Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




इन्कार गरिएको समाचार

(यशैया ५३ अध्याय- प्रवचन संख्याः २)
THE REJECTED REPORT
(SERMON NUMBER 2 ON ISAIAH 53)
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

आइतबार बिहान, ३ मार्च, २०१३ मा लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Morning, March 3, 2013

"हाम्रो समाचार कसले विश्वास गरेको छ? र परमप्रभुको बाहुबल कसलाई प्रकट गरियो?"(यशैया ५३:१)


यशैयाले ख्रीष्टको सुसमाचारको कुरा गरेका हुन्। विगत हप्ता मैले यशैया ५२ अध्यायको अन्तिम तीन पदबाट प्रचार गरेँ, जहाँ यस अगमवक्ताले ख्रीष्टले भोग्नुहुने दुःखको भविष्यवाणी गरेका छन्, जसको चेहरा मानिसको भन्दा पनि कुरूप बनाइएको थियो(५२:१४)। यो प्रभु येशूको एउटा तस्वीर हो, जो हाम्रा पापका निम्ति पिटिनु र क्रूसमा टाँगिनुभयो, अनि मरेकोबाट फेरि जीवित हुनुभयो,"उचालिनुभयो, अल्गाइनुभयो, र अति उच्च पारिनुभयो"(यशैया ५२:१२)। तर अहिले हाम्रो पाठमा यस अगमवक्ताले ख्रीष्टको समाचारमा थोरैले मात्र विश्वास गर्छन् भनी विलाप गर्छन्।

डा. एडवर्ड जे. यङ्ग पुरानो करार पुस्तकका विद्वान, अनि मेरो पहिलेका पास्टर डा. तिमोथी लिनका सहपाठी थिए। आज हामीले लिएका बाइबल पद,

"हाम्रो समाचार कसले विश्वास गरेको छ? र परमप्रभुको बाहुबल कसलाई प्रकट गरियो?" माथि टिप्पणी गर्दै डा. यङ्गले यसो भने, "यो एउटा प्रश्नभन्दा नभएर पीडाको उदगार हो। यसले नकारात्मक उत्तरको माग गर्दैन, तर यो संसारमा भएका थोरै साँचो विश्वासीहरूको ध्यान खिँच्न यो भनिएको हो, आफ्ना मानिसहरूको प्रतिनिधि, यस अगमवक्ताले थोरै मानिसले मात्र विश्वास गरेकामा बोल्दै आफ्नो निराशा व्यक्त गर्छन्"(एडवर्ड जे. यङ्ग, पीएचडी, द बुक अफ आइजैया, विलियम बी. एर्डमन्स् पब्लिसिङ कम्पनी, १९७२, भाग ३, पृष्ठ २४०)।

"हाम्रो समाचार कसले विश्वास गरेको छ? र परमप्रभुको बाहुबल कसलाई प्रकट गरियो?"

"समाचार" शब्दको अर्थ "घोषणा गरिएको सन्देश" हो। लुथरले यसलाई "हाम्रो प्रचार" भनी अनुवाद गरे(यङ्ग, ऐजन)। हाम्रो प्रचार कसले विश्वास गरेको छ? यस पदमा यस्तै प्रकारको भनाइ हो, "परमप्रभुको बाहुबल कसलाई प्रकट गरियो?" "परमप्रभुको बाहुबल" यस्तो वाक्यांश हो जसले परमप्रभुको सामर्थ्यलाई संकेत गर्दछ। हाम्रो प्रचार कसले विश्वास गरेको छ? र परमप्रभुको बाहुबल कसलाई प्रकट गरियो?" ख्रीष्टको बचाउने शक्ति कसलाई प्रकट गरिएको छ?

"हाम्रो समाचार कसले विश्वास गरेको छ? र परमप्रभुको बाहुबल कसलाई प्रकट गरियो?"(यशैया ५३:१)

यो पदले सबैभन्दा पहिले तपाईंले सुसमाचार प्रचारमा विश्वास गर्नुपर्छ, अनि ख्रीष्टमा भएको परमेश्वरको शक्तिद्वारा परिवर्तन हुनुपर्छ भन्ने देखाउँछ। तापनि अगमवक्ताको त्यो प्रश्नले थोरै मानिसले मात्र विश्वास गरेर परिवर्तन हुने देखाउँछ।

"हाम्रो समाचार कसले विश्वास गरेको छ? र परमप्रभुको बाहुबल कसलाई प्रकट गरियो?"(यशैया ५३:१)

१. पहिलो, ख्रीष्टको सांसारिक सेवकाइको अवधिमा थोरैले मात्र विश्वास गरे, र परिवर्तन भए।

प्रभु येशू लाजरसको चिहानमा आउनुभयो। यो व्यक्ति चार दिन अघि नै मरिसकेको थियो। प्रभु येशूले तिनीहरूलाई भन्नुभयो, "ढुङ्गा हटाओ"(यूहन्ना ११:३९)। लाजरसकी बहिनीले उहाँलाई रोक्न चाहन्थी। उसले भनी,"हे प्रभु, यस बेलासम्म त त्यो गन्हाउन लागिसक्यो होला, किनकि त्यो मरेको चार दिन भइसक्यो"(ऐजन)। तर ती मानिसहरूले प्रभु येशूको आज्ञापालन गर्दै चिहानको मुखमा राखिएको ढुङ्गा हटाए। अनि येशू उच्च सोरले कराउनुभयो, "लाजरस बाहर निस्की आऊ।" त्यो मरेको मानिस हात-खुट्टा पट्टीले बाँधिएकै र अनुहार लुगाले बेह्रिएकैमा बाहिर निस्की आयो। प्रभु येशूले तिनीहरूलाई भन्नुभयो,"त्यसको बन्धन खोलिदेओ, र त्यसलाई जान देओ"(यूहन्ना ११:४३,४४)।

"तब मुख्य पूजाहारीहरू र फरिसीहरूले महासभाका सदस्यहरूलाई बोलाए र तिनलाई भने,"अब हामी के गरौं? किनभने यस मानिसले त धेरै चिन्हहरू गरिरहेछ" (यूहन्ना ११:४७)।

उहाँले धेरैओटा आश्चर्यकर्म गर्नुभएको तिनीहरूले देखे, अनि साधारण मानिसहरू तिनीहरूलाई छोडेर उहाँको पछि लाग्नेछन् भनी तिनीहरू डराए।

"यसैले त्यस दिनदेखि तिनीहरूले उहाँलाई मार्ने मतो गरे" (यूहन्ना ११:५३)

प्रधान पूजाहारी र फरिसीहरूले प्रभु येशूबाट छुटकारा पाउन,"उहाँलाई मार्न" का निम्ति मतो गर्न एकसाथ सभाहरू राख्न थाले। प्रेरित यूहन्नाले भने,

"उहाँले तिनीहरूका सामुन्ने यतिका चिन्हहरू गर्नुभएको थियो, तापनि तिनीहरूले उहाँमाथि विश्वास गरेनन्। यो आवश्यक थियो, कि यशैया अगमवक्ताको वचन पूरा होस्, हे परमप्रभु,हाम्रो सन्देश कसले विश्वास गऱ्यो? अनि परमप्रभुको बाहुबल कसलाई प्रकट गरियो?” (यूहन्ना १२:३७,३८)

उहाँले अचम्मलाग्दो प्रकारले पाँच हजार मानिसलाई खुवाउनुभएको तिनीहरूले देखेका थिए। उहाँले कुष्ठरोगीलाई निको पार्नुभएको, दृष्टिहीनलाई दृष्टि दिनुभएको देखेका थिए। उहाँले भूतात्माहरू निकाल्नुभएको र पक्षाघातीलाई निको पारेर बलियो अनि स्वास्थ्य पार्नुभएको देखेका थिए। उहाँले एउटी विधवाको छोरोलाई मरेकोबाट जीवित पार्नुभएको देखेका थिए। उहाँले पानीलाई दाखमद्यमा परिणत गर्नुभएको मात्र नदेखेर तिनीहरूले उहाँको शिक्षा पनि सुनेका थिए,

"उहाँ तिनीहरूका सभाघरहरूमा शिक्षा दिँदै, राज्यको सुसमाचार प्रचार गर्दै र हरेक किसिमका रोग र दुर्बलताहरू निको पार्दै हिँड्नुभयो" (मत्ती ९:३५)

तापनि, उहाँले लाजरसलाई मरेकोबाट फेरि जीवित पार्नुहुँदा "तिनीहरूले उहाँलाई मार्ने मतो गरे"(यूहन्ना ११:५३)

"उहाँले तिनीहरूका सामुन्ने यतिका चिन्हहरू गर्नुभएको थियो, तापनि तिनीहरूले उहाँमाथि विश्वास गरेनन्। यो आवश्यक थियो, कि यशैया अगमवक्ताको वचन पूरा होस्, हे परमप्रभु,हाम्रो सन्देश कसले विश्वास गऱ्यो? अनि परमप्रभुको बाहुबल कसलाई प्रकट गरियो?” (यूहन्ना १२:३७,३८)

साँच्चै, ख्रीष्टले पृथ्वीमा सेवकाइ गर्नुहुँदा थोरै मानिसले मात्र विश्वास गरे, र परिवर्तन भए।

१. दोस्रो, प्रेरितहरूको समयमा थोरैले मात्र विश्वास गरे र परिवर्तन भए

कृपया, रोमी १०:११-१६ खोल्नुहोस्। हामी सबै जना खडा भएर यो महान् बाइबल खण्ड पढौं,

"धर्मशास्त्र भन्छ, 'उहाँमाथि भरोसा राख्ने कोही लाजमा पर्नेछैन। किनकि यहूदी र अन्यजातिमा केही भेद छैन। उहाँ एउटै प्रभु सबैका प्रभु हुनुहुन्छ, र उहाँलाई पुकार्नेहरू सबैलाई आफ्नो प्रशस्त आशिष् दिनुहुन्छ। किनकि 'प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ।' तर जसलाई विश्वास गरेकै छैनन् उहाँलाई मानिसहरूले कसरी पुकार्ने? जसको विषयमा सुनेकै छैनन् उहाँमाथि तिनीहरूले कसरी विश्वास गर्ने? र प्रचारकविना तिनीहरूले कसरी सुन्ने? र कसैले नपठाईकन मानिसहरूले कसरी प्रचार गर्ने? जस्तो लेखिएको छ,"सुसमाचार प्रचार गर्नेहरूका पाउ कति सुन्दर!" तर तिनीहरू सबैले सुसमाचार पालन गरेका छैनन्, किनकि यशैया भन्छन्,"हे प्रभु, हामीबाट सुनेको कुरा कसले विश्वास गरेको छ?” (रोमी १०:११-१६)

तपाईंहरू बस्न सक्नुहुन्छ।

ध्यान दिनुहोस्, पवित्रशास्त्रको यस खण्डले १२ पदमा यसो भन्दछ,

"यहूदी र अन्यजातिमा केही भेद छैन। उहाँ एउटै प्रभु सबैका प्रभु हुनुहुन्छ, र उहाँलाई पुकार्नेहरू सबैलाई आफ्नो प्रशस्त आशिष् दिनुहुन्छ" (रोमी १०:१२)

यो वचन प्रेरित पावलले प्रभु येशू स्वर्गमा चढिजानुभएको करिब ३० वर्षपछि लेखेका हुन्। यसकारण पावलले रोमीको पुस्तक प्रेरितको पुस्तकको पछिल्लो समयमा लेखेका थिए। तिनी यहूदी र अन्यजाति दुवैसँग बोलिरहेका थिए, तर प्रभु येशू भने विशेष रूपले यहूदीहरूसँग बोल्नुभएको थियो। पावलले भने,"यहूदी र ग्रीकहरू बीच कुनै भेद छैन।" सबै मानिसलाई ख्रीष्टको खाँचो छ।

अनि पावलले पनि प्रायः आफ्ना गैरयहूदी श्रोताहरूलाई त्यही कुरा भने जुन प्रभु येशूले तुलनात्मक रूपमा थोरै गैरयहूदीहरूले विश्वास गरेकामा विलाप गर्दै यशैया ५३:१ उल्लेख गरी अगमवक्ताले भनेका कुरा भन्नुभएको थियो- अनि अगमवक्ताले भनेका कुरा देखाउन यशैया ५३:१ उद्धृत गरी अन्यजातिहरूले यहूदीहरूले भन्दा केही बढी सुसमाचारलाई ग्रहण गर्ने कुरा भने। यो कुरा देखाउन पावलले यशैयाको गुनासो उद्धृत गरे,

"हाम्रो समाचार कसले विश्वास गरेको छ? र परमप्रभुको बाहुबल कसलाई प्रकट गरियो?"(यशैया ५३:१)

अन्यजातिहरू सुसमाचारका निम्ति यहूदीहरू भन्दा धेरै खुला थिए। तापनि पावल र अन्य प्रेरितहरूको समयमा तुलनात्मक रूपमा अन्यजातिहरूमध्ये थोरैले मात्र प्रभु येशूमा विश्वास गरे। हामी देख्छौं, प्रेरितहरूको समयमा ठूल्ठूला जागृतिहरू भएका थिए। तापनि ती शक्तिशाली जागृतिहरूले तुलनात्मक रूपमा थोरै अन्यजातिहरूलाई मात्र ख्रीष्टको उद्धारमा ल्याए। रोमीहरूकै माझमा पनि सुसमाचार प्रचार गर्नु गाह्रो थियो।

ख्रीष्ट र प्रेरितहरू, दुवैले विश्वास गर्नेहरू थोरै मात्र देखे। यसैले पहिलो शताब्दीका ख्रीष्टियनहरू स्पष्ट अल्पसंख्यामा थिए, अनि तिनीहरू सताइएका अल्पसंख्यक थिए। यसैले यूहन्ना र पावल दुवैले अधिकांश मानिसले सुसमाचारको विरोध गरेका कुरा - अथवा सुसमाचार सुनेर पनि धेरै जना किन परिवर्तन भएनन् भन्ने कुरा बताउन आजको हाम्रो पाठको पद उद्धृत गरे।

"हाम्रो समाचार कसले विश्वास गरेको छ? र परमप्रभुको बाहुबल कसलाई प्रकट गरियो?"(यशैया ५३:१)

अनि ख्रीष्टियन इतिहासको सुरुदेखि अहिलेसम्म यो कुरा सत्य भएर आएको छ। सधैँ, हरसमय अल्पसंख्यक मानिसहरूले मात्र सुसमाचारमा विश्वास गरेका छन् र साँचो रूपले परिवर्तन भएका छन्। यो कुरा संसारमा अझै पनि सत्य छ। केही पनि परिवर्तन भएको छैन। यसले हामीलाई हाम्रो अन्तिम बुँदामा पुऱ्याउँछ।

१. तेस्रो, आज पनि थोरैले विश्वास गर्छन् र परिवर्तन हुन्छन्

हाम्रो आफ्नै समयमा पनि हामी त्यो दुःखपूर्ण प्रश्नमा यशैयाको विलापको वास्तविकतासँग सम्मुखिन हुन्छौं,

"हाम्रो समाचार कसले विश्वास गरेको छ? र परमप्रभुको बाहुबल कसलाई प्रकट गरियो?"(यशैया ५३:१)

दुःखको कुरा, हामीले भन्नै पर्छ कि, आज थोरै मानिसले मात्र सुसमाचारमा विश्वास गर्छन्, अनि ख्रीष्टको शक्तिद्वारा थोरै मात्र बचाइन्छन्। हाम्रा अति प्रिय आफन्तहरूले समेत ख्रीष्टलाई अस्वीकार गर्छन्। अनि तपाईंहरूमध्ये धेरैलाई थाहा छ कि, हामीले सुसमाचार सुनाउन मण्डलीमा ल्याएकाहरूमध्ये थोरैले मात्र प्रभुमा विश्वास गर्छन्। यस विषयमा म तीन ओटा कुरा भन्न चाहन्छुः

(१)  पहिलो, बाइबलले कहाँनेर हामीलाई अधिकांश मानिसले उद्धार पाउनेछ भनेको छ? यसले त्यसो भनेको छैन। वास्तवमा प्रभु येशूले त योभन्दा ठीक विपरीत कुरा भन्नुभयो। उहाँले भन्नुभयो,

"साँघुरो ढोकाबाट भित्र पस, किनभने विनाशमा पुऱ्याउने ढोका फराकिलो
र बाटो सजिलो हुन्छ, र यसबाट भित्र पस्नेहरू धेरै हुन्छन्। किनभने
जीवनमा पुऱ्याउने ढोका साँघुरो हुन्छ र बाटो कठिन हुन्छ, जसले चाहिँ
जीवनमा पुऱ्याउँछ, र त्यो भेट्टाउने थोरै नै हुन्छन् “ (मत्ती ७:१३,१४)।

त्यो भेट्टाउनेथोरै हुन्छन्! सुसमाचार प्रचार गर्दा हामीले आशा गरेकाभन्दा थोरै
मानिसले विश्वास गर्दा यो कुरा मनमा सम्झनु पर्छ।


अनि त्यसपछि, मैले भन्ने दोस्रो कुरा यो हो

(२)  सुसमाचार प्रचार गर्ने हाम्रो उद्देश्य कति जना मानिसले विश्वास गर्नेछन् भन्ने कुरामा आधारित हुँदैन। परिणाम धेरै होस् वा थोरै, हाम्रा नजर कति जनाले विश्वास गरे भन्नेमा केन्द्रित हुनुहुँदैन। हाम्रो उद्धेश्य परमेश्वरको आज्ञापालनमा आधारित हुन्छ। सुसमाचार प्रचार गर्न जाँदा हाम्रो दृष्टि परमेश्वर र उहाँको आज्ञापालनमा रहिरहनुपर्छ। ख्रीष्टले हामीलाई भन्नुभयो,

"सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर"(मर्कूस १६:१५)।

ख्रीष्टले हामीलाई यही काम गर्नू भन्नुभएको छ, अनि मानिसहरूले सुने वा नसुने पनि, विश्वास गरे वा नगरे पनि हामीले यो काम गर्नैपर्छ। हामीले सुसमाचार प्रचार गर्नैपर्छ, किनकि ख्रीष्टले हामीलाई यो गर्नू भन्नुभएको छ। हाम्रो सफलता मानिसले विश्वास गर्ने कुरामा भर पर्दैन, हो पर्दैन। हाम्रो सफलता ख्रीष्टप्रति आज्ञाकारी हुनुमा भर पर्छ। यसकारण मानिसहरूले विश्वास गरे पनि वा नगरे पनि हामी सुसमाचार प्रचार गर्न जानेछौं।


अनि यसबाट तेस्रो कुरा आउँछ।

(३)  के तपाईं ख्रीष्टमा विश्वास गर्नुहुन्छ? के तपाईं परिवर्तन भएर ख्रीष्टमा आउनुभएको छ? के तपाईं विश्वासद्वारा ख्रीष्टकहाँ आउनुहुनेछ? तपाईंको परिवारको कुनै व्यक्ति वा तपाईंको कुनै पनि मित्रले विश्वास गरेका छैनन् भने पनि के तपाईं ख्रीष्टलाई खोज्नुहुनेछ? के तपाईं उहाँकहाँ आउनुहुनेछ? ख्रीष्टले भन्नुभएको कुरा याद गर्नुहोस्,

"विश्वास गर्ने र बप्तिस्मा लिनेले उद्धार पाउनेछ, तर विश्वास नगर्ने दोषी
ठहरिनेछ"(मर्कूस १६:१६)।

के तपाईं येशूकहाँ आउनुहुनेछ, परिवर्तन हुनुहुनेछ र बप्तिस्मा लिनुहुनेछ? कि तपाईं उद्धारकर्तालाई इन्कार गरेर अनन्त नरकका ज्वालाहरूमा नाश हुने त्यो भीडको हिस्सा हुनुहुनेछ?

“तर विश्वास नगर्ने दोषी ठहरिनेछ"(मर्कूस १६:१६)।

मेरो यही प्रार्थना छ कि, तपाईं नरकमा नाश हुने भीड्हरूको माझमा हुनुहुनेछैन, तर हाम्रो स्थानीय मण्डलीमा सामेल हुनुहुनेछ। संसारबाट निस्किएर आउनुहोस्! विश्वासद्वारा प्रभु येशूकहाँ आउनुहोस्। यो स्थानीय मण्डलीमा आउनुहोस्। अनि प्रभु येशूको रगत र धार्मिकताद्वारा सधैँ र अनन्तताका निम्ति उद्धार पाउनुहोस्।

"हाम्रो समाचार कसले विश्वास गरेको छ? र परमप्रभुको बाहुबल कसलाई प्रकट गरियो?"(यशैया ५३:१)

तपाईं ती मानिसमध्ये एक हुनुहोस्, जसले विश्वास गर्छ र परिवर्तन हुन्छ। तपाईं सुमाचार प्रचार गरिँदा विश्वास गर्ने थोरै मानिसमध्ये एक हुनुहोस्। तपाईं यसो भन्न सक्नुहोस्,"हो प्रभु येशू मेरो पापको मूल्य चुकाउन मर्नुभयो। उहाँ मरेकोबाट फेरि जीवित हुनुभयो। हो, म विश्वासद्वारा उहाँकहाँ आउँछु।" तपाईं येशू, "संसारको पाठ उठाइलैजाने परमेश्वरको थुमा"(यूहन्ना १:२९) मा विश्वास गरी मुक्तिको अनुभव गर्दै ती थोरै मानिसमध्ये एक हुनुहोस्, जसलाई परमप्रभुको बाहुबल प्रकट गरिन्छ। तपाईं प्रभु येशूकहाँ आउने र तपाईंका पापाहरूबाट उहाँको अमूल्य रगतद्वारा पखालिएका मानिसहरूमध्ये एक जना हुनुहोस्। परमेश्वरले तपाईंलाई हाम्रो समाचारमा विश्वास गर्ने अनि प्रभु येशू ख्रीष्टद्वारा पापबाट मुक्ति पाएको अनुभव गर्ने अनुग्रह दिऊन्।

कृपया, खडा भएर "म आउँदैछु प्रभु" भजन गाउनुहोस्।

तपाईंको स्वागतको सोर सुन्छु, जसले तपाईंकहाँ बोलाउँछ प्रभु मलाई
   तपाईंको अमूल्य रगतमा शुद्ध हुन जुन बग्यो कल्भरीमा।
म आउँदैछु प्रभु! आउँदैछु अहिल्यै तपाईंकहाँ!
   धुनुहोस्, शुद्ध पार्नुहोस् मलाई रगतमा जुन बग्यो कल्भरीमा।
कमजोरी र खराबी आए पनि, तपाईं मलाई शक्ति दिनुहुन्छ,
   मेरो खराबी पूरै सफा पार्दै बेदाग र शुद्ध पार्नुहुन्छ।
म आउँदैछु प्रभु! आउँदैछु अहिल्यै तपाईंकहाँ!
   धुनुहोस्, शुद्ध पार्नुहोस् मलाई रगतमा जुन बग्यो कल्भरीमा।
(लिविस हार्टशग,१८२८-१९१९ द्वारा रचित "आइ एम कमिङ लर्ड")

यदि तपाईं प्रभु येशूद्वारा आफ्ना पापहरूबाट शुद्ध हुने विषयमा हामीसँग कुराकानी गर्न चाहनुहुन्छ भने कृपया, यो भवनको पछिल्तिर जानुहोस्। डा. केगनले तपाईंहरूलाई शान्त स्थानमा लैजानेछन् जहाँ हामी कुराकानी गर्न सक्छौं। डा. चान कृपया यहाँ आएर प्रभुलाई विश्वास गर्नेहरूका निम्ति प्रार्थना गर्नुहोस्।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि पवित्रशास्त्र पठन गरियो ऐबेल प्रुद्योमेद्वारा – यशैया ५२:१३-५३:१
बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
( ''अक्राउन अफ थ्रोन्स्''- ईरा एफ. स्टेनफिलद्वारा रचित, १९१४-१९९३)


रूपरेखा

इन्कार गरिएको समाचार

(यशैया ५३ अध्याय- प्रवचन संख्याः २)
THE REJECTED REPORT
(SERMON NUMBER 2 ON ISAIAH 53)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

"हाम्रो समाचार कसले विश्वास गरेको छ? र परमप्रभुको बाहुबल कसलाई प्रकट गरियो?"(यशैया ५३:१)

(यशैया ५२:१४,१३)

१.  पहिलो, ख्रीष्टको सांसारिक सेवकाइको अवधिमा थोरैले मात्र विश्वास गरे, र
परिवर्तन भए। यूहन्ना ११:३९,४३-४४,४७,५३; १२:३७-३८; मत्ती
९:३५

२.  दोस्रो, प्रेरितहरूको समयमा थोरैले मात्र विश्वास गरे र परिवर्तन भए। रोमी
१०:११-१६

३.  तेस्रो, आज पनि थोरैले विश्वास गर्छन् र परिवर्तन हुन्छन्। मत्ती ७:१३-१४;
मर्कूस १६:१५,१६; यूहन्ना १:२९