Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




असल मानिस हरायो र नराम्रो मानिसले उद्धार पायो!

A GOOD MAN LOST AND A BAD MAN SAVED!
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

५ मार्च, २०१७, आइतबार बेलुकी लस एन्जलसको ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord's Day Evening, March 5, 2017

‘आफैमाथि भरोसा राख्नेहरू आफैलाई धर्मी ठानी अरूहरूलाई तुच्छ ठान्नेहरू कसै-कसैलाई उहाँले यो दृष्टान्त सुनाउनुभयो, ‘दुइ जना मानिस प्रार्थना गर्न मन्दिरमा गए- एक जना फरिसी र अर्कोचाहिँ कर उठाउने। फरिसीले उभिएर मनमनै यसरी प्रार्थना गऱ्यो, ‘हे परमेश्वर म तपाईँलाई धन्यवाद दिन्छु, म अरू मानिसहरूजस्तो धुताहा, अन्यायी, व्यभिचारी, अथवा यही कर उठाउने जस्तो पनि छैनँ। म हप्तामा दुइपल्ट उपवास बस्तछु। मैले पाएका सबै थोकको दशांश म दिन्छु।’ तर कर उठाउनेचाहिँ टाडै उभिएर स्वर्गतिर आँखा पनि नउठाई यसो भन्दै आफ्नो छाती पिट्यो, ‘हे परमेश्वर, म पापीमाथि दया गर्नुहोस्! म तिमीहरूलाई भन्दछु, योचाहिँ मानिस त्यो अर्काभन्दा धर्मी ठहरिएर आफ्नो घरतिर लाग्यो। किनभने हरेक जसले आफूलाई उच्च पार्दछ, त्यो होच्याइनेछ, तर जसले आफूलाई होच्याउँछ, त्यो उच्च पारिनेछ (लूका १८:९-१४)।


यो एउटा दृष्टान्त हो। यो येशूले एउटा महान् सत्यता बुझाउऩ भन्नुभएको एउटा कथा हो। येशूले यो ती व्यक्तिहरूलाई भन्नुभयो जो आफैमा अति आत्मविश्वासी थिए, जसले आफ्नै असलपनमा भरोसा राख्थे, जसले अरू सबैलाई हेलाको दृष्टिले हेर्थे। डा. आर.ए. टोर्री एक महान् प्रचारक थिए। उनले प्रायः यी पदहरूबाट प्रचार गर्ने गर्थे। उनले यो प्रवचनलाई ‘असल मानिस हरायो र नराम्रो मानिसले उद्धार पायो’ भन्ने गर्थे। डा. टोर्री भन्ने गर्थे, ‘तपाईंहरूमध्ये कतिले सायद मैले यो विषयलाई बङ्ग्याएँ, अनि यो त ‘असल मानिसले उद्धार पायो र नराम्रो मानिस हरायो’ भन्ने हुनुपर्ने भनी विचार गर्नुहुन्छ होला। यो दृष्टान्त ख्रीष्टले भन्नुभएको हो। ख्रीष्टले असल र खराब मानिसको बारेमा कुरा गर्नुभयो। ख्रीष्टले भन्नुभयो, त्यो असल मानिस हराएको थियो अनि त्यस नराम्रो मानिसले उद्धार पाएको थियो।’

फरिसीहरू असल मानिसहरू थिए। तिनीहरू धार्मिक थिए। तिनीहरू असल जीवन जिउँथे। त्यस साधारण मानिसहरू कर उठाउनेहरू हुन्थे। तिनी आफूले सक्दो पैसा संकलन गर्थे। तिनीहरू गुन्डाका दलजस्ता हुन्थे। तिनीहरू मानिसहरूलाई धेरै पैसा दिन बाध्य पार्थे। त्यसबाट केही पैसा तिनीहरूले रोमीहरूलाई दिन्थे। बाँकी पैसा आफैसँग राख्थे। यहूदीहरू तिनीहरूलाई घृणा गर्थे। तिनीहरूलाई देशद्रोही, र अति दुष्ट मानिन्थ्यो। कर उठाउनेहरू पापीहरूमध्ये अति तुच्छ थिए। तिनीहरू लुटाहा र चोरहरू थिए। फरिसीहरू असल मानिस थिए। तिनीहरू धार्मिक थिए। यस दृष्टान्तमा येशूले सारा मानव जातिलाई बाँडिरहनुभएको थियो। उहाँले तिनीहरूलाई मानिसका दुइ वर्गमा बाँडिरहनुभएको थियो- स्व-धर्मी मानिसहरू, जो हराएका हुन्छन्, अनि अर्को तिनीहरू जसले आफू पापी हो भनी जान्दछन् र तिनीहरूले उद्धार पाउँछन्। हराएका र बाँचेका मानिसहरू। दण्डको आज्ञा पाउनेहरू र चुनिएकाहरू। भुस र गहुँ। नरक पुऱ्याउने फराकिलो बाटोमा हिँड्नेहरू र उद्धारमा पुऱ्याउने साँघुरो बाटोमा हिँड्नेहरू। येशूले मानव जातिलाई बाँड्नुभयो, अनि आज बेलुकी यहाँ हुनेहरू सबै जना ती दुइ झुन्डमध्ये एउटामा पर्छ। आज बेलुकी तपाईं कुन झुन्डमा पर्नुहुन्छ? येशूले भन्नुभयो, ‘दुइ जना मानिस प्रार्थना गर्न मन्दिरमा गए- एक जना फरिसी र अर्कोचाहिँ कर उठाउने।’ एक असल मानिस र एक खराब मानिस। तपाईँ कुनचाहिँ हुनुहुन्छ?

१. पहिलो, त्यो ‘असल’ मानिस हराएको थियो।

‘फरिसीले उभिएर मनमनै यसरी प्रार्थना गऱ्यो, ‘हे परमेश्वर म तपाईँलाई धन्यवाद दिन्छु, म अरू मानिसहरूजस्तो धुताहा, अन्यायी, व्यभिचारी, अथवा यही कर उठाउने जस्तो पनि छैनँ। म हप्तामा दुइपल्ट उपवास बस्तछु। मैले पाएका सबै थोकको दशांश म दिन्छु।’ (लूका १८११-१२)

संसारको आँखामा ऊ साँच्चै ‘असल’ व्यक्ति थियो। ऊ एक नैतिक व्यक्ति थियो। ऊ एक धार्मिक मानिस थियो। ऊ एक उदार मानिस थियो। ऊ एक सम्मानित व्यक्ति थियो। मैले उद्धार पाउन अघि मजस्तो थिएँ, ऊ त्यस्तै थियो। म सुट लगाउँथे अनि मेरा मामाको घरको बैठक कोठाबाट भएर जान्थें। अरूहरू मातेका हुन्थे। तिनीहरू सोफामा र भुइँमा सुतिरहेका हुन्थे। म करिब १८ वर्षको थिएँ। म सोच्थें, ‘म उनीहरूजस्तो हुन चाहन्नँ।’ म एक असल केटो थिएँ। म नशालु औषधीहरू खाँदिनथें। म मद्य पिउँदिनथें। अनि मैले चुरोट तान्न छोडिसकेको थिएँ। म असल केटो थिएँ। मैले एक ब्याप्टिस्ट प्रचारक बनेर प्रचार गर्न जीवन समर्पण गरेको थिएँ। म साँच्चै असल थिएँ। तर म अझै पनि हराएको थिएँ। अरू केटाकेटीहरूले जे गर्थे त्यो मैले नगरेकोमा म घमन्ड गर्थें। म आफैमा घमन्ड गर्थें। ममा कुनै नराम्रो कुरा छैन भनी सोच्थें। तर मेरो आफ्नै बारेमा म राम्रो महसुस गर्दिनथें। म आफैलाई प्रश्न गर्थें, ‘परमेश्वरले योभन्दा बढी अरू के चाहनुहुन्छ?’ म चर्च जान्थें। प्रत्येक आइतबार बिहान र आइतबार बेलुकीको सेवामा म जान्थें। म हरेक आइतबार दिउँसो रेडियोमा बिल्ली ग्राहमको प्रचार सुन्थें। प्रत्येक आइतबार बेलुकी म जवानहरूको गायन-झुन्डमा सामेल भएर गाउँथें। मैले मेरो जीवन परमेश्वरलाई दिएको थिएँ। तापनि मेरो भित्रिय हृदयमा शान्ति थिएन। बाइबलले भन्छ, ‘दुष्टलाई शान्ति हुँदैन’ भनी मेरा परमेश्वर भन्नुहुन्छ’ (यशैया ५७:२१)। परमेश्वरलाई अझ अरू के चाहिन्छ? म त्यस फरिसीजस्तो थिएँ।

उसले आफैमाथि भरोसा राख्थ्यो। उसले अरूलाई घृणा गर्थ्यो। ऊ एक पापी हो भनी उसले स्वीकार गर्दैनथ्यो। उसको हृदय पापी छ भनी उसले स्वीकार्दैनथ्यो। उसले परमेश्वरसँग प्रार्थना नगरेर ‘आफैसँग प्रार्थना गऱ्यो।’ उसको धार्मिकताका निम्ति उसले आफैलाई बधाई दियो। आज बेलुकी तपाईँ पनि ठीक त्यस्तै हुनुहुन्छ। तपाईं सोच्नुहुन्छ कि तपाईं जस्तो हुनुहुन्छ ठीक हुनुहुन्छ। तपाईंले आफैलाई धोका दिनुभएको छ। तपाईंले शैतानको कुरा सुन्नुभएको छ। त्यसले तपाईँलाई धोखा दिएको छ। तपाईँ बाहिरबाट इमानदार र नैतिक हुनुहुन्छ। तर तपाईंको हृदय घोर पापी छ। बाइबलले भन्छ, तपाईँको हृदय ‘सबै कुराभन्दा छली छ, र त्यसलाई निको पार्न सकिंदैन’ (यर्मिया १७:९)। मैले त्यस विषयमा प्रचार गर्दा त्यो तपाईंलाई मन पर्दैन। त्यसले तपाईंलाई चिन्तित र असहज बनाउँछ। तपाईं आफ्नो हृदय जाँच्न चाहनुहुन्न। तपाईं आदमजस्तै परमेश्वरबाट लुक्न चाहनुहुन्छ। तपाईँ आदमझैं आफ्ना पापहरू लुकाउन चाहनुहुन्छ। आदमझैं तपाईं अरू मानिसलाई दोष लगाउन चाहनुहुन्छ। अनि आदमले झैं तपाईँले परमेश्वरबाट सराप पाउनुभएको छ। तपाईं हराउनुभएको छ। धर्ममा र नैतिकतामा हराउनुभएको छ। आफै धोकामा परेर हराउनुभएको छ। झुटो आशामा हराउनुभएको छ। तपाईं जुन अवस्थामा हुनुहुन्छ त्यस्तै अवस्थामा मर्नुभयो भने तपाईँ अनन्तसम्मका निम्ति हराउनुहुनेछ।

अनन्तता, अनन्तता
हराएको सारा अनन्तताभरि
अनन्तता, अनन्तता
हराएको सारा अनन्तताभरि
(‘इटरनिटी,’ एलिशा ए. हफमेन, १८३९-१९२९-द्वारा रचित)

म आफैलाई प्रश्न गर्छु, ‘परमेश्वरले अझ बढी के चाहनुहुन्छ?’ मैले गरेको कुनै पनि कुरा पर्याप्तजस्तो लाग्दैन। म हरेक दिन र हरेक रात असहज महसुस गर्थें- अनि तपाईं पनि त्यस्तै महसुस गर्नुहुन्छ। यसरी तपाईं कहिल्यै पनि खुशी महसुस गर्न सक्नुहुन्न। यसरी तपाईं कहिल्यै शान्ति पाउनुहुन्न। ‘दुष्टलाई शान्ति हुँदैन’ भनी मेरा परमेश्वर भन्नुहुन्छ’ (यशैया ५७:२१)। तपाईं त्यो धनी जवान शासकजस्तो हुनुहुन्छ। बाहिरबाट तपाईँले परमेश्वरको व्यवस्था पालन गर्नुभएको छ, तर तपाईंको हृदयको भित्रिय पापबारे कहिल्यै विचार गर्नुभएको छैन। तपाईँ परमेश्वरको व्यवस्थाको आत्मिक अर्थ बुझ्नुहुन्न। परमेश्वरको व्यवस्थाले तपाईँको हृदयको सानोभन्दा सानो अभिलाषाका निम्ति तपाईँलाई दण्ड दिन्छ। तपाईँको आफ्नै विचारमा तपाईँ एक असल व्यक्ति हुनुहुन्छ। तर परमेश्वरको नजरमा तपाईँ कुनै काम नलाग्ने एक पापी हुनुहुन्छ। यदि यस्तै अवस्थामा मर्नुभयो भने तपाईं सीधै नरकको आगोमा जानुहुनेछ।

अनन्तता, अनन्तता
हराएको सारा अनन्तताभरि

तर यस मानिसको विषयमा अझ एउटा कुरा म तपाईँलाई देखाउन चाहन्छु। उसको प्रार्थनाले उ कति ठग छ भन्ने देखाउँछ, ऊ पूर्ण रूपले झुटा थियो। उसलाई परमेश्वरको ज्ञान पटक्कै थिएन। उसको ‘प्रार्थना’ बनावटी र झुटो थियो। धेरैचोटि कति जना व्यक्तिको प्रार्थनाले ऊ परिवर्तन भएको छैन भन्ने देखाउँछ। तिनीहरूका प्रार्थना तिनीहरूलाई झुटो लाग्छ। तिनीहरूका प्रार्थना बनावटी हुन्छ। तिनीहरू स्वाङ पार्छन्। तिनीहरूले गरेका प्रार्थना पटक्कै प्रार्थना हुँदैन। तिनीहरू अरूहरूलाई आकर्षित गर्न वा तपाईं आफैलाई धोका दिन खोक्रा शब्दहरू उच्चारण गर्छन्। त्यस व्यक्तिले प्रार्थना गरेकै थिएन। उसले आफ्नो ‘असलपन’ का निम्ति आफैलाई बधाइ दियो, ‘परमेश्वर म तपाईंलाई धन्यवाद दिन्छु, किनकि म अरूहरू जस्तो छैन।’ यो कस्तो बौलाहाठीपन! के परमेश्वरले उसका शब्दहरू झुटा हुन् भनी जान्नुहुन्न र? झुटा शब्दहरू! के उसले परमेश्वरमा विश्वासपनि गर्छ के! वास्तविक रूपमा गर्दैन। परमेश्वर उसको निम्ति एउटा सजिलै बुझ्न नसकिने विचार मात्र हो- जीवित परमेश्वर हुँदैहोइन। म त्यो कसरी जान्दछु? किनकि ‘उसले खडा भएर मनमनै यसरी प्रार्थना गऱ्यो’ (लूका १८:११)। यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, ‘उसले आफैसँग प्रार्थना गऱ्यो’(NIV, टिपोट क)। वास्तवमा, त्यस व्यक्तिले परमेश्वरसँग प्रार्थना गरेकै थिएन। उसले आफ्नो असलपनको निम्ति शेखी मात्र गऱ्यो। उसले परमेश्वरसँग प्रार्थना गरेन, तर आफैसँग गऱ्यो। के तपाईंहरू पनि प्रार्थना गर्नुहुँदा त्यसरी नै गर्नुहुन्न र? के तपाईं कहिलेकाहीं आफैले सुन्न मात्र प्रार्थना गरिरहनुभएको महसुस गर्नुहुन्न र? के त्यसै कारण तपाईं प्रार्थना सेवाहरूमा ठूलो सोरमा प्रार्थना गर्न डराउनुभएको होइन र? अरूहरूले तपाईँको प्रार्थना झुटो हो भनी थाहा पाउलान् भन्ने तपाईं सोच्नुहुन्न र? के तपाईँ अरूहरूलाई देखाउनका निम्ति मात्र प्रार्थना गरिरहनुभएको हुन्न र? अनि के त्यो कुराले तपाईँ एक हराउनुभएको, परमेश्वरसँग प्रार्थना गर्न नसक्ने व्यक्ति हुनुहुन्छ भन्ने देखाउँदैन र? पद १४ मा येशूले हामीलाई स्पष्ट बताउनुभएको छ, त्यो तथाकथित ‘असल’ व्यक्ति ‘धर्मी’ ठहरिएन। ऊ उद्धार पाएको मानिस थिएन। ऊ एक हराएको मानिस थियो। ऊ धार्मिक त थियो तर हराएको मानिस थियो। ऊ अनन्त अनन्तका निम्ति नरक गइरहेको थियो!

अनन्तता, अनन्तता
हराएको सारा अनन्तताभरि

त्यो व्यक्ति पाखण्डी थियो- तपाईं पनि त्यस्तै हुनुहुन्छ। उसले परमेश्वरसँग प्रार्थना गरेको जस्तो स्वाङ पार्छ- तपाईं पनि त्यसै गर्नुहुन्छ। एक दिन तपाईँको आफ्नै असलपनले तपाईँलाई सहायता गर्दैन। अरू सबैलाई भएझैं तपाईँको निम्ति पनि केही भयानक कुरा हुनेछ। तर त्यो डरलाग्दो र कष्टको दिन तपाईंको पाखण्डीपनले तपाईंलाई केही फाइदा गर्दैन। बाइबलले भन्छ, ‘ईश्वरहीनहरूलाई कम्पनले समातेको छ’(यशैया ३३:१४)। तपाईं मर्नुहुनेछ र परमेश्वरको अगाडि खडा हुनुहुनेछ, अनि परमेश्वरले भन्नुहुनेछ, ‘ए अधर्म काम गर्नेहरू हो, मबाट दूर होओ’ (मत्ती ७:२३)। त्यस बेला तपाईंको झुटो धर्मले तपाईंको कुनै फाइदा गर्नेछैन। परमेश्वरले तपाईंजस्ता सबै पाखण्डीहरूलाई नरकको आगोमा फ्यालिदिनुहुनेछ। त्यस फरिसी संसारको आँखामा एक असल व्यक्ति थियो। तर परमेश्वरको आँखामा एक हराएको व्यक्ति थियो। तपाईं पनि सायद संसारको आँखामा असल हुनुहुन्छ। तर परमेश्वरको आँखामा एक हराएको व्यक्ति हुनुहुन्छ।

२.दोस्रो, त्यस नराम्रो मानिस बचाइयो,

‘तर कर उठाउनेचाहिँ टाडै उभिएर स्वर्गतिर आँखा पनि नउठाई यसो भन्दै आफ्नो छाती पिट्यो, ‘हे परमेश्वर, म पापीमा’थि दया गर्नुहोस्!’’ (लूका १८:१३)

ऊ एक असल मानिस हुन सकेको थिएन। ऊ एक नैतिक मानिस बन्न सकेको थिएन। ऊ कतिसम्म पापी छ भनी उसले बुझेको थिएन। पवित्र आत्माले नै ऊ एक हराएको पापी हो भनी उसलाई देखाउनुभएको थियो। उसले आफूलाई परमेश्वरबाट दण्ड पाउने योग्यको महसुस गरेको थियो। उसले भजनकारले जस्तो महसुस गऱ्यो, जसले भने, ‘मेरो पाप सदा मेरो सामुन्ने छ (भजन ५१:३)। डा. जोन गिलले भनेका छन्, ‘उसले मास्तिर हेर्न सकेन, सरमले रातोपिरो भयो, शोकले निराश(अनुहार) भयो, परमेश्वरको डर र प्रसन्नताले ऊ ग्रस्त बन्यो, उसले आफैलाई अयोग्य (परमेश्वरको अनुग्रह पाउन)व्यक्तिको रूपमा हेऱ्यो। उसले आफ्नो छात्ती पिट्यो...उसले परमेश्वरलाई पुकार्न आफ्नो आत्मालाई जगाउन र प्रेरित गर्नका निम्ति त्यसो गऱ्यो, र भन्यो, ‘हे परमेश्वर, म पापीमाथि दया गर्नुहोस्!’ उसको प्रार्थना त्यस्तो थियो, छोटो, तर सम्पूर्ण...जसमा ऊ एक पापी हो, आदममा एक पापी हो, उसले आदमबाट पाप-स्वभाव प्राप्त गरेको छ(उत्तराधिकारको रूपमा), पापमै गर्भधारण भएको र जन्मिएको, व्यवहारले नै एक पापी हो... उसले धेरैओटा अपराध गरेको छ, ऊ एक दोषी र फोहोर पापी हो- परमेश्वरको क्रोध र नरकको तल्लो भागमा जाने योग्यको छ, उसले परमेश्वरको विरुद्ध पाप गरेको छ भनी स्वीकार गऱ्यो’ (लूका १८:१३ को टिपोट)।

अनि तपाईंले आफूलाई पापको निम्ति दोषी महसुस गर्नु भए तापनि तपाईँले उद्धार नपाएको हुन सक्छ। मैले त्यस्ता मानिसहरू देखेको छु, जसका अनुहार आँसुले भिजेका छन्। तर तिनीहरूका पापको निम्ति रोए अनि दुःखी बने पनि तिनीहरूले कहिल्यै उद्धार पाएका थिएनन्। मानिसहरूले यसो भनेका मैले सुनेको छु, ‘म पापी र गलत छु भन्ने मलाई थाहा छ।’ तिनीहरूले आँसु बगाउँदै त्यसो भनेका मैले सुनेको छु- तर तिनीहरूले कहिल्यै पनि उद्धार पाएनन्। त्यस्तो कसरी हुन सक्छ? म यस कुरालाई सरल बनाउने कोसिस गर्छु। पापको निम्ति दोषी महसुस गर्नु पापबाट परिवर्तन हुनु होइन। तपाईंले आफूलाई पापको दोषी महसुस गरेर पनि येशूद्वारा उद्धार नपाएको सक्छ। मैले मानिसहरू बारम्बार रोएर पनि प्रभु येशू ख्रीष्टमा विश्वास नगरेका देखेको छु। डा. मार्टिन लोयड-जोनेसले त्यो कुरा बुझेका थिए। उनले भने, ‘ख्रीष्टियन हुनु भनेको एउटा संकट, एउटा जटिल घटना हो, एउटा ठूलो परिवर्तन हो, जसको वर्णन नयाँ करारले एउटा नयाँ जन्म, एउटा नयाँ सृष्टिको रूपमा गर्दछ। त्योभन्दा महत्त्वपूर्ण कुरा, यसलाई स्वयम् परमेश्वरद्वारा गरिने अलौकिक कार्यको रूपमा वर्णन गरिएको छ, एउटा मरेको आत्मालाई फेरि जीवित पारिएको कुरासँग तुलना गर्न सकिने कार्य जस्तो...।’ यो एउटा यस्तो संकट हो, जुन परमेश्वरले तपाईंभित्र सृष्टि गर्नुहुन्छ। यो त्यत्तिबेला मात्र हुन्छ, जब दोषको भावनाले तपाईँलाई त्यसबाट छुटकाराको चाहना गर्ने बनाउँछ। जोन बनयानले सात वर्षसम्म आफ्नो पापको दोष महसुस गरे। तिनका निम्ति ती सात वर्ष पृथ्वीमा नरकका वर्ष थिए। मेरो अनुभवबाट म जान्दछु, पापको निम्ति दोषी महसुस गर्नु पापबाट परिवर्तन हुनु होइन।

आधुनिक सुसमाचारवादी प्रचारकहरू कसैको आँखामा आँसु देखेपछि तिनीहरूले उद्धार पाएछन् भनी सोच्छन्। तर त्यस्ता मानिसहरू पीडा वा वेदनाको गहिराइमा पुगेका हुँदैनन्। जब तपाईं आँसु देखेर तुरुन्तै तिनीहरूलाई ख्रीष्टमा विश्वास गर्नु भन्नुहुन्छ, तब त्यस्तो भैहाल्दैन। तिनीहरू पूरा तोडिएर उद्धार पाउनका निम्ति येशूलाई चाहने बनिसकेका हुँदैनन्। त्यसैकारण प्रायः तिनीहरू यसो भन्ने गर्छन्, ‘अनि मैले येशूमा विश्वास गरें।’ तिनीहरू पूरा एक पन्ना आफ्नै विषयमा लेख्छन्। तर प्रभु येशू ख्रीष्टको विषयमा भन्न पर्ने कराहरू तिनीहरूसँग थोरै हुन्छन्। अनि, तपाईंले केही हप्तापछि सोध्नुभयो भने तिनीहरू भन्छन्, ‘मैले यो विश्वास गरें कि येशू मेरो निम्ति मर्नुभयो।’ त्यो ‘कि’ शब्दले तिनीहरूले सिद्धान्तमा मात्र विश्वास गरेका, स्वयम् येशूमा विश्वास नगरेका देखाउँछ। हराएको पापीले कहिल्यै पनि स्वयम् येशूमा विश्वास गर्दैन। तपाईं अति हतोत्साहित हुनुभयो भने मात्र गर्नुहुन्छ। दोषको पीडा र वेदनाबाट उम्कने अर्को उपाय पाउनुभएन भने मात्र उहाँमा विश्वास गर्नुहुन्छ। कहिलेकाहीं यो तुरुन्तै भैहाल्छ। तर प्रायः तपाईँ धेरैओटा झुटा परिवर्तनहरूबाट भएर जानुपर्छ। त्यसपछि मात्र तपाईं प्रेरितको साथमा यसो भन्न सक्नुहुन्छ, ‘हाय, म कति दुःखी मानिस! यस मृत्युको शरीरबाट मलाई कसले छुटाउला’ (रोमी ७:२४)? तब मात्र तपाईं त्यो कर उठाउनेजस्तो परमेश्वरको दयाको निम्ति पुकारा गर्नुहुनेछ! तब मात्र परमेश्वरले तपाईंलाई उत्तर दिनुहुनेछ र तपाईँलाई येशूमा खिँच्नुहुनेछ!

आधुनिक सुसमाचारवादीहरू सबै कुरा चाँडै र सजिलै गर्न खोज्छन्। विगत वर्षको जागृतिमा हामीले यो देख्यौं। तपाईंहरूमध्ये धेरै जना यसो भन्दै बाहिर निस्किनुभयो, ‘अनि येशूले मलाई बचाउनुभयो भनी मैले विश्वास गरें।’ वा ‘अनि मैले येशूले मलाई बचाउनुभयो भनी विश्वास गरें।’ प्रभु येशू ख्रीष्टलाई प्रायः पूर्णरूपले छोडिएको छ। तपाईं पापको निम्ति दोषी नठहरिनुभएको कारण उहाँ त्यसरी छोडिनुभएको हो। तपाईंको हृदयको अन्धकारको निम्ति दोषी नठहरिनुभएको कारण। परमेश्वरसँग तपाईँको शत्रुताको निम्ति दोषी नठहरिनुभएको कारण। तपाईंले आफैलाई परिवर्तन गर्न सक्नुहुन्न भनी नबुझ्नुभएको कारण त्यस्तो भएको थियो। जोन केगनले भन्यो, ‘म येशूकहाँ आउन परेको थियो, तर म आउन सक्दिनँथें।’ हो। ‘हाय, म कति दुःखी मानिस! यस मृत्युको शरीरबाट मलाई कसले छुटाउला?’ हामीले भन्छौं, तपाईंले येशूले बचाउन सक्नुहुन्छ भन्ने मात्र तपाईंले विश्वास गर्नुभएको छ। तपाईं केही दुःखी हुनुहुन्छ र त्यसपछि आत्मिक निद्रामा पर्नुहुन्छ। अनि तपाईंहरूमध्ये धेरै जना कहिल्यै पनि परिवर्तन हुनुभएको छैन। तपाईंहरू पछि फर्केर जानुपर्छ अनि फेरि पापको निम्ति दोषी ठहरिने सम्पूर्ण प्रक्रियाबाट भएर जानुपर्छ। हृदय परिवर्तन तपाईंको जीवनमा हुने अति महत्त्वपूर्ण कुरा हुनेछ। येशूमा भएको तपाईँको विश्वासको बारेमा तपाईं एक वाक्यमा वर्णन गर्न सक्नुहुन्न। वा एउटी केटीले गरेझैं आधा वाक्यमा बताउन सक्नुहुन्न, जुन केटी अहिले निदाएकी छे, र उसले कहिल्यै पनि आफूलाई पापको दोषी महसुस गरेकी छैन। यदि तपाईंले रुँदै आफ्नो पापको निम्ति कहिल्यै दोषी महसुस गर्नुहुन्न भने तपाईं किन अगाडि आउनुहुन्छ? के हामी केही गर्न सक्छौं भन्ने सोच्नुहुन्छ? के हामी केही मिनेटमा तपाईँलाई त्यो अनुभवबाट भएर लैजान सक्छौं भन्ने सोच्नुहुन्छ? तपाईँ एक हजारपल्ट वेदीको अगि आउनुभए पनि हामी तपाईँको निम्ति केही पनि गर्न सक्दैनौं। हामी तपाईंलाई केही पनि सिकाउन सक्दैनौं। तपाईंलाई सहायता गर्न हामीले भन्न सक्ने केही पनि छैन। परमेश्वरले मात्र तपाईंलाई सहायता गर्न सक्नुहुन्छ- अनि परमेश्वरले पाखण्डीहरूलाई कहिल्यै पनि सहायता गर्नुहुन्न। के तपाईं गहन र धेरै रात जागा रहँदै अध्ययन नगरी विश्वविद्यालयबाट डाक्टरको डिग्री प्राप्त गर्न सक्नुहुन्छ? निश्चय सक्नुहुन्न। तर येशूमा परिवर्तन हुनु भनेको त्यो पी.एच.डी.को डिग्रीभन्दा धेरै महत्त्वपूर्ण कुरा हो। साँचो परिवर्तन तपाईंले जीवनमा प्राप्त गर्नुहुने एउटा महत्त्वपूर्ण कुरा हो। तर जबसम्म तपाईँले आफू हराएको महसुस गर्नुहुन्न तबसम्म तपाईँ परिवर्तन हुन सक्नुहुन्न। जबसम्म तपाईँ आफूलाई आशारहित महसुस गर्नुहुन्न, तबसम्म तपाईं परिवर्तन हुन सक्नुहुन्न। तपाईंले आफ्नो हृदय र जीवनका पापहरूलाई घृणा नगर्नु भईञ्जेल तपाईँ परिवर्तन हुन सक्नुहुन्न। जबसम्म तपाईंले ‘हे परमेश्वर, म पापीमाथि दया गर्नुहोस्’ भन्दै पुकार गर्नुहुन्न, तबसम्म तपाईं परिवर्तन हुनुहुन्न। हामी सबै खडा भएर भजन किताबबाट भजन संख्या १० गाऔं। यो भजन जोसेफ हार्ट (१७१२-१७६८)ले रचेका ‘आऊ सब पापी’ भन्ने हो।

अब म तपाईंहरूलाई आज राति येशूमा विश्वास गर्नुहोस् भनी आग्रह गर्दछु। यदि तपाईँ आफूलाई दोषी महसुस गर्नुहुन्छ भने, आफूलाई आशारहित महसुस गर्नुहुन्छ भने, यदि हराएको महसुस गर्नुहुन्छ भने यहाँ पुल्पिटको अगाडि आउनुहोस् र हामी तपाईँसँग येशूको बारेमा कुराकानी गर्नेछौं। येशू स्वर्गबाट ओर्लेर धरतीमा आउनुभयो। उहाँलाई क्रूसमा कीला ठोकियो र उहाँ तपाईंको स्थानमा मर्नुभयो, तपाईंको पापको मूल्य चुकाउन, तपाईंलाई दण्ड र नरकबाट छुटकारा दिन। अनि येशू मरेकोबाट सशरीर जीवित हुनुभयो र स्वर्गमा उक्लिनुभयो। तपाईंले उहाँमाथि विश्वास गर्नुभयो भने उहाँले तपाईंका पापहरूबाट तपाईँलाई बचाउनुहुनेछ। कृपया खडा हुनुहोस्, र ‘आऊ सब पापी’ भजन गाउनुहोस्, यो भजन किताबमा १० नम्बरमा छ।

आऊ सब पापी, दीन, दरिद्र, लखतरान, दुःखित, अनाथ
   येशू तिमीलाई बचाउन पर्खिन्छन् प्रेम, शक्तिसाथ।
ख्रीष्ट छन् योग्य, ख्रीष्ट छन् योग्य, ख्रीष्ट छन् योग्य
   ख्रीष्ट छन् राजी, नडराऊ, ख्रीष्ट छन् राजी नडराऊ।

आऊ सब बेसरी लादिएका, पापको सागरमा डुब्ने आऊ
   शुद्ध हुन पर्ख्यौ भने तिमी कहिल्यै आउँदैनौ
धार्मिक होइन, धार्मिक होइन, पापीलाई डाक्छन् येशू
   धार्मिक होइन, धार्मिक होइन, पापीलाई डाक्छन् येशू

देहधारी ईश्वर येशू स्वर्ग फर्के तारणहार
   राख उनैमा भरोसा, उनको वचनमा पत्यार
खाली येशू, खाली येशू, गर्छन् पापीलाई उद्धार
   खाली येशू, खाली येशू, गर्छन् पापीलाई उद्धार
      (‘कम,ये सिनर्स,’ जोसेफ हार्ट, १७१२-१७६८-द्वारा रचित, पास्टरले केही फेरबदल गर्नुभएको)


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
(‘कम, ये सिनर्स,’ जोसेफ हार्ट, १७१२-१७६८- द्वारा रचित)


रूपरेखा

असल मानिस हरायो र नराम्रो मानिसले उद्धार पायो!

A GOOD MAN LOST AND A BAD MAN SAVED!

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

‘आफैमाथि भरोसा राख्नेहरू आफैलाई धर्मी ठानी अरूहरूलाई तुच्छ ठान्नेहरू कसै-कसैलाई उहाँले यो दृष्टान्त सुनाउनुभयो, ‘दुइ जना मानिस प्रार्थना गर्न मन्दिरमा गए- एक जना फरिसी र अर्कोचाहिँ कर उठाउने। फरिसीले उभिएर मनमनै यसरी प्रार्थना गऱ्यो, ‘हे परमेश्वर म तपाईँलाई धन्यवाद दिन्छु, म अरू मानिसहरूजस्तो धुताहा, अन्यायी, व्यभिचारी, अथवा यही कर उठाउने जस्तो पनि छैनँ। म हप्तामा दुइपल्ट उपवास बस्तछु। मैले पाएका सबै थोकको दशांश म दिन्छु।’ तर कर उठाउनेचाहिँ टाडै उभिएर स्वर्गतिर आँखा पनि नउठाई यसो भन्दै आफ्नो छाती पिट्यो, ‘हे परमेश्वर, म पापीमाथि दया गर्नुहोस्!’ म तिमीहरूलाई भन्दछु, योचाहिँ मानिस त्यो अर्काभन्दा धर्मी ठहरिएर आफ्नो घरतिर लाग्यो। किनभने हरेक जसले आफूलाई उच्च पार्दछ, त्यो होच्याइनेछ, तर जसले आफूलाई होच्याउँछ, त्यो उच्च पारिनेछ
   (लूका १८:९-१४)।

१. त्यो पहिलो ‘असल’ मानिस हराएको थियो। लूका १८:११-१२; यशैया ५७:२१;
यर्मिया १७:९; यशैया ३३:१४; मत्ती ७:२३

२. दोस्रो, त्यस नराम्रो मानिस बचाइयो, लूका १८:१३; भजन ५१:३; रोमी ७:२४