Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




अहिले आफैलाई जाँच्नुहोस्!

EXAMINE YOURSELVES NOW!
(Nepali)

द्वाराडा. आर.एल.हिमर्स
by Dr. R. L. Hymers, Jr.

५ फरवरी,२०१७, आइतबार बिहान लसएन्जलसकोदब्याप्टिस्टटेबरनेकलमा
प्रचारगरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord's Day Morning, February 5, 2017

‘तिमीहरू विश्वासमा दह्रिला छौ कि छैनौ भनी आफैले आफैलाई जाँचेर हेर। आफैलाई जाँच। जाँचमा असफल भएनौ भने येशू ख्रीष्ट तिमीहरूमा हुनुहुन्छ भन्ने तिमीहरूलाई थाहा हुनुपर्ने हो’ (२ कोरिन्थी १३:५)।


कोरिन्थको चर्चका मानिसहरूको एक समूहले प्रेरित पावलको विरुद्ध आक्रमण गरे। ती परिवर्तन नभएका तिनै मानिसहरू थिए, जसको विषयमा पावलले अघिबाट चर्चा गरेका छन्। तिनीहरूले पावल कमजोर छन् र तिनी एक साँचो प्रेरित होइनन् भने। तिनीहरू ती मानिसहरू जस्ता हुन् जुनहरू अघि हाम्रो चर्चमा थिए- जसले चर्च विभाजन हुँदा ममाथि आक्रमण गरेका थिए। हामीले लस एन्जलस शहरको केन्द्रमा यो ठूलो चर्च खडा गर्न शैतानसँग लडाइँ लड्नु परेको थियो। कोरिन्थका ती कुनै-कुनै दुष्ट व्यक्तिहरूले पावल साँचो प्रेरित होइनन् भने। त्यसैकारण पावलले तिनीहरूलाई ‘तिनीहरू विश्वासमा छन् कि छैनन्, सो आफैलाई जाँच्नु’ भनी भने। यो पदलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो,‘तिमीहरू विश्वासमा छौ कि छैनौ भनी हेर्नका निम्ति आफैलाई जाँच।’ पावलले तिनीहरू साँच्चै बाँचेका छन् कि छैनन् सो हेर्नका निम्ति तिनीहरूका हृदय र तिनीहरूका जीवनलाई हेर्नु भनी तिनीहरूलाई भने। विश्वासमा हुनु भनेको साँचो ख्रीष्टियन हुनु हो। ती मानिसहरूले पावलमाथि आक्रमण गरे, त्यसरी नै हाम्रो चर्च छोडेर जानेहरूले पनि ममाथि आक्रमण गरे। अहिले तिनीहरूमध्ये धेरै जना चर्च जानै छाडेका छन्। बाँकी मानिसहरू कमजोर सुसमाचारीय चर्चहरूमा गए। व्यक्तिगत रूपमा मलाई यस्तो लाग्छ, यदि तिनीहरूमध्ये कोही ख्रीष्टियन थिए भने पनि थोरै जना मात्र थिए।

‘तिमीहरू विश्वासमा दह्रिला छौ कि छैनौ भनी आफैले आफैलाई जाँचेर हेर। आफैलाई जाँच(वा प्रमाणित गर)।’

प्रेरित पावल तपाईंले आफैलाई जाँच्नुपर्छ भन्दछन्। तपाईंमा उद्धार पाउने विश्वास छ कि छैन त्यो बुझ्नका निम्ति तपाईंले आफैलाई जाँच्नुपर्छ भनी तिनले भने। यदि तपाईंले अहिल्यै नै आफैलाई जाँच्नु भएन भने परमेश्वरले त्यस आखिरी न्यायमा तपाईंलाई जाँच्नुहुनेछ। तपाईंले गर्नुभएको हरेक पाप परमेश्वरले देख्नुहुन्छ। तपाईंको हृदयमा भएको हरेक पाप र तपाईंले गर्नुभएको हरेक पाप उहाँले लेखेर राख्नुभएको छ। उहाँले आफ्नो पुस्तकबाट तपाईंका पापहरू पढेर सुनाउनुहुनेछ। तपाईंको मृत्युपछि तपाईंको प्राण(आत्मा) परमेश्वरको सामुन्ने खडा हुनेछ र तपाईंको न्याय हुनेछ। तपाईंले अहिले नै आफ्ना पापहरू जाँच्नुपर्छ, नत्र परमेश्वरले ती जाँच्नुहुनेछ र अनि तपाईं ‘अग्नि-कुण्डमा फालिनुहुनेछ’(प्रकाश २०:१५)। तपाईंले आफ्ना विचारहरू, बोलीवचनहरू र बाहिरी पापहरू तपाईंको मृत्यु हुनुभन्दा अघि, अहिले नै जाँच्नुपर्छ। किनकि मृत्युपछि नरकको आगोबाट बच्न धेरै ढिला भइसकेको हुनेछ। ‘तपाईं विश्वासमा दह्रिला हुनुहुन्छ कि हुनुहुन्न भनी अहिले नै आफैलाई जाँचेर हेर्नुहोस्।’ किनकि मरेपछि उद्धार पाउन ढिला भइसकेको हुनेछ। यदि अहिले नै पश्चात्ताप गरी ख्रीष्टमा विश्वास गर्नुभएन भने तपाईंले ‘आगो र गन्धकमा यातना भोग्नुपर्नेछ... अनि तपाईंको यातनाको धूवाँ सदासर्वदा मास्तिर गइरहनेछ,...र दिनरात कहिल्यै आराम पाउनुहुनेछैन’(प्रकाश १४:१०,११)। त्यसैकारण तपाईंले अहिलेनै आफैलाई जाँच्नुपर्छ- किनकि तपाईंको मृत्युपछि उद्धार पाउन धेरै ढिला भइसकेको हुनेछ।

हामीले प्राचीन मार्गहरू पछ्याइरहेका छौं भन्ने तुरुन्तै महसुस नगरी तपाईं हाम्रो चर्चभित्र पस्न सक्नुहुन्न। यो चर्चभित्र पस्दा सबैभन्दा पहिले तपाईं केही चित्रहरू देख्नुहुन्छ। ती सबै धेरै अघिका प्रचारकहरू हुन्- जोनाथन एडवर्डस्, जोन बनायान, जर्ज व्हाइटफिल्ड, जोन वेस्ली, मार्टिन लुथर, स्पर्जन, जेम्स हडसन् टेलर, डा. जोन सङ, र प्राचीनका अरूहरू। अर्को कुरा हाम्रो चर्चमा प्रत्येक व्यक्तिले टाई र सुट लगाएको तपाईं देख्नुहुन्छ। यो आवश्यक छ। यदि कसैसँग टाई र सुट छैन भने हामी उसलाई त्यो किन्ने ऋण दिन्छौं। यदि तिनीहरूले त्यो लगाउन नमाने यो चर्चभित्र पस्न पाउनेछैनन्। के यो नियम कठोर लाग्छ? सायद लाग्छ, तर यो प्राचीनमार्ग हो, र चलन यो मार्ग हामी बदल्नेछैनौं। महिलाहरूले पनि सुहाउँदो आदर्श वस्त्र पहिरिनुपर्छ। यो प्राचीनमार्ग हो, र ठीक मार्ग हो। जसरी डा. टोजरले भनेका छन्,‘प्राचीनमार्ग नै साँचो मार्ग हो।’ तपाईं यो चर्च भवनभित्र पस्नुहुँदा पियानो र अर्गन बाजामा पुरानो भजनका धुनहरू बजिरहेका हुन्छन्। सेवाको सुरुदेखि अन्त्यसम्म तपाईं गिटार र ड्रम देख्नुहुन्न। हामीले गाउने सबै स्तुति-भजनहरू पुरानो किसिमका छन्। आधुनिक कोरसहरू एउटै पनि छैनन्। एउटै मात्र ‘विशेष भजन’हुन्छ, जुन हाम्रा बरिष्ठ डिकन, जो साठी वर्षभन्दा माथिका छन्, उनले प्रवचन सुरु हुनुभन्दा अघि गाउँछन्। अनि हामी सधैं पुरानो किङ जेम्स भर्सन बाइबलबाट प्रचार गर्दछौं।

कसैले यसो भन्न सक्छ,‘सायद तपाईंको चर्चमा त बूढा-बूढी मानिसहरू मात्र छन् होला।’ होइन, त्यस्तो छैन। हाम्रा सदस्यहरूमध्ये धेरै जना तीस वर्षभन्दा कम उमेरका छन्। तिनीहरूमध्ये पच्चीस प्रतिशत कलेज वा माध्यमिक विद्यालय जाने उमेरका छन्। तिनीहरूमध्ये थोरै मात्र कुनै चर्चमा हुर्केका थिए। तिनीहरूमध्ये धेरै जनानजिकैका कलेज र माध्यमिक विद्यालयका विद्यार्थीहरू हुन्, जसलाई परिश्रमसाथ सुसमाचार प्रचार गरी प्रभुमा ल्याइएको हो।

हामीले जे गरे पनि, त्यसमा आधुनिकतावादी चर्चहरूलाई
   चुनौती दिनुमा विश्वास गर्दछौं।
हामी भिन्नै प्रकारले सोच्ने कुरामा विश्वास गर्दछौं।
हामी ती चर्चहरूलाई तिनीहरूले भन्दा अझ असल
   ख्रीष्टियनहरू बनाएर चुनौती दिन्छौं।
अनि हामी साँच्चै तिनीहरूले भन्दा अझ असलख्रीष्टियनहरूबनाउँछौं!
   के तपाईं त्यस्तै एक जना बन्न चाहनुहुन्छ?
(सिमोन सिनिकद्वारा रचित स्टार्ट विद वाई, पृष्ठ ४१, शब्दहरू व्याख्या गरिएको थपेर)।

केही महीनासम्म यहाँ आउनुहोस् र साँचो परिवर्तनको अनुभव गर्नुहोस्,अनि तपाईं ‘आधुनिकीकरण’ गरिएको कुनै पनि चर्चले जन्माउनेभन्दा अझ असल ख्रीष्टियन बन्नुहुनेछ। तपाईं कसैले पनि चिन्ने एक सर्वोत्तम ख्रीष्टियन बन्नुहुनेछ!

प्राचीनमार्गअनुसार चल्ने चर्चहरू आज थोरै मात्र छन्। तिनीहरू ख्रीष्ट र प्रेरितहरूले सिकाउनुभएका प्राचीनमार्ग मान्दैनन्। तिनीहरू धार्मिक सुधारकहरू वा विशुद्धवादीहरू वा १८औं र १९औं शताब्दीका प्रचारकहरूले सिकाएका प्राचीनमार्ग मान्दैनन्। तिनीहरू नयाँ मार्गमा चल्छन्, जुन चार्ल्स फिन्नीको पेलाजियन झुटो शिक्षाद्वारा सुरु भएको थियो-एउटा यस्तो मार्ग जसले न्यू इभान्जलिस्ट, केरेस्मेटिक, एन्टीनोमियन बाइबल स्टुडेन्टस्, अनि नव केल्भिनवादी(जसले केल्भिनको सिद्धान्तको कुरा गर्छन्, तर जोनाथन एडवर्डस्, जर्ज व्हाइटफिल्ड, स्पर्जन र डा. लोयड-जोनेसलेजस्तो श्रोताहरूको हृदय जाँच्दैनन्) लगायत हाम्रो समयमा निर्णयवादीहरूको अनौठो जमात जन्माएका छन्।म फिन्नीका यी सबै फलहरूको बारेमा बताउँदै तपाईंहरूको समय नष्ट गर्न चाहन्नँ। म यति मात्र भन्छु, हामी तिनीहरूलाई एक साथ न्यू इभान्जलिकल्सको समूहमा राख्न सक्छौं। तिनीहरू आफैलाई ‘न्यू इभान्जलिकल्स’(नव सुसमाचारवादीहरू) भन्छन्! तिनीहरू ठिकै भन्छन्, किनकि तिनीहरू जे शिक्षा दिन्छन् ती सबै नयाँ हुन्छन्। म ती चर्चका सबै जना व्यक्ति हराएका छन् भनी विश्वास गर्दिनँ। तर जतिले उद्धार पाएका छन् तिनीहरू हाम्रो समयमा बचेका थोरै मानिसहरू हुन्। यदि तपाईं ‘ओल्ड इभान्जलिकल्स’(प्राचीन सुसमाचारवादीहरू)को बारेमा पढ्न चाहनुहुन्छ भने आयन एच. मुर्रेद्वारा लिखित ‘दि ओल्ड इभान्जलिकलिज्म’ पुस्तक किन्नुहोस्। हाम्रो पुस्तक पसलमा त्यो पाउन सक्नुहुन्छ,वा Amazon.comद्वारा अनलाइनमा त्यो किन्नुहोस्। त्यो पुस्तकको आवरणमा डा.ए.डब्ल्यु. टोजरको यस्तो भनाइ छ,‘प्राचीनमार्ग साँचो मार्ग हो र नयाँ मार्ग भन्ने कुनै कुरा हुँदैन’- कुनै पनि नयाँ मार्गले तपाईंलाई एक साँचो ख्रीष्टियन बन्न सहायता गर्दैन। जसरी अगमवक्ता यर्मियाले भनेका छन्,

‘प्राचीन मार्गहरूको बारेमा सोध। असल मार्ग कहाँ छ त्यो सोध, र त्यसैमा हिँड, र तिमीहरूले आफ्ना प्राणको निम्ति विश्राम पाउनेछौ’(यर्मिया ६:१६)।

अब म तपाईंलाई उद्धारमा पुऱ्याउने प्राचीन मार्ग र तपाईंलाई अनन्त दण्डमा पुऱ्याउने नयाँ मार्गको तुलना गर्नेछु।

१. पहिलो, प्राचीन मार्ग परमेश्वर र उहाँको महिमाद्वारा सुरु हुँदछ; नयाँ मार्ग मानिस र उसका खाँचोहरू र भावनाहरूद्वारा सुरु हुँदछ।

अहो, त्यो ‘नयाँ मार्ग’ मा तिनीहरू परमेश्वरको कुरा गर्छन्। तर त्यो परमेश्वर पवित्र बाइबलका परमेश्वर हुनुहुन्न। उहाँ बाइबलका सार्वभौम परमेश्वर हुनुहुन्न। उहाँ त्यस परमेश्वर हुनुहुन्न जसले कसलाई बचाउने र कसलाई तिनीहरूका पापमा नै छोडिदिने भनी निर्णय गर्नुहुन्छ। त्यो ‘नयाँ मार्ग’ का परमेश्वर बाइबलका परमेश्वर हुनुहुन्न, जसको विषयमा प्रेरित पावलले यसो भनेका छन्,

‘यसकारण उहाँले इच्छा गर्नुभएकाहरूलाई उहाँले कृपा गर्नुहुन्छ, र उहाँले इच्छा गर्नुभएकाहरूको हृदयलाई उहाँले कठोर पार्नुहुन्छ’ (रोमी ९:१८)।

त्यो नयाँ मार्गले परमेश्वरले इच्छा गर्नुभएकाहरूलाई उहाँले बचाउनुहुन्छ, र अरू सबैलाई नरकमा जानका निम्ति छोडिदिनुहुन्छ भनी कहिल्यै पनि भन्दैन। पछिल्लो चोटि कुनै प्रचारकले परमेश्वरको बारेमा त्यसो भनेको तपाईंले कहिले सुन्नुभयो? हुन सक्छ, तपाईंले बाइबलका वास्तविक परमेश्वरको बारेमा कहिल्यै पनि नसुन्नुभएको हुन सक्छ। बाइबलले उहाँलाई ‘महान् र भययोग्य परमेश्वर’ भन्दछ(व्यवस्था ७:२१)। बाइबलले उहाँलाई ‘महान् र भययोग्य परमेश्वर’(नहेम्याह १:५) भन्दछ, अनि फेरि परमेश्वरलाई ‘महान्, पराक्रमी र भययोग्य परमेश्वर’ (नहेम्याह ९:३२) भनिएको छ। अनि हामीलाई चेताउनी दिइएको छ,‘जीवित परमेश्वरको हातमा पर्नु डरलाग्दो कुरा हो’ (हिब्रू १०:३१)।‘किनभने हाम्रा परमेश्वर भस्म गर्ने आगो हुनुहुन्छ’(हिब्रू १२:२९)।

के तपाईंले कुनै पास्टर वा प्रचारकले त्यस परमेश्वरको चर्चा गरेका सुन्नुभएको छ- जसलाई बाइबलले ‘जीवित परमेश्वर’ भन्दछ(हिब्रू १०:३१)? के तपाईंले त्यस्तो प्रचारकको प्रचार सुन्नुभएको छ, जसले भन्छ, परमेश्वरले थोरै मानिसलाई मात्र उद्धार पाउनका निम्ति चुन्नुहुन्छ र अरू सबैलाई नरकमा जानका निम्ति छोडिदिनुहुन्छ? ख्रीष्टले भन्नुभयो,‘बोलाइएका धेरै छन्, तर चुनिएका थोरै छन्’(मत्ती २२:१४)। वा के तिनीहरूले सबैलाई बचाउने सानो मह्त्वहीन परमेश्वरको बारेमा कुरा गरेका सुन्नुभएको छ, जुन परमेश्वर भययोग्य र ‘जीवित परमेश्वर’ नभएर बरु तपाईंको सेवा गर्छन् र तपाईंका खाँचोहरू पूरा गरिदिन्छन्? तपाईं भन्नुहुन्छ,‘म तपाईंको भययोग्य परमेश्वरको विषयमा सुन्न चाहन्नँ! म यो चर्चमा फेरि फर्केर आउनेछैनँ।’ठिकै छ, नआउनुहोस्। तपाईंको ‘आफ्नै परमेश्वरमा’ विश्वास गरिरहनुहोस्। तर याद राख्नुहोस्, तपाईंको आफ्नै परमेश्वर वास्तविक परमेश्वर हुनुहुन्न। अनि तपाईंले बाइबलका ‘जीवित परमेश्वर’ मा विश्वास नगर्नुभईञ्जेल कहिल्यै पनि उद्धार पाउनुहुन्न र साँचो ख्रीष्टियन बन्न सक्नुहुन्न।

२. दोस्रो,प्राचीन मार्गले तपाईंलाई पापको बारेमा सोच्ने बनाउँछ, जुन पापको निम्ति परमेश्वरले नरकमा दण्ड दिनुहुनेछ; नयाँ मार्गले तपाईंका खाँचोहरू र भावनाहरूबारे सोच्ने बनाउँछ।

के तपाईंले कुनै पास्टर वा प्रचारकले तपाईं घोर पापी हुनुहुन्थ्यो भनेको सुन्नुभएको थियो? तपाईंको हृदय भ्रष्ट र फोहोर थियो? तपाईंको हृदय ‘छली र अति नै दुष्ट छ’(यर्मिया १७:९)। तपाईं साँचो रूपले परिवर्तन हुनु भएन भने ‘तपाईं अनन्त दण्ड पाउने ठाउँमा जानुहुनेछ’(मत्ती २६:४६) भनेको सुन्नुभएको छ? कि तपाईंले फुल्लर थिअलजिकल सेमिनरीका प्रचारक श्री रब बेलजस्ता पास्टरको प्रचार सुन्नुभएको छ, जसले सबै जना, यहाँसम्म कि हिटलर पनि स्वर्ग जान्छ भनी भन्छन्। हो, श्री रब बेलले त्यसै भनेका छन्(लभ विन्स)। यदि फुल्लर थिअलजिकल सेमिनरीइमानदार छ भने तिनीहरूले तिनको डिग्री बदर(रद्द) गर्छन्, र तिनको पैसा फर्काइदिन्छन्।

तपाईं भन्नुहुन्छ, ‘म मिठो र कोमलतासाथ बोल्ने प्रचारकद्वारा मेरा खाँचोहरू पूरा होऊन् भन्ने चाहन्छु। मेरो पापको कुरा गर्ने र म नरक गइरहेको छु भनी प्रचार गर्ने यो प्राचीन मार्गको चर्चमा फेरि फर्केर आउँदिनँ।’ ठिकै छ, हामीलाई छोडेर जानुहोस्। गएर जोयल अस्टिनले सिकाउने मिठो छोटो ‘पापीहरूले गर्ने प्रार्थना’ मा विश्वास गर्नुहोस्- जुन प्रार्थना गरेपछि तिनले आफ्नो टेलिभिजन कार्यक्रममा यसो भन्छन्,‘यदि तपाईंले यो प्रार्थना गर्नुभएको छ भने हामी विश्वास गर्छौं तपाईं भर्खरै नयाँ गरी जन्मनुभएको छ।’ जानुहोस्, र तिनको कुरामा विश्वास गर्नुहोस्। तर तिनीजस्तो प्रचारकलाई म झुटा अगमवक्ताहरू, झुटो बोल्ने प्रचारकहरू भन्छु, जुनहरू आफै नरकतिर गइरहेका छन्। मैले यसो भनेको छु भनी गएर तिनीहरूलाई भन्नुहोस्, अनि यो कुरा पाण्डुलिपि र भिडियोमा छोडिराख्नुहोस्।

३. तेस्रो, प्राचीन मार्गले तपाईंलाई आफ्ना पापहरू- विशेष गरी गुप्तमा गरेका र तपाईंको हृदयका पापहरूको बारेमा सोच्ने बनाउँछ; नयाँ मार्गले तपाईंलाई आफू ठिकै छु भनी सोच्ने बनाउँछ।

जोनाथन एडवर्डस्(१७०३-१७५८)ले भने,‘मानिस स्वाभाविक रूपले आफैलाई प्रेम गर्ने हुन्छ’(‘मानिस अति नै दुष्ट र अरूलाई चोट पुऱ्याउने प्राणी हो’)। आफैलाई प्रेम गर्ने, तर परमेश्वरलाई प्रेम नगर्ने। कसैलाई प्रेम नगर्ने तर आफैलाई मात्र प्रेम गर्ने- किनकि जोनाथन एडवर्डसले भनेझैं तपाईं ‘अति नै दुष्ट र अरूलाई चोट पुऱ्याउने प्राणी’ हुनुहुन्छ। तपाईं किन त्यस्तो हुनुहुन्छ? किनकि तपाईंले सारा मानव जातिका पिता आदमबाट पापी स्वभाव(सुरुको पाप) प्राप्त गर्नुभएको छ। त्यसैकारण तपाईं आफैलाई मात्र प्रेम गर्नुहुन्छ। कसैले भन्ला,‘होइन, होइन, म मेरा पतिलाई प्रेम गर्छु।’ गर्नुहुन्छ र? त्यसो भए किन तिनको विरोध गर्नुहुन्छ, र दिनरात तिनको विरुद्धमा गुनासो गर्नुहुन्छ? वास्तविकता के हो भने, तपाईं आफैलाई मात्र प्रेम गर्नुहुन्छ।

तपाईं परमेश्वरलाई प्रेम गर्नुहुन्न, यस विषयमा कुनै गल्ती नगर्नुहोस्। तपाईं आफ्ना मित्रहरूलाई भेट्न मात्र चर्च आउनुहुन्छ। तपाईंको कुनै एक जना मित्रले यो चर्च छोड्यो भने तपाईं पनि छोड्नुहुनेछ। यसले तपाईं कति पाखण्डी हुनुहुन्छ भन्ने देखाउँछ। तपाईंले ख्रीष्टलाई प्रेम गर्ने र उहाँमाथि विश्वास गर्ने विषयमा जे भन्नुभए पनि यसले तपाईं आफैलाई धोका दिइरहनुभएको छ भन्ने देखाउँछ। अहिलेसम्म तपाईँ एक झुटो ख्रीष्टियन हुनुभएको छ। तपाईंले एक ख्रीष्टियनको भेष धारण गर्नुभयो। तपाईंले झुटो मुस्कान र मिलनसार व्यवहार देखाउनुभयो, तर तपाईं ख्रीष्टियन हुनुहुन्न। धेरै जना मानिसले हेलोविनको चाड्मा मुकुन्डो ओढेझैं तपाईंले ख्रीष्टियनको भेष मात्र ओढनुभएको छ। वास्तविक कुरा के हो भने तपाईं ख्रीष्टलाई प्रेम गर्नुहुन्न। तपाईं आफैलाई मात्र प्रेम गर्नुहुन्छ। तपाईं आफैलाई मात्र। साँच्चै,तपाईं आफैलाई मात्र। बाइबलले भन्छ,‘आखिरी दिनहरूमा... मानिसहरू आफैलाई मात्र माया गर्ने हुन्छन्’(२ तिमोथी ३:१,२)। त्यसैकारण तपाईंसँग बाइबल पढ्ने समय छैन। प्रार्थना गर्ने समय छैन। सुसमाचार प्रचार गर्न जाने समय छैन, तर भिडियो गेम खेल्न र टेलिभिजन हेर्न साथै फोहोर फिल्म र पत्र-पत्रिकाहरू पढने प्रशस्त समय हुन्छ।! तपाईंसँग शनिबार राति र आइतबार राति चर्च आउने समय हुँदैन, तर चलचित्र हेर्न जाने समय प्रशस्त हुन्छ।तपाईं त्यस्तो किन हुनुहुन्छ? किनकि तपाईं आफैलाई मात्र प्रेम गर्नुहुन्छ। परमेश्वरप्रति कुनै प्रेम छैन। येशूप्रति पनि प्रेम छैन। तपाईं आफैलाई मात्र प्रेम गर्नुहुन्छ। यो कुरा स्वीकार गर्नुहोस्। अहिले नै यो कुरा स्वीकार गर्नुहोस्- नत्र तपाईं कहिल्यै पनि पश्चात्ताप गर्नुहुनेछैन र ख्रीष्टमा विश्वास गरी साँचो ख्रीष्टियन कहिल्यै पनि बन्नुहुनेछैन।

त्यो ‘नयाँ’ मार्ग हामीले विश्वास गर्ने त्यो प्राचीन मार्गको ठीक उल्टो छ। ‘नयाँ’ मार्गले तपाईंलाई चर्चको पुल्पिटको सामुन्ने आएर पापीले गर्ने प्रार्थना गर्न लगाउँछ। त्यसपछि तिनीहरूले तपाईंलाई तुरुन्तै बप्तिस्मा दिन्छन्। मैले यसो भनेको कारण धेरै जना ब्याप्टिस्टहरू मलाई मन पराउँदैनन्, तर मैले तपाईंलाई सत्य कुरा भन्नै पर्छ। तपाईंले ख्रीष्टलाई ग्रहण गर्ने निर्णय लिनेसाथ तिनीहरूले सकेसम्म चाँडो तपाईंलाई बप्तिस्मा दिन्छन्। तिनीहरू किन त्यत्तिनै बेला, प्रायः त्यही सेवामा तपाईंलाई बप्तिस्मा दिन्छन् त? तिनीहरूले येशूलाई प्रेम गरेका त्यसो गरेका होइनन्। तिनीहरूले बाइबलमा विश्वास गरेका कारण त्यसो गरेका होइनन्। तिनीहरूले यसकारण त्यसो गर्छन्, किनकि तिनीहरू आफैलाई प्रेम गर्छन्।तिनीहरूलाई तपाईंको एउटै पनि वास्ता हुँदैन। तिनीहरूलाई त कति जना मानिसले बप्तिस्मा लिएको रिपोट दिन सकिन्छ भन्ने कुराको वास्ता मात्र हुन्छ। मलाई लाग्छ, जानीजानी त्यसो गर्ने पास्टरहरू आफैले पनि उद्धार पाएका हुँदैनन्। मैले त्यसो भनेको छु भनी गएर तिनीहरूलाई भनिदिनुहोस्, अनि यो कुरा पाण्डुलिपि र भिडियोमा छोडिराख्नुहोस्।

तपाईं भन्नुहुन्छ,‘मलाई त्यो मन पर्दैन। म परमेश्वरलाई प्रेम गर्दिनँ भनी तपाईंले भन्नुभएको कुरा मलाई मन पर्दैन। म फेरिफेरि यो चर्चमा आउँछैनँ।’ ठिकै छ, नआउनुहोस्। तर याद राख्नुहोस्, म बूढो प्रचारकले तपाईंको विषयमा तपाईंलाई सत्य कुरा, पूर्ण सत्य कुरा भन्दैछु। अनि तपाईंले जे भन्नु वा गर्नु भए पनि म यो भन्न छाड्नेछैनँ। कुनै-कुनै जवानहरू भन्छन्,‘म मेरा मित्रहरूलाई यो चर्चमा ल्याउन सक्दिनँ, किनकि तपाईंले कठोर वचन प्रचार गर्नुहुन्छ।’ होइन मेरा प्रिय नानी हो, तपाईंले उनीहरूलाई नल्याउनुको कारण त्यो होइन, अनि त्यो तपाईं पनि जान्नुहुन्छ।तपाईं आफ्ना मित्रहरूलाई यहाँ यसकारण ल्याउनुहुन्न, किनकि तपाईंलाई उनीहरूको आत्माको कुनै फिक्री छैन- किनकि तपाईं आफैलाई मात्र प्रेम गर्नुहुन्छ। तपाईंको अनुहारको त्यो घिनालाग्दो भावहटाउनुहोस्. अनि मैले के भनिरहेको छु, त्यसबारे विचारगर्नुहोस्। ठीकयही ठाउँ हो, जहाँ तपाईंहरूले हराएका आफ्ना मित्रहरूलाई ल्याउनुपर्छ। किन? किनकि तिनीहरूका निम्ति यो मात्र नजिकको स्थान हो जहाँ तिनीहरूले उद्धार पाउन सक्छन्। त्यसैकारण, यदि तपाईं तिनीहरूलाई तपाईं आफैलाई जस्तो प्रेम गर्नुहुन्छ भने तिनीहरूलाई यसो भन्नुहुनेछ,‘मेरा साथमा चर्च जाऔं। यो प्राचीन स्कुल हो, तर लस एन्जलस, डाउन टाउनको सबैभन्दा राम्रो चर्च हो, अनि यो चर्चमा तिमी र मजस्ता धेरै जवानहरू छन्।’ तपाईं साँचो ख्रीष्टियन हुनुहुन्छ भने तिनीहरूलाई त्यसै भन्नुहुनेछ। तर तपाईं हुनुहुन्न। तपाई नकली ख्रीष्टियन हुनुहुन्छ। तपाईं आफैलाई मात्र प्रेम गर्ने व्यक्ति हुनुहुन्छ। अरूजस्तै एक हराएको एक जवान हुनुहुन्छ।

बुधबार राति उद्धार नपाएकी एउटी केटीले मलाई म धेरै चिच्च्याउँछु रे अनि त्यसैलेउ मेरो प्रचार सुन्दिनरे। मैले उसलाई भने,‘तिमी धेरै वर्षदेखि यहाँ आउँदैछ्यौ, तर तिमी अझै पनि हराएकी र विद्रोही छ्यौ। मलाई लाग्छ, म अझ चर्को गरी चिच्च्याउनु पर्छ।’ हो, अझ चर्को, झनझन् चर्को! यदि कुनै अन्धो व्यक्ति मूल सड्क बीचमा हिँडदै गरेको देख्नुभयो भने तपाईं चिच्च्याउनुहुनेछ, चिच्च्याउनुहुन्न र? तपाईं यसो भन्नुहुन्छ,‘त्यहाँबाट हट, नत्र तिमी मर्नेछौ!’ म पनि त्यही कारणले कराउँछु- किनकि म तपाईंहरूको आत्मालाई प्रेम गर्छु। नचिच्च्याउने प्रचारकले तपाईंलाई प्रेम गरेको हुँदैन। तिनीहरू तपाईंको पैसा मात्र चाहन्छन्। अनि परमेश्वर र तपाईंको आफ्नै अगि तपाईं कति पापी र स्वार्थी हुनुहुन्छ भन्ने कुरा स्वीकार नगर्नुभएसम्म तपाईंले साँचो परिवर्तनको अनुभव गर्नुहुनेछैन। तपाईंले आफ्ना गुप्त पापहरू र तपाईंको हदयका पापाहरूका निम्ति आफैलाई दोषी मान्नुपर्छ। तपाईंले दाऊदले झैं अनुभव गर्नुपर्छ,‘मेरो पाप सदा मेरो सामुन्ने छ’(भजन ५१:३)। यो प्राचीन मार्गले सिकाउने परिवर्तन हो। तपाईंले आफूलाई पापको दोषी मान्नुपर्छ, नत्र ख्रीष्ट तपाईंको पापको मूल्य तिर्न क्रूसमा मर्नु र तपाईंलाई सबै पापबाट शुद्ध पार्न उहाँको रगत बगाउनु आवश्यक थियो भन्ने कुरा तपाईं कहिल्यै पनि बुझ्न सक्नुहुन्न।

४. चौथो, प्राचीन मार्ग तपाईंले आफैलाई जाँच्नका निम्ति थियो; नयाँ मार्ग तपाईं पापको जीवनमा फर्केर जानु नभईञ्जेलसम्मका निम्ति अलमलिने ठाउँ मात्र हो।

हाम्रो आजको बाइबल पदले भन्छ, ‘तिमीहरू विश्वासमा दह्रिला छौ कि छैनौ भनी आफैले आफैलाई जाँचेर हेर। आफैलाई जाँच’(२ कोरिन्थी १३:५)। यो प्राचीन मार्ग हो।तपाईंले साँच्चै उद्धार पाउनुभएको छ कि छैन सो जाँचेर हेर्नुहोस्। जोनाथन एडवर्डस् भन्छन्,‘तपाईंले पापको निम्ति दोषी भएको जस्तो स्वाङ पार्नुहुँदैन, तर पापको निम्ति साँचो शोक गरेको हुनुपर्छ। साथै, त्यो पाप तपाईंको निम्ति भारपूर्ण हुनुपर्छ र तपाईंको हृदय कोमल र संवेदनशील हुनुपर्छ।’

तपाईंले यस्तै अनुभव गर्नुपर्छ, नत्र तपाईंमा झुटो परिवर्तन हुनेछ। तपाईंहरूमध्ये कतिले अरूहरू परिवर्तन भएका कुरा सुन्नु वा पढ्नुभएको छ। तपाईंले सुन्नु वा पढ्नु भएका ती जीवन परिवर्तन भएका ती गवाहीहरू तपाईंलाई कण्ठ छ। तपाईंहरूमध्ये कसै-कसैको जीवन परिवर्तनका गवाहीहरू पढेर म भन्न सक्छु, कि ती शैला गानको गवाही पढेर वा जोनको प्रभावशाली जीवन गवाही सुनेर त्यहीबाट कण्ठ गरिएका कुराहरू मात्र हुन्। तपाईंले आफूलाई दोषी महसुस गर्नुभएका बारेमा थोरै कुरा भन्नुहुन्छ, त्यसपछि उनीहरूले भनेका मुख्य कुराहरू नै भन्नुहुन्छ। तपाईंको साँचो परिवर्तन भएको हुँदैन, तर साँचो परिवर्तन हुने कुनै व्यक्तिको गवाही मात्र कण्ठ गर्नुभएको हुन्छ। म जोन केगनको गवाहीका धेरैओटा भाग पढ्नेछु। मैले पढ्दा तपाईंहरूले आफैलाई जाँच्नुहोस्। मैले जोन केगनको जीवन गवाही पढदा तपाईंहरूले आफैलाई यस्तो प्रश्न गर्नुहोस्,‘के मलाई साँच्चै त्यस्तो भएको थियो? कि मैले तिनले भनेको कुरा नै लिएर त्यही भनें?’ प्रत्येक शब्द ध्यान लगाएर सुन्नुहोस्, अनि के साँच्चै तपाईंलाई त्यस्तै भएको थियो भनी सोध्नुहोस्। यदि त्यस्तो भएको थिएन भने तपाईंको परिवर्तन झुटो हो। अनि ढिलोछिट्टो तपाईं हाम्रो चर्च छोडेर जानुहुनेछ, जसरी अरू धेरै जना गए। तपाईंमा साँचो परिवर्तन हुनुपर्छ, नत्र शैतान तपाईंलाई लिन आउँदा तपाईं हाम्रो चर्च छोडेर जानुहुनेछ।

मेरो जीवन गवाही
२१ जून,२००९
जोन शमूएल केगनद्वारा

मैले विश्वास गरेको त्यो क्षण मलाई स्पष्ट राम्ररी थाहा छ, ख्रीष्टले मेरो जीवनमा जुन ठूलो भिन्नता ल्याउनुभयो, त्यसको वर्णन शब्दहरूमा गर्न सकिँदैन। विश्वास गर्नुभन्दा अघि म धेरै प्रकारका घृणाले भरिएको थिएँ। मेरा पापहरूमा म घमन्ड गर्थें, मानिसहरूलाई पीडा दिनु मलाई आनन्द लाग्थ्यो। परमेश्वरले ममा यस्तो प्रकारले काम गर्न थाल्नुभयो। म विश्वासमा आउनुभन्दा अघिका हप्ताहरूमा मैले आफूलाई मरेतुल्य अनुभव गरें, म निदाउन सकिनँ, मुस्कुराउनु सकिनँ, कुनै प्रकारको शान्ति पाइनँ। हाम्रो चर्चमा सुसमाचारीय सभाहरू हुँदैथिए। मलाई राम्ररी याद छ, मैले तिनीहरूको हाँसो उडाउँथे, मैले हाम्रा पास्टर र मेरा बुबालाई समेत अनादर गर्थें।(उद्धार पाउनअघि जोन पनि मैले भनेको त्यस केटीझैं मेरो प्रचार सुन्न पटक्क मन पराउँदैनथे)।

त्यो समय पवित्र आत्माले मलाई निश्चित रूपले मेरा पापका निम्ति दोषी ठहराउन थाल्नुभयो, तर मैले मेरो सम्पूर्ण इच्छाले ममा भएका परमेश्वर र हृदय परिवर्तन गर्ने विचारलाई इन्कार गरेँ। मैले त्यसको विषयमा सोच्न इन्कार गरेँ, तापनि मैले त्यो पीडाको भावनालाई रोक्न सकिनँ।(यदि तपाईंले कहिल्यै पनि आफ्ना पापहरूको कारण पीडा महसुस गर्नुभएको छैन भने तपाईंले उद्धार पाउनुभएको छैन)।

डा. हिमर्सले प्रचार गरिरहनुहुँदा मेरो अहङ्कारले त्यो प्रचारलाई इन्कार गर्ने र त्यो नसुन्ने ठूलो कोसिस गरिरहेको थियो। तर उहाँले प्रचार गर्नुहुँदा मैले साँच्चै मेरो आत्मामा भएका सबै पापहरू महसुस गरें। मैले त्यो प्रवचन कहिले सकिन्छ भनी पल-पल गिन्ती गरिरहेको थिएँ, तर पास्टरले प्रचार गरिरहनुभयो, अनि मेरा पापहरू झन् ताजा बन्दै गए। मैले उद्धार पाउन परेको थियो। प्रभुलाई ग्रहण गर्ने निमन्त्रणा दिइँदा पनि मैले विरोध गरें, तर मैले अझ विरोध गरिरहन सकिनँ। म अति घोर पापी हुँ, परमेश्वर धर्मी हुनुहुन्छ, र उहाँले मलाई नरकमा पठाउन सक्नुहुन्छ भनी म जान्दथें।(तपाईंमा पनि त्यस्तै अनुभव हुनुपर्छ, जोनाथन एडवर्डसले भनेका छन्, कि तपाईंले त्यस्तो महसुस गर्नै पर्छ नत्र तपाईं उद्धार पाउनुहुन्न)। संघर्ष गर्दा-गर्दा म धेरै थाकिसकेको थिएँ, म जस्तो थिएँ, त्यसमा पनि म थाकिसकेको थिएँ। पास्टरले मलाई सल्लाह दिनुभयो, र ख्रीष्टमा आउनु भन्नुभयो। तर म आइनँ। मेरा सबै पापले मलाई दोष दिए पनि मैले प्रभु येशूलाई ग्रहण गरिनँ। मैले उद्धार पाउने ‘कोसिस’ गरिरहेको थिएँ, मैले उद्धार पाउने ‘कोसिस’ गरिरहेको थिएँ, तर सकिरहेको थिइनँ(बुझ्नुहोस्, कसरी आउनुपर्छ)। मैले आफैलाई ख्रीष्टमा दिने इच्छा गर्न सकिनँ, अनि त्यस कुराले गर्दा मैले आफैलाई असहाय महसुस गरेँ। मेरा पापहरूले मलाई नरकतिर धकेलिरहेको म महसुस गर्न सक्थें, तापनि मेरो हठीपनले मेरा आँशुहरू रोकिरहेको अनुभव गरेँ (दृढ पुरुषहरू रुँदैनन्। तिनी एक दृढ व्यक्ति हुन्। तर परमेश्वरले तिनलाई धकेल्नुभयो र तिनी नरोऊञ्जेल सुसमाचारको पासोमा समातेर राख्नुभयो।) म एउटा संघर्षमा अल्झिएको थिएँ (प्राचीनका प्रचारकहरूले त्यसलाई ‘सुसमाचारको पासो’ भन्थे)।

अचानक केही वर्ष अघि प्रचार गरिएको एउटा प्रवचनका शब्दहरूले मेरो मनमा प्रवेश गरेः ‘ख्रीष्टमा समर्पण गर!’ ‘ख्रीष्टमा समर्पण गर!’ त्यो क्षण मानौं, मैले आफैलाई मर्न दिनुपरेको जस्तो लाग्यो, अनि ख्रीष्टले मलाई जीवन दिनुभयो। त्यहाँ कुनै कार्य वा मेरो मनको इच्छा थिएन, तर मैले ख्रीष्टमा विश्वास गर्ने कुरा मात्र थियो। उहाँले मलाई बचाउनुभयो। मेरा पापहरू उहाँले उहाँको रगतमा पखाल्नुभयो। त्यो क्षणदेखि मैले ख्रीष्टको विरोध गर्न छाडें। मैले उहाँमाथि भरोसा मात्र गर्नुपर्छ भनी स्पष्ट बुझें। अब म होइनँ, ख्रीष्ट मात्र हुनुहुन्छ भनी म स्वीकार गर्न सक्छु। मैले समर्पण गर्न परेको थियो। त्यो क्षण कुनै शारीरिक अनुभव वा आँखा तिर्मिराउने ज्योति थिएन। मलाई अनुभवको आवश्यकता थिएन, मसँग ख्रीष्ट हुनुहुन्थ्यो। ख्रीष्टमा विश्वास गर्दा मेरो पाप मेरो आत्माबाट उठाएर लगिएको अनुभव मलाई भयो। म मेरो पापबाट फर्किएँ, र मैले प्रभु येशूलाई मात्र हेरें। प्रभुले मलाई बचाउनुभयो।


जोनको जीवन गवाही सुन्नुभयो, के तपाईंलाई कहिल्यै त्यस्तो भएको छ? यदि त्यस्तो भएको छैन भने तपाईं साँचो रूपले परिवर्तन हुनु आवश्यक छ। तपाईंलाई अरूको नकलको होइन तर साँचो परिवर्तनको आवश्यकता छ। साँचो परिवर्तन हुनका निम्ति तपाईंले के गर्नुपर्छ? सबैभन्दा पहिले, तपाईंको हृदय कति पापी छ सो विचार गर्नुहोस्, यदि पापी छ कि तपाईंले साँचो पश्चात्ताप गरी येशूमा विश्वास गर्नुभएको छैन। त्यो हृदय यदि पापी छ कि तपाईंले केही वचनहरू सिकेर हामीलाई झुक्याउने कोसिस गर्नुभयो। के मैले भनेको कुरा साँचो होइन र? त्यसपछि तपाईं साँच्चै आफ्नो हृदय र जीवनको पापबाट फर्केर आउनुपर्छ। अनि तपाईं साँच्चै येशूकहाँ आउनैपर्छ, र उहाँले क्रूसमा तपाईंको निम्ति बगाउनुभएको रगतमा शुद्ध हुनुपर्छ। यहाँ वेदीको सामु आउनुहोस्, हामी तपाईंको निम्ति प्रार्थना गर्नेछौं र तपाईंलाई सल्लाह दिनेछौं, अरूहरूचाहिँ भोजन गर्न माथ्लो तलामा जानेछन्। अहिले आउनुहोस्। अहिले नै यहाँ आउनुहोस्। आमेन।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघिश्री एबेलप्रद्योमेद्वारापवित्रशास्त्र पठन गरियो– भजन ५१:१-३
प्रवचन अघिश्री बैंजामिनकिन्केडग्रिफिथद्वाराएकलगीतप्रस्तुत गरियो।
      (‘दि ओल्ड फेसन्ड वे’- सिभिल्ला डी. मार्टिन-१८६६-१९४८- द्वारारचित)


रूपरेखा

अहिले आफैलाई जाँच्नुहोस्!

EXAMINE YOURSELVES NOW!

द्वाराडा. आर.एल.हिमर्स
by Dr. R. L. Hymers, Jr.

५ फरवरी,२०१७, आइतबार बिहान लसएन्जलसकोदब्याप्टिस्टटेबरनेकलमा
प्रचारगरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord's Day Morning, February 5, 2017

‘तिमीहरू विश्वासमा दह्रिला छौ कि छैनौ भनी आफैले आफैलाई जाँचेर हेर। आफैलाई जाँच। जाँचमा असफल भएनौ भने येशू ख्रीष्ट तिमीहरूमा हुनुहुन्छ भन्ने तिमीहरूलाई थाहा हुनुपर्ने हो’ (२ कोरिन्थी १३:५)।

(प्रकाश २०:१५; १४:१०,११; यर्मिया ६:१६)

१.  पहिलो, पुरानो मार्ग परमेश्वर र उहाँको महिमाद्वारा सुरु हुँदछ; नयाँ मार्ग मानिस र उसका खाँचोहरू र भावनाहरूद्वारा सुरु हुँदछ।रोमी ९:१८;
व्यवस्था ७:२१; नहेम्याह १:५; ९:३२ हिब्रू १०:३१; १२:२९; मत्ती २२:१४

२.  दोस्रो,पुरानो मार्गले तपाईंलाई पापको बारेमा सोच्ने बनाउँछ, जुन पापको निम्ति परमेश्वरले नरकमा दण्ड दिनुहुनेछ, नयाँ मार्गले तपाईंका खाँचोहरू र भावनाहरूबारे सोच्ने बनाउँछ।
यर्मिया १७:९; मत्ती२५:४६

३.  तेस्रो, पुरानो मार्गले तपाईंलाई आफ्ना पापहरू- विशेष गरी गुप्तमा गरेका र तपाईंको हृदयका पापहरूको बारेमा सोच्ने बनाउँछ; नयाँ मार्गले तपाईंलाई आफू ठिकै छु भनी सोच्ने बनाउँछ।
२ तिमोथी ३:१,२: भजन ५१:३

४.  चौथो, प्राचीन मार्ग तपाईंले आफैलाई जाँच्नका निम्ति थियो; नयाँ मार्ग तपाईं पापको जीवनमा फर्केर जानु नभईञ्जेलसम्मका निम्ति अलमलिने ठाउँ मात्र हो।
२ कोरिन्थी १३:५)।