Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




‘यसो नगर्नुभए तापनि - बेबिलोनमा परमेश्वरका मानिसहरू

“BUT IF NOT” – GOD’S MEN IN BABYLON
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

३ दिसम्बर, २०१७, आइतबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Evening, December 3, 2017

‘शद्रक, मेशक र अबेद्नगोले राजालाई जवाफ दिए, ‘हे नबूकदनेसर, यस सम्बन्धमा हजूरको अगि हाम्रो आफ्नै पक्षमा भन्नुपर्ने आवश्यकता केही छैन। हे महाराजा, यदि हामी दन्किरहेको आगोको भट्टीमा फालियौं भने, हामीले सेवा गरेका परमेश्वरले हामीलाई यसबाट बचाउन सक्नुहुनेछ र हजूरको हातबाट छुटकारा दिनुहुनेछ। तर हामीलाई उहाँले यसो नगर्नुभए तापनि, हे महाराजा, हजूरका देवताहरूको सेवा गर्नेछैनौं, न त हजूरले स्थापना गर्नुभएको सुनको मूर्तिलाई दण्डवत गर्नेछौं भनी हजूरलाई थाहा होस् भन्ने हामी चाहन्छौं’ (दानिएल ३:१६-१८)।


तिनीहरू आफ्नो देशबाट १ हजार ५ सय किलोमिटर टाढा थिए। तिनीहरू भर्खरका युवाहरू थिए। त्यो शहर झूटा धर्म, जाँडरक्सी र पापले भरिएको थियो। तिनीहरूले आफ्ना आमाबुबालाई पत्तै नदिई प्रायः सबै कुराहरू गर्न सक्थे। तर परमेश्वरले तिनीहरूलाई हेरिरहनुभएको छ भनी तिनीहरूले जान्दथे।

नबूकद्नेसरले यरूशलेममाथि आक्रमण गरेपछि तिनीहरूलाई आफ्नो देशबाट लगिएका थिए। त्यहाँ तिनीहरू चार जना थिए। तिनीहरू अरू केटाहरूजस्ता थिएनन्। तिनीहरू अरूभन्दा बलिया र बुद्धिमान् थिए। तिनीहरू श्रेष्ठ र सर्वोत्तम थिए। तिनीहरू खेलाडीहरू थिए। तर तिनीहरू ‘उच्च’ कोटिका विद्यार्थीहरू पनि थिए। राजाले तिनीहरूलाई बुद्धिमान् व्यक्तिहरूको तालिम दिन चुनेका थिए। तिनीहरूका तालिम पूरा भएपछि तिनीहरू राजाका विशेष सल्लाहकारहरू हुनेथिए।

तिनीहरू अति नै बलवान् थिए। विद्वानहरू ती तीनै जना भर्खरका ठिटाहरू भएका अनुमान गर्दछन्- प्रत्येक सायद १७ वा १८ का थियो। तिनीहरू आफ्नो देशबाट १ हजार ५ सय किलोमिटर टाढा एक मूर्तिपूजक देशका राजाको विश्वविद्यालयमा थिए।

आजका यस उमेरका जवानहरू मस्त जीवन जिउँछन्। तिनीहरू मद्य पिएर मात्छन्। तिनीहरू हुर्दुङ्गे पाटीहरूमा जान्छन्। तिनीहरू विश्वविद्यालयमा पाएका ज्ञानलाई परमेश्वरको अस्तित्वलाई इन्कार गर्न प्रयोग गर्दछन्। लोतको समयका मानिसहरूजस्तै तिनीहरू पाटी गर्ने पशुहरू बन्न सक्थे। सदोमको मोजमज्जामा पस्दा लोतले गरेझैं तिनीहरूले परमेश्वरलाई आफ्नो जीवनबाट बाहिर पारे। तिनीहरूले हराएको पुत्रलेजस्तै आफ्नो जीवन ‘विद्रोही जीवन जिएर’ खेरो फाल्न सक्थे। तिनीहरूले हराएकाहरूलाई मित्र बनाउन सक्थे र अब्राहामले कल्दीहरूको ऊरमा गरेझैं भौतिकवादी जीवनशैलीमा फस्न र आफ्नो बाटो गुमाउन सक्थे। तिनीहरूले पावलको मित्र डेमासले झैं संसारमा फर्केर गई आफ्नो आत्मा गुमाउन सक्थे, ‘डेमासले यस वर्तमान संसारलाई प्रेम गरी मलाई त्यागेर गएको छ।’ (२ तिमोथी ४:१०)

तर ती यहूदी ठिटाहरू घरदेखि टाढा बेबिलोनको विश्वविद्यालयमा भए पनि कहिल्यै पनि डगमगाएनन् वा चुकेनन्। तिनीहरू मोशाको करारको अधीनमा थिए, यसकारण तिनीहरूले भोजनसम्बन्धी यहूदीहरूको व्यवस्था पालन गरे। तिनीहरूले राजाले दिएका मद्य र भोजन खाएर आफैलाई अशुद्ध पारेनन्। तिनीहरू परमेश्वर र आफ्ना घरमा प्राप्त गरेका धार्मिक शिक्षाहरूप्रति बफादार रहे। तिनीहरू जहाजबाट पठाइएको सामानजस्तो, चीन देशबाट डुङ्गाद्वारा पठाइएका केटाकेटीहरूजस्तै थिए, जसलाई उनीहरूका आमाबुबाले चीनको घरबाट टाढा पठाएका थिए। परमेश्वरलाई धन्यवाद होस्, तिनीहरूमध्ये केही हाम्रो चर्चमा आए र उद्धार पाए। अनि अब तपाईंहरू बेलिलोनको कैदमा हुने यी यहूदी केटाहरूजस्तै बन्नुहुनेछ।

दानिएल जवान मानिसहरूका अगुवा थिए। सायद तिनी अरू तीन जनाभन्दा केही कान्छो थिए। तर तिनी स्वाभाविक अगुवा थिए। तिनले अरू तीन जनालाई नेतृत्त्व दिए। तिनमा जोन केगन कै जस्तो नेतृत्त्वको गुण थियो। त्यसैकारण मलाई जोन एक पास्टर बन्न सक्छन् जस्तो लाग्छ। जोनभन्दा पाका मानिसहरूले तिनलाई पछ्याउनेछन्, किनकि तिनी एक अगुवा हुन्। दानिएल प्रार्थना गर्ने व्यक्ति थिए। दानिएल परमेश्वरमा उद्देश्य र विश्वास भएका एक जवान मानिस थिए। दानिएल एक अगमवक्ता थिए। तिनले राजा नबूकद्नेसरलाई प्रचार गरे र महलमा हुने सबैलाई परमेश्वरको साक्षी दिए। ती राजाले दानिएलमाथि ठूलो भरोसा राख्थे। दानिएल केवल बीस वर्षको हुँदा उनले तिनलाई ठूलो पदमा नियुक्त गरे। तर दानिएलले आफ्ना तीन मित्रलाई कहिल्यै भुलेनन्। तिनीहरूका नाउँ शद्रक, मेशक र अबेद्नगो थिए। दानिएलले तिनका तीन जना हिब्रू मित्रहरूलाई पनि बेबिलोनको सरकारमा उच्च पद दिइयोस् भनी विन्ती गरे।

ती तीन जवान मानिसहरूले परमेश्वरप्रतिको विश्वासयोग्यताको जाँच पास गरेका थिए। अनि तिनीहरूका विश्वासयोग्यताको कारण तिनीहरूलाई इनामस्वरूप उच्च पदहरू दिइयो। जब तपाईंले परमेश्वरलाई पहिलो स्थानमा राख्नुहुन्छ भन्ने कुरा परमेश्वरले जान्नुहुन्छ, तब उहाँले तपाईंलाई अझ महत्त्वपूर्ण काम गर्न दिनुहुन्छ। तिनीहरूले मलाई नोआ, ज्याक र एरोनको सम्झना गराउँछ। तिनीहरू अझै जवान छन्, तर तिनीहरू डिकनको रूपमा अभिषेक भएका छन्, किनकि तिनीहरूले परमेश्वरका कामहरू सम्हाल्न सक्छन् भनी हामी जान्न सक्छौं। अनि तिनीहरू कठिन जाँचहरूबाट भएर जान सक्छन् भनी परमेश्वरले तिनीहरूमाथि भरोसा गर्न सक्नुहुन्छ।

राजा नबूकद्नेसर झनझन् शक्तिशाली र अहङ्कारी बने। आफ्नो अहङ्कारमा ती राजाले आफ्नै एउटा विशाल मूर्ति बनाए। त्यो करिब नब्बे फिट अल्गो थियो, र त्यो सुनले बनाइएको वा सुनले मोहोरिएको थियो। नबूकद्नेसरले ‘दूरा नाम भएको मैदानमा’ (दानिएल ३:१)आफ्नै एउटा विशाल मूर्ति खडा गरे। अब दानिएल ३:४-६ मा के लेखिएको छ सुन्नुहोस्।

‘तब सो कुराको घोषणा गर्नेले चर्को स्वरमा कराएर भन्यो, हे मानिसहरू, जातिहरू र विभिन्न भाषा बोल्नेहरू, तिमीहरूलाई यो हुकुम भएको छः तिमीहरूले नरसिङ्ग, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली-बाजा र सबै किसिमका बाजाको स्वर सुन्ने बित्तिकै राजा नबूकद्नेसरले स्थापना गर्नुभएको सुनको मूर्तिको अगि घोप्टो परेर तिमीहरू सबैले दण्डवत् गर्नुपर्छ। घोप्टो परेर दण्डवत् नगर्ने जोसुकै पनि तुरुन्तै दन्किरहेको आगोको भट्टीमा फालिनेछ।’ (दानिएल ३:४-६)

यस अनुभवको मुख्य व्याख्या यही हो कि, परमेश्वरले उहाँका करारका मानिस इस्राएलीहरू बेबिलोनको कैदमा तिनीहरूलाई वास्ता गर्नुहुन्छ। यही नै व्याख्या र प्रयोगमा ल्याउन पर्ने मुख्य कुरा हो। तर त्यहाँ प्रयोग गर्नुपर्ने अर्को कुरा पनि छ। २ तिमोथी ३:१५-१७ ले भन्छ, ‘सम्पूर्ण पवित्रशास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो, र आजका ख्रीष्टियनहरूका निम्ति...यो लाभदायक छ।’ दानिएलको पुस्तकको यस खण्डले हामी ख्रीष्टियनले अपनाउनु पर्ने कुन कुरा बताउँछ। तीन जना हिब्रू ठिटाहरूलाई बेबिलोनका अन्य मानिसहरूले जस्तै तिनीहरूले पनि सुनको मूर्तिलाई पूज्नुपर्छ भनियो। तिनीहरूलाई त्यसो गर्न, भीडको पछि लाग्न, ‘सुनको मूर्तिको अगि घोप्टो परेर दण्डवत् गर्ने’ (दानिएल ३:५) दबाब दिइयो।

राजा नबूकद्नेसर यहाँ शैतानको चिन्ह वा उदाहरण हो। नयाँ करारको पुस्तकले शैतानलाई ‘यस संसारको देव’ (२ कोरिन्थी ४:४) भन्दछ। शैतानले हामीलाई निहुरिएर त्यसलाई पूज्नु बोलाउँछ। तर ख्रीष्टले हामीलाई भिन्नै व्यक्ति हुनका निम्ति बोलाउनुहुन्छ। ख्रीष्टले भन्नुभयो,

‘कसैले दुई मालिकको सेवा गर्न सक्दैन..., तिमीहरूले परमेश्वर र धनको सेवा गर्न सक्दैनौ।’ (मत्ती ६:२४)

तपाईंले निर्णय गर्नुपर्छ। शैतानले तपाईंलाई भौतिक थोकहरूलाई दण्डवत् गर्न बोलाउँछ। परमेश्वरले तपाईंलाई उहाँलाई मात्र दण्डवत् गर्न बोलाउनुहुन्छ। परमेश्वर भन्नुहुन्छ, ‘मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू’ (प्रस्थान २०:३)। त्यो दश आज्ञामध्ये एउटा हो।

यी तीन हिब्रू जवान शद्रक, मेशक र अबेद्नगोले निर्णय गर्न परेको थियो। के तिनीहरूले सुनको मूर्तिलाई दण्डवत् गरे? कि तिनीहरूले त्यस सुनको मूर्तिको अगि दण्डवत् गर्न इन्कार गरे? ती जवानहरूको अगि धेरै विकल्पहरू थिए। तिनीहरू यसो भन्न सक्थे, ‘एक नागरिकको रूपमा राजालाई दण्डवत् गर्नु र उनको आज्ञापालन गर्नु हाम्रो कर्तव्य हो।’ वा तिनीहरूले यसो भन्न सक्थे, ‘यो त एउटा आकृति मात्र त हो। हामीले त्यो मूर्तिलाई दण्डवत् गऱ्यौं भने पनि परमेश्वर जान्नुहुन्छ, हामी उहाँलाई हृदयले प्रेम गर्छौं’।’ तिनीहरूले त्यो मूर्तिलाई दण्डवत् गरेर समस्यामा पर्नबाट जोगिन सक्थे। बाइबलले भन्छ, ‘तिमीहरूले कसको सेवा गर्ने आजै तिमीहरूले रोज।’(यहोशू २४:१५)

संसारले ‘बिदाका दिनहरू’ भन्ने गरेको समयतिर पुग्दा तपाईंहरू हरेकले निर्णय गर्नुपर्ने हुन्छ। तपाईं शैतानको अगि झुक्ने कि परमेश्वरको अगि इमानदार रहने? ख्रीष्टमसमा तपाईं चर्चमा हुनुहुन्छ कि दौडेर लस भेगासमा जानुहुन्छ? नयाँ वर्षको साँझमा तपाईं चर्चमा हुनुहुनेछ कि कुनै पाटीमा जानुहुनेछ? के तपाईं अमेरिकी भौतिकवादको मूर्तिको अगि दण्डवत् गर्नुहुनेछ कि तपाईं परमेश्वरका मानिसहरूसँग चर्चमा हुनुहुनेछ? मैले त्यसो भनेको कारण कमजोर नव सुसमाचारीय ख्रीष्टियनहरूले मेरो निन्दा गरेका छन्। उनीहरूले मलाई अति कठोर मानिस भने। उनीहरू परमेश्वर र धनको बीचमा रोज्न लगाउनु विधिवादिता हो भन्छन्। तर मैले कुनै अमिल्दो कुरा गरेको होइन भन्ने उनीहरू भुल्दछन्। ख्रीष्टले नै यसो भन्नुभएको छ, ‘कसैले दुई मालिकको सेवा गर्न सक्दैन’ (मत्ती ६:२४)। ख्रीष्टले नै हामीलाई भन्नुभएको छ,

‘पहिले परमेश्वरको राज्य र उहाँको धार्मिकताको खोजी गर’ (मत्ती ६:३३)

रिफर्मेसन् स्टडी बाइबलले मत्ती ६:३३ को विषयमा यसो भन्छन्, ‘हामीले जीवनमा परमेश्वरको सार्वभौम शासन र उहाँसितको सही सम्बन्धलाई उच्च प्राथमिकता दिनुपर्छ। परमेश्वरले उहाँका निम्ति जोखिम उठाउनहरूका सबै खाँचोहरू पूरा गरिदिनुहुन्छ’ (मत्ती ६:३३ माथिको टिप्पणी)।

तपाईंको परिवार र तपाईंको हराएका मित्रहरूले ख्रीष्टमस र नयाँ वर्षको सेवामा आउनबाट तपाईंलाई रोक्ने सक्दो कोसिस गर्नेछन्। ती समयमा तपाईं लस भेगास, सन फ्रेन्सिस्को वा अन्यत्र कतै जानुको साटो चर्चमा आउनुभयो भने तिनीहरूले तपाईंलाई ‘अनौठो’ वा ‘धर्मान्धा’ भन्नेछन्। तपाईंले निर्णय गर्नुपर्छ- ती मूर्तिहरूको अगि दण्डवत् गर्ने कि चर्चमा आएर परमेश्वरको सेवा गर्ने! तपाईंले रोज्नु पर्नेछ!

मैले नयाँ वर्षको साँझ चिनियाँ चर्चमा मेरा दाजुभाइ, दिदीबहिनी बिताउने निर्णय गर्दा मेरा आफ्नै बुबा मलाई धेरै कराउँथे। उनी यसो भन्दै कराउँथे, ‘तिमी नयाँ वर्षको साँझ आफ्नो परिवारको साथमा नबिताएर किन चिनियाँहरू बिताउँछौं?’ म उनीसँग मुख लाग्दिनँ थिएँ। म ख्रीष्टमस र नयाँ वर्षको सेवामा चर्चमा हुने गर्थेँ। मैले उनलाई पनि मेरो साथमा चर्च जाऔं भन्थें, तर उनी मान्दैनथे र म आफैलाई भन्थेँ, ‘परिवारलाई फुटाउने तपाईं नै हुनुहुन्छ! मसँग चर्च जान नचाहने तपाईं नै हुनुहुन्छ!’

तपाईं देख्नुहुन्छ, त्यस्तै आचरणले नै एक नामधारीसाँचो ख्रीष्टियनबीच फरक बनाउँछ। यदि तपाईंले नरम नव ख्रीष्टियनहरूसँग सम्पर्क गर्नुभएको थियो भने तिनीहरूले पालन गरेका धर्म एउटा सम्झौता हो भनी बुझ्न परमेश्वरले तपाईंको जीवनमा काम गर्नुपर्छ- तिनीहरू शैतानसँग सम्झौता गर्छन्। तपाईंका निम्ति गम्भीर ख्रीष्टियनहरूको माझबाट कुनै जवानलाई विवाह गर्नु असम्भव हुन्छ। तिनीहरूल कि त सम्झौता गर्नुपर्छ वा त तिनीहरूका गम्भीरता त्याग्नुपर्छ- नत्र तपाईंले आफ्नो सम्झौता त्यागेर नामधारी सुसमाचारीय ख्रीष्टियन होइन, तर एक साँचो ख्रीष्टियन हुनुपर्छ। हामी सम्झौता गर्ने छैनौं! यसैले तपाईंले हामीसँग बस्ने बानी बसाल्नु राम्रो हुन्छ, नत्र तपाईं अर्को चर्चमा जान सक्नुहुन्छ। श्री सी. एस. लिविसले ठिकै भनेका छन्, ‘म मूर्तिपूजकबाट विश्वासमा आएको हुँ, म विश्वास त्याग गर्ने विशुद्धवादीहरूको माझमा बस्दथेँ।’ अनि श्री किपलिङले भनेका छन्, ‘पूर्व पूर्व नै हो, र पश्चिम पश्चिम नै, ती दुईको मिलन कहिल्यै हुँदैन।’ सुसमाचारवाद सुसमाचारवाद नै हो, अनि मूल सिद्धान्तवाद मूल सिद्धान्तवाद नै हो,ती दुईको मिलन कहिल्यै पनि हुँदैन। हाम्रो साथमा आउनुहोस् र एक साँचो ख्रीष्टियन बन्नुहोस्। नव सुसमाचारवादको तपाईंको मृत र व्यर्थको धर्म त्यागिदिनुहोस्। त्यो छोडिदिनुहोस्। हाम्रो साथमा आउनुहोस् र एक साँचो ख्रीष्टियन बन्नुहोस्।

तपाईं जान्नुहुन्छ, एक व्यक्तिलाई नाश पार्न नव सुसमाचारीयहरूसँग धेरै सम्पर्क गरिरहनुपर्दैन। केही महिना तिनीहरूको साथमा जानुहोस्- तिनीहरूका स्कुलमा वा तिनीहरूका चर्चमा जानुहोस्- अनि त्यहाँबाट तपाईं हामीकहाँ आउनका निम्ति परमेश्वरले आश्चर्यकर्म गर्नुपर्छ। तपाईंले पनि हामीले जस्तै सोचविचार गर्नका निम्ति परमेश्वरले आश्चर्यकर्म गर्नुपर्छ। श्री जर्ज बर्नाड शले भनेका छन् कि, जुन मानिसहरूलाई सानै छँदै ख्रीष्टियन विश्वासको बारेमा गलत कुराहरू सिकाइएका हुन्छन् तिनीहरू साँचो कुरा कहिल्यै पनि बुझ्न सक्दैनन्। डा. कर्टिस हटसनले ‘न्यू इभान्जकलिज्म, दि एनिमी अफ फन्डामेन्टलिज्म’ नामक एउटा पुस्तक लेखे। तिनले भनेका कुरा सही हो। तिनीहरू हाम्रा शत्रु हुन्। हामी तिनीहरूप्रति जत्ति नै असल बने पनि तिनीहरूले सधैं हामीलाई आक्रमण गर्छन्। किन? किनकि तिनीहरू गम्भीर ख्रीष्टियनहरूलाई मन पराउँदैनन्, कारण त्यही हो। ‘म मूर्तिपूजकबाट विश्वासमा आएको हुँ, म विश्वास त्याग गर्नेहरूको माझमा बस्दथेँ। धेरै वर्षदेखि मैले यो सिक्दैआएको छु कि अरूहरूले मेरो विश्वासलाई मन पराउँदैनन्, तिनीहरू मेरो विरुद्धमा बोल्छन्। यदि तपाईं साँचो हृदय परिवर्तनको अनुभव गर्न र एक साँचो ख्रीष्टियन बन्न चाहनुहुन्छ भने तपाईंले पनि त्यो कुरा सिक्नु आवश्यक छ।’

तपाईं देख्नुहुन्छ, नव सुसमाचारवादीहरूले वास्तवमा बाइबलमा विश्वास गर्दैनन्। तिनीहरूका हृदय ‘छली र अत्यन्त दुष्ट’ छ भनी तिनीहरू विश्वास गर्दैनन्- जसको अर्थ तिनीहरूले यर्मिया १७:९ मा विश्वास गर्दैनन् भन्ने हुन्छ। तिनीहरू आफूलाई अरूजस्तो खराब ठान्दैनन्। यसको अर्थ तिनीहरूले बाइबलमा विश्वास गर्दैनन्, ‘हरेक जसले आफूलाई उच्च पार्दछ, त्यो होच्याइनेछ’ (लूका १८:१४); ‘हे परमेश्वर, मलाई जाँच्नुहोस्, र मेरो हृदयलाई जान्नुहोस्। मलाई जाँच्नुहोस्, र मेरा चिन्ताहरूलाई जान्नुहोस्। हेर्नुहोस्, ममा कुनै खराब चाल छ कि’ (भजन १३९:२३,२४)! नव सुसमाचारीयहरू आफूलाई पापको दोषी मान्दैनन्, किनकि तिनीहरू बाइबललाई गम्भीरतासाथ लिँदैनन्। तिनीहरू बहाना बनाउँछन्, यसैले तिनीहरूका हृदय परिवर्तन हुन सक्दैन। तिनीहरू धर्मत्याग गर्ने विशुद्धीवादीहरू मात्र बन्छन्। डा. ए. डब्लु. टोजरले भनेका छन्, ‘संसारको सबैभन्दा सत्य पुस्तक बाइबल हो। परमेश्वर साँच्चै हुनुहुन्छ, त्यसरी नै पाप, मृत्यु र नरक पनि वास्तविक कुरा हो, पापले नै नरकतिर डोऱ्याउँछ’(बर्न आफ्टर मिडनाइट)।

यी जवानहरू नव सुसमाचारवादीहरू थिएनन्। तिनीहरू परमेश्वर र पापको दण्डको बारेमा झूटो, अवास्तविक कुराहरूद्वारा विषाक्त भएका थिएनन्। शद्रक, मेशक, अबेद्नगो बाइबलमा विश्वास गर्ने कट्टर भक्त थिए। तिनीहरू परमेश्वरको भयमा काँप्थे। तिनीहरू परमेश्वरको भय यतिसम्म मान्थे कि, परमेश्वरको आज्ञा तोडेर राजाको मूर्तिलाई दण्डवत् गर्नुभन्दा बरु जिउँदै आगोमा जल्नु तिनीहरू तयार थिए। बाइबलले भन्छ, ‘परमप्रभुको भय नै ज्ञानको सुरु हो’ (हितोपदेश १:७)। तर नव सुसमाचारवादीहरू परमेश्वरको भय मान्दैनन्। बाइबलले भन्छ, ‘तिनीहरूका आँखाको सामने परमेश्वरको भय छैन’ (रोमी ३:१८)। आफैलाई जाँच्नु होस्। के तपाईं यी जवानहरूझैं परमेश्वरको भय मान्नुहुन्छ? कफ ‘तपाईंको आँखाको सामने परमेश्वरको भय छैन?’ यदि परमेश्वरको कुनै पनि भय छैन भने तपाईं नव सुसमाचारवादी हुनुहुन्छ। तपाईंले परमेश्वरको भय मान्नुपर्ने हो। बाइबलले तपाईं हराउनुभएको छ भनी भन्दछ। के यस कुराले तपाईंलाई कष्ट दिन्छ? के यसले तपाईंको रातको निद्रा खोस्छ, नरकको डर लाग्छ? यदि त्यस्तो हुँदैन भने तपाईं नव सुसमाचारवादीहरूको शिक्षाद्वारा विषाक्त हुनुभएको छ। त्यो शिक्षा विष हो। त्यो विष हो। तपाईंले परमेश्वरको क्रोधको डर मान्नुपर्छ

राजाले तिनीहरूलाई भने, ‘यदि तिमीहरू दण्डवत् गर्दैनौ र मेरो सुनको मूर्तिलाई पूज्दैनौ भने तिमीहरू आगोको भट्टीमा पालिनेछौ- अनि कुन परमेश्वरले तिमीहरूलाई बचाउला?’ (दानिएल ३:१५)

यी तीन जना जवान हृदय परिवर्तन भएका मानिस थिए। तिनीहरू परमप्रभुको भय मान्थे। तिनीहरू परमप्रभुमा भरोसा राख्थे। बेबिलोनीहरूको पापमा सामेल हुनुहुँदैन भन्ने कुरा तिनीहरूले वर्षौंअघि नै सिकेका थिए। तिनीहरूले परमप्रभुको अगाडि एकलै उभिन सिकेका थिए।

दानिएल बन्ने साहस गर,
   एकलै उभिने साहस गर!
दह्रो उद्देश्य राख्ने साहस गर!
   त्यो जनाउने साहस गर!
(‘डेर टु बी डानियल’) फिलिप पी. ब्लिस, १८३८-१८७६)

कृपया, खडा भएर यो भजन गाउनुहोस्!

दानिएल बन्ने साहस गर,
   एकलै उभिने साहस गर!
दह्रो उद्देश्य राख्ने साहस गर!
   त्यो जनाउने साहस गर!

म भर्खरको जवान थिएँ। म एकलो थिएँ। मसँग पैसा थिएन। मलाई सहायता दिने मेरो कोही थिएन। डा. ग्रीनले मलाई हेरेर भन्नुभयो, ‘यदि तिमी बाइबललाई इन्कार गर्ने प्रोफेसरहरूलाई जवाप फर्काउन बन्द गर्दैनौ भने तिमी साउदर्न ब्याप्टिस्ट चर्चको पास्टर कहिल्यै बन्दैनौ।’ मैले परमेश्वरका निम्ति एकलै खडा हुन सिकेको थिएँ। मैले आफ्नै कोसिसले कलेजको अध्ययन पूरा गरेँ। मेरो कलेजको र सेमिनरीको खर्च जुटाउन म दिनमा १६ घन्टा, हप्तामा सातै दिन काम गर्दथेँ।’ मैले मानिसहरूको होइन, तर परमेश्वरको भय मान्न सिकेको थिएँ। डा. ग्रीनले भने, ‘यदि तिमी बाइबललाई इन्कार गर्ने प्रोफेसरहरूलाई जवाफ फर्काउन बन्द गर्दैनौ भने तिमी साउदर्न ब्याप्टिस्ट चर्चको पास्टर कहिल्यै बन्दैनौ।’

मैले उहाँसँग सोझै नजर मिलाएर भनेँ, ‘यदि त्यसो हो भने त्यस्तो कुरा म चाहन्नँ!’ यदि त्यस्तो मूल्य चुकाउनुपर्छ भने त्यो म चाहन्नँ। म पटक्कै चाहन्नँ।

दानिएल बन्ने साहस गर,
   एकलै उभिने साहस गर!
दह्रो उद्देश्य राख्ने साहस गर!
   त्यो जनाउने साहस गर!

मसँग आफूलाई बचाउने कुनै कुरा पनि थिएन। मैले त्यो मेरो भविष्यको समाप्ति हो भन्ने सोचे। मैले कलेजमा चार वर्ष र सेमिनरीमा तीन वर्ष बिताएको खेरो जाने भयो भनी सोचे। तर मैले त्यस कुराको त्यत्ति वास्ता गरिनँ। म बाइबलका निम्ति खडा हुन परेको थियो! यदि म कहिल्यै चर्चको पास्टर बन्ने भए पनि म खडा हुनैपर्थ्यो! चाहे उनीहरूले मलाई दन्किरहेको आगोको भट्टीमा नै किन नहालून्! यदि म कुनै चर्चमा जान नसक्ने भए पनि खडा हुनैपर्थ्यो!

यदि त्यस्तो मूल्य चुकाउन पर्ने भए म त्यो चाहँदिनँ थिएँ। के म डराएको थिएँ? निश्चय, म डराएको थिएँ। तर मैले विगत हप्ता मेरो जीवन कथा लेखिसकेँ। मेरो पुस्तकको शीर्षक हो- अगेन्स्ट अल फेर्स!

धेरै जना महान् र प्रसिद्ध प्रचारकहरूले मेरो पुस्तकको सरहना गरेका छन्। उनीहरूका भनाइहरू जिल्दमा छन्। ब्याप्टिस्ट बाइबल फेलोसिपका भू. पू. अध्यक्ष डा. बिल मुनरोयले भनेका छन्, ‘हिमर्स आधुनिक समयका दानिएल हुन्- जो डाउन टाउन लस एन्जलसमा बस्छन्। तिनका कथा पढेर आशिष् पाउनुहोस्, जसरी मैले पाएको छु!’

लुसाना ब्याप्टिस्ट युनिभर्सिटीका अध्यक्ष डा. निइल विभरले लेखेका छन्, ‘हिमर्स ‘सारा अड्चनहरूको विरुद्ध विश्वासका निम्ति लडन डराउँदैनन्। यी व्यक्ति मेरो असल मित्र हुन्, डा. आर. एल. हिमर्स, जुनियर।’

राउलिङ फान्डेसनका प्रमुख कार्यकारी अधिकारी डा. जोन राउलिङका पुत्र डा. हर्बट एम. राउलिङले भने, ‘हिमर्स खाँटी अमेरिकी हुन्। तिनको जीवनले ख्रीष्टको उद्देश्यका निम्ति अरूलाई प्रोत्साहित गर्ने तीव्र इच्छा प्रकट गर्छ।’

केलिफोनियाको सान्ट एनाका पास्टर डा. डान डेभिडसन्ले भने, ‘डा. हिमर्सको बाटोमा आएका जस्ता बाधाहरूले धेरैलाई सेवकाइ छोड्न बाध्य बनाउँथे- तर डा. हिमर्सले ती सबैमाथि विजय पाए।’

रेभ. रोजर हफमेनले लेखे, ‘म सबैलाई यो पुस्तक पढ्ने सल्लाह दिन्छु। तपाईं प्रचार भए वा नभए पनि यसले तपाईंलाई प्रेरणा दिनेछ र तपाईंको विश्वास बढाउनेछ।’

डा. रोबर्ट एल. सुम्नेरले भने, ‘सबै परिस्थिति आफ्नो विपरीत हुँदा पनि सत्यका निम्ति खडा हुने व्यक्तिको म प्रशंसा गर्छु। रोबर्ट लेस्ली हिमर्स, जुनियर त्यस्तै प्रकारका ख्रीष्टियन हुन्।’

साउथवेस्टर्न (साउदर्न) ब्याप्टिस्ट थिअलजिकल सेमिनरीका ठूला र महान् अध्यक्ष डा. पाइज पेटरसनले लेखे, ‘अगेन्स्ट अल फेर्स’ पुस्तक सुसमाचारका इमानदार प्रचारक डा. रोबर्ट एल. हिमर्स, जुनियरको असम्भव र अचम्मको कथा हो। यो पुस्तक पढ्नुहोस् र तपाईं आशिष् पाउनुहुनेछ।’

बब जोनेस युनिभर्सिटीका चान्सलर डा. बब जोनेस तृतीयले लेखे, ‘तिनको जीवनकथाले मलाई तिनी पुरानो करारका अगमवक्ता जस्तो देखायो। म र मेरा पिताले आफैलाई डा. आर. एल. हिमर्स, जुनियरका मित्रहरू भन्न गर्व गर्दछौं।’

डा. क्रेगटन एल. चानले लेखे, ‘यो पुस्तक पढ्नुहोस्, र असफल हुने तपाईंको डर झ्यालबाट उडेर भाग्नेछ। यो पुस्तक पढ्नुहोस्। यसले तपाईंलाई प्रेरणा दिनेछ।’

इन्डोनेसियाका डा. इडी पुर्वान्टोले लेखे, ‘जब मानिसको साथमा परमेश्वर हुनुहुन्छ, उसलाई जित्न सकिँदैन। डा. हिमर्स एक वीर मानिस हुन्, जो धेरै वटा घातक लडाइँहरूबाट बच्नुभएको छ।’

म अरू पनि पढेर सुनाउन सक्थेँ, तर यति भए पुग्छ। म आफैलाई एक वीर मानिस ठान्दिनँ। म एक साधारण मानिस हुँ, शद्रक, मेशक र अबेद्नगोजस्तै। परमेश्वरको भय मान्ने एक व्यक्ति, जो बाइबललाई इन्कार गर्ने उदारवादी ईश्वरशास्त्रीहरूको अगि निहुँरिदैन, जो येशूमाथि आक्रमण गर्ने हलिवुडको सामुन्ने पुस्तकको झुकेन, एक साधारण मानिस, जो रिचार्ड ओलिभस, वा लस एन्जलस टाइम्स, वा अमेरिकाका सबै टेलिभिजन समाचार कार्यक्रमहरूको अगि झुक्दैन। शद्रक, मेशक र अबेद्नगो जस्तो मानिस!

यस विषयमा उनीहरूलाई जवाफ दिन हामी होसियार हुँदैनौं। यदि भयौं भने पनि ‘हामी जुन परमेश्वरको सेवा गर्दछौं, उहाँले हामीलाई यसबाट बचाउन सक्नुहुनेछ र हे महाराजा हजूरको हातबाट पनि छुटकारा दिनुहुनेछ।’ यसो नगर्नुभए तापनि। (हा..हा.. कुरा यही हो!)। उहाँले यसो नगर्नुभए तापनि, हे महाराजा, हजूरका देवताहरूको सेवा गर्नेछैनौं, न त हजूरले स्थापना गर्नुभएको सुनको मूर्तिलाई दण्डवत गर्नेछौं भनी हजूरलाई थाहा होस् भन्ने हामी चाहन्छौं।’ श्री मेनुएल मेनसियाले एउटा सानो साइनबोर्ड दिएका छन्, जुन मैले यहाँ चर्चको मेरो अफिसको टेबलमा राखेको छु। श्री मेनसियाले त्यसमा बेबिलोनका ती वीरहरूको वचन लेखेका छन्, ‘यसो नगर्नुभए तापनि! परमेश्वरले हामीलाई छुटकारा दिन सक्नुहुन्छ। यसो नगर्नुभए तापनि यदि हामी जलेर मर्न परे पनि ‘हामी हजूरका देवताहरूको सेवा गर्नेछैनौं, न त हजूरले स्थापना गर्नुभएको सुनको मूर्तिलाई दण्डवत गर्नेछौं।’

मेरा प्रिय जवान मित्रहरू, यदि तपाईंहरूले मैले प्रचार गरेको धेरैचोटि सुन्नुभएको छ भने तपाईंहरूमा म गर्व गर्दछु। म जहीँ गए पनि तपाईं उद्धार पाउनेहरूको विषयमा म गर्वसाथ कुरा गर्दछु। तर तपाईंहरूमध्ये केहीले अहिलेसम्म उद्धार पाउनुभएको छैन। तपाईंहरूले त्यो नव सुसमाचारवादको कडी र साङलाहरू फाल्नुपर्छ। तपाईंहरू येशूकहाँ आउनै पर्छ। तपाईंले आफैलाई येशूका निम्ति दिनुपर्छ, जो तपाईंका निम्ति मर्नुभयो। आफैलाई येशूमा दिनुहोस्। उहाँले तपाईंलाई बचाउन सक्नुहुन्छ। उहाँले तपाईंका पापहरू क्षमा गर्न र तपाईंलाई अनन्त जीवन दिन सक्नुहुन्छ। तपाईं भन्नुहुन्छ, ‘उहाँले मलाई बचाउनुहुन्न होला।’ म तपाईंहरूलाई ती जवान हिब्रू वीरहरूले भनेका वचनले जवाफ दिँदछु, ‘तर हामीलाई उहाँले यसो नगर्नुभए तापनि, ए शैतान, तेरा देवताहरूको सेवा गर्नेछैनौं, न त तैंले हामीलाई परीक्षा गर्न स्थापना गरेको भौतिकवादको मूर्तिलाई दण्डवत गर्नेछौं भनी तँलाई थाहा होस् भन्ने हामी चाहन्छौं!’

तिनीहरूमा त्यस्तो आत्मविश्वास कसरी थियो? यदि तिनीहरूले आफैमा भरोसा राखेका भए शैतानले तिनीहरू कति कमजोर छन् भनी तिनीहरूलाई सम्झाउने थियो। तर तिनीहरूले आफ्नै बल वा योग्यतामा भरोसा राखेनन्। तिनीहरूले ख्रीष्टमा भरोसा राखे (किनकि उहाँ त्यस आगोको भट्टीमा तिनीहरूका साथ हुनुहुन्थ्यो)। तपाईं प्रश्न गर्नुहुन्छ होला, ‘ख्रीष्टमा भरोसा राख्नु, के मैले त्यत्ति मात्र गर्नुपर्छ?’ हो, तपाईंले त्यत्ति मात्र गर्नुपर्छ। म जान्दछु, मेरो निम्ति धेरै यस्तो समय थियो, जब मैले भरोसा राख्न सक्ने केही र कोही थिएन। म आफूलाई धेरै कमजोर र असहाय महसुस गर्दथेँ। तर ख्रीष्टले सधैँ मलाई बचाउनुभयो, मेरो कमजोरीमा पनि। हरेक कमजोरी र परीक्षामा ख्रीष्टले मलाई रक्षा गर्नुभयो। महान् स्पर्जन भन्छन्, ‘यदि तपाईं ख्रीष्टमा भरोसा राख्नुहुन्छ र पनि धिक्कार्नु हुन्छ भने, म पनि तपाईंसँगै धिक्कारिन्छु। किनकि मेरो उद्धारको एक मात्र आशा ख्रीष्टमा छ। म ख्रीष्टमा भरोसा राख्छु, उहाँ मेरो शक्ति र उद्धार हुनुहुन्छ।’ तपाईं भन्नुहोला, ‘उहाँले मलाई बचाउनु नहोला!’ शैतानले त्यसो भन्न लगाउँछ। त्यसको कुरा नसुन्नुहोस्। येशूले उहाँमाथि भरोसा राख्ने एउटै पनि आत्मा गुमाउनुभएको छैन। येशूमा भरोसा राख्ने एउटै पनि आत्मा हराएको छैन। अनि उहाँले कहिल्यै हराउनुहुनेछैन।

उहाँमाथि भरोसा राख्नु भनेको के हो? त्यो राति ओछ्यानमा जानुजस्तो हो। मेरो खाटले मलाई थाम्न सक्छ भनी म भरोसा गर्छु। म त्यसमा सुत्छु र आराम गर्छु। येशूमा पनि त्यसरी नै भरोसा राख्नुपर्छ। ख्रीष्टमा पस्रिनुहोस्। ‘तपाईंको आत्मा सबैतिरबाट थकित हुँदा’ उहाँमाथि भरोसा राख्नुहोस्। येशूमा अडेस लाग्नुहोस्। राति ओछ्यानमा पल्टिँदा आफैलाई उहाँको हातमा दिनुहोस्। त्यो खाटले तपाईंलाई लड्न दिँदैन। येशूले तपाईंलाई असफल हुन दिनुहुन्न। जसरी राति तपाईंको खाटमाथि भरोसा राख्नुहुन्छ त्यसरी येशूमा भरोसा राख्नुहोस्। अति नराम्रो परिस्थितिमा पनि उहाँले तपाईंलाई थाम्नुहुनेछ। यो म आफ्नै अनुभवबाट जान्दछु। ‘उहाँले यसो नगर्नुभए तापनि, हामी जुन परमेश्वरको सेवा गर्दछौं, उहाँले हामीलाई यसबाट बचाउन सक्नुहुनेछ र हे महाराजा हजूरको हातबाट पनि छुटकारा दिनुहुनेछ।’ ख्रीष्टमा विश्वास गर्नुहोस्। ख्रीष्टमा भरोसा राख्नुहोस्। तपाईंलाई बचाउन उहाँ तपाईंको सट्टामा दुःख भोगेर मर्नुभयो। उहाँमाथि भरोसा राख्नुहोस् र उहाँले जीवनको हरेक ‘जीवनको हरेक कठिन समय र आँधी बेहरीमा’ तपाईंलाई थाम्नुहुनेछ! हरेक परीक्षा र डरमा। हरेक परिस्थितिमा, मृत्युसम्मै पनि येशूले तपाईंलाई असफल बन्न दिनुहुन्न!


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
('डेर टु बी अ सोल्जर,' फिलिप पी. ब्लिसद्वारा रचित, १८३८-१८७६)