Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




तिनीहरू उहाँलाई छोडेर भागे

THEY FORSOOK HIM AND FLED
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

४ मार्च, २०१८, आइतबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Evening, March 4, 2018

‘तर अगमवक्ताहरूका धर्मशास्त्रहरू पूरा होऊन् भनी यी सबै हुन आएका हुन्। तब सबै चेलाहरू उहाँलाई छोडेर भागे।’ (मत्ती २६:५६)


येशूले गेतसमनीको बगैंचामा उहाँको एकलो प्रार्थनाको समय समाप्त गर्नुभयो। उहाँले निदाएका चेलाहरूलाई बिउँझाउनु भयो। उहाँले भन्नुभयो, ‘उठ, जाऔं। हेर, पक्राइदिने नजिकै छ’ (मत्ती २६:४६)। त्यसपछि यहूदा ‘मुख्य पूजाहारीहरू र जनताका धर्मगुरुहरूले पठाएका एउटा ठूलो भीड तरवार र लाठा लिएर आयो’ (मत्ती २६:४७)।

सायद गेतसमनीको अन्धकारमा सबै चेलाहरू प्रायः एउटै देखिए। यहूदाले मन्दिरका सिपाहीहरूलाई यसो भनेका थिए, ‘जुन मानिसलाई म म्वाइँ खान्छु, तिनी नै हुन्, तिनलाई समात’ (मत्ती २६:४८)। यहूदाले येशूको गालामा म्वाइँ खायो। ‘तब तिनीहरू अगि आएर येशूलाई समाती गिरफ्तार गरे’ (मत्ती २६:५०)। ‘सिमोन पत्रुसले आफूसँग भएको तरवार निकालेर मुख्य पूजाहारीको कमारालाई प्रहार गरे र त्यसको दाहिने कान च्वाट्टै काटिदिए। त्यस कमाराको नाउँ माल्खस थियो।’ (यूहन्ना १८:१०)। येशूले त्यसको कान छोएर त्यसलाई निको पारिदिनुभयो’ (लूका २२:५१)। येशूले पत्रुसलाई तिनको तरवार म्यानमा राख्नु भन्नुभयो। येशूले तिनलाई भन्नुभयो, ‘तिमी के ठान्दछौ, के म आफ्ना पितालाई बिन्ती गर्न सक्दिनँ, र उहाँले तुरुन्तै स्वर्गदूतहरूका बाह्र पल्टन (७२ हजार स्वर्गदूतहरू) भन्दा बढी मेरो निम्ति पठाइदिनुहुन्न र?’ तर त्यसो भएदेखि यी कुरा यसरी हुनैपर्छ भनी धर्मशास्त्रमा लेखिएको कसरी पूरा हुने (मत्ती २६:४३-५४)? अनि येशू उहाँलाई पक्रन आउने मानिसहरूतिर फर्कनुभयो र भन्नुभयो, ‘डाँकूको विरुद्धमा आएझैं मलाई पक्रन तरवार र लाठाहरू लिएर तिमीहरू किन आयौ? म दिनहुँ मन्दिरमा शिक्षा दिँदै बस्थेँ, र तिमीहरूले मलाई पक्रेनौ’ (मत्ती २६:५५)। यसपछि हामी आजको हाम्रो बाइबल पदमा आउँछौं,

‘तर अगमवक्ताहरूका धर्मशास्त्रहरू पूरा होऊन् भनी यी सबै हुन आएका हुन्। तब सबै चेलाहरू उहाँलाई छोडेर भागे।’ (मत्ती २६:५६)

यी घटनाहरूका बारेमा अगमवक्ताहरूले सयौं वर्ष अघि नै बताइसकेका थिए। डा. आर. सी. एच. लेन्स्कीले भनेका छन्, ‘यी सबै कुरा एउटै केवल एउटा कारणले मात्र भएका थिएः ‘अगमवक्ताहरूले लेखेका वचनहरू पूरा होऊन् भनेर।’ यस रात घटेका घटनाहरूमा वास्तविक शक्तिहरूले काम गरिरहेका थिएः परमेश्वरले उहाँको अगमवाणीय योजना पूरा गर्दै हुनुहुन्छ, येशूले उहाँलाई पक्रन आउनेहरूको हातमा आफैलाई स्वेच्छाले दिइरहनुभएको छ। अब ५६ पदको वचन पूरा हुन्छ। येशूलाई लगिँदा सबै चेलाहरू भागे’ (आर. सी. एच. लेन्स्की, पीएचडी., दि इन्टरप्रिटिसन अफ सेन्ट म्यथुज गस्पल, अग्सवर्ग पब्लिसिङ हाउस, १९६४, संस्करण, पृष्ठ १०५५, मत्ती २५:५६ को टिप्पणी)।

‘तर अगमवक्ताहरूका धर्मशास्त्रहरू पूरा होऊन् भनी यी सबै हुन आएका हुन्। तब सबै चेलाहरू उहाँलाई छोडेर भागे।’ (मत्ती २६:५६)

यो सन्देशमा म यस बाइबल पदलाई गहिरिएर हेर्नेछु, र ती चेलाहरूले उहाँलाई ‘छोडेर भाग्नुका’ केही कारणहरू खोजी निकाल्छु। डा. जर्ज रिकर बेरीका भनाइअनुसार के.जी.भी. बाइबलमा जुन ग्रीक शब्दलाई ‘छोडे’ भनी अनुवाद गरिएको छ त्यसको अर्थ ‘त्याग्नु’ भन्ने हुन्छ (अ ग्रीक-इंग्लिस लेक्सीकन एन्ड न्यू टेस्टामेन्ट सिनोनिम्स्)। चेलाहरूले येशूलाई त्याग्नुका केही कारणहरू यहाँ दिइन्छ, किनकि तिनीहरू उहाँलाई छोडेर भागे।

१. पहिलो, तिनीहरू अगमवक्ताहरूले भनेका वचन पूरा गर्न येशूलाई छोडेर भागे।

हाम्रो आजको बाइबल पदले भन्छ, ‘तर अगमवक्ताहरूका धर्मशास्त्रहरू पूरा होऊन् भनी यी सबै हुन आएका हुन्।’ यसमा चेलाहरू उहाँलाई छोडेर भागेका कुरा पनि आउँछ। जकरिया १३:६-७ ले भन्छ,

‘कसैले त्यसलाई ‘तिम्रो शरीरमा भएका यी चोटहरू के हुन्?’ भनी सोधे भने, त्यसले जवाफ दिनेछ, ‘यी मेरा मित्रहरूको घरमा मैले पाएका चोटहरू हुन्।’...‘गोठालालाई हिर्का, र भेडाहरू तितरबितर हुनेछन्।’ (जकरिया १३:६-७)

‘गोठालालाई हिर्का, र भेडाहरू तितरबितर हुनेछन्’ भन्ने शब्दहरूको विषयमा डा. हेनरी मोरिसले भनेका छन्,

यो पद ख्रीष्ट आफैले मत्ती २६:३१ र मर्कूस १४:२७ मा उद्धृत गर्नुभएको छ। उहाँ, असल गोठालोले भेडाहरूका निम्ति आफ्नो प्राण अर्पण गर्नुभयो (यूहन्ना १०:१०), तर संसारलाई परिवर्तन गर्ने यी घटनाहरूको ठूलो त्रासमा उहाँका भेडाहरू केही समयका निम्ति तितरबितर हुनेछन् (हेनरी एम. मोरिस, पीएचडी., द डिफेन्डर्स स्टडी बाइबल, वर्ल्ड पब्लिसिङ,१९९५ संस्करण, पृष्ठ ९९३, जकरिया १३:७ माथिको टिप्पणी)।

प्रभु येशू आफैले जकरिया १३:७ ले चेलाहरू उहाँलाई छोडेर भाग्ने अगमवाणी गरेको हो भनी भन्नुभयो। मत्ती २६:३१ मा ख्रीष्टले भन्नुभयो,

‘आज राति मेरो कारणले तिमीहरू पछि हटिजानेछौ’। किनभने यसो लेखिएको छ, ‘म गोठालालाई प्रहार गर्नेछु, र बगालका भेडाहरू जताततै छरपष्ट हुनेछन्।’ (मत्ती २६:३१)

फेरि मर्कूस १४:२७ मा,

‘येशूले तिनीहरूलाई भन्नुभयो, ‘तिमीहरू सबै पछि हटिजानेछौ, किनकि यस्तो लेखिएको छ, ‘म गोठालालाई प्रहार गर्नेछु, र भेडाहरू तितरबितर हुनेछन्।’ (मर्कूस १४:२७)

चेलाहरूले उहाँलाई छोडेर भाग्दा जकरिया १३:७ को अगमवाणी पूरा भएको थियो।

‘तर अगमवक्ताहरूका धर्मशास्त्र पूरा होऊन् भनी यी सबै कुरा हुन आएका हुन्।’ तब सबै चेलाहरू उहाँलाई छोडेर भागे।’ (मत्ती २६:५६)

२. दोस्रो, तिनीहरूले येशूलाई छोडेर भागे, किनकि तिनीहरू पतित जातिका सदस्यहरू थिए।

मानवजाति पापमा पतित भएको जाति हो। हामीले त्यो कुरा कहिल्यै भुल्नुहुँदैन। तपाईं एक पापी हुनुहुन्छ- किनकि तपाईं त्यो पापी जातिको सदस्य- आदमको सन्तान हुनुहुन्छ। बाइबलले भन्छ,

‘एउटा मानिसद्वारा संसारमा पाप आयो, र पापबाट मृत्यु। यसरी सबै मानिसले पाप गरेका हुनाले सबै मानिसमा मृत्यु फैलियो।’ (रोमी ५:१२)

त्यसैले सबै मानिस ‘पापमा मरेको अवस्थामा’ जन्मन्छन् (एफिसी २:५)। त्यसैकारण सबै मानिस स्वभावैले ‘क्रोधका सन्तान’ हुन् (एफिसी २:३)। त्यसैले नै तपाईं स्वभावैले एक पापी हुनुहुन्छ। सबै कुराका निम्ति शैतानलाई दोष नदिनुहोस्! यदि हामी स्वाभावले नै पापी हुन्थेनौं भने शैतानले हामीलाई दास बनाउन सक्नेथिएन। आदमका सबै सन्तान स्वभावले नै पापी छन्। तपाईं पनि स्वभावले नै पापी हुनुहुन्छ। हो, तपाईं पापी हुनुहुन्छ!

ती चेलाहरू पनि हामीभन्दा त्यत्ति गतिला थिएनन्। तिनीहरू पनि ‘स्वभावले नै क्रोधका सन्तान’ थिए। तिनीहरू पनि ‘पापमा मरेका’ थिए। तिनीहरू पनि आदमका सन्तान थिए। पुरानो समयको न्यू इंगल्याण्ड बाल पुस्तकले भनेझैं,

आदमको पतनमा
हामी सबैले पाप गऱ्यौं!

ती चेलाहरूमा शारीरिक मन थिए, जुन ‘परमेश्वरप्रति शत्रुतामा’ थिए (रोमी ८:७)। यसैले हरेकचोटि ख्रीष्टले तिनीहरूलाई सुसमाचार प्रचार गर्नुहुँदा तिनीहरूले त्यसलाई इन्कार गरे। तपाईं पनि त्यसरी नै सुसमाचारलाई इन्कार गर्नुहुन्छ! डा. भर्नोन मेकजीले भनेका छन्,

ख्रीष्टले पाँच पल्टसम्म उहाँ यरूशलेममा मर्नका निम्ति जाँदैहुनुहुन्छ भनी भन्नुभयो (मत्ती १६:२१; १७:१२; १७:२२-२३; २०:१८-१९; २०:२८)। यस्तो स्पष्ट जानकारी पाउँदापाउँदै पनि चेलाहरूले उहाँको पुनरुत्थान नहूञ्जेल यसको (सुसमाचारको) महत्त्व बुझ्न सकेनन् (जे. भर्नोन मेकजी, टीएचडी.,थ्रु द बाइबल, थोमस नेल्सन पब्लिसर्स, १९८३, भाग ४, पृष्ठ ९३, मत्ती १६:२१ माथिको टिप्पणी)।

ती चेलाहरूले सुसमाचारको ‘महत्त्व बुझ्न’ किन सकेनन्? यसको उत्तर सरल छ,

‘हाम्रो सुसमाचार घुम्टोले ढाकिएको भए तापनि यो नष्ट हुनेहरूका निम्ति मात्र घुम्टोले ढाकिएको छ।’

(२ कोरिन्थी ४:३)

डा. मेकजीले यूहन्ना २०:२२ को उनको टिप्पणीमा भनेका छन् कि, ती चेलाहरूले पुनरुत्थान हुनुभएका ख्रीष्टलाई नभेटूञ्जेल र उहाँले तिनीहरूमाथि श्वास फुकेर ‘पवित्र आत्मा लेओ’ नभनूञ्जेल तिनीहरूको नयाँ जन्म (पुनर्जन्म) भएको थिएन (जे. भर्नोन मेकजी, टीएचडी.,ऐजन, पृष्ठ ४९८, यूहन्ना २०:२२ माथिको टिप्पणी)। (यस विषयमा मेरा सन्देशहरू पढनका निम्ति यहाँ क्लिक गर्नुहोस्।) “The Fear of the Disciples” (चेलाहरूको डर) – “This Saying Was Hid From Them,” (यो भनाइ तिनीहरूबाट लुकाइएको थियो), “The Conversion of Peter,” (पत्रुसको हृदय परिवर्तन), “Peter Under Conviction,” (पत्रुसलाई आफ्नो दोष महसुस भएको) and “The False Repentance of Judas.”(यहूदाको झूटो पश्चात्ताप)।

‘तब सबै चेलाहरू उहाँलाई छोडेर भागे।’ (मत्ती २६:५६)

तिनीहरूले आफू पापी हुन् भनी बुझ्नका निम्ति यी सबै कुराहरूबाट भएर जान परेको थियो। जसरी श्री जोन केगन र एमी जाबालागाले पनि तिनीहरू नष्ट हुन लागेका पापी हुन् भनी बुझ्नु परेको थियो। त्यस्तै प्रकारले तपाईं पनि हराएको पापी हुनुहुन्छ भनी तपाईंलाई देखाइनुपर्छ!

मैले ख्रीष्टको पुनरुत्थान पछि पनि ती चेलाहरूको नयाँ जन्म र हृदय परिवर्तन भएको थिएन भन्दा कसै-कसैले सायद मैले केही ज्यादै भने भन्छन् होला। तपाईंको विचारमा, के ती चेलाहरू तपाईंभन्दा भिन्न थिए? म जान्दछु, तिनीहरू मभन्दा भिन्न थिएनन्। येशूको रगत नहुँदो हो त आज राति म तपाईंहरूको अगाडि उभिरहेको हुनेथिइनँ! येशूको रगत नहुँदो हो त म अझै पनि नरक जान योग्य हराएको एक पापी नै हुनेथिएँ।

खोज्नुभो येशूले छँदै म अन्जान,
   बरालिएको परमेश्वरको बगालबाट;
उहाँ, मलाई जोखिमबाट बचाउन,
   हाल्नुभो उहाँको अमूल्य रगत
(‘कम, दाऊ फाउन्ट,’ रोबर्ट रबिनसन्- १७३५-१७९०-द्वारा रचित)

म श्री आयन एच. मुर्रेको पुस्तक, दि ओल्ड इभान्जलिकलिज्म को सरहना गर्दछु (द ब्यानर अफ त्रुथ ट्रस्ट, २००५)। आयन एच. मुर्रेले सामान्यतः हृदय परिवर्तनको विषयमा बोल्दै यसो भनेका छन्, ‘आज हृदय परिवर्तनको विषयमा वास्तविक कुरालाई फेरि स्थापित गर्नु अति जरूरी भएको छ। यस विषयमा व्यापक रूपमा फैलिएको विवाद हजारौं वटा महत्त्वहीन कुराहरू उडाएर लैजाने स्वस्थ बतास बन्नेछ’ (पृष्ठ ६८)। यस विषयमा मलाई पत्र लेख्नुहोला। म तपाईंको विचार सुन्न चाहन्छु, र प्रत्येक व्यक्तिलाई व्यक्तिगत रूपले जवाफ दिनेछु! मेरो ईमेल यस प्रकार छः rlhymersjr@sbcglobal.net.

‘तब सबै चेलाहरू उहाँलाई छोडेर भागे।’ (मत्ती २६:५६)

किनकि तिनीहरू अझसम्म येशूको रगतले धोइएका थिएनन्। के तपाईं येशूको रगतद्वारा शुद्ध हुनुभएको छ? के हुनुभएको छ? हुनुभएको छ? येशूको रगतले शुद्ध हुनुभएन भने तपाईंका निम्ति कुनै आशा छैन!

३. तेस्रो, तिनीहरू येशूलाई छोडेर भागे, किनकि यो समयभन्दा अघि तिनीहरू आफ्ना पापका निम्ति कायल भएका थिएनन्।

तिनीहरू आफ्नै योग्यतामा ठूलो भरोसा राख्दथे। ख्रीष्ट मरेकोबाट जीवित भई तिनीहरूका अगि देखापर्नु र उहाँले तिनीहरूमा श्वास फुकिदिनुभन्दा अघि हामी घरीघरी तिनीहरूमा भएको त्यो भरोसा देख्दछौं। उदाहरणका निम्ति, येशूले पत्रुसलाई त्यही रात तिनले उहाँलाई इन्कार गर्नेछन् भन्नुभयो। तिनीहरूले आफ्नो पाप महसुस गरून् भनी तिनीहरू अझै पवित्र आत्माको ओइलाउने कामबाट भएर जानुपर्थ्यो!

‘पत्रुसले उहाँलाई भने, ‘मैले तपाईंसँग मर्नुपरे तापनि म तपाईंलाई इन्कार गर्नेछैनँ। अरू सबै चेलाहरूले पनि त्यसै भने।’ (मत्ती २६:३५)

अझसम्म ती चेलाहरूमध्ये एकै जनाको पनि हृदय परिवर्तन भएको थिएन! अनि न त तपाईंको नै भएको छ! तपाईंले आफ्नो पाप महसुस गर्न पवित्र आत्माको ओइलाउने कामबाट भएर तपाईं जानुपर्छ! डा. मार्टिन लोयड जोनेसले भनेका छन्,

पापको शिक्षा नदिई अनि पाप के हो भन्ने नबुझेसम्म साँचो सुसमाचार प्रचार हुँदैहुँदैन, सुसमाचार प्रचार परमेश्वरको पवित्रता, मानिसको पापी अवस्था अनि खराब र गलत कार्यको अनन्त दण्डबाट सुरु हुनुपर्दछ। यस्तो प्रकारले दोष देखाइएको व्यक्ति मात्र उद्धार र छुटकारा पाउन दौडेर ख्रीष्टकहाँ आउँदछ [डा. हिमर्सको टिप्पणीः म आफैले पनि ईस्टरको अवसरमा खेलिएको नाटकमा आफूले यहूदाको भूमिका खेल्दा आफ्नो पापका निम्ति गहिरो रूपमा कायल भएको थिएँ!] (डा. मार्टिन लोयड जोनेस, एम.डी., स्टडिज इन द सर्मन अन द माउन्टेन, इन्टरभर्सिटी, १९५९, भाग १, पृष्ठ २३५, मैले जोड् दिएको)।

येशूलाई एकलै ‘छोडेर नभागूञ्जेल’ चेलाहरूमा पापको वास्तिवक ज्ञान आएन। केही अघि मात्र चेलाहरूले यसो भनेका थिए, ‘हामी विश्वास गर्छौं, कि तपाईं परमेश्वरबाट आउनुभएको हो।’

‘येशूले तिनीहरूलाई जवाफ दिनुभयो,‘के तिमीहरू अब विश्वास गर्दछौ? हेर, समय आइरहेछ, वास्तवमा आइसकेको छ, जब तिमीहरू छरपष्ट भई आफ्नै ठाउँमा जानेछौ र मलाई एकलै छोड्नेछौ...। (यूहन्ना १६:३०-३२)

ख्रीष्टलाई इन्कार गरेपछि पत्रुसले जुन दुःख र दोषको महसुस गरे त्यो निश्चय अरू चेलाहरूले पनि गरे। ‘अनि पत्रुस बाहिर निस्केर धुरुधुरु रोए’ (लूका २२:६२)। डा. डब्लु. जी. टी. सेडले यस्तो टिप्पणी गरेका छन्, ‘पवित्र आत्माले एक व्यक्तिलाई पापको निम्ति दोषी नठहराइ उसको नयाँ जन्म गराउनुहुन्न’ (सेड, डगमेटिक थिअलजी, भाग २, पृष्ठ ५१४)। येशूसँग विश्वासघात नगरूञ्जेल चेलाहरू तिनीहरूका पापका निम्ति कायल भएका थिएनन्। तर तिनीहरू उहाँको पवित्र रगतद्वारा शुद्ध हुनु अति नै आवश्यक थियो! सायद तपाईंहरूमध्ये कसै-कसैले पापका निम्ति कायल नभइ पनि हृदय परिवर्तन हुन सक्छ भनी सोच्नुहुन्छ होला। तपाईं आफ्नो पापका निम्ति कायम नभइञ्जेल तपाईंको हृदय परिवर्तन हुन सक्दैन। पत्रुस निस्केर बाहिर गए अनि धुरुधुरु रोए। धेरै जना मानिस तिनीहरूका हृदय परिवर्तन हुनुभन्दा अघि पत्रुसझैं रुन्छन्। के तपाईं धुरुधुरु रुनुभएको छ?

प्रयोग

म अब पछि फर्केर जान्छु अनि यो कुरा तपाईं जसको हृदय परिवर्तन भएको छैन, तपाईंहरूका निम्ति प्रयोग गर्नेछु। के तपाईंले आफैलाई नष्ट भइरहेको पापीजस्तो, तपाईंको आफ्नै हृदय ‘छली...अति नै दुष्ट’ भएकोजस्तो महसुस गर्नुभएको छ (यर्मिया १७:९)? के तपाईंले यस्तो महसुस गर्नुभएको छ, ‘हाय, म कस्तो दुःखी मानिस! यस मृत्युको शरीरबाट मलाई कसले छुटाउला’ (रोमी ७:२४)? के तपाईंले आफैमा सबै भरोसा गुमाउनुभएको छ? के तपाईं आफ्ना पापका निम्ति कराउनु र रुनुभएको छ? तपाईं रूनु भएन भने रुनु र आँसु झार्नु भएन भने तपाईंको निम्ति कुनै आशा छैन। तपाईंले यसो भन्नुपर्छ, ‘हे परमेश्वर, म पापीमाथि दया गर्नुहोस्!’ जसरी डा. लोयड जोनेसले भनेका छन्, ‘कुनै व्यक्तिलाई यस प्रकारले उसको पाप देखाइयो भने मात्र ऊ उद्धार र छुटकारा पाउन ख्रीष्टमा दौडेर आउँछ’ (ऐजन)।

येशूको नाउँमा, एक मनले, उचालौं पवित्र भजन,
सोचौं, चंगाइको खोला बगाए उनले प्रत्येक हातगोडाबाट।

अहो, भन्न सक्छ कसले सहेको दुःख उनले बग्यो शुद्ध रगत,
कस्तो कष्ट उहाँको यातना चिऱ्यो छाती हाम्रो दोषले?

‘चिरेन हृदय उनको अति गहिरो अपमानको आवाजले,
घोच्ने काँटी, तिखो काँडाले बनाएऩ त्यत्ति दुःखी।

हरके कठिन सुस्केराको धोखा, गह्रौं दुःख भित्रको,
राखियो बोझिलो प्राणमा हाम्रा सबै पापको त्यो भार।
(‘द लर्ड ह्याथ लेड अन हीम,’ विलियम हाइले बाथ्रस्ट- १७९६-१८७७-द्वारा रचित;
‘अचम्मको अनुग्रह’ को लयमा)

तपाईंले आफ्नो पापको महसुस यसरी गर्नुपर्छ कि तपाईं रुनु पर्छ र आँसु झार्नु पर्छ, चीन देशमा जागृति आउँदा मानिसहरूले त्यसै गरेका थिए।

अब केही क्षणमा म तपाईंहरूलाई आएर यहाँ अघिल्लो लहरमा बस्न र उद्धार पाउने विषयमा कुरकानी गर्नका निम्ति बोलाउनेछु। तपाईंहरूमध्ये धेरै जना आउनुहुनेछ, तर त्यसरी आउँदैमा धेरै जनालाई कुनै फाइदा हुनेछैन। तपाईं यहाँबाट हराएको पापीकै रूपमा जानुहुनेछ। यहाँ आउनुहुँदा किन तपाईंलाई कुनै सहायता मिल्दैन? किनकि तपाईंले आफूलाई हराएकोजस्तो महसुस गर्नुहु्न्न। तपाईं ती चेलाहरूजस्तो हुनुहुन्छ। तपाईंको आफैमा ठूलो भरोसा छ। तपाईं जस्तो हुनुहुन्छ त्यस्तै प्रकारले ख्रीष्टियन जीवन जिउन सक्नुहुन्छ भन्ने सोच्नुहुन्छ। तर तपाईं गलत हुनुहुन्छ। ढिलोचाँडो शैतान आउनेछ र तपाईंलाई परीक्षा गर्नेछ। अनि तपाईं पनि ठीक त्यसै गर्नुहुनेछ जस्तो चेलाहरूले गरे। तपाईं ख्रीष्टलाई त्याग्नुहुनेछ। तपाईं यो चर्च छोडेर जानुहुनेछ। तपाईं पापको जीवनमा फर्केर जानुहुनेछ। त्यो म कसरी जान्दछु? किनकि मैले विगत साठी वर्षदेखि प्रचार गर्दैआएको छु। मैले तपाईंहरूजस्तै हजारौं मानिसहरू देखेको छु। त्यसैले म जान्दछु, तपाईंले पनि त्यो रातमा चेलाहरूले गरेजस्तै ख्रीष्टलाई छोड्नुहुनेछ। ढिलोचाँडो तिनीहरूले गरेकैजस्तो तपाईं पनि गर्नुहुनेछ। तपाईं त्यसो गर्नुहुनेछ भनी सोच्नुहुन्न। आफैसँग इमानदार हुनुहोस्। तपाईंले यो चर्च छोडेर जाने कुरा अघिबाटै सोचिसक्नुभएको छ। इमानदार हुनुहोस्। तपाईंले छोडेर जाने कुरा अघिबाटै सोचिसक्नुभएको छ, हैन त? सोच्नुभएको छ हैन त? हैन त? सोच्नुभएको छ भनी तपाईं जान्नुहुन्छ

तपाईंले आफ्नो हृदयमा हेर्नुपर्छ। तपाईंले आफ्नो पाप थाहा पाउनुपर्छ। येशूमा तपाईंको विश्वासको कमी छ भनी तपाईंले थाहा पाउनुपर्छ। तपाईं एक हराएको पापी हुनुहुन्छ भनी तपाईंले महसुस गर्नै पर्छ। तपाईंले आफैलाई दोषी महसुस गर्नुपर्छ- येशूमा विश्वास नगरेको दोष। यो सबैभन्दा ठूलो पाप हो- येशूमा विश्वास नगरेको पाप। येशूले भन्नुभयो, ‘विश्वास नगर्नेचाहिँ अघि नै दोषी ठहरिएको छ’(यूहन्ना ३:१८)। तपाईंले नरक नगइञ्जेल पर्खनु पर्दैन। तपाईं अघिबाटै दोषी ठहरिसक्नुभएको छ। डा. लोयड जोनेसले भने, ‘यसरी दोष देख्ने(महसुस गर्ने) बनाएर मात्र उद्धार र छुटकाराका निम्ति (तपाईं) ख्रीष्टमा आउँछ (आउनुहुनेछ)।’ के तपाईं आफ्नो पाप थाहा गर्नुहुन्छ? यदि तपाईंको पाप महसुस गर्नुहुन्छ भने, र त्यसले तपाईंलाई विचलित बनाउँछ भने तपाईं येशूकहाँ आउनुहुनेछ र उहाँमाथि विश्वास गर्नुहुनेछ, साथै उहाँद्वारा बचाइनुहुनेछ, र उहाँले तपाईंलाई शुद्ध बनाउन बगाउनुभएको उहाँको रगतद्वारा धोइएर शुद्ध हुनुहुनेछ। उद्धार पाउने अर्को कुनै साँचो उपाय छैन। म प्रार्थना गर्दछु कि, मैले येशूको रगतको विषयमा प्रचार नगरेको कुनै आइतबार नहोस्। म योबाहेक अरू कुनै पनि सुसमाचार जान्दिनँ- येशूमा विश्वास गर्नुहोस् र तपाईं शुद्ध हुनुहुनेछ। कल्भरीको क्रूसमा बगाइएको येशूको रगत तपाईंको एक मात्र आशा हो। तापनि तपाईं येशू वा उहाँको रगतको नाम लिनुहुन्न। किन लिनुहुन्न? किनकि तपाईं आफ्नो पाप महसुस गर्नुहुन्न, त्यही कारणले हो! हो त्यही नै कारण हो! तपाईंले सही शब्दहरू सिक्ने कोसिस गरिरहनुभएको छ। अहो, कस्तो मूर्खता गर्दैहुनुहुन्छ! अगस्टिनले भने, ‘तपाईंमा विश्राम नपाऊञ्जेल हाम्रो हृदय विचलित हुन्छ! एउटा फोहोरा छ, त्यो उद्धारकर्ताका नसाहरूबाट झिकेको रगतले भरिएको छ। अनि पापीहरू त्यसको भलभित्र हाम फाल्छन्, तिनीहरूका दोषका सबै दागहरू हराउँछन्। अहिले नै येशूकहाँ आउनुहोस्। उहाँको पवित्र रगतद्वारा हरेक पापबाट शुद्ध हुनुहोस्। आमेन्।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
'एलोन'
(बेन एच. प्राइसद्वारा रचित, १९१४)


रूपरेखा

तिनीहरू उहाँलाई छोडेर भागे

THEY FORSOOK HIM AND FLED

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

‘तर अगमवक्ताहरूका धर्मशास्त्रहरू पूरा होऊन् भनी यी सबै हुन आएका हुन्। तब सबै चेलाहरू उहाँलाई छोडेर भागे।’ (मत्ती २६:५६)

(मत्ती २६:४६-४७,४८,५०, यूहन्ना १८:१०, लूका २२:५१, मत्ती २६:५३,५४,५५)

१. पहिलो, तिनीहरू अगमवक्ताहरूले भनेका वचन पूरा गर्न येशूलाई छोडेर भागे।
जकरिया १३:६-७, मत्ती २६:३१, मर्कूस १४:२७

२. दोस्रो, तिनीहरूले येशूलाई छोडेर भागे, किनकि तिनीहरू पतित जातिका सदस्यहरू थिए। रोमी ५:१२, एफिसी २:५,३; रोमी ८:७, २ कोरिन्थी ४:३

३. तेस्रो, तिनीहरू येशूलाई छोडेर भागे, किनकि यो समयभन्दा अघि तिनीहरू आफ्ना पापका निम्ति कायल भएका थिएनन्। मत्ती २६:३५; यूहन्ना १६:३०-३२;
लूका २२:६२; यर्मिया १७:९; रोमी ७:२४; यूहन्ना ३:१८