Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




रगतसहित वा रगतविना

WITH OR WITHOUT BLOOD
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

२१ जनवरी, २०१८, आइतबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Evening, January 21, 2018

‘रगत नबगाईकन पापको क्षमा हुनै सक्दैन’ (हिब्रू ९:२२)


श्री स्पर्जनले विश्वासमा ल्याएका मानिसहरू तुरुन्तै विश्वासमा आएका थिएनन्, तर ख्रीष्टमा मात्र विश्वास गर्नुभन्दा र आनन्द अनि निश्चयता पाउनुभन्दा अघि केही हप्ता वा महिनौंसम्म कष्टपूर्ण पापका निम्ति दोष र दुःख महसुस गर्दै तिनीहरूमा परिवर्तन सुरु भएको थियो। स्पर्जनको प्रचार सुनेर विश्वास गर्ने दुइ जवान केटीहरूका जीवन गवाही यहाँ प्रस्तुत गरिन्छ।

सुश्री मेरी एडवर्डस

     श्री स्पर्जनको प्रचार सुन्नुभन्दा अघिसम्म तिनको हृदय कठोर थियो। तिनको पापको दण्डको बारेमा सुनेर तिनी अति भयभीत भइन्। तिनी चर्चको सेवामा गइरहिन्, तर धेरै महिनासम्म निराश भइरहिन्। एक दिन तिनले स्पर्जनले येशूको बारेमा प्रचार गरेका सुनिन्। तिनले येशूमा र उहाँको प्रायश्चितको रगतको विषयमा सुनिन् विश्वास गरिन् अनि आनन्दित भइन्। तिनले येशूमा मात्र विश्वास गरिन् र उद्धार पाइन्। तिनले अझै पनि येशूलाई मात्र हेर्छिन्।

सुश्री मेरी जोनेस्

तिनले आफ्नो उत्सुकताको कारण श्री स्पर्जनको प्रचार सुनिन्। डरले भुतुक्क भई तिनी चर्च जान छाडिन्। तिनले भनिन्, ‘काश, म तिनको प्रचार सुन्न कहिल्यै नगएकी भए राम्रो हुन्थ्यो। म फेरि नजाने संकल्प गर्दछु। तर अलग बस्दा पनि म दुःखी महसुस गर्दछु। केही सीप नलागेर मैले ख्रीष्टमा विश्वास गरेँ अनि उहाँमा मैले शान्ति र सान्त्वना पाएँ। मैले येशूबाहेक अरू कुनै कुरामा शान्तिको खोजी गर्न छाडेपछि मात्र ख्रीष्टलाई पाउन सकेँ। पहिले त मैले सबै प्रकारको कोशिश गरेँ। तर मैले ख्रीष्ट र सबैलाई बचाउने उहाँको रगत नभेटेसम्म अरू कुनै कुराले पनि मलाई शान्ति दिएन।’

मैले प्रचार सुरु गर्नुभन्दा अघि श्री ग्रिफिथ आएर त्यो एउटा भजन गाउनुहुनेछ, त्यो जुन श्री स्पर्जनको चर्चमा धेरै जना जवान मानिसहरूलाई येशूमा विश्वास गर्न सहायता पुऱ्याउनका निम्ति गाउने गरिन्थ्यो।

‘रगत नबगाईकन पापको क्षमा हुनै सक्दैन’ (हिब्रू ९:२२)

महान् स्पर्जनलाई कहिलेकहीं ‘प्रचारकहरूका राजकुमार’ पनि भन्ने गरिन्छ। साँच्चै, तिनीजस्तो महान् सुसमाचार प्रचारक अरू कोही पनि छैन। तिनको सेवकाइभरि तिनको मुख्य विषय सधैँ नै क्रूसमा येशूको बलिदानद्वारा पापीहरूको उद्धार हुन्छ भन्ने हुन्थ्यो। अनि त्यो विषयलाई सधैँ तिनले पाप क्षमाका निम्ति क्रूसमा बगाइएको उद्धारकर्ताको रगतको प्रचार गर्दै जोड् दिन्थे। यसरी नै श्री स्पर्जनले प्रायः प्रचार गर्दथे अनि आज हामीले लिएका बाइबल पद उल्लेख गर्दथे।

‘रगत नबगाईकन पापको क्षमा हुनै सक्दैन’ (हिब्रू ९:२२)

तर ‘पाप क्षमा’ भन्ने वाक्यांश धेरै जना आधुनिक मानिसलाई थाहा हुँदैन। यसको अर्थ अझ राम्ररी बुझ्न हामीले यो ‘पाप क्षमा’ वाक्यांश कुन ग्रीक शब्दबाट अनुवाद गरिएको हो त्यो हेर्नुपर्छ। स्ट्रङ्गको शब्दानुक्रमणिकाले त्यो शब्द ‘एफिसिस’ हो भनी बताउँछ। यसको अर्थ ‘स्वतन्त्रता,’ ‘माफी,’ ‘छुटकारा,’ ‘स्वाधीनता’ र ‘क्षमादान’ हो। हाम्रो आजको बाइबल पदमा यी शब्दहरू थप्दा त्यो स्पष्ट हुन्छ,

‘रगत नबगाईकन पापको क्षमा, कुनै स्वतन्त्रता, कुनै माफी, कुनै छुटकारा, कुनै स्वाधीनता, कुनै क्षमादान हुनै सक्दैन’

श्री स्पर्जनले रगतसम्बन्धी बाइबल पदहरू घरीघरी उल्लेख गरेकोमा कुनै अचम्म मान्नु पर्दैन। एउटा प्रसिद्ध प्रवचनमा स्पर्जनले यसो भनेका थिए,

‘कति जना यस्ता प्रचारकहरू छन्, जसले येशू ख्रीष्टको रगतको विषयमा प्रचार गर्दैन, अनि तिनीहरूका बारेमा म तपाईंलाई एउटा कुरा भन्छुः तिनीहरूका सन्देश सुन्न कहिल्यै नजानुहोस्! तिनीहरूका सन्देश कहिल्यै नसुन्नुहोस्! जुन सेवकाइमा त्यो रगत हुँदैन त्यो जीवनहीन हुन्छ, अनि मरेको सेवकाइले कसैको भलाइ गर्दैन।’

त्यो रगतको महत्त्व हाम्रो आजको बाइबल पदमा स्पष्ट बताइएको छ,

‘रगत नबगाईकन पापको क्षमा हुनै सक्दैन’ (हिब्रू ९:२२)

१. पहिलो, विचार गर्नुहोस्, ख्रीष्टको रगत नबगाईकन तपाईंलाई के हुनेछ

ख्रीष्टको रगत नबगाईकन तपाईंको पापबाट पाईंलाई स्वतन्त्रता छैन। ख्रीष्टको रगत नबगाईकन तपाईंको पापको क्षमा छैन। ख्रीष्टको रगत नबगाईकन तपाईंको पापबाट छुटकारा छैन। ख्रीष्टको रगत नबगाईकन तपाईंको पापबाट स्वाधीनता छैन। ख्रीष्टको रगत नबगाईकन तपाईंको पापको क्षमा छैन। यस्तो अवस्थामा तपाईंको मृत्यु हुँदा नरकको आगोले तपाईंलाई पर्खिरहेको हुनेछ।

नरकको विषयमा स्कटल्याण्डको केमबुस्ल्याङमा भएको महान् जागृतिमा प्रचार गरिएको थियो। ‘केमबुस्ल्याङका प्रचारकहरूले वास्तविक नरक, र त्यसमा भएका सबै यातनाहरूमा विश्वास गर्दथे। उनीहरू आफ्ना श्रोताहरूलाई नरकको विषयमा चेताउनी दिनु पनि गम्भीर थिए। उनीहरूलाई धेरैले बुझेका थिए। एक जना एकाईस वर्षे केटोले ‘नरकलाई आफूदेखि केही पर देख्यो, जहाँ खाल्डोजस्तो ठाउँमा हराएका आत्माहरू आगोमा जलिरहेका थिए, अनि तिनीहरूका बीचमा भूतात्माहरू पनि गइरहेका देख्यो।’ एउटा पन्ध्र वर्षे केटोले ऊ मूर्च्छा पर्नुभन्दा अघि भन्यो, ‘मैले आगोका ज्वालाहरू मतिर आइरहेको देखेँ।’ एउटी जवान स्त्रीलाई गन्धकको गन्धको कारण सास फेर्न गाह्रो महसुस भयो, किनकि ‘नरकको आगो र अतल कुण्डको गन्धकको गन्ध धेरै चर्को थियो’ (द केमबुस्ल्याङ रिभाभल, द ब्यानर अफ त्रुथ, १९७१, पृष्ठ १५४)।

तापनि, नरकसम्बन्धी यी मानवीय अनुभवहरूलाई म मेरो विश्वासको आधार बनाउँदिनँ। म नरकमा विश्वास गर्दछु, किनकि परमेश्वरले यसको विषयमा बाइबलमा शिक्षा दिनुभएको छ। पवित्र बाइबलमा अरू कसैले भन्दा प्रभु येशूले नरकको विषयमा धेरै कुरा भन्नुभएको छ। उहाँले आफ्नो समयका ती विश्वास नगर्ने मानिसहरूलाई भन्नुभयो, ‘तिमीहरू नरकको दण्डदेखि कसरी उम्किन सक्नेछौ’ (मत्ती २३:३३)? ख्रीष्टले विश्वास नगर्नेहरूलाई तिनीहरू नरकमा जानेछन् र ‘नरकमा आगो कहिल्यै पनि निभ्दैन’(मर्कूस ९:२३) भनी भन्नुभयो। ख्रीष्टले नरकमा पुगेका एक धनी मानिसको बारेमा बताउनुभयो, जसले यसो भन्दै पुकार गऱ्यो, ‘म यस ज्वालामा भयङ्कर वेदना पाइरहेछु।’ श्री स्पर्जनले भने,

‘अहो, नरकमा एक घन्टा बिताउनु कति ठूलो दुःखको कुरा हुनेछ! अहो, तपाईं उद्धारकर्तालाई खोज्ने कति ठूलो चाहना गर्नुहुन्थ्यो! तर खेदको कुरा, नरकमा एक घन्टा भन्ने कुरा छैन। एक पल्ट हराएपछि, तपाईं सधैँभरिका निम्ति हराउनुहुनेछ!’

फेरि श्री स्पर्जनले भने,

‘तपाईं एउटा धागोको भरमा नरकको मुखैमा झुन्डिरहनुभएको छः अनि त्यो धागो चुँडिदैछ। एकै पल्ट सास फुस्किँदा, एकै क्षण मुटुको धड्कन रोकिँदा तपाईं एउटा अनन्त संसारमा हुनुहुनेछ, अनि परमेश्वरविहीन, आशारहित, क्षमाविहीन हुनुहुनेछ। अहो, के तपाईं त्यसको सामना गर्नु सक्नुहुन्छ?

एक पल्ट नरकमा पुगेपछि तपाईंले अब धेरै ढिलो भइसकेको थाहा पाउनुहुनेछ, किनकि

‘रगत नबगाईकन पापको क्षमा हुनै सक्दैन’ (हिब्रू ९:२२)

तपाईं येशू ख्रीष्टको रगतद्वारा शुद्ध हुनुभएन भने तपाईंलाई त्यस्तै हुनेछ।

त्यसपछि अझै त्यहाँ तपाईंका पापहरूको सामना गर्नुपर्नेछ र न्यायमा तपाईंलाई दोषी ठहराइनेछ। तपाईंले आफ्नो पाप गुप्त छ भनी सोच्नुभएको थियो। तपाईंले यो भुल्नुभयो,

‘हामीले गरेका हरेक काम...प्रत्येक गुप्त कुरासमेत सबैको न्याय परमेश्वरले गर्नुहुनेछ’ (उपदेशक १२:१४)

आज बेलुकी यहाँ कोही यस्तो व्यक्ति होला जसले आफ्नो पाप लुकाउन सकिन्छ, त्यो कसैले थाहा पाउन सक्दैन भनी सोचिरहेको होला। तिनीहरूले यो भुलेका छन् कि,

‘परमप्रभुको नजर सर्वत्र रहन्छ, दुष्ट र असल दुवैमाथि उहाँ नजर राख्नुहुन्छ।’ (हितोपदेश १५:३)

धेरै जना मानिसहरू पापको सम्झना गरिरहेकाले दूषित भएका छन्। वास्तवमा तिनीहरूका गुप्त पापका तिनीहरू शारीरिक रूपमा बिरामी हुन्छन्। तिनीहरू दाऊदले झैं अनुभव गर्छन्, ‘मेरा पाप सदा मेरो सामुन्ने छ’ (भजन ५१:३)। मेरो विचारमा धेरै वटा मुटु रोग, र अन्य बिमारीहरू स्वीकार नगरिएको र क्षमा नपाएको पापको कारण उत्पन्न हुन्छन्। महान् विशुद्धवादी विद्वान् जोन ओवेनले भनेका छन्, ‘विश्वासद्वारा हामी शुद्ध पार्ने गुण र ख्रीष्टको रगतको प्रभाव प्राप्त गर्दछौं।’ तापनि तपाईं साँचो शान्ति कहिल्यै पाउनुहुनेछैन, किनकि,

‘रगत नबगाईकन पापको क्षमा हुनै सक्दैन’ (हिब्रू ९:२२)

अनि हृदयका पापहरू पनि हुन्छन्। सायद तपाईंको हृदयका पापहरू कसैले पनि देख्न सक्दैन भन्ने सोच्नुहुन्छ होला। तर तपाईंको विचार गलत हो। पवित्र बाइबलले भन्छ,

‘मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ, र त्यसलाई निको पार्न सकिँदैन।... हरेक मानिसलाई त्यसको चालअनुसार र त्यसका कर्मको फलअनुसार इनाम दिनलाई म परमप्रभु मानिसको हृदय तलाश गर्छु, त्यसका मनको म जाँच गर्छु।’ (यर्मिया १७:९,१०)

अरू कसैले तपाईंको हृदयको पाप जान्दैन, तर परमेश्वरले तपाईंको हृदय तलाश गर्नुहुन्छ, अनि त्यसभित्र लुकेका कुराहरूको परमेश्वरले न्याय गर्नुहुनेछ, किनकि

‘रगत नबगाईकन पापको क्षमा हुनै सक्दैन’ (हिब्रू ९:२२)

तपाईंको पापबाट कुनै छुटकारा छैन। तपाईंको पापबाट उद्धार छैन। तपाईंको पापबाट स्वाधीनता छैन। तपाईंको पापको क्षमा छैन। त्यसबाट कहिल्यै पनि मुक्त हुनुहुन्न। कहिल्यै त्यसबाट छुटकारा पाएको हुनुहुन्न। त्यसबाट कहिल्यै क्षमा पाउनुहुन्न। अहो, तपाईं कति ठूलो कठिन स्थितिमा हुनुहुन्छ!

‘रगत नबगाईकन पापको क्षमा हुनै सक्दैन’ (हिब्रू ९:२२)

तर परमेश्वरलाई धन्यवाद दिनुहोस्, किनकि बाइबलमा अरू कुराहरू पनि लेखिएका छन्।

२. दोस्रो, विचार गर्नुहोस्, तपाईंसँग ख्रीष्टले बगाउनुभएको रगत छ भने के तपाईंलाई हुनेछ

ख्रीष्टको रगतले हाम्रो आजको बाइबल पदको भनाइलाई ठीक उल्टो बनाउँछ। येशूको रगतद्वारा तपाईंका पापहरू सधैँका निम्ति मेटिन्छन्! येशूको रगतद्वारा तपाईंको पापका निम्ति माफी छ! येशूको रगतद्वारा तपाईंको पापबाट उद्धार छ! येशूको रगतद्वारा तपाईंको पापबाट मुक्ति क्षमा छ! येशूको रगतद्वारा तपाईंको पापको क्षमा छ! येशूको रगतद्वारा तपाईंलाई स्वर्गको महिमाले पर्खिरहेको छ! प्रकाशको पुस्तकमा हामीलाई स्वर्गको सानो झलक दिइएको छ, जहाँ ख्रीष्टियनहरूले येशूका निम्ति भजन गाइरहेका देखिन्छ

‘तिनीहरूले यसो भन्दै एउटा नयाँ गीत गाएः ‘तपाईं यो चर्मपत्रको मुट्ठो लिने र त्यसका मोहोरहरू तोड्ने योग्यका हुनुहुन्छ, तपाईं मारिनुभयो र आफ्नो रगतद्वारा तपाईंले परमेश्वरका निम्ति हरेक कुल, भाषा, मानिस र जातिबाट मानिसहरूलाई छुटकारा दिनुभयो।’ (प्रकाश ५:९)

हामी जो येशूको रगतले छुटकारा पाएकाहरूले सारा अनन्तताभरि उहाँको बचाउने रगतको बारेमा स्तुति गाइरहनेछौं! जसरी फेन्नी क्रस्बीले उनको सुन्दर भजनमा यसो भनेकी छिन्,

बचाइएको, अहो म यसको घोषणा गर्न मन पराउँछु!
   थुमाको रगतद्वारा बचाइएको;
बचाइएको उहाँको असीमित कृपाले,
   उहाँको सन्तान र म सधैँ छु।
बचाइएको, बचाइएको, बचाइएको थुमाको रगतद्वारा;
   बचाइएको, बचाइएको, उहाँको सन्तान र म सधैँ छु।
(‘रिडिम्ड,’ फेन्नी जे. क्रस्बी-१८२०-१९१५-द्वारा रचित)

मसँगँसगै कोरस गाउनुहोस्!

बचाइएको, बचाइएको, बचाइएको थुमाको रगतद्वारा;
   बचाइएको, बचाइएको, उहाँको सन्तान र म सधैँ छु।

हामीलाई बचाउने त्यो रगत कुनै साधारण रगत होइन। प्रेरित २०:२८ मा ख्रीष्टको रगत कति महान् छ भनी हामी थाहा पाउँछौं। म न्यू इन्टरनेसनल बाइबलको स्पष्ट वचन तपाईंलाई दिँदछुः

परमेश्वरको मण्डलीको गोठालो बन्नुहोस्, जसलाई उहाँले आफ्नै रगतले किन्नुभएको छ ’ (प्रेरित २०:२८)

हामी ‘परमेश्वरको रगतद्वारा’ किनिएका हौं भन्ने कुरा यसबाट हामी स्पष्ट देख्छौं। ख्रीष्ट देहधारी परमेश्वर- साँचो परमेश्वरका साँचो परमेश्वर हुनुहुन्छ- मानिसको शरीरमा परमेश्वर हुनुहुन्छ। त्यसकारण त्यस रगतलाई ‘परमेश्वरको रगत’ भन्नु उचित हुन्छ। त्यसैकारण महान् स्पर्जनले भने,

‘रगतविहीन सुसमाचार... शैतानको सुसमाचार हो।’

‘कल्भरीको रक्ताम्मे बलिदान पापीहरूका निम्ति एक मात्र आशा हो।’

त्यो ‘रगत’ येशूको मृत्युको निम्ति प्रयोग गरिएको अर्को शब्द मात्र हो भन्ने आधुनिक प्रचारकहरू होशियार हुनुपर्छ- होशियार! रगतविनाको सुसमाचार शैतानको सुसमाचार हो। हुनुहुन्छ। फेरि महान् स्पर्जनले यसो भनेका छन्,

‘यस्ता केही पापहरू हुन सक्छन्, जसको विषयमा हामी कुराकानी गर्न सक्दैनौ, तर ख्रीष्टको रगतले पखाल्न नसकिने कुनै पाप छैन।’

चार्ल्स वेस्लीले ठीकै भनेका छन्,

उहाँ रद्द गरिएको पापको शक्ति तोड्नुहुन्छ,
   उहाँ कैदीलाई छुटकारा दिनुहुन्छ;
उहाँको रगतले अति घृणितलाई शुद्ध पार्नुहुन्छ
   उहाँको रगतमा छ मेरो फाइदा।
(‘ओ फर अ थाउजन्ड टङ्गस् टु सिङ,’ चार्ल्स वेस्ली-१७०७-१८८८-द्वारा रचित, ‘ओ सेट ये ओपन अनटु मी’ को लयमा)

यो गाउनुहोस्!

उहाँ रद्द गरिएको पापको शक्ति तोड्नुहुन्छ,
   उहाँ कैदीलाई छुटकारा दिनुहुन्छ;
उहाँको रगतले अति घृणितलाई शुद्ध पार्नुहुन्छ
   उहाँको रगतमा छ मेरो फाइदा।

‘बचाइएको, अहो म यसको घोषणा गर्न मन पराउँछु!’ यो गाउनुहोस्!

बचाइएको, अहो म यसको घोषणा गर्न मन पराउँछु!
   थुमाको रगतद्वारा बचाइएको;
बचाइएको उहाँको असीमित कृपाले,
   उहाँको सन्तान र म सधैँ छु।
बचाइएको, बचाइएको, बचाइएको थुमाको रगतद्वारा;
   बचाइएको, बचाइएको, उहाँको सन्तान र म सधैँ छु।

‘शक्ति छ, छ येशूको रगतमा!’ यो गाउनुहोस्!

शक्ति छ, छ उदेकको शक्ति छ
   येशूको रगतमा;
शक्ति छ, छ उदेकको शक्ति छ
   येशूको अनमोल रगतमा!
(‘दियर इज पावर इन द ब्लड,’ लिविस ई. जोनेस-१८६५-१९३६-द्वारा रचित)

यो फेरि गाउनुहोस्!

शक्ति छ, छ उदेकको शक्ति छ
   येशूको रगतमा;
शक्ति छ, छ उदेकको शक्ति छ
   येशूको अनमोल रगतमा!

उत्तरी सन् फ्रान्सिस्कोको सेमिनरीमा अध्ययन गर्दा मैले हिप्पीहरूसँग धेरै वटा बाइबल अध्ययनहरूमा भाग लिएँ। त्यो सन् १९७० को सुरुतिरको येशू अभियानको समयको कुरा थियो। ती धेरै जना जवानले LSD जस्तो मन बदलाउने लागू औषधि खान्थे। तिनीहरूमध्ये कोही-कोही त्यस पापद्वारा भूतात्माले ग्रस्त बने। तिनीहरू अनियन्त्रित थिए, गदरिनीको भूत लागेको मानिसजस्तो। केही भाइहरूले हिप्पी तरुणीहरूबाट भूतात्मा निकाल्ने कोसिस गरेका पनि मलाई थाहा छ। तिनीहरूले भूतात्मालाई बाहिर निस्किने आज्ञा दिए, तर ती निस्किएनन्। अनि एउटा भाइले यो भजन गाउन थाल्यो,

शक्ति छ, छ उदेकको शक्ति छ
   येशूको रगतमा;
शक्ति छ, छ उदेकको शक्ति छ
   येशूको अनमोल रगतमा!

त्यो केटी उसको भएभरको बल लगाएर चिच्याइन्। उसले त्यो फेरि गायो,

शक्ति छ, छ उदेकको शक्ति छ
   येशूको रगतमा;
शक्ति छ, छ उदेकको शक्ति छ
   येशूको अनमोल रगतमा!

त्यो फेरि चिच्याई र अनि त्यसको मुखबाट भूत निस्कियो, येशू संसारमा हुनुहुँदा मानिसहरूबाट त्यसरी नै भूतहरू निस्कन्थे। केही क्षणपछि त्यस केटीले छुटकारा पाई। ऊ भुइँमा बसी र एक गिलास पानी पिई। त्यसपछि मैले उसलाई चिन्दैआएको छु। ऊ एक असल, बलियो ख्रीष्टियन बनी। मैले चिनियाँ ब्याप्टिस्ट चर्चमा मेरा पास्टर डा. लिनलाई यो कुरा भनेँ। उनले भने, ‘हो बब। यदि चीन देशमा कुनै ब्याप्टिस्ट प्रचारकले ख्रीष्टको रगतद्वारा भूतात्माहरू निकाल्न जानेको छैन भने उसको प्रचार सुन्न कोही पनि आउँदैन।’ म निश्चय गरी जान्दछु कि, मैले ख्रीष्टको रगतद्वारा अचम्मको काम भएको नाटकीय घटनाहरू देखेको छु। म निश्चित रूपमा जान्दछु कि, श्री स्पर्जन आफै पनि सायद प्रसन्न भए होलान्। यस्तो अचम्मको। येशूको रगत LSD, हेरोइन वा अरू कुनै पनि मादक औषधिभन्दा धेरै शक्तिशाली छ, जुन शैतानले जवानहरूलाई नाश पार्नका निम्ति प्रयोग गर्दछ। येशूको रगतले तपाईंको हृदय वा जीवनको कुनै पनि पाप शुद्ध पार्न सक्दछ!

मैले ‘द फ्रि ग्रेस ब्रोस्कास्टर’ को एउटा पत्रिका हेरिरहेको थिएँ। त्यो जोन गिल, जे. सी. राइल, अक्टाभियस विन्स्लो र स्पर्जनजस्ता विगतका प्रचारकहरूका महान् सन्देशहरू छापिएको एक सामयिक पत्रिका थियो। मैले हेरेको त्यस पत्रिकामा ती व्यक्तिहरूले प्रायश्चितमा, क्षतिपूर्तिमा, छुटकारामा ख्रीष्टको रगतको शक्तिको विषयमा लेखेका सन्देशहरू थिए। ती केल्भिनवादी प्रचारकहरूमध्ये एउटाले यसो भने,

ख्रीष्टको रगतमामा अमूल्यपनको एउटा आवश्यक तत्त्व छ। यो पापको सक्रमक जीवाणुले नछोइ, कलंकित नभई शिरा वा धमनीहरूबाट बगेको छ,... एक पवित्र उद्धारकर्ताले अपवित्र पापी मानिसका निम्ति पापरहित प्रायश्चित चढाउनुभएको छ। यसैले उहाँको रगत अमूल्य छ।
     प्रिय हो, यसको आधारमा हेर्नुहोस्ः अनि प्रेमिलो भक्ति र प्रशंसासहित तपाईंको हृदय चम्किनेछ, अनि जब तपाईं ख्रीष्टको अगाडि घुँडा टेक्नुहुन्छ अनि (तपाईंको विवेक शुद्ध पारेर) त्यो रगत, जसले तपाईंका सारा दोषहरू क्षमा गर्छ, ढाक्दछ र रद्द गर्दछ।

अब हामी यो पापको क्षमा, यो क्षमादानलाई अझसम्म विश्वास नगर्ने मानिसहरूका सम्बन्धमा विचार गरौं। एक मुस्लिमले उसको पापको क्षमा कहिल्यै पनि पाउँदैन। उसले त्यसो भन्दैन, किनकि कुरानले उसलाई ती पाप क्षमा पाउने तरिका बताउँदैन। असल बनेर उद्धार पाउने कोसिस गरिरहेको कुनै व्यक्तिलाई भेट्नुहोस्। उसले भन्नेछ, ‘म आशा गर्छु, मेरा पापहरू क्षमा गरिनेछन्।’ एक नास्तिक वा अनिश्वरवादीलाई भेट्नुहोस्। तिनीहरू आफ्ना पापहरू क्षमा भएको छ भनी जान्दैनन्।

के आज बेलुकी यहाँ हामीसँग कुनै हराएको पुरुष, वा स्त्री, वा कुनै जवान मानिस छ? हराएको व्यक्ति! के तपाईं आफूलाई हराएको महसुस गर्नुहुन्छ? यदि गर्नुहुन्छ भने मलाई खुशी लाग्नेछ। किनकि येशू ख्रीष्टको रगतद्वारा पापको क्षमा छ, पापको क्षमादान छ। हे पापी हो, हेर्नुहोस्! के तपाईं गेतसमनीको बगैंचामा तपाईंको निम्ति बगेको येशूको रगतको थोपा देख्नुहुन्छ? के तपाईं येशू क्रूसमा टाँगिनुभएको देख्नुहुन्छ? के येशू त्यहाँ टाँगिनुभएको देख्नुहुन्छ? तपाईंको निम्ति त्यहाँ उहाँलाई काँटी ठोकिएको देख्नुहुन्छ? अहो, यदि आज बेलुकी मलाई तपाईंको निम्ति क्रूसमा काँटी ठोकिए त, म जान्दछु, तपाईं घोप्टो परेर मेरो पाउमा म्वाइँ खानुहुनेछ, र म तपाईंका निम्ति मरेकोमा तपाईं रुनुहुनेछ र कराउनुहुनेछ। तर हे हराएको पापी, येशू तपाईंका निम्ति मर्नुभयो- तपाईंका निम्ति! अनि उहाँले तपाईंका निम्ति रगत बगाउनुभयो, तपाईं उहाँकहाँ आएर उहाँमाथि भरोसा राख्नुभयो भने तपाईं हराउनुहुन्न। के तपाईं एक पापी हुनुहुन्छ? के तपाईंले ख्रीष्टमा पूर्ण विश्वास नगर्नुभएको कारण तपाईंलाई पापको बारेमा थाहा छ? मसँग तपाईंलाई प्रचार गर्ने अधिकार छ? येशूमा भरोसा राख्नुहोस् र तपाईं हराउनुहुन्न! स्वयम् येशूमा भरोसा राख्नुहोस्, उहाँ तपाईंका निम्ति मर्नुभयो भन्ने कुरामा होइन। तर स्वयम् येशू ख्रीष्टमा विश्वास गर्नुहोस्।

के तपाईं एक पापी होइन भन्नुहुन्छ? के तपाईंले क्षमा पाउनुपर्ने कुनै पाप छैन भन्नुहुन्छ? त्यसोभए, मैले तपाईंलाई ख्रीष्टको कुनै प्रचार गर्नु पर्दैन। उहाँ असल मानिसहरूलाई बचाउन आउनुभएको होइन, उहाँ पापीहरूलाई बचाउन आउनुभएको हो। के तपाईं पापी हुनुहुन्छ? के तपाईं आफ्नो पापीपनको अनुभव गर्नुहुन्छ? के तपाईं हराउनुभएको छ? के तपाईंलाई त्यो थाहा छ? के तपाईं पापी हुनुहुन्छ? के तपाईं त्यो स्वीकार गर्नुहुन्छ? यदि येशू आज बेलुकी यहाँ हुनुहुन्थ्यो भने उहाँले आफ्ना रक्ताम्मे हात तपाईंतिर बढाएर यसो भन्नुहुनेथियो, ‘हे पापी, म तिम्रो सट्टामा मरेँ। के तिमी ममाथि विश्वास गर्छौ?’ आज उहाँ यहाँ व्यक्तिगत रूपमा उपस्थित हुनुहुन्न, तर उहाँले यो कुरा तपाईंलाई बताउन मलाई पठाउनुभएको छ। के तपाईं उहाँमा विश्वास गर्नुहुनेछ? तपाईं भन्नुहुन्छ, ‘अहो, म त अति घोर पापी हुँ!’ प्रभु येशू भन्नुहुन्छ, ‘हेर, त्यसैकारण त म तिम्रो निम्ति मरेँ, किनकि तिमी एक पापी हौ।’ तपाईं भन्नुहुन्छ, ‘तर मैले कुराहरू गरेको र सोचेको छु, जसका निम्ति म लज्जित छु।’ येशू भन्नुहुन्छ, ‘ती सबै क्षमा हुन्छन्, ती सबै मेरा हातहरू, गोडाहरू र कोखाहरूबाट बगेका रगतद्वारा पखालिन्छन्। केवल ममाथि विश्वास गर, म त्यत्ति मात्र चाहन्छु।’ स्वयम् येशू ख्रीष्टमा विश्वास गर्नुहोस्।

तर कसैले भन्ला, ‘मलाई उद्धारकर्ताको खाँचो छैन।’ त्यसभए मैले तपाईंलाई भन्नुपर्ने केही छैन, केवल यति भन्छु, ‘क्रोध आउनेछ! क्रोध आउनेछ!’ तपाईंमाथि दण्ड आउनेछ!

तर के तपाईं आफूलाई दोषी महसुस गर्नुहुन्छ? के तपाईं आफ्ना पापहरूलाई घृणा गर्नुहुन्छ र तीबाट फर्किएर ख्रीष्टकहाँ आउन चाहनुहुन्छ? त्यसो भए म भन्न सक्छु, ख्रीष्ट तपाईंका निम्ति मर्नुभएको छ। ख्रीष्टमा विश्वास गर्नुहोस्! उहाँमा भरोसा गर्नुहोस्! स्वयम् येशू ख्रीष्टमाथि नै भरोसा राख्नुहोस्।

एक जना जवानले श्री स्पर्जनलाई एउटा पत्र लेखे, त्यो बेला श्री स्पर्जन कुनै शहरमा प्रचार गर्न गइरहेका थिए। त्यो केटोले भने, ‘महाशय, तपाईं जब आउनुहुन्छ, त्यसबेला मेरो अवस्थासँग मिल्दो विषयमा प्रचार गर्नुहोस्। मैले सुनेको छु कि, हामीले आफैलाई पृथ्वीका अति दुष्ट वा उद्धार पाउन नसक्ने मानिसहरू सम्झनुपर्छ। म आफैलाई दुष्ट मानिस ठान्ने कोसिस गर्छु, तर सक्दिनँ। म उद्धार पाउन चाहन्छु, तर कसरी पूरा पश्चात्ताप गर्नुपर्छ भन्ने कुरा म जान्दिनँ।’ श्री स्पर्जनले भने, ‘म त्यहाँ प्रचार गर्न जाँदा यस केटोलाई भेटेँ भने उसलाई भन्नेछु कि तिमीले आफैलाई पृथ्वीको सबैभन्दा दुष्ट मानिस सोच्नुपर्छ भन्ने परमेश्वर चाहनुहुन्न, किनकि स्पष्च छ, तिमीभन्दा अझ बढी दुष्ट मानिसहरू अरू पनि छन्। यस्ता मानिसहरू पनि छन्, जो अरूहरूभन्दा धेरै पापी छैनन्।’

परमेश्वरले चाहनुभएको यो होः एक व्यक्तिले यसो भन्नुपर्छ, ‘म मेरो आफ्नै बारेमा अरूहरूले भन्दा धेरै कुराहरू जान्दछु। म तिनीहरूका बारेमा धेरै कुरा जान्दिनँ। तर म मेरो आफ्नै विषयमा, विशेष गरी मेरो हृदयमा जे देख्छु, त्यो विचार गर्दा धेरै जना मानिस मभन्दा नराम्रो छन् जस्तो लाग्दैन। सायद तिनीहरूले मैले भन्दा खराब कुराहरू गर्लान्, तर मैले धेरै बाइबल सन्देशहरू, धेरै चेताउनीहरू सुनेको छु, त्यसैले म तिनीहरूभन्दा बढी दोषी छु।’ म चाहन्छु, तपाईं स्वयम् ख्रीष्टकहाँ आउनुहोस् र भन्नुहोस्, ‘हे प्रभु येशू, म पापीमाथि दया गर्नुहोस्।’ त्यत्ति गरे पुग्छ। के तपाईं आफूलाई हराएको महसुस गर्नुहुन्छ? त्यसो भए म फेरि भन्दछु, ‘स्वयम् ख्रीष्टकहाँ आउनुहोस्। उहाँले आफ्नो अमूल्य रगतमा तपाईंका पापहरू पखाल्नुहुनेछ।’

‘रगत नबगाईकन पापको क्षमा हुनै सक्दैन’ (हिब्रू ९:२२)

यो सन्देशलाई समाप्त गर्दै म भन्दछु, यस ठाउँमा हराएका पापीहरू धेरै जना छन्, जसले आफू हराएको छ कुरा जान्दछ, जुनहरूले आफ्ना पापहरूको क्षमा पाउन र ‘परमेश्वरको आशा र महिमामा आनन्दित हुन’ सक्दैनन्। तपाईं आफ्नो पापको कारण नरकजस्तै भयानक कालो भए पनि आज राति तपाईं स्वर्गजस्तै सेतो बन्न सक्नुहुन्छ। एक पापीले जुन क्षण येशूमा विश्वास गर्छ, त्यही बेला ऊ येशूको रगतद्वारा बचाइन्छ। यो तलको भजनको खण्ड तपाईंको हृदय र जीवनका निम्ति सत्य होस्ः

जस्तो म छु, एउटै विन्तीविना
   तर बग्यो तपाईंको रगत मेरो निम्ति
अनि मलाई आफूकहाँ बोलाउनुहुन्छ,
   हे परमेश्वरका थुमा, म आउँछु, म आउँछु!
(‘जस्ट एज आई एम,’ चार्लोट इल्लियट-१७८९-१८७१- द्वारा रचित)

यहाँ पहिलो दुइ लहरमा आउनुहोस्। परमेश्वरका अगि तपाईंका पापहरू स्वीकार गर्नुहोस्। अनि येशूमा विश्वास गर्नुहोस्, येशूकहाँ आउनुहोस्, येशूको अनमोल रगतद्वारा तपाईंका पापहरूबाट पखालिएर शुद्ध हुनुहोस्।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
('दियर इज अ फाउन्टेन,' विलियम काउपरद्वारा रचित, १८३१-१८००- ‘अचम्मको अनुग्रह’ को लयमा)


रूपरेखा

रगतसहित वा रगतविना

WITH OR WITHOUT BLOOD

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

‘रगत नबगाईकन पापको क्षमा हुनै सक्दैन’ (हिब्रू ९:२२)

१. पहिलो, विचार गर्नुहोस्, ख्रीष्टको रगत नबगाईकन तपाईंलाई के हुनेछ।
मत्ती २३:३३; मर्कूस ९:४३; लूका १६:२४; उपदेशक १२:१४;
हितोपदेश १५:३; भजन ५१:३ यर्मिया १७:९-१०

२. दोस्रो, विचार गर्नुहोस्, तपाईंसँग ख्रीष्टले बगाउनुभएको रगत छ भने के तपाईंलाई हुनेछ। प्रकाश ५:९; प्रेरित २०:२८