Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




सन्डीमेनीयवाद विरुद्ध लडाइँ

(लडाइँका पुकारहरू शृङखलामा नम्बर तीन)
THE BATTLE AGAINST SANDEMANIANISM
(NUMBER THREE IN A SERIES OF BATTLE CRIES)
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स
by Dr. R. L. Hymers, Jr.

२२ जनवरी, २०१७, आइतबार बिहान लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord's Day Morning, January 22, 2017

'तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ, किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भन्ने तिमीहरू ठान्छौ। मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन्, तापनि तिमीहरू जीवन प्राप्त गर्न मकहाँ आउन इन्कार गर्छौ' (यूहन्ना ५:३९,४०)।


तपाईं ईश्वरशास्त्रको विद्यार्थी हुनुभएन भने सायद सन्डीमेनीयवाद के हो त्यो जान्नुहुन्न। तापनि यो प्राणलाई समेत पीडा दिने एउटा झुटो शिक्षा हो। यसले सुसमाचार प्रचारलाई नाश पारेको छ। यसले करोडौं मानिसलाई नरकको अनन्त आगोमा पठाएको छ। सन्डीमेनीयवादलाई रोबर्ट सन्डीमेन(१७१८-१७७१)ले लोकप्रिय बनाए। यसको मुख्य शिक्षाले भन्छ, कि यदि हामीले ख्रीष्टको विषयमा बाइबलले भनेको कुरालाई स्वीकार गऱ्यौं भने हाम्रो उद्धार हुन्छ। सन्डीमेनीयवादले भन्छ, कि ख्रीष्ट हाम्रो पापका निम्ति मर्नुभयो र उहाँ मरेकोबाट फेरि जीवित हुनुभयो भनी विश्वास गर्ने सबै जनाले उद्धार पाउँछ- अर्थात् बाइबलमा भएका ती कुराहरूमा विश्वास गर्नेहरू परिवर्तन हुन्छन्। आज हाम्रा सबै चर्चहरूको मुख्य गल्ती सन्डीमेनीयवाद हो। यसले लाखौं मानिसलाई नरक पठाउँछ। हाम्रो चर्चमा यस्तो घातक सिद्धान्तमा विश्वास गर्नेहरू धेरै जना छन्। मैले बारम्बार यसको विरुद्ध प्रचार गरे पनि तिनीहरू मैले भनेको कुरा सुन्दैनन्। तिनीहरू सन्डीमेनीयवादको भयानक सिद्धान्तमा विश्वास गरि नै रहन्छन्। हाम्रो चर्चका ती छ जना व्यक्ति, जुनहरू आफूले उद्धार पाएको छु भनी सोच्थे, तिनीहरू यसमा विश्वास गर्थे। तिनीहरू हराएकै अवस्थामा रहे, अनि नरकतिर बढे, किनकि तिनीहरूले यस कुरामा विश्वास गरेनन्।(हेर्नुहोस्, डा. मार्टिन लोयड-जोनेसद्वारा लिखित द प्युरिटन्स्: दिअर अरिजिन्स् एन्ड सक्सेसर्स को 'सन्डीमेनीयवाद,' लेखमा- ब्यानर अफ तुथ्र, १९९६ संस्करण, पृष्ठ १७०-१९०)।

तिनीहरू भन्छन्, यदि तपाईं ख्रीष्टको मृत्युको बारेमा बाइबलले भनेको कुरामा विश्वास गर्नुहुन्छ भने तपाईंको उद्धार हुन्छ। तिनीहरूको धारणा यस्तै छ। डा. लोयड जोनेसले भनेका छन्,'अहिलेको समयमा यही नै हाम्रो अगाडि भएको मुख्य समस्या हो'(ऐजन, पृष्ठ १७७)। हाम्रो आफ्नै चर्चमा कम्तीमा छ जना व्यक्ति, जसले विगत वर्ष आफ्नो उद्धार भएको छ भनी सोच्थे, तिनीहरू हराएकै अवस्थामा रहे, किनकि तिनीहरूले स्वयम् ख्रीष्टमाथि भरोसा राख्नुको साटो बाइबलले ख्रीष्टको बारेमा भनेको कुरामा विश्वास गर्दथे।

तिनीहरू प्रभु येशू क्रूसमा मर्नुभयो भनी आफूले विश्वास गरेका कारण आफ्नो उद्धार भएको छ भनी सोच्थे। तिनीहरू ख्रीष्टको मृत्युबारे बाइबलले भनेको कुरामा विश्वास गर्छन्। यो प्रवचनमा म त्यसको प्रमाण दिनेछु।

१. पहिलो, सन्डीमेनीयवादलाई ख्रीष्ट आफैले सच्च्याउनुभएको थियो

प्रभु येशू फरिसीहरूसँग बोलिरहनुभएको थियो। उद्धार पाउने दृष्टिकोणको हिसाबले यी यहूदीहरू सन्डीमेनीयवादी थिए। प्रभु येशूले भन्नुभयो,

'तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ, किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भन्ने तिमीहरू ठान्छौ। मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन्, तापनि तिमीहरू जीवन प्राप्त गर्न मकहाँ आउन इन्कार गर्छौ'(यूहन्ना ५:३९,४०)।

ती मानिसहरू बाइबल अध्ययन गरेर अनि बाइबलमा विश्वास गरेर उद्धार पाइन्छ भनी सोच्थे। मेथ्यू हेनरीले भनेका छन्,'तिनीहरू पवित्रशास्त्र पढेर अनि अध्ययन गरेर(अनन्त जीवन)खोज्थे। तिनीहरूका बीचमा यसो भन्ने गरिन्थ्यो,'जोसँग व्यवस्थाका वचनहरू(पवित्रशास्त्र) छन्, उसँग अनन्त जीवन हुन्छ'(मेथ्यू हेनरिज् कमेन्टेरी अन द होल बाइबल)। पवित्रशास्त्रका वचनहरू मुखस्त छन् भने स्वर्ग जाने निश्चयता हुन्छ भनी तिनीहरू सोच्थे। डा. फ्रेन्क गेबिलिनले भनेका छन् कि बाइबलमा भएको तिनीहरूको विश्वासले 'तिनीहरूलाई जीवन दिन्छ' भनी तिनीहरू विश्वास गर्दथे(द एक्स्पोजिटर्स बाइबल कमेन्टेरी)। तिनीहरू पवित्रशास्त्रमा विश्वास गर्थे, तर तिनीहरू येशूकहाँ आएनन्।

सन्डीमेनीयवादीको गल्ती त्यही नै हो। डा. लोयड-जोनेसले भनेका छन्,'तपाईंले बाइबलका वचनहरू तपाईंको मनले स्वीकार गर्नुपर्छ, अनि गर्नुपर्ने आवश्यक कुरा त्यही नै हो'(ऐजन, पृष्ठ १७५)। 'तिनीहरू बाइबलले येशूको बारेमा भनेको कुरामा विश्वास गर्दा उद्धार पाइन्छ भनी सोच्थे'(ऐजन)।

हाम्रा चर्चहरूमा हजारौं-हजार बाल-बालिकाहरूलाई यस्तो घातक शिक्षा दिइन्छ। तिनीहरूलाई बाइबल पदहरू कण्ठ गर्न सिकाइन्छ। अनि तिनीहरूले 'आफ्ना हातहरू उठाउँछन्' र तिनीहरूलाई बप्तिस्मा दिइन्छ। तिनीहरू ख्रीष्टकहाँ आएकै हुँदैनन्। तिनीहरूले यूहन्ना ३:१६ को वचनमा विश्वास मात्र गर्नुपर्छ र प्रार्थनामा मधुरो आवाजमा केही शब्दहरू भन्नुपर्छ। हाम्रा चर्चहरूले लाखौं बाल-बालिका(अनि वयस्क)हरूलाई सन्डीमेनीयवादीको झुटो शिक्षाद्वारा नरकमा पठाउँछन्। प्रभु येशूले भन्नुभयो,

'तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ, किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भन्ने तिमीहरू ठान्छौ। मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन्, तापनि तिमीहरू जीवन प्राप्त गर्न मकहाँ आउन इन्कार गर्छौ'(यूहन्ना ५:३९,४०)।

यहाँ हाम्रो चर्चमा त्यस किसिमका मानिस पाँच जना छन्।

एक जना जवान चिनियाँ व्यक्तिले भन्थ्यो कि उसले 'प्रभु येशू उसको निम्ति मर्नुभएको हो' भनी विश्वास गरेको कारण उसको उद्धार भएको छ। उसले बाइबलले येशूको बारेमा भनेको कुरामा विश्वास गर्नु र येशूकहाँ आउनु एउटै हो भन्ने सोचेको थियो। उ एक हराएको सन्डीमेनीयवादी नै रहन्छ।

एउटी जवान महिलाले भनिन्,'येशू मात्र हुनुहुन्छ, जसले मलाई बचाउन सक्नुहुन्छ।' तिनी बाइबलले प्रभु येशूको बारेमा भनेको कुरामा विश्वास गर्थिन्, तर तिनी स्वयम् येशूकहाँ आउँदिनथिन्। तिनी आफै भने येशूकहाँ आएकी थिइन, किनकि तिनले आफ्नो हृदयमा त्यो शैतानको कुरा सुन्न छोडेकी थिइन, जसले तिनलाई चर्च जान छोड्नु भनिरहेको थियो। तिनले त्यस्ता पापमय विचारहरू त्यागेकी थिइन। तिनले येशू एक मात्र उद्धारकर्ता हुनुहुन्छ भनी विश्वास गर्थिन्, तर तिनले हराएका मानिसहरूको शैतानिक सल्लाहहरू सुन्न छोड्दिनथिन्। यसैले तिनी एउटी हराएकी सन्डीमेनीयवादी नै रहिन्, जसले बाइबलमा त विश्वास गर्थिन्, तर स्वयम् येशूलाई भने विश्वास गर्दिनथिन्। तिनी बाइबलले येशूको बारेमा भनेको कुरामा विश्वास गर्छिन्। तर तिनी स्वयम् येशूकहाँ आउँदिनन्। तिनी आफ्नो पापबाट नफर्किने हुनाले तिनी आफ्नो पापबाट येशूको रगतद्वारा शुद्ध हुन उहाँकहाँ आउँदिन। तिनी एक हराएकी सन्डीमेनीयवादी नै रहनेछिन्।

एक जना जवान स्पेनी व्यक्तिले भन्यो, येशूमा भरोसा राख्नु र ख्रीष्ट क्रूसमा मर्नुभयो भनी विश्वास गर्नु एउटै कुरा हो।' यो जवानले पनि बाइबलले भनेको कुरामा विश्वास गर्छ, किनकि उसले सन्डीमेनीयवादलाई समातेको छ। बाइबलमा, अर्थात् येशू उसको निम्ति क्रूसमा मर्नुभयो भनी विश्वास गर्नु स्वयम् येशूमा विश्वास गर्नुजस्तो होइन। यसैले ऊ एक हराएको सन्डीमेनीयवादी नै रहनेछ।

अर्को जवान चिनियाँ व्यक्तिले पनि त्यस्तै कुरा भन्यो। उसको भनाइअनुसार येशूमा भरोसा गर्नु र येशू उसका निम्ति मर्नुभयो भनी विश्वास गर्नु एउटै कुरा हो। ऊ बाइबलले भनेको कुरामा विश्वास गर्छ,तर आफैले स्वयम् येशूमा विश्वास गर्दैन। यसैले ऊ पनि एक हराएको सन्डीमेनीयवादी नै रहनेछ।

अर्की चिनियाँ ठिटीले भनी, 'येशूमा भरोसा राख्नु र येशू उसका निम्ति मर्नुभयो भनी विश्वास गर्नु एउटै कुरा हो।' त्यो गलत विचार हो भनी उसले जान्दथी, तर डा. केगनले उसलाई ती कुराहरू एउटै हो र भनी सोद्धा उ 'छक्क परी।' उ 'छक्क परी,' किनकि उसले आफ्नो हृदयबाट कहिल्यै पनि येशूमा भरोसा गरेकी थिइन। उ 'छक्क परी' उसले बाइबलको कुनै एउटा वा दुइ ओटा पदमा मात्र विश्वास गरेकी थिई। 'छक्क परी,' किनकि उसले स्वयम् ख्रीष्टलाई कहिल्यै पनि विश्वास गरेकी थिइन, बाइबलको एउटा सिद्धान्तमा मात्र विश्वास गरेकी थिई। उ पनि एक हराएकी सन्डीमेनीयवादी नै हो।

तपाईं डोनल्ड ट्रम्प राष्ट्रपति हुन् भनी विश्वास गर्नुहुन्छ। तर तपाईंले उनलाई भेट्नुभएको छैन। उनी राष्ट्रपति हुन् भनी विश्वास गर्नु र उहाँकहाँ आउनु एउटै कुरा होइन। त्यसरी नै बाइबलले येशूको विषयमा भनेको कुरामा विश्वास गर्नु र स्वयम् येशूलाई विश्वास गर्नु बीच स्पष्ट भिन्नता छ। त्यो भिन्नता सानो जस्तो देखिन सक्छ- तर त्यो सानो छैन। यदि तपाईंले स्वयम् येशूमा नै विश्वास गर्नुभएको छैन भने तपाईं नरक जानुहुनेछ। प्रभु येशूले भन्नुभयो,'तापनि तिमीहरू जीवन प्राप्त गर्न मकहाँ आउन इन्कार गर्छौ'(यूहन्ना ५:४०)। बाइबलको कुनै एउटा पदमा वा बाइबल सिद्धान्तमा विश्वास गर्दा त्यसले कसैलाई पनि नरकको अनन्त आगोबाट बचाउँदैन।

मानिसहरू किन यसो गरिरहन्छन्? किनकि तिनीहरू पापका निम्ति आफूलाई दोषी महसुस गर्दैनन्। यदि तपाईंले आफूलाई जोन केगनले झैं पापको दोषी महसुस गर्नुभयो भने कुनै पनि कुराले तपाईंलाई बचाउन सक्दैन- तपाईं आफै केही गर्न सक्नुहुन्न भनी तपाईं थाहा पाउनुहुनेछ। त्यसमा येशूले तपाईंलाई बचाउन सक्नुहुन्छ भन्ने विश्वास पनि हुन्छ। यदि तपाईंले आफैलाई दोषी महसुस गर्नुभयो भने अरू कुनै कुराले होइन येशूले मात्र तपाईंलाई सन्तुष्ट पार्न सक्नुहुन्छ। तपाईं यसो भन्नुहुनेछ,'के ले धुन्छ मेरो पाप? केहीले होइन, मात्र येशूको रगतले।' 'प्रभु म आउँदैछु, अहिले तपाईंकहाँ आउँदैछु। मलाई धुनुहोस्, शुद्ध बनाउनुहोस्, कल्भरीमा बगेको त्यो रगतले।'

२. दोस्रो, सन्डीमेनीयवाद भूतात्माहरूको सिद्धान्त हो

'तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ, किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भन्ने तिमीहरू ठान्छौ। मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन्, तापनि तिमीहरू जीवन प्राप्त गर्न मकहाँ आउन इन्कार गर्छौ'(यूहन्ना ५:३९,४०)।

फरिसीहरू किन बाइबलमा खोजी गर्दथे, तापनि येशूकहाँ आउँदैनथे? किनकि तिनीहरू शैतानका भूतात्माहरूको शक्तिको वशमा परेका थिए। यिनै मानिसहरूलाई येशूले भन्नुभयो,'मैले भनेको तिमीहरू किन बुझ्दैनौ? किनभने तिमीहरूले मेरो वचन सुन्न सक्दैनौ। तिमीहरू आफ्ना पिता शैतानका हौ...'(यूहन्ना ८:४३,४४)

जब म बाइबलले येशूको बारेमा भनेको कुरामा विश्वास गर्नु र स्वयम् येशूमा भरोसा राख्नु एउटै कुरा होइन भन्छु, तब तपाईंहरू मेरो कुरा सुन्न सक्नुहुन्न। त्यो साधारण कुरा तपाईंहरू बुझ्न सक्नुहुन्न, किनकि तपाईंहरू शैतानको शक्तिको वशमा पर्नुभएको छ। प्रभु येशूले त्यसो भन्नुभएको छ। उहाँले भन्नुभयो, 'तिमीहरू मेरो वचन सुन्न सक्दैनौ। तिमीहरू आफ्ना पिता शैतानका हौ'(यू्हन्ना ८:४३,४४)। तपाईंहरू शैतानका हुनुहुन्छ। शैतान नै तपाईंहरूका ईश्वर हो। शैतानले तपाईंहरूको समझलाई अन्धो बनाउँछ। किनकि तपाईंले येशूमा विश्वास गरी उद्धार पाउनुभएको शैतान चाहँदैन। प्रेरित पावलले भनेका छन्,

'हाम्रा सुसमाचार घुम्टोले ढाकिएको भए तापनि यो नष्ट हुनेहरूका निम्ति मात्र घुम्टोले ढाकिएको छ।... यस संसारको देवले अविश्वासीहरूको समझलाई अन्धो तुल्याइदिएको छ' (2 कोरिन्थी ४:३,४)।

शैतानले तपाईंलाई कसरी अन्धो बनाउँछॽ तपाईंलाई येशूकहाँ आउन नदिने शैतानसँग त्यस्तो कस्तो शक्ति छॽ

१.  धेरै जना चिनियाँ जवान मानिसहरूलाई उद्धार नपाएका तिनीहरूका बौद्ध आमा-बुबाद्वारा शैतानले अन्धो बनाएर अनि साङलाले बाँधेर राखेको छ। ती आमा-बुबाले आफ्ना पूर्ण शैतानिक शक्ति प्रयोग गरी तिनीहरूलाई उद्धार पाउनबाट रोक्दछ। तर येशूले भन्नुभयो,'जसले मलाई भन्दा बढी आफ्ना बाबु वा आमालाई प्रेम गर्दछ, त्यो मेरो योग्यको हुँदैन' (मत्ती 10:37)। अब चिनियाँ नयाँ वर्ष सुरु हुनै लागेको छ। तपाईंहरू कति जनाका उद्धार नपाएका बुबा-आमाले जानीजानी चर्च आउने समयमा नै रात्री भोज राख्ने योजना बनाउँछन्।
तपाईंहरूले अहिल्यै नै उनीहरूलाई भन्नुपर्छ, 'यदि तपाईंहरूले शनिबार रातिको प्रार्थना सेवा वा आइतबार रातिका दुइ सेवाहरूको समयमा रात्री भोज राख्नुभयो भने म तपाईंहरूको साथमा हुनेछैनँ।' अनि त्यो वचन पालन गर्नुहोस् र अनि उनीहरू जत्तिनै रिसाए पनि तपाईं चर्चमा आउनुहोस्। उद्धार नपाएका बौद्ध बुबा-आमाको रीसद्वारा तपाईं शैतानको पञ्जामा नपर्नुहोस्। तपाईं भन्नुहुन्छ होला, 'तर उनीहरू क्रोधित हुन्छन् र मलाई कराउँछन्।' उनीहरूलाई रिसाउन र कराउन दिनुहोस्। परमेश्वरले अन्तिम न्यायमा तपाईंलाई इन्कार गर्नुभएको सुन्नुभन्दा बरु अहिले तिनीहरूका शैतानिक क्रोध सुन्नु राम्रो हो। तिनीहरूका परमेश्वर विरोधी पापमय विद्रोह तोडेर बाहिर निस्कनुहोस्। शैतानका साङलाहरू तोडेर स्वतन्त्र हुनुहोस्।

२.  तपाईंहरूमध्ये धेरै जना आफ्ना गुप्त पापको कारण शैतानद्वारा अन्धो पारिनुभएको र बन्धनमा पर्नुभएको छ।
      तपाईंसँग यस्ता पापहरू छन्, जसको विषयमा कसैले पनि जान्दैन भन्ने तपाईं सोच्नुहुन्छ। तपाईं भन्नुहुन्छ, 'कसैले पनि जान्दैन।' तर तपाईं गलत हुनुहुन्छ। तपाईंले गर्नुभएका ती 'गुप्त पापहरू' दुइ जना व्यक्तिले जान्दछ। उनीहरू को-को हुन्ॽ तपाईंको गुप्त पाप जान्ने पहिलो व्यक्ति म हुँ। तपाई बुझ्नुहुन्छ, मैले सेवकाइ गरेको अप्रेल महीनामा ५९ वर्ष हुँदैछ। मानिसहरूले मलाई अरूहरूको मन पढ्ने व्यक्ति भनी दोष लगाउँथे। तर म मन पढ्ने व्यक्ति होइनँ, पटक्कै होइनँ। बरु म मानिसको अनुहार पढ्ने व्यक्ति हुँ। चर्चमा ५९ वर्षसम्म मानिसहरूको अनुहार पढेको कारण म तपाईंले गरिरहनुभएको गुप्त पाप राम्ररी बताउन सक्छु। पुलिसहरूलाई मानिसको अनुहार पढ्ने तालिम दिइएको हुन्छ भन्ने के तपाईंलाई थाहा थियोॽ मलाई लाग्छ, हाम्रा सेमिनारहरू र बाइबल स्कुलहरूले पनि जवान प्रचारकहरूलाई मानिसहरूका अनुहारहरू पढ्ने तालिम दिनुपर्छ। साँच्चै, तपाईंको अनुहार हेरेर म प्रायः तपाईंले गर्नुभएका गुप्त पापहरू बताउन सक्छु।
      तर अर्को व्यक्ति हुनुहुन्छ, जसले सबै कुरा ठीक-ठीक जान्नुहुन्छ। वास्तवमा भन्ने नै हो भने उहाँले तपाईंको गुप्त पाप १०० प्रतिशत जान्नुहुन्छ। अनि उहाँले अहिले पनि तपाईंलाई हेरिरहनुभएको छ। साँच्चै भन्ने हो भने उहाँले तपाईंका गुप्त पापको बारेमा सबै कुरा जान्नुहुन्छ। उहाँ को हुनुहुन्छॽ अनुमान लगाउनु भयो- उहाँ परमेश्वर हुनुहुन्छ। तपाईं उहाँको नजरदेखि लुक्न सक्नुहुन्न। उहाँ सर्वव्यापी हुनुहुन्छ- जसको अर्थ एकै समयमा उहाँ सबै ठाउँमा हुन सक्नुहुन्छ। तपाईंले आफ्नो शरीरद्वारा गर्नुभएका सबै कुरा उहाँले देख्नुहुन्छ। उहाँले तपाईंको मनभित्रको हरेक विचार देख्नुहुन्छ। उहाँले तपाईंको हृदयभित्रका गुप्त कुराहरू जान्नुहुन्छ। बाइबलले भन्छ, 'सारा पृथ्वीभरि नै परमप्रभुको दृष्टि रहिरहन्छ'(२ इतिहास १६:९)। 'परमप्रभुको नजर सर्वत्र रहन्छ, दुष्ट र असल दुवैमाथि उहाँ नजर राख्नुहुन्छ'(हितोपदेश)। 'परमप्रभुको नजर सधैं त्यसमाथि रहन्छ'-तपाईंले गर्नुहुने हरेक गुप्त पापमाथि उहाँको नजर रहन्छ। 'परमप्रभुको नजर सधैं त्यसमाथि रहिरहन्छ'(व्यवस्था ११:१२)। अनि बाइबलले भन्छ, परमेश्वरले तपाईंको हरेक पाप उहाँको पुस्तकमा लेख्नुहुन्छ। त्यो अन्तिम न्यायमा परमेश्वरले उहाँको पुस्तकहरूबाट तपाईंका गुप्त पापहरू पढेर सुनाउनुहुनेछ। उहाँका पुस्तकहरू एउटा ठूलो कम्प्युटरजस्तो छ, अनि तपाईंले गर्नुभएको हरेक गुप्त पाप त्यसमा लेखिएको छ। त्यो अन्तिम न्यायमा तपाईं परमेश्वरको अगाडि खडा हुनुहुनेछ। उहाँले तपाईंको ती हरेक पाप पढेर सुनाउनुहुनेछ, जुन कसैलाई पनि थाहा छैन भन्ने तपाईंले सोच्नुभएको छ। उहाँले ती पुस्तकहरूबाट तपाईंका पापहरूको हरेक विवरण पढ्नुभएपछि तपाईं आफ्नो बचाउमा केही पनि भन्न सक्नुहुन्न। तपाईं आफै ती पापहरू सम्झना गर्नुहुनेछ। परमेश्वरले तपाईंका गुप्त पापहरूको सूची पढ्नुभएपछि तपाईं 'अग्नि कुण्डमा फालिनुहुनेछ'(प्रकाश २०:११-१४)।

३.  तपाईंहरूमध्ये धेरै जना शैतानद्वारा अन्धो पारिनुभएको र साङलाले बाँधिनुभएको छ, किनकि तपाईंहरूको हृदय दुष्ट छ भनी तपाईंहरू स्वीकार गर्नुहुन्न। बाइबलले भन्छ,'मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ, र त्यसलाई निको पार्ने सकिँदैन'(यर्मिया १७:९)। जर्ज व्हाइटफिल्ड (१७१४-१७७)ले भनेका छन्,'तपाईंले जत्तिनै जोरदार ढङ्मा इन्कार गर्नुभए पनि जब तपाईं बिउँझनुहुन्छ, तब तपाईंको जीवनको पाप तपाईंको आफ्नै भ्रष्ट हृदयबाट आएको देख्नुहुनेछ। मानिसले आफ्नै हृदयमा अति नै विषाक्त र विद्रोही(हृदयमा) भएको अनि उसले आफ्नो सारा जीवनमा कुनै बाहिरी पाप नगरेको भए पनि परमेश्वरले उसलाई दण्ड दिनु उचितै भएको देख्छ। जुलीले भनी,'पवित्र आत्माले म असल व्यक्ति होइन भन्ने मलाई देखाउनुभयो। म एक खराब व्यक्ति थिएँ, म स्वार्थी थिएँ र धेरै घमन्डी थिएँ, अनि म भित्रिय हृदयमा कस्तो व्यक्ति हुँ भन्ने सोचेर मलाई धेरै शरम लाग्यो। मैले आफूलाई पापी र गलत भएकी महसुस गरेँ।' बाहिरबाट उ एक असल व्यक्ति थिई, तर उसको हृदय पापले भरिएको थियो। उसले भनी,'म असल छु भनी ढोङ्ग गर्थें, तर भित्र हृदयमा म त्यस्तो थिइनँ। म आफैलाई बचाउन सक्ने सम्मको असल छैन भनी जान्दथेँ। मेरा गालाहरूमा आँसुका खोला बग्यो।' उ जीवनभरि एउटा सुसमाचारीय चर्चमा जाने गरेकी थिई, तर अब उसले आफ्नो हृदयमा भयानक पाप भएको महसुस गरी। उसले भनी, आफ्नै हृदयमा पाप भएको महसुस नगरेसम्म उसको जीवनमा बाइबलको कुनै प्रभाव परेन, पापको निम्ति आफूलाई दोषी महसुस नगरेसम्म येशूको रगतले शुद्ध हुने कुराको उसको निम्ति कुनै अर्थ थिएन। उसको हृदय कति दुष्ट छ भन्ने थाहा नपाऊञ्जेल कुनै कुराको अनुभव थिएन। सुसमाचारीय चर्चका सन्डीमेनीयवादीहरूले उसलाई बाइबलका वचनहरू सिकाए, तर परमेश्वरले उसको हृदयका पापहरूका निम्ति उसलाई दोषी नठहराउनु भएसम्म ती वचनले उसको जीवनमा कुनै प्रभाव पारेन।

३. तेस्रो, सन्डीमेनीयवादले बाहिरबाट असल देखिने धेरै जना मानिसलाई नरक पठाउँछ

तपाईं भन्नुहुन्छ,'धेरै जना मानिसले गर्ने भयानक कुराहरू म कहिल्यै पनि गर्नछैनँ। म स्वच्छ जीवन जिउँछु। म हरेक आइतबार चर्च जान्छु। म एक असल व्यक्ति हुँ।' तर मैले तपाईंलाई चेताउनी दिनैपर्छ, तपाईं जत्तिनै असल हुनु भए पनि, जत्तिनै पल्ट प्रार्थना गर्नुभए पनि र बाइबल पढ्नुभए पनि, बाइबलले प्रभु येशूको बारेमा भनेका कुराहरूमा विश्वास गर्नुभए पनि यदि तपाईं स्वयम् येशूमा विश्वास गर्नुहुन्न भने तपाईं दुष्ट मानिसहरूको साथमा नरक जानुहुनेछ। येशू तपाईंलाई बचाउन क्रूसमा मर्नुभयो भनी विश्वास गरेर मात्र तपाईंको उद्धार हुँदैन। प्रेरित पावलले के भनेका छन् सुन्नुहोस्,

'...पवित्रशास्त्र, जसले ख्रीष्ट येशूमा भएको विश्वासद्वारा मुक्तिका निम्ति तिमीलाई शिक्षा दिन सक्छ'(२ तिमोथी ३:१५)।

येशू तपाईंको निम्ति मर्नुभयो भन्ने कुरामा विश्वास गर्दा तपाईंको उद्धार हुँदैन। त्यो त सैद्धान्तिक विश्वास मात्र हो। बाइबल तपाईंलाई त्यस मुक्तितिर डोऱ्याउन दिइएको थियो, जुन मुक्ति ख्रीष्ट येशूमा पाइन्छ। तपाईंले बाइबलमा जत्तिनै विश्वास गर्नुभए पनि यदि येशूमा विश्वास गर्नुहुन्न भने तपाईंको उद्धार भएको छैन। बाइबलको उद्देश्य तपाईंलाई स्वयम् ख्रीष्टकहाँ डोऱ्याउनु हो।

डा. ए. डब्ल्यु. टोजरले 'बाइबल सिकाएको कि आत्मा सिकाएकोॽ' नामक लेखमा सन्डीमेनीयवादको गल्तीको बारेमा गहन जानकारी दिएका छन्। डा. टोजरले भनेका छन्,
'चर्चहरूले आफ्ना बाल-बालिकालाई बाइबलको शिक्षा दिए पनि तिनीहरूमा ख्रीष्टियमत उत्पन्न गर्न सक्दैनन्। तिनीहरूका धार्मिक जीवन सही र व्यावहारिक रूपले नैतिक भए पनि पूर्ण रूपले यन्त्रिक हुन्छन्।' त्यस्ता(जवान मानिस) हरूलाई पाखण्डीहरू ठानेर खारेज गर्न मिल्दैन। तिनीहरूमध्ये धेरै जना यी सबैमा धेरै गम्भीर हुन्छन्। साधारणतः तिनीहरू अन्धो हुन्छन्। तिनीहरू विश्वासको बाहिरी खोल ओढ्ने करमा परेका हुन्छन्, तापनि तिनीहरूका हृदय सधैँ आत्मिक सत्यता जान्नका निम्ति भोका हुन्छन्, र तिनीहरूका जीवनमा के गलत छ भनी तिनीहरू जान्दैनन्, येशू ख्रीष्ट नै त्यो सत्यता हुनुहुन्छ, अनि उहाँलाई केवल शब्दहरू(बाइबल)मा सीमित गर्न सकिँदैन।

के तपाईंले कहिल्यै नोआले जस्तो अनुभव गर्नुभएको छॽ नोआले भन्यो, 'म परमेश्वरको नजरमा ठीक छैन भन्ने मलाई थाहा थियो। म डा. केगनसँग कुराकानी गर्न गएँ अनि मेरो पापको, मेरो अज्ञानता र छली हृदयका निम्ति मैले आफूलाई दोषी महसुस गरेँ। पवित्र आत्माले म एक असहाय पापी हुँ भनी बुझ्न सहायता गर्नुभयो। मेरो पापद्वारा म विरक्त भएँ अनि परमेश्वरको कृपा पाउन अयोग्य महसुस गरेँ। डा. हिमर्सले प्रचार गरिरहनुभएको थियो र उहाँले भन्नुभयो,'सिद्ध विश्वासले पनि बचाउँदैन। येशूले बचाउनुहुन्छ। येशू सधैं उपस्थित हुनुहुन्छ भन्ने सत्यता नदेख्ने म अन्धो थिएँ। मैले उहाँमाथि विश्वास मात्र गर्न पर्थ्यो। डा. हिमर्सले म येशूमा विश्वास गर्न चाहन्छु कि भनी सोध्नुभयो। अनि मैले 'चाहन्छु' भनेँ। डा. हिमर्सले भजन गाइरहनुभएको थियो। 'लाखौं आए पनि अझै एकको निम्ति छ ठाउँ, क्रूसमा तपाईंको निम्ति छ ठाउँ।' म मेरा सारा दोष र पापहरूसहित येशूकहाँ आएँ, अनि येशूले मलाई फर्काउनु भएन। त्यो क्षण मैले उहाँमा विश्राम पाएँ। अहो कति क्षमाशील उद्धारकर्ता! मैले आफूलाई तुच्छ र फोहोर महसुस गरेँ, तर येशूले मलाई मास्तिर तान्नुभयो र मलाई बचाउनुभयो। येशूले मेरो निम्ति, मेरो पापको दाम तिर्न, र मप्रति भएको उहाँको प्रेमको कारण क्रूसमा बगाउनुभएको रगत म सधैं सम्झनेछु।' यो कुरा लेख्ने त्यस जवान मानिस नोआ सङ हो। उसले पास्टर बन्नका निम्ति अध्ययन गर्ने तयारी गर्दैछ। उसका पिताले हाम्रा सबै प्रवचनहरू भिडियोमा चिनियाँ भाषामा अनुवाद गर्छन्, ती www.sermonsfortheworld.com मा पाइन्छ। नोआ केही हप्तैाभित्रै चीन र इन्डोनेसियामा प्रचार गर्न गइरहेका छन्।

मेरा मित्र, के तपाईं येशूले बचाउनुहुन्छ भन्ने कुरामा विश्वास गर्न छोड्नुहुनेछॽ के तपाईं सीधै येशूकहाँ मात्र आउनुहुनेछॽ तपाईंले गर्नुभएको प्रत्येक पाप येशूले न्यायको पुस्तकबाट हटाउनुहुनेछ। उहाँले तपाईंलाई उहाँको रगतले पखाल्नुहुनेछ। उहाँले तपाईंलाई बचाउनुहुनेछ। अहिले नै उहाँले तपाईंलाई बचाउनुहुनेछ। आमेन।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री एबेल प्रद्योमेद्वारा पवित्रशास्त्र पठन गरियो– यूहन्ना ५:३९-४६
प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
('दिअर्स रूम एट द क्रस फर य़ू'- ईरा एफ. स्टेनफिल-१९१४-१९९३- द्वारारचित)


रूपरेखा

सन्डीमेनवाद विरुद्ध लडाइँ

(लडाइँका पुकारहरू शृङखलामा नम्बर तीन)
THE BATTLE AGAINST SANDEMANIANISM
(NUMBER THREE IN A SERIES OF BATTLE CRIES)

द्वारा डा. आर. एल. हिमर्स
by Dr. R. L. Hymers, Jr.

'तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ, किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भन्ने तिमीहरू ठान्छौ। मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन्, तापनि तिमीहरू जीवन प्राप्त गर्न मकहाँ आउन इन्कार गर्छौ'(यूहन्ना ५:३९,४०)।

१.  पहिलो, सन्डीमेनीयवादलाई ख्रीष्ट आफैले सच्च्याउनुभएको थियो
यूहन्ना ५:३९,४०

२.  दोस्रो, सन्डीमेनीयवाद भूतात्माहरूको सिद्धान्त हो
यूहन्ना ८:४३,४४; दोस्रो कोरिन्थी ४:३,४; मत्ती १०:३७; दोस्रो इतिहास १६:९;
हितोपदेश १५:३; व्यवस्था ११:१२; प्रकाश २०:११-१४; यर्मिया १७:९

३.  तेस्रो, सन्डीमेनीयवादले बाहिरबाट असल देखिने धेरै जना मानिसलाई नरक
पठाउँछ, २ तिमोथी ३:१५