Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




सुसमाचारीय सन्देश कसरी तयार गर्ने-
वास्तविक परिवर्तनका निम्ति आवश्यक बिर्सिएका सत्यताहरू

HOW TO PREPARE AN EVANGELISTIC SERMON –
FORGOTTEN TRUTHS NEEDED FOR REAL CONVERSIONS
(Nepali)

द्वारा डा. सी. एल. केगन र डा. आर. एल. हिमर्स,जुनियरद्वारा
१४ अक्टुबर २०१७, शनिबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
by Dr. C. L. Cagan and Dr. R. L. Hymers, Jr.

A sermon preached at the Baptist Tabernacle of Los Angeles
Saturday Evening, October 14, 2017

‘प्रचारकको काम गर, र तिम्रो सेवाको काम पूरा गर’(२ तिमोथी ४:५)


प्रेरित पावलले आफू सम्राट निरोको शासनकालमा मृत्युदण्ड भोग्नुभन्दा केही अघि तिमोथीलाई यो वचन भनेका थिए। तिमोथी पावलका चेला थिए। पावलले तिनलाई सेवकाइको तालिम दिएका थिए। तिमोथी एफिसस शहरको चर्चको पास्टर बने। तिमोथीको मुख्य काम एक पास्टर बन्नुथियो। तिमोथीको सेवकाइ ‘प्रचारक फिलिप’ को जस्तो थिएन (प्रेरित २१:८)। फिलिप ठाउँठाउँ घुमिहिँड्थे। फिलिप सामरिया गए अनि त्यहाँ ख्रीष्टको प्रचार गरे (प्रेरित ८:५)। त्यहाँबाट फिलिप मरुभूमितिर गए र एउटा नपुंसकलाई ख्रीष्टमा डोऱ्याए (प्रेरित ८:२६-३९)। अनि फिलिपले अन्य शहरहरूमा पनि प्रचार गरे (प्रेरित ८:४०)। फिलिप घुमन्ते प्रचारक थिए। तिमोथी एउटा स्थानीय मण्डलीका पास्टर थिए।

पावलले तिमोथीलाई किन ‘प्रचारकको काम गर्नु’ भने? किनकि प्रत्येक पास्टर प्रचारकको काम गर्न बोलाइएको हुन्छ। पावलले तिमोथीलाई ‘तिनको सेवाको काम पूरा गर्नू’ भनी भने (२ तिमोथी ४:५)। तिनको सेवाको काम के थियो? प्रचारकको काम गर्नु! प्रत्येक पास्टर प्रचारकको काम गर्न बोलाइएको छ। यदि तपाईंले त्यो गर्नुभएन भने परमेश्वरले आज्ञा गर्नुभएका सबै कुरा तपाईंले गरिरहनुभएको हुँदैन।

प्रत्येक पास्टरले उसको चर्चमा प्रचार गर्छ। त्यो उसको बोलावट हो। अनि प्रत्येक पास्टरले आफ्नो चर्चमा सुसमाचारीय सन्देश प्रचार गर्नुपर्छ- र ती घरीघरी प्रचार गर्नुपर्छ। यदि तपाईंले वर्षमा केही पटक सन्डे स्कुलमा सुसमाचार प्रचार गर्नुहुन्छ भने तपाईं इमानदार प्रचारक हुनुहुन्न। यदि तपाईं मानिसहरूलाई शिक्षा दिने काम मात्र गर्नुहुन्छ भने तपाईं इमानदार प्रचारक हुनुहुन्न। तपाईंको सेवकाइ बाइबलको शिक्षा दिनु मात्र होइन। तपाईंले प्रचारकको काम गर्नै पर्छ। तपाईंले सुसमाचारीय सन्देश प्रचार गर्नै पर्छ, अनि नियमित रूपले गर्नुपर्छ।

सुसमाचारीय सन्देश भनेको के हो? एउटा सुसमाचारीय सन्देश सीधै मण्डलीका हराएका मानिसहरूतिर लक्षित हुन्छ, आराधना सेवामा त्यस्ता धेरै मानिस हुन्छन्, तापनि तिनीहरूमध्ये केही हप्तैपिच्छे चर्च आउँछन्। सम्पूर्ण सुसमाचारीय सन्देशमा पाप र ख्रीष्टमा पाइने मुक्तिको बारेमा बताइएको हुन्छ- हराएका मानिसहरूले त्यो सन्देश सुन्छन्, अनि येशूमा विश्वास गरी उद्धार पाउँछन्। सुसमाचारीय सन्देश भनेको पवित्र बाइबलका केही पदहरूको व्याख्यात्मक सन्देश होइन। प्रचार गर्नका निम्ति एउटा वा दुइ वटा पद चुन्नुहोस्। सुसमाचारीय सन्देश एउटा वा बढीमा दुइ वटा पदको कुरामा केन्द्रित हुन्छ। धेरै वटा पदको व्याख्या गरिएको सुसमाचारीय सन्देश हुँदैन। श्री स्पर्जनका सुसमाचारीय सन्देशहरू अध्ययन गर्नुहोस्। तीमध्ये कुनै पनि आज भनिने गरेको ‘व्याख्यात्मक’ किसिमको छैन। प्रेरितको पुस्तकमा प्रायः सबै सन्देश सुसमाचारीय छन्। सम्पूर्ण प्रेरितको पुस्तकमा एउटा मात्र 'व्याख्यात्मक' सन्देश छ। हामीले सुसमाचारीय सन्देश प्रचार गर्दा प्रेरितहरू र श्री स्पर्जनको उदाहरण पछ्याउनु पर्छ।

आज थोरै पास्टरहरू मात्र सुसमाचारीय सन्देश प्रचार गर्छन्। धेरैले ती पटक्कै प्रचार गर्दैनन्। अमेरिकामा आज हामी सुसमाचारीय सन्देश सुन्न पाउँदैनौं। अनि अरू देशका अवस्था पनि योभन्दा त्यत्ति फरक छैन। पास्टरहरूले आफ्ना मानिसहरूलाई बाइबलका शिक्षा दिन्छन्- वा चंगाइको, सम्पन्नता हुने, अनि राम्रो महसुस गर्नेबारे प्रचार गर्छन्- ख्रीष्टको सुसमाचार छोडेर अरू सबै कुरा प्रचार गर्छन्। तिनीहरूले बाइबलको त्यो वचन पालन गरिरहेका हुँदैनन्, जसले भन्छ, ‘प्रचारकको काम गर!’

सायद तपाईं भन्नुहुन्छ होला, ‘तर मैले सुसमाचारीय सन्देश कसरी तयार गर्ने? त्यसको निम्ति मैले के गर्नुपर्छ?’ यो सन्देश त्यसैको विषयमा छ। सुसमाचारीय सन्देश कसरी प्रचार गर्नुपर्छ त्यो म तपाईंहरूलाई बताउनेछु।

एउटा सुसमाचारीय सन्देश सुसमाचारमा केन्द्रित हुन्छ। सुसमाचार सन्देश भनेको के हो? सुसमाचार प्रचार गर्नका निम्ति सुसमाचार के हो भनी तपाईंले जान्नुपर्छ। प्रेरित पावलले भने,

‘मैले तिमीहरूलाई प्रचार गरेको सुसमाचार...पवित्र धर्मशास्त्रअनुसार ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो। उहाँ गाडिनुभयो, र पवित्र धर्मशास्त्रअनुसार तेस्रो दिनमा उहाँ पुनर्जीवित हुनुभयो।’ (१ कोरिन्थी १५:१,३,४)

फेरि प्रेरित पावलले भने,

‘पापीहरूलाई उद्धार गर्न ख्रीष्ट येशू संसारमा आउनुभयो।’ (१ तिमोथी १:१५)े

सुसमाचारीय सन्देशका दुइ भाग हुन्छन्। पहिलो, मानिसको पापको समस्या; अनि दोस्रो, मानिसहरूलाई पापबाट बचाउन ख्रीष्ट मर्नुभयो।

१. पहिलो, तपाईंले व्यवस्थाको प्रचार गर्नैपर्छ- जसले मानिसहरूलाई तिनीहरूका पापी हृदयको बारेमा बताउँछ।

सुसमाचारीय सन्देशको पहिलो भागमा तपाईंले व्यवस्थाको प्रचार गर्नै पर्छ। किन कसैले येशूमा विश्वास गर्नपर्छ? के कारण छ? येशू क्रूसमा किन मर्नुभयो? धेरै वटा सन्देशले मानिसहरूलाई असल जीवन पाउन, आनन्दित हुन वा प्रेम वा मित्रता पाउन येशूमा विश्वास गर्नुपर्छ भन्दछ। तर येशू ती कुराहरू दिन क्रूसमा मर्नुभएको होइन। केही प्रवचनहरूले मानिसहरूलाई स्वर्ग जानका निम्ति येशूमा विश्वास गर्नु भन्दछ। तर यदि त्यसमा स्वर्ग जानका निम्ति तिनीहरूलाई येशूको किन खाँचो छ भनी बताइँदैन भने त्यो सुसमाचारको सन्देश होइन। बाइबलले भन्छ, ‘ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो।’ बाइबलले भन्छ, ‘ख्रीष्ट येशू पापीहरूलाई बचाउन संसारमा आउनुभयो।’

यदि मानिसहरू आफूलाई पापी महसुस गर्दैनन् भने तिनीहरू ख्रीष्टमा किन आउन पर्छ र? तिनीहरू आउँदैनन्। तिनीहरू प्रार्थना गर्न सक्छन्। तिनीहरू हात उठाउन सक्छन्। सन्देशको अन्त्यमा तिनीहरू अगाडि आउन सक्छन्। तर तिनीहरूले उद्धार पाउँदैनन्। किन? किनकि तिनीहरूले कुनै कुराबाट उद्धार पाउनु पर्ने हुँदैन।

तपाईं मानिसहरूलाई तिनीहरू पापी छन् भन्ने कुरा कसरी देखाउन सक्नुहुन्छ? तिनीहरूलाई परमेश्वरको व्यवस्था प्रचार गरेर त्यो गर्न सक्नुहुन्छ। बाइबलले भन्छ,

‘व्यवस्थालाई हाम्रो संरक्षक भई हामीलाई ख्रीष्टसम्म डोऱ्याउने जिम्मा दिइयो’(गलाती ३:२४)।

व्यवस्थाले मानिसहरूलाई तिनीहरू पापी छन् भन्ने देखाउँछ। तिनीहरू आफ्ना हृदयका पापको निम्ति कायल बनेपछि मात्र तिनीहरू ख्रीष्टमा आउन सक्छन्।

धेरै जना पास्टर व्यवस्थाको विषयमा प्रचार गर्न डराउँछन्। आयन एच. मुर्रेले यो ‘सुसमाचार प्रचारको मुख्य समस्या’ हो भनेका छन्। तिनको पुस्तक दि ओल्ड इभान्जलिकलिज्म (बेनर अफ त्रुथ, २००५, पृष्ठ ३ देखि ३७ सम्म पढ्नुहोस्) मा मुर्रेले आजको सुसमाचार प्रचार प्रभावहीन हुनुको मुख्य कारण हराएका मानिसहरूलाई कहीं चोट पुऱ्याउँछौं कि भनी हामी डराउनु नै हो भनी ठिकै भनेका छन्।

तपाईंले जे सुकै गर्नुभए पनि व्यक्तिगत पापको विरुद्ध प्रचार नगर्नुहोस्। ‘यो गर, त्यो नगर।’ पाप अझ गहिरो हुन्छ। तिनीहरू भित्रबाट पापी हुन्। तिनीहरूसँग पापी हृदय हुन्छ, जुन तिनीहरूले आदमबाट प्राप्त गरेका हुन्। त्यसैकारण दाऊदले भने, ‘साँच्चै म जन्मँदा नै पापी थिए, र मेरी आमाले मलाई गर्भधारण गरेदेखि नै म पापी थिएँ’ (भजन ५१:५)। त्यसैकारण बाइबलले भन्छ, ‘किनभने पापमय शरीरतिर लागेको मनचाहिँ परमेश्वरप्रति शत्रुता हो’ (रोमी ८:७)। यसैकारण मानिसहरूले खराब कुराहरू गर्ने गर्छन्। तिनीहरू जे हुन् त्यसैअनुसारको काम गर्छन्। ख्रीष्टले भन्नुभयो, ‘किनकि भित्रबाट, अर्थात् मानिसको हृदयबाट खराब विचार, व्यभिचार, चोरी, हत्या... निस्कन्छन्। यी सबै दुष्ट कुराहरू भित्रबाट निस्कन्छन्, र मानिसलाई अशुद्ध पार्छन्’ (मर्कूस ७:२१,२३)। मानिसहरू के गर्छन् हुन् भन्ने भन्दा तिनीहरू को हुन् भन्ने कुरा गहिरो हुन्छ। कुनै व्यक्तिले अझै असल बन्ने कोसिस गरे, एउटा बाख्रोले आफूलाई भेडा बनाउन नसकेझैं उसले पनि आफ्नो हृदयलाई परिवर्तन गर्न सक्दैन। मानिसहरूलाई ख्रीष्टियन बन्ने शिक्षा दिन सकिंदैन। तिनीहरूलाई त्यसको प्रचार गर्नुपर्छ, जुन कुरा मैले यो सन्देशमा बताएको छु। परमेश्वरले मानिसको हृदयको साथसाथै उसको कार्यको निन्दा गर्नुहुन्छ। बाइबलले भन्छ, ‘तिनीहरू सबै पापको वशमा छन्’ (रोमी ३:९)। येशूमा विश्वास गर्नुभन्दा सबै जना पापको शक्ति र दण्डको अधीनमा परेका हुन्छन्।

तपाईंले व्यवस्थाको विषयमा प्रचार गर्नै पर्छ, ता कि मानिसहरूले तिनीहरूका हृदय पापी छ भनी बुझून् र महसुस गरून्। त्यसो गर्दा प्रत्येक व्यक्तिले कुनै न कुनै प्रकारले आफू पापी भएको महसुस गर्छन्। मैले कहिल्यै कुनै त्यस्तो व्यक्ति भेटेको छैन जसले आफू सिद्ध भएको दाबी गर्दछ। एक जना व्यक्तिले प्रचारकलाई भन्यो, ‘मानिलिनुहोस्, म एक पापी हुँ, तर म तपाईंले भन्नुभएको जस्तो नराम्रो पापी होइन। मलाई लाग्छ, म राम्रै छु। म सधैं आफूले जानेसम्म असल गर्ने कोसिस गर्दछु।’ त्यो व्यक्ति उद्धार पाउनका निम्ति तयार थिएन। उद्धार पाउनुभन्दा अघि उसले आफू एक ‘खराब’ पापी हो भनी बुझ्नुपर्छ। यसकारण तपाईंले तिनीहरूका पापी हृदयको बारेमा प्रचार गर्नुपर्छ।

परमेश्वरको व्यवस्थाविना मानिसहरूले तिनीहरूलाई ख्रीष्टको सुसमाचारको आवश्यकता किन छ भनी बुझ्न सक्दैनन्। त्यसैकारण तपाईंले सुसमाचार प्रचार गर्नुभन्दा अगाडि व्यवस्थाको बारेमा प्रचार पर्नुपर्छ। बाइबलले भन्छ, ‘व्यवस्थालाई हाम्रो संरक्षक भई हामीलाई ख्रीष्टसम्म डोऱ्याउने जिम्मा दिइयो’ (गलाती ३:२४)। एक संरक्षकले जस्तै व्यवस्थाले मानिसहरूलाई ख्रीष्टको आवश्यकता देखाउँछ। पहिले व्यवस्था। त्यसपछि सुसमाचार। श्री लुथरले ठीकै कुरा भनेका छन्। यदि तपाईं सुसमाचारीय सन्देश कसरी प्रचार गर्नुपर्छ भन्ने कुरा जान्न चाहनुहुन्छ भने तिनले लेखेका कुरा ध्यान लगाएर अध्ययन गर्नुहोस्। श्री लुथरले भनेका छन्,

यदि तपाईं परिवर्तन हुनु हो भने, तपाईं विचलित हुनु आवश्यक छ, अर्थात् तपाईंको विवेक त्रासित हुनु र काँप्नु पर्छ। यस्तो अवस्था भइ सकेपछि, तपाईं आफैले गर्नुभएको कुनै कामबाट होइन, तर परमेश्वरले गर्नुभएको कामबाट तपाईंले सान्त्वना पाउनुपर्छ। उहाँले भयभीत पापीहरूलाई परमेश्वरको कृपाको घोषणा गर्न आफ्ना पुत्रलाई संसारमा पठाउनुभयो। हृदय परिवर्तन हुने तरिका यही नै हो। अरू सबै तरिका झुटा हुन् (श्री मार्टिन लुथर, टीएचडी, वाट लुथर सेस, कनकोर्डिया पब्लिसिङ हाउस, १९९४ पुनर्प्रकाशित, संख्या १०१४, पृष्ठ ३४३)।

मैले भनें, ‘तपाईंले मानिसहरूलाई व्यवस्था को प्रचार गर्नै पर्छ, ता कि तिनीहरूले आफूभित्रको पाप देख्न र महसुस गर्न सकून्।’ मैले यसो भनिनँ, ‘तपाईंले नरकको विषयमा प्रचार गर्नुपर्छ।’ निश्चय, ख्रीष्टले नरकको विषयमा कुरा गर्नुभयो। नरक एक वास्तविक स्थान हो। तर नरकको विषयमा प्रचार गर्दा तपाईं होसियार हुनुपर्छ। नरकको डर मानेर कसैले पनि उद्धार पाउन सक्दैन। तिनीहरूले असल मानिस बन्ने कोसिस गर्लान्। तिनीहरू अति धर्मी बन्लान्। तर नरकको डर मानेर कसैले पनि उद्धार पाएको छैन। ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो। नरक त पापको नतिजा मात्र हो। वास्तविक समस्या पाप हो, नरक हो। हामीले देखेका छौं, नरकको विषयमा विस्तार रूपमा सन्देश प्रचार गर्दा पनि कोही परिवर्तन भएको छैन। सुसमाचारीय सन्देशको पहिलो भागले मानिसहरूका पाप प्रकट गर्नुपर्छ, एक-एक वटा पा होइन, तर तिनीहरूका हृदयका पाप प्रकट गर्नुपर्छ।

मानिसहरूलाई तिनीहरूका पाप देखाउन तपाईंले तिनीहरूका पापी र विद्रोही हृदयको बारेमा प्रचार गर्नुपर्छ। तर तपाईंले त्यत्तिमै कुरा टुङ्ग्याउनु हुँदैन। व्यवस्थाले कसैलाई बचाउन सक्दैन। व्यवस्थाले मानिसहरूलाई तिनीहरूका हृदयको पापी अवस्था देखाउनु पर्छ। बाइबलले भन्छ, ‘व्यवस्थाको कर्मले कोही प्राणी उहाँको दृष्टिमा धर्मी ठहरिनेछैन, किनकि व्यवस्थाद्वारा नै पापको चेतना हुन्छ’ (रोमी ३:२०)। पवित्र बाइबलले भन्छ, ‘व्यवस्थाले मानिसहरूलाई बचाउन सकेन’ (रोमी ८:३)। केवल ख्रीष्ट आफैले मात्र पापीहरूको हृदय परिवर्तन गर्न सक्नुहुन्छ। ख्रीष्टको रगतले मात्र पाप पखाल्न सक्दछ। अनि यसले हामीलाई दोस्रो बुँदामा पुऱ्याउँछ।

२. दोस्रो, तपाईंले सुसमाचार प्रचार गर्नै पर्छ- त्यसले मानिसहरूलाई ख्रीष्टले तिनीहरूलाई पापबाट बचाउन के गर्नुभएको छ भनी बताउँछ।

तपाईंको सुसमाचारीय सन्देशको दोस्रो भागमा तपाईंले सुसमाचार प्रचार गर्नै पर्छ। सुसमाचार भनेको कसरी अझ असल बन्न सकिन्छ भन्ने विषयको शिक्षा होइन। सुसमाचार चर्चको वा स्वर्गको विषयमा शिक्षा होइन। सुसमाचार यो होः ‘पवित्र धर्मशास्त्रअनुसार ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो’ (१ कोरिन्थी१५:३)। सुसमाचार भनेको ‘पापीहरूलाई उद्धार गर्न येशू ख्रीष्ट संसारमा आउनुभयो’ (१ तिमोथी १:१५)।

सुसमाचार भनेको नियमहरूको पोको होइन। सुसमाचारले यो देखाउँछ कि, परमेश्वरले पापीलाई यति धेरै प्रेम गर्नुहुन्छ कि ख्रीष्ट उसका निम्ति मर्न आउनुभयो। सुसमाचार व्यवस्थाबाट बनाइएको होइन। यो विशुद्ध प्रेम र अनुग्रह हो। श्री लुथरले पनि भनेका छन्,

सुसमाचार...ले हामीले के गर्नुपर्छ वा कुन कुराबाट जोगिनुपर्छ भनी प्रचार गर्दैन। यसले कुनै शर्तहरू राख्दैन, बरु व्यवस्थाको तरिकालाई उल्टाउँछ, त्यसको ठीक विपरीत कार्य गर्दछ, र भन्छ, ‘परमेश्वरले तिम्रो निम्ति यो गर्नुभएको छ; उहाँले आफ्ना पुत्रलाई तिम्रो निम्ति देहधारी बनाउनुभएको छ, तिम्रो खातिर उहाँलाई मृत्युदण्ड दिनुभएको छ’... सुसमाचारले परमेश्वरद्वारा हामीलाई के दिइएको छ भनी सिकाउँछ, हामीले परमेश्वरका निम्ति के गर्नुपर्छ र उहाँलाई के दिनुपर्छ भन्ने सिकाउँदैन (‘हाउ क्रिश्चयन सूड रिगार्ड मोजेस,’ १५२५)।

सुसमाचारले एक पापीलाई ख्रीष्टले क्रूसमा गर्नुभएको काम र रित्तो चिहानद्वारा एउटा नयाँ हृदय, पाप क्षमा दिँदछ। येशूमा विश्वास गर्ने व्यक्ति,

‘ख्रीष्ट येशूमा भएको उद्धारबाट तिनीहरू सिंत्तैमा धर्मी ठहरिएका छन्। परमेश्वरले ख्रीष्टलाई उहाँको रगतद्वारा प्रायश्चितको बलिदान स्वरूप प्रस्तुत गर्नुभयो’ (रोमी ३:२४,२५)।

बाइबलले भन्छ, कि ‘परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ, कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो...अहिले हामी उहाँको रगतद्वारा धर्मी ठहराइएका छौं’ (रोमी ५:८)। ख्रीष्ट पापको मूल्य चुकाउन पापीको स्थानमा मर्नुभयो। यशैया भन्छन्, ‘परमप्रभुले उसमाथि हामी सबैको अधर्म हालिदिनुभएको छ’ (यशैया ५३:६)। सुसमाचार भनेको येशू ख्रीष्टद्वारा क्षमाको सित्तैंको अनुग्रह हो।

तपाईंले सुसमाचार प्रचार गर्नुहुँदा ख्रीष्टको मृत्युको मात्र प्रचार नगर्नुहोस्। ख्रीष्टको पुनरुत्थान को पनि प्रचार गर्नुहोस्। ‘पवित्र धर्मशास्त्रअनुसार तेस्रो दिन ख्रीष्ट पुनर्जीवित हुनुभयो’ (१ कोरिन्थी १५:४) भन्ने कुरा सुसमाचारको एक भाग हो। ख्रीष्टको पुनरुत्थान आवश्यक छ। बाइबलले भन्छ, ‘यदि ख्रीष्ट पुनर्जीवित पारिनुभएन भने तिमीहरूको विश्वास व्यर्थ छ’ (१ कोरिन्थी १५:१७)। ख्रीष्ट उहाँको चिहानमा नै बसिरहनुभएन। उहाँ पापीहरूलाई एउटा नयाँ हृदय दिन मरेकोबाट फेरि जीवित हुनुभयो (हेर्नुहोस्, इजकिएल ११:१९; ३६:२६,२७)।

ख्रीष्टको मृत्युको मात्र प्रचार नगर्नुहोस्। ख्रीष्टको रगतको प्रचार गर्नुहोस्। याद गर्नुहोस्, मानिसहरू ‘उहाँको रगतमा विश्वास गरेर’ (रोमी ३:२५) उद्धार पाउँछन्। हामी ‘उहाँको रगतद्वारा धर्मी ठहराइन्छौं’ (रोमी ५:९)। अनि बाइबलले भन्छ, ‘रगत नबगाईकन पापको क्षमा हुनै सक्दैन’ (हिब्रू ९:२२)। मलाई अचम्म लाग्छ, धेरै जना प्रचारकले डा. जोन मेक अर्थरलाई पछ्याउँछन्, जसले उद्धारका निम्ति ख्रीष्टको रगत चाहिँदैन र आज ख्रीष्टको रगत भन्ने कुरा छैन भनी भन्दछन्। तर इमानदार र असल पास्टरले ख्रीष्टको रगतको प्रचार गर्छन्। डा. मार्टिन लोयड जोनेसले ठिकै भनेका छन्, ‘जागृतिका अन्तरालमा (चर्च) ले त्यो रगतमा गौरव गर्दछ... हामी महापवित्र स्थानमा पस्न सक्ने तरिका एउटै मात्र छ, अनि त्यो येशूको रगतद्वारा हो’ (रिभाइभल, क्रसवे बुक्स,१९९२ संस्करण, पृष्ठ ४८)। रगतको प्रचार गर्नुहोस! ‘उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्दछ’ (१ यूहन्ना १:७)।

सुसमाचार भनेको ख्रीष्टमा परमेश्वरको अनुग्रहको सित्तैंको वरदान हो। एक पापीले आफैलाई असल बनाउन सक्दैन। पापले गर्नुपर्ने कुरा एउटै मात्र छ। उसले येशूमा विश्वास गर्नैपर्छ। ख्रीष्टको विषयमा कुनै कुरामा विश्वास गर्दा मात्र उहाँले उसलाई बचाउनुहुन्न। प्रेरित पावलले फिलिप्पीको झ्यालखानको हाकिमलाई भने, ‘प्रभु येशू ख्रीष्टमा (ग्रीक इपी=माथि, भित्र) विश्वास गर्नुहोस्, र तपाईंले उद्धार पाउनुहुनेछ’ (प्रेरित १६:३१)। यदि एक पापीले येशूमा विश्वास गऱ्यो भने ऊ बचाइनेछ। त्यस पापीले ख्रीष्टमा विश्वास मात्र गर्नुपर्छ। अरू सबै कुरा येशूले गर्नुहुन्छ। उहाँले त्यस नयाँ जन्ममा उसलाई एउटा नयाँ हृदय दिनुहुन्छ (एफिसी २:५; यूहन्ना ३:६,७) अनि उहाँले आफ्नो रगतले पापीलाई धोएर शुद्ध पार्नुहुन्छ (हिब्रू ९:१४; प्रकाश १:५ख़; ५:९ख़)। ‘उहाँमा विश्वास मात्र गर, उहाँमा विश्वास मात्र गर, अहिले उहाँमा विश्वास मात्र गर। उहाँले तिमीलाई बचाउनुहुनेछ, उहाँले तिमीलाई बचाउनुहुनेछ, अहिले उहाँले तिमीलाई बचाउनुहुनेछ’ (‘अन्ली ट्रस्ट हीम,’ जोन एच. स्टककन,१८१३-१८७७, द्वारा रचित)।

तपाईंको सन्देशको अन्त्यमा पापीहरूलाई येशूमा विश्वास गर्नका निम्ति बोलाउनुहोस्। तिनीहरूलाई अर्को कोठामा आउनका निम्ति निमन्त्रणा दिनुहोस्, जहाँ तिनीहरूसँग एकान्तमा कुराकानी गर्न सकिन्छ। तिनीहरू तपाईंसँग कुराकानी गर्दा आउँदा नै तपाईंको काम भइहाल्छ। त्यसरी ‘अगाडि आउनु’ नै येशूमा विश्वास गर्नु ने होइन। ‘हातहरू उठाउनु’ वा ‘पापीले गर्ने प्रार्थना’ गर्नु पनि येशूमा विश्वास गर्नुजस्तो होइन। येशूमा विश्वास गर्नु भनेको येशूमा विश्वास गर्नु हो- त्योभन्दा कम होइन। त्यसैले सन्देशपछि तपाईंको निमन्त्रणा स्वीकार गर्नेहरूसँग तपाईंले कुराकानी गर्नै पर्छ। त्यसैकारण पनि तपाईंले तिनीहरूका कुरा ध्यान लगाएर सुन्नुपर्छ। तिनीहरूका कुरा सुनेर तिनीहरूले विश्वास गरेका झुटा धारणा तपाईं थाहा पाउनुहुनेछ, ती धारणा सच्याउन सक्नुहुनेछ। प्रत्येक व्यक्तिसँग व्यक्तिगत रूपले कुराकानी गर्नुहोस्, र तिनीहरूलाई ख्रीष्टमा डोऱ्याउने सक्दो कोसिस गर्नुहोस्। तर यो अर्कै सन्देशको विषयवस्तु हो। तपाईंले हृदयमा हुने पापहरू र ख्रीष्टको रगतद्वारा पाइने क्षमाको बारेमा प्रचार गर्दा परमेश्वरले तपाईंलाई आशिष् देऊन्।

डा. आर. एल. हिमर्स, जुनियरले लेख्नुभएका सुसमाचारीय सन्देशहरूका निम्ति तलको वेभसाइट ठेगानामा क्लिक गर्नुहोस्। डा. हिमर्सले करिब साठी वर्षदेखि सुसमाचारीय सन्देशहरू प्रचार गर्दैआउनुभएको छ। उहाँका सुसमाचारीय सन्देशहरू पढेर तपाईं धेरै कुरा सिक्न सक्नुहुनेछ, ‘धोइएर सफा हुनुहोस्- हृदय परिवर्तनको प्रतीक, यो शीर्षकमा क्लिक गर्नुहोस् र पढ्नुहोस्। यसले तपाईंलाई सुसमाचारीय सन्देशमा व्यवस्था र सुसमाचारको प्रचार कसरी गर्नुपर्छ भन्ने कुरा देखाउँछ।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।


रूपरेखा

सुसमाचारीय सन्देश कसरी तयार गर्ने-
वास्तविक परिवर्तनका निम्ति आवश्यक बिर्सिएका सत्यताहरू

HOW TO PREPARE AN EVANGELISTIC SERMON –
FORGOTTEN TRUTHS NEEDED FOR REAL CONVERSIONS

द्वारा डा. सी. एल. केगन र डा. आर. एल. हिमर्स,जुनियरद्वारा
by Dr. C. L. Cagan and Dr. R. L. Hymers, Jr.

‘प्रचारकको काम गर, र तिम्रो सेवाको काम पूरा गर’(२ तिमोथी ४:५)
(प्रेरित २१:८; ८:५, २६-३९,४०; १ कोरिन्थी १५: १,३,४; १ तिमोथी १:१५)

१.   पहिलो, तपाईंले व्यवस्थाको प्रचार गर्नैपर्छ- जसले मानिसहरूलाई तिनीहरूका पापी हृदयको बारेमा बताउँछ। गलाती ३:२४; भजन ५१:५; यर्मिया १७:९;
रोमी ८:७; मर्कूस ७:२१,२३; रोमी ३:९,२०; ८:३

२.   दोस्रो, तपाईंले सुसमाचार प्रचार गर्नै पर्छ- त्यसले मानिसहरूलाई ख्रीष्टले तिनीहरूलाई पापबाट बचाउन के गर्नुभएको छ भनी बताउँछ। १ कोरिन्थी १५:३;
१ तिमोथी १:१५; रोमी ३:२४,२५; ५:८,९; यशैया ५३:६;
१ कोरिन्थी १५:४,१७; इजकिएल ११:१९; ३६:२६,२७; हिब्रू ९:२२;
१ यूहन्ना १:७; प्रेरित १६:३१; एफिसी २:५; यूहन्ना ३:६,७; हिब्रू ९:१४;
प्रकाश १:५ख़; ५:९ख़