Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




धोइएर शुद्ध हुनुहोस्- हृदय परिवर्तनको प्रतीक

WASH AND BE CLEAN! – THE TYPOLOGY OF CONVERSION
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

१५ अक्टुबर, २७१७७, आइतबार बिहान लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Morning, October 15, 2017

‘तिमी आफै गएर यर्दन नदीमा सात पल्ट डुबुल्की मार, र तिम्रो मासु ज्यूँका त्यूँ हुनेछ, र तिमी शुद्ध हुनेछौ’ (२ राजा ५:१०)।


यो एउटा सरल कथा हो। तर यसको अर्थ गहिरो छ। यदि तपाईंले अझैसम्म पनि उद्धार पाउनुभएको छैन भने यो ध्यान लगाएर सुन्नुहोस्। तपाईंले यसतर्फ कार्य गर्नुपर्छ। यसले तपाईंलाई साँच्चै उद्धार पाउने एक मात्र उपाय देखाउँदछ।

यो एउटा सरल कथा हो। यो हामीलाई उद्धार पाउने र एक साँचो ख्रीष्टियन बन्ने बाटो देखाउन बाइबलमा राखिएको थियो।

नामान एक ठूला मानिस थिए। तिनी सिरियाली सेनाका एक सेनापति थिए। तिनी एक साहसी योद्धा थिए। तिनलाई राजाले सम्मान गरेका थिए र तिनी एक अहंकारी मानिस थिए। तर भयानक कुष्ठरोगले तिनलाई जिउँदै खानलागेको थियो। तिनी कुष्ठरोगले मर्न लागेका थिए र त्यो कुरा तिनले जान्दथे। तिनले हरप्रकारको उपचार गराइसकेका थिए, तर कुनै उपायले पनि तिनको कुष्ठरोग निको हुन सकेको थिएन। एउटी जवान हिब्रू ठिटीले नामानको घरमा काम गर्थी। त्यसले इस्राएलमा एक जना अगमवक्ता छन्, जसले तिनको कुष्ठरोग निको पार्न सक्छन् भनी। तिनले सबै उपाय गरेका थिए, तापनि कुनै उपायले पनि तिनको बिमार निको पार्न सकेको थिएन। अन्त्यमा, नामानले यस्तो विचार गरे, ‘हुन सक्छ, त्यस अगमवक्ताले मलाई निको पार्न सक्छ।’ यो तिनको निम्ति निको हुने अन्तिम मौका थियो, त्यसकारण तिनी परमेश्वरका अगमवक्ता एलीशालाई भेट्न आए।

तर ती अगमवक्ता परमेश्वरका साँचो जन थिए। यति तिनी आफ्नो घरबाट बाहिर निस्किएर नामानका निम्ति प्रार्थना गरेका भए त्यस व्यक्तिले अगमवक्ताले नै तिनलाई निको पारे भनी सोच्नेथिए। नामानले तिनलाई निको पार्ने, अगमवक्ता होइन, तर परमेश्वर नै हुनुहुन्छ भनी जानोस् भन्ने ती अगमवक्ता चाहन्थे। यसरी नामान आफ्नो रथमा सवार भएर अगमवक्ताको घरको ढोकासम्म आए। तर अगमवक्ताले बाहिर निस्किएर तिनीसँग कुराकानी गरेनन्। बरु तिनले नामानकहाँ यो समाचार पठाए,

‘तिमी आफै गएर यर्दन नदीमा सात पल्ट डुबुल्की मार, र तिम्रो मासु ज्यूँका त्यूँ हुनेछ, र तिमी शुद्ध हुनेछौ’ (२ राजा ५:१०)।

त्यसले गर्दा नामान धेरै रिसाए। ‘किन यो अगमवक्ता मलाई भेट्न बाहिर आएन! उसले आफैलाई आखिर के सम्झन्छ?’ तिनले ती अगमवक्ता बाहिर तिनीकहाँ आउनेछन् र ‘तिनको रोग भएको ठाउँमाथि हात हल्लाएर त्यो कुष्ठरोग निको पारिदिनेछन्’ भनी सोचेका थिए। तिनले अगमवक्ता बेन्नी हिनजस्तो हुन्छ भनी सोचेका थिए। तिनले त्यस रोगमाथि एउटा ठूलो प्रदर्शन गर्नेछन् र मानिसहरूका अगाडि आफूलाई महान् विश्वासको चंगाइकर्ताको रूपमा प्रस्तुत गर्नेछन् भनी सोचेका थिए। तर ती अगमवक्ताले सारा आदर परमेश्वरलाई दिन चाहन्थे। तिनले नामानकहाँ समाचार मात्र पठाए।

‘तिमी आफै गएर यर्दन नदीमा सात पल्ट डुबुल्की मार, र तिम्रो मासु ज्यूँका त्यूँ हुनेछ, र तिमी शुद्ध हुनेछौ’ (२ राजा ५:१०)।

नामान साह्रै रिसाए। रिसको झ्वाँकमा तिनी त्यस ठाउँबाट जान लागे!

अनि नामानका नोकरले तिनलाई भन्यो, ‘यदि अगमवक्ताले तपाईंलाई कुनै ठूलो कुरा गर्नुहोस् भन्नुभएको भए के तपाईं गर्नुहुनेथिएन र? उहाँले तपाईँलाई धोएर शुद्ध हुनुहोस् भन्नुभएकोमा तपाईंले झन् कि नगर्ने?’

अनि नामानले विचार गरे, ‘ठीक छ, म अगमवक्ताले भनेझैं गर्छु।’ तिनी यर्दन नदीमा गए अनि सात पल्ट पानीमा डुबुल्की लगाए,’ र उनको मासु ज्यूँका त्यूँ भयो, जवान केटोको जस्तै भयो (२ राजा ५:१४)।

पवित्रशास्त्रको यस खण्डबाट धेरै वटा महान् सन्देशहरू प्रचारिएका छन्। ती महान् प्रचारकहरू, जस्तै स्पर्जन, ले नामानको कुष्ठरोग शुद्ध भएको घटना येशूले क्रूसमा बगाउनुहुने रगतद्वारा तपाईंका पापहरू पखालिने कुराको चित्रण हो भनी ठिकै भनेका छन्। सुन्नुहोस्, नामानको कथाले आज बिहान तपाईंले कसरी उद्धार पाउन र आफ्ना पापहरूबाट शुद्ध हुन सक्नुहुन्छ भन्ने कुरा देखाउनेछ।

१. पहिलो, तिनलाई कुष्ठरोग लागेको थियो।

‘तिनी एक कुष्ठरोगी थिए’ (२ राजा ५:१)।

तपाईं पनि त्यस्तै हुनुहुन्छ। तपाईं पापको कुष्ठरोगले भरिएको हुनुहुन्छ! त्यो पापको कुष्ठरोग पहिलो पापी मानिस, आदमबाट तपाईंकहाँ आएको छ। प्रेरित पावलले भनेका छन्,

‘एउटा मानिस (आदम)द्वारा संसारमा पाप आयो, र पापबाट मृत्यु, यसरी सबै मानिसमा मृत्यु फैलियो’ (रोमी ५:१२)।

यो बिहान तपाईंको कति राम्रो वर्णन! डा. वाट्सले तपाईंको अवस्थाको वर्णन एउटा भजनमा गरेका छन्,

प्रभु, म छु भ्रष्ट, पापमा गर्भधारण गरेको,
   जन्मेको अपवित्र र अशुद्ध
ती मानिसबाट टुसाएको जसको गल्तीले
   जाति भ्रष्ट बनाउँछ, सबमा दाग लगाउँछ।

हेर, म घोप्टिन्छु तपाईंको मुहारअगि
   मेरो एकमात्र आश्रय तपाईंको अनुग्रह
कुनै बाहिरी स्वरूपले सक्दैन बनाउन मलाई शुद्ध
   कुष्ठरोग हुन्छ भित्रतिर

(डा. आइजक वाट्स, १६७४-१७४८)

पापको कुष्ठरोग ‘तपाईंभित्र हुन्छ!’ यो बिहान त्यसले तपाईंको वर्णन गर्दछ। ‘पापको कुष्ठरोग तपाईंभित्र हुन्छ!’ प्रभु येशूले भन्नुभयो,

‘किनकि भित्रबाट, अर्थात् मानिसको हृदयबाट खराब विचार, व्यभिचार, चोरी, हत्या, परस्त्रीगमन, लोभ, दुष्टता, छल, छाडापन, ईर्ष्या, निन्दा, घमण्ड, मूर्खता निस्कन्छन्। यी सबै दुष्ट कुराहरू भित्रबाट निस्कन्छन्, र मानिसलाई अशुद्ध पार्छन्’ (मर्कूस ७:२१-२३)।

त्यो तपाईंको हृदयको तस्वीर हो, जहाँ दुष्ट विचारहरू भरिएका छन्। तपाईंको हृदय कुष्ठरोगको पापले भरिएको छ।

कुनै बाहिरी स्वरूपले सक्दैन बनाउन मलाई (तपाईंलाई) शुद्ध
   कुष्ठरोग हुन्छ भित्रतिर-

के सक्दैन र?! सक्दैन र?! मानिसले लिने निर्णयहरू वा गर्ने प्रार्थनाहरूले तपाईंलाई शुद्ध पार्न सक्दैन। तपाईंले अनुभव गर्नुहुने वा सिक्नुहुने कुनै पनि कुराले तपाईंलाई शुद्ध पार्न सक्दैन! अनि तपाईं यो जान्नुहुन्छ- जान्नुहुन्छ हैन त?

यो सत्य हो भनी तपाईं जान्नुहुन्छ। तपाईंले बाहिरी पाप गर्नुभन्दा अघि नै यो जान्नुहुन्थ्योत्यो पाप तपाईंले जानीजानी गर्नुभयो! तपाईंले के गर्दै हुनुहुन्छ भनी राम्ररी जान्नुहुन्थ्यो। त्यो गलत हो भनी जान्नुहुन्थ्यो भने त्यो किन गर्नुभयो त? तपाईंको हृदय परिवर्तन नभएको अवस्थामा तपाईं अन्धकार मन पराउनुहुन्थ्यो। पाप गर्न रमाइलो मान्नुहुन्थ्यो। पाप गर्दा तपाईंलाई खुशी लाग्दथ्यो। तपाईंलाई त्यसको स्वाद मन पर्थ्यो। त्यो गलत हो भनी जानेर पनि तपाईं त्यो मन पराउनुहुन्थ्यो। त्यसकारण तपाईं आफ्नो पापी हृदयको विषयमा सत्य कुरा सुन्न मन पराउनुहुँदैनथ्यो। मैले तपाईंको दुष्ट हृदयको बारेमा बताएको कारण तपाईं मलाई घृणा गर्नुहुन्थ्यो, हैन त? त्यसले तपाईंलाई दोष लगाउँछ र सत्य कुरा सुन्दा तपाईं विचलित बन्नुहुन्छ! त्यो कुष्ठरोग भित्र रहन्छ। तपाईंको हृदय बाङ्गिएको र भ्रष्ट भएको छ। तपाईं असल र ठीक कुरामा भन्दा पापमा रमाउनुहुन्छ। त्यो कुष्ठरोग तपाईंको अविश्वासी दुष्ट हृदयभित्र रहेको हुन्छ! त्यो मैले बनाएको होइन। मैले मेडिकल डाक्टर डा. मार्टिन लोयड जोनेसको भनाइलाई केही शब्दहरू थपेर व्याख्या गरेको हुँ, जसले तपाईंको जस्तो पापमय हृदयको बारेमा सबै कुरा जानेका थिए।

२. दोस्रो, अगमवक्ताले तिनलाई शुद्ध हुने तरिका बताउँदा तिनी रिसाए।

जब अगमवक्ताले तिनलाई ‘गएर डुबुल्की मार्नु’ भने, तब तिनी रिसाएर त्यहाँबाट गए। तिनले भने, ‘मैले सोचेको थिएँ (तिनले मेरो निम्ति प्रार्थना गर्नेछन्)।’ ‘मैले सोचेको थिएँ।’ उद्धार पाउनका निम्ति के गर्नुपर्छ भनी जान्नुहुन्छ भनी तपाईंले सोच्नुभयो। ‘मैले सोचेको थिएँ।’ तपाईंका झुटा विचारहरू हटाउनुहोस्! उद्धार पाउनका निम्ति तपाईंले सोच्नुभएका विचारहरूबाट छुटकारा पाउनुहोस्। तपाईं त्यसको विषयमा केही पनि जान्नुहुन्न। मुडीले भने,

नामानलाई अहंकार र कुष्ठरोगको बिमारी लागेको थियो। त्यो अहंकार पनि कुष्ठरोग जत्तिकै शुद्ध हुनु आवश्यक थियो। नामान तिनको अहंकारको रथबाट ओर्लनु आवश्यक थियो; पछिबाट तिनलाई भनिएझैं पखालिनुपर्थ्यो।

अनि यो बिहान तपाईंलाई यस्तै हुनुपर्छ। यदि तपाईं उद्धार पाउन चाहनुहुन्छ भने तपाईंले यही नै गर्नुपर्छ। तपाईंको ‘सोचविचार’ बाट छुटकारा पाउनुहोस्। तपाईंको अहंकारबाट र उद्धार कसरी पाइन्छ भन्ने विषयमा तपाईंका आफ्नै विचारहरूबाट छुटकारा पाउनुहोस्। तपाईंलाई भनिएझैं तपाईं धोइनु पर्छ। ‘जाऊ, र डुबुल्की मार, र तिमी शुद्ध हुनेछौ।’ एक हराएको र पापी मानिसको रूपमा येशूकहाँ आउनुहोस्। येशूकहाँ आउनुहोस् र उहाँले क्रूसमा बगाउनुभएको आफ्नो रगतले तपाईंका पापहरूबाट तपाईंलाई शुद्ध पार्नुहुनेछ! ‘उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ’ (१ यूहन्ना १:७)। ‘धोइएर शुद्ध हुनुहोस्!’ अहिले स्वयम् परमेश्वरले तपाईंलाई यो कुरा भनिरहनुभएको छ। ‘धोइएर शुद्ध हुनुहोस्!’

तर तपाईंले आफ्नो अहंकारमाथि विजय नपाउञ्जेल शुद्ध हुन सक्नुहुन्न। तपाईंको हृदय परिवर्तन हुनै पर्छ। तपाईंले पश्चात्ताप नगर्नु भइञ्जेल तपाईंलाई क्षमा गर्न सकिंदैन। तपाईंको हृदय परिवर्तन हुनै पर्छ। तपाईंलाई आफ्नो स्वार्थीपन अनुभव हुनै पर्छ। तपाईं उद्धार पाएको महसुस गर्न चाहनुहुन्छ। तपाईं आफूले उद्धार पाएको निश्चयता पाउन चाहनुहुन्छ। तर तपाईं जो हुनुहुन्छ, त्यसबाट परिवर्तन हुन चाहनुहुन्न। तपाईं उद्धार पाउन चाहनुहुन्छ त्यसकारण तपाईं स्वार्थी बनेर जिइरहन सक्नुहुन्न।

परिवर्तनले हामीलाई हृदय पूर्ण रूपले परिवर्तन भएको कुरा बताउँछ। तपाईंको आफ्नै स्वभाव गलत छ। तपाईंको आफ्नै हृदय गलत छ। तपाईंको स्वभाव भित्रैबाट कुहेको छ। तपाईंभित्रको परिवर्तन यति पूर्ण हुनुपर्छ कि, तपाईं आफ्नै निम्ति मर्नुपर्छ र पूर्ण नयाँ जीवनका निम्ति फेरि नयाँ गरी जन्मनुपर्छ, जुन जीवन आफैलाई होइन, तर परमेश्वरलाई प्रसन्न तुल्याउने कुरामा केन्द्रित हुन्छ। केही पापहरू त्यागेर मात्र कुनै फाइदा हुँदैन। चर्चमा गएर वा प्रार्थना गरेर मात्र केही खास फाइदा हुँदैन। तपाईंले एउटा नयाँ स्वभाव, एक पूर्ण रूपले नयाँ जीवन प्राप्त गर्नैपर्छ।

जोन केगनले हृदय परिवर्तनका निम्ति गरेका संघर्षको कुरा सुन्नुहोस्। ‘म जस्तो थिएँ, त्यससँग म विरक्त भइसकेको थिएँ। मेरो पापले मलाई दोषी ठहराए पनि मसँग अझै पनि येशू हुनुहुन्थेन। मैले उद्धार पाउने कोसिस गरिरहेको थिएँ। मैले ख्रीष्टमा विश्वास गर्ने कोसिस गरिरहेको थिएँ र म सक्दिनँ थिएँ। मैले ख्रीष्टियन बन्ने निर्णय निर्णय गर्न सकिरहेको थिइनँ। त्यसले मलाई असहाय बनायो। मेरो पापले मलाई नरकतिर धकेलिरहेको महसुस गरिरहेको थिएँ, तापनि मेरो हठीपनले मलाई रुनबाट रोकिरहेको म महसुस गर्न सक्थें। म त्यो संघर्षमा फसेको थिएँ।’

यो बिहान के तपाईंले त्यस्तो केही अनुभव गर्नुहुन्छ? यदि गर्नुहुन्छ भने तपाईं किन त्यस्तो हुनुहुन्छ? किनकि तपाईं आफ्नो हृदय परिवर्तन नगरी उद्धार पाउन चाहनुहुन्छ। तपाईंको हृदय परिवर्तन नभई हामीले तपाईंलाई एक ख्रीष्टियनको रूपमा स्वीकार गरेको तपाईं चाहनुहुन्छ। तर त्यो सम्भव छैन! तपाईं नयाँ गरी जन्मनै पर्छ। तपाईंमा त्यस्तो हृदय हुनुपर्छ, जसले आफ्नै जीवनलाई भन्दा बढी परमेश्वरलाई प्रेम गर्दछ। तपाईंले पश्चात्ताप गर्नै पर्छ। तपाईं जस्तो हुनुहुन्छ, त्यसलाई तपाईंले घृणा गर्नै पर्छ! तपाईंले आफ्नो अहंकार त्याग्नुपर्छ नत्र तपाईं आफ्नो पापमा मर्नुहुनेछ। तपाईंको हृदय पापको कुष्ठरोगको वशमा परेको छ। ज्याक गानले भने, ‘परमेश्वरले तपाईंलाई आफैलाई घृणा गर्ने बनाउनै पर्छ।’

कुनै बाहिरी स्वरूपले सक्दैन बनाउन मलाई (तपाईंलाई) शुद्ध
     कुष्ठरोग हुन्छ भित्रतिर

श्री मुडीले ठिकै भनेका छन्,

नामानमा रोग थियो- अहंकार र कुष्ठरोग। त्यो कुष्ठरोगजस्तै अंहकराबाट पनि शुद्ध हुनु आवश्यक थियो। नामान तिनको अहंकारको रथबाट ओर्लनुपर्थ्यो; त्यसपछि तिनलाई भनिएझैं तिनले डुबुल्की लगाउनु पर्थ्यो।

श्री जोन केगनले भने, ‘मैले आफैलाई कुनै कुरामा लगाइराख्न सक्दिनँथें। मैले येशूलाई पाउन परकेो थियो। त्यो क्षणदेखि मैले येशूको विरोध गर्न छाडेँ। मैले उहाँमाथि भरोसा गर्नु मात्र पर्छ भन्ने स्पष्ट भयो, मेरो जीवन मेरो हुन छोडेको र त्यो ख्रीष्ट मात्र भएको म सम्झन सक्छु...म मेरो पापबाट फर्किएँ, र येशूलाई मात्र हेरें।...येशूले त्यो (मेरो हृदयका पापहरू) हटाउनुभयो र त्यसको सट्टामा मलाई उहाँको प्रेम दिनुभयो।... येशूले मेरा सबै पाप पखालिदिनुभयो। उहाँले मलाई एउटा नयाँ जीवन दिनुभयो।’

जुन क्षण तपाईं परमेश्वरका पुत्र येशूमा विश्वास गर्नुहुन्छ,‘उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्दछʼ (१ यूहन्ना १:७)। सबै पाप! सबै पाप चाहे त्यो तपाईंको हृदयको पाप होस् वा तपाईं आफैले गर्नुभएको पाप- सबै पाप येशूको रगतले धोइनुपर्छ- र परमेश्वरका पुत्र येशूको रगतद्वरा मात्र धोइनुपर्छ। तपाईंलाई शुद्ध बनाउन उहाँले क्रूसमा आफ्नो रगत बगाउनुभयो। उहाँले त्यसो किन गर्नुभयो? किनकि उहाँ तपाईंलाई प्रेम गर्नुहुन्छ। उहाँले तपाईंलाई उहाँको आफ्नो रगतले शुद्ध पार्न चाहनुहुन्छ!

धुन सक्छ के ले मेरो पाप?
अरू होइन मात्र येशूको रगतले;
बनाउँछ के ले मलाई फेरि स्वास्थ्य?
अरू होइन मात्र येशूको रगतले;
अहो! त्यो बगाई कति मूल्यवान्
बनाउँछ मलाई हिउँभन्दा सेतो;
जान्दिनँ अरू कुनै मुहान म,
अरू होइन मात्र येशूको रगतले
(‘अरू होइन मात्र येशूको रगत,’रोबर्ट लोरी, १८२६-१८९९)।

तपाईं यो पापको पछि लाग्नुभएको धेरै भइसक्यो। तपाईं श्री जोन केगजस्तै बचाइन चाहनुहुन्छ। तपाईं तिनीजस्तै बन्ने इच्छा गर्नुहुन्छ। तर त्यो असम्भव छ भनी तपाईंले सोच्नुभयो। तपाईंले आफूलाई अति अनौठो ठान्नुभयो। तपाईंले आफूलाई अतिनै पापी ठान्नुभयो। तपाईं आशारहित हुनुहुन्छ भनी सोच्नुभयो। तर तपाईं गलत हुनुहुन्थ्यो। येशूले तपाईंलाई प्रेम गर्नुहुन्छ। तपाईंले चिन्नुभएको कुनै पनि व्यक्तिले भन्दा बढी उहाँले तपाईंलाई प्रेम गर्नुहुन्छ। ती मानिसहरूले तपाईंको हृदयका पापहरू थाहा पाए भने तपाईंलाई प्रेम गर्ने छैनन्। तर तपाईं जस्तै हुनुभए पनि येशूले तपाईंलाई प्रेम गर्नुहुन्छ। येशू भन्नुहुन्छ, ‘मकहाँ आओ, र मेरो रगतद्वारा शुद्ध होओ।’ येशू भन्नुहुन्छ अनि ।’ उहाँले यति मात्र भन्नुहुन्छ कि, तपाईंले आफ्नो अहंकार त्यागेर उहाँमाथि विश्वास गर्नुपर्छ। अनि कुनै दिन तपाईं स्वर्गमा यसरी गाउनुहुनेछ, बाट

हामीलाई प्रेम गर्नुहुने र आफ्नो रगतले हामीलाई हाम्रा पापबाट स्वतन्त्र पार्नुहुनेलाई...। (प्रकाश १:५)

‘धोइएर शुद्ध हुनु।’ श्रीमान् ग्रिफिथ, कृपया, यहाँ आएर ‘हो, म जान्दछु’ भन्ने भजन गाउनुहोस्।

अनि यदि तपाईं शुद्ध हुन चाहनुहुन्छ भने कृपया यहाँ अघिल्तिर आउनुहोस्, हामी येशूमा विश्वास गर्ने सम्बन्धमा तपाईंसँग कुराकानी गर्नेछौं।

डा. चान कृपया, यहाँ आएर प्रार्थना गर्नुहोस्, र यसपछि हामीले खान लागेको भोजनका निम्ति निम्ति धन्यवाद चढाउनुहोस्। आमेन्।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
('यस आइ नो,' एन्ना डब्लु. वटरमेनद्वारा रचित, १९२०)


रूपरेखा

धोइएर शुद्ध हुनुहोस्- हृदय परिवर्तनको प्रतीक

WASH AND BE CLEAN! – THE TYPOLOGY OF CONVERSION

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

‘तिमी आफै गएर यर्दन नदीमा सात पल्ट डुबुल्की मार, र तिम्रो मासु ज्यूँका त्यूँ हुनेछ, र तिमी शुद्ध हुनेछौ’ (२ राजा ५:१०)।

(२ राजा ५:१४)

१. पहिलो, तिनलाई कुष्ठरोग लागेको थियो।
(२ राजा ५:१; रोमी ५:१२; मर्कूस ७:२१-२३)

२. दोस्रो, अगमवक्ताले तिनलाई शुद्ध हुने तरिका बताउँदा तिनी रिसाए।
(१ यूहन्ना १:७; प्रकाश १:५)।