Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




विश्वव्यापी पाप, विशेष पाप र पापको उपचार

(यशैया ५३ अध्याय- प्रवचन संख्याः ७)
UNIVERSAL SIN, PARTICULAR SIN,
AND THE CURE FOR SIN
(SERMON #7 ON ISAIAH 53)
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स
by Dr. R. L. Hymers, Jr.

२४ मार्च, २०१३, आइतबार बिहान लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Morning, March 24, 2013

‘हामी सबै भेडाझैं बरालिएका छौं। हामी हरेक आफ्नै बाटोतिर लागेका छौं, र परमप्रभुले उसमाथि हामी सबैको अधर्म हालिदिनुभएको छ’ (यशैया ५३:६)।


डा. रिचर्ड ल्यान्ड साउदर्न ब्याप्टिस्ट कन्भेन्सन्स एथिक्स एन्ड रिलिजीयस् लिबर्टी कमिसनका अध्यक्ष हुन्। डा. ल्यान्ड यो जान्दछन्, कि हामी एउटा यस्तो संस्कृतिमा जिइरहेका छौं जुन ख्रीष्टियमतका मूल सत्यताहरूबारे अचम्मलाग्दो प्रकारले अन्जान छ। उनले भनेका छन्,

मैले टाइम पत्रिकामा...अमेरिकामा भएको धर्मको कमीको बारेमा एउटा लेख पढें। एक दम्पत्ति सेवामा बसेपछि पास्टरकहाँ आउँछ, तिनीहरूले भने,‘हाम्रो जवान छोरो त्यो योगको चिन्हमा झुन्डिरहेको व्यक्तिको बारेमा जान्न चाहन्छ।’ तिनीहरूलाई त्यो व्यक्ति प्रभु येशू र त्यो चिन्ह क्रूस हो भन्ने थाहा थिएन(‘द म्यान् अन द प्लास साइन,’ वर्ल्ड पत्रिका, १ अगस्त,२००९, पृष्ठ २४)।

धेरै जना मानिसमा येशू को हुनुहुन्छ र उहाँले के गर्नुभएको छ भन्ने कुराको ज्ञान नहुनु एउटा भयानक कुरा हो। यसको निम्ति प्रायः दोष हाम्रै चर्चहरूलाई जान्छ, जसले ख्रीष्टको बारेमा थोरै मात्र प्रचार गर्छन्। तर हाम्रो चर्चमा तपाईं कुनै पनि आइतबार ख्रीष्ट पापीहरूको सट्टामा क्रूसमा मर्नुभयो भन्नै कुरा नसुनि जानुहुन्न। येशू क्रूसमा मर्नुहुँदा उहाँले हाम्रा पापहरू बोक्नुभयो र ती पापका निम्ति प्रायश्चित गर्नुभयो। हामीलाई सबै पापबाट शुद्ध पार्न उहाँले क्रूसमा रगत बगाउनुभयो। स्पर्जनले भनेका छन्, ‘केही यस्ता प्रचारकहरू छन्, जसले येशू ख्रीष्टको रगतको विषयमा प्रचार गर्दैनन्, अनि तिनीहरूको बारेमा म तपाईंहरूलाई एउटा कुरा भन्छु-तिनीहरूका प्रचार सुन्न नजानुहोस्! तिनीहरूका वचन नसुन्नुहोस्। जुन सेवकाइमा त्यो रगत हुँदैन त्यो जीवनहीन हुन्छ, अनि मरेको सेवकाइले कसैको पनि फाइदा गर्दैन’(सी.एच. स्पर्जन,‘फ्रिडम थ्रू क्राइष्ट ब्लड,’ २ अगस्त,१८७४)। यशैया त्रिपन्न अध्यायमा ख्रीष्टले हाम्रा पापहरू बोक्नुभयो भन्ने कुरा घरीघरी पाइन्छ।

‘निश्चय नै उसले हाम्रा निर्बलताहरू बोक्यो, र हाम्रा दुःख भोग्यो’ (यशैया ५३:४)।

‘तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेडियो। हाम्रा अधर्मका निम्ति ऊ पेलियो’ (यशैया ५३:५)।

‘हामीमा शान्ति ल्याउने दण्ड समाथि पऱ्यो’ (यशैया ५३:५)।

‘उसको कोर्राको चोटले हामी निको भयौं’ (यशैया ५३:५)।

‘परमप्रभुले उसमाथि हामी सबैको अधर्म हालिदिनुभएको छ’ (यशैया ५३:६)।

‘मेरो प्रजाका अपराधका निम्ति उसमाथि कुटि पऱ्यो’ (यशैया ५३:८)।

‘परमप्रभुले उसको प्राणलाई दोषबलिझैं बनाउनुभयो’ (यशैया ५३:१०)।

‘उसले तिनीहरूका अधर्म बोक्नेछ’ (यशैया ५३:११)।

‘उसले धेरैको पाप बोक्यो’ (यशैया ५३:१२)।

यशैया ५३ अध्यायमा ख्रीष्टले हाम्रा दोष बोक्नुहुनेछ, हाम्रा पापका पूर्ण मूल्य चुकाउनका निम्ति हाम्रो स्थानमा दुःख भोग्नुहुनेछ भनी घरीघरी भनिएको छ।

तर यहाँ हाम्रो सन्दर्भमा एउटा नयाँ विचार दिइएको छ। यहाँ हामीलाई ख्रीष्ट आफै निर्दोष हुनु भएर पनि उहाँले किन दुःख भोग्नु पऱ्यो, किन मानिसको दोष बोक्न पऱ्यो भन्ने कारण बताइएको छ।

‘हामी सबै भेडाझैं बरालिएका छौं। हामी हरेक आफ्नै बाटोतिर लागेका छौं, र परमप्रभुले उसमाथि हामी सबैको अधर्म हालिदिनुभएको छ’ (यशैया ५३:६)।

यो पद स्वाभाविक रूपले तीन बुँदामा बाँडिएको छ।

१. पहिलो, सारा मानव जातिको पाप सामान्य रूपमा स्वीकार गरिएको छ

अगमवक्ताले भने,

‘हामी सबै भेडाझैं बरालिएका छौं’(यशैया ५३:६)।

यहाँ हामी सारा संसारका मानिसहरू पापी छन् भन्ने सम्बन्धमा स्पष्ट भनाइ पाउँछौं। ‘हामी सबै भेडाझैं बरालिएका छौं।’ प्रेरित पावलले निम्न कुरा भनेर यसलाई अझ स्पष्ट पारेका छन्,

‘यहूदी र अन्यजातिहरू दुवै पापको वशमा छन् भनी मैले दोष लगाइसकेको छु। जसो लेखिएको छ ‘धर्मी कोही छैन, एक जना पनि छैन, बुझ्ने कोही छैन, परमेश्वरलाई खोज्ने कोही छैन’(रोमी ३:९-११)।

‘हामी सबै भेडाझैं बरालिएका छौं,’ हामी प्रत्येक!

भेडाझैं हामीले हामीले परमेश्वरको व्यवस्थाको पर्खाल भत्काएका छौं, हामी सबै बरालिएका छौं, हामी सबै परमेश्वरबाट तर्केर गएका छौं। प्रेरित पावलले भने,

‘तिमीहरू भेडाझैं बरालिएका थियौं’(१ पत्रुस २:९-२५)।

पत्रुसले प्रयोग गरेका ग्रीक शब्दको अर्थ सुरक्षा र सत्यताबाट भड्केर जानु, धोखामा पर्नु हो (स्ट्रङ)। यो पवित्र बाइबलमा सारा मानव जातिको बारेमा गरिएको वर्णन हो।

‘हामी सबै भेडाझैं बरालिएका छौं’(यशैया ५३:६)।

मानिसलाई पशुसँग तुलना गरिएको छ, किनकि पापले उसलाई खसाल्छ- अनि उ एक पशुजस्तो बन्छ। तर हामीलाई बुद्धिमानी पशुसँग तुलना गरिएको छैन। होइन, मानिसलाई साधारण समझ भएको पशुसँग तुलना गरेको छ।

तपाईंहरू यो शहरमा बस्नुहुन्छ, त्यसैले भेडाहरूको मूर्खताबारे तपाईंलाई थाहा नहुन सक्छ। तर बाइबलको समयमा मानिसहरू भेडा कतिसम्म मूर्ख हुन्छन् भनी जान्दथे। तिनीहरूलाई गोठालोले राम्ररी देखरेख गर्नुपर्छ नत्र तिनीहरू भड्केर अर्कैतिर लाग्छन्।

भेडाहरू एउटा कुरा गर्न मात्र राम्रा हुन्छन्- बाटो बिराउन। यदि पर्खालमा एउटै मात्र प्वाल छ भने भेडाले त्यो भेट्टाउँछ र त्यहाँबाट निस्केर अर्कैतिर लाग्छन्। तापनि भेडा एकचोटि त्यसको गोठबाट निस्केपछि त्यसले त्यहाँ फर्केर आउने कोसिस गर्दैन। भेडाहरू सुरक्षाको स्थानबाट बरालिएर टाढा-टाढा पुग्छन्। मानिस पनि त्यस्तै हुन्छ। उ दुष्ट काम गर्न ज्ञानी हुन्छ,तर असल काम गर्न मूर्ख हुन्छ। ग्रीक दन्त्ये कथाको अर्गसको जस्तो मानिससँग पाप गर्ने सयौं आँखा हुन्छन्, तर परमेश्वरलाई खोज्ने कुरामा उ बारतिमैजस्तो अन्धो हुन्छ। प्रेरित पावलले यसो भन्दै विश्वव्यापी पापको बारेमा चर्चा गरेका छन्,

‘याद राख, तिनीहरू त्यस बेला ख्रीष्टबाट अलग, इस्राएलका नागरिक हकबाट बाहिर थियौ, र प्रतिज्ञाका करारहरूबाट बिराना, आशा नभएका र यस संसारमा परमेश्वररहित थियौं’ (एफिसी २:१२)।

‘तिनीहरूका हृदयको कठोरताले ल्याएको तिनीहरूका अज्ञानताको कारणले तिनीहरू परमेश्वरको जीवनदेखि बिराना भएका छन्, र तिनीहरूको समझ अन्धकारले भरिएको छ’ (एफिसी ४:१८)।

यी बाइबल पदहरूले हामीलाई मानव जाति परमेश्वरबाट तर्केर गएको छ भन्ने देखाउँछ।

‘हामी सबै भेडाझैं बरालिएका छौं’(यशैया ५३:६)।

यसैले यहाँ हाम्रो बाइबल पदमा सारा मानव जातिको पाप सामान्य रूपमा स्वीकार गरिएको छ। यसले मानव जाति सयौं झूटो धर्म र र झूटा सिद्धान्तहरूको पछि लागेर, मूर्तिहरू र झूटा देवताहरू, झूटा ख्रीष्टहरूको पछि लागेर परमेश्वरदेखि तर्केर गएको छ भन्ने देखाउँछ, ‘तिनीहरूका हृदयको कठोरताले ल्याएको तिनीहरूका अज्ञानताको कारणले तिनीहरू परमेश्वरको जीवनदेखि बिराना भएका छन्’(एफिसी ४:१८)।

२. दोस्रो, प्रत्येक व्यक्तिले विशेष पाप व्यक्तिगत रूपले स्वीकार गर्नु

त्यस पदले अझै भन्छ,

‘हामी सबै भेडाझैं बरालिएका छौं। हामी हरेक आफ्नै बाटोतिर लागेका छौं,’ (यशैया ५३:६)।

मानव जातिको सामान्य पापलाई प्रत्येक व्यक्तिको विशेष पापको व्यक्तिगत स्वीकारले टेवा दिएको छ। हामी हरेक आफ्नै बाटोतिर लागेका छौं।’ कुनै पनि व्यक्ति आफ्नै इच्छाले परमेश्वरको मार्गतिर फर्केको छैन। हरेक अवस्थामा प्रत्येक व्यक्तिले ‘उसको आफ्नै बाटो’ चुनेको छ। पापको केन्द्र यही कुरामा छ- परमेश्वरको इच्छाको विरुद्ध हाम्रो आफ्नै बाटो चुन्नु। हामी आफ्नो जीवन आफै नियन्त्रण गर्न खोज्यौं। हामी आफ्नै योजनामा लाग्न चाह्यौं। हामीले आफैलाई परमेश्वरको अधीनमा दिन चाहेनौं। हामीले ख्रीष्टमा भरोसा राखेनौं र उहाँलाई प्रभु मानेर उहाँको अधीनमा रहेनौं।

यो पदले प्रत्येक व्यक्तिको आफ्नो विशेष पाप,‘उसको आफ्नै बाटो’ हुन्छ भन्ने देखाउँछ। प्रत्येक पुरुष र स्त्रीको एउटा मुख्य पाप हुन्छ, जुन अरूहरूको भन्दा भिन्नै हुन्छ। एउटै आमा-बुबाद्वारा हुर्काइएका दुइ सन्तानले आदतस्वरूप गर्ने भिन्नाभिन्नै पापहरू हुन्छन्। एक जनाले आदतस्वरूप आफ्नै प्रकारले पाप गर्छ, अर्कोले अर्कै प्रकारले गर्छ। ‘हामी हरेक आफ्नै बाटोतिर लागेका छौं।’ एउटा दाहिनेतिर लाग्छ, अर्को अर्कैतिर लाग्छ। दुवैले परमेश्वरको मार्गलाई इन्कार गर्छन्।

ख्रीष्टको समयमा कर(महसुल) उठाउन मानिसहरू थिए,जुनहरू परमेश्वरको व्यवस्थाको पूर्ण विरोध गर्ने जीवन जिउँथे। त्यस्ता पापीहरू थिए, जसले परमेश्वरलाई आफ्नो जीवनबाट बाहिर राख्थे अनि शरीरका पापहरू गर्दथे। त्यस समय फरिसीहरू थिए, जो अहङ्कारी र स्व-धर्मी थिए; अनि आफैलाई अरूहरूभन्दा असल ठान्थे। त्यहाँ सदुकीहरू पनि थिए, जुनहरूले स्वर्गदूतहरू वा भूतात्माहरू हुन्छन् भनी विश्वास गर्दैनथे। तिनीहरूले आफ्ना शरीरद्वारा पाप गर्दैनथे। तिनीहरू महसुल उठाउनेहरू जस्तो पापमय, वा फरिसीहरू जस्तो अन्धविश्वासी जीवन जिउँदैनथे, तर तिनीहरू पनि परमेश्वरका सत्यताहरूप्रति आफ्नै प्रकारले विरोधी थिए। तिनीहरू प्रत्येकका निम्ति यस्तै भन्न सकिन्छ,

हामी हरेक आफ्नै बाटोतिर लागेका छौं,’ (यशैया ५३:६)।

तपाईंहरूमध्ये कोही-कोही ख्रीष्टियन परिवारमा हुर्कनुभएको हुन सक्छ, तापनि तपाईंले सुसमाचारको ज्योतिलाई इन्कार गर्दै पाप गर्नुभएको हुन सक्छ। त्यो तपाईंको ‘आफ्नै बाटो’ हो। अरूहरूले कुनै विशेष पापको बारेमा सोचिरहनुभएको हुन सक्छ। जब तपाईं त्यो सम्झनुहुन्छ, तपाईंलाई ठूलो अशान्ति हुन्छ। अझै तपाईंहरूमध्ये कोही-कोही ख्रीष्टमा विश्वास गरेर क्षमा र शान्ति पाउनुको साटो निरन्तर दोषको भावना बोकेर जिउनुहुन्छ। कति जनाले ख्रीष्टमा विश्वास गर्न बारम्बार इन्कार नै गरिरहन्छन्। ‘हामी हरेक आफ्नै बाटोतिर लागेका छौ।

अर्को व्यक्तिले भन्ला,‘मैले मेरो हृदय कठोर बनाएको छु। मैले पहिले आफ्नो दोष र मलाई ख्रीष्टको खाँचो छ भन्ने महसुस गर्थें, तर अहिले त्यस्तो महसुस गर्दिनँ। अहिले मलाई प्रभुले उहाँको क्रोधमा मलाई उहाँको विश्राममा प्रवेश गर्न नदिने शपथ खानु भएको छ भन्ने डर लाग्छ। परमेश्वरले मलाई छोडिदिनुभएको छ भन्ने डर लाग्छ।’ तर म चाहन्छु, तपाईंले हाम्रो आजको बाइबल पदको बाँकी भाग ध्यान लगाएर सुन्नुहोस्, किनकि त्यहाँ तेस्रो बुँदा छ, जसले तपाईंको निम्ति अझै पनि आशा छ भन्न देखाउँछ।

३. तेस्रो, उहाँका मानिसहरूका निम्ति ख्रीष्टको सट्टाको, वा प्रतिनिधित्वरूपी मृत्यु

कृपया, सबै जना खडा भएर यो सम्पूर्ण पद पढ्नुहोस्, यसको अन्तिम वाक्यांश ‘परमप्रभुले उसमाथि हामी सबैको अधर्म हालिदिनुभएको छ’ मा विशेष ध्यान दिनुहोस्।

‘हामी सबै भेडाझैं बरालिएका छौं। हामी हरेक आफ्नै बाटोतिर लागेका छौं, र परमप्रभुले उसमाथि हामी सबैको अधर्म हालिदिनुभएको छ’ (यशैया ५३:६)।

तपाईंहरू बस्न सक्नुहुन्छ। डा. एडवर्ड जे, यङ्गले भनेका छन्,

यो पदको पहिलो आधा भागले त्यस दासले दुःख भोग्नुपर्ने कारण बताउँछ, अनि दोस्रो भागले परमप्रभु आफैले त्यस दासलाई हामी सबैका अधर्म बोकाएर उसलाई दुःखमा पर्न दिनुभयो भनी जोड् दिँदछ। यसमा भएको क्रिया शब्द(हाल्नु)को अर्थ हिर्काउनु वा जोड्सँग प्रहार गर्नु हो। जुन अधर्मको हामी दोषी छौं त्यो हामीलाई प्रहार गर्न फर्केर आउँदैन भनी हामी आशा गर्न सक्छौं, तर त्यसले हाम्रो सट्टामा(ख्रीष्ट)लाई प्रहार गर्दछ। परमप्रभु(परमेश्वर)ले नै हाम्रो दोषले उहाँलाई प्रहार गर्न दिनुभयो। जुन दोष हाम्रो थियो परमप्रभुले त्यसैले उहाँलाई प्रहार गर्न दिनुभयो(अर्थात्) उहाँ हाम्रो त्यस पापको दण्ड भोग्ने हाम्रो प्रतिनिधि हुनुहुन्छ, गोठालोले भेडाहरूका निम्ति आफ्नो जीवन दिनुभएको छ(एडवर्ड जे. यङ्ग, पीएचडी, द बुक अफ आइजैया, एर्डसमन्स,१९७२, भाग ३, पृष्ठ ३४९-३५०)।

‘हामी सबै भेडाझैं बरालिएका छौं। हामी हरेक आफ्नै बाटोतिर लागेका छौं, र परमप्रभुले उसमाथि हामी सबैको अधर्म हालिदिनुभएको छ’ (यशैया ५३:६)।

‘व्यक्तिगत पाप येशूलाई बोकाइयो’ नामक शीर्षकको प्रवचनमा स्पर्जनले भनेका छन्,

यहाँ लोतका पापहरू छन्, सरमलाग्दा पापहरू। म ती भन्न सक्दिनँ, ती पापहरू दाऊदले गरेका पापहरू भन्दा धेरै भिन्न थिए। दाऊदका पापहरू कालो, सिन्दूरे रङ्गका थिए, तर दाऊदका पापहरू मनश्शेका पापहरू जस्ता थिएनन्, मनश्शेका पापहरू पत्रुसका पापहरू जस्ता थिएनन्- पत्रुसले भिन्नै तरिकाले पाप गरे, अनि त्यस पापी स्त्रीलाई तपाईं पत्रुससँग तुलना गर्न सक्नुहुन्न, न ता उसको चरित्र हेरेर तपाईँ उसलाई लिडियासँग नै तुलना गर्न सक्नुहुन्छ, न ता तपाईं लिडियाको बारेमा सोचेर फिलिप्पीका झ्यालखानका हाकिमलाई देख्न सक्नुहुन्छ(भिन्नता बुझेर)। तिनीहरू सबै एक समान छन्, तिनीहरू सबै बरालिएका छन्, तर तिनीहरू सबै भिन्नाभिन्नै छन्, तिनीहरू हरेक आफ्नै बाटोमा लागेका छन्, तर परमप्रभुले(सबैका अधर्म उहाँमाथि हालिदिनुभएको छ)। जब तपाईं महान् सुसमाचारको औषधी, अर्थात् येशू ख्रीष्टको बहुमूल्य रगतमा आउनुहुन्छ, तब प्राचीनका डाक्टरले भन्ने गरेका केथोलिकन तपाईंको त्यहाँ पाउनुहुन्छ, सारा संसारमा चल्ने एउटा यस्तो औषधी, जसले हरेक रोग निको पार्छ, त्यसले पापका सबै दोषहरू हटाउँछ, मानौं त्यो पापकै निम्ति, अनि पाप कै निम्ति मात्र बनेको हो।(सी.एच. स्पर्जन, ‘इन्डिभिजुअल सिन लेड अन जिजस,’द मेट्रोपोलिटन टेबरनेकल पुल्पिट, पिलग्रिम पब्लिकेसन्स्, १९७७, पुनर्प्रकाशित, भाग सोह्र, पृष्ठ २१३-२१४)।

ख्रीष्टमा भरोसा गर्नुहोस्। ख्रीष्टको अधीनमा बस्नुहोस्। उहाँमाथि भरोसा राख्नुहोस् र तपाईं कहिल्यै सरममा पर्नुहुनेछैन, किनकि परमप्रभुले उहाँमाथि हामी सबैको अधर्म हालिदिनुभएको छ।’

दोषी, खराब र असहाय हामी
परमेश्वरको निर्दोष पाठो उहाँ हुनुहुन्थ्यो
‘पूर्ण प्रायश्चित’ के यो हुन सक्छॽ
हल्लेलूयाह, कति उदेकका उद्धारकर्ता!
   ('हल्लेलूयाह, वाट् ए वन्डरफूल सेभियर!' फिलिप पी. ब्लिसद्वारा रचित-१८३८-१८७६)।

के तपाईं येशूमा भरोसा गर्नुहुनेछॽ के तपाईं उहाँको अधीनमा बस्नुहुनेछ, उहाँमा समर्पित हुनुहुनेछ र उहाँमाथि भरोसा राख्नुहुनेछॽ के तपाईं उहाँको रगतद्वारा तपाईंको पापबाट शुद्ध हुनुहुनेछ र क्रूसमा भएको उहाँको सट्टाको मृत्युद्वारा दण्डबाट बच्नुहुनेछॽ पिता परमेश्वरले तपाईंलाई ख्रीष्टमा मात्र भर पर्ने, उहाँमा समर्पित हुन र उद्धार पाउने विश्वास देऊन्।

हामी सबै जना एक साथ खडा होऔं। यदि तपाईंहरू येशूमा भरोसा राख्ने विषयमा हामीसँग कुराकानी गर्न चाहनुहुन्छ भने तपाईंहरू बसेका स्थानबाट उठेर पछिल्तिरको कोठामा जानुहोस्। डा. केगनले तपाईंहरूलाई एकान्त कोठामा लैजानुहुनेछ, जहाँ हामी तपाईंहरूसँग ख्रीष्टमा समर्पित हुने र उहाँको पवित्र रगतद्वारा तपाईंका पापहरूबाट शुद्ध हुन विषयमा कुराकानी गर्न सक्नेछौं। श्रीमान् ली, कृपया अगाडि आएर विश्वास गरेका व्यक्तिहरूका निम्ति प्रार्थना गरिदिनुहोस्। आमेन।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि डा. क्रिगटन एल. चानद्वारा पवित्रशास्त्र पठन गरियो– यशैया ५२:१ ५३:६
प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
         (‘यस आइ नो’- श्रीमती एन्ना डब्ल्यु वाटरम्यान- १९२०- द्वारारचित)


रूपरेखा

विश्वव्यापी पाप, विशेष पाप र पापको उपचार

(यशैया ५३ अध्याय- प्रवचन संख्याः ७)
UNIVERSAL SIN, PARTICULAR SIN,
AND THE CURE FOR SIN
(SERMON #7 ON ISAIAH 53)

द्वारा डा. आर. एल. हिमर्स
by Dr. R. L. Hymers, Jr.

‘हामी सबै भेडाझैं बरालिएका छौं। हामी हरेक आफ्नै बाटोतिर लागेका छौं, र परमप्रभुले उसमाथि हामी सबैको अधर्म हालिदिनुभएको छ’ (यशैया ५३:६)।

(यशैया ५३:४,५,६,८,१०,११,१२)

१.  पहिलो, सारा मानव जातिको पाप सामान्य रूपमा स्वीकार गरिएको छ
यशैया ५३:६क; रोमी ३९-११; १ पत्रुस २:२५; एफिसी २:१२; ४:१८

२.  दोस्रो, प्रत्येक व्यक्तिले विशेष पाप व्यक्तिगत रूपले स्वीकार गर्नु
(यशैया ५३:६ख)

३.  तेस्रो, उहाँका मानिसहरूका निम्ति ख्रीष्टको सट्टाको, वा प्रतिनिधित्वरूपी मृत्यु
(यशैया ५३:६ग)