Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




एउटा नरकको वर्ष- एउटा जागृतिको वर्ष

A YEAR OF HELL – A YEAR OF REVIVAL!
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स
by Dr. R. L. Hymers, Jr.

आइतबार बेलुकी, १ जनवरी, २०१७ मा लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Evening, January 1, 2017

'आकाश फटाएर तपाईं तल आउनुभए र तपाईंको सामुन्ने पर्वतहरू कामेका भए त हुनेथियो' (यशैया ६४:१)।


आज बेलुकी हामी फेरि पवित्रशास्त्र बाइबलको यो महान् वचन हेरिरहेका छौं। म परमेश्वरलाई धन्यवाद दिँदछु, विगत वर्ष परमेश्वरले हाम्रा धेरैओटा प्रार्थनाका उत्तरहरू दिनुभयो। तापनि जोन केगनले यसलाई 'नरकको वर्ष' भने। म उनीसँग असहमत हुँदिनँ। उनले भनेका कुरा केही हदसम्म सही छ। केही प्रकारले यो नरकको वर्ष थियो। तर यो आशिषहरूको वर्ष पनि थियो। जोन धेरै लामो समयदेखि थकित थिए, त्यसैले उनले यसलाई नरकको वर्ष भने। जब हामी थकित हुन्छौं, तब नराम्रा कुराहरूको सम्झना गर्दछौं। तर थकाई मारेपछि हामी आशिषहरू सम्झन्छौं। हामी त्यस्तै छौं। हामी मानिस हौं। हाम्रो मनको अवस्था बदलिरहन्छ। थकित भएको कारण जोनले केही क्षण त्यो सुन्दरी केटी जुलीलाई भुले- जुन केटीसँग विगत वर्षको ख्रीष्टियन प्रेम-मिलनमा उनले धेरै रमाइलो गरेका थिए। डिज्नी ल्याण्डमा उनीहरूले बिताएका त्यो सुन्दर दिन उनले भुले। त्यस केटीसँग सान्टा मोनिकाको समुद्र किनारमा त्यो रात खाली खुट्टा दौडिएको उनले भुले। उनीहरूले एक साथ बसेर प्रार्थना गरेका आनन्दपूर्ण समय उनले भुले। मेरो घरमा एरोन, ज्याक र नोआसँग राति अबेरसम्म प्रार्थनामा बिताएको सुन्दर समय उनले भुले। उनले हामीबीच भएको इच्छाको त्यो लडाइँलाई भुले, एउटा यस्तो लडाइँ, जसले परस्परमा सम्मान उत्पन्न गऱ्यो, अनि हामीलाई भ्रातृत्त्वको सम्बन्धमा जोड्यो, जुन अनन्तसम्म रहनेछ भनी म विश्वास गर्दछु। उनले मलाई यसो भनेका कुरा भुले, 'मैले मेरा बाजे-बोज्यू दुवैलाई देखिनँ। डा. हिमर्स, यदि मैले मेरा बाजेको बारेमा सम्झनु पऱ्यो भने तपाईं नै त्यो व्यक्ति हुनुहुन्छ। मेरो जीवनमा तपाईंले गर्नुभएको लगानीका निम्ति धन्यवाद। म तपाईंलाई सहयोग गर्छु र म तपाईंलाई विश्वास गर्छु... परमेश्वरले तपाईंलाई आशिष् देऊन्! डा. हिमर्स, तपाईं यो गर्न सक्नुहुन्छ! जोन शमूएल केगन।'

जोन परमेश्वरका एक शक्तिशाली मानिस हुन्। म उनलाई प्रभुको फौजमा एक सिपाहीको रूपमा उच्च सम्मान गर्दछु। तर उनी पनि हामी सबैजस्तै एक मानिस हुन्। जब हामी थकित हुन्छौं, त्यसबेला नराम्रा कुराहरू मात्र सम्झना गर्दछौं। तर थकान हटेर फेरि ताजा हुँदा त्यो वर्ष हाम्रो निम्ति कति राम्रो थियो भनी सम्झन्छौं- प्रार्थना र संगतिका सुन्दर समयहरू, सन् २०१६ मा परमेश्वरले दिनुभएको उदेकको शक्ति र प्रेम, जुन बेला हामीले प्रार्थना गर्दा परमेश्वरले उत्तर दिनुभएको थियो,

'आकाश फटाएर तपाईं तल आउनुभए र तपाईंको सामुन्ने पर्वतहरू कामेका भए त हुनेथियो' (यशैया ६४:१)।

कहिलेकाहीं म आफैलाई पनि त्यो 'नरकको वर्ष' थियो जस्तो लागेको थियो। मेरो मन हतास हुँदा मैले जीवनबाट मेरो पकड हराइरहेको छु जस्तो लागेको थियो। म रोएँ अनि अब म मर्न लागेको छु भन्ने सोचें- मलाई हाम्रो चर्चका निम्ति यति डर लागेको थियो, कि पीडाले मेरो हृदयलाई चिरा पाऱ्यो। केन्सरका निम्ति डाक्टरहरूले मलाई दिइरहेका उपचारले मेरो 'मनको अवस्थालाई घरी तल घरी माथि' बनायो। कहिलेकाहीं म गहिरो हताशामा परें। विगत वर्ष समय-समयमा म साँच्चै शैतानको आक्रमणमा परेको थिएँ। त्यस्तो समय यदि एरोन यान्सी मेरा साथमा नहुँदो हो त म त्यसबाट बाहिर निस्कन सक्नेथिइनँ। एरोनजस्तो घनिष्ठ मित्र पाउनु परमेश्वरबाटको वरदान थियो। क्रिस्टिना गुयेन अनि श्रीमती लीजस्ता प्रार्थनाका योद्धाहरू पाउनु परमेश्वरबाटको वरदान थिए।

हो, सन् २०१६ मा धेरै असल कुराहरू थिए। हाम्रा धेरै जना जवानहरूले मलाई मन पराउँदैनथे। तिनीहरू मलाई प्रेम गर्दैनथे। तिनीहरूले मुस्कुराउँदै मलाई 'पास्टर, म तपाईंलाई प्रेम गर्छु' भन्दा मेरो हृदय आनन्दले भरिन्छ।

अनि म मेरी सुन्दर पत्नीले पठाएकी कार्ड हेर्छु। तिनी भन्छिन्,

प्रिय रोबर्ट, परमेश्वरप्रतिको तपाईंको आज्ञापालन र तपाईंको विश्वासको कारण मैले येशूलाई चिन्न सकें। रोबर्ट तपाईं नहुनु भएको भए हामीमध्ये कोही पनि यहाँ हुनेथिएनौं। मेरो सारा हृदय र प्राणले म तपाईंलाई प्रेम गर्दछु। सदैव प्रेमसहित, एलियना।

जब म तिनका मिठामिठा शब्दहरू पढ्दछु, मेरो हृदय आनन्दले गाउँछ। 'हे परमेश्वर, एलियनाको निम्ति तपाईंलाई धन्यवाद! मलाई यस्तो विश्वासयोग्य र प्रेमिलो स्त्री दिनुभएको निम्ति तपाईंलाई धन्यवाद! ' तिनको प्रेम, सहायता र प्रार्थनाहरूबिना म ती नराम्रा समयहरूबाट बाहिर निस्कन सक्नेथिइनँ। मेरी पहिली नातिनी सानी हन्नाहका निम्ति परमेश्वरलाई म धन्यवाद दिँदछु। सुरुमा त मजस्तो ठूलो जिउको बूढो, तालुखुइलेलाई देखेर ऊ केही डराई । तर ख्रीष्टमसको बेलुकी ऊ मकहाँ आउन खोजी र मैले उसलाई मेरो अङ्गालोमा लिएँ- उसले मेरो नाकमा म्वाइँ खाई। म बाँचूञ्जेल त्यो म्वाइँ भुल्नेछैनँ!

सन् २०१६ लाई फर्केर हेर्दा परमेश्वरले हाम्रो निम्ति जे गर्नुभएको छ त्यसलाई नभुलौं! चर्च मरिरहेको छ, म मरिरहेको छु, भविष्यमा हाम्रो जीवनका निम्ति कुनै आशा छैनजस्तो मलाई लागेको थियो। तर जब सबै कुरा गुमेकोजस्तो भएथ्यो, तब परमेश्वरले हाम्रो प्रार्थना सुन्नुभयो,

'आकाश फटाएर तपाईं तल आउनुभए र तपाईंको सामुन्ने पर्वतहरू कामेका भए त हुनेथियो' (यशैया ६४:१)।

अनि परमेश्वरले हामीलाई उत्तर दिनुभयो! मैले 'नयाँ' ब्याप्टिस्ट टेबरनेकलका निम्ति योजना तयार गरें। मैले 'हे जवान हो, खडा होओ' भनी प्रचार गरें। हामीले भजन गाउँदा, रुँदै र परमेश्वर ओर्लेर हामीकहाँ आऊन् भनी बिन्ती गर्दा जवानहरूले खुरन्धार प्रार्थना गर्न थाले। अनि उहाँ ओर्लेर आउनुभयो। यो कुरा डा. केगनले उनकी ९० वर्षिय आमालाई ख्रीष्टमा ल्याउनुभएपछि सुरु भयो। क्रिस्टिना गुयेनलाई प्रार्थना गर्ने आत्मा दिइएको थियो। श्रीमती सिरले लीलाई प्रार्थना गर्ने आत्मा दिइएको थियो। अनि जागृतिको आगो हाम्रो बीचमा खस्यो। केही हप्ताभित्रै २८ जना मानिसले आफू पापको दोषी भएको महसुस गरे अनि आशा गर्छौं, तिनीहरूले विश्वास गरे, र ख्रीष्टले हाम्रो निम्ति बगाउनुभएको रगतद्वारा शुद्ध भए।

त्यसपछि हामीले अब जागृति समाप्त भयो भन्ने सोच्यौं। तर हामी गलत थियौं। परमेश्वर अझै पनि हाम्रो साथमा हुनुहुन्थ्यो! प्रत्येक आइतबार हामीले एक जना नयाँ विश्वासी पायौं। २५ दिसम्बर, ख्रीष्टमस दिनको बेलुकीको सेवामा अचानक डा. चानले यस्तो अभिषेकसहित प्रचार गर्नुभयो, कि चार जना व्यक्तिले आफूलाई दोषी भनी मानिलिए र आशा गरिन्छ त्यो एउटा सेवामा तिनीहरूले उद्धार पाए! सन् २०१६ मा उद्धार पाउने २८ जना व्यक्तिका नाउँको सूची यहाँ दिइन्छः

जुडी ली
मारजोरिया लुअङ
थोमस लुअङ
क्रिस्टिन गुयेन
अडेला मेन्जिभर
सेटसुको जाभालागा
जेस्सी जेकामिटजेन
क्रिस्टिना लिविस
जेनिफल यान
अब्राहाम सङ
बाइयङ जाङ
टम जिया
भिर्जिल निक्केल
जेसन बाल्टाजार
एम्मी हुअ
टाइरिक चेम्बर्स
जुलिया सिभिले
मिन्ह भु
एलिसिया जेकामिटजेन
डेनी कार्लोस
डेनियल बाराहोना
आयाको जाभालागा
जुलियटा प्राइटो
रोबर्ट वङ
जोसेफ गोङग
एन्ड्रु माटसुकासा
जेसिका यिन
नरिस मेन्जिभर

मेरा मित्रहरू, परमेश्वरले हामीलाई छोड्नुभएको छैन! उहाँ विगत अगस्त, सेप्टेम्बर, अक्टुबर, नवम्बर महीनामा बारम्बार हामीकहाँ आउनुभयो, अनि आशा गर्छौं, दिसम्बर महीनामा मात्र नौ जना व्यक्तिले उद्धार पाए। एक वर्षमा अट्ठाईस जना मानिसहरू! कृपया हामी खडा भएर स्तुति-गीत गाऔं!

प्रशंसा गर परमेश्वरको, जसबाट सबै आशिषहरू बग्दछ,
उहाँको प्रशंसा गर, सबै प्राणी जो छन् यहाँ तल,
उहाँको गर प्रशंसा, माथिका स्वर्गीय फौज हो,
प्रशंसा गर, ता, पुत्र र पवित्र आत्माको! आमेन।
   ('डक्सलजी'-थोमस केन-१६३७-१७११-द्वारा रचित)

महिला हो, यो गाउनुहोस्! अब पुरुष हो, यो गाउनुहोस्! अब हामी सबैले सकेसम्म जोड्ले यो गाऔं। अब हाम्रो जागृतिको विषय-भजन गाउनुहोस्,'।' स्मरणबाट गाउनुहोस्, वा पुस्तकमा हेर्दै गाउनुहोस्। भजनको पुस्तकमा यो नम्बर ४ मा छ। अब गाउन थाल्नुहोस्!

मेरो दर्शन भर्नुहोस्, उद्धारकर्ता, गर्छु प्रार्थना,
   आज म देखूँ येशूलाई मात्र,
घाटीहरूबाट भएर मलाई डोऱ्याउनुहोस्
   तपाईंको नओइलाउने महिमाले घेर्छ मलाई।
मेरो दर्शन भर्नुहोस्, उद्धारकर्ता दिव्य
   नचम्कूञ्जेल मेरो आत्मा तपाईंको महिमासित,
मेरो दर्शन भर्नुहोस्, सबले देखून्
   तपाईंको पवित्र रूप ममा झल्केको।

मेरो दर्शन भर्नुहोस्, हरेक इच्छा
   तपाईंको महिमा गर्न मेरो प्राण प्रेरित,
तपाईंको सिद्धता, तपाईंको पवित्र प्रेम,
   मेरो बाटो उज्यालो माथिको ज्योतिले।
मेरो दर्शन भर्नुहोस्, उद्धारकर्ता दिव्य
   नचम्कूञ्जेल मेरो आत्मा तपाईंको महिमासित,
मेरो दर्शन भर्नुहोस्, सबले देखून्
   तपाईंको पवित्र रूप ममा झल्केको।

मेरो दर्शन भर्नुहोस्, पाप एउटै नहोस्
   भित्रको चमकको छायाँ दिनुहोस्,
म देखूँ तपाईं महिमित अनुहार मात्र
   तपाईंको असीमित अनुग्रहमा मेरो प्राण रमाउँदै।
मेरो दर्शन भर्नुहोस्, उद्धारकर्ता दिव्य
   नचम्कूञ्जेल मेरो आत्मा तपाईंको महिमासित,
मेरो दर्शन भर्नुहोस्, सबले देखून्
   तपाईंको पवित्र रूप ममा झल्केको।
('फिल अल माई भिजन' एभिस बर्जिसन क्रिस्टियनसेन, १८९५-१९८५, द्वारा रचित)।

प्रिय दाज्यूभाइ, दिदीबहिनी हो, म विश्वास गर्छु, त्यो जागृतिको सबैभन्दा ठूलो भाग सन् २०१७ मा परमेश्वरबाट हामीमाथि आउनेछ। त्यसका निम्ति दिनहुँ प्रार्थना गर्नुहोस्। आउने वर्षमा परमेश्वरको उपस्थिति अझ बढी मात्रामा होस् भनी कहिलेकाहीं उपवास बस्नुहोस् र प्रार्थना गर्नुहोस्।

अब तपाईंको बाइबलमा १ कोरिन्थी ९:२४ खोल्नुहोस्। यो नेपाली बाइबलमा पृष्ठ १५९८ मा छ। यो प्रवचनको बाँकी भाग डा. केगनद्वारा लेखिएको थियो।

'के तिमीहरूलाई थाहा छैन, दौड्मा दगुर्नेहरू सबै दगुर्छन्, तर इनामचाहिँ एउटैले मात्र पाउँछ? तिमीहरू इनाम प्राप्त गर्ने किसिमले दौड् ' (१ कोरिन्थी ९:२४)।

तपाईंहरू बस्न सक्नुहुन्छ। अब तपाईहरूको बाइबल बन्द गरी ध्यान लगाएर सुन्नुहोस्।

पावलले ख्रीष्टियन जीवनलाई एउटा दौड्सँग तुलना गरे। तिनले भने, 'तिमीहरू (इनाम) प्राप्त गर्ने किसिमले दौड्'(१ कोरिन्थी ९:२४)। त्यसपछि पावलले भने, 'तिनीहरू नष्ट भएर जाने मुकुट पाउनलाई यसो गर्दछन्, तर हामीचाहिँ अविनाशी मुकुट पाउनलाई यसो गर्दछौं' (१ कोरिन्थी ९:२५)। ख्रीष्टियन इनाम कुनै तक्मा होइन। यो कुनै अझ उच्च कुरा हो। त्यो इनाम येशू ख्रीष्ट उहाँको राज्य खडा गर्न आउनुहुँदा उहाँले दिनुहुनेछ।

पावलले भनेका छन्, कि एक जना खेलाडी 'सबै कुरामा संयमी'(आफैलाई नियन्त्रणमा राख्ने) हुन्छ(पद २५)। खेलाडी मोटाउँदैन। ऊ अल्छी बन्दैन। उसले आफ्नो समय व्यर्थै फाल्दैन। प्रेरित पावल ठीक त्यस्तै थिए। तिनले भने, 'म दगुर्छु, तर अनिश्चित भएर होइन, म लडाइँ गर्छु, हावामा मुक्का हानेजस्तो होइन'(पद २६)। तिनी तालिम नपाएको मुक्केबाज जस्ता थिएनन्, जसले हावामा मुक्का हान्छ। अनि पावल अति आत्मविश्वासी पनि थिएनन्। तिनी असफल हुन सक्छन् भनी तिनले जान्दथे। तिनले भने, 'नत्रता, अरूहरूलाई प्रचार गरेपछि म आफैचाहिँ अयोग्य ठहरिनेछु' (पद २७)।

पावलले तिनी के चाहन्छन् भनी जान्दथे। तिनले त्यसमा आफ्ना सारा मिहिनेत लगाए। तिनले हामीलाई जे गर्नु भने त्यो आफ्नै जीवनमा गरेर देखाए।

'तिमीहरू...प्राप्त गर्ने किसिमले दौड् ' (१ कोरिन्थी ९:२४)।

'तिमीहरू (इनाम) प्राप्त गर्ने किसिमले दौड्।' आज बेलुकी यो बाइबल पदलाई म चार प्रकारले प्रयोग गर्नेछु।

१. पहिलो, यो बाइबल पद यस हिउँद र बसन्त ऋतुको निम्ति लागू हुन्छ।

'बिदाका समयहरू' मा हामीले धुमधामसँगले रमाइलो गऱ्यौं। हाम्रो ख्रीष्टमस भोज भयो। ख्रीष्टमसको बेलुकी हामीले हाम्रा उद्धारकर्ताको जन्मको सम्झना गऱ्यौं। हामी ख्रीष्टमसको दिनमा फेरि एक साथ भेला भयौं। डा. चानले एक सिंहले झैं प्रचार गर्नुभयो। चार जना व्यक्तिले उद्धार पाए। हामीले प्रभु-भोज पालन गऱ्यौं। हिजो, नयाँ वर्षको साँझमा श्री सेरजिओ र सुश्री याजमिनको विवाह भयो। आज नयाँ वर्षको पहिलो दिन हो।

तर 'बिदाको समय' सधैं रहिरहँदैन। अब यो जनवरी महीना हो। अर्को हप्ताको अन्त्यमा कुनै बिदा हुनेछैन। यो हिउँदको समय हुनेछ। धेरै ठण्डा हुनेछ। पानी पनि पर्नेछ। दिनहरू त्यत्ति आनन्द लाग्दो हुनेछैनन्। के तपाईं त्यो सहन सक्नुहुन्छ? कि तपाईं पछि हटेर चर्च नै छोडेर जानुहुनेछ? आजको हाम्रो बाइबल पदले भन्छ, 'तिमीहरू इनाम प्राप्त गर्ने किसिमले दौड्।' तपाईंको मन इनाममा लगाउनुहोस्! चाहे जे भए पनि यही चर्चमा बस्नुहोस्। तपाईंको मन ख्रीष्टमा र यो चर्चमा लगाउनुहोस्!

तपाईंहरू जान्नुहुन्छ, हिउँदको समय प्रत्येक वर्ष आउँछ। त्यो ठूलो जल प्रलयपछि परमेश्वरले नोआलाई भन्नुभयो, 'पृथ्वी रहूञ्जेल बीउ छर्ने र फसल काट्ने समय, जाडो र गर्मी, ग्रीष्म र शिशिर, र दिन र रातको अन्त्य हुनेछैन' (उत्पत्ति ८:२२)। हिउँदको समय प्रत्येक वर्ष आउँछ। के तपाईं त्यो सहन सक्नुहुन्छ? यसैले 'तिमीहरू...प्राप्त गर्ने किसिमले दौड।'

हिउँदपछि बसन्त ऋतु आउँछ। बसन्त ऋतुले आफूसित आफ्नै परीक्षाहरू लिएर आउँछ। म त्यसलाई 'अमेरिकी सुखविलासको यन्त्र' भन्दछु। त्यो बेला हप्ताको अन्त्यमा तीन दिनको बिदा हुन्छ। मानिसहरू लस भेगास वा सन फ्रन्सिस्को वा अन्य ठाउँहरूमा जान्छन्। कमजोर मनका विश्वासीहरू चर्च छोडेर जान्छन्। त्यहाँ 'बसन्त ऋतुको विश्राम' हुन्छ। मानिसहरू टाढा जान चाहन्छन्। त्यहाँ सामाजिक कार्यक्रमहरू हुन्छन्। त्यहाँ पारिवारिक कार्यक्रमहरू हुन्छन्। त्यो अमेरिकी सुखविलासको यन्त्रले मानिसहरूका आत्मालाई व्यभिचार र ड्रग्सको पापले भन्दा बढी नाश पारेको छ। के तपाईं एक खेलाडीझैं लड्नुहुनेछ? कि तपाईं पतन हुनुहुनेछ? के तपाईं एक खेलाडीझैं लड्नुहुनेछ? के तपाईं प्रत्येक पल्ट चर्चमा हुनुहुनेछ? के तपाईं शैतानको परीक्षाको विरुद्धमा लड्दै चर्चमा नै रहनुहुनेछ? कि तपाईं कमजोर बनी चर्चलाई छोडेर जानुहुनेछ? जब शैतानले तपाईंलाई परीक्षा गर्छ, के तपाईं चर्च छोडेर जानुहुन्छ र पाप गर्न थाल्नुहुन्छ? यसैले 'तपाईंहरू...प्राप्त गर्ने किसिमले दगुर्नुहोस्।'

यदि तपाईंले ख्रीष्टमा र चर्चमा ध्यान लगाउनुभयो भने हाम्रो निम्ति २०१७ साल पनि अति राम्रो हुनेछ। व्यर्थका कुराहरूमा तपाईंको समय नफाल्नुहोस्। योदेखि त्यो कुराको पछि लाग्दै आफ्नो ध्यान भङ्ग हुन नदिनुहोस्, नत्रता समय बितेर जानेछ। हामी सन् २०१७ साललाई अति राम्रो बनाऔं। प्रार्थनामा शैतानसँग लडाइँ गर्नुहोस्। हरेक हप्ता चर्चमा आउनुहोस्। ख्रीष्टको खेलाडीले झैं इनाम जित्नुहोस्।

अनि हामी समस्या र कठिनाइहरू उत्पन्न नगरौं। तपाईं हाम्रो चर्चमा समस्या बन्नुहुनेछैन भनी निश्चय गर्नुहोस्। प्रेरितको पुस्तकका ख्रीष्टियनहरूजस्तै हामी एकै मनका होऔं। यदि हामीले खेलाडीले झैं ध्यान दियौं भने- अनि कुनै पनि कुराले हामीलाई तानेर लगेन भने- हाम्रो निम्ति यो वर्ष अति राम्रो हुनेछ! सारा हिउँद र बसन्त ऋतुभरि ख्रीष्टमा र चर्चमा ध्यान दिनुहोस्। एक खेलाडीजस्तो भएर रहनुहोस्। 'तपाईंहरू...प्राप्त गर्ने किसिमले दगुर्नुहोस्-' अनि विजय प्राप्त गर्नुहोस्! कृपया, खडा भएर यो कोरस गाउनुहोस्!

अगि बढ ख्रीष्टियन सिपाही हो, लडाइँमा बढेझैं
   बोकेर क्रूस, येशूको अगिअगि
(अनवर्ड क्रिश्चियन सोल्जर्स, सबाइन बारिङ-गाउल्ड- १८३४-१९२४-द्वारा रचित)

२. दोस्रो, यो बाइबल पद जागृतिका निम्ति लागू भयो।

कम्तीमा पनि चालीस वर्षभन्दा बढी समयमा पहिलोचोटि परमेश्वर जागृतिसहित हाम्रो चर्चमा आउनुभयो। परमेश्वर ती सेवाहरूमा ओर्लेर आउनुभयो। उहाँका पवित्र आत्मा हामीसँग उपस्थित हुनुहुन्थ्यो। बेलुकी हुने केही सेवाहरूमा धेरै जना मानिसहरूले विश्वास गरे। तीमध्ये कति जना त विश्वासमा आउन असम्भव छ जस्तो लाग्दथ्यो। तिनीहरूले धेरैओटा प्रवचनहरू सुनिसकेका थिए। तिनीहरूलाई मैले धेरैचोटि परामर्श दिएको थिएँ। तिनीहरू सधैं कठोर र चिसो नै रहेका थिए। तर परमेश्वर ओर्लेर आउनुभएपछि आश्चर्यजनक रूपले एकपछि अर्को हृदय परिवर्तनहरू भए। सबैभन्दा ठूलो वरदान स्वयम् परमेश्वरको उपस्थिति थियो। हामीले जिउँदोजाग्दो ख्रीष्टियन विश्वासको अनुभव गऱ्यौं। परमेश्वर हाम्रो साथमा हुनुहुन्थ्यो। हे प्रभु, तपाईंले अझ ठूलो जागृति पठाउनुहोस् भनी हामी कति धेरै चाहना गर्दछौं!

हाम्रो चर्च प्रत्येक बिहीबार र प्रत्येक शनिबार प्रार्थना गर्न भेला हुन्छ। तपाईंहरूमध्ये धेरै जना जागृतिका निम्ति प्रार्थना गर्न ससाना झुन्डहरूमा भेला हुनुहुन्छ। परमेश्वरलाई म धन्यवाद दिन्छु, उहाँले मलाई जागृतिको विषयमा प्रचार गर्न अगुवाइ गरिरहनुभएको छ। यी बिरलै मात्रामा पाइने सम्पत्ति हुन्, जुन मैले जानेको अमेरिकाको कुनै पनि ठाउँमा पाइँदैन। यदि तपाईंहरूले ससाना झुन्डमा रहेर प्रार्थना गर्दै हुनुहुन्छ भने विशेष गरी जागृति र आत्माहरू जित्नका निम्ति नै प्रार्थना गर्नुहोस्। ती दुइ कुरामा लागिरहनुहोस्। यी दुइ कुरा नै हामीलाई चाहिन्छ- परमेश्वरको उपस्थिति र सुसमाचार प्रचारद्वारा आएका धेरै जना मानिसहरू!

हामीले अझ ठूलो जागृतिको चाहना राख्नुपर्छ! हामीले अब जागृतिमा परमेश्वरको उपस्थिति र कामको अनुभव गरेकाले अझ बढी ती कुराहरू होऊन् भन्ने चाहन्छौं। तर मैले तपाईंहरूलाई होसियार गराउनै पर्छ। जागृति कसरी ल्याउनुपर्छ भनी हामीले अब जानेका छौं भन्ने कहिल्यै पनि नसोच्नुहोस्। 'अब हामीले बुझ्यौं। के गर्नुपर्छ हामी जान्दछौं। फेरि अर्को जागृति ल्याउनुपर्छ' भन्ने कहिल्यै पनि नसोच्नुहोस्। यदि त्यस्तो सोच्नुभयो भने हामीमा अझ अरू जागृति कहिल्यै पनि आउनेछैन।

परमेश्वर एक यन्त्र हुनुहुन्न। उहाँ एक व्यक्ति हुनुहुन्छ। उहाँ सार्वभौम र सर्वशक्तिमान् हुनुहुन्छ। उहाँलाई चलाकीसाथ झुक्याउन सकिंदैन- प्रार्थनाद्वारा पनि सकिँदैन। जागृति एउटा जादु होइन। यो हामीले गरेका काम वा प्रार्थनाद्वारा हुने कुनै कुरा होइन। शैतानले चलाएको झुटो अगमवक्ता चार्ल्स फेन्नीले चर्चले जागृति ल्याउन सक्छ भनी शिक्षा दिएका छन्- तर तिनी गलत थिए। जागृति ल्याउने परमेश्वर नै हुनुहुन्छ। परमेश्वरले चाहनुभएको बेला उहाँले जागृति पठाउनुहुन्छ।

विगत ग्रीष्म कालमा जागृति कसरी सुरु भएको थियो, त्यो तपाईंलाई याद होला। हो, मानिसहरूले प्रार्थना गरेका थिए। तर परमेश्वर ओर्लेर आउनुहुँदा कुनै प्रार्थना भइरहेको थिएन। कुनै प्रवचन प्रचार भइरहेको थिएन। मानिसहरूले यशैया ६४:१-३ वाचन गरिरहेका बेला परमेश्वर अचानक र अचम्मलाग्दो प्रकारले ओर्लेर आउनुभयो। उहाँ अचानक र उहाँको स्वतन्त्र इच्छामा आउनुभयो।

अनि कुनै-कुनै सेवाहरूमा परमेश्वर आउनुभएन। हरेक पल्ट जब-जब मानिसहरूले जागृति आफै सुरु हुन्छ भनी सोचेका थिए, त्यो बेला परमेश्वर उपस्थित हुनुभएन। परमेश्वरका आत्माको अनुपस्थितिमा ती सेवाहरू मरेका र रित्ता भए। परमेश्वरको अनुपस्थितिको कारण कहिलेकाहीं मैले सेवाहरू चाँडै समाप्त गर्नुपर्थ्यो।

परमेश्वरको उपस्थित गुमाउनु सजिलो छ। शैतान सधैं यहाँ छ। तर परमेश्वर अनुपस्थित हुन सक्नुहुन्छ। जहाँ उहाँलाई अति उत्सुकतासाथ खोजिँदैन, त्यहाँ परमेश्वर आउनुहुन्न। यदि हामी 'बिदाका समयहरू' मा र यो जीवनका कुराहरूमा नै सन्तुष्ट हुन्छौं भने परमेश्वर हाम्रो साथमा उपस्थित हुनुहुन्न। यदि हामी परमेश्वर हाम्रो साथमा हुनुभएको चाहँदैनौं भने उहाँ हाम्रो साथमा हुनुहुन्न। तर उहाँ अझै पनि हामीसँग हुनुहुन्छ। मैले यो प्रवचन हिजो मध्यरातमा पढ्दै र तयारी गर्दैथिएँ। त्यत्ति बेला टेलिफोनको घन्टी बज्यो। उडीले फोन गरेको थियो, जो आफ्नो पापको कायल भएर रुँदै र विलाप गर्दैथियो। मैले डा. चानलाई निद्राबाट ब्यूँझाएँ अनि उनी उडीको कोठामा गए। आज बिहान दुइ बजी उडीको हृदय परिवर्तन भयो। यो हाम्रो चर्चमा भएको २९औं हृदय परिवर्तन हो। कृपया, स्तुति-भजन गाउनका निम्ति खडा हुनुहोस्!

तर परमेश्वर हाम्रो साथमा हुनुपर्छ, भनी नसोच्नुहोस्- यस कुरालाई हलुकासाथ नलिनुहोस्। परमेश्वरले जागृति पठाउनुपर्छ भन्ने कहिल्यै पनि नसोच्नुहोस्। शिमशोनजस्तो नहुनुहोस्, जो 'पहिले-पहिलेझैं बाहिर निस्केर गए' अनि 'परमेश्वरले तिनलाई छोडिसक्नुभएको छ' भनी तिनलाई थाहा थिएन (न्यायकर्ता १६:२०)। ती इस्राएलीहरू जस्तो नहुनुहोस्, जसले परमेश्वरको आश्चर्यकर्मद्वारा यरीहो शहर जितेका थिए अनि त्यसपछि सानो ऐ शहर जित्न अगाडि बढेका थिए। तिनीहरूले भने, 'सबै जना नगए पनि हुन्छ...किनकि त्यहाँकाहरू थोरै मात्र छन्,... तर तिनीहरूलाई ऐका मानिसहरूले परास्त गरे' (यहोशू ७:३,४)। हाम्रो आजको बाइबल पदले भन्छ, 'तिमीहरू...प्राप्त गर्ने किसिमले दौड्।' भजनले भन्छ, 'आँसुको साथमा छर्नेहरूले आनन्दको गीत गाउँदै कटनी गर्नेछन्'(भजन १२६:५)। यसले 'ज्ञानमा छर्नेहरूले आनन्दको गीत गाउँदै कटनी गर्नेछन्' भन्दैन। यसले 'आफैमा पूरा भरोसा राख्दै छर्नेहरूले आनन्दको गीत गाउँदै कटनी गर्नेछन्' भन्दैन। होइन, आँसुको साथमा छर्नेहरूले आनन्दको गीत गाउँदै कटनी गर्नेछन्। शक्ति परमेश्वरसित मात्र छ भनी जानेर हामी जागृतिका निम्ति अझ धेरै प्रार्थना गरौं। परमेश्वर ओर्लेर आउनु नभएसम्म प्रार्थना गर्नुहोस्- तर हे परमेश्वर शैतानसँग लड्न हामीलाई सहायता गर्नुहोस्, तपाईं अझ बढी शक्तिशाली जागृतिमा आउनु नभईञ्जेल हामीलाई प्रार्थनामा लडाइँ गर्न सहायता गर्नुहोस्। तपाईं फेरि ओर्लेर आउनुहोस् भनी हामी प्रार्थना गर्छौं। हामी प्रार्थना गर्दछौं, कृपया ओर्लेर आउनुहोस्। जागृतिमा तपाईं ओर्लेर आउनुहोस्। 'अगि बढ ख्रीष्टियन सिपाही हो!' कृपया खडा भएर यो भजनको कोरस गाउनुहोस्।

अगि बढ ख्रीष्टियन सिपाही हो, लडाइँमा बढेझैं
बोकेर क्रूस, येशूको अगिअगि

३. तेस्रो, यो बाइबल पद आत्माहरू जित्नमा लागू गरियो।

चर्चमा अघिदेखि भएका मानिसहरूलाई भित्रिय रूपले- भित्र हेर्न सजिलो हुन्छ। कहिलेकाहीं त्यसरी हेर्नु उचित हुन्छ। तर अब यो समय हराएका मानिसहरूको पछि लाग्ने हो, जुन मानिसहरू यहाँ छैनन्। हामीले आत्माहरू जित्ने कुरामा ध्यान दिनुपर्छ। मानिसहरूका धेरै नाउँहरू र फोन नम्बरहरू प्राप्त गर्न हामी खेलाडीले झैं लडन्त लड्नुपर्छ। हराएका धेरै जना मानिसलाई भित्र ल्याउन हामी खेलाडीहरूझैं लडाइँ लड्नु पर्छ। यदि तिनीहरूलाई भित्र ल्याउन तपाईं लडाइँ लड्नुहुन्न भने परमेश्वरले हामीकहाँ फेरि-फेरि जागृति पठाउनुहुनेछैन। यस विषयमा भन्ने कुरा मसित धेरै छन्, तर म यहीं रोकिन्छु। डा. चानले उडीलाई प्राप्त गर्न लडाइँ लडे। उनले तिनलाई आफ्नो घरमा लगे। उनले उडीका निम्ति दिन-रात प्रार्थना गरे। उडीले मलाई रुँदै प्रार्थना गरेको थियो। मैले डा. चानलाई फोन गरें, मैले उनलाई निद्राबाट ब्यूझाएँ, अनि उनले यस वर्षको अन्तिम दिनको बिहानको दुइ बजी उडीलाई ख्रीष्टमा ल्याए।

प्रभु येशूले भन्नुभयो, 'मानिसको पुत्र हराएकालाई खोज्न र बचाउन आएको हो'(लूका १९:१०)। फेरि ख्रीष्टले भन्नुभयो, 'मानिसहरूलाई भित्र आउन कर लगा, र मेरो घर भरिओस्'(लूका १४:२३)। मरेकोबाट फेरि जीवित हुनुभएपछि येशूले भन्नुभयो, 'जाओ, र सबै जातिका मानिसहरूलाई चेला बनाओ' (मत्ती २८:१९)। डा. जोन आर. राईसले भनेका छन्, 'स्पष्ट छ, आत्माहरू जित्नु यति महत्त्वपूर्ण विषय हो, जसले ख्रीष्टियनहरूको मन र परिश्रम लिन सक्छ'(द गोल्डन पाथ टु सक्सेसफुल पर्सनल सोल विनिङ, स्वर्ड अफ द लर्ड पब्लिसर्स, १९६१, पृष्ठ ५५)। अनि तिनले यो सही कुरा भनेका थिए।

चर्चको मुख्य काम आत्माहरू जित्नु हो भन्ने कुरा कहिल्यै पनि नबिर्सनुहोस्! यस शहरका हराएका जवानहरूलाई भित्र ल्याउन लडाइँ लड्नुहोस्। डा. चानले उडीलाई जित्न र तिनको उद्धार गराउन जस्तो लडाइँ गरे, त्यस्तै लडाइँ लड्नुहोस्। कलेजहरूमा र ठूल्ठूला व्यापार केन्द्रहरूतिर जानुहोस् र तिनीहरूका नाउँ र फोन नम्बरहरू प्राप्त गर्नुहोस्। सुसमाचार सुनाउन तिनीहरूलाई चर्चमा ल्याउनुहोस्। हामी हरेकचोटि भेट्दा कम्तीमा एउटा नाउँ लिएर आउनुहोस्। डा. चानले उडीलाई गरेझैं तिनीहरूलाई प्रेम र वास्ता गर्नुहोस्। तिनीहरू आउँदा तिनीहरूसँग परिचय गर्नुहोस्। तिनीहरू परिवर्तन नहोऊञ्जेल तपाईंले गर्न सक्नुहुने सबै कुरा गर्नुहोस्- अनि तिनीहरू हाम्रो साथमा बस्नेछन्, किनकि तिनीहरू परिवर्तन भएका हुन्छन्

हाम्रो आजको बाइबल पदले भन्छ, 'तिमीहरू ...प्राप्त गर्ने किसिमले दौड्।' पावलले भने,'म लक्ष्य नराखी दगुर्दिनँ, हावामा मुक्का हान्नेले जस्तै म मुक्का हान्दिनँ'(१ कोरिन्थी ९:२५) । पावलले आधा मनले काम गरेनन्। तिनले आफ्नो समय त्यसै खेरो फालेनन्। तिनले आत्माहरू जित्ने काममा मन लगाए, 'हावामा मुक्का हान्नेले जस्तो होइन।' आत्माहरू जित्ने तरिका त्यही नै हो। त्यसरी नै डा. चानले उडीलाई ख्रीष्टमा जिते। तिनीहरूलाई भित्र ल्याउनुहोस्। डा. चानको उदाहरण पछ्याउनुहोस्।

हामी आफ्नो समय र कोसिस आत्माहरू जित्ने काममा लगाऔं। हामी यस वर्ष मानिसहरूलाई भित्र ल्याऔं। तपाईंको मित्र र तपाईंको बारेमा मात्र विचार नगर्नुहोस्। हामी प्रेम मिलनको बारेमा मात्र नसोचौं। हराएकाहरूलाई भित्र ल्याउनु तपाईंको मुख्य काम बनाउनुहोस्। हामी हराएकाहरूलाई जित्ने कार्यमा ध्यान लगाऔं। लेजरबिमजस्तै केन्द्रित होऔं। यो काम आधा मनले, 'हावामा मुक्का हान्नेले जस्तो, लक्ष्यबिहीन रूपले' नगर्नुहोस्। अरू कुराहरूमा विशेष दिँदै यसलाई चाहिँ अतिरिक्त कामजस्तो ठानेर नगर्नुहोस्। त्यसरी हामी मानिसहरूलाई भित्र ल्याउन सक्नेछैनौं। हाम्रो आजको बाइबल पदले भन्छ, 'तिमीहरू ...प्राप्त गर्ने किसिमले दौड्।' हामी प्रार्थनामा शैतानसँग लडाइँ लडौं, ताकि हामी धेरैभन्दा धेरै मानिसहरूलाई भित्र ल्याउन सकौं।

कृपया खडा भएर यो भजनको कोरस गाउनुहोस्।

अगि बढ ख्रीष्टियन सिपाही हो, लडाइँमा बढेझैं
बोकेर क्रूस, येशूको अगिअगि

४. चौथो, यो बाइबल पद तपाईंहरूलाई पनि लागू हुन्छ, जो अझै पनि हराउनुभएको छ।

तपाईंहरू, जो अहिलेसम्म विश्वास गर्नुभएको छैन, तपाईंहरूलाई मैले केही कुरा भन्नै पर्छ। हाम्रो आजको बाइबल पदले भन्छ, 'तिमीहरू ...प्राप्त गर्ने किसिमले दौड्।' यसमा तपाईंहरूले व्यावहारिक रूपमा अप्नाउनु पर्ने केही कुरा छ।

आजको बाइबल पदले भन्छ, 'तिमीहरू ...प्राप्त गर्ने किसिमले दौड्।' मैले प्रचार गर्दा केवल बसिनरहनुहोस्। ख्रीष्टले भन्नुभयो, 'साँघुरो ढोकाबाट पस्ने प्रयत्न गर,'(लूका १३:२४), त्यो ढोका ख्रीष्ट आफै हुनुहुन्छ। के तपाईंले कोसिस गर्दै हुनुहुन्छ? के पक्कै गर्दै हुनुहुन्छ? 'पस्ने प्रयत्न गर' भनेको पनि '...प्राप्त गर्ने किसिमले दौड्' भनेको जस्तै हो। यदि तपाईं आफ्नो आत्माको विषयमा गम्भीर हुनुहुन्छ भने परमेश्वरले तपाईंलाई ख्रीष्टतिर खिँच्नुहुनेछ। तर यदि तपाईंले उद्धार पाउने कोसिस गर्नुभएन भने उद्धार पाउने आशा नगर्नुहोस्।

यदि तपाईंले ख्रीष्टमा प्रवेश गर्ने कोसिस गरिरहनुभएको छैन भने तपाईं कहिल्यै पनि बचाइनुहुनेछैन। अनि तपाईंले उद्धार 'प्राप्त' गर्नुहुनेछैन। त्यो तपाईंले पाउनुहुनेछैन। ख्रीष्टलाई ग्रहण गर्ने निम्तो दिइँदा यदि तपाईं आफ्नो पाप महसुस नगरी यन्त्रजस्तो मात्र बनेर अगाडि आउनुहुन्छ भने तपाईं परिवर्तन हुनुहुनेछैन। यदि तपाईं हरेक दिन भिडियो खेलमा घन्टौं बिताउनुहुन्छ भने तपाईं कहिल्यै पनि परिवर्तन हुनुहुन्न। यदि तपाईं आफ्नो कम्प्युटरमा छाडा कुराहरू हेरिरहनुहुन्छ भने तपाईं कहिल्यै पनि परिवर्तन हुनुहुन्न। परमेश्वरले तपाईंलाई देख्नुहुन्छ र तपाईं गम्भीर हुनुहुन्न भनी जान्नुहुन्छ। यदि तपाईं आफ्नै विषयमा दुःखी मात्र महसुस गर्नुहुन्छ भने तपाईं कहिल्यै पनि परिवर्तन हुन सक्नुहुन्न। यहूदा र कयिन पनि आफ्नै विषयमा दुःखी बनेका थिए। ती दुवै नरक गए। य़दि तपाईं आफ्नै समस्याहरू, भावनाहरू र चिन्ताहरूको बारेमा मात्र सोचिरहनुहुन्छ, अनि तपाईंका पापहरूको बारेमा सोच्नुहुन्न भने तपाईं परिवर्तन हुन सक्नुहुन्न। येशू मनको उपचार गर्ने डाक्टर हुनुहुन्न। उहाँ तपाईंका समस्याहरू, भावनाहरू र चिन्ताहरूको समाधान गर्न मर्नुभएको होइन। उहाँ तपाईंलाई आश्वासनका भावनाहरू दिन मर्नुभएको थिएन। उहाँ तपाईंको पापको मूल्य तिर्न मर्नुभयो, ताकि परमेश्वरले तपाईंलाई दण्ड नदिऊन्। त्यसैकारण 'ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो' (१ कोरिन्थी १५:३)। यदि तपाईं आफ्ना पापहरूका निम्ति साँच्चै दुःखी बन्नुहुन्न भने, त्यसको विषयमा केही कुरा भन्नुभए पनि, ख्रीष्टको मृत्युले तपाईंलाई बचाउनेछैन।

ख्रीष्ट क्रूसमा तपाईंको पापको मूल्य तिर्न मर्नुभयो। तपाईंका पापहरू पखाल्न उहाँले आफ्नो रगत बगाउनुभयो। तपाईंलाई जीवन दिन उहाँ मरेकोबाट फेरि जीवित हुनुभयो। यदि उहाँमाथि विश्वास गर्नुभयो भने उहाँले तपाईंका पापहरू क्षमा गर्नुहुनेछ। तपाईंको जीवनका निम्ति लडाइँ लड्नुहोस्। आफ्नो पापको बारेमा सोच्न आफैलाई बाध्य पार्नुहोस्। ख्रीष्टमा आउन र तपाईंका पापहरूबाट बच्न तपाईंको जीवनका निम्ति लडाइँ लड्नुहोस्। कृपया, खडा हुनहोस् अनि तपाईंको भजनको पुस्तकबाट भजन नम्बर चार गाउनुहोस्। 'मेरो दर्शन भर्नुहोस्,' भजनको पहिलो र अन्तिम खण्ड गाउनुहोस्। भजनको किताबमा यो चार नम्बरमा छ।

मेरो दर्शन भर्नुहोस्, उद्धारकर्ता, गर्छु प्रार्थना,
   आज म देखूँ येशूलाई मात्र,
घाटीहरूबाट भएर मलाई डोऱ्याउनुहोस्
   तपाईंको नओइलाउने महिमाले घेर्छ मलाई।
मेरो दर्शन भर्नुहोस्, उद्धारकर्ता दिव्य
   नचम्कूञ्जेल मेरो आत्मा तपाईंको महिमासित,
मेरो दर्शन भर्नुहोस्, सबले देखून्
   तपाईंको पवित्र रूप ममा झल्केको।


मेरो दर्शन भर्नुहोस्, पाप एउटै नहोस्
   भित्रको चमकको छायाँ दिनुहोस्,
म देखूँ तपाईं महिमित अनुहार मात्र
   तपाईंको असीमित अनुग्रहमा मेरो प्राण रमाउँदै।
मेरो दर्शन भर्नुहोस्, उद्धारकर्ता दिव्य
   नचम्कूञ्जेल मेरो आत्मा तपाईंको महिमासित,
मेरो दर्शन भर्नुहोस्, सबले देखून्
   तपाईंको पवित्र रूप ममा झल्केको।
('फिल अल माई भिजन' एभिस बर्जिसन क्रिस्टियनसेन, १८९५-१९८५, द्वारा रचित)।

यदि तपाईं येशू ख्रीष्टले तपाईंको पापका निम्ति क्रूसमा बगाउनुभएको रगतद्वारा उद्धार पाउने विषयमा मसँग वा जोन केगनसँग वा डा. केगनसँग कुराकानी गर्न चाहनुहुन्छ भने यहाँ अगाडि आउनुहोस्।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
   (अनवर्ड क्रिश्चियन सोल्जर्स, सबाइन बारिङ-गाउल्ड- १८३४-१९२४-द्वारा रचित; खण्ड र कोरस १, २ र ४)।


रूपरेखा

एउटा नरकको वर्ष- एउटा जागृतिको वर्ष

A YEAR OF HELL – A YEAR OF REVIVAL!

द्वारा डा. आर. एल. हिमर्स
by Dr. R. L. Hymers, Jr.

'आकाश फटाएर तपाईं तल आउनुभए र तपाईंको सामुन्ने पर्वतहरू कामेका भए त हुनेथियो' (यशैया ६४:१)।

'के तिमीहरूलाई थाहा छैन, दौड्मा दगुर्नेहरू सबै दगुर्छन्, तर इनामचाहिँ एउटैले मात्र पाउँछ? तिमीहरू इनाम प्राप्त गर्ने किसिमले दौड् ' (१ कोरिन्थी ९:२४)।

(१कोरिन्थी ९:२५,२६,२७)

१.  पहिलो, यो बाइबल पद यस हिउँद र बसन्त ऋतुको निम्ति लागू हुन्छ। उत्पत्ति ८:२२

२.  दोस्रो, यो बाइबल पद जागृतिका निम्ति लागू भयो। न्यायकर्ता १६:२०; यहोशू ७:३,४; भजन १२६:५

३.  तेस्रो, यो बाइबल पद आत्माहरू जित्नमा लागू गरियो। लूका १९:१०; १४:२३; मत्ती २८:१९; १ कोरिन्थी ९:२५

४.  चौथो, यो बाइबल पद तपाईंहरूलाई पनि लागू हुन्छ जो अझै पनि हराउनुभएको छ।
लूका १३:२४; १ कोरिन्थी १५:३