Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




उद्धार असन्तुष्टहरूका निम्ति मात्र हो

DELIVERANCE IS ONLY FOR THE DISSATISFIED
(Nepali)

डा. आर. एल. हिमर्स, जुनियरद्वारा लिखित तथा श्री जोन शमूएल केगनद्वारा १४ मई, २०१७, आइतबार बिहान लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon written by Dr. R. L. Hymers, Jr.
and preached by Mr. John Samuel Cagan
Lord’s Day Morning, May 14, 2017

‘निरोगीहरूलाई वैधको खाँचो पर्दैन, तर रोगीहरूलाई मात्र। म धर्मीहरूलाई होइन, तर पापीहरूलाई पश्चात्तापका निम्ति बोलाउन आएको हुँ’ (लूका ५:३१-३२)।


येशू बाहिर जानुभयो र लेवी नाउँको महसुल उठाउने व्यक्तिलाई देख्नुभयो। येशूले मत्तीलाई उहाँको पछि लाग्न बोलाउनुभयो।

‘तब तिनले सबै थोक छोडे, र उठेर उहाँको पछि लागे’ (लूका ५:२८)।

मत्ती कर उठाउने व्यक्ति थिए, तिनले रोमको निम्ति कर उठाउँथे। यहूदीहरू कर उठाउनेहरूलाई घृणा गर्थे, किनकि तिनीहरूलाई रोमले कानुनद्वारा तोकिएको भन्दा धेरै बढी कर उठाउने अनुमति दिइएको हुन्थ्यो। तिनीहरूले उठाएका करका केही हिस्सा सरकारलाई बुझाउँथे र बाँकी आफ्नै निम्ति राख्थे। यसैले कर उठाउने धेरै जना धनी थिए र यहूदीहरूले तिनीहरूलाई घृणा गर्थे। यहूदीहरू तिनीहरूलाई अति घृणित पापी ठान्थे।

मत्ती येशूको पछि लागेपछि तिनले ‘सबै थोक छोडे, अर्थात् तिनले कर उठाउने अति फाइदाजनक पेशा त्यागे अनि ‘उहाँको पछिलागे।’

अनि मत्तीले आफ्नो घरमा भोज खुवाए। धेरै जना कर उठाउने व्यक्तिहरू र हरकिसिमका पापीहरू त्यो भोज खान आए। तिनीहरू अति नै खराब किसिमका मानिसहरू थिए। कवि जेनोले भनेका छन्, ‘कर उठाउनेहरू सबै डाँका हुन्।’ फरिसीहरू ती मानिसहरू वा तिनीहरूका मित्रहरूसँग कुनै सम्बन्ध राख्दैनथे, जसलाई उनीहरू ‘पापीहरू’ भन्थे।

जब कर उठाउनेहरू र पापीहरूको ठूलो भीडले त्यो भोजको घर भरियो, तब फरिसीहरू गुनासो र गनगन गर्दै त्यहाँ आए। उनीहरूले चेलाहरूलाई भने,

‘तिमीहरू कर उठाउनेहरू र पापीहरूसँग किन खानपान गर्छौ’ (लूका ५:३०)।

येशूले भोजबाट निस्केर ती फरिसीहरूलाई जवाफ दिनुभयो,

‘निरोगी (स्वास्थ्य) हरूलाई वैधको खाँचो पर्दैन, तर रोगीहरूलाई मात्र। म धर्मीहरूलाई होइन, तर पापीहरूलाई पश्चात्तापका निम्ति बोलाउन आएको हुँ’ (लूका ५:३१-३२)।

येशूले त्यस भोजमा पापीहरूलाई बोलाउने उहाँको कारण फरिसीहरूलाई बताउनुभयो। उहाँले भन्नुभयो, जो स्वास्थ्य छ उसलाई डाक्टरको आवश्यकता पर्दैन। जो रोगी छन्, तिनीहरूलाई मात्र आवश्यकता पर्छ। शास्त्री र फरिसीहरूले आफूमा पापको कुनै रोग छैन भनी विचार गर्दथे। किनकि उनीहरूले व्यवस्था पालन गर्थे, यसैले आफैलाई रोगी र पापको अवस्थामा रहेको ठान्दैनथे। फरिसीहरू त्यो समयका कट्टर यहूदी थिए। शास्त्रीहरू पनि धर्मशास्त्रका प्रतिलिपिहरू बनाउँथे र तिनको शिक्षा दिन्थे। उनीहरू आफूलाई महान् वैध येशूको खाँचो छ भनी सोच्दैनथे। उनीहरू,

‘आफूलाई धर्मी ठान्थे, र अरूहरूलाई तुच्छ ठान्थे’ (लूका १८:९)।

अनि येशूको जवाफ ती घमन्डी र स्वधर्मी फरिसीहरूलाई एउटा हप्की थियो,

‘निरोगी (स्वास्थ्य)हरूलाई वैधको खाँचो पर्दैन, तर रोगीहरूलाई मात्र। म धर्मीहरूलाई होइन, तर पापीहरूलाई पश्चात्तापका निम्ति बोलाउन आएको हुँ’ (लूका ५:३१-३२)।

यदि तपाईं आफूलाई राम्रो ठान्नुहुन्छ भने तपाईंलाई येशूको आवश्यकता छ भन्ने कुरा बुझ्नुहुन्न। यदि तपाईं आफू नाश भएको र पापको अवस्थामा मरिरहेको महसुस गर्नुहुन्छ भने येशू तपाईंको निम्ति महत्त्वपूर्ण बन्नुहुन्छ, अनि तपाईंको आत्मालाई निको पार्न र तपाईंलाई पाप र त्यसका नतीजाहरूबाट बचाउन तपाईं येशूलाई खोज्नुहुनेछ। तपाईंले आफ्नो पाप, तपाईंको असहायपन र तपाईंको अपर्याप्तता महसुस गर्नु अनिवार्य छ- नत्र भने तपाईंलाई येशूको खाँचो छ भन्ने कहिल्यै महसुस गर्नुहुनेछैन।

‘निरोगीहरूलाई वैधको खाँचो पर्दैन, तर रोगीहरूलाई मात्र’ (लूका ५:३१)।

१. पहिलो, जुन व्यक्तिहरू आफ्नो जीवनको चालसँग सन्तुष्ट छन्, तिनीहरू आफूलाई येशूको आवश्यकता भएको महसुस गर्दैनन्।

सुसमाचारका पुस्तकहरू पढ्दा तपाईं देख्नुहुनेछ, येशूले प्रायः पापीहरूको साथमा बसेर खानुहुन्थ्यो। ती पापीहरू तिनीहरूका आफ्नै जीवनसँग सन्तुष्ट थिएनन्। ती पापीहरूले तिनीहरूका जीवनमा कुनै कुरा अति नै गलत छ भनी महसुस गर्थे। यसबाट केही शिक्षा पाउन सकिन्छ। यी हराएका मानिसहरू येशूतिर आकर्षित थिए, किनकि येशू तिनीहरूका मित्रजस्तो हुनुहुन्थ्यो। अनि तिनीहरूमध्ये धेरैले उद्धार पाए।

तिनीहरू आफ्नो जीवनको चालसँग असन्तुष्ट बने, यसैले तिनीहरू येशूतिर फर्किए। कर उठाउने मत्तीलाई त्यस्तै भएको थियो, यो कुरा हामी लूका पाँच अध्यायमा देख्छौं। कर उठाउने जखायस (जक्कै) लाई पनि त्यस्तै भयो, त्यो कुरा हामी लूका उन्नाईसौं अध्यायमा पाउँछौं। अनि येशूले तिनलाई भन्नुभयो,

‘ए जखायस, चाँडो ओर्लेर आऊ, किनभने आज मलाई तिम्रो घरमा बस्न परेको छ।’ तिनी झट्टै ओर्लेर आए। अनि खुशीसाथ उहाँको सत्कार गरे। जब मानिसहरूले यो देखे, तिनीहरू सबै यसो भनेर गनगनाउन लागे, ‘उनी पापीको घरमा पाहुना लाग्न गए।’...तब येशूले तिनलाई भन्नुभयो, ‘आज यस घरमा मुक्ति आएको छ...किनभने मानिसको पुत्र हराएकालाई खोज्न र बचाउन आएको हो’ (लूका १९:५-१०)।

अहङ्कारी शास्त्री र फरिसीहरूले आफूलाई येशूको आवश्यकता भएको महसुस गरेनन्; तिनीहरू आफ्नै जीवनको चालमा सन्तुष्ट थिए। तर कर उठाउनेहरू र पापीहरू उहाँकहाँ आए र उद्धार पाए।

‘निरोगीहरूलाई वैधको खाँचो पर्दैन, तर रोगीहरूलाई मात्र’ (लूका ५:३१)।

आफ्नो जीवनको चालसँग सन्तुष्ट हुनेहरूले आफूलाई येशूको आवश्यकता भएको महसुस गर्दैनन्। तर आफ्नो जीवनको चालसँग विरक्त भएका मानिसहरू आउनेछन् र उद्धार पाउनेछन्।

तपाईंको विचार के छ? मेरो अनुभवबाट नै म जान्दछु, तपाईंहरूमध्ये धेरैलाई यस्तै हुन्छ। यदि तपाईंहरू आफ्नो जीवन जस्तो छ त्यसैमा सन्तुष्ट हुनुहुन्छ भने तपाईंहरू आफूलाई येशूको खाँचो छ भनी बुझ्नुहुन्न, र तपाईंहरू उद्धार पाउनुहुन्न। तपाईंको जीवन जस्तो छ त्यसैमा खुशी हुनुहुन्छ भने तपाईंहरूलाई येशू आएर केही कुराहरू परिवर्तन गरिदिनुपर्छ भनी बुझ्नुहुन्न।

‘निरोगीलाई वैद्यको आवश्यकता हुँदैन, तर रोगीहरूलाई हुन्छ’ (मत्ती ९:१२)।

२. दोस्रो, जुन व्यक्तिहरू आफ्नो भक्तिमा सन्तुष्ट छन्, तिनीहरू आफूलाई येशूको आवश्यकता भएको महसुस गर्दैनन्।

हाम्रो शहरलाई हेर्नुहोस्। यहाँ बस्ने मानिसहरूको बारेमा विचार गर्नुहोस्। के तिनीहरूमध्ये धेरै जनाले परमेश्वरको बारेमा गम्भीरतासाथ सोच्छन्? तपाईं जान्नुहुन्छ, तिनीहरू सोच्दैनन्। बाइबलले भन्छ,

‘परमेश्वरलाई खोज्ने कोही छैन’ (रोमी ३:११)।

पवित्र आत्माको कामद्वारा तपाईंमा परमेश्वरको अनुग्रह नआऊञ्जेल तपाईं ख्रीष्टमा परमेश्वरलाई खोज्नुहुनेछैन। तपाईं परमेश्वरबिनै जिउनु र मर्नुमा, परमेश्वररहित अवस्थामा नै सन्तुष्ट बन्नुहुन्छ।

तर यदि परमेश्वरको अनुग्रहले तपाईंको हृदयमा काम गर्न थाल्यो भने तपाईंको जुन जीवन छ त्यससँग तपाईं असन्तुष्ट बन्नुहुनेछ। तपाईं सबै कुरालाई भिन्नै प्रकारले हेर्न थाल्नुहुनेछ। तपाईं मानिसहरूको भीडमा हुनु भए पनि यस्तो विचार गर्नुहुनेछ, ‘यी मानिसहरू कुन कुराका निम्ति जिइरहेका छन्? तिनीहरू परमेश्वरप्रति चासो किन राख्दैनन्?’ तपाईं आफ्नै जीवन र आउन लागेको मृत्युको बारेमा विचार गर्न थाल्नुहुनेछ। तपाईंको आफ्नै धर्म अति खोक्रो र कुनै उपयोगी नभएको जस्तो लाग्न थाल्नेछ। अरू मानिसहरूले जेजस्तो बहाना बनाए पनि ती बहानाले तपाईंको चित्त बुझाउँदैनन्। अनि तपाईं जीवनमा खानु, सुत्नु, अध्ययन गर्नु र खेल्नुबाहेक अरू कुरा पनि छन् होला भनी महसुस गर्न थाल्नुहुनेछ।

जब परमेश्वरको अनुग्रहले तपाईंको जीवनमा काम गर्न थाल्दछ, तब तपाईं आफ्नो परमेश्वररहित अवस्था महसुस गर्नुहुन्छ। तपाईं यस्तो महसुस गर्न थाल्नुहुन्छ,

‘परमेश्वरको जीवनबाट अलग’ (एफिसी ४:१८)।

परमेश्वर तपाईंको निम्ति नौलो व्यक्तिजस्तो र उहाँबिना तपाईं एउटा भयानक अवस्थामा भएको महसुस गर्न थाल्नुहुनेछ,

‘आशा नभएका र यस संसारमा परमेश्वररहित’ (एफिसी २:१२)।

यसैले म तपाईं सोध्छु, तपाईंको जीवन जस्तो छ के तपाईं त्यसमा पूर्ण सन्तुष्ट हुनुहुन्छ? यदि सन्तुष्ट हुनुहुन्छ भने तपाईं ख्रीष्टमा आउनुहुनेछ भन्ने आशा कम्ती छ। तपाईं जस्तो हुनुहुन्छ त्यसै रहनुहुनेछ- परमेश्वरलाई व्यक्तिगत रूपले नचिनी जिउन र मर्नुमा नै सन्तुष्ट हुनुहुन्छ।

‘निरोगीहरूलाई वैधको खाँचो पर्दैन, तर रोगीहरूलाई मात्र’ (लूका ५:३१)।

यदि तपाईं परमेश्वररहित जीवनसँग सन्तुष्ट हुनुहुन्छ भने तपाईं येशूको आवश्यकता महसुस गर्नुहुनेछैन।

जवान मानिसहरूमा विशेष गरी धर्ममा बढी रुचि लिनु कमजोरीको चिन्ह हो भनी सोच्ने प्रवृत्ति हुन्छ। जुन व्यक्तिहरू साँचा ख्रीष्टियन होइनन, उनीहरू परमेश्वरमा बढी चासो लिने व्यक्तिहरूलाई अनौठा, अमिल्दा र असामान्य ठान्छन्।

यस्तो कुरा मुखैले भन्दैनन्। मानिसहरू सामान्यतः यसो भन्दैनन्, ‘यो व्यक्ति अनौठो छ। ऊ जान्छ र आफ्नै निम्ति प्रार्थना गर्छ।’ तिनीहरू एक नियमको रूपमा त्यसो भन्दैनन्। तर तिनीहरू त्यस्तो सोच्छन्। अनि तपाईंका अख्रीष्टियन मित्रहरूले पनि त्यस्तै विचार गर्छन्। तिनीहरू यसो भन्छन्, ‘अति नै धर्मी नबन। धर्मान्धा नबन,’ यस्तै अरू कुराहरू भन्छन्। मानवजाति पापी अवस्थामा भएका कारणले गर्दै नै यसो भनेका हुन्।

‘किनभने पापमय शरीरतिर लागेको मनचाहिँ परमेश्वरप्रति शत्रुता हो’ (रोमी ८:७)।

उद्धार नपाएको अवस्थामा सबै मानवजाति

‘स्वभावैले क्रोधको सन्तान हो’ (एफिसी २:३)।

त्यसैकारण उद्धार नपाएको तपाईंका मित्र र आफन्तहरू तपाईंलाई परमेश्वरको विषयमा धेरै गम्भीर नबनाउने सक्दो कोसिस गर्छन्। तिनीहरू तपाईंलाई अर्कै चर्चमा वा ‘तिनीहरूको’ चर्चमा लैजाने कोसिस गर्छन्- जसरी होस् तपाईंलाई यो चर्चमा आउनबाट रोक्न खोज्छन्। किन? किनकि तिनीहरू जान्दछन्, ‘तिनीहरूका’ चर्च चिसो छ, अनि परमेश्वर त्यहाँ हुनुहुन्न। तिनीहरूको वास्तविक उद्देश्य तपाईंलाई परमेश्वरदेखि टाढा राख्ने हुन्छ।

‘किनभने पापमय शरीरतिर लागेको मनचाहिँ परमेश्वरप्रति शत्रुता हो’ (रोमी ८:७)।

नयाँ जन्म नपाएको अवस्थामा मानिस परमेश्वरको विरोधी हुन्छ। जब परमेश्वरले तपाईंलाई बोलाउन थाल्नुहुन्छ तपाईंको हराएका मित्र र आफन्तहरूले तपाईंलाई पछिल्तिर तान्न र परमेश्वरदेखि टाढा राख्न खोज्छन्। तपाईंका आमाबुवा र हराएका मित्रहरूले पनि तपाईंसँग त्यसै गर्छन्।

तर येशूले भन्नुभयो,

‘साँच्चै, म तिमीहरूलाई भन्दछु, त्यो समय आइरहेछ, र त्यो समय अहिले हो, जब मृतकहरूले परमेश्वरका पुत्रको सोर सुन्नेछन्, र सुन्नेहरू बाँच्नेछन्’ (यूहन्ना ५:२५)।

एफिसी २:१,५ अनुसार तपाईं आत्मिक रूपमा मरेको हुनुभए तापनि परमेश्वरका पुत्रले तपाईंलाई बोलाउन थाल्नुहुन्छ। तपाईंको मृत अवस्थामा तपाईं ‘परमेश्वरका पुत्रको सोर सुन्नुहुन्छ।’ जब त्यस्तो हुन्छ, तपाईं परमेश्वरका पुत्र येशूबिनाको जीवन जिउन सन्तुष्ट बन्नुहुन्न। तपाईं अझै केही बढ्ता कुरा चाहनुहुन्छ। अनि तपाईं येशू ख्रीष्टलाई खोज्न थाल्नुहुनेछ। तर जबसम्म तपाईं अचेत र मरेको अवस्थामा हुनुहुन्छ तबसम्म ख्रीष्टबिना नै जिउन र मर्न चाहनुहुनेछ। जब पवित्र आत्माले तपाईंभित्र कुनै कुरा गलत छ - तपाईंको हृदय परमेश्वररहित छ भनी देखाउनुहुन्छ, तब मात्र तपाईं आफ्नो जीवनको त्रुटि देख्नुहुन्छ र येशू ख्रीष्टमा रुचि लिन थाल्नुहुनेछ।

‘निरोगीहरूलाई वैधको खाँचो पर्दैन, तर रोगीहरूलाई मात्र’ (लूका ५:३१)।

३. तेस्रो, जुन मानिसहरू तिनीहरूका आफ्नै हृदयको दुष्टतासँग सन्तुष्ट हुन्छन्, तिनीहरू आफूलाई येशूको आवश्यकता छ भनी महसुस गर्दैनन्।

परमेश्वर प्रायः हाम्रा भावनाहरूसँग बोल्नुहुन्छ। जब पवित्र आत्माले उहाँको निश्चयता दिलाउने काम थाल्नुहुन्छ, तब उहाँले हामीलाई आफू पापी भएको महसुस गराउनुहुनेछ।

ध्यान दिनुहोस्, बाइबलमा मानिसहरूको हृदय परिवर्तन हुँदा तिनीहरू भावुक बनेका छन्। येशूको पाउमा चुम्बन गर्ने स्त्री भावुक बनेकी थिई।

‘त्यस शहरमा एउटी पापी स्त्री थिई। फरिसीको घरमा येशू खान बस्नुभएको छ भन्ने सुनेर, र एउटा सिङ्गमरमरको शीशीमा अत्तर लिएर त्यो त्यहाँ आई, र पछिल्तिरबाट उहाँका पाउनेर उभिएर, रुँदै उहाँका पाउ आँसुले भिजाउन लागी, र आफ्नो शिरका कपालले पुछ्दै उहाँका पाउलाई चुम्बन गरी, र त्यो अत्तर घस्न लागी’ (लूका ७:३७,३८)।

उ तुरुन्तै येशूकहाँ आई र उद्धार पाई।

पेन्तिकोसको दिन पत्रुसको सन्देश सुन्नेहरूका

‘हृदय छियाछिया भयो’ (प्रेरित २:३७)।

यसको शाब्दिक अर्थ ‘तिनीहरूका हृदयसम्म घोच्यो’ भन्ने हुन्छ। त्यसले भावनालाई बुझाउँछ। फिलिप्पी शहरको झ्यालखानका हाकिम

‘काम्दै आए’ (प्रेरित १६:२९)।

प्रेरित पावलले भने,

‘हाय! म कस्तो दुःखी मानिस! यस मृत्युको शरीरबाट मलाई कसले छुटाउला’ (रोमी ७:२४)?

बाइबलका यी घटनाहरूले परमेश्वरले एक व्यक्तिका भावनाहरूलाई छुनुहुन्छ, यसकारण उ आफ्नो दुष़्ट हृदयसँग असन्तुष्ट हुन्छ भन्ने देखाउँछ। सबै साँचो हृदय परिवर्तनमा एउटा सामान्य कुरा हुन्छ कि मानिसहरू तिनीहरू आफैसँग भित्रिय रूपमा असन्तुष्ट हुन्छन्। तिनीहरू आफ्नो हृदयमा हर्छन् र त्यहाँ पाप देख्छन्। आफैमा देखेको कुरा तिनीहरू मन पराउन छोड्छन्। तिनीहरू आफ्नै हृदयलाई अस्वीकार गर्छन्। तिनीहरू जस्ता हुन्छन् त्यसमा अप्रसन्न हुन्छन्।

येशूकहाँ त्यत्ति सजिलै आउने कर उठाउने व्यक्तिहरू र पापीहरूको पछि एउटा मानवीय तत्त्व थियो- तर शास्त्री र फरिसीहरू भने उहाँदेखि अलग भएर बसे।

‘निरोगीहरूलाई वैधको खाँचो पर्दैन, तर रोगीहरूलाई मात्र’ (लूका ५:३१)।

आज बिहान तपाईंको अगि यो प्रश्न छः के तपाईं असन्तुष्ट हुनुहुन्छ? तपाईंको जीवनको चालसँग के तपाईं अप्रसन्न हुनुहुन्छ? के परमेश्वररहित भई जिएर विरक्त हुनुभएको छ? के तपाईं आफ्नै हृदयसँग अप्रसन्न हुनुहुन्छ? के तपाईं आफूलाई आफ्नो पापको दोषी महसुस गर्नुहुन्छ? यदि तपाईंको मनमा यी कुराहरू प्रति अप्रसन्नता वा दोषको भावना छ भने तपाईं यस महान् वैद्य येशूकहाँ आउन तयार हुन सक्नुहुन्छ। आखिर जे भए पनि ख्रीष्ट मात्र त्यो व्यक्ति हुनुहुन्छ जसले तपाईंलाई तपाईंको पापबाट बचाउन सक्नुहुन्छ। उहाँ मात्र हुनुहुन्छ जो तपाईंको पापको मूल्य तिर्न मर्नुभयो। उहाँ मात्र हुनुहुन्छ जो तपाईंलाई जीवन दिनाका निम्ति मरेकोबाट शारीरिक रूपमा जीवित हुनुभयो। उहाँ मात्र हुनुहुन्छ, जो तपाईंको निम्ति प्रार्थना गर्दै माथि स्वर्गमा परमेश्वरको दाहिने हातपट्टि बस्नुभएको छ। के तपाईं उहाँकहाँ आउन तयार हुनुहुन्छ? के तपाईं उहाँको रगतद्वारा धोइएर शुद्ध हुन तयार हुनुहुन्छ?

‘निरोगीहरूलाई वैधको खाँचो पर्दैन, तर रोगीहरूलाई मात्र’ (लूका ५:३१)।

यदि तपाईं ख्रीष्टमा पाइने उद्धारबारे हामीसँग कुराकानी गर्न चाहनुहुन्छ भने कृपया आएर पहिलो दुइ लहरको बेन्चीमा बस्नुहोस्, अरूहरू भने भोजन गर्न माथ्लो तलामा जानेछन्। डा. हिमर्स, कृपया आएर यो सेवा समाप्त गरिदिनुहोस्।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री नोआ सङद्वारा पवित्रशास्त्र पठन गरियो– लूका ५:२७-३५
प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
('आइ एम एमेज्ड,' ए. एच. ए्याकलेद्वारा रचित, १८८७-१९६०)


रूपरेखा

उद्धार असन्तुष्टहरूका निम्ति मात्र हो

DELIVERANCE IS ONLY FOR THE DISSATISFIED

डा. आर. एल. हिमर्स, जुनियरद्वारा लिखित तथा श्री जोन शमूएल केगनद्वारा १४ मई, २०१७, आइतबार बिहान लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon written by Dr. R. L. Hymers, Jr.
and preached by Mr. John Samuel Cagan

‘निरोगीहरूलाई वैधको खाँचो पर्दैन, तर रोगीहरूलाई मात्र। म धर्मीहरूलाई होइन, तर पापीहरूलाई पश्चात्तापका निम्ति बोलाउन आएको हुँ’ (लूका ५:३१-३२)।

(लूका ५:२८,३०; १८:९)

१. पहिलो, जुन व्यक्तिहरू आफ्नो जीवनको चालसँग सन्तुष्ट छन्, तिनीहरू आफूलाई येशूको आवश्यकता भएको महसुस गर्दैनन्। लूका १९: ५-१०; मत्ती ९:१२

२. दोस्रो, जुन व्यक्तिहरू आफ्नो भक्तिमा सन्तुष्ट छन्, तिनीहरू आफूलाई येशूको आवश्यकता भएको महसुस गर्दैनन्। रोमी ३:११; एफिसी ४:१८; २:१२;
रोमी ८:७; एफिसी २:३; यूहन्ना ५:२५

३. तेस्रो, जुन मानिसहरू तिनीहरूका आफ्नै हृदयको दुष्टतासँग सन्तुष्ट हुन्छन्,तिनीहरू आफूलाई येशूको आवश्यकता छ भनी महसुस गर्दैनन्। लूका ७:३७,३८;
प्रेरित २:३७; रोमी ७:२४