Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




येशूलाई हेर्नु

LOOKING UNTO JESUS
(Nepali)

द्वारा डा. आर.एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

११ जून, २०१७, आइतबार बिहान लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Morning, June 11, 2017

‘हाम्रा विश्वास सुरु गर्नुहुने र पूरा गर्नुहुने येशूलाई हेरौं जसले उहाँको सामुन्ने राखिदिएका आनन्दका निम्ति अपमानलाई केहीजस्तो नठानी क्रूसको कष्ट भोग्नुभयो, र परमेश्वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ’ (हिब्रू १२:२)


यो पदले ख्रीष्टको असल समाचारको बारेमा बताउँछ। ख्रीष्टियन विश्वास के हो भन्ने सम्बन्धमा भनिएको योभन्दा अझ स्पष्ट भनाइ सम्पूर्ण बाइबलमा अर्को छ भनी म सोच्न सक्दिनँ।

अब तपाईंहरूले यो सन्देश खूबै ध्यान लगाएर सुन्नुपर्छ, किनकि म यो पद अलग्गै निकालेर मैले सकेसम्म होसियारीसाथ यसको अर्थ बताउनेछु। यो पदले तपाईंको हृदयको ढोका खोलोस्, अहिले अन्धकार र अलमल्ल भएको ठाउँमा ख्रीष्टको ज्योति चम्कोस्।

एक जना व्यक्ति चर्च जाने गरे पनि उ अझै अन्धकारमा नै हुन सक्छ। एक जना व्यक्तिमा बाइबलको धेरै ज्ञान भए पनि उ अझै अलमल्ल परेको हुन सक्छ, तिनीहरूले जे पढछन् ती नबुझ्न सक्छन्। मेरो प्रार्थना छ, कि मैले प्रचार रहिरहँदा परमेश्वर आफैले तपाईंहरूको ‘समझको आँखा खोलिदेऊन्’ (एफिसी १:१८)। परमेश्वरले त्यसो गर्नुभएपछि मात्र तपाईंहरू यो पदमा भएका केही कुराहरू बुझ्न सक्नुहुन्छ।

यो पदले हामीलाई तीनवटा मुख्य कुरा बताउँछः


१. येशूले तपाईंको निम्ति के गर्नुभयो?

२. येशूले तपाईंको निम्ति त्यो किन गर्नुभयो?

३. तपाईं यसबाट फाइदा कसरी पाउनुहुन्छ?

१. पहिलो, येशूले तपाईंका निम्ति के गर्नुभयो?

‘... येशूलाई हेरौं जसले ... निम्ति अपमानलाई केहीजस्तो नठानी क्रूसको कष्ट भोग्नुभयो (हिब्रू १२:२)

‘भोग्नुभयो’ का निम्ति प्रयोग गरिएको ग्रीक शब्दको अर्थ ‘धैर्यपूर्वक दुःखबाट भएर जानुभयो’ भन्ने हुन्छ (स्ट्र्ङस्)। तपाईंको प्राणलाई पापको दण्डबाट बचाउन येशूले धैर्यसाथ ठूलो कष्ट र सतावट सहनुभयो। जसरी श्री पुलिले भनेका छन्ः

(ख्रीष्टले) क्रूसको कष्ट त्यसका साथमा हुने सबै दुःखहरूसहित सहनुभयो, उहाँको प्राणमा दुःख थियो, उहाँको शरीरमा कुटेको, काँढाले घोचेको, उहाँको शरीरको मासु काटिएको, उहाँका हात र गोडाहरूका कीलाले पारेका प्वालहरूको ठूलो पीडा थियो, त्यसको साथमा उहाँलाई पीडा दिन सक्ने शैतान वा मानिसहरूका दुर्भावना वा क्रोधले गर्न सक्ने सबै खराबी पनि सहनुभयो, उहाँ आफ्नो बोझले न थकित हुनुहुन्थ्यो, न त त्यसको कारण डराउनु वा अचेत नै हुनुभयो। त्यस अजेय दीनता र धैर्यपूर्ण दृढतासहित उहाँले ती सबै सहनुभयो, जुन उहाँको बारेमा अघिबाटै बताइएको थियो (यशैया ५३ मा)! (मेथ्यू पुलि, हिब्रू १२:२ माथिको टिप्पणी)।

अनि ख्रीष्ट ‘अपमानलाई केहीजस्तो नठानी’ क्रूसमा टाँगिनुभयो (हिब्रू १२:२)। ‘केहीजस्तो नठान्नु’ को अर्थ ‘हलुका सम्झनु’ वा ‘तुच्छ ठान्नु’ हो (भाइनको)। उहाँले भोग्नुभएको दुःखलाई येशूले सानो कुरा सम्झनुभयो, किनकि उहाँले तपाईंहरूलाई बचाउने र परमेश्वरको महिमा गर्ने कुरा सोचिरहनुभएको थियो। ‘अपमानलाई केहीजस्तो नठानी।’ यहाँ अपमानको अर्थ ‘बदनाम’ हो (स्ट्रङ्स्)। तपाईंहरूलाई पापको दण्डबाट बचाउन येशू लज्जित हुनु परेको थियो। त्यो अन्तिम न्यायको बेला तपाईं लज्जित हुन नपरोस् भनी उहाँ तपाईंको बदली लज्जित हुन पऱ्यो।

येशू कुटाइ खाएर पनि लज्जित हुनुभयो। उहाँ थुकिएर, उहाँको दाह्री लुछिएर लज्जित हुनुभयो। क्रोधित भीड् ‘त्यसलाई क्रूसमा टाँगियोस्! त्यसलाई क्रूसमा टाँगियोस्!’ भनी कराएको कारण उहाँ लज्जित हुनुभयो। उहाँका सबै वस्त्र फुकालिएर अनि उहाँ नाङ्गै क्रूसमा टाँगिनु भएर उहाँ लज्जित हुनुभयो।

उहाँ तपाईंहरूको स्थानमा बदनाम, लज्जित हुनुभयो।

‘किनकि ख्रीष्ट...पापहरूका निम्ति सदाका लागि एकचोटि मर्नुभयो- धर्मी जन अधर्मीहरूका निम्ति’ (१ पत्रुस ३:१८)।

‘परमप्रभुले उसमाथि हामी सबैका अधर्म हालिदिनुभएको छ’ (यशैया ५३:६)।

तपाईंहरूले आफ्ना पापका निम्ति जुन दण्ड पाउनुपर्थ्यो त्यो येशूले भोग्नुभयो। येशूलाई तपाईंको बदलीमा दण्ड दिइयो।

येशू तपाईंको बदली लज्जित हुनुभयो। अनि त्यो अन्तिम न्यायको समयमा तपाईंहरूले गर्नुभएका हरेक पाप परमेश्वरले पढेर सुनाउनुहुनेछ। त्यसले सारा संसारको अगि तपाईंलाई लज्जित बनाउनेछ। तर यदि तपाईं ख्रीष्टमा विश्वास गर्नुहुन्छ भने उहाँ तपाईंको बदली लज्जित हुनुभएको छ। तपाईं आफ्नो पापको कारण नाङ्गै उभिनुपर्ने थियो, तर यदि तपाईं येशूमा विश्वास गर्नुहुन्छ भने उहाँ क्रूसमा तपाईंको बदली नाङ्गै झुन्डिनुभयो।

पवित्र बाइबलले क्रूसमा येशू ख्रीष्टले ‘प्रतिनिधि बनेर प्रायश्चित’ गर्नुभएको शिक्षा दिँदछ! डा. पी. बी. फिजवाटर भन्छन्ः

‘उहाँको प्रायश्चित प्रतिनिधिस्वरूप गरिएको थियो, जसको अर्थ हो, अर्को व्यक्तिको पक्षमा, वा उसको प्रतिनिधित्व गर्दै (क्रिश्चियन थिअलजी, एर्डमन्स, १९४८, पृष्ठ ४२६)।

अंग्रेजी शब्द ‘भिकारिअस’ को अर्थ ‘एउटा व्यक्तिको स्थान अर्कोले लिएको’ भन्ने हुन्छ (वेबस्टर्स न्यू कलेजियट डिक्सनेरी, १९६०)।

अनि ख्रीष्टले पनि तपाईंका निम्ति ठीक त्यस्तै गर्नुभएको छ! ‘एउटा व्यक्ति (तपाईं) को स्थान अर्को व्यक्ति (ख्रीष्ट) ले लिनुभयो।’ तपाईंले आफ्ना पापका निम्ति पाउनु पर्ने दण्ड उहाँले भोग्नुभयो

बाइबलले भन्छ,

‘ख्रीष्ट धेरै जनाका पाप बोक्नलाई एकै पल्ट बलि हुनुभयो (हिब्रू ९:२८)।

‘धर्मशास्त्रअनुसार ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो (१ कोरिन्थी १५:३)

तपाईंले पाप गरेको कारण जुन मूल्य चुकाउनु पर्थ्यो, त्यो मूल्य ख्रीष्टले तिर्नुभयो। उहाँले दाम तिर्नुभयो।

मेरा झड्केला बा एक रूखो व्यवहारका वृद्ध नाविक थिए। तिनले एकचोटि एक जना पुलिसलाई पछिल्तिरबाट चाकमा लात्तीले हाने। उनीहरूले तिनलाई झ्यालखानमा हाले। आधी रातमा मेरी आमाले एड गल्लिकलाई फोन गरिन् र तिनलाई धरौटी तिरेर निकाल्नु भनिन्। एड झ्यालखानमा गए र धरौटी तिरे। पुलिसले तिनलाई रिहा गरे। झ्यालखानबाट बाहिर निस्कँदा तिनले एडलाई देखे, र भने, ‘तिमी यहाँ के गर्दैछौ?’

यसले मलाई येशूले गर्नुभएको कामको स्मरण गराउँछ। तपाईंले आफ्ना पापका निम्ति नरकमा दण्ड भोग्न नपरोस् भनी उहाँले तपाईंलाई धरौटी तिरेर निकाल्नुभयो। हामी क्रूसमा हेर्दै यसो भन्छौं, ‘तपाईं यहाँ के गर्दै हुनुहुन्छ?’ त्यसको जवाफ हुन्छ- परमेश्वरले नरकमा बनाउनुभएको झ्यालखानबाट तपाईंलाई बाहिर निकाल्न उहाँले तपाईंको निम्ति धरौटी तिर्दै हुनुहुन्छ! अहिले नै येशूमा विश्वास गर्नुहोस्!

२. दोस्रो, येशूले तपाईंको निम्ति त्यो किन गर्नुभयो?

‘जसले उहाँको सामुन्ने राखिदिएका आनन्दका निम्ति’ (हिब्रू १२:२)

येशू जानीजानी क्रूसमा टाँगिनुभयो। उहाँमा कुनै पनि बेला उम्कन सक्ने शक्ति थियो। तर त्यसो नगरेर बरु उहाँ ‘मारिन लगेको थुमाजस्तै उहाँ डोऱ्याएर लगिनुभयो’ (यशैया ५३:७)। तपाईंको पापको दाम तिर्न उहाँ दीनतासाथ क्रूसमा किन जानुभयो? ‘उहाँको सामुन्ने राखिदिएको आनन्दका निम्ति’ (हिब्रू १२:२) उहाँले त्यसो गर्नुभयो।

पहिला, उहाँमा स्वर्गमा पस्न पाउने आनन्द थियो। ख्रीष्टले जान्नुहुन्थ्यो, उहाँ क्रूसमा मर्नुभएपछि तुरुन्तै स्वर्गमा प्रवेश गर्नुहुनेछ। क्रूसमा उहाँको छेउमा मरिरहेको अपराधीलाई उहाँले भन्नुभयो, ‘आजै तिमी मसित स्वर्गलोकमा हुनेछौ’ (लूका २३:४३)। अनि उहाँले तपाईंहरू पनि स्वर्गमा पसेका देख्न पाउने आनन्दको आशा गर्नुभयो। क्रूसको त्यो अपराधीको हृदय परिवर्तन भएको देख्दा येशूले ठूलो आनन्दको अनुभव गर्नुभयो। उहाँले तपाईंलाई देख्दा पनि कति ठूलो आनन्दको अनुभव गर्नुहुनेछ।

हिजो मैले केही मानिसहरू देखें, जसलाई मैले ख्रीष्टमा ल्याएको थिएँ। तिनीहरूमध्ये एक जना त अहिले डिकनहरूका अध्यक्ष बनेका छन्। अर्को पास्टरका सहयोगी छन्। ती मानिसहरूलाई देख्दा मलाई ठूलो आनन्द लाग्छ, जुनहरूलाई मैले करिब ४० वर्ष अघि ख्रीष्टमा ल्याएको थिएँ। यो पनि ख्रीष्टले स्वर्गमा आशा गर्नुभएको आनन्दको एक भाग हो। त्यसैकारण उहाँले जानीजानी आफूलाई क्रूसमा टाँग्ने अनुमति सिपाहीहरूलाई दिनुभयो – ‘धेरै सन्तानलाई महिमामा’ ल्याउन (हिब्रू २:१०)।

यही कारणले गर्दा येशू ‘हाम्रा विश्वास सुरु गर्नुहुने र पूरा गर्नुहुने’ व्यक्ति हुनुहुन्छ। उहाँले हामीभित्र विश्वास उत्पन्न गराउनुहुन्छ र हामीलाई सिद्ध तुल्याउनुहुन्छ, र हामीलाई रक्षा गर्नुहुन्छ। उद्धार सम्पूर्णरूपले ख्रीष्टमा निर्भर छ!

३. तेस्रो, तपाईं यसबाट फाइदा कसरी पाउनुहुन्छ?

‘येशूलाई हेरौं... जो परमेश्वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ’ (हिब्रू १२:२)

प्रेरितको पुस्तकमा प्रेरितहरूले ख्रीष्टको स्वर्गारोहण र उहाँ परमेश्वरको दाहिनेपट्टि बस्नुभएको कुरा उल्लेख नगरी प्रचार गरेको कहीं पनि पाइँदैन। मलाई यस्तो लाग्छ, हाम्रो समयमा पनि प्रेरितहरूले झैं ख्रीष्टको स्वर्गारोहणको प्रचार गर्नुपर्छ। यसको कारण यी हुन् भनी म सोच्छुः

१. ख्रीष्ट स्वर्गारोहण भएर पिताको दाहिने हातपट्टि बस्नुले ख्रीष्ट र पिता दुइ भिन्नाभिन्नै व्यक्ति हुन् भन्ने स्पष्ट पार्दछ। त्रिएक परमेश्वरसम्बन्धी बाइबलको सिद्धान्त (शिक्षा) आज धमिलिएको छ। धेरै जना मानिस यो विषयमा नजानेर झुटो शिक्षातिर लागेका छन्।

२. जब त्रिएक परमेश्वरमा पिता परमेश्वर र पुत्र परमेश्वरलाई अलग-अलग व्यक्तिहरूको रूपमा हेरिँदैन, तब मिलाप, प्रायश्चित र धर्मीठहराइने जस्ता बाइबलका सिद्धान्तहरू प्रायः समाप्त भएर जान्छ। ख्रीष्टले गर्नुभएको मध्यस्थकर्ताको काम उहाँको स्वर्गारोहणद्वारा नाटकीय रूपले स्पष्ट पारिएको छ।

३. येशूको स्वर्गारोहणको प्रचारले निर्णयवादलाई हटाउँछ। मानिसहरूलाई स्वर्गारोहण हुनुभएका ख्रीष्टतिर फर्काउँदा सबै प्रकारका निर्णयवाद हटेर जान्छ।


केही समय अघि मैले एक जना प्रचारकले फरिसी र कर उठाउने व्यक्तिको विषयमा (लूका १८:९-१४) अति राम्रो सन्देश दिएको सुनेँ। उसले प्रायः सबै किसिमका निर्णयवादहरूको भण्डाफोर गऱ्यो, अनि ‘पापीहरूले गर्ने प्रार्थना’ गरेर, अगाडि आएर वा चर्चमा जाने आदि गरेर उद्धार पाइँदैन भनी बतायो। अनि उसले भन्यो, ‘तपाईंले येशूमा विश्वास गर्नुपर्छ।’ मैले विचार गरेँ, ‘कुरा ठीक हो।’ तर त्यसपछि उसले भन्यो, ‘येशूमा विश्वास गर्नु भनेको अर्थ उहाँ तपाईंका पापहरूको दाम तिर्न मर्नुभयो भनी विश्वास गर्नु हो। मैले सोचें, ‘अहो, होइन! उसले यो सिद्धान्तमा विश्वास गर्नुलाई स्वयम् येशूमा विश्वास गर्ने कुरासँग मिसाएको थियो।’

मैले सोचेँ, अहो, यस प्रचारकले उसको त्यत्ति राम्रो सन्देश अर्कै प्रकारले समाप्त गर्दै हराएका पापीहरूलाई स्वर्गारोहण हुनुभएका र स्वर्गमा परमेश्वरको दाहिने हातपट्टि बस्नुभएका ख्रीष्टतिर हेर्न लगाउँदै समाप्त गरेको भए कति असल हुनेथियो।

‘येशूलाई हेरौं (जो) परमेश्वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ’ (हिब्रू १२:२)।

हेर्नु पर्ने ठाउँ त्यही नै हो! विश्वास गर्नु पर्ने उहाँ नै हो! उद्धार पाउनु पर्ने त्यसरी नै हो।

‘प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस्, र तपाईंले उद्धार पाउनुहुनेछ’ (प्रेरित १६:३१२)।

हेर र बाँच, मेरा भाइ, बाँच!
येशूलाई हेर अहिले र बाँच!
लेखिएको छ, उनको वचनमा
तिमी ‘हेर र बाँच’ मात्र!
(‘लूक एन्ज लिभ,’ विलियम ए. ओगडेन- १८४१-१८९७- द्वारा रचित)


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री नोआ सङद्वारा पवित्रशास्त्र पठन गरियो– यूहन्ना १२:२८-३२
प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
(‘लूक एन्ज लिभ,’ विलियम ए. ओगडेन- १८४१-१८९७- द्वारा रचित)


रूपरेखा

येशूलाई हेर्नु

LOOKING UNTO JESUS

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr

‘हाम्रा विश्वास सुरु गर्नुहुने र पूरा गर्नुहुने येशूलाई हेरौं जसले उहाँको सामुन्ने राखिदिएका आनन्दका निम्ति अपमानलाई केहीजस्तो नठानी क्रूसको कष्ट भोग्नुभयो, र परमेश्वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ’ (हिब्रू १२:२)

१. पहिलो, येशूले तपाईंका निम्ति के गर्नुभयो- ‘अपमानलाई केहीजस्तो नठानी क्रूसको कष्ट भोग्नुभयो’- १ पत्रुस ३:१८; यशैया ५३:६; हिब्रू ९:२८; १ कोरिन्थी १५:३

२. दोस्रो, येशूले तपाईंको निम्ति त्यो किन गर्नुभयो- ‘उहाँको सामुन्ने राखिदिएका आनन्दका निम्ति।’ यशैया ५३:७
१. स्वर्गमा पस्ने आनन्दका निम्ति, लूका २३:४२
२. तपाईं स्वर्गमा पस्नुभएको देख्ने आनन्दका निम्ति, हिब्रू २:१०

३. तेस्रो, तपाईं यसबाट फाइदा कसरी पाउनुहुन्छ- ‘येशूलाई हेरौं... जो परमेश्वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ।’ प्रेरित १६:३१