिनी सबै बाधाहरूमाथि विजयी हुन सक्छन् भनेको हो। अनि मैले आफूमा पनि यो सत्य भएको पाएको छु। यो पदका निम्ति म परमेश्वरलाई धन्यवाद दिन्छु। तर त्योभन्दा बढी मलाई शक्ति दिनका निम्ति परमेश्वरले ख्रीष्ट दिनुभएकोमा म उहाँलाई धन्यवाद दिँदछु। म कलेजको अध्ययनमा फेल भएँ, तर ख्रीष्टले मलाई त्यहाँ फर्केर जाने र डाक्टरीका तीन वटा डिग्री प्राप्त गर्ने शक्ति दिनुभयो। म मिसनरी बन्न असफल भएँ, तर ख्रीष्टले हाम्रो वेबसाइटद्वारा सारा संसारका मानिसहरूका निम्ति मलाई संसाधनको स्रोत बनाउनुभयो।

अनि तपाईंहरूले मरो पुस्तक पढ्नुभयो भने भर्खरै श्री ग्रिफिथले गाएका एकल गीत किन मेरो मनपर्ने गीत हो भनी थाहा पाउनुहुनेछ।

बोलाए प्रभुले हामीलाई, बाटो हुन सक्छ जोखिम
   खतरा र दुःखहरू होला बाटोमा यत्रतत्र,
तर दिन्छन् परमेश्वरका पवित्र आत्माले, सान्त्वना थाकेकालाई,
   लाग्छौं पछि उद्धारकर्ताको, सक्दैनौं फर्किन,
बोलाए प्रभुले हामीलाई, शंका र परीक्षा भए पनि
   हाम्रो त्यो यात्राभरि, गाउँछौं आनन्दले,
‘अगि बढ, माथि हेर,’ धेरै संकष्टमा
   सियोनका सन्तानले आफ्ना राजालाई पछ्याउनै पर्छ।
('द मास्टर ह्याथ कम,' सारा डुडने-१८४१-१९२६, द्वारा रचित)

मैले मेरो जीवन कथा लेखेँ, किनकि मेरो छोरा रोबर्टले मलाई त्यो लेख्ने सल्लाह दियो। त्यो लेख्दा मलाई आनन्द लागेन, किनकि मेरो जीवन कठिनाइ, संघर्ष र कष्टले भरिएको थियो। सातचोटि मलाई त्यो पाण्डुलिपी फालिदिऊँ कि जस्तो लाग्यो, किनकि त्यो अति नै नकारात्मक थियो। तर जोन शमूएल केगनले भने, ‘डा. हिमर्स, त्यो नफाल्नुहोस्। अब तपाईंले अझै अर्को अध्याय लेख्नु आवश्यक छ। त्यो समयको बारेमा लेख्नुहोस्, जुन बेला तपाईंकी आमाले तपाईंलाई ‘आशिष् गन’ भनेकी थिइन्। मैले जोनको कुरा माने अनि अन्तिम अध्याय लेखेँ, जुन अब तपाईंहरूलाई छोटकरीमा सुनाउँछु।

म अस्पतालमा मेरी आमाको खाटको छेउमा बसिरहेको थिएँ। त्यो धन्यवाद दिवसको केही हप्तापछिको कुरा थियो। हामीले हाम्रो प्रिय व्यक्ति अब्राहाम लिंकन, र उनले धन्यवाद दिवसलाई कसरी राष्ट्रिय बिदाको दिन बनाए भन्ने विषयमा कुरा गरिरहेका थियौं। हामीले धन्यवाद दिवसमा गाएका भजन गायौं।

वन अँध्यारोमा जब आउँछ दुःख,
जब हरेश खान्छौं र हराउँछ सुख
तब आशिष् गन येशूलाई हेर,
आशिष् गन्दा-गन्दै लौ त कति धेर
आशिष् गन, गन एकै-एक
आशिष् गन हेर छन् अनेक
आशिष् गन छक्क पर्नेछौ,
प्रभुले तिमीलाई कति दिनुभो।
(‘काउन्ट योर ब्लेसिङस्,’ जोनसन ओटमेन- १८५६-१९२२, द्वारा रचित)

हामीले भजन गाइसक्यौं, आमाले भनिन्, ‘ए रोबर्ट, हाम्रो जीवनमा धन्यवादी हुनुपर्ने कारणहरू साँच्चै हामीसँग धेरै छन्।’ त्यसपछि हामी हाम्रा आशिषहरू ‘एक-एक गरी गर्दछौ।’ अनि उनले हाम्रा छोराहरू रोबर्ट र जोनका निम्ति धन्यवाद दिन थालिन्। त्यसपछि मेरी पत्नी इलाइनाका निम्ति धन्यवाद दिइन्। ‘रोबर्ट, ऊ मप्रति अति असल छिन्, अनि ऊ एउटी असल आमा र पत्नी हुन्।’ उनले ऊ हाम्रो घरमा बसेकी निम्ति परमेश्वरलाई धन्यवाद दिइन्। उनले हाम्रो चर्चका निम्ति धन्यवाद दिइन्। उनले हाम्रा ‘एक-एक जना’ सदस्यका निम्ति धन्यवाद दिइन्। अनि मैले धन्यवाद दिनुपर्ने केही विषयहरू दिएँ। अनि हामीले त्यस भजनको कोरस फेरि गायौं।

आशिष् गन, गन एकै-एक, आशिष् गन हेर छन् अनेक
आशिष् गन छक्क पर्नेछौ,प्रभुले तिमीलाई कति दिनुभो।

रात धेरै बितिसकेको थियो। मैले उनलाई म्वाइँ खाएँ, अनि म कोठातिर जान लाग्दा उनले केही यस्तो कुरा भनिन्, जुन म जीवित रहुञ्जेल कहिल्यै भुल्दिनँ। उनले भनिन्, ‘रोबर्ट, मेरो जीवनमा भएको सर्वोत्तम कुरा तिमी नै हो।’ कोठाबाट बाहिर जाँदा मेरो आँखा रसायो, रातको समयमा म अस्पतालबाट बाहिर निस्केँ। मैले मेरी आमासँग गरेको अन्तिम बातचित त्यही नै थियो। त्यही रात केही समयपछि उनलाई ठूलो हृदयघात भयो, जसले उनको जीवन खोस्यो।

‘डा. हिमर्स, तपाईंको पुस्तक नफाल्नुहोस्। अब त्यसमा केवल एउटा अध्यायको खाँचो छ। त्यो समयको बारेमा बताउनुहोस्, जुन बेला तपाईंकी आमाले तपाईंलाई ‘आशिष् गन’ भनेकी थिइन्।’ यसैले यहाँ केही आशिषहरूको बारेमा बताउन चाहन्छु, जुन परमेश्वरले मेरो जीवनको यात्रामा मलाई दिनुभयो।

सबैभन्दा पहिले, म परमेश्वरलाई धन्यवाद दिन्छु, किनकि आखिरीमा मेरी आमाले उद्धार पाइन्। उनी असी वर्ष पुगेकी थिइन्, मलाई त उनले कहिल्यै उद्धार पाउनेछैनन् जस्तो लागेको थियो। म इलाइनाको साथमा थिएँ अनि छोराहरू न्यू योर्कमा थिए, जहाँको केही मण्डलीहरूमा मैले प्रचार गर्न लागेको थिएँ। म हाम्रो कोठामा टहलिरहेको बेला मैले मेरी आमाको उद्धारका निम्ति प्रार्थना गरिरहेको थिएँ। अनि अचानक मैले उनले उद्धार पाउनेछिन् भनी थाहा पाएँ। पुरानो समयका मानिसहरूले भनेझैं मैले ‘पूरै प्रार्थना’ गरेको थिएँ। मैले डा. केगनलाई फोन गरेँ अनि गएर मेरी आमालाई ख्रीष्टमा डोऱ्याउनुहोस् भनी बिन्ती गरेँ। आमाले पहिलेपहिले उनको कुरा कहिल्यै सुनिन। तर यस पटक उनले येशूमा विश्वास गरिनँ। साँचो हृदय परिवर्तनहरू जस्ता हुन्छन् त्यो त्यस्तै एउटा आश्चर्यकर्म थियो। त्यही दिनदेखि उनले चुरोट पिउन र मद्य पिउन छाडिन्। अचानक मद्य पिउन छाड्नेहरूलाई लठ्याउने औषधी दिइएन भने तिनीहरू ऐँठन पर्छन् भनी मलाई डाक्टरहरूले भनेका थिए। तर मेरी आमालाई त्यस्तो केही भएन। त्यो एउटा आश्चर्यकर्म थियो। उनले फेरि कहिल्यै चुरोट र मद्य पिइन। उनले बाइबल धेरैचोटि सुरुदेखि अन्त्यसम्म पढिन्, अनि हप्तामा चार पल्ट मसँग मण्डलीमा जाने गर्थिन्। मैले उनलाई जुलाई ४ तारिखको दिन बप्तिस्मा दिएको थिएँ, त्यो उनको मनपर्दो बिदाको दिन थियो। मेरी आमाको हृदय परिवर्तनका निम्ति मैले परमेश्वरलाई धन्यवाद दिए।

दोस्रो, मेरी प्रिय पत्नी इलाइनाका निम्ति म परमेश्वरलाई धन्यवाद दिन्छु। तिनी मैले संचालन गरिरहेको विवाह कार्यक्रममा आएकी थिइन। विवाह सेवा सुरु हुनुभन्दा अघि मैले यूहन्ना ३:१६ बाट एउटा छोटो सन्देश प्रचार गरेँ। त्यो उनले प्रोटेस्टेन्ट मण्डलीमा सुनेकी पहिलो सन्देश थियो। तिनले येशूलाई ग्रहण गर्ने निमन्त्रणालाई स्वीकार गरिन् र त्यी बेला उद्धार पाइन्। मैले तिनलाई मसँग बिहे गर्ने कि भनी पहिलोचोटि सोद्धा, तिनले ‘अस्वीकार’ गरिन्। म दुःखी बनेँ। ओर्लान्डो र आइरिन भाजक्वेज (जो आज राति यहाँ छन्) ले मलाई उनीहरूको साथमा पोर्टो रिको जाने निमन्त्रणा दिए। म गएँ, तर मैले इलाइनाको विषयमा सोचिरहेँ। तिनले पनि मेरो विषयमा सोचिरहेकी थिइन्। तिनले भनिन्, ‘आशा गर्छु, उनले फेरि मलाई सोद्धछन् होला।’ अनि मैले सोधेँ, यस पटक तिनले ‘गर्छु’ भनिन्। अहिले हाम्रो बिहे भएको पैंत्तीस वर्ष भएको छ। म मेरी प्रिय पत्नीका निम्ति प्रत्येक दिन परमेश्वरलाई धन्यवाद दिन्छु। तिनले मलाई एउटा पत्र लेखेकी थिइन्, जहाँ यस्तो लेखेकी थिइन्, ‘रोबर्ट, म मेरो सम्पूर्ण हृदय र प्राणले तपाईंलाई प्रेम गर्छु। सदैव प्रेम, तपाईंकी इलाइन!’ तिनी हितोपदेश ३१ अध्यायकी गुणले पूर्ण स्त्रीजस्तै छिन्। तपाईंहरूले त्यो पढ्नुभयो भने त्यहाँ मेरी पत्नी इलाइनाको बारेमा वर्णन गरिएको पाउनुहुनेछ। म उसको प्रेम सदैव सम्हालेर राख्नेछु। तिनका पिता आज राति हाम्रो साथमा यहाँ हुनुहुन्छ। उनले यहाँ आउनका निम्ति मलाई टाढा ग्वाटेमालाबाट फोन गर्नुभयो। धन्यवाद, श्रीमान क्युलर! इलाइनाका भाइ र उनको परिवार पनि आज यहाँ छन्। धन्यवाद एर्विन!

तेस्रो, म परमेश्वरलाई मेरा दुइ छोरा रोबर्ट र जोनका निम्ति धन्यवाद दिँदछु। उनीहरू जुम्ल्याह हुन्, अब उनीहरू चौतीस वर्ष पुगे। उनीहरू दुवैले नर्थरिजको केलिफोर्निया स्टेट युनिभर्सिटीबाट अध्ययन पूरा गरेका छन्। रोबर्टको बिहे सुन्दर कोरियाली केटी जिनसँग भएको छ। आज राति जिनका आमाबुबा र तिनका दाजु-भाउजू यहाँ हामीसँग हुनुहुन्छ। तपाईंहरू आउनुभएकोमा धन्यवाद छ। रोबर्ट र जिन दुइटी छोरी हन्नाह र साराका आमाबुबा हुन्। मलाई ती सुन्दर नातिनीहरू दिनुभएकोमा म परमेश्वरलाई धन्यवाद दिँदछु।

मेरो अर्को छोरा जोन वेस्लीको नाउँ महान् अंग्रेज प्रचारकको नाउँमा राखिएको हो। रोबर्ट र जोन दुवैले हाम्रो मण्डलीको प्रत्येक सेवामा भाग लिन्छन्। वेस्ली धेरै प्रार्थना गर्ने व्यक्ति हो। कहिलेकहीं त उसले घन्टौंसम्म प्रार्थना गर्छ र बाइबल पढ्छ। ऊ एक असल ख्रीष्टियन र मेरो एक मित्र हो। मेरा दुवै छोरासँग म खुसी छु। म र मेरी पत्नीका निम्ति उनीहरू ठूलो आशिष हुन्।

म डा. क्रिस्टोफर केगनका निम्ति परमेश्वरलाई धन्यवाद दिन्छु। तिनी मेरा भाइ हुन्, मेरो यस्तो भाइ अघि कहिल्यै थिएन। तिनी मेरो परम मित्र र घनिष्ठ सहकर्मी हुन्। हामी एक-अर्कालाई यति धेरै आदर गर्छौं कि, एकले अर्कोलाई कहिल्यै नाउँ काढेर बोलाउँदैनौं। हामी मात्र हुँदा म उनलाई डा. केगन भन्ने गर्छु र तिनले मलाई डा. हिमर्स भन्छन्। परमेश्वरले मलाई यस्तो बुद्धिमान् र विश्वासयोग्य मित्र दिनुभएकोमा उहाँलाई धन्यवाद दिन्छु। हामी दुवै जना त्यत्ति नबोल्ने खालका छौं, अनि हामी दुवैले नै प्रार्थना र बाइबल अध्ययनमा धेरै समय बिताउँछौं। तिनी आफ्नो सोचविचारमा अति वैज्ञानिक र गणितीय छन्। म अति रहस्यमय र अन्तर्ज्ञानी छु। हामी दुइलाई एकसाथ मिलेर काम गर्नु अति नै सहज छ। हामी श्री होल्मेस र श्री वाटसन वा श्री जोनसन र श्री बोसलेवजस्ता साझेदारहरू हौं (कसैले हामीलाई पुरानो समयका हास्य अभिनेता लाउरेल र हार्डी वा एब्बोट र कस्टेलो पनि भन्छन्)।

म नयाँ-नयाँ कुराको खोज गर्ने व्यक्ति र तिनी त्यस कुरालाई ठोस रूप दिने व्यक्ति हुन्। म साहित्यिक मनको छु। उनी गणितीय मनका छन्। तिनले मलाई एक अगुवा ठान्छन्। म तिनलाई एक बुद्धिमान् व्यक्ति मान्छु। हाम्रो साझेदारी हामी दुवैका निम्ति आशिष् भएको छ। डा. क्रिस्टोफर केगनका निम्ति म परमेश्वरलाई धन्यवाद दिन्छु।

म श्री जोन शमूएल केगनका निम्ति परमेश्वरलाई धन्यवाद दिन्छु। तिनी डा. र श्रीमती केगनका जेठो छोरा हुन्। जोन यो सेवा संचालन गर्ने जवान हुन्। तिनलाई हिजो ब्याप्टिस्ट सेवकको रूपमा अभिषेक गरिएको छ। यसैले अब तिनी रेभरेन्ड जोन शमूएल केगन हुन्। तिनी एक असल प्रचारक र परामर्शदाता हुन्। जोनलाई म मेरो सेवकाइमा मेरो ‘छोरा’ मान्दछु। तिनी बायोला युनिभर्सिटीमा टलबोट स्कुल अफ थिअलजीमा दोस्रो वर्षमा अध्ययनरत् छन्। तिनी अति बुद्धिमान् छन्। यसमा अचम्म मान्नु पर्ने कुनै कुरा छैन, किनकि तिनका पिताले दुइ वटा पीएचडी प्राप्त गरेका छन् अनि तिनकी आमा मेडिकल डाक्टर हुन्। जोन एक इमानदार विद्यार्थी हुन्। तिनले ईश्वरशास्त्रमा पीएचडी गर्ने लक्ष्य राखेका छन्। जोनले २४ वर्षको उमेरमा नै भारत, डोमिनिकन रिपब्लिक र अफ्रिकाका तीन वटा देशमा सुसमाचारीय सेवाहरूमा प्रचार गरेका छन्। तिनले हरेक आइतबार हाम्रो मण्डलीमा प्रचार गर्छन्। हामी हरेक विहीबार दिउँसोको समय ईश्वरशास्त्र र सेवकाइको कामको बारेमा छलफल गर्दै बिताउँछौं। जोनका निम्ति म परमेश्वरलाई धन्यवाद दिन्छु। तिनी मपछि यो मण्डलीको पास्टर हुनेछन्। तिनी मेरा मित्र हुन्। कुरा स्पष्ट छ।

म श्री नोआ सङका निम्ति परमेश्वरलाई धन्यवाद दिन्छु। तिनी मेरो अर्को ‘प्रचारक केटो’ हुन्। नोआले आफ्नो कलेजको पढाइ पूरा गरेका छन् र अब सेमिनरीमा अध्ययन गर्न जान्छन्। तिनी र जोन केगनको राम्रो जोडी बन्छ, तिनीहरूले भविष्यमा हाम्रो मण्डलीलाई नेतृत्त्व गर्नेछन्।

म नोआ, एरोन यान्सी र ज्याक गानका निम्ति परमेश्वरलाई धन्यवाद दिन्छु। तिनीहरू भर्खरै अभिषेक गरिएका हाम्रा डिकनहरू हुन्। एरोन मेरो मित्र हुन्। तिनले ममाथि त्यसरी नै नजर राख्छन्, जसरी एउटी पोथीले एउटा मात्र चिङनामाथि राख्छे। तिनी मेरा घनिष्ठ मित्रहरूमध्ये एक हुन्। ज्याक गान विवाहित हुन्, र तिनका दुइ छोरा छन्। अनि त्यस्ता व्यक्ति हुन् जसलाई तपाईंहरू बुझ्न सक्नुहुन्न। मैले पनि अझसम्म पूरै बुझिसकेको छुइनँ! अर्को वर्ष म ज्याल गानको घरमा एउटा नयाँ मण्डली स्थापना गर्नेछु।

जोन केगन, नोआ सङ, एरोन यान्सी, ज्याक गान र बेन ग्रिफिथ मेरा प्रार्थनाका मित्रहरू हुन्। हामी प्रत्येक बुधबार राति मेरो घरको अध्ययनमा प्रार्थना गर्न भेला हुन्छौं। यी व्यक्तिहरूका निम्ति म परमेश्वरलाई धन्यवाद दिन्छु। यिनीहरूले म कठिन समयबाट भएर जाँदा, विशेष गरी मेरो केन्सरको उपचारको समयमा मलाई सहायता गरेका छन्।

म डा. चान, श्रीमती सालाजार र ती ‘३९’ जना व्यक्तिका निम्ति परमेश्वरलाई धन्यवाद दिन्छु। डा. चान हाम्रा सहायक पास्टर, सुसमाचार प्रचारका र हाम्रो टेलिफोन सेवकाइका प्रभारी हुन्। श्रीमती सालाजार स्पेनिश सेवकाइका प्रभारी हुन्। ती ‘३९’ जना व्यक्ति ती विश्वासयोग्य मानिसहरू हुन्, जसले हाम्रो मण्डली नराम्रोघतले फुटेको बेला मण्डलीलाई कंगाल हुनबाट बचाएका थिए। तिनीहरू प्रत्येकका निम्ति म परमेश्वरलाई धन्यवाद दिन्छु। म श्री एबेल प्रद्योमेका निम्ति परमेश्वरलाई धन्यवाद दिन्छु। तिनी नै थिए जसले मण्डलीलाई विभाजन हुनबाट रोकेका थिए। अनि म भिर्जिल र बेभर्ली निक्केलका निम्ति परमेश्वरलाई धन्यवाद दिन्छु। तिनीहरू ती दम्पत्ति हुन्, जसले हामीलाई मण्डलीका निम्ति नयाँ भवन किन्न ऋण दिए। तिनीहरू हामीलाई सहयोग गर्न कहिल्यै पनि पछि परेनन्। अहिले तिनीहरू हाम्रो चर्चका सम्मानित सदस्य हुन्।

हाम्रो मण्डली तीस वर्षभन्दा मुनिका करिब पचास प्रतिशत जवानहरूद्वारा बनेको छ। जवान मानिसहरूको पास्टरी गर्नु मलाई सधैं आनन्द लागेको छ। अहिले हामीसँग जुन झुन्ड छ त्यो अहिलेसम्मकै सर्वोत्तम झुन्ड हो। हामीसँग डिकनहरूको राम्रो दल छ। हामीसँग आठ जना अभिषिक्त डिकनहरू छन्, अनि हामी प्रत्येक दुइ वर्षमा डिकनहरू फेर्ने गर्छौं। एरोन यान्सी डिकनहरूको स्थायी अध्यक्ष हुन्, र तिनी कहिल्यै पनि फेरिंदैनन्। यी व्यक्तिहरूका निम्ति म परमेश्वरलाई धन्यवाद दिन्छु।

हाम्रो मण्डलीका वृद्ध-वृद्धाहरूले हामीले गरेका काममा ठूलो सहयोग दिन्छन्। उनीहरू प्रत्येक सेवामा आउँछन्। हाम्रो मण्डलीलाई निर्माण गर्न उनीहरू प्रार्थना गर्छन् र धेरै परिश्रम गर्छन्। म मोन्टेबेल्लोमा नयाँ चिनियाँ मण्डली सुरु गर्नु जाँदा आइतबारको सेवा जोन केगन र तिनका पिताको भरमा छोड्नु कुनै डर छैन। म उनीहरूलाई पूरा भरोसा गर्छु। म प्रत्येक आइतबार राति आमा मण्डलीमा आएर प्रचार गर्नेछु।

मेरो सारा जीवन मण्डलीकै मानिसहरूको वरिपरि घुम्छ। तिनीहरू मेरो ‘नातेदारहरूको झुन्ड’ हुन्। यस्तो विशाल परिवारको पिता हुन पाउँदा मलाई ठूलो आनन्द लाग्छ। येशूले भन्नुभयो,

‘यदि तिमीहरूले एक-अर्कालाई प्रेम गऱ्यौ भने, यसैबाट सबैले जान्नेछन्, कि तिमीहरू मेरा चेलाहरू हौ।’ (यूहन्ना १३:३५)

यो सन्देशलाई सायद एउटा घटना भनेर अन्त्य गर्नुभन्दा राम्रो तरिका अरू छैन। मैले मारिन प्रान्तको ओपन डोर चर्चमा प्रचार गरिरहेको बेला सधैं जवान मानिसहरूको एउटा झुन्डलाई प्रत्येक शुक्रबार र शनिबार राति सन फ्रान्सिस्को लैजाने गर्थेँ। म सड्कमा प्रचार गर्थेँ र तिनीहरूले सुसमाचारका पर्चाहरू बाँड्थे। हामी प्रायः त्यो शहरको नर्थ बिच क्षेत्रमा जान्थ्यौं। त्यो अति भ्रष्ट ठाउँ थियो, जहाँ मानिसहरूले लागू औषधी लिन्थे, त्यहाँ धेरै वटा ‘अव्यवस्थित चोकहरू’ थिए। म सधैं ‘अदमको बगैंचा’ भनिने चोकको अगाडि प्रचार गर्थेँ।

एक रात केटाकेटीहरूले एक जना जवानलाई मकहाँ ल्याए। उसलाई धेरै महङ्गो हेरोइन खाने कुलत बसेको उसैले मलाई बतायो। उसले त्यो कुलत छोड्न चाहेको कुरा मलाई बतायो। ऊसँग कुरा गर्दैजाँदा मलाई ऊ सत्य बोलिरहेछ जस्तो लाग्यो। त्यो रात हाम्रो काम समाप्त भएपछि मैले उसलाई मेरो गाडीमा बसाएर आफ्नो घरमा ल्याएँ। उसलाई भान्साकोठामा सुत्न लगाएँ, मेरो सुत्ने कोठाको ताल्चा लगाए र सुतेँ।

केही दिनपछि भान्साकोठाको भुइँमा पस्रिरहेको बेला उसलाई त्यो थोकको तलतलले भुतुक्कै पाऱ्यो। अन्त्यमा ऊ केही शान्त भयो र मसँग गिटार छ कि भनी सोध्यो। मैले मेरा छोराहरूलाई एउटा गिटार ल्याउन लगाएँ। ऊ भुइँमा बसेर केही दिनसम्म त्यो बजायो। फेरि उसले भजनको किताब माग्यो। हामीले एउटा दियौं, उसले एउटा भजनका निम्ति नयाँ धुन बनाउन थाल्यो। मैले त्यो केटोको वास्तविक नाउँ भुलेँ। म सधैं उसलाई DA भनी बोलाउँथेँ, छोटकरीमा ड्रग एडिक्ट। अनि एक दिन उसले मलाई भन्यो, ‘यो भजन सुन्नुहोस् त!’ उसले गिटार समात्यो, भजनको पुस्तक खोल्यो अनि अल्बर्ट मिडलेन (१८२५-१९०९) को भजन, ‘रिभाइभ दाय वर्क’ उसले बनाएको नयाँ धुनमा गाउन थाल्यो। त्यो अति सुन्दर थियो। अहिलेसम्म हामी त्यस DA को धुनमा त्यो भजन गाउँछौं।

फेरि जगाउनोस् काम तपाईंको, हे प्रभु! तपाईंको बलिया बाहु खोल्नुहोस्
बोल्नोस् मृतकलाई जगाउने सोरमा, र तपाईंका मानिसहरूले सुनून्,
जगाउनोस्! जगाउनोस्! र बर्साउनोस् ताजापन,
तपाईंको महिमा तपाईंकै हुनेछ, तपाईंको आशिष हाम्रो
(‘रिभाइभ दाय वर्क,’ अल्बर्ट मिडलेन, १८२५-१९०९- द्वारा रचित)

म लस एन्जलसको घरमा आउँदा त्यस DA सँग मेरो सम्पर्क टुट्यो। जीवन अगाडि बढिरह्यो, अनि अन्त्यमा हाम्रो मण्डलीको ठाउँ यो भयो जहाँ हामी अहिले छौं। एक रात फोनको घन्टी बज्यो। म अफिस कोठामा गएँ र फोन उठाउँदै भने, ‘हेल्लो।’ फोन गर्नेले भन्यो, ‘हेल्लो, डाक्टर हिमर्स, म त्यस DA बोलेको।’ मैले भनेँ, ‘को रे?’ उसले भन्यो, ‘क्या त DA, सम्झना छ तपाईंलाई, ड्रग एडिक्ट।’ म झन्डै उत्तानोचित्त भएँ। मैले उसको सोर नसुनेको झन्डै तीस वर्ष भएको थियो। मैले भनेँ, ‘तिमी कहाँ छौ?’ उसले भन्यो, ‘म फ्लोरिडामा छु। मैले बिहे गरेँ। मेरा दुइ छोराछोरी र असल पत्नी छन्। अनि म हाम्रो मण्डलीको सन्डे स्कुल (बाल संगति) मा शिक्षा दिन्छु।’ म आनन्दले हाँसे! त्यो राति घर फर्किँदा बाटोभरि मैले गाइनैरहेँ! यस्तै समयले मलाई प्रसन्न बनाउँछ, जुन बेला म ६० वर्ष अघि सेवकाइमा आएको कुरा सम्झन्छु। जे भए पनि ती पीडा र दुःखहरू सहनु उचित नै भएको छ। त्यो DA जस्तो जवान मानिसहरूलाई प्रभुमा ल्याउने कार्यले मेरो आनन्द पूर्ण बनाएको छ!

जब म उद्धार पाएका ती जवान मानिसहरूलाई सम्झन्छु मेरा सबै पीडा र दुःखहरू हराउँछन्। सेवकाइमा मेरो साठी वर्षले मलाई खुशीको महान् समयहरू दिएको छ। म सेवकाइलाई कुनै कुरासँग साट्नेछैनँ।

सधैंझैं सुसमाचारको अर्थ बताउन मैले केही समय लिनै पर्छ। येशू एउटा मुख्य कारणले स्वर्गबाट ओर्लेर आउनुभयो- उहाँ हाम्रा पापको दाम तिर्नलाई क्रूसमा मर्नका निम्ति आउनुभयो। ईस्टरको दिन उहाँ शारीरिक रूपमा, मासु र रगतमा जीवित भई उठनुभयो। हामीलाई सबै पापबाट धोएर शुद्ध पार्न उहाँले आफ्नो बहुमूल्य रगत बगाउनुभयो। उहाँले भन्नुभएको छ, यदि हामीले उहाँमाथि विश्वास गऱ्यौं भने हामी आफ्ना पापबाट शुद्ध हुनेछौं।

मैले सिद्ध व्यक्ति बनेर मेरो उद्धार कमाउने कोसिस गरिरहेको थिएँ। म एक फरिसी थिएँ। तर २८ सेप्टेम्बर, १९६१ को दिन बायोला कलेजमा मैले येशूमा विश्वास गरेँ। तलको भजनले मलाई ख्रीष्टमा ल्याएको थियोः

छ मेरो आत्मा धेरै समयदेखि कैदी बनेको
   पापको बन्धन र स्वभावको रातमा बाँधिएको
तपाईंको दृष्टि फैलायो चम्किलो ज्योति
   म जागेँ, कालकोठरीमा चम्क्यो ज्योति
अचम्मको प्रेम! यो कसरी हुन सक्छ
   तपाईं मेरा परमेश्वर, मेरो निम्ति मर्नु पऱ्यो?
(‘एन्ड केन इट बी,’ चार्ल्स वेस्ली, १७०७-१७८८- द्वारा रचित)

येशू देहधारी परमेश्वर हुनुहुन्थ्यो। उहाँ मेरो निम्ति मर्नुभयो। मैले उहाँको विषयमा नयाँ प्रकारले विचार गर्न थालेँ। मैले ख्रीष्टमा भरोसा राखेँ। मेरो प्रार्थना छ, तपाईंले पनि येशूमा विश्वास गरेर उद्धार पाउनुहोस्। अनि निश्चित रूपले बाइबलमा विश्वास गर्ने मण्डलीमा जानुहोस् र येशू ख्रीष्टका निम्ति जिउनुहोस्।

तपाईंहरू सबैलाई म भन्दछु, ‘जसरी परमेश्वरले मलाई सबै विपरीत परिस्थिति र सबै डरहरूको विरुद्ध आशिष् दिनुभयो त्यसरी नै उहाँले तपाईंहरूलाई आशिष् देऊन्।’ ‘मेरा छोराछोरीहरू सत्यको अनुसरण गर्छन् भन्ने कुरा सुन्न पाउनुभन्दा अरू बढी आनन्दको कुरा मेरो लागि के हुन सक्छ र’(३ यूहन्ना ४)? आमिन।

अब म यो सेवा समाप्त गर्ने जिम्मा रेभरेन्ड जोन केगनलाई सुम्पिन्छु (जोनले दुइ वटा केक ल्याएर डा. अनि श्रीमती हिमर्सको जन्म दिनको घोषणा गर्छन्, र ‘जन्म दिनको शुभकामना गीत गाउँछन्’)।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री जोन वेस्ली हिमर्सद्वारा पवित्रशास्त्र पठन गरियो– भजन २७:१-१४
प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
     'मस्ट जिजस बियर द क्रस एलोन,' (थोमस सेफर्ड, १६६५-१७३९-द्वारा रचित, पहिलो र दोस्रो खण्ड)/
     'द मास्टर ह्याथ कम,' (सारा डुडने, १८४१-१९२६, अन्तिम दुइ वटा खण्ड)