Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




जिउँदो ख्रीष्टियमतका निम्ति लडाइँ!

डा. आर. एल. हिमर्स, जुनियरको परिचय
जोन शमूएल केगनद्वारा

THE FIGHT FOR LIVING CHRISTIANITY!
AN INTRODUCTION OF DR. R. L. HYMERS, JR.
by Mr. John Samuel Cagan
(Nepali)


संकटको समयमा ती मानिसहरूले इतिहास बनाएका छन्, जसले आफैमा भन्दा कुनै ठूलो कुरामा विश्वास गर्छन्। साधारण मानिसले इतिहास बनाउन सक्दैन। यस्ता मानिसहरू हुन्छन्,जो सामान्य योग्यता बचाउन र त्यसलाई स्थिर राख्न चाहन्छन्। कोही असफलतासँग यति धेरै डराउँछन् कि तिनीहरू कोसिस पनि गर्दैनन्। त्यस्ताहरू छन्, जसले कहिल्यै कुनै ठूलो कुरा प्राप्त गर्न सक्दैनन्, किनकि तिनीहरू धेरै सहन गर्नका निम्ति मूल्य चुकाउँदैनन। कोही हुन्छन्, जसले कुनै कुरा परिवर्तन गर्दैनन्, जसले संसारमा कुनै छाप छोड्दैनन्, अनि मरेपछि सबैले भुलिदिन्छन्। यस्ता मानिसहरूले भरिएको समयमा परमेश्वरले डा. हिमर्सलाई खडा गर्नुभयो।

धेरै जना मानिस जो सेवकाइमा जाने निर्णय गर्छन् तिनीहरूलाई प्रायः सबै प्रकारका आर्थिक सहयोग दिइएको हुन्छ। तापनि डा. हिमर्सले दिनमा काम गर्दै र राति स्कुल पढ्दै कलेजसम्मै आफ्नो खर्च आफै बेहोर्नुहुन्थ्यो। परिवार र मित्रहरूले सेवकाइमा धेरैचोटि निराश पारे पनि उहाँले परमेश्वरको सेवक हुने लक्ष्य राखेका थिए, अनि जति ठूलो कठिनाइ आए पनि त्यसबाट पछि नहट्ने निश्चय गरेका थिए। शैतानका आक्रमण र भावनात्मक पीडाहरू भए तापनि परमेश्वरका प्रचारक बन्न उहाँ संघर्षमा डटेर रहनुभयो। परमेश्वरको सत्यता बताउने उद्देश्यका निम्ति डा. हिमर्सले हरप्रकारको परीक्षा र सतावटहरू सहनुभयो। डा. हिमर्सले जीवनका आगोहरू सहनुभएको कारण सत्यताका निम्ति उहाँ प्रज्वलित पारिनुभयो।

डा. हिमर्सले परमेश्वरको वचनको सत्यतामा यति धेरै विश्वास गर्नुहुन्छ कि उहाँ त्यसको निम्ति लडाइँ गर्न पनि तयार हुनुहुन्छ। उहाँ सुविधालाई विचार गर्दै झुटो कुरालाई स्वीकार गर्ने व्यक्ति हुनुहुन्न। उहाँ सारा जीवनभरि यस्तै रहनुभएको छ। बाइबललाई खण्डन गर्ने सेमिनरीहरूमा बाइबलको निन्दा गरिँदा उहाँ चुप लागेर केही नगरी बस्ने व्यक्ति हुनुहुन्न। डा. हिमर्सले कलेजमा आफ्नो भर्ना र ग्रेजुएसनलाई जोखिममा पार्दै बाइबलमाथि भएको उदारवादीहरूको आक्रमणको विरुद्ध लडाइँ गर्नुभयो। बाइबलका सत्यताहरूमाथि आक्रमण गर्ने झुटहरूको विरुद्ध लडाइँ गर्न उहाँले कक्षा कोठाहरू बन्द गर्नुभयो, समाचार-पत्रहरूमा लेखहरू लेख्नुभयो र आफूसँग भएको प्रत्येक संसाधन प्रयोग गर्नुभयो। जब उहाँलाई बाइबलको बचाउमा उहाँको विरोध बन्द गर्ने आदेश दिनका निम्ति सेमिनरीका अध्यक्षको अफिसमा बोलाइयो, त्यसबेला पनि डा. हिमर्सले हार मान्नुभएन। बरु उनले सेमिनरीहरूमा भएका उदारवादी शिक्षाको विरोधमा पुस्तकहरू लेख्नुभयो। बाइबलको निम्ति गरिएको लडाइँमा उहाँ उच्च र बलियो रहनुभयो।

कसैले निन्दा गरे, अरूहरूले गुनासो गरे अनि अझ अरूहरूले आत्मसमर्पण गरे, तर डा. हिमर्स काम गर्ने व्यक्ति हुनुहुन्छ। ती सत्यता र परमेश्वरप्रतिको उहाँको विश्वास यति बलियो छ कि मर्न परे पनि उहाँ तरवार थुतेर दुष्टका सेनाहरूको विरुद्ध जाइलाग्नुहुन्छ। डा. हिमर्सले जीवनलाई त्यत्ति धेरै प्रेम गर्नुहुन्न, उहाँ साङ्लोले बाँधिनका निम्ति त्यसलाई किन्न चाहनुहुन्न। उहाँ लडाइँ गर्ने व्यक्ति हुनुहुन्छ, अरूहरू भने दासत्वमा परे पनि शान्ति र मिलापमा बस्न खोज्छन्।

जब हलिउडले ख्रीष्टको अनुहारमा थुक्यो, डा. हिमर्स उहाँका उद्धारकर्ताको अनुहार पुछन अगाडि बढ्नुभयो। यसको निम्ति उहाँमाथि आक्रमण गरियो। उहाँको विरुद्ध समाचार-पत्रहरूमा लेखहरू लेखिँदा पनि उहाँले ख्रीष्टको बचाउ गर्नुभयो। यसो गर्दा उहाँले मित्रहरू गुमाउनुभयो। तापनि सही कार्य गर्ने कर्तव्यले डा. हिमर्सलाई काम गर्न, विरोध र लडाइँ गर्न करमा पाऱ्यो।

जब सम्पूर्ण समाजले महिलाहरूलाई 'भ्रूण हत्या गर्ने' अनुमति दिएकोजस्तो देखिन्थ्यो त्यसबेला पनि डा. हिमर्सले लडाइँ नगरी एक शिशुको हत्या हुन दिनु अस्वीकार गर्नुभयो। साधारण मानिसले सकेसम्म अरूप्रति सहानुभूति राख्ने र दान दिने गर्छ, तर डा. हिमर्स साधारण मानिस हुनुहुन्न। उहाँ र मेरा पिता भ्रूण हत्या गरिने अस्पतालको अगाडि धर्नामा बस्नुभयो। जब अरूहरू हातमा लौरो र बिल्लाहरू लिएका घोडचढी पुलिसहरूको धम्कीमा डराएर भागे, डा. हिमर्स आफ्नो विश्वासमा अडिग भएर बस्नुभयो। एक शिशुको जीवन र महिलाको अधिकार बीच उहाँले जान्नुभएको अन्तिम कुरा जे थियो त्यसबाट पछि हट्नुभएन। उहाँले भ्रूण हत्या गर्ने अस्पतालहरू बन्द गराउन आफ्नो सम्पूर्ण चर्चलाई नै संचालन गर्नुभयो। भ्रूण हत्याको विरुद्ध लडाइँमा पनि उहाँ डटेर लाग्नुभयो।

अनि हाम्रो चर्चको निम्ति पनि लडाइँ भएको थियो। 'पहिलेका अगुवा' हाम्रो चर्च छोडेर गए। उनको फुस्ल्याईमा परेर चार सय सदस्यले चर्च छोडेर गए। हाम्रो चर्चले झन्डै यो भवन पनि गुमाउन परेको थियो। चर्च प्रायः कङ्गाल भयो। एक जना प्रसिद्ध प्रचारकले डा. हिमर्सलाई त्यस स्थितिबाट उम्कने उपाय बताउँदै एउटा गाउँको ठूलो चर्चको पास्टर बन्ने प्रस्ताव राखे। उनले डा. हिमर्सलाई एउटा डुबिरहेको जस्तो देखिने जहाजबाट ज्यान बचाउँदै हाम फाल्ने मौका दिए। उनले भने, 'तपाईंको निम्ति बाहिर निस्किने यो अन्तिम मौका हो।' सायद धेरै जना पास्टरले छोड्ने थिए। तर सदस्यहरू निस्किँदै जाँदा र चर्च आर्थिक संकटमा पर्दा पनि डा. हिमर्स अडिग रहनुभयो। डा. हिमर्स यो स्थानीय मण्डलीका निम्ति लडाइँ गर्न तयार हुनुहुन्थ्यो। उहाँको आत्मिक साहस साथै समय र धन दिने विश्वासयोग्य मानिसहरूको कारण हामीसँग आज पनि लस एन्जलस शहरको बीचमा चर्च छ। उहाँ अडिग रहनुभयो अनि विन्सटन चर्चिलले पश्चिमी सभ्यताको निम्ति हिटलरको सामना गरेझैं उहाँले दृढ संकल्प र साहससँग असम्भव चुनौतीहरूको सामना गर्नुभयो।

डा. हिमर्सले स्थानीय चर्चको महत्वमाथि पूरा विश्वास गर्नुहुन्छ। डा. हिमर्सले धेरै पल्ट भन्नुभएको छ, कि यो चर्चको सफलता नै उहाँको सम्पूर्ण जीवन हो। उहाँले यो चर्चलाई मात्र होइन, तर सारा संसारका चर्चहरूलाई गहिरो प्रेम गर्नुहुन्छ। चर्चको शक्ति उहाँले अति नै चाहनुभएको कुरा हो। उहाँको आफ्नै पहिचान चर्चको जीवनसँग जोडिएको छ। ख्रीष्टको लक्ष्य र महान् खेलाडीहरू, ठूलठूला राजनीतिक व्यक्तित्वहरू र विजेताहरूको बीचमा चर्च हुनुपर्छ भन्ने कुरामा उहाँ एकाग्रचित्त हुनुहुन्छ। चर्च ख्रीष्टकी दुलही हो भनी उहाँ जान्नुहुन्छ, यसैले उहाँ चर्चको भलाइका निम्ति प्रार्थना गर्नुहुन्छ, लडाइँ गर्नुहुन्छ अनि प्रचार गर्नुहुन्छ।

कसै-कसैले अस्वीकार र शङ्का गरे पनि परमेश्वरप्रति इमानदार रहने धेरै जना प्रोटेस्टेन्ट अगुवाहरूले डा. हिमर्सको प्रशंसा गरेका छन् र उहाँलाई समर्थन गरेका छन्। उनीहरूमध्ये एक जना राष्ट्रका प्रसिद्ध प्रचारक र लामो समयदेखि 'द बिब्लिकल इभान्जलिस्ट' का सम्पादक डा. रोबर्ट एल. सुम्नेर हुन्। बीसौं शताब्दीका अग्रणी ख्रीष्टियन व्यक्तित्वहरूको साथमा रहेका डा. सुम्नेरले परमेश्वरको एक साँचो जन कस्तो हुन्छ भनी जानेका थिए। डा. हिमर्सको बारेमा डा. सुम्नेरले यस्तो लेखेका छन्,

'डा. हिमर्सले जानीजानी, उद्देश्यसहित लस एन्जलसको दुष्ट डाउनटाउनको बीचमा सुसमाचार प्रचार गर्ने, सुसमाचारीय, बाइबलको शिक्षा दिने चर्च सुरु गरेका छन्। अरू केही नभए पनि म त्यसको निम्ति र गाउँतिर लाग्ने अन्य सुसमाचारीय सेवकाइहरूको साथमा नलागेका निम्ति उनको सराहना गर्दछु। परिस्थितिहरू कठिन हुँदा पनि आफ्नो विश्वासको खातिर खडा हुने र त्यसमा अडिग रहन चाहने व्यक्तिको म प्रशंसा र सराहना गर्दछु। रोबर्ट लेस्ली हिमर्स ख्रीष्टको त्यस्तै ख्रीष्टियन सेवक हुन्। अमेरिकाको अति दुष्ट शहरको केन्द्रमा स्थानीय रूपमा सेवकाइ गर्नुका साथै उनले अन्तर्राष्ट्रिय रूपमा पनि सेवकाइ गर्दैछन्- स्थानीय स्तरमा तिनका सेवाहरूको स्पेनिश र चिनियाँ, दुवै भाषामा 'प्रत्यक्ष' प्रसारण गरिन्छन्।'

धेरै दशकसम्म एक प्रचारकको रूपमा सेवा गर्नुहुने डा. सुम्नेरले डा. हिमर्सको जीवन र सेवकाइका शक्तिका गुणहरू थाहा पाउनुभयो!

डा. हिमर्स दर्शन भएको व्यक्ति हुनुहुन्छ। कठिन समयमा, सबै आशाहरू निराशमा परिणत हुँद पनि परमेश्वरले महान् कामहरू गर्न सक्नुहुन्छ भनी उहाँ विश्वास गर्नुहुन्छ। उहाँले सारा संसारका पास्टर र मिसनेरीहरूका निम्ति प्रवचनका पाण्डुलिपिहरू र अन्य प्रवचनका सामग्रीहरू वेभसाइटमा राख्ने दर्शन देख्नुभयो। यस्तो किसिमको प्रयास अघिबाट कसैले गरेको थिएन र त्यस्तो सुनिएको पनि थिएन। तापनि सारा संसारका देशहरूमा भिन्नता ल्याउने प्रयासमा यो महान् कार्य गर्न उहाँले प्रवचन तयारी गर्ने आफ्नो शैलीसमेत परिवर्तन गर्नुभयो।

सेवकाइमा डा. हिमर्सले आफ्नो अधिकांश सेवकाइमा रूपरेखाबाट प्रचार गर्नुहुन्थ्यो। तापनि उहाँले आफ्ना प्रवचनहरू संसारका अन्य देशका ख्रीष्टियनहरूका निम्ति उपलब्ध होस् भन्ने चाहनुभयो,जुनहरूसँग बाइबल र प्रवचनका अन्य सामग्रीहरू हुँदैनन्। यसकारण उहाँले आफ्ना प्रवचनहरू एक-एक शब्द गरी लेख्ने र पाण्डुलिपिबाट नै प्रचार गर्ने निश्चय गर्नुभयो। लामो समयदेखि सेवकाइ गर्दै आएको कुनै पनि प्रचारकले प्रवचन तयारी गर्ने आफ्नो तरिका बदल्दैन, तर डा. हिमर्स दर्शन बोक्ने व्यक्ति हुनुहुन्छ। वर्षौंपछि पनि डा. हिमर्सका प्रवचनका पाण्डुलिपिहरू संसारका प्रायः प्रत्येक देशमा पढिन्छन् अनि सन् २०१६ मा मात्र उहाँको वेबसाइट हेर्ने मानिसहरूको सङ्ख्या साँडे दश लाखभन्दा बढी थियो।

डा. हिमर्सले हरेक कुरामा मानिसहरूको वास्ता राख्ने किसिमको पास्टर बन्दै उहाँका प्रवचनहरू अरू भाषाहरूमा अनुवाद गर्ने विशेष काम थाल्नुभयो। सुरुमा, ती प्रवचनका पाण्डुलिपिहरू थोरै भाषामा मात्र अनुवाद गरिन्थे। तापनि डा. हिमर्सले भाषाको बाधालाई पर्वाह नगरी सारा संसारलाई शिक्षा दिने आफ्नो दर्शनलाई अगाडि बढाउनुभयो।

आज, डा. हिमर्सका प्रवचनका पाण्डुलिपिहरू ३५ ओटा भाषामा अनुवाद हुन्छन्। यी प्रवचनहरू तेस्रो विश्वका मिसनेरी र पास्टरहरूका निम्ति आशिष् र ठूलो सहायता बनेका छन्। ती प्रवचनहरू मानिसहरूलाई येशूको आवश्यकता महसुस गराउने अनुग्रहका साधन बनेका छन्, अनि कोही-कोही त ती प्रवचनहरू पढेर नै परिवर्तन भएका छन्। प्रवचनहरू ३५ ओटा भाषामा अनुवाद गराउनका निम्ति दर्शन र समर्पण चाहिएको थियो, तर ख्रीष्टियन जगतमा एक शक्तिशाली प्रभाव पार्न यो परमेश्वरद्वारा प्रयोग गरिएको छ।

जति नै चर्को लडाइँ गर्न परे पनि डा. हिमर्सले यस क्षेत्रमा परमेश्वरको मानिस बन्नका निम्ति संघर्ष गर्नुभएको छ। अरू धेरै जनाले ख्रीष्टको सुसमाचारलाई भुले पनि उहाँले त्यो प्रचार गर्नुभएको छ। अरू सबैले पुरानो शैलीको जोशिलो र जोरदार ढङ्गको प्रचार गर्न छाडे पनि उहाँले चाहिँ त्यस्तै प्रकारले प्रचार गर्नुहुन्छ। उहाँले येशू ख्रीष्टमा विश्वास गरेर परमेश्वरको शक्ति र अनुग्रहद्वारा साँचो परिवर्तन हुने कुरामा विश्वास गर्नुहुन्छ, अनि सुसमाचार सुन्ने कसैलाई पनि नरकमा पर्न नदिने कोसिस गर्नुहुन्छ।

प्रार्थना एउटा औपचारिकता मात्र बनेको आजको समयमा डा. हिमर्सले उत्तर पाएको प्रार्थनामा परमेश्वरको शक्ति हुने कुरामा विश्वास गर्नुहुन्छ। अरूहरूले अन्य चर्चहरूका सदस्यहरू चोरेर आफ्नो भेटी बढाउन खोजिरहेका आजको समयमा डा. हिमर्स संसारका जवान मानिसहरूलाई सुसमाचार प्रचार गर्नुपर्छ भन्ने कुरामा विश्वास गर्नुहुन्छ। अरूहरूले एकपछि अर्का सेवाहरू बन्द गरिरहेका बेला डा. हिमर्सले चर्चको महत्त्व र शक्तिमाथि विश्वास गर्नुहुन्छ। अरू धेरै जना धेरै अघि जीवन र शक्ति गुमाइसकेको सिनु खुवाएर सन्तुष्ट हुन्छन् भने डा. हिमर्स जिउँदो ख्रीष्टियमतमा विश्वास गर्नुहुन्छ र त्यसका निम्ति लडाइँ लड्नुहुन्छ।

अब केही क्षणमा डा. हिमर्स प्रचार गर्न आउनुहुनेछ। त्योभन्दा अघि श्री ग्रिफिथ आएर डा. हिमर्सले मन पराउनु हुने भजन 'अगि बढ, ख्रीष्टिय सिपाही हो' गाउनुहुनेछ।

आइतबार रातको निम्ति लडाइँ!

(लडाइँका पुकारहरू शृङखलामा नम्बर एक)
THE BATTLE FOR SUNDAY NIGHT
(NUMBER ONE IN A SERIES OF BATTLE CRIES)
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स
by Dr. R. L. Hymers, Jr.

१५ जनवरी, २०१७, आइतबार बिहान लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord's Day Morning, January 15, 2017

' प्रिय हो, हामी सबै सहभागी भएका उद्धारको विषयमा लेख्न म साह्रै उत्सुक भएको छु, त्यसैले सन्तहरूलाई सदाकालका निम्ति सुम्पिएको विश्वास रक्षा गर भन्ने निवेदन गर्न तिमीहरूलाई लेख्न मैले आवश्यक ठानेँ ' (यहूदा ३)।

आज बिहान हामी लडाइँका पुकारहरूको शृङखला सुरु गर्नेछौं। तिनमा हामी 'गम्भीरतासाथ विश्वासको रक्षा' गर्नेछौं। हाम्रा चर्चहरूमा भएका धेरै ओटा झुटा सिद्धान्तहरू र अभ्यासहरूको बारेमा कुरा गर्नेछौं।

सन् १९६३ मा राष्ट्रपति जोन एफ. केनेडीले चर्चिललाई अमेरिकाको प्रथम सम्मानार्थ नागरिक बनाए। त्यो पुरानो महायुद्धका नायकको विषयमा राष्ट्रपतिले भने,'उनले अंग्रेजी भाषा परिचालन गरे र त्यसलाई लडाइँको मैदानमा पठाए।' दोस्रो विश्व युद्धको अवधिमा चर्चिलले आफ्नो एउटा महान् भाषणमा यसो भने, 'जब मानिसहरूका प्राणलाई जगाउने, तिनीहरूलाई परिवार र घरहरूबाट निकाल्ने, सुविधा, सम्पत्तिहरू र खुशीका खोजहरूको जवाफमा अचानक ठूलो र रोक्न नसकिने चाहनाहरू हुन्छन्, तब हामी पशुहरू होइनौं, अनि अन्तरिक्ष र समयमा, साथै अन्तरिक्ष र समयदेखि पर केही भइरहेको छ भनी जान्दछौं, अनि त्यो हामीलाई मन परे पनि वा नपरे पनि त्यो कर्तव्य पालन गर्ने समय हुन्छ।'

हामी आफैले पनि धेरै ओटा लडाइँहरू गरेका छौं। हामीले त्यो भयानक झुटो शिक्षा, जुन कुनै-कुनै सेमिनरीहरूमा विद्यार्थी प्रचारकहरूलाई सिकाइँदैछ, त्यसका निम्ति खर्च गऱ्यौं, त्यो अमेरिकाको प्रत्येक साउदर्न ब्याप्टिस्ट चर्चमा वितरण गऱ्यौं र हुलाकद्वारा पठायौं। मेरी जवान स्पेनी पत्नीले तिनी छ महीनाकी गर्भवती हुँदा पेन्सिलभेनियाको पिट्सवर्गमा साउदर्न ब्याप्टिस्ट कन्भेनसनमा त्यो पर्चा बाँडिन्। तिनलाई गर्भवती र बच्च भएकोले तिनको गह्रौं पेट देखे पनि ठूला मानिसहरूले ती पर्चाहरू च्यातचूत पारे अनि तिनको अनुहारमा थुके। हामी कोठामा फर्केर आएपछि बिचरी मेरी पत्नीले मलाई एउटा प्रश्न गरिन्, जसको मैले जवाफ दिन सकिनँ। तिनले भनिन्, 'रोबर्ट, यी मानिसहरू साँचो ख्रीष्टियन कसरी बन्न सक्छन्?' तिनीहरूमध्ये धेरै जना साउदर्न ब्याप्टिस्टहरूजस्तो नभएर नरकका शैतानहरूजस्ता थिए। उनीहरू तिनीसँग क्रोधित भए, किनकि तिनले सेमिनरीका त्यस प्रोफेसरले दिएका पर्चाहरू बाँडिरहेकी थिइन्, जसले 'येशूको शरीर मरेकोबाट जीवित भएको होइन'-उहाँको शरीर ब्वाँसाहरूले खाएका थिए, मोशा नाउँको कुनै व्यक्ति थिएन, अनि पावलका पत्रहरू नकली हुन्, त्यो ती प्रेरितले लेखेका होइन भन्थ्यो। तर हामीले त्यो पर्चाका निम्ति खर्च गरिरह्यौं, अनि वर्षैपिच्छे हुलाकद्वारा पठायौं र वितरण गऱ्यौं- अन्त्यमा हाम्रो जीत भयो अनि भूतात्माले ग्रस्त ती झुटा शिक्षकहरू अमेरिकाका सबै साउदर्न ब्याप्टिस्ट सेमिनरीहरूबाट निकालिए। परमेश्वरको सहायताद्वारा त्यो लडाइँ हामीले जित्यौं।

अरू झुन्डहरूले भ्रूणको ठूलो विनाशमा शिशुहरूको हत्या रोक्न पैसा संकलन गरिरहेका बेला(जुन तिनीहरूले आफ्नै खल्तीमा हाल्थे), तिनीहरूले आफ्नै निम्ति पैसा संकलन गर्थे- हाम्रो चर्चले चाहिँ मानिसहरू पठाएर रगतमा डुबेको त्यस्ता दुइ ओटा अस्पतालहरू बन्द गऱ्यो। एक पल्ट त डा. केगन र म त्यस्तै एउटा अस्पतालको अगि बरण्डाको भुइँमा बस्यौं, त्यो बेला घोडचढी पुलिसहरूले हामीलाई घेरे अनि हामीलाई हातकडी लगाउने र झ्यालखानमा हाल्ने धम्की दिए। तर हामी त्यहाँबाट नहटेका देखेर तिनीहरू आफै त्यहाँबाट फर्केर गए।

जब युनिभर्सल पिक्चर्सका प्रमुख श्री लिउ वासेरमेनले ख्रीष्टले मरियम मग्दलिनीसँग शारीरिक सम्पर्क गर्नुभएको देखाएको एउटा फोहोर चलचित्र निर्माण गरे, तब हामी बिभर्ली हिल्समा तिनको घरको अगाडि विरोध प्रदर्शन गर्न गयौं। हाम्रो विरोधको समाचार इंगल्याण्ड, स्पेन, इस्राएल, फ्रान्सलगायत सारा संसारका समाचार-पत्रहरूको पहिलो पृष्ठमा छापियो। अनि ग्रीसमा त त्यो चलचित्र देखाउँदा दङ्गा नै भयो। करिब दुइ हप्तासम्म- हरेक रात टेलिभिजनका समाचारहरूमा हाम्रा विभिन्न विरोध प्रदर्शनहरू देखाइए। युनिभर्सल पिक्चर कम्पनी हाम्रा विरोध प्रदर्शनहरूसँग यति धेरै डरायो कि त्यसले फेरि कहिल्यै ख्रीष्टको निन्दा गर्ने चलचित्र बनाएन। फेरि परमेश्वरको सहायताद्वारा हामीले लडाइँ जित्यौं।

जब पिटर एस. रुकमेन नाउँका व्यक्तिले किङ जेम्स बाइबलका वचनहरू त्रुटिहीन छन् भनी शिक्षा दिन थाले, अनि जुन ग्रीक र हिब्रूबाट ती अनुवाद भएका थिए त्यसलाई पनि सच्याउन थाले, तब रुकमेनको झुटो शिक्षाद्वारा सयौं चर्चहरू फूट्न थाले। मैले 'रुकमेनिज्म एक्सपोस्ड' नामक पुस्तक लेखेँ- जुन धेरै ओटा चर्चमा पुग्यो। त्यही पुस्तकको कारण त्यो झुटो शिक्षा आज हराएर गएको छ, तपाईं त्यो पुस्तक हाम्रो वेभसाइट www.sermonsfortheworld.com मा पढ्न सक्नुहुन्छ। अनि रुकमेनवादको शैतानिक शिक्षा विरुद्धको लडाइँमा परमेश्वरको सहायताद्वारा फेरि हाम्रो जीत भयो।

रिचटर्ड ओलिभस नाउँको व्यक्ति हामीलाई छोडेर गए अनि हाम्रो चर्चका चार सय मानिस आफ्नो साथमा लगे। मैले हाम्रा मानिसहरूलाई हरेक महीना तिनीहरूका दशांश र भेटीहरूबाहेक पनि करिब १६ हजार डलर उठाउन र कर्जा तिर्न नेतृत्त्व गरेँ, तब मात्र यो भवन बच्यो र हाम्रो चर्च नाश पार्ने ओलिभसको योजना रोकियो। फेरि पनि परमेश्वरको सहायताद्वारा हामीले त्यो लडाइँ जित्यौं।

तर आज हामी अझै भयानक लडाइँमा छौं- भित्र हुने लडाइँ, जसले आखिरीमा हाम्रा सबै चर्चहरूलाई नाश पार्दछ। अनि ख्रीष्टको सेवकको रूपमा यसको चेताउनी दिनु मेरो कर्तव्य हो। यसले हाम्रा चर्चहरूलाई नाश पारिरहेको छ। यो लाउडेकियावादी झुटो शिक्षा हो। त्यो हाम्रा चर्चहरूले आइतबार बेलुकीका सेवाहरू बन्द गर्नुपर्छ भन्ने विचार हो। यो झुटो र भयानक शिक्षाको विरूद्ध हामी 'गम्भीरतासाथ रक्षा'(यहूदा ३)गर्नेछौं। हामी हाम्रो सारा शक्तिले त्यसको विरुद्ध लडाइँ गर्नेछौं।

मत्ती २५:५ मा प्रभु येशूले हाम्रा चर्चहरूको अवस्थाको सठीक वर्णन गर्नुभएको छ। लाखौं सुसमाचारीय र रुढिवादी चर्चहरू निद्राले झुलिरहेका र निदाइरहेका छन्। ख्रीष्टको दोस्रो आगमन धेरै नजिक छ, तर हाम्रा चर्चहरू भुसुक्क निदाएका छन्। हामी एकपछि अर्को चर्चले तिनीहरूका बेलुकीका सेवाहरू बन्द गरिरहेका देखिरहेका छौं। म विश्वस्त छु, यो आखिरी दिनहरूको एउटा चिन्ह हो- सुत्ने चर्चहरूले तिनीहरूका ढोकाहरू बन्द गरिरहेका छन्- युग बित्न लागेको छ- अनि हामीले जानेका यो संसारको अन्त्य हुनेछ। प्रभु येशूले भन्नुभयो

'दुलहाले बियाँलो गर्दा ती सबै निद्राले लट्ठ भए र निदाए' (मत्ती २५:५)।

यदि अगमवाणी पनि हाम्रो विरुद्ध भएजस्तो लाग्यो भने हामी लडाइँ गर्नेछौं- अनि केहीले सुन्नेछन् र बच्नेछन्।

अहिले ब्याप्टिस्टहरू र अन्य चर्चहरूको बीचमा पनि आइतबार बेलुकीका सेवाहरू बन्द गर्ने लहर चलेको छ। अमेरिकाको वल्लो छेउदेखि पल्लो छेउसम्मका साउदर्न ब्याप्टिस्ट र स्वतन्त्र ब्याप्टिस्टहरू, 'प्रोग्रेसिभ' बी.बी.एफ.आई. चर्चहरू, अनि केही बब जोनेसका रुढिवादी चर्चहरूले आइतबार बिहानको सेवापछि चर्चका ढोकाहरू बन्द गर्न थालेका छन्। आइतबार बेलुकी हुने सेवाहरू अब द्रूतगतिले अतीतको कुरा बन्दैछन्।

यसले हाम्रा चर्चहरूको गाडे रोग देखाउँछ। निश्चय यो सकारात्मक संकेत होइन। अरू गाडे रोगहरूझैं रोग सही प्रकारले नखुट्याएसम्म कुनै पनि डाक्टरले उचित सल्लाह दिन सक्दैन। यो प्रवचनमा हामी डाक्टरलेझैं रोगी(बेलुकीका सेवाहरूका निम्ति ढोका बन्द गर्ने चर्चहरू)लाई जाँच्नेछौं र रोगको कारण पत्ता लगाउनेछौं- अनि त्यसपछि उचित औषधी र उपचार गर्नेछौं। यी चर्चहरूको रोग चार प्रकारले पत्ता लगाउन सकिन्छ।

१. पहिलो, हाम्रा चर्चहरूमा आइतबारे बेलुकीका सेवाहरू बन्द गर्नु अहिलेको समयमा मात्र सामान्य प्रोटेस्टेन्ट प्रवृत्ति भएको छ।

मेथोडिस्टहरूले करिब सन् १९१० तिर तिनीहरूको आइतबारे बेलुकीका सेवाहरू बन्द गर्न थालेका हुन्। प्रेस्बीटेरियनहरूले करिब १९२५ तिर तिनीहरूका बेलुकीका सेवाहरू बन्द गर्न थालेका हुन्। अमेरिकन ब्याप्टिस्टहरू(जुन पहिले नर्दन ब्याप्टिस्टको नाउँले जानिन्थ्यो) ले करिब सन् १९४५ बाट तिनीहरूका बेलुकीका सेवाहरू बन्द गर्न थालेका हुन्। साउदर्न ब्याप्टिस्टहरूले पनि झन्डै सन् १९८५ बाट त्यसो गर्न थालेका हुन्। हामीले यो याद राख्नुपर्छ, कि मेथोडिस्टहरू, प्रेस्बीटेरियनहरू र अमेरिकन ब्याप्टिस्टहरू अरू कुनै पनि रुढिवादी ब्याप्टिस्ट चर्चजस्तै बाइबलमा विश्वास गर्ने चर्च थिए, जुन बेला तिनीहरूका आफ्नै सम्प्रदायका 'प्रगतिशील' प्रचारकहरूमा यस्तो प्रवृत्ति सुरु भयो।

आज हेर्नुहोस्! तिनीहरूका सदस्य सङ्ख्या वर्षैपिच्छे खस्किँदैछ। ती तिनै ओटा सम्प्रदायले सन् १९०० देखि यता लाखौं सदस्य गुमाएका छन्। तिनीहरूका हजारौं चर्चहरू पूर्ण रूपले बन्द भएका छन्। आइतबार बेलुकीका सेवाहरू बन्द गर्दा तिनीहरूलाई फाइदा भएको छैन। त्यो विनाशमा पुऱ्याउने ओह्रालो चिप्लो बाटो मात्र भएको छ।

तापनि आज धेरै जना स्वतन्त्र ब्याप्टिस्टहरू आफूहरू केही नयाँ र प्रगतिशील 'धार'मा छन् भनी सोच्छन्, तापनि तिनीहरू त्यो बाटोमा लागेका छन् जसले मेथोडिस्टहरू, प्रेस्बीटेरियनहरू र अमेरिकन ब्य़ाप्टिस्टहरूलाई नाश पारेको छ। केलिफोर्नियाको सान डिइगो नजीकका एक स्वतन्त्र ब्याप्टिस्ट प्रचारकले भने, 'मैल एउटा पूर्ण नयाँ कदम चालेको छु। मैले आइतबार बेलुकी हुने सेवाहरू बन्द गरेको छु।' त्यसले चर्चलाई फाइदा गराउनेछ भनी तिनले सोचेका छन्, तर मलाई लाग्छ, त्यसले तिनको विश्वासी समुदायको हानि गर्नेछ। तिनीजस्तो प्रचारकलाई म देशद्रोही भन्छु- ख्रीष्टको लक्ष्यको विश्वासघाती!। यी मानिसहरूले जे गरिरहेका छन् त्यो मैले उल्लेख गरेको 'मुख्य र ठूला' चर्चहरूले गरेका थिए। साउदर्न ब्याप्टिस्टहरूले अहिले प्रत्येक वर्ष २० लाख सदस्य गुमाइरहेका छन्। त्यसको एउटा कराण यो हो कि, तिनीहरूका धेरै ओटा चर्चले आइतबार रातिको सेवा बन्द गरेका छन्।

विन्सटन चर्चिलले भने,'इतिहास! पढ इतिहास पढ!' तिनले भने, 'पछिल्तिर जति टाढासम्म देख्न सक्छौ, अघिल्तिर त्यत्ति नै टाढासम्म देख्ने सम्भावना हुन्छ।' यसैकारण प्रोटेस्टेन्ट र ब्याप्टिस्ट 'मुख्य र ठूला' चर्चहरूले विगतमा आइतबार रातिको सेवा बन्द गर्दा के भयो त्यो जान्नु जरूरी छ। त्यसले कसरी तिनीहरूलाई नाश पार्दै, छताछुल्ल बनाउँदै अन्त्यमा कसरी खतमै पाऱ्यो त्यो बुझ्नु जरूरी छ।

आज, परम्परावादी 'मुख्य र ठूला' चर्चहरूको विगतको एउटा सानो अङ्श मात्र बाँकी रहेको छ। पहिले तिनीहरूले आफ्नो प्रार्थना सेवा त्यागे। अनि तिनीहरूले बेलुकीका सेवा बन्द गरे। अब तिनीहरूले आत्मालाई त्यागिरहेका छन्। यही बाटोमा लाग्ने आज हाम्रो समयका ब्याप्टिस्ट र अरूहरूको पनि परिणाम यस्तै हुनेछ।

२. दोस्रो, हाम्रा चर्चहरूमा आइतबार रातिका सेवाहरू बन्द गर्नु 'निर्णयवाद' को एउटा परिणाम हो।

जसरी हामीले हाम्रो पुस्तक आजको धर्मत्याग मा भनेका छौं, चार्ल्स जी. फिन्नीले १९ औं शताब्दीको मध्यतिर महान् प्रोटेस्टेन्ट र ब्याप्टिस्ट चर्चहरूमा 'निर्णयवाद' लाई लोकप्रिय बनाएका थिए। परमेश्वरले मानिसको आत्मामा काम गर्दा उ बाँच्छ भन्ने बाइबलको शिक्षाको विपरीत फिन्नीको 'निर्णयवाद' ले बाहिरी रूपमा 'ख्रीष्टलाई ग्रहण गर्ने निर्णय गर्दा' मानिस बाँच्छ भन्ने शिक्षा दियो। पुरानो समयको पूर्ण बाइबलीय परिवर्तनको स्थान सामान्य प्रार्थना वा शारीरिक प्रतिक्रियाले लियो। फलस्वरूप, प्रोटेस्टेन्ट र ब्याप्टिस्ट चर्चहरू चाँडै हराएका मानिसहरूले भरिए, तिनीहरूका सदस्यता सङ्ख्या लाखौं पुग्यो। परिवर्तन नभएका मानिसहरू आइतबारको दिन दुइचोटि चर्च जान चाहँदैनन्- यसरी फिन्नीको तरिका अप्नाएको केही दशकपछि आइतबार राति हुने सेवाहरू हराएर गए। परिवर्तन नभएका मानिसहरू आइतबार राति सेवामा आउँदैनन्। अहिले सारा अमेरिकाभरिका रुढिवादी चर्चहरूमा यही कुरा दोहोरिँदैछ।

म जवान हुँदा जाने गरेको ब्याप्टिस्ट चर्चहरूमध्ये कुनैमा पनि आइतबार रातिको सेवामा सबै जना उपस्थित हुँदैनथे। कम समर्पित साँचो रूपले परिवर्तन नभएका व्यक्तिहरू त्यहाँ आउँदैनन् भनी हामीले सधैं बुझेका थियौं। तर जे होस् हामी अगाडि बढयौं। म जवान छँदा भएका आइतबार रातिका सेवाहरू सधैं सर्वोत्तम थिए। गायन राम्रो हुन्थ्यो। प्रवचनहरू जोरदार हुन्थे। किनकि त्यहाँ सबैका आत्मालाई निराश बनाउने हराएका चर्चका सदस्यहरू हुँदैनथे। विगत साठी वर्षलाई फर्केर हेर्दा म त्यस्तै सोच्छु।

आज हाम्रो आफ्नै चर्चमा सबै जना आइतबारको रातिको सेवामा आउँछन्। म विश्वास गर्छु, तिनीहरूलाई त्यसरी आउने तालिम दिएकाले गर्दा त्यस्तो भएको हो। तर म यो पनि विश्वास गर्छु, कि चर्चको सदस्य बन्न अघि तिनीहरू साँचो रूपले परिवर्तन भएको छ कि छैन भनी निश्चित गर्न हामीले ध्यान दिएकाले पनि यस्तो भएको हो। आइतबार राति चर्च आउन इच्छा नगर्ने हराएको व्यक्तिलाई बप्तिस्मा दिने हतार गर्नुभन्दा बरु म उ साँचो रूपले परिवर्तन भएको हेर्नका निम्ति पर्खन्छु।

'निर्णयवाद' ले हराएका मानिसहरूसहित हाम्रो चर्चको नामको सूची भरियो- र अहिले हामीले त्यसको मूल्य चुकाइरहेका छौं। तिनीहरू आइतबार रातिको सेवामा आउन चाहँदैनन्, किनकि तिनीहरूले उद्धार पाएका छैनन्। त्यही कारणले गर्दा साउदर्न ब्याप्टिस्ट चर्चले विगत दुइ वर्षमा पचास हजार जति सदस्य गुमाएको छ।

३. तेस्रो, आइतबार रातिको सेवा बन्द गर्दा केही नसोचेका परिणामहरू हुन्छन्।

म जान्दछु, मैले भन्न लागेको भन्दा बढी यसको नकारात्मक परिणामहरू हुनेछन्। तर मेरो मनमा भएका थोरै परिणामहरू म बताउँछु।

१.  आइतबार रातिको सेवा बन्द गर्ने चर्चहरूले तिनीहरूका सदस्यहरूका निम्ति अरू चर्चहरूमा जाने ढोका खोल्दछन्, जसले तिनीहरूलाई बराल्छन्। हालैमा आफ्नो चर्चको आइतबारे रातिको सेवा बन्द गर्ने एक जना प्रचारकले भने,'त्यसो गर्दा म अरू चर्चहरूमा जानु स्वतन्त्र हुन्छु।' तिनी अब आइतबारका रातहरूमा अरू प्रचारकहरूको प्रवचन सुन्न जान पाउने भएकोले गजक्क परेका थिए। तर मैले विचार गरेँ,'तिनका मानिसहरूलाई चाहिँ के हुन्छ? के तिनीहरूमध्ये कसै-कसैले त्यस्तै विचार गर्दैनन् र?' अनि ती मानिसहरूलाई के हुन्छ? याद राख्नुहोस्, सबैभन्दा असल मानिसहरू आइतबार रातिको सेवामा जान चाहन्छन्। तर तिनीहरू कहाँ जान्छन्? के तिनीहरू तलको केरेस्मेटिक चर्चमा जानेछन्? के तिनीहरू नव-सुसमाचारीय बाइबल शिक्षकको 'बुद्धिमानी' सन्देशद्वारा बरालिनेछन्, जसको चर्च त्यहीं कतै हुन्छ? म भन्छु, यदि हामीले आइतबार रातिको सेवा बन्द गऱ्यौं भने तिनीहरूमध्ये कोही त्यही चर्चमा जानेछन् अनि हामी आफ्ना असल मानिसहरूमध्ये केही गुमाउनेछौं।

२.  आइतबार रातिको सेवा बन्द गर्ने चर्चहरूले त्यस हप्ता सुसमाचार प्रचार गर्ने सबैभन्दा ठूलो मौका गुमाउँछन्। एक जना प्रचारकले मलाई आइतबार रातिको सेवा बन्द गर्ने एउटा चर्चको बारेमा बतायो। रातिको सेवा नगरेर तिनीहरूले सदस्यहरूलाई पहिलो सेवाको पछि नास्ता दिने गऱ्यो र त्यसपछि रंगशालामा अर्को सेवामा लग्यो। त्यसो गर्दा मानिसहरू दिउँसो २ बजी घर जान सक्ने भए। प्रचारकले मलाई भन्यो, 'तिनीहरू धेरै बाइबल शिक्षा पाउँछन्।' तर के आइतबार रातिको सेवाको उद्देश्य 'धेरै बाइबल शिक्षा दिनु मात्र हो?'होइन, कदापि होइन! असल चर्चहरूले धेरै वर्षसम्म आइतबार रातिको सेवालाई सुसमाचारीय सेवा बनाए। विश्वास गर्छु, विगतमा ब्याप्टिस्ट चर्चहरूको यो सबैभन्दा ठोस कार्य थियो। सदस्यहरूलाई आइतबार राति उद्धार नपाएका आफ्ना आफन्तहरू, मित्रहरू, परिचितहरूलाई सुसमाचार सुन्न लिएर आउने उत्साह दिइन्थ्यो। यसो हुँदा चर्चका असल मानिसहरू आइतबार दिउँसो बेलुकीको सेवामा लैजान सकिने मानिसहरू खोज्थे। तपाईं बिहानको सेवामा अध्ययन गराएपछि मानिसहरूलाई भोजन दिन सक्नुहुन्छ। तर त्यसले त्यो सुसमाचार प्रचारलाई नाश पार्छ, जसले हाम्रा ब्याप्टिस्ट चर्चहरूलाई आइतबारका रातहरूमा निर्माण गर्न सहायता गरेको थियो। मेरा एक जना पास्टर मित्रले मलाई तिनको चर्चको एक जना बलियो व्यक्तिको बारेमा बताए, जो हराएको बेला आइतबार रातिको सेवामा 'आउन' थालेपछि विश्वासी बनेको थियो। आइतबार रातिको सेवा बन्द गरेर सुसमाचार प्रचार गर्ने यस्तो ठूलो मौका चुकाउँदा तपाईं ऊजस्तो कति जना मानिस गुमाउनुहुनेछ?

३.  आइतबार रातिको सेवा बन्द गर्ने चर्चहरूले जवानहरूलाई सुसमाचार सुनाउने र चेला बनाउने ठूलो मौका गुमाउँछन्। जवानहरू राति बाहिर घुम्न चाहन्छन्। याद राख्नुहोस्, आइतबार रातिको सेवा बन्द गर्ने कुरा बूढा मानिसहरूलाई मात्र मन पर्छ, जो घरमा बसेर टेलिभिजन हेर्न र चाँडै सुत्न चाहन्छन्। भर्खरका विवाहितहरू र बूढापाकाहरू रातिको सेवा मन पराउँदैनन्। तर जवानहरू त्यो समय के गर्ने हो भनी जान्दैनन्। म विश्वास गर्छु, जवानहरूका निम्ति स्थानीय चर्च दोस्रो घर बन्नुपर्छ। म विश्वास गर्छु, चर्चको भविष्य तिनीहरूको हातमा हुन्छ। बूढाहरू चाँडै घर जान चाहन्छन्। तर चर्चको भविष्य तिनीहरूको हातमा हुन्छ, जो जवान छन्। म विश्वास गर्छु, आइतबार रातिको सेवा जवानहरूलाई ध्यानमा राखेर बनाउनु पर्छ। आइतबार रातिको सेवा जवानहरूमा कन्द्रित भए हामी तिनीहरूको ध्यान खिँच्न सक्छौं, ख्रीष्टमा जित्न सक्छौं, स्थानीय चर्चमा सेवा गर्न तिनीहरूलाई तालिम दिन सक्छौं। अर्कोतिर यदि आइतबार रातिको सेवा बन्द गऱ्यौ भने चाँडै हाम्रा चर्चहरूमा कपाल पाकेका केही बूढी महिलाहरू मात्र रहनेछन्, जो रित्तो चर्चमा आइतबार बिहान एक घन्टाका निम्ति आउँछन्- त्यो मेथोडिस्ट चर्च जस्तो, जसले पचास वा साठी वर्ष अघि आइतबार रातिको सेवा बन्द गरेको थियो। मलाई लाग्छ, रातिका सेवाहरू नगर्ने चर्चहरूको अवस्था पनि केही वर्षमा त्यस्तै हुनेछ, हामीले हरेक आइतबार राति जवानहरूलाई प्रचार गर्ने कुरामा ध्यान दिनुपर्छ।

४. चौथो, आइतबार रातिका सेवा बन्द गर्दा साँचो जागृति रोकिन्छ।

यस विषयमा म थोरै कुरा मात्र भन्न सक्छु, तर मैले जागृतिका इतिहासहरू धेरै पढेको छु, र ती रातको समयमा नै आएका थाहा पाएको छु। वास्तवमा, परमेश्वरले प्रायः आइतबार रातिनै जागृति पठाउनुहुन्छ।

डा. ए. डब्ल्यु. टोजरले 'मध्य रातपछि जन्मेको' नामक सन्देश लेखे। त्यसमा उनले भनेका छन्:

'जागृतिहरू राति नै आउँछन् भन्ने धारणामा धेरै सत्यता छ, किनकि जागृतिका तिनीहरूका निम्ति मात्र आउँछ, जसले त्यसको अति नै चाहना गर्छन्। अनि यस्तो असाधारण अनुभव खोज्ने बिरलै आत्माहरू मध्यरातपछि मात्र त्यस अनुभवमा(जागृतिको) पुग्छन् (ए. डब्ल्यु. टोजर,'मध्य रातपछि जन्मेको,' ए. डब्ल्यु. टोजरका उत्कृष्ट कृतिहरू, वारेन डब्ल्यु. विर्सवेद्वारा संकलित, बेकर १९७८, पृष्ठ ३७-३९)।

कृपया, मैले हाम्रा रातका सेवाहरू मध्य रातसम्म हुनुपर्छ भनिरहेको छु भन्ने नसोच्नुहोला।

तापनि, मैले दुइ ओटा ब्याप्टिस्ट चर्चहरूमा उत्कृष्ट जागृतिहरू देख्ने मौका पाएको थिएँ, जसमा सयौं मानिसहरू विश्वासमा आएका थिए। ती दुवै बेलुकीका सेवाहरू थिए, जुन रातिसम्म भका थिए। यीमध्ये एउटा चर्चमा परमेश्वरले पठाउनुभएको जागृतिपछि करिब तीन वर्षको अवधिमा हजारौं विश्वासीहरू थपिएका थिए। ती धेरै ओटा सेवाहरू मध्ये रातसम्म हुन्थे। अर्को चर्चले तीन महीनाको अवधिमा करिब पाँच सय मानिसहरू थप्यो। परमेश्वरले पठाउनुभएको दोस्रो जागृति आइतबार रातिको सेवामा सुरु भएको थियो। पहिलो चर्चको आइतबार बेलुकी सेवाहरू हुन्थ्यो अनि हप्ताको रातमा पनि सेवाहरू हुन्थे। मैले स्वर्गबाट पठाइएको जागृतिको अनुभव गरेको थिएँ।

यी दुइ ब्याप्टिस्ट चर्चहरू तिनीहरूका बेलुकीका सेवाहरू बन्द गरेका भए के त्यस्तो जागृतिको आशिषको अनुभव गर्नेथिए? होइन, गर्नेथिएनन्! डा. टोजरले भनेझैं जागृति तिनीहरूका निम्ति मात्र आउँछ, 'जसले त्यसको अति नै चाहना गर्छन्।' यदि हामी जागृतिको अति नै चाहना गर्छौं भने हामी त्यो सेवा बन्द गर्नेछैनौं, जहाँ परमेश्वरले प्रायः वास्तविक जागृति पठाउनुहुन्छ।

हाम्रो आफ्नै चर्चमा पनि गएको वर्ष परमेश्वरले असाधारण जागृति पठाउनुभयो। केही रातभित्रै उनन्तीस जना जवानले उद्धार पाएका थिए- अनि हाम्रो चर्चमा नै रहेका थिए, किनकि तिनीहरू साँचो रूपमा परिवर्तन भएका थिए। प्रायः ती सबै सेवाहरू राति भएका थिए।

आज बिहान तपाईं उद्धार नपाउनेहरूलाई म केही कुरा संक्षेपमा भन्न चाहन्छु। के तपाईं उद्धार पाउन उत्सुक हुनुहुन्छ? के तपाईं आफ्नो पापको दोषी हुनुहुन्छ? के येशूले तपाईंलाई पाप र नरकबाट बचाऊन् भन्नेने चाहनुहुन्छ? चाहनुहुन्छ भने, म मेरो सारा हृदयले आग्रह गर्दछु, कि आज रातिको सेवामा आउनुहोस्। श्री जोन केगनले 'हराएका आत्माहरूका निम्ति लडाइँ' नामक प्रवचन प्रचार गर्नेछन्। त्यो प्रवचनले तपाईंलाई चुनौती दिनेछ- त्यो प्रवचनले येशूलाई भेट्टाउन र उहाँको पवित्र रगतद्वारा तपाईंका पापहरूबाट पखालिन सहायता गर्नेछ। तपाईं आज राति आउने र जोनको गतिशील प्रवचन सुन्ने निश्चय गर्नुहोस्।

तर उद्धार नपाई अहिल्यै नै घर किन जाने? तपाईंका पापहरूबाट फर्कनुहोस्। येशूमा विश्वास गर्नुहोस्। जब तपाईं प्रभु येशूमा मात्र विश्वास गर्नुहुन्छ तब उहाँले अहिले नै तपाईंका पापहरूबाट तपाईंलाई शुद्ध पार्नुहुनेछ।

कृपया खडा भएर भजन नम्बर ७ गाउनुहोस्, 'अरू केही होइन मात्र रगतले।' हामीले गाउँदै गर्दा, म चाहन्छु, तपाईंहरू यहाँ अगाडि आउनुहोस् र प्रार्थनामा घुँडा टेक्नुहोस्। डा. केगन, जोन केगन र म यहाँ तपाईंलाई सल्लाह दिनेछौं, अनि परमेश्वरले तपाईंलाई येशूमा ल्याऊन् भनी प्रार्थना गर्नेछौं। किनकि येशूले मात्र क्रूसमा उहाँले बगाउनुभएको रगतद्वारा धोएर तपाईंका पापहरूबाट तपाईंलाई बचाउन सक्नुहुन्छ। हामीले गाउँदै गर्दा तपाईंहरू आउनुहोस्। कृपया, खडा भएर तपाईंको भजन पुस्तिकाको ७ नम्बर भजन गाउनुहोस्। यो 'अरू केही होइन मात्र रगतले' भन्ने भजन हो, तपाईंको भजनको पुस्तिकामा ७ नम्बरमा छ।

धुन्छ के ले मेरो पाप? मात्र येशूको रगतले,
   बनाउँछ के ले स्वस्थ्य मलाई? मात्र येशूको रगतले।
अहो! मूल्यवान् त्यो धारा बनाउँछ मलाई हिउँझैं सेतो,
   जान्दिनँ अरू कुनै स्रोत, मात्र येशूको रगत।

मेरो क्षमाका निम्ति म हेर्छु, मात्र येशूको रगत,
   मेरो शुद्धताको निम्ति गर्छु बिन्ती- मात्र येशूको रगत।
अहो! मूल्यवान् त्यो धारा बनाउँछ मलाई हिउँझैं सेतो,
   जान्दिनँ अरू कुनै स्रोत, मात्र येशूको रगत।

छैन पापको प्रायश्चित अरू- मात्र येशूको रगत,
   मेरो कुनै असल काम होइन- मात्र येशूको रगत।
अहो! मूल्यवान् त्यो धारा बनाउँछ मलाई हिउँझैं सेतो,
   जान्दिनँ अरू कुनै स्रोत, मात्र येशूको रगत।
('नथिङ बट द ब्लड' रोबर्ट लोरी- १८२६-१८९९-द्वारा रचित)


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री एबेल प्रद्योमेद्वारा पवित्रशास्त्र पठन गरियो- यहूदा १-४
प्रवचन अघि बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
      ('अनवर्ड क्रिश्चियन सोल्जर्स,' सबाइन बारिङ-गाउल्ड- १८३४ - १९२४- द्वारा रचित)।


रूपरेखा

आइतबार रातको निम्ति लडाइँ!

(लडाइँका पुकारहरू शृङखलामा नम्बर एक)
THE BATTLE FOR SUNDAY NIGHT
(NUMBER ONE IN A SERIES OF BATTLE CRIES)

द्वारा डा. आर. एल. हिमर्स
by Dr. R. L. Hymers, Jr.

'प्रिय हो, हामी सबै सहभागी भएका उद्धारको विषयमा लेख्न म साह्रै उत्सुक भएको छु, त्यसैले सन्तहरूलाई सदाकालका निम्ति सुम्पिएको विश्वास रक्षा गर भन्ने निवेदन गर्न तिमीहरूलाई लेख्न मैले आवश्यक ठानेँ' (यहूदा ३)।

(मत्ती २५:५)

१.  पहिलो, हाम्रा चर्चहरूमा आइतबारे बेलुकीका सेवाहरू बन्द गर्नु अहिलेको
समयमा मात्र सामान्य प्रोटेस्टेन्ट प्रवृत्ति भएको छ।

२.  दोस्रो, हाम्रा चर्चहरूमा आइतबार रातिका सेवाहरू बन्द गर्नु 'निर्णयवाद' को
एउटा परिणाम हो।

३.  तेस्रो, आइतबार रातिको सेवा बन्द गर्दा केही नसोचेका परिणामहरू हुन्छन्।

४.  चौथो, आइतबार रातिका सेवा बन्द गर्दा साँचो जागृति रोकिन्छ