Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




पिटाइ, दाह्री लुछाइ, अपमान र थुकाइ

THE SMITING, PLUCKING, SHAME AND SPITTING (Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

२५ मार्च, २०१८, आइतबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Evening, March 25, 2018

‘मैले मेरो पीठ मलाई पिट्नेहरूलाई, दाह्री लुछ्नेहरूलाई मेरो गाला फर्काइदिएँ। ठट्टा र थुकाइबाट मैले मेरो मुख लुकाइनँ।’ (यशैया ५०:६)


यो यशैयाको पुस्तकमा दाससम्बन्धी लेखिएको तेस्रो खण्ड हो, जहाँ ख्रीष्टले भोग्नुहुने दुःखको सठीक अगमवाणी गरिएको छ। येशूले आफ्ना चेलाहरूलाई निम्न कुरा भन्नुहुँदा अरू खण्डहरूको साथमा यो खण्ड पनि उल्लेख गर्नुभयो,

‘हेर, हामी यरूशलेमतिर जाँदैछौं, र मानिसको पुत्रको विषयमा अगमवक्ताहरूले लेखेका हरेक कुरा पूरा हुनेछ। किनभने ऊ अन्यजातिहरूका हातमा सुम्पिइनेछ, र तिनीहरूले उसको गिल्ला गर्नेछन्, र ऊसँग दुर्व्यवहार गर्नेछन्, र उसलाई थुक्नेछन्। तिनीहरूले उसलाई कोर्रा लाउनेछन् र मार्नेछन्, अनि तेस्रो दिनमा ऊ फेरि मृत्युबाट जीवित भई उठनेछ।’ तर चेलाहरूले यी कुराहरू एउटै पनि बुझेनन्। तिनीहरूका निम्ति यो कुरा गुप्तमा राखियो, अनि भनिएको यो कुरा तिनीहरूको समझले भ्याएन।’ (लूका १८:३१-३३)

यशैया ५०:६ को महत्त्वपूर्ण अगमवाणीले येशूबाहेक अरू कसैलाई संकेत गरेको हुन सक्दैन। यो प्रभु येशू ख्रीष्टद्वारा दुरुस्तै पूरा भएको थियो।

‘मैले मेरो पीठ मलाई पिटनेहरूलाई, दाह्री लुछ्नेहरूलाई मेरो गाला फर्काइदिएँ। ठट्टा र थुकाइबाट मैले मेरो मुख लुकाइनँ।’ (यशैया ५०:६)

आज राति यस खण्डबाट म तीन वटा महत्त्वपूर्ण कुरा बताउनेछु।

१. पहिलो, येशूले आफैलाई ती यातनाहरूका निम्ति ‘दिनुभयो!’

डा. स्ट्र्ङ (संख्या ५४१४) भन्छन्, हिब्रू शब्द ‘नाथन’ को अर्थ ‘दिनु’ हो। साँच्चै येशूले आफ्नो पीठ उहाँलाई पिट्नेहरूलाई दिनुभयो। उहाँले आफ्ना गाला उहाँको दाह्री लुछ्नेहरूलाई ‘दिनुभयो’। उहाँले आफ्नो मुख ‘ठट्टा गर्ने र थुक्नेहरूलाई’ दिनुभयो। येशूले भन्नुभयो,

‘म आफ्नो प्राण अर्पण गर्छु। कसैले मबाट मेरो प्राण लिन सक्दैन, तर म आफ्नै इच्छाले आफ्नो प्राण अर्पण गर्दछु।’ (यूहन्ना १०:१७-१८)

फेरि, गेतसमनीको बगैंचामा सिपाहीहरू येशूलाई पक्राउ गर्न आउँदा उहाँले पत्रुसलाई भन्नुभयो,

‘तिमी के ठान्दछौ, के म आफ्ना पितालाई बिन्ती गर्न सक्दिनँ, र उहाँले तुरुन्तै स्वर्गदूतहरूका बाह्र पल्टनभन्दा बढी मेरो निम्ति पठाइदिनुहुन्न र? तर त्यसो भएदेखि यी कुरा यसरी हुनैपर्छ भनी धर्मशास्त्रमा लेखिएको कुरा कसरी पूरा हुने?’ (मत्ती २६:५३-५४)

सिपाहीहरू येशूलाई घिस्साउँदै लैजानका निम्ति आउँदा उहाँले ७२ हजार स्वर्गदूतहरूलाई बोलाएर त्यो घटनालाई रोक्न सक्नुहुन्थ्यो। तर उहाँले जानीजानी त्यसो गर्न इन्कार गर्नुभयो। हो, उद्धारकर्ताले उहाँको पीठ र उहाँका गालाहरू र मुख उहाँलाई ‘कुट्नेहरू’लाई ‘दिनुभयो।’ उहाँले आफ्ना मानिसहरूलाई बचाउन, उहाँकहाँ आउने सबैलाई छुटकारा दिनलाई संसारमा आउनुको आफ्नो उद्देश्य पूरा गर्नका निम्ति आफैलाई ती दुःखहरूमा ‘सुम्पिनुभयो।’ उहाँले

‘सबैका छुटकाराका मोलको निम्ति आफैलाई सुम्पिदिनुभयो।’ (१ तिमोथी २:६)

उहाँले,

‘यस वर्तमान दुष्ट युगबाट हामीलाई छुटकारा दिनलाई हाम्रा पापका निम्ति आफैलाई अर्पण गर्नुभयो।’ (गलाती १:४)

उहाँले

‘हामीलाई सबै अधर्मबाट मोल तिरेर उद्धार गर्न आफूलाई दिइहाल्नुभयो।’ (तीतस २:१४)

उहाँले भन्नुभयो,

‘म आफ्नो प्राण अर्पण गर्छु। कसैले मबाट मेरो प्राण लिन सक्दैन, तर म आफ्नै इच्छाले आफ्नो प्राण अर्पण गर्दछु।’ (यूहन्ना १०:१७-१८)

उहाँले आफैलाई यातना, ठट्टा र क्रूसमा टाँगिनका निम्ति दिइहाल्नुभयो, किनकि उहाँले तपाईंलाई प्रेम गर्नुहुन्छ! उहाँले भन्नुभयो,

‘आफ्ना मित्रहरूका लागि आफ्नो प्राण अर्पण गरिदिनुभन्दा ठूलो प्रेम अरू कसैको हुँदैन।’ (यूहन्ना १५:१३)

येशू यही उद्देश्यका निम्ति स्वर्गको सिंहासन त्यागेर आउनुभयोः हामी जिउन सकौं भनी ती यातनाहरू र गिल्लामा आफ्नो प्राण अर्पण गर्न आउनुभयो। अहो, कस्तो उदेकको विचार! उहाँ भन्नुहुन्छ, ‘तिमीलाई म प्रेम गर्छु, यसैले मैले मेरो पीठ मलाई कुट्नेहरूलाई दिएँ। मैले मेरा गालाहरू मेरो दाह्री लुछ्नेहरूलाई दिएँ, किनकि यसरी मात्र म तिमीहरूलाई छुटकारा दिन सक्छु भनी मलाई थाहा थियो। अन्तिम न्यायको समयमा तिमीलाई लाजमा पर्नबाट जोगाउन मैले मेरो मुख ठट्टा र थुकाइका निम्ति दिएँ। उहाँले तपाईंलाई प्रेम गर्नुहुन्छ, यसैले उहाँले त्यस्तो डरलाग्दो अवस्थामा आफ्नो प्राण अर्पण गर्नुभयो र उहाँ तपाईंका मित्र हुनुहुन्छ।’ ‘येशू पापीहरूका मित्र हुनुहुन्छ।’ कृपया, खडा भएर यो भजन गाउनुहोस्!

येशू हुन् पापीहरूका मित्र
   पापीहरूका मित्र, पापीहरूका मित्र
येशू हुन् पापीहरूका मित्र
   सक्नुहुन्छ तिमीलाई छुटाउन!
(‘जिजस इज द फ्रेन्ड अफ जिजस,’ जोन, डब्लु. पिटरसनद्वारा रचित- १९२१-२००६)

‘मैले मेरो पीठ मलाई पिटनेहरूलाई, दाह्री लुछ्नेहरूलाई मेरो गाला फर्काइदिएँ। ठट्टा र थुकाइबाट मैले मेरो मुख लुकाइनँ।’ (यशैया ५०:६)

२. दोस्रो, येशूले तपाईंका पापहरू हटाउन आफैलाई ती यातनाहरूमा ‘दिनुभयो!’

उहाँले ‘पीठ (आफ्नो)’ पिटनेहरूलाई फर्काइदिनुभयो।’ यो कुरालाई हलुकासँग नलिनुहोस्! बाइबलले भन्छ,

‘तब पिलातसले येशूलाई लगेर कोर्रा लाउन लाए’ (यूहन्ना १९:१)

श्री स्पर्जनले भने,

राज्यपाल पितालसले उहाँलाई क्रूरतापूर्वक कोर्रा लगाउन सुम्पिदिए... त्यो कोर्रा गोरुको छालाले बनेको हुन्थ्यो, त्यसमा तीखा हड्डीहरूको साथमा भेडाको डँडाल्नुको हड्डी जडान गरिएको हुन्थ्यो, त्यसको प्रत्येक मारले पीडित व्यक्तिको शरीरको मासु चिथ्राचिथ्रा पार्थ्यो। कोर्राको मारलाई मृत्युभन्दा भयानक मानिन्थ्यो। कोही-कोही कोर्राको मार खाँदाखाँदै मर्थे, कोही पछिबाट मर्थे। हाम्रा धन्यका मुक्तिदाताले आफ्नो पीठ ती कोर्रा हान्नेहरूलाई दिनुभयो, र तिनीहरूले उहाँको पीठलाई रगतपच्छे(चोटले पूर्ण) बनाए। कस्तो भयावह दयनीय अवस्था! त्यस्तो दृश्य हामी कसरी हेर्न सक्छौं?’ सी. एच. स्पर्जन, ‘द सेम एन्ड स्पीटिङ,’ द मेट्रोपोलिटन टेबरनेकल पुल्पिट, पिलग्रिम पब्लिकेसन्स्, १९७२, पुनर्प्रकाशित, भाग २५, पृष्ठ ४२२)

‘मैले मेरो पीठ मलाई पिटनेहरूलाई, दाह्री लुछ्नेहरूलाई मेरो गाला फर्काइदिएँ। ठट्टा र थुकाइबाट मैले मेरो मुख लुकाइनँ।’ (यशैया ५०:६)

हे येशू, तपाईंले आफ्नो पीठ तपाईंलाई पिटनेहरूतिर किन फर्काउनुभयो? फेरि यशैयाले हामीलाई यसको उत्तर दिँदछ,

‘उसको कोर्राको चोटले हामी निको भयौं’ (यशैया ५३:५)

उहाँको पिठिउँमा लागेका ‘कोर्राका चोटहरू’ को कारण हाम्रा आत्माहरू पापबाट निको भएका छन्! प्रेरित पत्रुसले स्पष्ट भनेका छन्,

‘उहाँले क्रूसमा आफ्नै शरीरमा हाम्रा पाप बोक्नुभयो। उहाँकै चोटहरूद्वारा तिमीहरू निको भयौ’ (१ पत्रुस २:२४)।

पापद्वारा छियाछिया भएको र नष्ट पारिएको हाम्रा आत्माहरू येशूले सहनुभएका चोटहरूद्वारा निको हुन सक्छन्।

येशू तिबेरियासको समुद्रमा हुनुहुँदा मानिसहरूको ठूलो भीड उहाँकहाँ आयो,

‘उहाँले तिनीहरू सबैलाई निको पार्नुभयो’ (मत्ती १२:१५)

उहाँले तिनीहरूलाई निको पार्नुभएजस्तै, तपाईंको हृदयलाई पनि निको पारून्, चाहे त्यो हृदय ‘अति नै दुष्ट’ नै किन नहोस् (यर्मिया १७:९)। चार्ल्स वेस्लीले आफ्नो महान् भजन ‘सुन स्वर्गदूतको गान’ मा ख्रीष्ट, ‘पखेटाहरूमा चंगाइ लिई बौरी उठे, तिनीहरूलाई दोस्रो जन्म दिनु’ भनेका छन्। येशूकहाँ आउनुहोस् र तपाईंको आत्माको पापका चोटहरू उहाँका कोर्राका चोटहरूद्वारा निको हुनेछन्, अनि तपाईंको नयाँ जन्म हुनेछ!

३. तेस्रो, येशूले तपाईं पापीको एक प्रतिनिधिको रूपमा आफैलाई ती यातनाहरूमा ‘दिनुभयो!’

‘मैले मेरो पीठ मलाई पिटनेहरूलाई, दाह्री लुछ्नेहरूलाई मेरो गाला फर्काइदिएँ। ठट्टा र थुकाइबाट मैले मेरो मुख लुकाइनँ।’(यशैया ५०:६)

योभन्दा स्पष्ट कुरा अरू के हुन सक्छः

‘तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेडियो। हाम्रा अपराधहरूका निम्ति ऊ पेलियो। हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पऱ्यो, र उसको कोर्राको चोटले हामी निको भयौं। हामी सबै भेडाझैं बरालिएका छौं। हामी हरेक आफ्नै बाटोतिर लागेका छौं, र परमप्रभुले उसमाथि हामी सबैका अधर्म हालिदिनुभएको ।’ (यशैया ५३:५-६)

तपाईंलाई नरकको यातनाबाट बचाउन येशूले तपाईंको बदली ती सबै यातनाहरू सहनुभयो!

‘तब तिनीहरूले उहाँको मुखमा थुकेर उहाँलाई मुक्का लगाए, र कसै-कसैले यसो भन्दा थप्पड़ लाए,’ (मत्ती २६:६७)

‘कोही-कोहीले उहाँलाई थुक्न लागे, र उहाँको मुख छोपेर उहाँलाई थप्पड़ हानेर भने, ‘अगमवाणी बोल्। त्यसपछि पहरादारले उहाँलाई आफ्नो जिम्मामा लिए, र उहाँलाई मुक्का हाने।’ (मर्कूस १४:६५)

‘तब तिनीहरूले उहाँलाई थुके, र त्यो निगालो लिएर उहाँको शिरमा हिर्काए।’ (मत्ती २७:३०)

‘अनि तिनीहरूले उहाँको शिरमा निगालोले हिर्काउँदै उहाँलाई थुके, र घुँड़ा टेकेर उहाँलाई दण्डवत् गरे।’ (मर्कूस १५:१९)

‘येशूलाई पक्रने मानिसहरूले उहाँलाई गिल्ला गरे, र पिटे, उहाँका आँखा छोपिदिएर उहाँलाई सोधे, ‘तँलाई हिर्काउने को हो? लौ अगमवाणी भन्।’ तिनीहरूले उहाँको विरुद्धमा अरू धेरै तिरस्कारपूर्ण कुरा भने।’ (लूका २२:६२-६५)

‘तब पिलातसले येशूलाई लगेर कोर्रा लाउन लाए’ (यूहन्ना १९:१)

‘मैले मेरो पीठ मलाई पिटनेहरूलाई, दाह्री लुछ्नेहरूलाई मेरो गाला फर्काइदिएँ। ठट्टा र थुकाइबाट मैले मेरो मुख लुकाइनँ।’ (यशैया ५०:६)

जोसेफ हार्टले ठीकै भनेका छन्,

कति धीरजी भई येशू खडा हुनुहुन्छ,
   अपमान हुँदा (यो भयानक ठाउँमा)!
पापीहरूले बाँधे सर्वशक्तिमानका हातहरू,
   थुके सृष्टिकर्ताको मुहारमा।
(‘हीस पेसन, जोसेफ हार्ट- १७१२-१७६८-द्वारा रचित, डा. हिमर्सद्वारा फेरबदल गरिएको’)

येशूले ती सबै दुःखहरू भोग्नुभयो। अनि तिनीहरूले क्रूसमा उहाँका हातहरू र पाउहरूमा काँटी ठोके! उहाँले तपाईंको प्रतिनिधि बनेर ती सबै भयानक पीडा सहनुभयो। तपाईंका पापहरूको मूल्य चुकाउन अनि तपाईंलाई निको पारेर शुद्ध बनाएर परमेश्वरकहाँ ल्याउन उहाँ तपाईंको स्थानमा दुःख भोगेर क्रूसमा मर्नुभयो।

‘किनभने हामीलाई परमेश्वरकहाँ ल्याउन ख्रीष्ट पनि पापहरूका निम्ति सदाका लागि एकचोटि मर्नुभयो।’ (१ पत्रुस ३:१८)

डा. आइजक वाट्सले भनेका छन्,

लौ उनको शिर हात, पाउदेखि,
   हेर दुःख र प्रेम मिसी बग्यो,
छ शिरमा काँडा बुनेको,
   के अघि यस्तै मुकुट थियो?

सब संसार भए ता मेरो,
   त्यो पनि तुच्छ दान हुन्थ्यो,
लौ यत्रो प्रेमको योग्य दान,
   हो जीवन, आत्मा, जीउ र प्राण।
(‘व्हेन आइ सर्भे द वर्डर्स क्रस,’ आइजक वाट्स, डी.ड., १६७४-१७४८)

अनि विलियम विलियम्सले भनेका छन्,

मानिसको दोषको ठूलो भार,
   बोकाइयो उद्धारकर्तालाई,
कष्टको वस्त्र पहिरेर उहाँ
   पापीहरू सुन्दर वस्त्रले सजाइए
(‘लभ इन एगोनी,’ विलियम विलियम्स, १७५९)

श्रीमती एमी जाबालगा हाम्रो चर्चमा जन्मेकी थिइन्। उनी हरेक सेवामा आउँथिन्। तर त्यसरी आउँदैमा ऊ ख्रीष्टियन भइन। स्वभावले नै उनी तपाईं हरेकजस्तै पापी थिइन्। उनले आफ्नो पाप र आफैसँग संघर्ष गरिन्। तर एक दिन उनी मेरो प्रवचनको अन्त्यमा अगाडि आइन्। उनले आफ्नो घुँडा टेकिन् र ख्रीष्टमा विश्वास गरिन्। उनले के भनिन् सुन्नुहोस्,

‘मेरो पाप अतल समुद्रझैं फैलिएको थियो। म त्यो सहन गर्न सक्दिनँ थिएँ। मैले ख्रीष्टलाई पाउन परेको थियो!’ मैले उहाँको रगत प्राप्त गर्नु परेको थियो! मैले घुँडा टेकेँ र स्वयम् येशूमा विश्वास गरेँ। परमेश्वरले मलाई भावनाहरू, मनका विचारहरू र आश्वासन पाउन खोज्ने मूर्तिहरूबाट स्वतन्त्र गराउनुभयो। मैले ती त्यागिदिएँ र मुक्तिदाताको अंगालोमा गएँ। अर्को झूटो हृदय परिवर्तनको डर नमानेर, वा आफैभित्र नहेरी अनि अगि झैं आफ्ना भावनाहरूको जाँच नगरेर बरु मैले विश्वासद्वारा ख्रीष्टलाई हेरेँ। जीवित ख्रीष्टले मलाई बचाउनुभयो। मेरा पापहरू उहाँले आफ्नो अमूल्य रगतले धोइदिनुभयो। उहाँले पापको गह्रौं बोझ हटाइ दिनुभयो। मलाई नरक पठाउने परमेश्वरको क्रोध येशूले आफैले सहनुभयो। उहाँले क्षमा दिनुभयो र मेरा सबै पाप माफ गर्नुभयो। मेरो हिसाबलाई उहाँको आफ्नै रगतद्वारा ‘निर्दोष’ भनी छाप लगाइएको छ। उहाँ मेरा अधिवक्ता, मेरा उद्धारक, मेरो नायक, र मेरा प्रभु हुनुहुन्छ! म सन्त पावलको साथमा यसो भन्न सक्छु, ‘उहाँको वर्णन गर्न नसक्ने वरदानका निम्ति परमेश्वरलाई धन्यवाद होस्- येशू।’

ख्रीष्ट तपाईंको प्रतिनिधि हुनुहुन्छ। उहाँ तपाईंको पापको मूल्य तिर्न तपाईंको स्थानमा मर्नुभयो। महान् स्पर्जनले भनेका छन्, ‘अरूहरूले अरू कुराको प्रचार गर्लान्, तर यो पुल्पिटबाट भने सधैं ख्रीष्टको प्रतिनिधित्वको सन्देश गुन्जिनेछ!’

येशूले क्रूसमा दुःख भोगेर साथै मरेर तपाईंको पापको ऋण तिर्नुभयो! येशूकहाँ आउनुहोस् र उहाँले तपाईंका पापहरू क्षमा गर्नुहुनेछ र तपाईंको आत्मालाई बचाउनुहुनेछ! तपाईं आफ्नो सम्पूर्ण हृदयले यसो भन्न सक्नुहुन्छ, हे प्रभु, म आउँदैछु।

आउँदैछु तपाईंकहाँ!
   धुनुहोस्, शुद्ध बनाउनोस् मलाई रगतमा
जुन बग्यो कल्भरीमा।
   (‘आइ एम कमिङ लर्ड,’ लिविस हार्टसोग- १८२८-१९१९- द्वारा रचित)


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
('माइ जिजस, आइ लभ दी,' विलियम आर. फेदरस्टोनद्वारा रचित-१८४२- १८७८)


रूपरेखा

पिटाइ, दाह्री लुछाइ, अपमान र थुकाइ

THE SMITING, PLUCKING, SHAME AND SPITTING

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

‘मैले मेरो पीठ मलाई पिट्नेहरूलाई, दाह्री लुछ्नेहरूलाई मेरो गाला फर्काइदिएँ। ठट्टा र थुकाइबाट मैले मेरो मुख लुकाइनँ।’ (यशैया ५०:६)

(लूका १८:३१-३३)

१. पहिलो, येशूले आफैलाई ती यातनाहरूका निम्ति ‘दिनुभयो!’ यूहन्ना १०:१७-१८; मत्ती २६:५३-५४; १ तिमोथी २:६; गलाती १:४; तीतस २:१४; यूहन्ना १५:१३

२. दोस्रो, येशूले तपाईंका पापहरू हटाउन आफैलाई यातनाहरूमा ‘दिनुभयो!’
यूहन्ना १९:१; यशैया ५३:५; १ पत्रुस २:२४; मत्ती १२:१५; यर्मिया १७:९

३. तेस्रो, येशूले तपाईं पापीको एक प्रतिनिधिको रूपमा आफैलाई ती यातनाहरूमा ‘दिनुभयो!’ यशैया ५३:५-६; मत्ती २६:६७; मर्कूस १४:६५; मत्ती २७:३०; मर्कूस १५:१९; लूका २२: ६३-६५; यूहन्ना १९:१; १ पत्रुस ३:१८