Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




हेरोद र यूहन्ना

HEROD AND JOHN
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

१२ अप्रेल, २०१७, आइतबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Evening, November 12, 2017

‘किनकि यूहन्नालाई एक धर्मात्मा र पवित्र मानिस भनी ठानेर हेरोद तिनीसँग डराउँथे, र तिनलाई सुरक्षित राखेका थिए। यूहन्नाको शिक्षा सुन्दा उनी साह्रै विचलित हुन्थे, तापनि खुसीसित सुन्थे।’ (मर्कूस ६:२०)


राजा हेरोद र बप्तिस्मा दिने यूहन्नाको कथा बाइबल र इतिहासको एउटा सबैभन्दा ठूलो दुःखको कथा हो। बप्तिस्मा दिने यूहन्ना एक जोशिला जवान प्रचारक थिए। तिनी राजा हेरोदको विरुद्ध- जो मन बदलिरहने, दुष्ट विचारका राजा थिए। ती राजा यूहन्नाले उनको आज्ञापालन गरोस् भन्ने चाहन्थे। उनी परमेश्वरसँग मिलाप गर्न चाहन्थे। तर तिनको कमजोरी र निर्णय गर्न नसक्ने अवस्थाले तिनलाई नाश पाऱ्यो- यहाँसम्म कि उनले बप्तिस्मा दिने यूहन्नाको हत्या गरे, किनकि अन्त्यमा उनले यूहन्नाको शिर काट्ने आज्ञा दिए।

जब-जब म राजा हेरोदको विषयमा पढ्छु, मलाई सधैं दुःख लाग्छ। अनि त्यसपछि मलाई उनीसँग रिस उठ्छ। उनी साँच्चै बिचरा भन्न लायकका एक मूर्ख व्यक्ति थिए। उनी उद्धार पाउन सक्ने अवस्थामा आइपुगिसकेका थिए। तापनि उनले कहिल्यै पनि उद्धार पाएनन्। हेरोदलाई सम्झँदा श्री ग्रिफिथले गाउने तलको स्तुति-भजनले मेरो आत्मालाई भयभीत तुल्याउँदछ,

झन्नै ख्रीष्टलाई ग्रहण गर्न लागेको,
सफलता पाउन नसकेको, झन्नै तर असफल!
दुःखी, दुःखी तिक्त विलाप, प्रायः हराएको!
(‘अलमोस्ट पर्सुएडेड,’ फिलिप पी. ब्लिस-१८३८-१८७६- द्वारा रचित)

झन्नै ख्रीष्टलाई ग्रहण गर्न लागेको, दुःखी, दुःखी तिक्त विलाप,
प्रायः हराएको!

हेरोद र बप्तिस्मा दिने यूहन्नाको लामो कथाले हामीलाई धेरै वटा महान् ख्रीष्टियन सत्यताहरू देखाउँदछ।

पहिलो, उद्धारको सन्देशले सधैं तपाईंलाई एउटा निर्णय गर्ने आह्वान गर्दछ। यहाँ ‘निर्णयवाद’ मा जस्तो गरी ‘निर्णय’ शब्द प्रयोग गर्नु त्यत्ति राम्रो लाग्दैन। तर ‘निर्णय’ त्यत्ति बेला मात्र नराम्रो हुन्छ, जब धेरै जना मानिसले खराब निर्णय गर्छन्। हेरोदले एउटा उचित निर्णय गर्न सक्थे। तर त्यसो नगरेर अगि र पछि हुत्तिरहे- बप्तिस्मा दिने यूहन्नाले उनलाई प्रचार गरेका सत्यताका निम्ति उनी खडा हुन सकेनन्। यूहन्नाको प्रचारको सबैभन्दा विशेष कुरा यो थियो कि, तिनले मानिसहरूलाई निर्णय लिन चुनौती दिन्थे। तिनले पश्चात्ताप गर्नुपर्छ भनी प्रचार गरे अनि तिनको प्रचार सुन्नेहरूले पश्चात्ताप गर्नुपर्छ भनी माग गरे। तिनले यति शक्तिशाली रूपमा प्रचार गर्दथे कि, मानिसहरू यसो भन्थे, ‘त्यसो भए हामीले के गर्ने’ (लूका ३:१०)? जब ख्रीष्ट आउनुभयो, त्यसबेला उहाँले पनि त्यस्तै प्रकारले प्रचार गर्नुभयो। उहाँले मानिसहरूलाई दुइ वटा मात्र विकल्प दिनुभयो। स्वर्ग वा नरक, विनाशमा पुऱ्याउने फराकिलो बाटो वा जीवनमा पुऱ्याउने साँघुरो बाटो। बालुवामाथिको घर वा चट्टानमाथिको घर। परमेश्वर वा धन। मानिसहरूले कुनै एउटा पक्ष चुन्नुपर्थ्यो, कि ख्रीष्टको पक्षमा वा त उहाँको विरुद्धमा। ख्रीष्टले प्रचार गर्नुहुँदा उहाँले मानिसहरूसँग कि उहाँको पक्ष लिनु वा त उहाँको विरुद्धमा हुनु भनी माग गर्नुभयो। पत्रुसले पनि पेन्तिकोसको दिन त्यस्तै प्रकारले प्रचार गरे। पत्रुसले ती मानिसहरूलाई निर्णय गर्न लगाउनुभयो। अनि मानिसहरूले भने, ‘हामीले के गर्ने’ (प्रेरित २:३७)? प्रेरितको पुस्तकको अन्तिम अध्यायमा पावलको प्रचारले मानिसहरूलाई दुइ भागमा बाँडेको छ। ‘तिनले भनेका कुरा कतिले विश्वास गरे, कतिले गरेनन्’ (प्रेरित २८:२४)? तिनीहरूले एउटा निर्णय गर्नुपर्थ्यो। अनि ख्रीष्टियन इतिहासको प्रत्येक जागृति सेवाहरूमा परमेश्वरका भक्तहरूले त्यस्तै प्रकारले प्रचार गरेका छन्। उनीहरूका प्रचार सुन्ने मानिसहरूले एउटा निर्णय गर्न पर्थ्यो!

आज हामी विभिन्न प्रकारका प्रचार सुन्दछौं। तर कुनै माग गरिँदैन। केही प्रचारकहरू मानिसहरू निको होऊन् भनी मिठो मुखले बोलाउँछन्। कसै-कसैले कोमल र सान्त्वनापूर्ण कथाहरू भन्छन्। अनि अझै अरू कतिले धुलोमाटोजस्तो सुक्खा व्याख्यात्मक बाइबल सन्देश प्रचार गर्छन्, त्यसमा प्रभुको रगतको प्रायश्चितको कुरै हुँदैन। आगो कहाँ छ? चुनौती कहाँ छ? जवानहरू हाम्रा चर्चहरूबाट गाडीमा हुइँकिएर भाग्दैछन्। कुनै अवसरमा भू. पू. अमेरिकी उपराष्ट्रपति जोन नेन्सी गारनर (१९३३-१९४१) ले भनेझैं, आजका धेरै प्रचार कुनै कामको हुँदैनन्। हेरोद र बप्तिस्मा दिने यूहन्नाको कथाले त्यस प्रकारको प्रचार अति नै व्यर्थको हुँदछ भन्ने देखाउँछ। यसले ख्रीष्टले हामीलाई निर्णय लिने आह्वान गर्नुहुन्छ भन्ने कुरा स्मरण गराउँदछ। यसै प्रसंगमा, के तपाईंले निर्णय लिनुभएको छ? के त्यस निर्णयले तपाईंको जीवनलाई प्रभाव पारेको छ? के त्यसले तपाईंलाई परिवर्तन गरेको छ?

हेरोदले यूहन्नाको प्रचार ‘खुशीसाथ सुन्थे।’ हेरोदले प्रचारक यूहन्नालाई मन पराउँथे। तिनले प्रचार गरेका पनि मन पराउँथे। तर त्यसको तिनमा कुनै प्रभाव पर्दैनथ्यो। मैले प्रचार गरेपछि मानिसहरूले तपाईंले अति राम्रो प्रचार गर्नुभयो भनेको मलाई पटक्कै मन पर्दैन। त्यसो भनेको मलाई अलिकति पनि मन पर्दैन। मलाई त्यत्ति बेला मात्र आनन्द लाग्छ, जब कसैले आफ्नो पापको निम्ति पश्चात्ताप गर्ने निर्णय गर्दै आफैलाई येशूको कृपामा छोडिदिँदछ। मलाई त्यत्तिबेला मात्र आनन्द लाग्छ, जब कसैले येशूमा विश्वास गर्ने ठोस निर्णय गर्दछ र उनीहरूको हृदय र जीवन साँचो रूपले परिवर्तन हुँदछ। मेरो प्रचारलाई परमेश्वरले आशिष् दिनुभयो कि भएन भन्ने कुराको वास्तविक जाँच त्यसै कुराद्वारा हुँदछ। मानिसलाई मेरो प्रचार मन पऱ्यो कि परेन त्यसले केही फरक पार्दैन। त्यसले तपाईंलाई विचलित पाऱ्यो कि पारेन, वा तपाईं मलाई मन पराउनुहुन्छ कि हुन्न, वा मेरो प्रचार सुनेर खुशी हुनुभयो कि भएन भन्ने कुराको कुनै अर्थ हुँदैन। साँचो जाँच- के मेरो प्रवचनले तपाईंलाई निर्णय लिने अवस्थामा पुऱ्याएको छ, तपाईंको सारा हृदय र सारा जीवनले ख्रीष्टमाथि भरोसा राख्नुभएको छ भन्ने कुराद्वारा मात्र हुँदछ। एक जना व्यक्तिले भनेका छन्, ‘तिनीहरू त्योभन्दा बढी अरू के चाहन्छन्?’ ख्रीष्ट तपाईंको सम्पूर्ण जीवन चाहनुहुन्छ- जीवनका सबै कुरा चाहनुहुन्छ।

तर हेरोदजस्ता मानिसहरूको सम्बन्धमा दुःख मान्नुपर्ने केही कुरा हुन्छ। उनले निर्णय गर्नै लागेका थिए। उनले ख्रीष्टमा विश्वास गरेर निर्णय गर्नै लागेका थिए। हेरोदजस्ता मानिसहरू कति दुःखी र दयनीय हुन्छन्। तपाईं चर्च आउनुहुन्छ। प्रचार गरिएको सुन्नुहुन्छ। अनि तपाईं भावनामा बग्नुहुन्छ। तपाईंलाई येशूमा विश्वास गर्नुपर्छ जस्त लाग्छ। तपाईं उहाँमा विश्वास गर्छु पनि भन्नुहुन्छ। तर विश्वास कहिल्यै पनि गर्नुहुन्न। येशूमा विश्वास गर्नुको साटो तपाईंले उहाँमा विश्वास गर्नुभयो कि भएन भनी प्रमाण खोज्न आफ्ना भावनाहरू हेर्नुहुन्छ। त्यो कहिल्यै पनि हुनेछैन। कहिल्यै पनि, कहिल्यै पनि हुनेछैन। किन हुनेछैन? उहाँमा विश्वास गर्नुभन्दा अघि तपाईं उहाँमा विश्वास गर्नुहुन्छ भन्ने ‘भावना’ तपाईंमा कसरी हुन सक्छ र? त्यो त मूर्खता हो। तपाईं भावनामा भर पर्नुको साटो येशूमाथि विश्वास गर्नुभयो भने मात्र उहाँमा विश्वास गर्नुभएको हुन्छ। तपाईं येशूमा विश्वास गर्ने कुराबाट केवल एक कदम टाढा हुनुहुन्छ। तर तपाईं कहिल्यै विश्वास गर्नुहुन्न। तपाईं कति अचम्मको व्यक्ति हुनुहुन्छ। तपाईं प्रत्येक आइतबार चर्च आउनुहुन्छ। तर तपाईं उद्धारकर्तालाई विश्वास गर्न इन्कार गर्नुहुन्छ। तपाईं सेवापछि हामीसँग कुराकानी गर्न पनि आउनुहुन्छ- तर तपाईंको मनमा उहाँमाथि विश्वास गर्ने कुनै उद्देश्य हुँदैन। म तपाईंलाई सोध्छु, ‘के तपाईंले प्रभुमा विश्वास गर्नुभयो?’ तपाईं भन्नुहुन्छ, ‘गरिनँ।’ अनि पूरा जोड् दिँदै ‘गरिनँ’ भन्नुहुन्छ- तपाईंले गर्नुभएन भनी अति निश्चित भएर त्यसो भन्नुहुन्छ। तपाईं त्यत्ति निश्चित किन हुनुहुन्छ? सायद तपाईंले कुनै भावना वा अरू कुराको खोजी गर्नुभएकोले गर्दा हो। कारण त्यही नै हुनुपर्छ। म कठोर बन्दै तपाईंलाई साँचो कुरा बताउँछु। जुन ‘भावना’को तपाईं खोजी गरिरहनुभएको छ, त्यो राक्षस हो। शैतानले तपाईंको मनको अगाडि राक्षसलाई ल्याउँछ। मसँग त्यो भावना हुनैपर्छ! म त्यो अति नै चाहन्छु! त्यो भावनाबिना म रत्तिभर सन्तुष्ट हुनेछैनँ। जब शैतानले तपाईंलाई त्यसको वशमा पार्दछ र तपाईं त्यसको कैदमा पर्नुहुन्छ- त्यसले तपाईंलाई एउटा भावना दिन्छ। तपाईं त्यसद्वारा मोहित र आकर्षित बन्नुहुन्छ, जसको कारण तपाईंले कहिल्यै पनि उद्धार पाउनुहुन्न। ‘भावना’ को त्यस राक्षस तपाईंको प्रियेसी, प्रेमी र मूर्ति बन्दछ। अनि तपाईं एउटा त्यस्तो बलियो सम्मोहनमा पर्नुहुन्छ, जसले गर्दा तपाईं त्यस वास्तविक येशूलाई कहिल्यै पनि विश्वास गर्न सक्नुहुन्न, जो तपाईंलाई बचाउन क्रूसमा मर्नुभयो। अनि ‘भावना’ को राक्षसले तपाईंलाई घिस्साउँछ, कैद गर्छ, दास बनाउँछ, जुन नरकको खाडलजस्तै हुन्छ। त्यो राक्षस ‘भावना’ को कुरामा तपाईंलाई हेरेर हाँसिरहेको म सुन्न सक्दछु। ‘तिमीलाई फेला पारेँ, तिमीलाई फेला पारेँ! अब तिमी सधैँका निम्ति नरकमा मेरो दास हौ।’ नहाँस्नुहोस्। लाखौं मानिसहरू तिनीहरूसँग पवित्र आत्मा हुनुहुन्छ भनी सोच्छन्- वास्तवमा तिनीहरूसँग त भूतात्मा हुन्छ। आत्माले भरिनुको साटो तिनीहरू भूतात्माले ग्रस्त हुन्छन्। उद्धार पाएको छु कि छैन भनी त्यस्तै भावनाको खोजी गर्ने तपाईं हरेकलाई म होसियार गराउँछु- होसियार हुनुहोस्। तपाईंले तन्त्रमन्त्र गरिरहनुभएको छ। तपाईं आगोसँग खेल्दैहुनुहुन्छ। त्यो ‘भावना’ को राक्षसबाट छुटकारा पाउनुहोस् र आफैलाई परमेश्वरका पुत्र येशूमा समर्पण गर्नुहोस्, जो तपाईंलाई बचाउन क्रूसमा रगत बगाएर मर्नुभयो।

केही यस्ता प्रचारकहरू पनि छन्, जो दासत्वमा पार्ने स्रोत हुन्। मानिसहरूलाई आफूतिर आकर्षित गर्ने, उद्धारको प्रतिज्ञा गर्ने केही प्रचारकहरूलाई म चिन्दछु, तर तिनीहरूले गरिरहेका काम भने पूरै शैतानिक छन्। तिनीहरू मानिसहरूलाई ख्रीष्टको चेला नबनाएर आफ्नै चेला बनाउँछन्। म कुनै पनि अवस्थामा बप्तिस्मा दिने यूहन्नालाई त्यस वर्गको प्रचारकमा राख्दिनँ।

हेरोदले यूहन्नालाई झ्यालखानमा हालेका थिए, किनकि उनकी पत्नी हेरोदियासलाई तिनले व्यभिचारिणी भनेकाले उनले तिनलाई घृणा गर्थिन्। बाइबलले भन्छ, ‘यूहन्नालाई र धर्मात्मा र पवित्र मानिस भनी ठानेर हेरोद तिनीसँग डराउँथे।’ उनले यूहन्नालाई एक पवित्र मानिसको रूपमा देखे। यसैले हेरोद यूहन्नालाई भेट्न कहिलेकहीं झ्यालखानमा जान्थे। आजको हाम्रो बाइबल पदले हेरोदले ‘तिनलाई सुरक्षित राखेका थिए’ भनी भन्दछ। त्यसको अर्थ हेरोदले तिनलाई ‘सुरक्षित ठाउँमा राखेका थिए।’ हेरोदले यूहन्नामा केही पवित्र र फरक कुरा छ भनी जानेका थिए। उनले यूहन्नाको कुरा ‘खुशीसाथ सुन्थे।’ तिनी ती धेरै मानिसजस्ता थिए, जसले सन्तको पूजा गर्छन्। तिनीहरू सन्त अगस्टिनजस्तै एक धार्मिक मानिस हु्न्थे भनी जान्दछन्। तिनीहरू सन्तका वचन पढ्छन् र मनन गर्छन्, तर ख्रीष्टमा विश्वास कहिल्यै पनि गर्दैनन्, अगस्टिनजस्ता मानिसले भने पनि विश्वास गर्दैनन्। मलाई लाग्छ, हेरोदले यूहन्नालाई त्यसरी नै हेरे, जसरी क्याथोलिकहरूले एक सन्तलाई हेर्छन्। ‘उनले तिनको कुरा खुशीसाथ सुन्थे।’ तर सुनेर उऩलाई कुनै फाइदा भएन।

हेरोद यूहन्नालाई भेट्न झ्यालखानमा जान्थे। त्यसरी जाँदा उनकी पत्नी अप्रसन्न हुन्छे भनी उनले जान्दथे। तापनि उनी भेट्न गइरहे। उनले आफू त्यत्तातिर आकर्षित भएको अनुभव गर्दथे, कहिेले त आफूलाई रोक्नै सक्दैनथे। यूहन्नाको कुरा सुन्न त्यहाँ जाँदा ‘उनले तिनको कुरा खुशीसाथ सुन्थे।’ पवित्र आत्माले उनलाई त्यस अगमवक्ताको कुरा सुन्न खिँचिरहनुभएको थियो। धेरै जना मानिस यस्तै कारणले चर्च आउने गर्छन्। प्रचार गरिने सन्देशले तिनीहरूलाई दोषी ठहराए पनि तिनीहरू चर्चमा हुन चाहन्छन्। तापनि तिनीहरू आफ्नो जीवन ख्रीष्टमा सुम्पिँदैनन्। हेरोद हृदय परिवर्तन हुने मोड नजिकै आइपुगेका थिए। तर तिनी कहिल्यै पनि परिवर्तन भएनन्। अनि पछिबाट हेरोदले यूहन्नाको शिर किन कटाए त? यो हेरोद भनिने मानिसलाई कसरी बुझ्न सक्छौं?

यूहन्नाको प्रचार सुनेर हेरोदले परमेश्वरको उपस्थिति र शक्तिको अनुभव गरे। यूहन्नाले भनेको कुरा सही हो भनी उनी जान्दथे। तापनि उनले ख्रीष्टमा जीवन समर्पण गरेनन्। यूहन्नाले उनलाई प्रचार गरेका कुरा पनि उनले बुझे। तापनि ख्रीष्टलाई विश्वास गरेनन्। उनले सिकिरहे, सधैं सिकिरहे, तर येशूमा विश्वास गर्नका निम्ति ठोस निर्णय गर्न सकेनन्। उनी आफ्नो जीवन परिवर्तन गर्न चाहँदैनथे। त्यसो गर्दा उनी त्यस दुष्ट स्त्री हेरोदियासबाट अलग हुन पर्थ्यो। उनले आफ्नो जीवनशैली परिवर्तन गर्नुपर्थ्यो। पूर्वीय देशका धेरै जना जवानहरू त्यस्तै छन्। तिनीहरूका आमाबुबा तिनीहरूलाई चर्च जान दिन्छन्, तर हामीले प्रचार गरेका कुरासँग पूर्ण सहमत हुँदैनन्। उनीहरू हामी अति कडाकडी गर्दछौं भनी सोच्छन्। उनीहरूका छोराछोरीहरू हाम्रो चर्चमा आउँछन्- तर तिनीहरूले तानेर लगिन्छ। के तपाईंलाई पनि यस्तो भएको छ? के तपाईंका आमाबुबा हामी अति कडाकडी गर्छौं भनी सोच्छन्? उनीहरू तपाईंलाई आउन त दिन्छन्, तर तपाईंहरूसँग कुराकानी गर्दा उनीहरूले हामीलाई खिसी गर्छन्। उनीहरू तपाईंलाई चर्चमा धेरै समय नबिताउनु भन्छन्। उनीहरू यसो भन्छन्, ‘के तिमी यहाँ यति बेलासम्म यहाँ बस्न पर्छ र?’ यसरी तपाईं आफ्ना आमाबुबा र यो चर्चको बीचमा पिसिनुभएको छ। तपाईं जान्नुहुन्छ, हामी सही छौं, तर तपाईं आफ्ना आमाबुबालाई प्रसन्न तुल्याउन चाहनुहुन्छ। तपाईं हाम्रो साथमा खडा हुन, तपाईंका अख्रीष्टियन आमाबुबाको विरुद्धमा जान डराउनुहुन्छ। उनीहरू येशूले भन्नुभएको यो कुरा भुल्दछन्, ‘जसले मलाई भन्दा बढी आफ्ना बाबु वा आमालाई प्रेम गर्दछ, त्यो मेरो योग्यको हुँदैन’ (मत्ती १०:३७)। हेरोद ख्रीष्टियन बन्न चाहन्थे, तर उनी होरेदियासलाई पनि खुशी पार्न चाहन्थे। बाइबलले भन्छ, ‘किनकि दोहोरो म भएको मानिस उसका सबै चालचलनमा अस्थिर हुन्छ’ (याकूब १:८)। डा. चार्ल्स सी. रिर्रीले भनेका छन्, ‘दोहोरो मनको मानिसको भक्ति पनि बाँडिएको हुन्छ’ (रिर्री स्टडी बाइबल)। के हेरोदको समस्या पनि त्यही थिएन त? उनी ख्रीष्टियन हुन चाहन्थे, तर हेरोदियासलाई पनि खुशी पार्न चाहन्थे। तिनी दोहोरो मनका थिए। त्यसैले उनी एक साँचो ख्रीष्टियन बन्न सक्दैनथे।

हालैमा हामीसँग पूर्वीय संसारकी एउटी त्यस्तै केटी थिई। तिनी आफ्ना अख्रीष्टियन आमाबुबालाई खुशी पार्न चाहन्थी। तर तिनी ख्रीष्टियन पनि बन्न चाहन्थी। तिनी बीचमा पिसिएकी थिई, तर अन्त्यमा तिनी पूर्ण रूपले ख्रीष्टमा आउनुपर्छ भनी तिनले बुझी। जुन क्षण उसले त्यो बुझी त्यो क्षण साँचो रूपले परिवर्तन भई। तिनले येशूलाई आफ्नो जीवनका प्रभु बनाउने निर्णय गरी। उसका सबै अन्योलता हटे र अहिले तिनी एक असल ख्रीष्टियन भएकी छे। तर हेरोदले बप्तिस्मा दिने यूहन्ना र हेरोदियासको बीचमा निर्णय गर्न सकेनन्। त्यसैले उनी कहिल्यै पनि साँचो ख्रीष्टियन बनेनन्। उनी मरे र नरक गए। बाइबलले भन्छ, ‘तिमीहरू कसको सेवा गर्ने आजै रोज’ (यहोशू २४:१५)। तपाईंले हराएका तपाईंका आमाबुबा र ख्रीष्टको बीचमा एकलाई चुन्नै पर्छ। तपाईंले हराएका आफ्ना मित्रहरू र ख्रीष्टको बीचमा एकलाई चुन्नै पर्छ। उद्धार पाउने र ख्रीष्टको स्पष्ट साक्षी बन्ने अर्को कुनै उपाय छैन। हेरोदजस्तो अघि र पछि नहुत्तिनुहोस्। स्पष्ट निर्णय गर्नुहोस्। ‘तिमीहरू कसको सेवा गर्ने आजै रोज’ (यहोशू २४:१५)। ‘किनकि दोहोरो मन भएको मानिस उसका सबै चालचलनमा अस्थिर हुन्छ’ (याकूब १:८)। प्रभु येशूले भन्नुभयो, ‘जसले मलाई भन्दा बढी आफ्ना बाबु वा आमालाई प्रेम गर्दछ, त्यो मेरो योग्यको हुँदैन’ (मत्ती १०:३७)।

हेरोद यूहन्नाको प्रचार सुन्न जान्थे अनि ‘तिनको शिक्षा सुनेर उनले धेरै कुरा गरे।’ हो साँच्चै, तिनले धेरै कुरा गरे। हो सबै कुरा गरे, तर अति महत्त्वपूर्ण एउटा कुरा भने गरेनन्। निश्चय तिनले आफ्ना केही पापहरू त्यागेका थिए। हो, ‘तिनले धेरै कुरा गरे,’ तर यूहन्नाले गर्नु भनेका एउटा कुरा भने गरेनन्। तिनले ख्रीष्टमा कहिल्यै पनि विश्वास गरेनन्। के त्यही कारणले गर्दा तपाईं पनि झन्नैझन्नैको ख्रीष्टियन बन्नुभएको, तर अझै पनि हराएकै अवस्थामा रहेको अवस्थमा हुनुहुन्छ? एउटी जवान स्त्रीले भनी, ‘तिनीहरू योभन्दा बढी के चाहन्छन्?’ बरु उसले यसो भन्नुपर्थ्यो, ‘परमेश्वरले अझ बढी के चाहनुहुन्छ?’ डा. मार्टिन लोयड-जोनेसले सुरुमा यो सन्देश प्रचार गरेका हुन्, जुन मैले मिलाएर लिएको छु। डा. लोयड-जोनेस भन्छन्, ‘कुन कुराले तपाईंलाई रोकेर राखेको छ? आफैलाई जाँच्नुहोस्। बुद्धिमान् हुनुहोस् र त्यो छोडिदिनुहोस्! धेरै कुरा पर्याप्त हुँदैन। परमेश्वर तपाईंको पूर्ण समर्पण चाहनुहुन्छ, केही पापहरू त्याग्नु मात्र पर्याप्त छैन, तर तपाईंको सम्पूर्ण इच्छा त्याग्नुपर्छ।’ तपाईंको सम्पूर्ण जीवन ख्रीष्टलाई दिनुपर्छ (डा. मार्टिन लोयड-जोनेस, एम.डी. ‘मिसिङ द मार्क’)।

म अर्को एउटा कुरा भन्न चाहन्छु। मर्कूस ६:२४ मा हेरोदियासले आफ्नी छोरीलाई बप्तिस्मा दिने यूहन्नाको शिर माग्न लगाएकी छिन्। हेरोद धेरै दुःखी बने, तर ‘उनले भोजमा बस्ने अतिथिहरूका खातिर त्यस केटीलाई दिएको वचन तोड्न चाहेनन्’ (मर्कूस ६:२६)। अहो, यहाँ त आफ्नै इज्जत र अरूहरूको असल मन्तव्यको कुरा पो रहेछ। मानिसहरू गलत छन् भनी उनी आफ्नो हृदयमा जान्दथे। अर्कोतिर, उनले यूहन्नाको प्रशंसा गरे र तिनी सत्य छन् भनी जान्दथे। तापनि उनी पापीहरूको अगाडि झुके र यूहन्नाको प्रचारलाई अस्वीकार गरे। उनले अनन्त उद्धारलाई त्यागिदिए र नरक गए, किनकि ती मानिसहरूले के सोच्लान् भनी उनी डराएका थिए। अहो, कस्तो बौलाहठीपन! चाहे सारा संसार हाँसोस् र तपाईंको खिल्ली उडाओस्, चाहे तपाईंको सारा परिवार तपाईं धार्मिकअन्धो व्यक्ति बन्न लाग्नुभएको छ भनी एकमत होऊन्, चाहे सबैले तपाईंलाई मूर्ख भनून्- त्यसले के फरक नै पार्छ र जब कि परमेश्वरले तपाईंलाई ग्रहण गर्नुभएको हुन्छ। किनकि न्यायाधीश त उहाँ मात्र हुनुहुन्छ।

परमेश्वरले तपाईंलाई जे भन्नुहुन्छ त्यो गर्नुहोस्। उहाँका पुत्र येशूमा विश्वास गर्नुहोस्। तपाईंको परिवार, मित्रहरू र सारा संसारलाई तपाईं यो दुष्ट संसारबाट फर्किनुभएको छ र तपाईंले आफ्नो जीवन पूर्ण रूपले येशू ख्रीष्टलाई दिनुभएको छ भनी देखाउनुहोस्।

जब एक पल्ट तपाईं ख्रीष्ट सही र सत्य हुनहुन्छ भनी जान्नुहुन्छ, तब आफैलाई पूर्ण रूपले उहाँमा नदिएसम्म तपाईंलाई शान्ति हुनेछैन। बिचरा हेरोद। यूहन्नाको शिर कटाएपछि उनको जीवन कति खराब बन्यो। यूहन्नाको सम्झनाले उनको जीवनलाई खेदो गरे र यातना दिए। जब हेरोदले येशूको बारेमा सुने, तब उहाँलाई यूहन्ना मृतकबाट फेरि जीवित भएको व्यक्ति हो भन्ने सोचे। राति सपनामा पनि यूहन्नाले उनलाई सताए। उनले सपनामा एउटा थालमा यूहन्नाको शिर लडेर आउँदै गरेको देख्थे। तपाईंले सत्यलाई इन्कार गरे पनि त्यसबाट छुटकारा भने पाउनुहुन्न। त्यसले तपाईंलाई सधैँ खेद्ने र सताउनेछ। त्यसले तपाईंलाई आराम र शान्तिले बस्नु दिनेछैन। हेरोदले यूहन्नाको विषयमा डरलाग्दा सपनाहरू देख्थे- ‘अहो, यूहन्ना, मैले तिम्रो कुरा किन सुनिनँहुँला? अहो, यूहन्ना, मैले मेरो आत्मालाई किन अफालेछु? अहो, यूहन्ना, मानिसहरूले के सोच्लान् भनी म त्यत्ति धेरै किन डराएछु? म कति मूर्ख भएछु?’

हेरोदले यूहन्नाको शिर कटाएपछि उनको जीवन कस्तो भयो होला त्यसको कल्पना गर्नुहोस्। यदि तपाईं संसारलाई येशू ख्रीष्टमा विश्वास गर्ने र आफैलाई उहाँमा समर्पण गर्ने निर्णय गर्नुहुन्न भने तपाईंको जीवन पनि त्यस्तै वा त्योभन्दा डरलाग्दो हुनेछ। तपाईंलाई डर देखाएकोमा मलाई दोष लाग्छ भने म त्यसको निम्ति डर मान्दिनँ। निश्चय मैले तपाईंलाई डर देखाउने कोसिस गर्दैछु। यदि येशू ख्रीष्टको अचम्मको प्रेमले तपाईंलाई आकर्षित गर्दैन भने म ख्रीष्टरहित अनन्तताको भयानक कुराहरू बताउँदै तपाईंलाई डर देखाउने पूरा कोसिस गर्नेछु। अनन्त दोष, अनन्त दुःख, वर्णन गर्न नसकिने यातना। तपाईं जजसले सबै कुरा त्यागेर पूरा हृदयले ख्रीष्टलाई अंगाल्नुहुन्छ भएको छैन तपाईंहरू सबैको अवस्था त्यस्तै हुनेछ। ख्रीष्टले तपाईंलाई पापबाट बचाऊन्, त्यही कार्य गर्न उहाँ तपाईंलाई पर्खिरहनुभएको छ। विश्वासद्वारा ख्रीष्टमा आउनुहोस् र चाहे जे नै भए पनि उहाँमाथि विश्वास गर्नुहोस्– र तपाईंले उद्धार पाउनुहुनेछ। अर्को कुनै उपाय छैन। आमेन्। श्री जोन केगन कृपया अगाडि आउनुहोस् र कसैले आफ्नो सम्पूर्ण जीवन येशूलाई देओस् भनी हामीलाई प्रार्थनामा अगुवाइ गर्नुहोस्।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
(‘अलमोस्ट पर्सुएडेड,’ फिलिप पी. ब्लिस-१८३८-१८७६- द्वारा रचित)