Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




नयाँ विश्वासीहरूका निम्ति सात वटा बुँदा

SEVEN POINTS FOR NEW CONVERTS
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

७ अक्टुबर, २०१७, शनिबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Saturday Evening, October 7, 2017

‘चेलाहरूका आत्मालाई सुदृढ् गराउँदै उनीहरूलाई विश्वासमा रहिरहने अर्ती दिेए, र धेरै कष्ट सहेर हामी परमेश्वरको राज्यमा प्रवेश गर्नुपर्छ भनी उनीहरूलाई भने।’ (प्रेरित १४:२२)


दि एप्लाइड न्यू टेस्टामेन्ट कमेन्टेरी ले यो पदको विषयमा यसो भन्छ,

एउटा स्थानमा एकचोटि मात्र सुसमाचार प्रचार गर्नु पर्याप्त हुँदैन। नयाँ विश्वासीहरूलाई तिनीहरूका विश्वासमा स्थिर गराउन शिक्षा दिनु पनि आवश्यक हुन्छ। अनि पावल र बारनाबासले ठीक यस्तै काम गरे। तिनीहरूले परमेश्वरको राज्यमा प्रवेश गर्नका निम्ति हामीले कठिनाइ (दबाब, दुःख-कष्ट) हरू सहनु पर्छ भनी नयाँ विश्वासीहरूलाई चेताउनी दिए।

प्रेरित पावलले भने, ‘हामीले सह्यौं भने हामी पनि उहाँसँगै राज्य गर्नेछौं’ (२ तिमोथी २:१२)। यसको अर्थ हो, साँचो रूपले समर्पित एक ख्रीष्टियनले ख्रीष्टको आउन लागेको राज्यमा उहाँसँग राज्यका निम्ति ख्रीष्टियन जीवनका दबाबहरू सहनु नै पर्छ। ‘ख्रीष्ट येशूका असल सिपाहीझैं दुःख-भोगमा हामीसँग सहभागी होओ’ (२ तिमोथी २:३)।

१. पहिला, तपाईंले केही कठिनाइ सहनै पर्छ।

तपाईंले जान्न पर्ने पहिलो कुरा यही नै हो। तपाईं स्वर्ग गइहाल्नका निम्ति मात्र उद्धार पाउनुहुन्न। तपाईंले उद्धार पाउनुभएपछि, ‘ख्रीष्टको असल सिपाहीलेजस्तै दुःख भोग्नुपर्छ।... यदि हामीले सह्यौं भने हामी उहाँसँग राज्य पनि गर्नेछौं’ (२ तिमोथी २:३,१२)। म चिनियाँ चर्चमा जानुभन्दा अगाडि मलाई यो कुरा सिकाइएन। म त ख्रीष्टमा विश्वास गर्ने साथै स्वर्ग गइन्छ भनी विचार गर्दथें। डा. तिमोथीले मलाई ख्रीष्टको राज्यमा उहाँसँग राज्य गर्नका निम्ति म एक विजयी ख्रीष्टियन हुनुपर्छ भनी सिकाउनुभयो। ‘जसले जित्छ,र मेरा कामहरूलाई आखिरसम्मै कायम राख्छ, त्यसलाई म जाति-जातिमाथि अधिकार दिनेछु’ ( प्रकाश २:२६)। मुस्लिम संसार र चीन देशका ख्रीष्टियनहरूले ख्रीष्टसँग उहाँको राज्यमा राज्य गर्नका निम्ति कठिनाइहरू कसरी सहनुपर्छ भनी जान्दछन्। जसरी हाम्रो सुरुको बाइबल पदले भन्छ, ‘धेरै कष्ट सहेर हामी परमेश्वरको राज्यमा प्रवेश गर्नुपर्छ’(प्रेरित १४:२२)। प्रेरित पावलले नयाँ ख्रीष्टियनहरूलाई तिनीहरूले ख्रीष्टको आउने राज्यमा उहाँसँग राज्य गर्नका निम्ति तिनीहरू धेरै वटा कठिनाइ (थिलिपसिस्- दबाब, चापहरू) हरूबाट भएर जानुपर्छ भनी शिक्षा दिए। यदि तपाईंहरूले पनि यो जागृति सेवामा प्रभुमा विश्वास गर्नुभएको हो भने त्यसै गर्नुपर्छ। डा. वाट्सका प्रसिद्ध भजनले हाम्रो भजनको पुस्तकमा करिब तीन सय वर्षदेखि यही कुरा सिकाएको छ!

लगिन्छु कि म आकाशमा फूलको आरामदायी ओछ्यानमा,
अरू लड्छन् पुरस्कार जित्न, रगतको समुद्र पार गरी?
म लड्नै पर्छ, राज्य गर्नलाई, प्रभु बढाउनुहोस् मेरो साहस,
परिश्रम गर्छु, कष्ट सहन्छु, तपाईंको वचनको सहयोगमा।
(‘एम आई अ सोल्जर अफ द क्रस?’ डा. आइजक वाट्स-१६७४-१७४८- द्वारा रचित)

२. दोस्रो, तपाईंसँग बाइबल हुनैपर्छ र त्यो पढ्नुपर्छ।

‘सम्पूर्ण पवित्र-शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालिम दिनलाई लाभदायक हुन्छ। ताकि परमेश्वरको जन हरेक सुकर्ममा पूर्ण रूपले सुसज्जित भई सिद्ध भएको होस्।’ (२ तिमोथी ३:१६,१७)

तपाईंले नेपाली बाइबल किन्नुभयो भने राम्रो हुन्छ, किनकि हामीले पृष्ठ संख्या बताउँदा तपाईंले त्यो खोल्न सक्नुहुन्छ। तपाईंले यी प्रवचनहरूका छापिएका प्रतिलिपिहरू घरमा लगेर हप्ताभरि ती पढ्न र अध्ययन गर्न सक्नुहुन्छ। तपाईं कुनै रेडियो वा टेलिभिजन प्रचारकको प्रचार नसुन्नुहोस्। तिनीहरूमध्ये धेरै जना झुटा शिक्षक हुन्। डा. जे. भर्नोन मेकजीबाहेक अरू कसैको प्रचार नसुन्नुहोस्। तपाईं दिन वा रातको कुनै पनि समय www.ttb.org or www.thrutheBible.org मा उनको दैनिक बाइबल अध्ययनहरू सुन्न सक्नुहुन्छ। डा. मेकजी लामो समयसम्म लस एन्जलस डाउनटाउन, ५५० साउथ होप स्ट्रीटको ओपन डोर चर्चका पास्टर रहेका थिए। उनी प्रायः आजका गल्ती र झुटा शिक्षाहरूबाट जोगिएका छन्। रेडियो वा टेलिभिजनका बाइबल शिक्षकहरूमध्ये मैले विश्वास गरेको उनी मात्र हुन्। रेडियोमा डा. मेकजीको कार्यक्रमपछि प्रसारण हुने एउटा कार्यक्रम सुनेर हाम्रा मानिसहरू भाँडिएका थिए। (सबै गैरअंग्रेजी भाषाका अनुवादहरू यो वेबसाइट ठेगानामा पाउन सकिन्छः www.ttb.org/global-reach/regions-languages)।

प्रत्येक दिन बाइबल पढ्नुहोस्। ‘तपाईंको विरुद्धमा पाप नगरूँ भनेर, तपाईंको वचन मैले मेरो हृदयमा सुरक्षित राखेको छु’ (भजन ११९:११)।

३. तेस्रो, तपाईंको बिदाको समयमा बाहेक अन् चर्चहरूमा नजानुहोस्।

हामी यस्तो समयमा जिइरहेका छौं, जुनबेला चर्चमा धेरै मानिसले विश्वास त्याग गरिरहेका छन्। तिनीहरूबाट टाढा रहनुहोस्।

‘धेरै झुटा अगमवक्ताहरू खडा हुनेछन्, र धेरैलाई बहकाउनेछन्। दुष्टता बढेको हुनाले धेरैको प्रेम सेलाएर जानेछ।’ (मत्ती २४:११,१२)

हामी तपाईंहरूलाई अरू चर्चमा जाने सल्लाह दिन सक्दैनौं। कहिलेकहीं त ब्याप्टिस्ट चर्चहरूले पनि ‘निर्णयवाद’ र अरू झुटा शिक्षालाई प्रोत्साहन दिन्छन्।

४. चौथो, प्रत्येक आइतबार बिहान र शनिबार बेलुकी यो चर्चमा आउनुहोस्। साथै बिहिबार बेलुकी हुने हाम्रो प्रार्थना सेवा र हरेक हप्ता हुने सुसमाचार प्रचारको सेवामा पनि आउनुहोस्।

५. पाँचौं, पास्टर र सह-पास्टरसँग परिचय गर्नहोस्।

तपाईं डा. हिमर्सलाई फोन गरेर कुनै पनि बेला उहाँलाई प्रश्नहरू गर्न सक्नुहुन्छ- वा यहाँ चर्चमा उहाँसँग भेट्न सक्नुहुन्छ।

‘आफ्ना अगुवाहरूको सम्झना राख, जसले परमेश्वरको वचन तिमीहरूलाई सुनाए। तिनीहरूका जीवनको परिणामलाई ध्यान देओ, र तिनीहरूका विश्वासको अनुकरण गर।’ (हिब्रू १३:७)

‘तिमीहरूका अगुवाहरूको आज्ञापालन गर, र तिनीहरूका अधीनमा बस। किनकि लेखा दिनुपर्छ भन्ने कुरा जानेर नै तिनीहरूले तिमीहरूका प्राणको हेरचाह गर्छन्। यो काम तिनीहरूले आनन्दसाथ गरून्। दुःख मानेर होइन,, नत्रता त्यसबाट तिमीहरूलाई कुनै लाभ हुँदैन।’ (हिब्रू १३:१७)

‘शासन गर्ने’ शब्दलाई ‘तिमीहरूका अगुवाहरू’ भनेर पनि अनुवाद गर्न सकिन्छ। द रिफर्मेसन स्टडी बाइबल ले हिब्रू १३:१७ लाई यसरी भन्दछ,’विश्वासयोग्य चर्चका अगुवाहरू विश्वासयोग्य गोठालाहरू हुन्।’ ती अगुवा (पास्टर) हरूको गर्ने वास्ता गहिरो र साँचो हुन्छ, किनकि तिनीहरू परमेश्वरद्वारा नियुक्त गरिएका हुन्छन् र तिनीहरूले उहाँलाई हिसाब दिनेछन्। यदि तिनीहरूका सेवकाइको विरोध गरियो भने सबैले कष्ट भोग्नुपर्ने हुन्छ। त्यो पास्टर डा. हिमर्स हुन्। तपाईं (818)352-0452 नेम्बरमा उहाँलाई फोन गर्न सक्नुहुन्छ। सह पास्टर डा. केगन हुन्। तपाईं उनलाई (323)735-3320 नम्बरमा फोन गर्न सक्नुहुन्छ।

६. छैटौं, आत्मा जित्ने कार्यलाई तपाईंको जीवनमा पहिलो प्राथमिकता बनाउनुहोस्।

मानिसहरूलाई सुसमाचार सुन्न ल्याउनका निम्ति कठोर परिश्रम नगरी कोही पनि एक असल ख्रीष्टियन बन्न सक्दैन। येशूले भन्नुभयो, ‘मानिसहरूलाई भित्र आउन कर लगा, र मेरो घर भरिओस्’ (लूका १४:२३)। गर्न

७. सातौं, प्रार्थना गर्ने साना झुन्डहरूमध्ये एउटामा सामेल हुनुहोस्।

तपाईंको निम्ति कुन झुन्ड उत्तम हुन्छ सो श्रीमती हिमर्स वा डा. केगनलाई सोध्नुहोस्। हरेक हप्ता तपाईंको प्रार्थना झुन्डसँग भेला हुनुहोस्।

‘किनकि जहाँ दुइ कि तीन जना मेरो नाउँमा भेला हुन्छन्, त्यहाँ म तिनीहरूका माझमा हुनेछु।’ (मत्ती १८:२०)

यदि तपाईंले उद्धार पाउनुभएको छैन भने, हामी तपाईंसँग आग्रह गर्दछौं, आफ्ना पापहरूका निम्ति पश्चात्ताप गरी येशू ख्रीष्टमा विश्वास गर्नुहोस्। जब तपाईं पश्चात्ताप गरी उहाँमाथि विश्वास गर्नुहुन्छ, उहाँको रगतले तपाईंलाई सबै पापबाट शुद्ध पार्दछ।

‘उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्दछ।’ (१ यूहन्ना १:७)

कृपया, डा. केगनलाई भेट्नुहोस् र यदि तपाईंले उद्धार पाउनुभएको छ भनी सोच्नुहुन्छ भने तपाईंको गवाही उनलाई सुनाउनुहोस्। उनको फोन नम्बर होः (323)735-3320.

आमेन्।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
(‘एम आई अ सोल्जर अफ द क्रस?’ डा. आइजक वाट्स-१६७४-१७४८- द्वारा रचित)


रूपरेखा

नयाँ विश्वासीहरूका निम्ति सात वटा बुँदा

SEVEN POINTS FOR NEW CONVERTS

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

‘चेलाहरूका आत्मालाई सुदृढ् गराउँदै उनीहरूलाई विश्वासमा रहिरहने अर्ती दिेए, र धेरै कष्ट सहेर हामी परमेश्वरको राज्यमा प्रवेश गर्नुपर्छ भनी उनीहरूलाई भने।’ (प्रेरित १४:२२)

(२ तिमोथी २:१२,३)

१. पहिला, तपाईंले केही कठिनाइ सहनै पर्छ। २ तिमोथी २:३; प्रकाश २:२६.

२. दोस्रो, तपाईंसँग बाइबल हुनैपर्छ र त्यो पढ्नुपर्छ। २ तिमोथी ३:१६,१७;
भजन ११९:११

३. तेस्रो, तपाईंको बिदाको समयमा बाहेक अन्य चर्चहरूमा नजानुहोस्।
मत्ती २४:११,१२

४. चौथो, प्रत्येक आइतबार बिहान र शनिबार बेलुकी यो चर्चमा आउनुहोस्। साथै बिहिबार बेलुकी हुने हाम्रो प्रार्थना सेवा र हरेक हप्ता हुने सुसमाचार प्रचारको सेवामा पनि आउनुहोस्।

५. पाँचौं, पास्टर र सह-पास्टरसँग परिचय गर्नहोस्। हिब्रू १३:७,१७

६. छैटौं, आत्मा जित्ने कार्यलाई तपाईंको जीवनमा पहिलो प्राथमिकता बनाउनुहोस्।
लूका १४:२३

७. सातौं, प्रार्थना गर्ने साना झुन्डहरूमध्ये एउटामा सामेल हुनुहोस्।
मत्ती १८:२०; १ यूहन्ना १:७