Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




देख्नु वा विश्वास गर्नु?

SEEING OR BELIEVING?
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

४ फरवरी, २०१८, आइतबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Evening, February 4, 2018

‘तिमीहरूले उहाँलाई नदेखे पनि उहाँलाई प्रेम गर्छौ। उहाँलाई तिमीहरू अहिले देख्दैनौ, तापनि उहाँमाथि विश्वास गर्छौ र अवर्णीय र गौरवमय आनन्दमा रमाउँछौ। तिमीहरूका विश्वासको प्रतिफलस्वरूप तिमीहरूले आफ्ना आत्माको मुक्ति पाउँछौ।’ (१ पत्रुस १:८-९)


पत्रुस ती मानिसहरूसँग बोले, जसले येशूलाई कहिल्यै देखेका थिएनन्। उहाँ पृथ्वीमा हुनुहुँदा तिनीहरूले उहाँलाई कहिल्यै देखेका थिएनन्। तापनि उहाँद्वारा तिनीहरूले उद्धार पाएका थिए। अरू धेरै जनाले येशू संसारमा हुनुहुँदा उहाँलाई देखे। तापनि तिनीहरूले उद्धार पाएनन्। महान् स्पर्जनले भनेका कुरा हामी निश्चित रूपले भन्न सक्छौं, जसले भनेका थिए, ‘देख्नु नै विश्वास गर्नु होइन, तर विश्वास गर्नुचाहिँ देख्नु हो।’ यो स्पर्जनका सन्देशहरूमध्ये एउटाको शीर्षक थियो। यो हाम्रो आजको बाइबल पदमा आधारित थियो। म स्पर्जनको सन्देश तपाईंलाई सरल रूपमा बताउनेछु।

१. पहिलो, देख्नु नै विश्वास गर्नु होइन!

त्यो कुरा जान्नका निम्ति तपाईंले बाइबल धेरै जान्नु पर्दैन। चार वटा सुसमाचारका पुस्तकहरूभरि हामी ती मानिसहरू देख्छौं, जसले येशूलाई देखे। तिनीहरूले उहाँलाई देखे, तर उहाँमा विश्वास गरेनन्। यहूदा इस्करियोत येशूका चेलाहरूमध्ये एक थिए। तर यहूदाले येशूमा विश्वास गर्दैनथ्यो। यहूदा तीन वर्षसम्म येशूको पछि लाग्यो। ऊ येशूको साथमा बस्यो। उसले येशूको साथमा भोजन गऱ्यो। उसले येशूको नाउँमा भूतात्माहरू निकाल्यो। उसले येशूको विषयमा प्रचार गऱ्यो। उसले येशूलाई घनिष्ठ र नजिक रूपमा जान्दथ्यो। येशूले यहूदालाई उहाँका मित्रसमेत भन्नुभयो। तर यहूदाले येशूमा विश्वास गरेन। यसैकारण उसले तीस वटा चाँदीको टुक्राका निम्ति येशूलाई धोखा दियो। त्यसैले गर्दा ऊ बाहिर निस्केर गयो र झुण्डिएर मऱ्यो, अनि नरकमा गयो। अरू चेलाहरू पनि साह्रै असल थिएनन्। तिनीहरू पनि येशूमा विश्वास गर्दैनथे। उहाँले तिनीहरूलाई उहाँ दुःख भोग्न र मर्नका निम्ति यरूशलेम गइरहनुभएको छ भनी भन्नुभयो। ‘तर चेलाहरू यी कुराहरू एउटै पनि बुझेनन्।...अनि भनिएको कुरा तिनीहरूका समझले भ्याएन’ (लूका १८:३४)। येशूले तिनीहरूमाथि श्वास नफुक्नु भइञ्जेल उहाँमा विश्वास गरेनन् (यूहन्ना २०:२२)। उहाँका चेला थोमाले त त्यसपछि पनि उहाँमाथि विश्वास गरेका थिएनन्! तिनीहरू येशूको साथमा तीन वर्ष बसेका थिए। तर तिनीहरूले उहाँमा विश्वास गरेनन्। राजा हेरोदले उहाँलाई देखे, तर उहाँमा विश्वास गरेनन्। पिलातसले उहाँलाई देखे, तर उहाँमा विश्वास गरेनन्। फरिसीहरूले पनि उहाँले आश्चर्यकर्महरू गर्नुभएको देखे, तर उहाँमा विश्वास गरेनन्। सदुकी र हेरोदीहरूले उहाँसँग बोले, तर तिनीहरूले उहाँमा विश्वास गरेनन्। मानिसहरूको ठूलो भीडलाई उहाँले भोजन खुवाउनुभयो, र उहाँले आश्चर्यकर्महरू गर्नुभएको पनि तिनीहरूले देखे, तर तिनीहरूमध्ये धेरैले उहाँमा विश्वास गरेनन्। येशू संसारमा हुनुहुँदा उहाँलाई देख्नेहरूले मुश्किलले नै उहाँमाथि विश्वास गरे। कसैले पनि मुश्किलले नै विश्वास गरे। त्यो अचम्मको सत्यता हो। यतिसम्म अचम्मको कि प्रेरित यूहन्नाले त्यस विषयमा लेखे। यूहन्नाले भने, ‘उहाँ आफ्नै मानिसहरूकहाँ आउनुभयो, तर उहाँका आफ्ना मानिसहरूले उहाँलाई ग्रहण गरेनन्’ (यूहन्ना १:११)। येशूलाई संसारमा देख्ने मानिसहरूमध्ये मुट्ठीभरले मात्र उहाँमा विश्वास गरे।

यसबाट हामी जान्दछौं, कि ‘देख्नु नै विश्वास गर्नु’ होइन। आज राति यहाँ हुने तपाईंहरूमध्ये कतिले यदि उहाँलाई देख्न पाए त विश्वास गर्नेथिएँ भनी विचार गर्दै हुनुहुन्छ होला। तपाईं त्यो कुरा स्वीकार गर्नुहुन्न, तर यो कुरा साँचो हो। त्यसैकारण येशूलाई वास्तविक प्रमाणित गर्न तपाईं केही ‘अनुभव’ प्राप्त गर्न चाहनुहुन्छ। तपाईं कुनै ‘भावना’ खोज्नुहुन्छ वा त्यस्तो प्रतिज्ञा भएको बाइबल पद खोज्नुहुन्छ। तपाईं भावनालाई बुझ्न सक्नुहुन्छ। तपाईं बाइबलको प्रतिज्ञा पनि हेर्न सक्नुहुन्छ। तर तपाईं येशूलाई देख्न सक्नुहुन्न। यसै कुरालाई तपाईं उहाँमा विश्वास नगर्ने बहाना बनाउनुहुन्छ। उहाँमाथि तपाईंले भरोसा नगर्नुको बहाना यही नै हो। तपाईंले उद्धार नपाउनुको बहाना त्यही नै हो। तर म तपाईंलाई भन्छु, ‘देख्नु नै विश्वास गर्नु होइन।’ केही अनुभव गर्नु विश्वास गर्नु होइन। बाइबलको प्रतिज्ञा दोहोऱ्याउनु विश्वास गर्नु होइन। आश्चर्यकर्महरू देख्नु विश्वास गर्नु होइन। मैले उल्लेख गरेका विश्वास नगर्ने सबै मानिसहरूले बाइबलका पदहरू जान्दथे। तिनीहरू सबैले उहाँलाई देखे। प्रायः तिनीहरू सबैले उहाँले आश्चर्यकर्महरू गर्नुभएको देखे। तापनि तिनीहरूले उहाँमा विश्वास गरेनन्। अनि मरेपछि तिनीहरूमध्ये धेरै जना नरक गए, किनकि उहाँलाई धेरै पटक देखे पनि तिनीहरूले उहाँमा विश्वास गरेका थिएनन्।

अगमवक्ता यशैयाले येशूको बारेमा बताए। यशैयाले भने, ‘ऊ मानिसहरूबाट घृणित थियो’ (यशैया ५३:३)। बारनेसको टिप्पणीले भन्छ,

उहाँ घृणित हुनुहुन्छ...उद्धारकर्ता घृणाको पात्र हुनुहुन्थ्यो र फरिसीहरूले, सदुकीहरूले र रोमीहरूले उहाँको गिल्ला गरे। पृथ्वीमा उहाँको जीवन यस्तो भएको थियो, उहाँको मृत्युमा पनि अझ त्यस्तै भएको थियो, अनि त्यस दिनदेखि यता उहाँको नाउँ र व्यक्तित्व सबैतिर घृणाको पात्र भएको छ।

मानिसहरूद्वारा इन्कार हुनुभयो,...यो वाक्यको ठूलो अर्थ छ, यी तीन वटा शब्दमा मानव जातिले उद्धारकर्तासँग कस्तो व्यवहार गरे भन्ने कुराको सम्पूर्ण इतिहास छ। ‘मानिसहरूद्वारा इन्कार हुनुभयो’ भन्ने कुराले अति दुःखको र उदासपूर्ण इतिहास प्रकट गर्दछ, यहूदीहरूद्वारा, धनीमानीहरूद्वारा, महान् र शिक्षितहरूद्वारा, हरेक वर्ग, उमेर र पदका मानिसहरूद्वारा इन्कार हुनुभयो।

पुल्पिट टिप्पणीको पुस्तकले भन्छ,

उहाँ घृणित हुनुहुन्छ। मानिसको घृणा केही मात्रामा तिनीहरूले उहाँको शिक्षाप्रति दिएका थोरै ध्यानमा र उहाँलाई क्रूसमा टाँग्नुभन्दा अघिल्लो रात तिनीहरूले उहासँग गरेका व्यवहारमा प्रकट भयो। मानिसहरूद्वारा इन्कार हुनु भएर, बरु मानिसहरूद्वारा त्यागिनुभयो। हाम्रा प्रभुसँग कुनै पनि समय एउटा ‘सानो झुण्ड’ भन्दा अरू केही थिएन। तिनीहरूमध्ये पनि धेरै जना ‘फर्केर गए अनि उहाँको साथमा हिँड्न छाडे।’ कोही-कोही रातको समयमा मात्र उहाँकहाँ आउँथे। सबै ‘शासकहरू’ र ठूला मानिसहरू उहाँबाट अलग्गै बसे। अन्त्यमा त उहाँका प्रेरितहरूसमेत ‘उहाँलाई एकलै छाडेर भागे।’

येशू संसारमा हुनुहुँदा उहाँलाई देख्ने प्रायः सबैले उहाँलाई घृणा र इन्कार गरे। के तपाईं तिनीहरूभन्दा फरक हुनुभएको छ? यदि तपाईंको हृदय परिवर्तन भएको छैन भने तपाईं पनि हुबहु तिनीहरूजस्तै हुनुहुन्छ। तपाईं उहाँलाई घृणा र इन्कार गर्नुहुन्छ। तपाईं उहाँदेखि आफ्नो अनुहार लुकाउनुहुन्छ। तपाईं ठीक तिनीहरूजस्तै हुनुहुन्छ, जसले येशूलाई पृथ्वीमा देखेर पनि उहाँलाई इन्कार गरे। तिनीहरूले उहाँलाई देखेका थिए। तिनीहरूले उहाँको सोर सुनेका थिए। तापनि तिनीहरूले उहाँमा विश्वास गरेनन्। देख्नु नै विश्वास गर्नु होइन!

२. दोस्रो, विश्वास गर्नु भनेको देख्नु होइन!

‘तिमीहरूले उहाँलाई नदेखे पनि उहाँलाई प्रेम गर्छौ। उहाँलाई तिमीहरू अहिले देख्दैनौ, तापनि उहाँमाथि विश्वास गर्छौ र अवर्णीय र गौरवमय आनन्दमा रमाउँछौ। तिमीहरूका विश्वासको प्रतिफलस्वरूप तिमीहरूले आफ्ना आत्माको मुक्ति पाउँछौ।’ (१ पत्रुस १:८-९)

हाम्रो आजको बाइबल पदमा पत्रुस जुन मानिसहरूसँग बोलेका छन् तिनीहरूले येशूलाई संसारमा कहिल्यै पनि देखेका थिएनन्। तापनि तिनीहरूले उहाँमा विश्वास गरेका थिए र उहाँद्वारा बचाइएका थिए! येशूलाई नदेखे पनि, उहाँको सोर नसुने पनि र उहाँलाई कहिल्यै नछोए पनि तिनीहरूले किन उहाँमा विश्वास गरे त? महान् धर्म सुधारक केल्भिनले यसको उत्तर दिएका छन्। केल्भिनले भने, ‘प्रभु आफैले उहाँका आत्माले सुधार्नु र नयाँ बनाउनु नभइञ्जेल कुनै पनि मानिसले त्यसो गर्न सक्दैन, आफ्नै समझले बुझ्नु सक्दैन।’

अहिले- तपाईं आफ्ना आँखाहरूले येशूलाई देख्न सक्नुहुन्न र पनि उनै पवित्र आत्माले अहिले तपाईंलाई येशूमा विश्वास दिन सक्नुहुन्छ! अहिले तपाईं येशूको शरीर छुन र छाम्न सक्नुहुन्न र पनि उनै पवित्र आत्माले तपाईंलाई येशूको सम्पर्कमा ल्याउन सक्नुहुन्छ।

येशूसँग सम्पर्क गर्दाको पहिलो कुरा हो प्रेम। हाम्रो आजको बाइबल पदले भन्छ, ‘तिमीहरूले उहाँलाई नदेखे पनि उहाँलाई प्रेम गर्छौ।’ येशूको प्रेम हामीमा धेरै प्रकारले आउँछ। जब म चर्च जान थालेको थिएँ, मेरा आफन्तहरूले मेरो गिल्ला गर्दथे। उनीहरू येशूलाई पनि खिसी गर्दथे। उनीहरूले भने, ‘तिमी कसरी उहाँमा विश्वास गर्न सक्छौ? उहाँले तिम्रो निम्ति के गरिदिएका छन् र?’ तर उनीहरूले जति धेरै येशूको खिल्ली उडाए, उत्ति नै धेरै मैले उहाँलाई प्रेम गरेँ। हाम्रो चर्चमा पनि खराब चालचलन भएका केटाकेटीहरू थिए। तिनीहरू येशूकी आमा कन्ये थिइनन् भन्दै उनको विषयमा फोहोर ठट्टा गर्थे। तिनीहरू उहाँलाई बतासे सन्तान भन्थे। तिनीहरू उहाँको हाँसो उडाउँथे। तर तिनीहरूले जति धेरै येशूको हाँसो उडाउँथे मैले त्यत्ति नै बढी उहाँलाई प्रेम गरेँ।

मैले इस्टरको समयमा येशूको बारेमा विचार गर्दै झन् बढी उहाँलाई प्रेम गरेँ। उहाँले क्रूसमा दुःख भोग्नुभएका निम्ति मैले उहाँलाई प्रेम गरेँ। उहाँका हात र पाउहरूमा काँटी ठोकिएको विचार मलाई मन परेन। तिनीहरूले उहाँलाई किन त्यसो गरे मलाई थाहा थिएन। तर उहाँप्रति मेरो मनमा ठूलो दया र दुःख थियो।

म एकलो केटो थिएँ। मलाई सुरक्षित र खुशी राख्न मेरा आमाबुबा थिएनन्। अनि म येशू पनि एकलो हुनुभएको कुरा सोच्थेँ- उहाँलाई सान्त्वना दिने कोही साथी थिएन- अनि म उहाँलाई प्रेम गर्थेँ। म विचार गर्थेँ, ‘हे येशू, अरू कसैले तपाईंलाई प्रेम नगरे पनि म तपाईंलाई प्रेम गर्नेछु!’ मप्रति भएको उहाँको प्रेमले नै मेरो आत्मालाई जित्यो। मैले उद्धार पाएको दिन उनीहरूले चार्ल्स वेस्लीले रचेका भजन गाए। त्यस भजनको प्रत्येक खण्ड जुन शब्दहरूद्वारा समाप्त भएको छ त्यसले मेरो हृदय छियाछिया बनायो। ‘अचम्मको प्रेम, कसरी हुन सक्छ, कि तपाईं, मेरा परमेश्वर, मेरो निम्ति मर्न पर्ने।’

येशू मानिसको शरीरमा परमेश्वर हुनुहुन्थ्यो। तिनीहरूले कठोर काठको क्रूसमा मेरा परमेश्वरलाई काँटी ठोकिदिए। ‘अचम्मको प्रेम।’ त्यसले मेरो हृदय छियाछिया बनायो। मैले उहाँमा विश्वास गरेँ। मैले उहाँमाथि भरोसा राखेँ। मप्रति भएको उहाँको प्रेमद्वारा- अनि उहाँप्रति भएको मेरो प्रेमद्वारा म उहाँको सम्पर्कमा आएँ।

यहाँ हुनुहुने कसैले पनि जोन केगनलाई डरपोक भन्नुहुन्छ जस्तो मलाई लाग्दैन। तपाईंहरू जोनको बलियो चरित्रका निम्ति तिनको प्रशंसा गर्नुहुन्छ। जोनले आफ्नो सम्पूर्ण प्राणले ख्रीष्टको विरोध गर्दथे। मैले सोधपुछ गर्ने कोठामा तिनलाई भनेको कुनै पनि कुराले तिनलाई डगमगाएन। तिनले भनेका थिए, ‘मैले आफैलाई येशूमा दिनुपर्छ भन्ने कुराले मलाई यति दुःखी बनायो कि म त्यसो गर्न सक्छु जस्तो लागेन। येशूले उहाँको आफ्नो जीवन मेरो निम्ति दिनुभएको थियो। म येशूको शत्रु छँदै उहाँ मेरो निम्ति क्रूसमा टाँगिनुभयो, अनि म उहाँमा समर्पित हुन चाहँदिनथेँ। त्यस विचारले मलाई तोड्यो। मैले आफैलाई अझ अरू रोकेर राख्न सकिनँ। मैले येशूलाई पाउन परेको थियो। त्यो क्षण मैले आफैलाई उहाँमा समर्पण गरेँ, अनि विश्वासद्वारा येशूमा आएँ। मलाई कुनै भावना चाहिएको थिएन। मसँग ख्रीष्ट हुनुहुन्थ्यो! मजस्तो तुच्छ पापीलाई क्षमा गर्न येशूले कति धेरै मलाई प्रेम गर्नुभएको थियो। ख्रीष्टले मेरो निम्ति उहाँको जीवन अर्पण गर्नुभयो, यसका निम्ति मैले मेरा सबैथोक उहाँलाई दिएँ। येशूले मेरो घृणा र क्रोध लिनुभयो र त्यसको बदली मलाई प्रेम दिनुभयो।’

महान् श्री स्पर्जनले जोन केगनलाई कहिल्यै पनि भेटेनन्। तर उनले जोन केगनलाई चिनेकैजस्तो गरी लेखे। श्री स्पर्जनले भने, ‘आखिर जे भएपनि देख्ने कुराले होइन- जुन सधैँ एउटा बाहिरी कुरा हो- तर येशूको बारेमा सोच्नु, बुझ्नु अनि त्यसद्वारा प्रभावित हुनु नै सम्पर्कमा आउने मुख्य कुरा हो। यसरी ख्रीष्टप्रतिको प्रेम नै मिलनको वास्तविक साधन बन्छ, एक अन्धोका निम्ति छुने कुराभन्दा बलियो सम्बन्ध हुन्छ। प्रेमले उद्धारकर्तालाई हृदयका निम्ति वास्तविक बनाउँछ, यसरी ख्रीष्ट र तपाईंको आत्माबीच प्रेमले गराउने सम्पर्क तपाईंले छुने वा अनुभव गर्ने कुनै पनि कुराभन्दा वास्तविक बन्दछ।’ ‘तिमीहरूले उहाँलाई नदेखे पनि उहाँलाई प्रेम गर्छौ।’

तर आजको हाम्रो बाइबल पदले येशूसँग सम्पर्क गर्ने अर्को कुरा पनि बताउँछ। ‘उहाँलाई तिमीहरू अहिले देख्दैनौ, तापनि उहाँमाथि विश्वास गर्छौ।’ ‘तापनि उहाँमाथि विश्वास गर्छौ।’ यहाँ फेरि पनि हामीलाई यो स्मरण गराइएको छ कि येशूलाई नदेखे पनि तपाईं उहाँमाथि विश्वास गर्न सक्नुहुन्छ। ‘उहाँलाई तिमीहरू अहिले देख्दैनौ, तापनि उहाँमाथि विश्वास गर्छौ,... रमाउँछौ।’ तापनि विश्वास गर्छौ! पत्रुसले जुन मानिसहरूलाई पत्र लेखे तिनीहरूले येशूलाई चिनेका थिएनन्। तिनीहरूले येशूलाई अनुभव गरेका थिएनन्। तिनीहरूले उहाँको सोर सुनेका थिएनन्। तर तिनीहरूले उहाँलाई जान्दथे! ‘उहाँलाई तिमीहरू अहिले देख्दैनौ, तापनि उहाँमाथि विश्वास गर्छौ,... रमाउँछौ।’ ‘तपाईं उहाँलाई देख्नुहुन्न, तापनि उहाँमा विश्वास गर्नुहोस्।’

हेलेन केलर पूर्ण अन्धो र बहिरो अवस्थामा जन्मिएकी थिइन्। एन्नी सुलिभान नाउँ गरेकी महिलाले हेलेन केलरलाई बोल्न सिकाइन्। यो एउटा अचम्मको कथा हो। म सानो केटो छँदा हेलेन केलरले रेडियोमा भाषण दिएकी सुनेको थिएँ। हेलन केलर जन्मैदेखि पूर्ण अन्धो र बहिरो भए पनि तिनले येशूमा विश्वास गरिन्! तपाईं येशूलाई देख्न र उहाँको सोर सुन्न सक्नुहुन्न र पनि उहाँमा विश्वास गर्न सक्नुहुन्छ!

येशूमा विश्वास गर्नुभयो भने तपाईं उहाँको सम्पर्कमा आउनुहुनेछ। प्रेम र विश्वास, दुवैले येशूसित सम्पर्क हुने कुरा देखाउँछन्।

प्रेम र विश्वासले हामीलाई उद्धारकर्तासँग एक बनाउँछ। ‘उहाँलाई तिमीहरू देख्दैनौ, तापनि उहाँलाई प्रेम गर्दछौ; तिमीहरू अहिले उहाँलाई देक्दैनौ, तापनि उहाँमाथि विश्वास गर्छौ,... रमाउँछौ!’ ‘उहाँलाई तिमीहरू देख्दैनौ, तापनि उहाँमाथि विश्वास गर्छौ र रमाउँछौ!’

हाम्रो चर्चकी पियानोवादक एमी जाबालगाले भनेकी कुरा सुन्नुहोस्। तिनी एक संवेदनशील महिला हुन्।तिनले भनेकी कुरामा तपाईं विश्वास गर्न सक्नुहुन्छ।

     म ख्रीष्टमा विश्वास गर्दिनँथेँ। ‘येशू’ एउटा शब्द, एउटा सिद्धान्त वा मैले जानेकी तापनि टाढाको कुनै व्यक्ति मात्र हुनुहुन्थ्यो। ख्रीष्टलाई पाउने कोसिस नगरेर मैले एउटा भावना वा कुनै किसिमको अनुभवको खोजी गरिरहेको थिएँ।
     एक मध्य रातमा येशू मेरो निम्ति मर्नुभएको अचानक बुझेँ। त्यो रात मैले उहाँ मेरो पापको बोझमुनि ठूलो वेदना र पसीना बगाउँदै गेतसमनीको बगैंचामा हुनुभएको कुरा सम्झँदै मेरो मनमा क्रूसमा टाँगिनुभएका ख्रीष्टलाई देखेँ। उहाँले रगत बगाएर चढाउनुभएको बलिदान, र मैले उहाँलाई इन्कार गरेकोले उहाँ भालाले रोपिनुभएको कुरा सम्झेँ। तापनि मैले उहाँमाथि अझै विश्वास गरेकी थिइनँ। म अझै पनि निश्चयताको कुनै भावना प्राप्त गर्ने कुरामा अडिग थिएँ।
     डा. हिमर्सले श्रेष्ठगीतको पुस्तकबाट ख्रीष्टको प्रेमिलोपनको विषयमा प्रचार गर्न थाल्नुभयो। त्यो सुनेपछि ख्रीष्ट मेरो निम्ति अझ प्रेमिलो बन्नुभयो। मलाई लगातार उहाँको निम्ति पीडा हुन थाल्यो। मैले यो पद सुनेँ, ‘उठ, हे मेरी प्यारी, मेरी सुन्दरी, र मसित आऊ’ (श्रेष्ठगीत २:१०)। ख्रीष्ट मसित बोलिरहनुभएको जस्तो, उहाँले मलाई आफूकहाँ बोलाइरहनुभएको जस्तो लाग्यो।
     मैले भोगेकी ती दुःखहरू, आशारहित जीवन, संसारको चिसो खालीपन, पापको मिच्ने भारी सबै परमेश्वरको मप्रतिको प्रेमको कारण अनुभव गरेकी थिएँ र उहाँले मलाई येशूको खाँचो छ भनी देखाउन लाग्नुभएको थियो।
     सन्देश प्रचारपछि म डा. हिमर्सलाई भेट्न गएँ। मेरो अगाडि पापको पर्खाल- मेरो हृदयको दुष्टता, मेरो मनका खराब विचारहरू, मैले बारम्बार ख्रीष्टलाई इन्कार गरेको कुरा मेरो अगाडि खडा भएकोजस्तो लाग्यो। मैले त्यो अझ सहन सकिनँ। मैले ख्रीष्टलाई पाउन परेको थियो। मैले उहाँको रगत पाउन परेको थियो। मैले घुँडा टेकेँ। येशूसँग नहिच्किचाएर, अर्को झूटो हृदय परिवर्तन हुँदैछ वा गल्ती गर्दैछु भन्ने नठानेर, वा आफैभित्र नहेरेर, मैले पहिलेपहिले गरेझैं मेरा आफ्नै भावनाहरू नहेरेर वा अन्धकारमा छामछुम नगरेर बरु सीधै विश्वासद्वारा ख्रीष्टलाई हेरेँ। उहाँले आफ्नो बहुमूल्य रगतले मेरा पापहरू पखाल्नुभयो, उहाँले मेरा पापहरूको गह्रौं बोझ हटाउनुभयो! उहाँले मेरा सबै पापहरूबाट मलाई माफी दिनुभयो र क्षमा गर्नुभयो।
     अब उहाँ मेरा नायक, मेरा उद्धारकर्ता र प्रभु हुनुहुन्छ! त्यस दिनदेखि यता धेरैचोटि म सहायता, बल र सुरक्षा पाउनका निम्ति येशूकहाँ गएकी छु। जसरी भजन-गीतले भन्छ, ‘दयाले फेरि मेरो जीवन लेख्यो। दयाले फेरि मेरो जीवन लेख्यो। म पापमा हराएको थिएँ। तर येशूले फेरि मेरो जीवन लेख्नुभयो।’ अहिले कुनै व्यक्ति येशूद्वारा बचाइँदा मलाई ठूलो आनन्द हुन्छ। पापहरू क्षमा गरिँदा अनुभव हुने सन्तुष्टि र शान्ति म पूर्ण रूपले व्यक्त गर्ने सक्दिनँ। म चाहन्छु, मजस्तै संघर्ष गर्नेहरूले येशूबाट क्षमाको अनुभव गरून्। जुन सुसमाचार पहिलेपहिले अति भद्दा र जीवनहीन लाग्दथ्यो, त्यो अहिले आनन्दको कुरा भएको छ, अनि येशूको बारेमा कुनै सन्देश सुन्दा मेरो हृदय आनन्द र कृतज्ञताले भरिन्छ। परमेश्वरले मलाई उहाँका पुत्र येशूमा खिँच्नुभएका निम्ति उहाँलाई धन्यवाद होस्। म प्रेरित पावलको साथ यसो मात्र भन्न सक्छु, ‘उहाँको वर्णन गर्न नसक्ने वरदानका निम्ति परमेश्वरलाई धन्यवाद होस्।’ (२ कोरिन्थी ९:१५)

प्रिय मित्र हो, म आफैले पनि ख्रीष्टलाई नचिनेसम्म ‘आनन्द’ को अर्थ बुझेको थिइनँ। मैले धेरै वटा परीक्षा र कठिनाइहरूको सामना गरेको छु। मैले भरोसा गरेका मानिसहरूबाट निराश भएको छु। म एकलो भएको छु र ठूलो दुःखको अनुभव गरेको छु। हरेक रात नै म रातभरि-भरि हिँडेको छु। साथीको रूपमा कुनै मानिस मेरो साथमा नहुँदा मैले ‘हलुका र भयानक दुःख’ को अनुभव गरेको छु। म रातसित परिचित व्यक्तिजस्तो भएको थिएँ। तर अहिले र सधैं येशूले मलाई दुःखका ती समयहरूबाट निकाल्नुभएको छ। कसैले मलाई स्वीकार नगरेको अनुभव हुँदा पनि येशूले मलाई स्वीकार गर्नुभएको छ। विश्वासद्वारा त्यो खोला देखेपछि।/ तपाईंको बग्दो चोटहरूले दिन्छन्।/ छुटकारा दिने प्रेम मेरो विषय भएको छ।/ र हुनेछ म नमरूँञ्जेल।/ र हुनेछ म नमरूँञ्जेल।/ र हुनेछ म नमरूँञ्जेल।/ छुटकारा दिने प्रेम मेरो विषय भएको छ।/ र हुनेछ म नमरूँञ्जेल।/ यदि तपाईं अझै पनि हराएको अवस्थामा हुनुहुन्छ भने यो सुन्दर भजन ध्यान लगाएर सुन्नुहोस्।

गरेँ हजारौं कोसिस व्यर्थमा
मेरो डर दबाउन, मेरा आशाहरू उठाउन,
तर के चाहिन्छ मलाई बाइबल भन्छ,
सधैँ येशू मात्र हो।

मेरो प्राण अन्ध्यारो छ, मेरो हृदय स्थिर
म देख्न सक्दिनँ, न सक्छु अनुभव गर्न,
ज्योत र जीवनका निम्ति मैले गर्नैपर्छ बिन्ती
सरल विश्वासमा येशूलाई।

उहाँ मर्नुभो, जिउनुहुन्छ, राज गर्नुहुन्छ, बिन्ती गर्नुहुन्छ,
छ प्रेम उहाँका सारा वचन र कामहरूमा,
पापीलाई चाहिने सबै कुरा छन्
सदासर्वदा येशूमा।
   ('इन जिजस,' जेम्स प्रोक्टरद्वारा रचित, १९१३)

तपाईं सायद भन्नुहुन्छ, ‘मलाई पूरा विश्वास भइसकेको छैन। तपाईं प्रेमविश्वासको कुरा गर्नुहुन्छ।’ तपाईं भन्नुहु्न्छ, ‘ममा ख्रीष्टप्रति कुनै प्रेम छैन।’ ‘म उहाँमा विश्वास गर्दिनँ। तपाईंका कुराले मलाई विश्वास दिलाउन सक्दैन।’

यसैले मैले तपाईंलाई होशियार गराउनै पर्छ। त्यो समय आउँदैछ, जुन बेला तपाईं प्रेमविश्वासका मिठा कुराहरू सुन्न सक्नुहुनेछैन। तपाईंका कानहरू चिसा र मृत हुनेछन्। तपाईंका निम्ति शान्ति र क्षमाता अरू केही वचनहरू हुनेछैनन्। ती सबै नरकक अन्धकारमा सदाका लागि निलिनेछन्।

परमेश्वर उहाँको क्रोध र इन्साफमा बोल्नुभन्दा अघि अहिले तपाईं मेरो कुरा सुन्नुहोस्! अनि परमेश्वर तपाईंलाई यसो भन्नुहुन्छ, ‘मैलेँ बोलाएँ र तिमीले इन्कार गऱ्यौ।’

म तपाईंलाई यति मात्र भन्न सक्छु, के तपाईं ख्रीष्टमा विश्वास गर्नुहुनेछ? के अहिले गर्नुहुनेछ? आज राति गर्नुहुनेछ? त्योभन्दा बढी म केही गर्न सक्दिनँ। म तपाईंलाई ख्रीष्टमा विश्वास गर्ने बनाउन सक्दिनँ। यो मैले परमेश्वरको हातमा छोडिदिनुपर्छ। परमेश्वरले उहाँको शक्तिद्वारा धेरै वटा हृदयलाई येशूमा विश्वास गर्नका निम्ति खोलिदिनुभएको छ। तपाईं ती मानिसहरूको बीचमा बसिरहनुभएको छ, जसलाई परमेश्वरले येशूमा खिँच्नुभयो। परमेश्वरले तिनीहरूलाई येशूमा खिँच्ने निर्णय गर्नुभयो। यदि उहाँले तपाईंलाई खिँच्नुभएन भने म केही पनि गर्न सक्दिनँ। यदि परमेश्वरले तपाईंलाई उद्धार पाउनका निम्ति चुन्नुभएको छैन भने मैले गर्न सक्ने अरू केही पनि छैन। यदि तपाईं चुनिएकाहरूमध्ये एक हुनुहुन्न भने म मैले गर्न सक्ने केही पनि छैन।

तर यदि आज राति परमेश्वर तपाईंको हृदयमा बोल्नुभएको छ भने, ख्रीष्टलाई ग्रहण गर्नुहोस्। अहिले नै उहाँलाई ग्रहण गर्नुहोस्। विशेष गरी तपाईंहरू, जसलाई येशूको धेरै खाँचो छ अहिले आउनुहोस् र येशूमा विश्वास गर्नुहोस्। मैले भनेका सबै कुराहरूलाई परमेश्वरका आत्माले तपाईंको हृदयमा प्रयोग गर्नुभएन भने ती सबैद्वारा केही फाइदा हुँदैन। हामी प्रार्थना गर्छौं कि, पत्रुस यो पदमा जुन मानिसहरूसँग बोलेका छन् तिनीहरूले जस्तै तपाईंले पनि येशूमा विश्वास गर्नुहोस्। परमेश्वरले जोन केगन, एमि जाबालगा र तपाईंको वरिपरिका मानिसहरूको जीवनमा जस्तो काम गर्नुभयो त्यस्तै काम तपाईंका निम्ति गरून् भनी हामीले प्रार्थना गरेका छौं। आज राति परमेश्वरले हाम्रो माझबाट चुनिएकाहरूलाई छानून्। तपाईं येशूमा आउनुहोस्, येशूमा विश्वास गर्नुहोस्, र सधैंका निम्ति बगाइएको उहाँको प्रायश्चितको रगतद्वारा उद्धार पाउनुहोस्। आमेन्।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
('इन जिजस,' जेम्स प्रोक्टरद्वारा रचित, १९१३)


रूपरेखा

देख्नु वा विश्वास गर्नु?

SEEING OR BELIEVING?

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

‘तिमीहरूले उहाँलाई नदेखे पनि उहाँलाई प्रेम गर्छौ। उहाँलाई तिमीहरू अहिले देख्दैनौ, तापनि उहाँमाथि विश्वास गर्छौ र अवर्णीय र गौरवमय आनन्दमा रमाउँछौ। तिमीहरूका विश्वासको प्रतिफलस्वरूप तिमीहरूले आफ्ना आत्माको मुक्ति पाउँछौ।’ (१ पत्रुस १:८-९)

१. पहिलो, देख्नु नै विश्वास गर्नु होइन। लूका १८:३४; यूहन्ना २०:२२;
१:११; यशैया ५३:३

२. दोस्रो, विश्वास गर्नु भनेको देख्नु होइन! श्रेष्ठ गीत २:१०; २ कोरिन्थी ९:१५