Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




येशूले क्रूसबाट बोल्नुभएका सात अन्तिम वचनहरू

THE SEVEN LAST WORDS
OF JESUS ON THE CROSS
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

२० मार्च, २०१६, आइतबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Evening, March 20, 2016

‘जब तिनीहरू खप्परे भन्ने ठाउँमा आए, तब त्यहाँ तिनीहरूले उहाँलाई क्रूसमा टाँगे, र ती अपराधीहरूमध्ये एउटालाई दाहिनेपट्टि र अर्कालाई देब्रेपट्टि क्रूसमा टाँगे।’ (लूका २३:३३)


येशूको शारीरिक दुःख अति नै तीव्र थियो। त्यो कोर्राको मारद्वारा सुरु भयो, जसले छाला उतारेको थियो र उहाँको पिठिँउमा गहिरो घाउ बनाएको थियो। त्यसरी कोर्राको मारले धेरै जना मानिसहरू मर्थे। त्यसपछि तिनीहरूले उहाँको शिरमा काँढाको मुकुट लगाइदिए। तीखा काँढाहरूले उहाँको छालाको कन्चटमा घोचे अनि उहाँको अनुहारमा रगतको खोला बग्यो। तिनीहरूले उहाँलाई अनुहारमा हाने र उहाँका दाह्री लुछे। तिनीहरूले उहाँलाई यरूशलेमको बाटोदेखि मृत्युदण्ड दिने ठाउँ कलभरीसम्म उहाँको क्रूस बोकेर हिँड्न लगाए। अन्त्यमा, उहाँको खुट्टा र नाडीहरूमा ठूलाठूला काँटीहरू ठोके। यसरी उहाँलाई क्रूसमा काँटी ठोकियो। बाइबलले भन्छः

‘उसको अनुहार (उसको रूप) चिन्नै नसकिने गरी र उसको चेहरा मानिसको भन्दा पनि कुरूप (मानिसको स्वरूपभन्दा बढी बिग्रिएको) बनाइएको थियो’ (यशैया ५२:१४)।

हामीलाई हलिउडका अभिनेताहरूले चलचित्रमा येशूको चित्रण गरेका देख्ने बानी परेको छ। यी गतिवान् चलचित्रहरूले क्रूसको मृत्युको भयानकता र क्रूरता पर्याप्त रूपमा प्रकट गर्न सक्दैन। हामी चलचित्रमा जे देख्छौं त्यो येशूले क्रूसमा वास्तविक रूपमा सहनुभएको कुराको तुलनामा केही पनि होइन। ‘प्यासन अफ द क्राइष्ट’ नबनुञ्जेल उहाँलाई के भएको थियो भन्ने हामीलाई थाहा थिएन। त्यो साँच्चै भयानक थियो।

उहाँको कपालको छाला चिथ्राचिथ्रा भएको थियो। उहाँको अनुहार र घाँटीबाट रगतको खोला बग्यो। उहाँका आँखाहरू सुन्निएर बन्द भएका थिए। उहाँको नाक भाँच्चिएको थियो, अनि उहाँको गालाको हाड पनि भाँच्चिएको थियो। उहाँको ओठबाट रगत बगिरहेको र त्यो काटिएको थियो। उहाँलाई चिन्न गाह्रै थियो।

यशैयाले दुःख भोग्ने दासको बारेमा पनि यही कुरा भनेका छन्, ‘उसको अनुहार चिन्नै नसकिने गरी र उसको चेहरा मानिसको भन्दा पनि कुरुप बनाइएको थियो’ (यशैया ५२:१४)। ती अगमवक्ताले गिल्ला र थुकाइको पनि भविष्यवाणी गरेका थिएः ‘मैले मेरो पीठ पिटनेहरूलाई, र दाह्री लुछनेहरूलाई मेरो गाला फर्काइदिएँ। ठट्टा र थुकाइबाट मैले मेरो मुख लुकाइनँ’ (यशैया ५०:६)।

+ + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + +

हाम्रा प्रवचनहरू अब तपाईंको मोबाएल फोनमा पनि उपलब्ध छन्।
यो वेबसाइट खोल्नुहोस्ः WWW.SERMONSFORTHEWORLD.COM
‘APP’ लेखिएको शब्दसहितको हरियो बटनमा क्लिक गर्नुहोस्।
त्यसपछिका निर्देशनअनुसार गर्दैजानुहोस्।

+ + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + + +

यसले हामीलाई क्रूसमा ल्याउँछ। त्यहाँ येशू क्रूसमा टाँगिनुभएको छ, उहाँको रगत बगिरहेको छ। उहाँ क्रूसमा टाँगिनुहुँदा उहाँले सातवटा छोटाछोटा वचनहरू भन्नुभयो। म चाहन्छु, येशूले क्रूसमा बोक्नुभएका सातवटा अन्तिम वचनहरूबारे हामी विचार गरौं।

१. पहिलो वचन- क्षमा

‘जब तिनीहरू खप्परे भन्ने ठाउँमा आए, तब त्यहाँ तिनीहरूले उहाँलाई क्रूसमा टाँगे, र ती अपराधीहरूमध्ये एउटालाई दाहिनेपट्टि र अर्कालाई देब्रेपट्टि क्रूसमा टाँगे। अनि येशूले भन्नुभयो, हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि यिनीहरूले के गर्दैछन् सो जान्दैनन्। (लूका २३:३३-३४)

येशू त्यही कारण क्रूसमा जानुभयो- हाम्रो पाप क्षमा गर्न। उहाँ मारिनुहुनेछ भन्ने कुरा उहाँ यरूशलेममा जानुभन्दा धेरै अघि नै उहाँले जान्नुहुन्थ्यो। नयाँ करारले भन्छ, तपाईंको पापका निम्ति उहाँले जानीजानी आफैलाई क्रूसमा टाँग्नका निम्ति दिनुभयो।

‘किनभने हामीलाई परमेश्वरकहाँ ल्याउन ख्रीष्ट पनि पापहरूका निम्ति सदाका लागि एकचोटि मर्नुभयो, धर्मी जन अधर्मीहरूका निम्ति...।’ (१ पत्रुस ३:१८)

‘पवित्र धर्मशास्त्रअनुसार ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो।’ (१ कोरिन्थी १५:३)

येशूले उहाँ क्रूसमा टाँगिनुभएको बेला यसरी प्रार्थना गर्नुभयो, ‘हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्।’ परमेश्वरले उहाँको प्रार्थनाको उत्तर दिनुभयो। येशूमा पूर्ण रूपले विश्वास गर्ने प्रत्येक मानिसले क्षमा पाउँछ। उहाँको क्रूसको मृत्युले तपाईंको पापको मूल्य चुकाउँछ। उहाँको रगतले तपाईंका पापहरू पखाल्दछ।

२. दोस्रो वचन- उद्धार

येशूको दुवैतिर दुइजना अपराधीहरू क्रूसमा टाँगिएका थिए।

‘क्रूसमा टाँगिएका अपराधीहरूमध्ये एक जना अपराधीले उहाँको अपमान गर्दै भन्यो, के तिमी ख्रीष्ट होइनौ? तिमी आफैलाई र हामीलाई बचाऊ।’ तर त्यसलाई हकारेर अर्कोले जवाफ दियो, ‘तँ पनि त्यही दण्डमा परेको छस्, तापनि परमेश्वरको डर मान्दैनस्? हाम्रो दण्ड त न्यायोचित छ, किनकि हामीले त आफ्नो कामको उचित फल भोगिरहेका छौं, तर यी मानिसले त केही अनुचित काम गरेका छैनन्।’ तब त्यसले भन्यो, ‘हे येशू, तपाईं आफ्नो राज्यमा आउनुहुँदा मलाई सम्झनुहोस्।’ उहाँले त्यसलाई भन्नुभयो, ‘साँच्चै म तिमीलाई भन्दछु, आजै तिमी मसित स्वर्गलोकमा हुनेछौ।’ (लूका २३:३९-४३)

त्यो दोस्रो अपराधीको हृदय परिवर्तनमा अति महत्त्वपूर्ण जानकारी छ। यसले देखाउँछ

१. उद्धार बप्तिस्मा वा मण्डलीको सदस्य हुँदा प्राप्त हुँदैन- त्यो अपराधीले यी दुवै कुरा गरेन।

२. असल भावनाहरूद्वारा- उदधार पाइँदैन- त्यस अपराधीमा नराम्रो अनुभव मात्र थियो- ऊ क्रूसमा टाँगिएको थियो साथै पापको दोषी ठहरिएको थियो।

३. उद्धार अगाडि गएर वा हात उठाएर पाइँदैन- उसका हातहरू क्रूसमा काँटी ठोकिएका थिए, खुट्टाहरूमा पनि।

४. उद्धार ‘येशूलाई आफ्नो हृदयमा आउनका निम्ति निम्त्याएर’ पाइँदैन। यदि कसैले त्यस अपराधीलाई त्यसो गर्न लगाएको भए उ छक्क पर्नेथियो।

५. ‘पापीहरूले गर्ने प्रार्थना’ गरेर पनि उद्धार पाइँदैन। त्यस अपराधीले त्यो प्रार्थना गरेन। उसले येशूसँग उसलाई सम्झने बिन्ती मात्र गऱ्यो।

६. जिउने ढंग परिवर्तन गरेर पनि उद्धार पाइँदैन। त्यस अपराधीसँग त्यसो गर्ने समय थिएन।


त्यस अपराधीले जसरी उद्धार पायो तपाईंले पनि त्यसरी नै पाउनु पर्छः

‘प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस्, र तपाईंले उद्धार पाउनुहुनेछ।’ (प्रेरित १६:३१)

सम्पूर्ण हृदयले येशूमा विश्वास गर्नुहोस्, र उहाँले आफ्नो रगत र धार्मिकताले तपाईंलाई बचाउनुहुनेछ, जसरी उहाँले क्रूसमा टाँगिएको त्यस अपराधीलाई पनि बचाउनुभएको थियो।

३. तेस्रो वचन- स्नेह

‘अनि येशूको क्रूसको नजिक उहाँकी आमा, उहाँकी आमाकी बहिनी, क्लोपासकी पत्नी मरियम र मरियम मग्दलिनी उभिरहेका थिए। जब येशूले आफ्नी आमालाई र उहाँले प्रेम गर्नुभएका चेला नजिकमा उभिरहेका देख्नुभयो, तब उहाँले आफ्नी आमालाई भन्नुभयो, ‘नारी, हेर्नुहोस्, तपाईंको छोरो!’ तब त्यस चेलालाई पनि उहाँले भन्नुभयो, ‘हेर, तिम्री आमा!’ त्यस बेलादेखि त्यस चेलाले उनलाई आफ्नै घरमा लगे।’ (यूहन्ना १९:२५-२७)

येशूले यूहन्नालाई उहाँकी आमाको देखरेख गर्न भन्नुभयो। तपाईंले उद्धार पाउनुभएपछि ख्रीष्टियन जीवनमा धेरै कुरा हुन्छन्। तपाईंको देखरेख हुनुपर्छ। ख्रीष्टले उहाँकी प्रिय आमालाई प्रेरित यूहन्नाको हातमा सुम्पनुभयो। उहाँले तपाईंलाई स्थानीय मण्डलीको देखरेखमा सुम्पनुहुन्छ। स्थानीय मण्डलीको वास्ता र स्नेहबिना कसैले पनि ख्रीष्टियन जीवन जिउन सक्दैन। आज हाम्रो समयमा प्रायः यही सत्य कुरालाई भुलिन्छ।

‘उद्धार पाउनेहरूलाई प्रभुले दिनदिनै तिनीहरू (यरूशलेमको मण्डली) को संख्यामा थपिदिनुहुन्थ्यो।’ (प्रेरित २:४७)

४. चौथो वचन- वेदना

‘अब मध्याह्नदेखि तीन बजेसम्म सारा देशमा अन्धकार भयो। तीन बजेतिर येशू यसो भनेर ठूलो सोरले कराउनुभयो, ‘इलोई, इलोई, लामा सबखथनी? अर्थात्, ‘हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको छ?’ ।’ (मत्ती २७:४५-४६)

येशूको यस्तो वेदनापूर्ण पुकारले त्रिएक परमेश्वरको वास्तविकता देखाउँदछ। पुत्र परमेश्वरले क्रूसमा तपाईंको पाप बोक्नुहुँदा पिता परमेश्वरले आफ्नो मुख फर्काउनुभयो। बाइबलले भन्छः

‘किनकि परमेश्वर एउटै हुनुहुन्छ, परमेश्वर र मानिसहरूको बीचमा मध्यस्थ पनि एउटै हुनुहुन्छ- मानिस येशू ख्रीष्ट!’ (१ तिमोथी २:५)

५. पाँचौं वचन- कष्ट

‘त्यसपछि येशूले सबै कुरा अब सिद्धिए भनी जानेर धर्मशास्त्र पूरो होस् भनी भन्नुभयो, ‘मलाई तिर्खा लाग्यो।’ त्यहाँ सिर्काले भरिएको एउटा भाँडो राखिएको थियो। यसकारण सिर्काले भरिएको स्पञ्ज एउटा हिसपको हाँगामा राखेर तिनीहरूले उहाँको मुखमा पुऱ्याइदिए। (यूहन्ना १९:२८-२९)

यी पदहरूले हाम्रो पापको दाम तिर्न येशूले क्रूसमा भोग्नुभएको ठूलो दुःखलाई देखाउँछः

‘तरत हाम्रा अपराधहरूका निम्ति छेडियो। हाम्रा अधर्मका निम्ति ऊ पेलियो’(यशैया ५३:५)

६. छैटौं वचन- क्षतिपूर्ति

‘जब येशूले सिर्का लिनुभयो, तब उहाँले भन्नुभयो,अब सिद्धियो, र उहाँले शिर निहुराएर आफ्नो आत्मा त्यागिदिनुभयो।’ (यूहन्ना १९:३०)

मैले अहिलेसम्म भनेका धेरैवटा कुरा एक क्याथोलिक पादरीले पनि भन्न सक्थ्यो। तर यो छैटौं वचनमा युगौंयुगदेखि प्रोटेस्टेन्ट सुधारवाद साथै ब्याप्टिस्टहरूको विश्वास झुण्डिएको छ। येशूले भन्नुभयो, ‘अब सिद्धियो।’

येशूले ‘अब सिद्धियो’ भनेर के ठिकै भन्नुभएको थियो? क्याथोलिक मण्डलीले भन्छ, ‘थिएन।’ उहाँ फेरि क्रूसमा टाँगिनुपर्छ, अनि हरेक मासमा उहाँले आफैलाई नयाँ गरी अर्पण गर्नु पर्छ। बाइबलले भन्छ, त्यो गलत हो।

‘त्यही इच्छाबाट येशू ख्रीष्टका शरीरको बलिद्वारा सदाका निम्ति हामी पवित्र बनाइएका छौं।’ (हिब्रू १०:१०)

‘किनकि एउटै बलिद्वारा जो पवित्र तुल्याइँदैछन्, तिनीहरूलाई उहाँले सदाका निम्ति सिद्ध बनाउनुभएको छ।’ (हिब्रू १०:१४)

‘हरेक पूजाहारी एकै किसिमको बलि बारम्बार चढाउँदै प्रतिदिन सेवामा खडा रहन्छ, जुन बलिले कहिल्यै पाप हरण गर्न सक्दैन। तर ख्रीष्टले त पापहरूका निम्ति सदाका लागि एउटै बलिदान चढाउनुभयो, अनि उहाँ परमेश्वरको दाहिने बाहुलीतर्फ विराजमान हुनुभयो।’ (हिब्रू १०:११-१२)

येशूले क्रूसमा एकै पल्टमा सदाका लागि हाम्रा पापका निम्ति पूर्ण क्षतिपूर्ति तिर्नुभयो।

येशूले सब तिर्नुभयो,
   छु म उहाँको ऋणी
पापले छोडेको सिन्दूरे दाग
   उहाँले हिउँझैं सेतो पार्नुभयो।
(‘जिजस पेड इट अल,’ एल्भिना एम. हलद्वारा रचित, १८२0-१८८९)

७. सातौं वचन- परमेश्वरप्रति समर्पण

‘उच्च सोरमा कराएर येशूले भन्नुभयो, हे पिता, म मेरो आत्मा तपाईंको हातमा सुम्पन्छु।’ यति भनेर उहाँले आफ्नो प्राण त्यागिदिनुभयो।’ (लूका २३:४६)

येशूले आफू मर्नुभन्दा अघि उहाँको अन्तिम भनाइमा पिता परमेश्वरप्रति पूर्ण समर्पण भएको देखाउनुभयो। महान् स्पर्जनले भनेका छन्, यसले पहिलोचोटि उल्लेख भएको येशूको वचनलाई झल्काउँछ, ‘के म आफ्ना पिताको घरमा हुनुपर्छ भन्ने तपाईंहरूलाई थाहा थिएन?’ (लूका २:४९)। येशूले सुरुदेखि अन्त्यसम्म परमेश्वरको इच्छा पूरा गर्नुभयो।

उहाँलाई क्रूसमा टाँग्ने एक जना क्रूर कप्तान यी सातवटा वचन सुन्दै उभिएका थिए। ती कप्तानले धेरै मानिसलाई क्रूसमा टाँगेर मारिएको देखेका थिए, तर येशू जसरी मर्नुभयो त्यसरी कोही मरेको देखेका थिएन, जो उहाँको जीवनको रगत बगाएर अचम्मको सन्देश प्रचार गर्दै मर्नुभएको थियो।

‘यो सब घटना देखेर कप्तानले यसो भन्दै परमेश्वरको महिमा गरे, ‘निश्चय नै यिनी धार्मिक मानिस थिए।’ (लूका २३:४७)

ती कप्तानले येशूको बारेमा केहीबेर सोचे अनि भने, ‘साँच्चै नै यी मानिस परमेश्वरका पुत्र रहेछन्।’ (मर्कूस १५:३९)

उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ। उहाँ मरेकोबाट जीवित भई उठ्नुभएको छ- शारीरिक रूपमा जीवित हुनुभएको छ। उहाँ स्वर्गमा चढिजानुभएको छ। उहाँ परमेश्वरको दाहिने हातपट्टि बस्नुभएको छ। ‘प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस्, र तपाईंले उद्धार पाउनुहुनेछ।’ (प्रेरित १६:३१)

कोही यस्ता मानिसहरू पनि छन्, जो परमेश्वरमा विश्वास गरेर मात्र पुग्दैन भन्छन्। तर तिनीहरू गलत छन्। कसैले पनि परमेश्वरमा मात्र विश्वास गरेर उद्धार पाउँदैन। येशू आफैले भन्नुभयो, ‘मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन’ (यूहन्ना १४:६)। डा. ए. जे. टोजर भन्छन्, ‘ख्रीष्ट परमेश्वरकहाँ पुग्ने बाटाहरूमध्ये एक हुनुहुन्न, न त उहाँ धेरैवटा बाटाहरूमध्ये सर्वोत्तम नै हुनुहुन्छ, उहाँ एक मात्र बाटो हुनुहुन्छ’(द इनक्रिडिबल क्रिश्चियन, पृष्ठ १३५)। यदि तपाईं येशूमा विश्वास गर्नुहुन्न भने तपाईं हराउनुहुन्छ। तपाईं जति नै ‘असल’ हुनुभए पनि, तपाईं बारम्बार मण्डलीमा जाने गर्नुभएको भए पनि, वा बाइबल पढनु भए पनि यदि येशूमा विश्वास गर्नुहुन्न भने तपाईं हराउनुभएको छ। ‘मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन।’ येशू मात्र हुनुहुन्छ जसले उहाँको रगतद्वारा तपाईंको पाप पखाल्नुहुन्छ। आमिन।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि पवित्रशास्त्रबाट पठन गरियो– मर्कूस १५:२४-३४
प्रवचन अघि एकल गीत प्रस्तुत गरियो।
('ब्लेसेड रिडिमर,' एभिस बर्जिसन क्रिश्चियनसेनद्वारा रचित, १८९५-१९८५)


रूपरेखा

येशूले क्रूसबाट बोल्नुभएका सात अन्तिम वचनहरू

THE SEVEN LAST WORDS
OF JESUS ON THE CROSS

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

‘जब तिनीहरू खप्परे भन्ने ठाउँमा आए, तब त्यहाँ तिनीहरूले उहाँलाई क्रूसमा टाँगे, र ती अपराधीहरूमध्ये एउटालाई दाहिनेपट्टि र अर्कालाई देब्रेपट्टि क्रूसमा टाँगे।’ (लूका २३:३३)

(यशैया ५२:१४; ५०:६)

१. पहिलो वचन- क्षमा, लूका २३:३३-३४; १ पत्रुस ३:१८; १ कोरिन्थी १५:३

२. दोस्रो वचन- उद्धार, लूका २३:३९-४३; प्रेरित १६:३१

३. तेस्रो वचन- स्नेह, यूहन्ना १९:२५-२७; प्रेरित २:४७

४. चौथो वचन- वेदना, मत्ती २७:४५-४६; १ तिमोथी २:५

५. पाँचौं वचन- कष्ट, यूहन्ना १९:२८-२९; यशैया ५३:५

६. छैटौं वचन- क्षतिपूर्ति, यूहन्ना १९:३०; हिब्रू १०:१०; हिब्रू १०:१४,११-१२

७. सातौं वचन- परमेश्वरप्रति समर्पण, लूका २:४९; २३:४७; मर्कूस १५:३९;
प्रेरित १६:३१; यूहन्ना १४:६